२०६३ वैशाख १४ बिहीबार

सात दलको सभामा उपस्थित विशाल जनसमुदाय। यो चाहिँ म ब्लगरले खिचेको फोटो भयो। फोटो पत्रकार सागर श्रेष्ठले खिचेका दामी फोटोहरु भने भित्र छन्।
सभामा सहभागी जनसमुदायले खबरदारी गरिरहे नेताहरुलाई संविधान सभाको वाचाबाट चुकौला भनेर। नागरिक समाजका प्रतिनिधिहरुले पनि खबरदारी गरे नेताहरुलाई। अनि नेताहरुले पनि स्वीकार गरे- हामी आफ्नो वाचाबाट पछि हट्ने छैनौं भनी। सांसदहरुलाई खबरदारी गर्न भोलि १२ बजे सिंहदरबार आसपासमा भेला हुने पनि भनियो। तर कार्यक्रममा खटिएका भनिएका त्यत्रा ३ हजार स्वयंसेवकको पारा देखेर भने दिक्क भएँ म। उनीहरु सभालाई व्यवस्थित बनाउन पूर्ण रुपले असफल भएका थिए। हुनत लाखौंको संख्यामा रहेको भीडलाई व्यवस्थित बनाउन गार्हो त हुन्छ नै, तर पनि म छेउमै बसेका आईएनएसका पत्रकार साथी खिलाले जतिको पनि भीड व्यवस्थापन गर्न सकेका थिएनन् ती स्वयंसेवक भनाउँदाहरुले।

लोकतान्त्रिक आन्दोलनका क्रममा शहीद भएका १६ जनाको तस्वीर मञ्चको अग्रभागमा राखिएको थियो। फोटोः सागर श्रेष्ठ
सँधै नयाँ बानेश्वरमा सभा गर्नुपर्ने भएको थियो दलहरुलाई सरकारले लगाएका निषेधाज्ञाका कारण। खुलामञ्चलाई त पार्किङ स्थलसमेत बनाइसकिएको थियो। तर आज एउटा ऐतिहासिक सभा हुँदै थियो- सात दलले जनआन्दोलनको बलमा राजालाई झुकाइसकेपछि पहिलो पटक टुँडिखेलको शहीदमञ्चमा सभा गर्दै थियो।
आज अलि निद्रा पुगेको थिएन मलाई। तर पनि मसमेत संलग्न समाचार साइट परेवा डट कमलाई अलि व्यवस्थित बनाउनका लागि साथीहरुको भेला थियो बिहान ९ बजे नै। त्यसैले खाना नै नखाई म त्यतातर्फ लागेको थिएँ। एक वर्ष लथालिङ्गे पाराले जसोतसो चलाइएको साइटलाई जनआन्दोलनका क्रममा एक दिनमा ५ लाखभन्दा बढी हिट्स नाघेपछि जिम्मेवारीबोध त गर्नु थियो नै, व्यवस्थित ढंगले पनि लैजानु पर्ने थियो। त्यसैले यो भेला भएको थियो हाम्रो। र, भेला उपलब्धिमूलक नै रह्यो। एक वर्षको परिश्रमवापत् पहिलो पटक विज्ञापनबाट उठेको रकमबाट दामासाही २ हजार रुपैया पनि लिन पायौं। एक वर्षको मेहनतबाट बल्ल २ हजार रुपैयाँ- यस्तै छ नेपालको अनलाइन पत्रकारिताको स्थिति। अनलाइनमा विज्ञापन दिने सोच नै विकास भएको छैन नेपालमा, के गर्नु ! अनि समाजसेवा गर्यो, बस्यो। तर यसमा संलग्न हामी ४ युवा पत्रकारको जोस र जाँगरमा कुनै कमी आएको छैन।
हिजो हामीले माअोवादीले युध्दविराम गरेको समाचार ब्रेकिङ न्युजका रुपमा सबैभन्दा पहिला राखेका थियौं। अनि आज पनि माअोवादीले खुलामञ्चमा सभा गर्ने भन्ने समाचार हामीले नै पहिला राखेका थियौं। त्यसपछि बल्ल हिमालखबरले अनि तीन घण्टाजति पछि कान्तिपुर अनलाइनले ब्रेकिङ न्युज भन्दै राखेको थियो।
त्यसैले हामीले त्यो भेलापछि नै आजको टुँडिखेलको सभाको लाइभ अपडेट गर्ने योजना बनाएका थियौं। पहिला त अरु नै साथीलाई सभास्थलमा पठाएर आफै अपडेट गर्न बसूँ कि जस्तो पनि लागेको थियो। तर आफै गइयो भने ब्लगका लागि पनि म्याटर हुन्छ भनेर आफै जान तम्सिएँ।
मैले पहिले नै सोचेको थिएँ कि म सबै वक्ताको अडियो रेकर्ड गर्नेछु। अनि स-सानो भिडियो पनि लिनेछु। नोटबुकमा टिपोट पनि लिनेछु। अनि तत्काल रिपोर्टिङ मोबाइलबाट कम्प्युटरअगाडि अपडेट गर्न बस्ने साथी कृष्णलाई दिनेछु।
यो सबै सोचेर म घर फर्किएँ, खाना खाएँ र वैशाख महिनाको त्यो प्रचण्ड गर्मीमा हिँडेर खुलामञ्चतर्फ लागेँ। सहभागीहरु टेकुबाट जाने कार्यक्रम थियो। त्यतैबाट केही भिडियो लिएर जाउँ कि जस्तो त लागेको थियो- तर बेकारमा यस्तो गर्मीमा त्यताबाट नजानू नै उत्तम ठानेँ।
भीमसेनस्थाननिर साथी खिला र ब्लगर नेपालका ब्लगर केपीसित भेट भयो। केपी र म ब्लग र राजनीतिक परिस्थितिका बारेमा गफ हाँक्दै अगाडि बढ्यौं। उसितको भेटले खुलामञ्चसम्मको बाटो सहज बनायो।
आरएनएसी अगाडिपुग्दा आउँदै गरेको जुलुससित हाम्रो भेट भयो र हामी लाग्यौं आमसभा स्थलतर्फ। सुरुमा त स्वयंसेवकहरुले पत्रकारहरुलाई पनि पास हेरेर मात्र पत्रकार दीर्घामा जान दिने भन्दै खुब कडाई गरेका थिए। तर ती स्वयंसेवकहरुको हुति देखियो कार्यक्रम हुँदै गर्दा। हाहा र हुहु गर्दै दर्शकहरुको भीड यति अगाडिसम्म आइपुग्यो कि म बसेको ठाउँबाट तीन पटक अगाडि सर्नुपर्यो।
अघि नै भनेजस्तो, साथी खिलाको जस्तो पनि क्षमता थिएन तिनीहरुमा भीडको व्यवस्थापन गर्ने। खिलाले बरु पटक-पटक अगाडि उभिने मानिसहरुलाई हकारेर, तपाईँका पछाडि हामी छैनौं, तपाईँ उठेपछि हामीले हेर्नुपर्दैन भनी बस्न बाध्य बनाएका थिए।
कार्यक्रम निर्धारित समयमा नै सुरु गरियो। तर केही नेताहरु भने आइपुगिसकेका थिएनन्। कार्यक्रम एमालेका युवा नेता योगेश भट्टराईले सञ्चालन गरेका थिए। उनले आसन ग्रहणका लागि आग्रह गरे- एमालेका माधव नेपाल, काँग्रेसका सुशील कोइराला, प्रजातान्त्रिक काँग्रेसका शेरबहादुर देउवा, जनमोर्चाका अमिक शेरचन, नेमकिपाका नारायणमान बिजुक्छे, सदभावनाका भरतविमल यादव र नेकपा संयुक्तका प्रभुनारायण चौधरीलाई। त्यसैगरी नागरिक समाजका तर्फबाट भन्दै बार अध्यक्ष शम्भु थापाको नाम लिँदा धेरै ताली बज्यो। अर्का वक्ता थिए पत्रकार महासंघका सभापति विष्णु निष्ठुरी र महिलाका तर्फबाट साहना प्रधान। कार्यक्रमका सभापति थिए तीर्थराम डंगोल। तर यी सभापति त सुशील कोइरालाले बोलिरहँदा मञ्चमा ढुंगा हानिएपछि बेपत्ता भए। बिना सभापति नै पछि सांस्कृतिक कार्यक्रम भएको थियो।
आसन ग्रहणका लागि आग्रह हुँदासम्म नै दर्शकदीर्घाबाट गिरिजाको माग हुन थालिसकेको थियो। सञ्चालकले गिरिजा निकै अस्वस्थ हुनुहुन्छ र उपचारका क्रममा हुनुहुन्छ भनेर भनेको सहभागीहरुले पत्याउँदै पत्याएनन्। हाहू, कोलाहल मच्चिन थाल्यो। स्वयंसेवकहरुलाई स्थिति नियन्त्रणमा लिनै गार्हो पर्यो।
सभा नै बिथोलिने स्थिति आएपछि गिरिजाबाबुलाई सकेसम्म सभा सञ्चालन हुँदै गर्दा ल्याउने प्रयास हामी गर्नेछौं भनियो, तर पनि मानेनन्। सात दलका शीर्ष नेताहरुले आसनबाट उभिएर हात हल्लाएर शान्त हुन आग्रह गरियो, तर अहँ मानेन्। माधव नेपालले उहाँ आउनुहुन्छ भनेर समेत भने।
त्यसपछि भीड अलि साम्य भयो। यही मौकामा शहीदहरुको स्मृतिमा पाँच मिनेट ताली बजाउने भनी सञ्चालकले भने। रामेश-रायनको जागरण गीतमा पाँच मिनेट ताली बजाइयो। शीर्ष नेताहरुले पनि त्यसलाई साथ दिए।
अनि बार अध्यक्ष शम्भु थापालाई माइक दिइयो। यो आन्दोलनका क्रममा उनले जति ठाउँमा भाषण दिए- खरो रुपमा दिए र प्रशस्त ताली पाए। आज पनि उनी त्यही परिचित शैलीमा नै प्रस्तुत भए। उनले यही सभाबाट संविधान सभामा जान्छौ भनेर घोषणा गर्नुपर्ने बताए।
उनले यही संविधानबाट संविधानसभामा कसरी जान सकिन्छ भन्ने कानुनी उपाय पनि सुझाए- संविधान संशोधन गरेर कुनै धारामा लेख्दिनुस्- यो संविधान अपर्याप्त भएकोले अर्को संविधान निर्माण गर्न संविधान सभामा जाने भनेर, विश्वका कुनै पनि विधिशास्त्रीले त्यसलाई काट्न सक्दैनन्।
उनले सभामा उपस्थित सबै पार्टीले आफ्नो विधानबाट राजतन्त्र झिकिसकेकोले संवैधानिक राजतन्त्र भन्ने वाक्य पनि संविधानको प्रस्तावनाबाट झिकिदिनुस्, त्यसो भयो भने कुनै पनि धारासित संविधान सभा बाझिँदैन भने।
उनले चुनौति दिए- यदि कुनै दल र सांसदलाई संविधान सभा चाहिँदैन भने यही खुलामञ्चमा आएर भन्नुस्- अनि जनताले देखाउँछ उनीहरुलाई के गर्नुपर्छ भनेर। संवैधानिक अंगका कुनै प्रमुखलाई संविधान सभाबाट चित्त बुझ्दैन भने राजीनामा दिनुस् भन्दै थापाले जनताले आफै संविधान बनाउँछु भन्दा कसैले रोक्न खोज्यो भने त्यसको कानुनी उपचारका लागि बार सँधै तयार छ भने।
जनआन्दोलनका अपराधी कमल थापालाई जस्तालाई भविष्यमा राजनीति गर्न नपाइने गरी अयोग्य घोषित हुने कानुन बनाउनु पर्छ- थापाको सल्लाह। उनले दलहरुलाई जनआन्दोलनका क्रममा भएका सबै खर्चहरु पारदर्शी बनाउनुस् र मन्त्रिपरिषद्को अध्यक्षबाट त्यसको शोधभर्ना गर्ने कानुन बनाउनुस् भने। यति पनि गर्न नसके संसद बस्नु बेकार हुने तर्क उनको थियो।
अहिलेको संसदले बेकारको कुरामा समय खान नहुने भन्दै यो संसद संविधानभन्दा ठूलो संसद भएको थापाले बताए। माअोवादीले भनेजस्तो यो राजाको निगाहाबाट आएको संसद हैन, जनआन्दोलनको बलले बनेको आन्दोलन हो- उनको भनाई थियो।
मोरङको बेल्वारीमा भएको काण्डका दोषी सेनालाई संसदमार्फत् तुरुन्त सामान्य अदालतबाट कारबाहीको घोषणा गर्नुपर्ने उनको माग थियो। संविधान सभा नमान्नेले झिकिगुण्टा कसेर विदेश तिर लागे हुन्छ- उनको सुझाव।

शहीद मञ्चमा वर्षौंपछि दलहरुले सभा गर्न पाएका थिए। सभामा विशाल जनसमूहको उपस्थिति थियो। फोटोः सागर श्रेष्ठ
पत्रकार महासंघका सभापति विष्णु निष्टुरीले ‘राजतन्त्र सदाका लागि विदा गर्नुपर्छ भन्ने तपाईँहरुको विचारसँग म पनि व्यक्तिगत रुपमा सहमत छु’ भन्दै अनुत्पादक परिवारलाई किन बोकिराख्ने भनी प्रश्न राखे। ‘नेपाली युवा पुस्ता नारायणहिटी दरबारमा हाम्रै बीचबाट चुनिएका कसैलाई राष्ट्रप्रमुख बनेको हेर्न चाहन्छ’ निष्ठुरीको राजालाई साँच्चिकै निष्ठुर लाग्ने वाणी। उनले सख्खर खान पल्केका झिङ्गाले कमजोर पार्ने प्रयास गरे पनि पत्रकार महासंघ कमजोर नभएको विचार राखे।
भोलिकै संसदबाट संविधान सभाको निर्वाचनको मिति तोकियोस् भन्ने उनको माग थियो। प्रचण्ड र बाबुराम यही मञ्चमा आउनु पर्छ- निष्ठुरीले भने।
त्यसपछि मञ्चमा मदनकृष्ण श्रेष्ट, हरिवंश आचार्य र कृष्ण पहाडीलाई बोलाइयो। तर आफू भूँइमा रुमाल अोछ्याएर क्यामेरा, भ्वाइस रेकर्डर एक ठाउँमा राखेर परेवाको लाइभ अपडेटका लागि नोटबुकमा टिपोट गर्दै बसेको ठाउँ अघिको होहल्ला र घारघुरले गर्दा दर्शकदीर्घा बन्न पुगिसकेको थियो। दर्शकहरु मञ्चको निकै अघिसम्म आइसकेका थिए।
भीड बढी भएकोले हो कि के हो, मोबाइलबाट नम्बर लगाउन एकदमै गार्हो थियो। म त्यहाँ गिरिजाको माग गर्दै सभा १५ मिनेट जति बिथोलिएको खबर सुनाउन चाहँदै थिएँ, तर फोन नै लागिरहेको थिएन। पछि बल्ल बल्ल शम्भु थापाले बोल्दै गर्दा फोन लाग्यो र मैले समाचार टिपाइ दिएँ।
साथी कृष्णले तुरुन्त त्यसलाई समाचारको भाषा बनाएर टाइप गरेर अपडेट गरिहाल्यो। यसरी सभा हुँदै गर्दा टिपोटका आधारमा समाचार टिपाउने र त्यसलाई अपडेट गर्ने काम जारी रह्यो सभा नसकिएसम्म। नेपाली अनलाइन पत्रकारिताको इतिहासमा यस्तो भएको थिएन। पछि सबै सभा सकिएपछि त्यही लाइभ अपडेटको आधारमा एउटा समग्र समाचार बनाइयो।
तर लाइभ अपडेट र त्यसको आधारमा बनाइएको समाचार भने अरु साइटहरुका लागि पो खुराक भइदिएछ त गाँठे। एक जना साइबर मित्र हुनुहुन्थ्यो- कुमार लामा। एक पटकको ई कुराकानीमा उनले त्यस्तो प्रवृत्तिलाई निकै रमाइलो संज्ञा दिनुभएको थियो- कपी-पेस्ट जर्नलिज्म भनेर। कान्तिपुरमा छापिएको मोदनाथ प्रश्रितको आर्टिकल कपी-पेस्ट गरेर यो लेख कान्तिपुरमा पनि छापिएको छ भनेर तलपट्टी सूचना लेखिएको देख्दा उनी एक्लै मरिमरि हाँसेका थिए रे।
आज पनि मलाई त्यस्तै भयो। वैशाखको प्रचण्ड गर्मी र ढुंगा हानाहान हुँदा ज्यान बचाउन मञ्चमुनि सेल्टर लिन जानु पर्ने गरी दुःख गरी गरेको रिपोर्टिङ र त्यसलाई समाचारका शब्दमा ढालेर तुरुन्त अपडेट गर्ने साथी कृष्णको मेहनतलाई एउटा साइटले हुबहु साभार गरेर क्रेडिट पनि नदिएको देख्दा।
नपत्याए परेवाको यो समाचार हेर्नुस्
दुवैलाई दाँज्नुस्। अन्तिमकोमा सुरुको एक प्याराग्राफलाई आफ्नो शैलिमा लेखिए पनि त्यसपछि भने हुबहु एउटै छ। अझ शुध्दाशुध्दीसमेत मिलाइएको छैन, जस्ताको तस्तै छ।
त्यसो त कुनै पनि समाचारलाई स्रोत समाचारका रुपमा मानेर त्यसलाई आफ्नो शैलिमा समाचार बनाउने काम अन्तर्राष्ट्रिय एजेन्सीहरुले पनि गर्छन्। तर कुमारजीको भाषामा कपी-पेस्ट जर्नलिज्म त अति हाँसउठ्दो भएन र ?
त्यसो त परेवालाई मात्र शुध्द नठान्नुस्। पहिले त्यसमा पनि आईएनएसका समाचार कपी गर्दै पेस्ट गर्ने अनि स्रोत चाहिँ नखुलाउने काम धेरै पटक हुन्थे। अनि म साथीहरुसित कराउँथेँ, ए बाबा, सोर्स त कोट गर, के जान्छ हाम्रो त्यसो गर्दा ? अहिले बल्ल त्यस्तो प्रवृत्तिमा सुधार आएको छ।
आम्मै कुरा कहाँ पुगेछ। विष्णु निष्टुरीपछि महिलाका तर्फबाट साहाना प्रधानले बोलेकी थिइन्। तर यी बूढी आमैको विचारमा कुनै दम लागेन मलाई। नेपाली जनआन्दोलनप्रति ऐक्यवध्दता जनाउन भाकपाका सेन्ट्रल एक्ज्युकेटिभ मेम्बर अतुल रञ्जनले बोल्न थाल्दा फेरि होहङ्गामा मच्चियो। बसिरहेका मान्छेहरु उठ्न थाले। स्वयंसेवकहरुलाई नियन्त्रण गर्न गार्हो भइरहेको थियो। मान्छेहरु गिरिजा खै भन्दैथिए। आक्रोशित थिए। म त्यो उग्र भीडलाई भिजिलाण्टेहरुको घुसपैठमात्र भएको मान्दिनँ। होलान् केही त पक्कै घुसपैठ भएका। तर मलाई लाग्छ (यो मेरो विचार हो, गलत पनि हुनसक्छ) त्यहाँ उपस्थित जनता गिरिजाको विचार सुन्न चाहन्थे। भावी प्रधानमन्त्रीले के भन्छ भनी सुन्न चाहन्थे। र, खबरदारी गर्ने चाहन्थे आफूले बोलेका कुराबाट पछि हटौला भनेर। एउटा ठूलो ब्यानर पनि देखिएको थियो मैदान मै, नेताहरुले देख्ने गरी ठूलो अक्षरमा लेखिएको- गिरिजालाई चेतावनी, शपथ ग्रहण नारायणहिटीमा हैन, टुँडिखेलमा गर्नुपर्छ भनी।
होहल्ला भए पनि अतुल हिन्दीमा बोल्दै थिए। होहल्ला गर्नेलाई सम्झाउन स्वयंसेवकहरु असफल भइरहेका थिए। मैले देखेँ- अलि पर गिरिजा नआएकोले असन्तुष्ट एक जना आक्रोशित मान्छेलाई अखिलकी रामकुमारी झाँक्री अङ्गालो नै हालुँला झैं गरेर शान्त बस्न अनुरोध गर्दै थिइन्।
अतुलले ‘राजतन्त्रका सान्दर्भिकता नहीँ है’ भन्दै ऐतिहासिक विजय के लिए समस्त भारतवासियोँ के तरफ से बधाई’ नेपाली जनतालाई दिए। बचपनमेँ मैं भियतनामकी क्रान्ति से प्रभावित हुआ था, आज ५० के उमर मेँ मैं नेपाली युवाअोंकी क्रान्ति से प्रभावित हुआ हुँ- उनले भने।
उनीपछि आए संयुक्त वाममोर्चाका प्रभुनारायण चौधरी। अहिलेको आन्दोलनले एक चरणमात्र पार गरेको भन्दै उनले दरबारले पर्दा पछाडि बसेर षड्यन्त्रको तानाबाना बुन्दैछ भने।
त्यसपछि आए भावी उपप्रधानमन्त्री (अनि गिरिजा अस्वस्थ भएपछि झण्डै प्रधानमन्त्री कै रुपमा मोज गर्ने त होला नि) माधवकुमार नेपाल। उनले बरु प्रष्ट रुपमा जनताका कुरा गरे। कार्यान्वयनको कुरा कति होला, त्यो अलग्गै हो, तर बोल्न भने उनले जनताले ठीक मान्ने कुरा बोले।
उनले सुरुमा नै प्रधानमन्त्रीले नेपाली जनताको अगाडि शपथ लिनुपर्छ भनेर भने। यो आन्दोलनको केन्द्रबिन्दु संविधान सभा हो भन्दै संविधान सभाबाट कोही हट्यो भने जनताले खबरदारी गर्नुपर्ने बताउँदै संसदले संविधान सभाको निर्णय गरेन भने संसद छाडेर जनताका बीचमा आउन आफू तयार रहेको बताएपछि ताली निकै बजेको थियो।
सेनालाई शाही हैन, नेपाली जनताको प्यारो राष्ट्रिय सेना र संसदको आदेश पालना गर्ने बनाउनु पर्ने भन्दै माधव नेपालले सुरक्षा निकायलाई सम्बोधन गर्दै देश नेपाली जनताको हो, राजामहाराजाको हैन भने। जनताको करबाट तलब खाने सेनाले जनताको नूनको सोझो गर्नुपर्छ भन्ने उनको भनाई थियो। उनले अझ भने- राजाले सैनिक पोशाक फुकाल्ने प्रतिवध्दता व्यक्त गर्नुपर्छ।
राष्ट्रिय गान फेर्नुपर्ने, नेपाल सरकार भनिनु पर्नेमा पनि उनले जोड दिएका थिए। जनआन्दोलनलाई नेकपा माअोवादीले शान्तिपूर्ण ढंगले अगाडि बढाउनमा सहयोग गरेको स्वीकार्दै नेपालले त्यसका लागि माअोवादीलाई धन्यवादसमेत दिए।
जन आन्दोलनका अपराधीलाई ०४६ सालमा जस्तो छुट दिइन्न भनेर भन्दा नजिकैका एक दर्शक भन्दै थिए- कारबाही गरेर पनि देखाउनु पर्यो नि। उनले सांसदहरुले विगतको भत्ता बहिस्कार गर्ने घोषणा गर्दै दैनिक भत्ता पनि बहिस्कार गर्नुपर्छ भन्ने कुरा भइरहेको बताए। दैनिक भत्ता पनि नलिने भनी भन्न लागेको भए पनि प्याच्च बोलिदिँदा आफ्नै सांसदहरुले पछि विरोध गर्लान् भनी उनलाई डर लागेको जस्तो मलाई अनुभव भयो।
माधव नेपालपछि आए सदभावनाका भरतविमल यादव। सदभावनाका नेताहरु अक्सर हिन्दीमा भाषण दिने गर्छन् तर आज चाहिँ उनले नेपालीमा नै दिए। उनले आन्दोलनको अन्त्य भएको नभई स्वरुप मात्र फेरिएको भन्दै राज्यको पुनर्संरचनामा जोड दिए।
फेरि त्यहाँ होहल्ला मच्चिन थालेको थियो र म आफ्नो ठाउँबाट उठेर गई अर्कै ठाउँमा बसेको थिएँ। यसबीचमा शेरबहादुर देउवाले ठट्यौलो पाराले भाषण गरे। लय हालेको जस्तो गरेर संविधान सभा ल्याएरै छाड्छौं-छाड्छौं-छाड्छौं भनेर उनले भनिरहँदा मैले आफ्नै पार्टीको बैठकले संविधान सभामा जाने भनेर प्रस्ताव पारित गरिसक्दा पनि पछिल्लो पटक धारा १२७ को सरकारमा गइसकेपछि संविधानअन्तर्गत शपथ खाएपछि र सरकारमा नहुँदाका बखतका कुरा फरक हुन्छन् भनी अन्तर्वार्ता दिएको झलक्क सम्झिएको थिएँ। तर उनले यहाँ भीडलाई मजा हुने गरी नै बोले- यो राजालाई मैले जति कसैले जान्या छैन। यसले धोका दिनसक्छ…!
त्यसपछि आए नेमकिपाका बिजुक्छे। उनले संसद सर्वोच्चबाट पुनर्स्थापना भइद्या भए हुन्थ्यो, राजाले संसद पुनर्स्थापना गरेको त विश्वको इतिहासमा नै कतै छैन होला भने। राजाका हाङ्गाबिङ्गा र सामन्तलाई समाप्त पार्नुपर्छ भन्ने बिजुक्छेले भीडको प्रमुख माग संविधान सभा र गणतन्त्रको बारेमा कुरै गरेनन्। बरु स्वायत्तता, विकेन्द्रिकरण. बेरोजगार भत्ता, भारतले एकतर्फी निर्माण गरेका बाँध भत्काउनु पर्ने, सीमा अतिक्रमण रोक्नुपर्ने, असमान सन्धि खारेज गर्नुपर्ने माग राखे।
बिजुक्छेपछि आएका संयुक्त वाममोर्चाका अमिक शेरचनले दर्शकका मनका कुरा बोलिदिएपछि अब पुग्यो भन्दा पनि उनलाई बोलिरहन अनुरोध गरे उपस्थित जनसमुदायले। उनले सुरुमा नै भने- यो आन्दोलनको उद्देश्य के हो ? सविधान सभाको निर्वाचनमार्फत् गणतन्त्रमा जाने….यति भनेपछि तालीका पर्रा नै छुट्यो।
म अक्सर देख्छु यस्ता सभाहरुमा गणतन्त्र र राजाविरोधी चर्का कुराले सँधै बढी ताली पाउने गर्छन्। दरबारमा हेलिकप्टर राखेर भाग्न तयार भएको राजालाई फेरि त्यहीँ राख्ने गरी हाल भएको कुराले ७ साल, १४ साल र ४६ सालमा जस्तो सम्झौताको झझल्को दिएको उनले बताए।
अब संसदले अन्तरिम संविधानको निर्माण गरेर माअोवादीसहितको अन्तरिम सरकार गठन गरेर संविधान सभाको निर्वाचनमा जानुपर्ने उनको माग थियो। उनले खुलासा गरे- यो आन्दोलनलाई सात दलले मात्र सफलतामा पुर्याएको दावी गर्दैन। लाखौं माअोवादीहरु यसमा शान्तिपूर्ण रुपमा सहभागी थिए। यो कटु सत्य हो, यसलाई बङ्ग्याउन हुँदैन। यो आन्दोलन अघोषित रुपमा संयुक्त त भित्री रुपमा घोषित संयुक्त आन्दोलन नै थियो।
प्रचण्डलाई यही मञ्चमा आएर भाषण गराउन आतुर छ जनता भनी उनले भने। निशर्त संविधान सभामा राजाले बाधा गरे भने एकसूत्रीय गणतन्त्रको नारा लिएर अगाडि बढ्नु पर्ने उनले बताए। उनको सम्बोधनको पूर्ण अंश म भोलि अपलोड गर्नेछु।
त्यसपछि काँग्रेसका तर्फबाट दार्ही फुलिसकेका ‘युवा’ नेता अनि हाल त उपसभापति सुशील कोइराला आए। मान्छेको कुनै-कुनै गुण जन्मजात हुन्छ र कुनै गुण जति कोशिश गर्दा पनि हुन्न। सुशील कोइरालाको बोल्ने कला छैन। शायद त्यसैका कारण पनि होहल्ला भएको हो कि !
उनले संविधानमा जाने हो, शंका उपशंका गर्नुपर्दैन, काँग्रेस जनभावना विपरीत जाँदैन भन्दाभन्दै पनि होहल्ला मच्चियो। सबै बसेका ठाउँबाट उठे। उनी चाहिँ कार्यकर्तालाई हप्काउने शैलिमा गिरिजाबाबु बिरामी छन् भनेपछि मान्नु पर्यो नि भन्दै थिए। वास्तवमा उनको नियत त्यस्तो थिएन होला तर बोल्ने कला नभएपछि त्यस्तै हो। उनले भीडलाई झनै उत्तेजित बनाइदिए। एकैछिनमा त भीडले अगाडि ठेलेको ठेल्यै। किचकाचमा पर्ने हो कि भन्ने डर भइसक्यो आफूलाई। सुरुमा झण्डा बोक्ने काठ मञ्चतर्फ प्रहार भएका थिए भने पछि त ढुंगामुढा नै भयो। भीडले मलाई धकेलेर अगाडि बढाउँदै थियो। मैले देखेँ, सुशील कोइरालालाई अंगालो हालेर कार्यक्रम सञ्चालक योगेश भट्टराईले जोगाउँदै थिए। अरु नेताहरुलाई प्लास्टिकको कुर्सीले छेकेर जोगाइँदै थियो। बार अध्यक्ष शम्भु थापा आदि भीडलाई शान्त हुन भन्दै थिए। एकदम तनावको स्थिति थियो। देउडा गायक म झ्याम्म झ्याम्म गाउँछु भन्दै थिए, कसले सुन्ने उनको कुरा ?
मैले देखेँ केही मान्छे खुलामञ्चको अगाडिपट्टी बनाइएको अर्को मञ्चको मुन्तिर लुकेर बसेका थिए। भीडको चालामाला ठीक लागेन मलाई। किचिएला र ढुंगामुढाले लाग्ला जस्तो भइसकेको थियो। अनि म पनि सुत्त त्यहाँ भित्र छिरेँ। यो बीचमा म भिडियो ब्लगका लागि भिडियो पनि खिच्दै थिएँ। अनि परेवाको लाइभ अपडेटका लागि समाचार मोबाइलबाट टिपाउँदै पनि थिएँ।
मञ्चमुनि अरु पनि केही महिला केही पुरुष थिए। तर त्यहाँ बाहिरको होहल्ला र मञ्चमाथिका डाङडुङ सुन्दा मञ्च नै भत्किएला कि जस्तो पनि लाग्यो। मञ्च भत्कियो भने त झन किचिएर मरिन्थ्यो। त्यसैले माथि मञ्चतिर नै लागेँ। अलि शान्त भइसकेको थियो त्यहाँ।
त्यो अराजक भीडलाई अर्जुन पराजुलीका राजाविरोधी कविताले निकै साम्य पार्यो। मञ्चमा ढुंगा हानेको आरोपमा एक स्वयंसेवकले एक जनालाई पक्रेर तँलाई कसले पठाएको ल भन भनेर भन्दै थियो। उसले के भन्यो, मैले सुनिनँ। तर मानवअधिकारकर्मीहरुले भने छाड्न भन्दै थिए। पछि यत्तिकै छाडिएछ क्यारे।
अर्जुन पराजुलीपछि झ्याम्म झ्याम्म, लोक गायक बद्री पंगेनी, अर्का एक गायक नाम त बिर्सेछु ब्यारे, ले गीत गाए। मनोज गजुरेलले कागजको श्रीपेच लगाएर शाही घोषणा सुनाए। कीर्तिपुरका मणि काफ्लेले क्रान्तिकारी कविता सुनाए। रुबिन गन्धर्वले गीत सुनाए। त्यतिबेला म मञ्चको पछाडिको भागमा थिएँ तर केही भिडियो भने खिचेको छु।
त्यसपछि थकित भएर फर्केँ। अनि यो सब लेख्न सकाउँदा त आम्मै नि पौने चार पो बजिसकेछ। मलाई हाँसो उठेको थियो अघि एकजनाको कमेन्ट पढ्दा। पत्रकार भएर आराम गर्न कहाँ पाइन्छ र- अझ तपाईँ त लोकतन्त्रका लागि लागेको पत्रकार। थकाइ लाग्यो भनेर हुन्छ र- छिटो लेख्नुस् समाचार रे। कति आनन्द छ भन्नेलाई। यो साइटमा म ब्लगरमात्र हुँ है साथी हो, पत्रकार हैन।
अब चाहिँ बिट मारुँ कि क्या हो। शुभरात्री भनुँ भनेको बिहान भइसकेछ। लौ त शुभ बिहान नै।
बाँकी फोटो पनि भोलि नै राखुँला ल….
अपडेटः राति ७२२ सात दलले दिउँसो २ बजेदेखि आयोजना गरेको विशाल जनसभामा सहभागी भएर म भर्खरै फर्किएको छु। चार घण्टाभन्दा बढी समय त्यहाँ रहेकोले निकै थाकेको छु। सभामा काँग्रेस सभापति तथा प्रस्तावित प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला अनुपस्थित भएको खबरपछि सुरुदेखि नै सभामा कोलाहल भएको थियो। सवास्थ्य स्थिति बिग्रेका कारण गिरिजा अनुपस्थित भएको भनिए पनि भीड मानिरहेको थिएन। बल्लतल्ल गिरिजा आउँछन् ल्याउने प्रयास गर्नेछौं भनेर भनेपछि सम्हालिएको भीड बीचमा सुशील कोइरालाले बोलेपछि झनै भडकिएको थियो। अनि मञ्चमा ढुंगामुढा समेत भएको थियो। नेताहरुलाई बचाउनु परेको थियो। अनि म लगायतका केही पत्रकार सेल्टरका लागि मञ्च मुनि लुक्न बाध्य भएका थियौं। तर माथिको धेरै भीडले मञ्च भत्किएला भनेर निकै डर मान्नु परेको थियो। त्यो भीडलाई अमिक शेरचन माधव नेपालले भाषणबाट र अर्जुन पराजुली बद्री पंगेनी मनोज गजुरेल रुबिन गन्धर्व मणि काफ्ले लगायतकाले आफ्नो लोकतान्त्रिक प्रस्तुति प्रस्तुत गरेपछि बल्ल साम्य भएको थियो र त्यसपछि भने सभा शान्तिपूर्ण रुपमा नै सम्पन्न भएको थियो। यो सभाका सबै वक्ताको अडियो र केही भिडियो मसँग रहेको छ। अहिले म घर पुगेपछि त्यसलाई क्रमशः राख्ने प्रयास गर्नेछु। तर म निकै थाकेको छु आज। यसैबीच गिरिजा निवासमा अहिले ७ बजे पत्रकार सम्मेलन भइरहेको छ।

सागर श्रेष्ठको यो अर्को फोटो जसले देखाउँछ शहीदमञ्चको विशाल उपस्थितिलाई। माथिको ब्लगर संस्करण र यी व्यावसायिक फोटोग्राफरको संस्करण देख्नुभयो ? कति फरक छ ! हुने त भयो नै। म त्यहाँ ब्लगरको हैसियतमा तपाईँलाई त्यहाँका हरेक नेताका भाषणका पूर्ण अंश र देखे जति कुरा तपाईलाई सुनाउने अभिभाराका साथ गएको थिएँ। साथमा परेवा डट कमका लागि पनि मैले मोबाइलबाट सभाको लाइभ कभरेज गरेको थिएँ। अनलाइनको इतिहासमा नै यो एउटा नयाँ कदम थियो।
बाँकी फोटो र सभाका बारेमा विवरण अनि कम्तीमा एक वक्ताको सम्बोधनको पूर्ण अंश चाहिँ सुत्नुअघि राख्छु नै। यो वाचा भयो तपाईँलाई मेरो।
म पनि इन्द्र जि को भनाई प्रति सहमत् छु प्रचन्ड ले १३००० मानिस् मारेको छ, त्यस्को सजाय् मा जनता ले प्रचन्ड लाई फासी दिने छन्
थुक्क काएर हरु हो !कस्ले गर्दा यो आन्दोलन सफल भएको?शेर बहादुर ले प्रजातन्त्र राजा लाई सकुशल बुझाएका होईनन?प्रतिगमन सच्चियो भन्दै माधव नेपाल हरु दरबार छिरेका होईनन?अनी माओवादी हत्या हिन्सा र आतंक को कहाँलीलाग्दो अबिच्छिन्न श्रीङ्खला बाट देश को यो हालत भएको होईन?
“प्रजातन्त्र जादेछ है” भनेर जस्ले निरन्तर रुपमा एक स्वोरले खबर्दारी गरि रह्यो र सडक् तताइ रह्यो, जस्को अडान् र दृढता को फलस्वरुप् आज जनता लाइ साबभौम् र राज्य को शक्ति को श्रोत् बनायो, उनै आस्था का धरोहर् माथि यो दुरब्यबहार् !दुबै थरि अति बाट मुलुक लाइ बचाउन सक्ने एक मात्र ब्यक्ति को नाम् हो “गिरिजा प्रसाद् कोइरला”जस्ले कहिले आफ्नो अडान् बदलेन र सधै निरङ्कुशता का सामु
पुर्न लोक्तन्त्र को बहालि का लागि चट्टान् बनेर खडा रह्यो र छ,त्येस्तो ब्येक्ति को नियेत माथि शङ्का गर्नु कहा सम्म जायज हो?नेताहरु माथि ढुङगा मुढा गर्न सक्ने ति हातहरु निरुङ्कुशता का बिरुद्ध मा हुन् भने मओबादी का बन्दुक देखि किन डराउछन्? के माओबादी राजा भन्दा कम क्रुर छन्? के उनिहरु समाबेशि लोकतन्त्र मा बिश्वास राख्दछन? अलिकति रजनीतिक् सोच भए सहि र गलत् छुट्याउन कत्ति गाह्रो छैन।कतै नाग लाइ फालि सके पछि अजिङगर् सङग लड्नु नपरोस्। अनि सम्बिधान सभा कुनै जादु को छडी पनि होइन जस्ले हाम्रा सबै दुखहरु नाश गर्न सकोस।मुल तत्व तपाइ हामि जनता हो ।हाम्रो सोच्ने तरिका नबद्लिय सम्म येस्तै “अति हरु को ” चपेटा मा पिल्सिनु को बिकल्प छैन।
Dear blogger
What you have attempted has been a great source of information and I have been logging into your web for the latest information possible from Nepal. I am thinking of reaching you with a small donation from my side as well. We have to salute those who sacrificed lives and accepted injuries and torture for the great cause of restoring democracy in the nation. Democracy has been recurrently hijacked in Nepal from its rightful owners, the people, by a fistful of Shaha and Rana courteirs who always incite and encourage the kings to undermine and meddle with the ability of the people. These outdated lots of cronies and courtiers are still living within their ringfence of 19th century mindsets and they never try to realize an iota of real world situation and the amount of awareness that has swayed Nepali public as well over the years. King Gyanendra in his overly ambitious tomfoolery ventured to ride against the tide of time and risked the very existence of Monarchy as a more than two century old tradition in the kingdom. He believed in a few powermonger army generals from the palace coteries and cronies who never had the real knowledge of the ground reality of the nation. His behaviour was so despicable against some political leaders ,dissenters and supporters of multiparty politics that he not only ordered them to be kept in confinement but also imposed a lot of mental torture through the behaviour. He embraced a team of old loyal royalists who only new to eulogise their master and keep reporting him of only the nice things happening in the nation although there were none as such. They also kept the king in the dark by not letting him to listen to the true call of the countrymen. The popular uprising and the unprecedented tide of human ocean would have swept the palace away with its tenants if any further delay was made in giving into the popular demands by the king. Many have suspicions now that the king might have unwillingly come to this point of situation just to buy some time and to hatch series of new conspiraces and cause discontent among the political parties who have so unitedly fought for the second restoration of democracy in Nepal. However,if the leadership remains true to their vision and honest to people and country , they can achieve what they want to . Otherwise another sacrifice will go haywire.
Revolutions and uprising through the world history have often led the ill fated populations of nations to disillusionment or anarchy. So much has been talked about the immediate decision for the constituent assembly election. While nobody knows how this latest catchword can be an all-cure to rid the nation of its woes, mostly people seem to go along this line because they believe this way the Maoists rebels can be invited into the mainstream of Nepalese politics and nepal will return to the peaceful days of the past. In fact, the Janaaandolan II was an outright rejection of the King’s hegemonistic political behaviour by stripping the people of their basic rights and also this was people’s desperate call to invite the Maoists to peaceful participatory politics to which they are to be part of. But the challenge now is on the parties to justify their call and slogans. Their lies more responsibility on the Maoists to prove themselves as a potent force in Nepalese politics that can influence people with their deeds but not with their actions of warfare alone. For, if gun could have solved everything ,the king would not have relented.
It is time we start thinking positively and more so with the leadership that have been entrusted with a big challenge. This is a torrid time but true leadership rides his luck through the trubulent of times.
Let us pray our impoverished nation need not shed more blood over the time.
uta nepali ho uta ..jagruk bauee…kati ko neta haru bolada tali hanchau ra kati ko neta haru bolda dunga muda garchauee. timi haru lai k taha tyo salee ailee ka neta haru sabai chor haru ho banera..ailee ko puraii samsad haruu lai nai karej garauee..naya pusta lai agadi badauee…naya jos ,naya jagar ra naya soch.ani balla hernechaue paribartan ..ani srijana huncha naya nepal ko…..hamro sapana ko nepal ..hamro kalpana ko nepal ani hami sabaii ko paroo nepaaaaaaaaaaaalllllllllllllll. jay nepal
उमेश्जी तपाईंले यो ब्लग लेख्दा लाखौं बिदेशमा बस्ने नेपालि ले देशमा भयेको यो जनान्दोलनको सहि चित्र पयेको छ। तेसैले होल तपैको यो ब्लोग् नपरे सम्म त बिहन भयेको जस्तो पनि लग्दैन। तेसैले लेख्दै गर्नु होल।
Shiva Jee,
well said, i appriciate the way u lighted-on Precisely on the matter. We people should be beware of this, otherwise there we need to be prapered for another JANA-ANDOLAN again..
Gopal Chalise, Riyadh, KSA
I felt as like that ” Nepal has need new young prime minister (PM) who will be healthy, who can heal the nation and who can lead the nation perfectly”.
Nava Raj Panta , Ph. D. Fellow Of Kyung Hee University, Seoul, Korea
[email protected]
ए बबुरा हो जब अरुको कुरा सुन्न सक्ने अनि अरुको विचारलाई पनि ध्यान दिन सक्ने अलिकति संस्कार पनि छैन भने के को लोकतन्त्र गणतन्त्र र ठूला ठूला कुरा गर्छौ ? माओवादी पनि वीना वन्दूक त मूसा नै त हुन नि ,हैन र ?
लोकतन्त्र भन्ने ,गिरिजा ले आन्दोलनको नेतृत्व गर्दा ठीकै हुने तर सुशिलले भाषण गर्दा ढूंगा वर्षाउन पर्ने, यतिका मान्छे मारिसकियो देश ध्वंस भइसक्यो अब संविधान सभाले सबै कुरा आकासबाट वर्सिन्छ कि झैँ मान्छे मख्ख छन । संस्कारहीन मान्छेले सद्दे कुरा पाएपनि बिगारेरै छाड्छ हजूर ।
I 100% agree with Mr Narayanman of Nepal Majdur Kisan Party. It seems leaders including Bar Association Chief are giving their Bhasan just to satisfy the crowed. It’s time to speak properly. The way leaders are speaking, I don’t think peace will prevail in nepal.
There should not be the game between the process of democratization of Nepal. If he (GP) cannot take responsibility in this way or that way with the reasons whatsever, then he should better give way to other. It’s time to do many thing, other wise new Nepal will not forgive anyone.
Thanks for posting detailly.. malai ta khulamanch mai gayera bhasan suneko jastai bhayo yo padhisake pachi..
How much money does Nepali king earn?
Dear Nepali citizens and foreign lovers of Nepal,You might be wondering why Nepal is still poor when its countries of equal economic status has reached the sky with boomiing economic development Let me try to answer this is one of the reason, I have recently found.Nepal is one of the poorest counries of the world but Nepal’s king is the highest paid king of the world.The income of Nepali king Gyanendra Bir Bikram Shah Dev is :
2,426 times higher than that of Chinese president
318 times higher than that of Indian president
301 times higher than that of Pakistani president
173 times higher than that of Russian president
57 times higher than that of French president
15 times higher than that of British president
10 times higher than that of American president
Netherlands queen’s income : Rs. 22,32,00,000 & (percapita income Rs 17,25,120 )
American president earns Rs. 3,24,00,000 (1,15,20,000 returns in tax), (per capita income Rs 25,24,320)
Japanese king earns Rs.22,23,52,000 (per capita income Rs.24,15,600)
Chinese president earns Rs. 1,35,000 (per capita income Rs 67,680)
Indian president earns Rs. 10,11,000 (per capita income Rs 34,560)
French president earns Rs 57,96,000 (per capita income Rs 15,84,000)
Pakistani president earns (after the coup) Rs 10,94,000 (per capita income 29,520)
British Queen does not get any salary from the state. She has a property of Rs 30,24,00,00,000 (the profit of investiment, after paying the tax, is hers) but even her neckless is the property of the country.
British prime minister & nbsp; earns Rs 2,19,58,000(per capita income is Rs >18,16,200)
Russian president earns Rs 19,03,000 (per capita income is Rs 1,54,000)
Belgean king receives salary as a civil servant (per capita income is Rs 16,74,000)
Nepali king earns Rs 61,91,00,000 (per capita income is Rs 16,560=US$ 230)[This means the Nepali king earns Rs. 19,878 times higher than a citizen.
Last year it was 37,385 times higher. Thus a citizen can earn as much as the king earns in a year only after working for 19,000 years or in 316 lives. Ho la!
Nepali royal family is involved in various business. A king does not have to pay tax according to Nepal’s constitution. The present king has inherited the property of earlier king’s family and nobody know show much it is.
This king has taken Rs 1,06,45,00,000 in past three years for his small family!!!
Monthly (Nov-Dec 2005 US dollar 1 = Rs 72 Nepal has a writing system of giving comma after two digits except the last.
REQUEST : PLEASE PRINT THIS AND PASTE IT ON THE I THINK THIS WILL GIVE ANSWER TO THE QUEST WHY NEPAL IS ALWAYS SO POOR. PLEASE CIRCULATE THIS PAGE TO YOUR
FRIEND!!!! YOU WILL NOT GET ANY FORTUNE BUT WILL CERTAINLY OPEN THEIR EYES
Thanks
girija babu aba temi rest garye ra basye hun chha mandri padha chhi gagan ge lai diye huna ra
सालोक्य जी नमस्ते
तपाईं ले नै राजा को सन्बोधन गिरिजा ले सहमती प्रदन गरे हो भन्ने जानकारी दिनु भयो।
राजा त्यसरि आत्तियेको बेल रज कै मुख बाट संबिधान सभा को घोषणा हुन सक्थ्यो तर त्यो हुन सकेन ।
जनता ले गिरिजा राजा प्रती उदार छन भन्ने बुझी सके क छन त्यसैले सभा मा गिरिजा अनुपस्थित हुँदा जनता ले फेरी राजा बाट धोका हुन सक्ने थानेर उत्तेजित भएक होलान् ।
umesh ji thanks verry verry thanks the is tha hot and hot blog.aati maja lagyo.
आदरणीय साथी उमेश
म राजेश चौधरी दोहा कतार बाटतपाइ लाइ
धेरै धेरै बधाइ तथा शुभकामना छहामी कतार
प्रबाशी हरु को तफ बाटमेरो सँसार अहीले
हामी हरु को लागी हट टी बनेको छ
तपाइ को मेहनत को प्रशसा गन चाहन्छौ ।
तपाइ ले हामी लाइ ताजा ताजा खवर र
चित्र हरु देखाएर देशको बारेमा जानकारी
दिएकोमा मुरी मुरी बधाइ छ ।
कतार बासी नेपाली हरु
[email protected]
sabai sanga ramro sabda niskiraheka chha,,,
bye umesh jee
GPK should retire from the politics. If he cannot present himself to the public at this juncture I think it will be the prudent decision for him to take a retirement from the politics and let some one lead the entire movement, one who is trustworthy to the public and most importantly strong in terms of physical ability. Well he can endorse some one with the talent and can lead the movement.
It’s time GPK babu.. we are all human and we get old.. nothing to be shame about. Let it go and have a faith on yourself and your party. You will see the better Nepal soon.
If you are leading the current movement of SPA and you cannot present yourself to public then this SPA will become nothing but a pack lead by a SPAZ. This is not a goog thing to say but the time has come.
umesh ji news ko lagi thanx
hami le paris dekhi 25 april ma kehi rakam pathaye ka thiyou tara tesko kehi janakari paounu sakiyena
k bhayo?yedi parapta bhaye ma janakari dinu hola.
tapta bhandari(myagdi)
yekendra sherestha(myagdi)
machindra limbu
[email protected]
paris bata
Long Live Loktantra!
सहिदहरुको रगतको मुल्यांकन होस।
सडकको आवाजलाइ ध्यान दिइयोस्।
नेपालमा शान्ति दिगो होस्!
७ पार्टिहरु सातदिशामा नहेरोस्।
बुद्दजन्मेको देशमा अब शान्तिको बिकुल् फुकियोस्।
आन्दोलन फेरि दोर्याउनु नपरोस।
यहि छ मेरो कामना।
Good job umesh jee,
Ram k. Shrestha,
jamaica.
loved it. wow !!. i felt like i was there in sahid maidan while reading your blog.
umeshji,
Kina rajale sainik poshak fukalne? Kina rajsabha kharej garne? Yo sabai janata lai jhukkyaune chala ho. Jaba raja lai nai narakhne bhane pachhi testo kura garnu hamilai ullu banauna khojnu ho. Yesto kura ko hamile birodh garnu parchha…..Hamilai aru kehi hoina, ganatantra chahinchha…..baki kura aafai thik hunchha……..sathi haru…………neta ko itihas teti thik chhaina……..tes karan uniharu bike bhane naya netritwo ko sath ma agadi badhnu parchha……….safalta ko ek paila tadha bahyera hamile teslai chhodnu hudaina……..
Salokyaji,
Reading your blog entries is probably second only to being right there. I admire the readability and thoroughness of your reports. I think a useful and timely topic for discussion would be one that relates to political leaders and leadership in Nepal. A great misfortune of the Nepalese is that they don’t have leaders that they can rely on and that are free of corruption and super greed and selfishness. It is a shame that traitors like Sher Bahadur Deuba are again coming to power. I blame Sher Bahadur Deuba for much of the misery and pain and suffering of the Nepalese in recent years. Deuba and others of his ilk are not leaders but illeaders. It would be generous to call them misleaders. I am hoping and praying that these illeaders will stop their rotten, corrupt and short-sighted behavior and — for once — think in terms of what’s good for the Nepalese people and the country in the long run. I’m reminded of the cat that proclaims that it has renounced preying on mice, that it has gone vegetarian and that, as part of its penance for past crimes, leads the mice population of the area on pilgimage to Varanasi. We all know the outcome for the pilgrims in this case.
काठमाडौंको रत्नपार्क वरिपरि परिक्रमा गर्ने गोलचक्कर आन्दोलन गर्दै आएका दलहरुले साढे तीन वर्षपछि आज पहिलो पटक खुलामञ्चमा आमसभा गरेका छन् । आमसभामा सहभागी हुन विभिन्न स्थानबाट आएको जुलुस मध्ये यो पंक्तिकार पनि पाटन मंगलबजारबाट प्रस्थान गरेको जुलुसमा शुरुदेखि नै सम्मिलित भई -बीचतिर आधा घण्टा बाहेक) सभाको अन्त्यसम्म उपस्थित थियो । यसले जुलुस र आमसभामा नेताहरुको जुन किसिमको भाषाशैली सुन्यो र भावभंगिमा देख्यो, त्यसले जनताको आकांक्षा र उत्साहमा चीसो पानी खन्याएको मात्र होइन दलका नेताहरुमा नै संविधानसभा घोषणा हुनेमा आशंका रहेको महसुस हुन्छ ।
यो संयोग मात्र थियो अथवा नियोजित, पाटन मंगलबजारबाट प्रस्थान गरेको जुलुस थापाथली नपुग्दासम्म नारा लगाउने पार्टर्ीी अगुवा कार्यकर्ताहरुले जनताको उच्चतम माग र नारा बनेको गणतन्त्र-जिन्दावादको ‘ग’ र राजतन्त्र-मर्ुदावादको ‘र’ समेत उच्चारण गरेनन्, लोकतन्त्र-जिन्दावाद र निरंकुश राजतन्त्र-मर्ुदावादमै सिमित रहे । थापाथली पुगे पछि जुलुस भित्रैबाट गणतन्त्रको पक्षमा र राजतन्त्र विरोधी नारा घन्कन थाले पछि नारा भट्याउने पार्टर्ीीार्यकर्ताहरुले पनि मुसुमुसु हाँस्दै ती नाराहरु फलाक्न थाले । छयालीस सालको जनआन्दोलनमा निर्ण्ाायक भूमिका खेलेको भनिने पाटनेहरुको नारामा यस प्रकारको अन्तर आउनुको कारण के होला – म यस प्रश्नको उत्तर खोज्ने जिम्मा विद्वान पाठकहरुलाई नै जिम्मा लगाउन चाहन्छु ।
आमसभामा नेपाल बार एसोसियसनका अध्यक्ष शम्भु थापा, नेपाल पत्रकार महासंघका सभापति बिष्णु निष्ठुरी, संयुक्त वाममोर्चाका अध्यक्ष प्रभूनारायण चौधरी, नेपाल मजदुर किसान पार्टर्ीी अध्यक्ष नारायणमान विजुकछें, जनमोर्चा नेपालका अध्यक्ष अमिक सेरचन, नेपाल सदभावना पार्टर्ीीआनन्ददेवी) का उपाध्यक्ष भरतविमल यादव, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र नेपाली काँग्रेस -प्रजातान्त्रिक) का सभापति शेरबहादुर देउवाले सम्बोधन गरेका थिए । जनआन्दोलनको कथित विजयसभामा जनताले पार्टर्ीीेताहरुबाट जस्तो किसिमको सम्बोधन अपेक्षा गरेका थिए र ती सम्बोधनमा जुन प्रकारको ओज हुनु पर्दथ्यो, दुबै हुन सकेको देखिएन । त्यस कमीलाई शम्भू थापा र विष्णु निष्ठुरीको सम्बोधनले भने धेरै हदसम्म पूरा गरेको थियो । तर पनि सभाको शुरुदेखि अन्तसम्म जनताले होहल्ला गर्दै आफ्नो असन्तुष्टी व्यक्त गर्दै रहे ।
प्रभूनारायण चौधरी, नारायणमान बिजूकछे र भरतविमल यादवको भाषण केही सान्दर्भिक र केही तपसिलका कुराहरुको गनगनमै वित्यो । अमिक शेरचनको सम्बोधन संविधानसभाको घोषणा नभएमा हुनसक्ने दुस्परिणाम बारे धम्की दिनमै सिमित रहृयो । शेरबहादुर देउवाले त राम्ररी सम्बोधन नै गरेनन् । संविधानसभाको पक्षमै बोलेको भए तापनि उनले मच्चिई मच्चिईकन गरेको भाषण भाषण जस्तो नभएर डेउडा र द्यौसीको भाका मिसिएको चर्को नारावाजी जस्तो मात्र रहृयो । नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला अस्वस्थ भएको कारण दर्शाई आमसभामा अनुपस्थित रहे । जनसभामा ठूलो होहल्लाका बीच उपसभापति कोइरालाले सभापति कोइरालाको २ बूँदे सन्देश पढेर सुनाएका थिए । सन्देशको सारमा प्रतिनिधिसभाको पुनःस्थापना सम्पर्ूण्ा जनताको जीत हो, शहिदहरुप्रति श्रद्धाञ्जली र घाइतेहरुप्रति सहानुभूति व्यक्त गरिएको थियो । माधवकुमार नेपालको भाषण केही सन्तुलित देखिए तापनि अन्तमा उनले पनि पुनःस्थापित संसदले संविधानसभा घोषणा नगरेमा त्यहाँ एक मिनेट पनि नबस्ने र फर्केर जनतामै आउने चेतावनी दिएर विदा भए ।
प्रिय पाठकहरु, यो पंक्तिकारलाई यी हरफहरु कोर्दासम्म पनि अत्यन्त आर्श्चर्यका साथै असाध्य रमाइलो पनि लागिरहेको छ । रमाइलो यस कारण कि उक्त आमसभाका सम्पर्ूण्ा वक्ताहरुले संविधानसभाको घोषणा हुनै पर्छ भनी ठूलो गर्जनका साथ आफ्ना भनाईहरु राखेका थिए । सात दलको रोडम्याप थाहा नहुनेहरुलाई यस्ता गर्जनहरुले केही रोमाञ्चित पार्ला । तर थाहा हुनेहरुलाई यसले ठूलो आर्श्चर्यमा पारकेा छ । कुरा के भने सात दलले प्रतिनिधिसभाको पुनःस्थापनालाई प्रस्थान बिन्दू र संविधानसभालाई देशमा विद्यमान संकट समाधान गर्ने निकास मानेरै आन्दोलन शुरु गरेका हुन् भने पुनःस्थापित संसदले संविधानसभाको घोषणा गर्नै पर्छ भनी माग गर्ने कि संविधानसभाको घोषणा हुन्छ-हुन्छ भनी जनता समक्ष प्रतिवद्धता जाहेर गर्ने – आफैले गर्नु पर्ने घोषणालाई अरुले पूरा गरिदिनु पर्ने मागको रुपमा प्रस्तुत गरेर आखिर नेताहरुले के भन्न खोजेका हुन् – के गर्न खोजेका हुन् – के उनीहरुले आफ्नै रोडम्याप र गत साल बैशाख २५ गते र्सार्वजनिक गरेको प्रतिवद्धताहरुको घोषणा र मंसीर ७ गतेको समझदारीलाई नै बिर्सर्ेे त होइनन् – सचेत जनताले गंभीर भएर सोच्नु पर्ने भएको छ ।
अर्को कुरा, सात पार्टर्ीी ती शर्ीष्ास्थ नेता वक्ताहरुले संविधानसभाको घोषणा नभएमा त्यस विरुद्ध यो वा त्यो गर्छु धम्की दिएर वा गंभीर दुस्परिणामको चेतावनी दिएर जनतालाई कस्तो गाईजात्रा देखाउन खोजका हुन्, बुझनै गार्हो भएको छ । कसलाई दिइएको हो यस्ता धम्की र चेतावनीहरु – राजालाई – कि आफ्नै सहयात्री दलहरुलाई – के सात दलभित्र विश्वासको संकट परिसकेको छ – के सात दलभित्र संविधानसभा विपरित जाने दल वा दलहरु पनि छन् – अथवा के नेताहरुलाई १५ महिनासम्म राजाको हुकुमी शासन र दमन विरुद्ध लड्दै आएका आफ्नै दलका सांसदहरु माथि विश्वास छैन –
यी यावत प्रश्नहरुले जनतालाई दलका नेताहरुलाई आफै बोक्सी आफै झाँक्री देख्न परिरहेको छ र त्यसले उनीहरुको दिमाग चाटिरहेको छ । सभामा एकजना सहभागीले प्वाक्क भनी पनि हाले, “संविधानसभा घोषणा नभए एमालेले संसद छोडेर सडकमा आउने भनेको संविधानसभा घोषणा हुन नदिन अरुलाई सघाउने र आफूलाई चोखो देखाउने धर्ूत साधू बिरालोको चाल हो । २०५७ सालमा नागरिकता विधेयक सम्बन्धी विवादमा एमालेले यसरि नै संसद बहिस्कार गरी सरकारलाई सो विेधेयक पारित गर्न ठ्याम्मै सघाएको र जनतालाई भने महामर्ूख बनाएको होइन र -” अर्कोले त्यसको र्समर्थन गर्दै थपे, “हो त नि । महाकाली सन्धि भएको ६ महिनाभित्र तयार हुनु पर्ने डिपिआर १० वर्षवितिसक्यो अत्तोपत्तो छैन । बर्षोनी एक खरब बीस अरब रुपिया बर्षछ भन्थे, ती रुपिया कहाँ बर्षो, कसले भेट्टाए – यो गिरिजा विरामी परेको भनेको पनि मलाई विश्वासै छैन । हुटिंग खानु पर्ला भनी पहिले संसदमा भाषण गर्दा गर्दै ढलेको जस्तो स्वाँग पारेको त हो नि ।”
एक पटक विश्वास गुमाए पछि त्यसलाई पुनः प्राप्त गर्न कति गार्हो हुँदो रहेछ । वर्तमान नेपाली राजनीतिका वयोवृद्ध नेता र भोलीका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाप्रतिको उक्त हल्का टिप्पणी पक्कै पनि शोभनीय होइन । तर यसलाई दलहरुले बनाएको आफ्नै छवि नभनेर के भन्ने – एकातिर नेताहरुप्रति जनताको शंका कायमै छ भने अर्कोितर संविधानसभाको घोषणा हुनेमा नेताहरुलाई नै शंका छ । यदि दुबै शंका सत्य सावित भएमा देशको हालत कस्तो होला – अनुमानै गर्न सकिन्न । नेपाली जनताले अझै पनि बलिदानी संर्घष्ा गर्न बाकि नै रहेछ ।
UmeshJi, U R doing a fantastic job.Girija should understand that Janta would be very appriciative if
he sincerly works 4 them.Theu will watch more atten-
-tively than before.
Thanks SK, Korea ji. I like your comment and the mention article too. I think we are in the very difficult situation. I am not getting the signal of peace and prosperity in the near future. Of course we should be optimistic but situation in nepal has gone in a direction that no one have imagined yet. Its very easy to say but very hard if you realise it with heart.
Lets wish for prosporuos and peace in our country.
Hi,
What happened today (hootings and stone throwing…..) was totally nonsense. One can should respect the right of another, otherwise Loktantra does funtions.
जनकराज गौतमजी को कुरो घत लाग्यो। अझ यो लेख पढनुस।
जे होस्,अहिले को अबस्थामा राजालाई पू्र्णरुप ले एक्ल्याएरा जाने सोच सबै को भएपनि तेती सजिलो भने छईन, अन्न्था माधव आफै प्रधानमन्त्री हुन्थे। आन्सिक प्रजात्नत्र आयो भन्नस्कने मान्छे किन पछाडि भए होलान। तर गिरीजा पानि कम छैना हई। आज माधवले गरेको बढ्याँई भोली मावोवादि सँग मिलेर गिरीजाले बदला लिने छ है। माधव जी अव कपट हैना खुलेरा राजनीति गर्नुस। येसमै तपाँई अनि देशको क्ल्याण छ।
girija ko mukha bat aba dhoka hudain ani sujata lai kangress ko sabhapati pani banaudin bhaner sunna chahanthe janata…tara sunna payanana…pheri bhane hunchha.
PEACE PEACE
Ya i M aggree in your statement.
All the SPA leaders haru le JANTA ko aagadi SAPATH khanu Parchha.
Yo janta le garda nai aaile yetro change aayeko chha tesai le JANTA ko aagadi nai sapath khana parchha.
Aaba yo janta lai murkha banaune kura garna hudaina.
I welcome to the maoist for their casefire.
I have post some suggestion to all the nepalese to speak for
Government Also should do Casefire more faster.
Army should be undercontrol of Parliament.
Army Haru Janta ko hunu parchha
All official boards should delete & “SHREE PACH KO SARKAR”
All official boards should contain &” NEPAL SARKAR&” in place of Shree Pach ko Sarkar
Royal Family Should be band to Wear Army Dress.
All Notice of maoist “Aatankabadi” “Terrorist&” Should take back.
Government should take back maoist RED CORNER NOTICE.
All the Martyr And people in hospital of “LOKTANTRA” protesters should provided as proper compensantion.
Government should take strict action to the police and army who have prohibited to the protestors.
Hope you all will understand this.. and speak for my words to all of the world.
dear Umesh ji
Thanks a lot for update.I hope our new P.M. G.P.Koirala will be fine and able to build the country.
i hope that we can have some audio and vedio from the Khulamunch by you.
umesh ji update fast yar sava kasto bhyechha sunnu paryo ke lauan ho thakai sakai goli marnus patrakar bhayepachhi ke ko thakai tesma pani tapai ta loktantrako lagi madat garne manchhe hainara ? lau lau update garnus !
Abiralyatri Saudi Arebia
we need disciple desh premi sathi ho. In democarcy the most important entity is disciple.
jai nepal and corruption free nepal.
Girija ko swasthya bigranu vaneko dal ma kuch kala he. katai kot barba ta nimtane hoina? Netaharule belai ma hosiyar hunu jaruri chha.
dhanyabad umeshji
girija babu aba pradhanmantri hune hoina, yuba pusta jasle paribartan ko netritwo garna sakchha should b the prime minister. aba basi neta haru bahira basera sahayog gara ra new energetic leaders come ahead to lead the nation. aba naya soch, naya bichar ra naya neta le nepal samhalnu parchha. sambidhan sabha bata naya sambidhan nirman garera sukhi santa sundar nepal aba banaunu parchha. maobadi leader le pani aba bujnu paryo khali hat ra aawaj ma jasto sakti bomb gola wa banduk ma hudaina. aba sabai jana purano tito mitho birsera naya nepal banauna agadi badam, violence turunta banda garam, kunai bahana ma feri himsa ma utrane kam nagaram, nepalese ppl want peace, prosperity,
गिरिजा मावोबदी सँग बर्ता गर्न बिजी भएर होला नि आउन न पएको ।
आब एक दुई दिन मा राजिनामा दिएर माथि जान्छ आनि येम् रज् सँग बसेर र देश को लागि केही गर्छ होला ।
८५ । ८६ बर्ष को भएर देश चलाऊन खोजेको जस्तो छ बरु बरु आजै राजिनम गरे र गए हुन्छ ।
ani dhungamudha garne chahi ko hun ni? aba ta baani fernu paryo ho! chitta nabujhe bolu, dhunga mudha ra banduk ko pachadi nalukau!
…lot of thanks UMESH JI…
From this, Neta had to know.
…People’s Desire….
…BCZ, ralative’s of KOIRALA are in power
after 2046 .. we know that very clearly.
Umesh Ji
Update ko lagi kosis gardai rahnuhola if possibel only.
Madhab Doha Qatar
la,la thanx, take rest then do job ….dear our nepali hero haaaaaaaaaaa ok
Umesh Ji P.M Ko Safat Khula mancha Ma Nai Hunaparcha ni .Bholi arko P.M Janata Le Banayar khula manch ma Nai Safad Khuwauna Paryo , Samanantar P.M Chaiyo,Raja Le Girija lai Patra Pathayara Bhayana ni Hai………………?
अमेरिका किन वढी साढेँ हुन खोज्छ । दलका नेताले निर्णय गर्नु अघिनै किन यो जान्ने भएर संविधान सभाको निर्वाचन अगाडि हतियार बिसाउनु पर्छ भनेको होला । मलाइ लाग्दछकी अमेरीका राजालाइ वचाउने षडयन्त्र गर्दै छ । त्यसैले नेपाली जनताहरु यो राजाको दलाल मोरीयार्टी देखी सावधान । पहिला आन्दोलन हुनु अघि यो १२ वुदेँ सम्झौताको धुरन्धर विरोधमा उत्रियो । आन्दोलन सफल भए पछि अब यो अर्को षडयन्त्रको तानाबुना वुन्न थालीसङक्यो ।
haina k bhayo feri ? sachchai girija babu ko swastha bigrekai ho ki ……… kuro arunai ho ? jhattai patta lagaunu paryo umesh g
tapaiko news padhera bahut khusi laygo asai gari hami lai tapai le nepal ma bhaye ko kura haru tapai ko website bat turut turuntai herna paye ko ma khusi ko ta simanai chhaina aru ke bhanam tapai ko sahas dekhi hami saudi manch nepali kaski ko tim bat tapai lai dhannebad chha
Birami bhaye, Tudikhel jana sakdina,
Raja ko agadi सपथ गर्छु भन्न चै पाइन्न है Giraja babu भन्दियाछुनि, मुखमा हान्नु जस्तो , भाशण गर्ने बेला मा बिरामी हुन्छ ।
Umesh, don’t feel pressurized by your visitors’ demands. Take it easy. You have done an excellent job so you deserve some rest. And people here they have to understand that whatever Umesh is doing, he is doing it voluntarily, so instead of ‘umeshji where is update or Umeshji still asleep ‘ kind of remarks, show some appreciation and be patient.
उमेश जी, त्यो गिरिजा ले फेरी पनि जनता लाइ धोका दिन खोजेको हो भने गिरिजा बाबु तपाईं ले पनि राम्रो सँग बुझे हुन्छ, तपाइ लाइ पनि साडे साती शनि दशा र उल्का भ्रामरी को दशा एकै चोटी शुरु भएको छ, प्रधान्मन्त्री हुनु सट्टा एक पटक राम्रो ज्योतिश् लाइ देखाउनुहोला। गह्र शान्ती, स्वास्ति शान्ति, सत्य नारायण को पुजा, पिपल मा पनि चढाउने, कालो कपडा दान गर्ने जे गर्नु पर्ने हो गर्दै गर्नुस्
होइन, तपाइ जनता कै लागि काम गर्ने हो र आज बिरामि नै पर्नु भएको हो भने श्री पशुपति नाथ् ले तपाइ को रक्षा गरुन् , शिघ्र स्वास्थ्य लाभ को कामना ।
तर पनि गिरजा बाबु नबिर्स्नुस्, सपथ चै तपाइ ले जनता को सामुन्ने टुडिखेल् मै गर्नु पर्छ नि, बिरामि भए राजा को अगाडी सपथ गर्छु भन्न चै पाइन्न है भन्दियाछुनि, मुखमा हान्नु जस्तो , भाशण गर्ने बेला मा बिरामी हुन्छ ।
Umeshji, dhanyabaad. I hope nothing fishy is going on with Girija buwa not being there. I guess he is mutering some energy for tommorrow, thinking it might take a toll in his health to go through it two day in a row.
Umesh ji
Welldone for update. Hoping hear more good news soon.
Good job mate, but I wonder when do you actually sleep? You must be really tired? You can update tomorrow, now go to sleep.
त्यै त भन्या। झन्डै बिथोलिन पुग्या रै छ हगी? यसको राम्रो पाटो चाँही नेताहरुले जनताबाट पाऐको चेतावनी हो।
देशलाई अग्रगामी मार्गमा लैजाने खाकाहरु नबनुन्जेल, जनताले नेताहरुलाई दवावमा राख।नु जरुरी पनि छ। अनि, गिरिजा प्रसाद नअाउ्नुको कारण, स्वास्थ स्थिती मात्र हो भने त ठीक छ। यदी, दरबारबाट दवाव अा’रै छ भने तुरुन्त जनतालाई जानकारी दिनुपर्छ। दरबार हत्याकाण्डको बेला उहाँले प्रकाट गर्नु भा लाचारी नदोहोरिन दिँउ है साथी हो।
परिबर्तन
टोक्यो, जापान
ओहो उमेसजि बल्ल पाइयो आजको तजा खबर । कत्ति कुरेरा बसेको ।
खोइ के को क्रान्ति भन्नु, एतीनजेल मा सबै कुरो ढाकछोप गरी सके होलान मन्ठलेहरु ले । खोइ समातेको तुलसी गिरी कमले चोर, प्यार जङ्, सहवीर थापाह्ररु लाई । अनि त्यो सरद चन्द्र शाह, षिरिस् सम्सेर्, निछ सम्सेर्, सिनेट श्रेष्ठ , साँच्चित सम्सेर्, भरत केशर सिम्ह आदी लाई । म त आलि निराश भएको छु।
Thik garauu SATHI ho sushilay lai…. badai chha…sale lay balla thaha payo hola…..loktantra vanay ko kay ho vanay ra. BADHAI CHHA Nepali janta
Hi Umeshji,
Ho tyo netaa haru laai tyestai garnu parchha………..Jehos ahile ko Jantaa nikai Loktaantrik bhai sake haamraa Netaa haru bhandaa.Herau yee netaa haru le Neeshart Sambidhaan Sabhaa samma laane ho ki hai na……haami saba ko aba yehi ek udhesya hunu parchha………ani netaa haru laai baato dekhaaunua….
dhanyabaad……
basanta.
umesh ji ,
bides ma basera pani nepal ko hot news sunna pauda ,lagchha ma pani ahile nepal mai chhu, ma hajur lai dhanyabaad nadie basna sakdina,ra hajur ko mehanat lai ma dherai kadar garchhu ,
[email protected]
हैन अर्काको पनि बिचार बुझ्ने सस्कार बनाउनुपर्यो सबैले । के सुशिल कोइराला राजाको मतियार हो र, किन ढुङा र मुढा गर्न पर्यो । गिरिजा बिरामि भयेर नाआयको जानकारि गराउदा गराउदै किन ढुङा मुढा गर्न पर्यो? कि नेपालि काङ्रेसलाइ पाखा लाउने सोच्या त होइन?
अर्काको कुरै नसुन्ने सस्कार राम्रो भयेन, तेति त सबैले बुझ्नै पर्छ । होइन म मात्रै राम्रो, म मात्रै जान्ने हो भन्ने हो भने तेस्ले कसैको पनि भलो गर्दैन ।