२०६३ वैशाख १५, शुक्रबार
आतंककारीको बिल्ला र रेड कर्नर नोटिस हटाइएकै छैन, राज्यले युध्दविराम पनि गरेकै छैन, तर माअोवादीहरुले सैनिक मञ्चको पछाडितिर रहेको राजधानीको खुलामञ्चमा नै खुला सभा गरिसके। देशका अन्य प्रमुख सहरहरुमा पनि माअोवादीहरुले धमाधम यस्ता सभा गर्न थालेका छन्। त्यसो त माअोवादीहरुले यसअघि पनि खुल्लामञ्चमा सभा गरेका थिए- दोस्रो पटक युध्दविराम गर्दाताका क्यारे। अनि त्यसमा बादल, बाबुरामले बोलेका थिए क्यारे। अहिले भने राज्यले युध्दविराम गर्ने अौपचारिक घोषणा नगरेको अवस्थामा उसले जारी गरेको आतंककारी बिल्लाका साथ खुला सभा गरेको हो। यसलाई पनि ऐतिहासिक नै मान्न सकिन्छ।
यता संसदवादी दलहरु संविधान सभामा जान लामो प्रक्रियामा अल्झिरहेका छन् भने माअोवादीहरु चाहिँ रत्नपार्कमा नै आएर संविधान सभामा गएनौ भने तिमीहरुको पत्तासाफ गरिदिन्छु, हाम्रो बन्दूक अब नारायणहिटीमात्र हैन, सिंहदरबारतिर पनि फर्कनेछ भनी चेतावनी दिन आइसकेका छन्।
साथी भोजराज भाटको माअोवादी सभाको रिपोर्टिङको अनुभव सुन्दा आङ सिरिङ भएको थियो। मैले सोचेको पनि थिइनँ कि म आफैले पनि माअोवादीहरुको सभा, त्यो पनि खुल्लामञ्चमा देख्न पाउँछु भनेर। १२ बजे कार्यक्रम हुने हल्ला थियो। तर त्यतिबेला त्यहाँ पुग्दा खासै मान्छेहरु थिएनन्। हिजो सात दलले गरेको सभा कै मञ्च थियो र माइकहरु पनि त्यही जस्तो लाग्छ। तुल भर्खर राखिँदै थियो। यसो हेरेर म फर्किएँ।
कार्यक्रम चाहिँ २ बजे बल्ल सुरु भएछ। साथी कृष्ण त्यहाँ रहेका थिए र मैले समय-समयमा मोबाइल गरेर उनीसित के भयो, कस्तो भयो जानकारी लिइरहेको थिएँ। सवा ३ बजेतिर सोध्दा अखिल क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेले बोलिसके, शालिकराम जम्मरकटेलले बोल्न बाँकी रहेछ भनेर थाहा पाएँ।
यी माअोवादीका सभा कस्ता हुन्छन्, के बोल्छन् यिनीहरुले, कसरी बोल्छन् भन्ने उत्सुकता थियो। त्यसैले हेर्न जानुपर्यो भनी ४ बजेतिर लागेँ खुल्लामञ्चतिर। खुल्लामञ्च पूरै त भरिएको रहेनछ तर सहभागिता भने धेरै नै थियो। म त्यहाँ पुग्दा एउटा सांस्कृतिक कार्यक्रम भइरहेको रहेछ। त्यसपछि कुन चाहिँ पो हो, नाम बिर्सेँ, प्राध्यापकले बोले। उनले बोल्दा त्यस्तो म माअोवादी, हामी माअोवादी भन्ने शब्द प्रयोग गरेका थिएनन्।
त्यसपछि बेपत्ता पारिएकाहरुको परिवारको समितिका संयोजक शान्ता भण्डारीले बोलिन्। जनजिब्रोको भाषामा सरल रुपमा उनले निकै कडा-कडा विचार राखिन्। एकजना बेपत्ता पारिएकाको स्थिति सार्वजनिक नहुञ्जेल संविधान सभा रे, क्या हो त्यो ? त्यो हुनुहुँदैन, वार्तामा बस्न पाउँदैनौ माअोवादी र सरकार भनी उनले सचेत गराए। बेपत्ता पारिएकाको परिवारको पीडा उनीहरुलाई मात्र थाहा हुन्छ भन्दै उनले उनकै भाषामा ‘अब ज्ञानबहादुर शाहीको नातिलाई अपहरण गर्न सक्ने स्थिति आएको छ’ ‘त्यो गरेपछि मात्र उसलाई पनि हाम्रो पीडाका बारेमा थाहा होला’ भनिन्।
उनको सम्बोधनलाई मैले रेकर्ड गरेको थिएँ।
सुन्नका लागि यहाँ क्लिक गर्नुस्।
डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्
यसो वातावरण हेरेँ, हसिया हथौडा भएका झण्डाहरु थिए। हिजोजस्तो निधारमा स्वयंसेवक लेखिएका हैनन्, हातमा पट्टी बाँधिएका स्वयंसेवकहरु थिए। सुरुमा त बाहिरै बसेर हेरिरहेको थिएँ। तर पछि माअोवादीको मजदूर संगठनका नेता शालिकराम जम्मरकटेलको भाषण भनिए पछि मञ्चको बायाँ पट्टी रहेको छेउमा अलिकति भीडलाई छिचोल्दै मञ्च अगाडि डोरी लगाएर खाली राखिएको ठाउँबाट प्रवेश गरेँ। डोरीलाई छिचोल्दै प्रवेश गरेको देखेर एक जना स्वयंसेवक मतिर हानिँदै आए, तर मेरो हातमा भ्वाइस रेकर्डर र क्यामेरा देखेर होला, केही पनि भनेनन्। म त्यहाँ राखिएको स्पिकर मुनि बसिरहेको थिएँ। मञ्च अगाडिको त्यो डोरीले बेरेर राखिएको खाली ठाउँमा केही सञ्चारकर्मीहरु मात्र थिए।
एकछिनपछि म अर्को ठाउँमा गएर बसेँ। मञ्चमा केही वक्ताहरु बसिरहेका थिए। चिन्दिनँ को-को हुन्। अनि बायाँ छेउ र दायाँ छेउमा दुई जना मान्छे निकै अटेन्सन पोजिसनमा बसिरहेका थिए। शायद उनीहरु अंगरक्षक थिए कि के हो ? बायाँ छेउतिर उभिएर बस्नेले रातो झण्डा जिउमा बेरेका थिए। मुठ्ठी उठाएर अभिभादन गरेको पनि देखेँ। कालो वर्णको त्यो मान्छे अनुशासनमा बसेको र एकदमै गम्भीर भएर बसेका थिए।
अनि दायाँ छेउमा रहेका मान्छे पनि अटेन्सन पोजिसनमा त थिए, तर उनीचाहिँ उताको जस्तो गम्भीर देखिनँ मैले। छिनछिनमा उनी कहिले कता कहिले कता हराउँथे वा यसो भनौं म बसेको ठाउँबाट देखिँदैन थिए। दर्शक दीर्घातिर पनि उनी एकदम ध्यानले हेरिरहेका देखिन्थे। एक पटक उसको र मेरो आँखा जुध्दा मलाई त डर लाग्यो। तर उभन्दा उतापट्टीका कालो वर्णका मानिस साँच्चि नै छापामार जस्ता देखिन्थे। हुनत आफूले जिन्दगीमा साँच्चिकैका छापामार प्रत्यक्ष देखेको छैन। तर पनि उसको अनुशासन, एटेन्सन हेर्दा भने त्यस्तै लाग्यो। ती दुई जनाले मञ्चमा कसैलाई पनि उक्लन दिएका थिएनन्।
शालिकरामको भाषण निकै लामो थियो। रेकर्ड गर्दागर्दा ब्याट्री सकेर सबै रेकर्ड भएको बिग्रिएला भन्ने डर भइसकेको थियो। तर उनी बोलेको बोल्यै। ४० मिनेट बोले उनले।
आफूहरुको टाउकाको मोल तोकिए पनि जनताको सुरक्षामा विश्वास गरेर खुला सभामा आएको भनी उनले भने। अब पनि संविधान सभामा नगएर सम्झौता गर्यौ भने दलहरुको पत्तासाफ हुनेछ भने। हतियार उठाएर सशस्त्र क्रान्ति गर्न पर्नुको अौचित्य उनले प्रष्ट्याए।
मैले त्यहाँ उनीअघि दुई जना वक्ताका मात्र भाषण सुनेको थिएँ। कसैले पनि आफू माअोवादी भनेर भनेका थिएनन्। तर उनी भने हाम्रो पार्टी, हाम्रो अध्यक्ष कमरेड प्रचण्डजस्ता शब्दको प्रयोग गरिरहेका थिए। उनले एक प्रसङमा माअोवादीहरुलाई लुट्ने, खाने अपराधीका रुपमा सरकारले प्रचार गरी जनमानसमा भ्रम छर्ने प्रयास गरिरहेको छ, के हामी साँच्चि नै त्यस्ता छौं त ? भनेर प्रश्न राख्दा त्यहाँ भाषण सुन्न उपस्थितहरुले ‘छैनौं’ भन्दै हात हल्लाए। आम्मै नि, ती सबै माअोवादी पो रहेछन् त।
सभा सुरु हुनुअघि नै त्यहाँ पुगेका साथी कृष्णका अनुसार कार्यक्रम सुरु हुन लाग्दासम्म खुलामञ्च भरिएको थिएन रे। त्यसपछि चारैतिरबाट काँग्रेस र अन्य झण्डा बोकेका नारा लगाउँदै आए रे। अनि त्यहाँ पुग्नेबित्तिकै काँग्रेसका झण्डाहरु झ्यापझुप लुकाए। एकछिनपछि त त्यहाँ खाली हँसिया-हथौडाको झण्डामात्रै फहराइरहेको रे।
राजाले अझै पनि षडयन्त्र गर्नसक्छ, प्रतिनिधि सभा ब्युँताएर दलहरुबीच झगडा गराई देशमा फेरि अस्थिरता पैदा गराउने अनि देख्यौ त मैले दलहरुलाई दिएको त हो नि, सकेनन् भन्दै आफ्नो हातमा सत्ता लिने दाउ राजाले गरिरहेको तर्फ सचेत उनले गराए।
उनको ४० मिनेट लामो भाषणमा अरु पनि धेरै कुरा थिए। भाषणको पूर्ण अंश अडियोमा म भोलिपर्सितिर अपलोड गर्नेछु।
उनको भाषण सकिएपछि म त्यहाँबाट निस्किएँ। मञ्चको पछाडितिर रहेको सैनिक मञ्चमा रहेका सैनिकहरु पनि भाषण सुनिरहेका देखिन्थे। त्यसो त त्यतातर्फ कुनै माइक फर्काइएको थिएन। तैपनि आवाज त सुनिन्थ्यो नै होला।
सभास्थल वरपर भने सुरक्षाकर्मीहरुको नामोनिसान नै थिएन।

सभाका केही थप फोटो र भिडियो भोलि राख्नेछु।
——————————-
अपडेट (दिउँसो 330): खुलामञ्चमा भइरहेको सभामा अखिल क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेले शान्तिका लागि आफूहरु सडकमा आएको बताउँदै अझै पनि नारायणहिटीमा रहेको दुश्मनलाई ठाउँ दिनुपर्यो भन्छन् भने आफ्ना हतियारहरु सिंहदरबारतर्फ सोझिने कडा चेतावनी दिएका रहेछन्। शाही सेनालाई पारिवारिक सेनाको संज्ञा दिँदै उनले जनताको सेना भए जनताको पक्षमा आउन पनि आग्रह गरेछन्।
अपडेट (दिउँसो १५५): कार्यक्रम २ बजे सुरु हुने रहेछ। खुलामञ्च पूरै भरिन लागेको छ। चारैतिरबाट चर्का नाराबाजीसहित त्यहाँ सहभागीहरु आउने क्रम जारी रहेको छ। साथी कृष्णका अनुसार लेखनाथ न्यौपाने र शालिकराम जम्मरकट्टेलले सम्बोधन गर्ने निश्चित भइसकेको छ।
अपडेट (दिउँसो ११५): खुलामञ्चमा रहेका साथी कृष्णका अनुसार सवा १ बजेसम्म कार्यक्रम सुरु भएको छैन, तयारी भइरहेको छ। त्यस्तो परिचित अनुहार कोही देखिएका छैनन्। भर्खर यहाँ म एउटा पत्रिका हेर्दै थिएँ- महिमा साप्ताहिक। त्यसमा लेखिए अनुसार सभामा अखिल क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपाने र अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष शालिकराम जम्मरकट्टेल लगायतकाले सम्बोधन गर्छन् रे। भूमिगत माअोवादीको खुला सभामा हस्तक्षेप शायद हुन्न होला। उता, संसदको पहिलो बैठकले नै संविधान सभामा जाने निर्णय गर्ने भनिएको छ। हेरौं, के हुने हो।
अपडेट (दिउँसो १२४५) आजको दिनमा सात दल संसदमा पुनस्थापित संसदको पहिलो बैठक सिंहदरबार ग्यालरी बैठकमा बस्दैछ भने यता माअोवादीहरु चाहिँ खुलामञ्चमा सभा गर्ने तयारी गरिरहेका छन्। दुवै कार्यक्रम दिउँसो १ बजे नै सुरु हुने भनिएको छ।
अघि म खुलामञ्चतिर यसो डुलेर आएको थिएँ। १२ बजे कार्यक्रम हुने भनी सुनेको थिएँ। तर हैन रहेछ। म पुग्दा बल्ल मञ्चमा तुल राख्ने कार्य भइरहेको थियो। कुनै परिचित माअोवादी नेताहरु त्यहाँ देखिएका थिएनन्।
माअोवादीहरुले गोंगबु, चाबहिल आदि ठाउँबाट नाराबाजी गर्दै जुलुससहित त्यहाँ आउने र सभा गर्ने भनेका थिए। तर म सवा १२ सम्म त्यहाँ बस्दा खासै मान्छेहरु देखिनँ। मञ्च र माइक सबै हिजो सात दलले गरेको कार्यक्रम कै थियो।
तुलमा भने आयोजक संयुक्त लोकतान्त्रिक मोर्चा, राष्ट्रिय जनमञ्च नेपाल लेखिएको थियो। सभामा बाबुराम भट्टराईसमेत आउने हल्ला सुने पनि मलाई भने त्यसमा पटक्कै विश्वास छैन। माअोवादीको विद्यार्थी र मजदूर संगठनहरुका प्रतिनिधिहरुले चाहिँ बोल्लान् जस्तो लाग्छ।
खुलामञ्चमा रहेका साथी कृष्णका अनुसार सवा १ बजेसम्म कार्यक्रम सुरु भएको छैन, तयारी भइरहेको छ। त्यस्तो परिचित अनुहार कोही देखिएका छैनन्। भर्खर यहाँ म एउटा पत्रिका हेर्दै थिएँ- महिमा साप्ताहिक। त्यसमा लेखिए अनुसार सभामा अखिल क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपाने र अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष शालिकराम जम्मरकट्टेल लगायतकाले सम्बोधन गर्छन् रे।
शिसिरजी को बिचार सारगर्भित र अकाट्य सत्य छ।म पुर्ण रुपले डेमोक्र्याट् हु र नेपाल मा पुर्ण लोक्तन्त्र बहाली भएको हेर्न चाहान्छु,तर सोचनीय कुरा के छ भने बरु राजतन्त्रहरु ले जनताको इक्षा अनुसार आफुलाइ बदलेका इतिहास् ससार भरी प्रसस्त भेटिन्छन्,तर समकालिन् दुनिया मा माओबादीहरु कि त सखाब् भएर गएका छन् कि त सखाप् पारेका छन्।उदाहरण को लागि ल्याटिन अ्एरिकन मुलुक र हाम्रै छिमेकि मुलुक भारत को आन्ध्र प्रदेश र बिहार लाइ लिन सकिन्छ त्येहा उनिहरु एक पल्ट उधुम मचाएर अहिले लुप्त प्राय:छन् भने नेपाल मा उदियमान् अबस्था मा छन्।नेपाल को परिस्थिती हेर्दा उनिहरु ले अझ उच्चतम् फड्को मार्न पनि सक्दछन् तर यस्को मतलब यो होइन कि उनिहरु ले नेपाल् र ने
पाली को हीत गर्छन्।बन्दुक् को जीत क्षणिक हो,हिङ्सा, आत्ङ्क र भय बाट केहि अबधि केहि लाई प्राभाव पार्न सकिएला सधै भर् सबैलाइ आफ्नो बनाउन सकिदैन, सबै भन्दा थुलो मान्छे हो, जनता हो।
लुवेन्, बेल्जिउम
This is the time to construct a new Nepal. Leaders (including Maoists) should not forget the aspirations of the people who showed courage against the autocratic rule. Nepali people want freedom, peace, and prosperiority. If Maoists’ are serious about the development and peace, they should stop violence and stop threatening people using their old guns seized from police and army. It has been proved that Nepali people are not afraid of guns anymore. If Maoists want to rule the country with guns, people will fight againt them like they fought againt Gyanendra Shahi. If Maoists are still thinking about century old failed model of Stalin and Maotsetung, this is a big mistake. Stalin killed 20 million people, and Mao killed 30 million people (See National Geographic, Jan 2006 for details) in the name of people’s war. Ultimately, they became super dictators. They are utter failure. Maoists’ so called people’s war took the lives of 14,000 already. Gyanendra apologized for killing 14 people, why don’t they apologize for killing thousand times more than Gyanendra. I hope, Prachanda does not want to be another Stalin or Mao.
If maoists believe in people’s power, stop talking about guns, and try to win people’s trust. They have to do a lot to win people’s trust. How can we trust them? One day after their unilater ceasefire, they abducted 22 army who were on leave. I know they would say “this is not our party’s policy”. To gain people’s trust, they have to do what they promise.
Don’t try to rule the country with guns. They should learn the lessions from the world and from the recent Janandolan. Don’t just blame others. Try to come up with the solutions. This is the time to solve problems, not to create problems. KHOCHE THAPNE KAM NAGARNU…MILERA DESH BANAUNE KAM GARNU. BANDUKA KO GHAMANDA GARNA KHOJYO BHANE JANTA KO LOPPA KHANU PARLA.
kina hau umeshbhai, maobadilai nikkai pelera kura garnu hunchani tapaita , UML pati dhalkeko jastai lagcha tara tapai loktantrik pankti ko manche ho bhanne kura thaha cha, tara jehos rajniti tapaile pani nabujeko jastai lagcha , uddha biram gareko chaina re atankakari so list jhikeko chaina re ?
ke maobadi teti darcheruwa hora usle kasaiko kei kura parkhera basnalai? kitapai jastai mandaleko duidanak khadaina chet parne party bhanthannu bhayeko? kina maobadiko yo sasastra bididrohalai tapaile ajhai pani kamjorko rupma dekhnu bhaeko jastai cha, ani k udda biram nahudaima .khula bhayo bhane uslai goli thokna milcha ? eksabda ma sarkarma jana sakene tero party harule ahile samma kina yesto ghosana nagarekota?
dhannebad/
मवोबदी हरु ले गरेको यो सभा एकदम राम्रो हो । यसेरी नै जनता को लागि राम्रो गर्नी हो भने मवोबदी हरु लाई पनि जनता ले पनि राम्रो तरिका ले हेर्ने छन् । यहाँ मवोबदी को खेइ पनि गल्ती छैन भने किन डर हुन्छ र । यो सभा गरेर मवोबदी ले पनि यो देश को लागि राम्रो चोछेको छ । आखिर मवोबदी हरु पनि देश को लागि लागेको रैछ भन्ने प्रस्त्ट हुन्छ ।
thanks to maoist for comming in and with the nepali peoples
dear maoists leader,
Saying these words like to kill parties leaders will help mandale and blame will come on you. then how will you explain? According to you for extortion which was blaming on you, did you prove that you were innocent? Of course not. So be polite and take the path of negotiation otherwise your agressive speech only help to mandale and king.
so always give the priority of negotiate.ok be care full.
Rakesh, you are right.
Maoists are yelling like consituent assembly is their “private agenda”.
If the gun lead was to lead the country towards consituent assembly, they fired guns for the last 12 years. Could they? Eventually they had to join the parties with 12 points agreement and today they have been able to organize mass meeting in open air.
Maoists comrades, certainly you can fire the gun, vandalize the vehicle, explode the buildings but can not win in the ballot paper if you keep on your “gun” theory.
The country is ready for the election of constituent assembly and you have to be ready to put your arms down before you participate in the election.
Khai Umesh ji… Ke bhanou
Aile ktm ma maobadi ka neta haru lagayet aru dui-paise neta haru ko tallo star ko gali galoj ko bhasan sunda yo desh agragami disa tira haina ki balki udhogami disa tira agi badi raheko jasto lagna thalyo. Mero bichar ma Raja pani yo desh ko civilian bhayeko hunale, Raja,political parties,maoist,civil society barga, human rights,budhijibi lagayet sabai le bhaisakeko ghatana ko anubhab batuli k gari samridhaa Nepal banaune ani bidesh travelling garda Nepal ko passport dekhauna saram nalagne khalko Nepal banauna aja dherai jaruri chha.
I think we should not make maoist a big deal..this janandolan has just accepted that they are also one of the loktantrik party….but they are now behavinfg like chhote gyanendra…..they should believe in discussion and non violance…..instead of threatening political parties and others from khulla manch and bhumigat places….they should engage in meaningful dialogue with political parties and civil society….They should feel a sense of responsibility now.
uddhabiram ta maobadi haru ko yekohoro ho sarkar gathan bhaisakeko chaina yeto bela ma rajdhani ko mutu mai khulla sabha garnu uniharu ko sahasik kam ho bholi ka din ma samsad batta kasta kura haru parit huncha tehi bamojim uniharu ko party ka rannity haru tyo sabha ma jata lai jankari garai holan aru ta khai k bhanu
yekendra
europe
Maobadi ma lagne manchhe pani tapai hamrai dajubhai, didibahini hun tyasaile uni harulai pani rajnitiko mul dharma lyayera…nepal ma dirgakalin shanti lyaunu parchha…
Why are maoists acting so arrogant?
While maintaining pressure on the parties for not going away from the promised “Consituent Assembly” is understandable, but what are they trying to prove saying that guns will be pointed towards Singha Durbar? This kind of attitude will help only to justify that “we are terrorists and will remain terrorists”.
When parties are not scared of the guns of king’s army, so we wouldn’t from the guns of the maoists as well.
But onething is sure, when you maoists point guns towards parties , its for sure, you will get support from King and his army. Go ahead!
ओ ब्लगर के हो न सुत्ने भन्या, यार तिमीले गर्दा म पनि सुत्न पैन हौ, के के लेख्छौ हेर्नु परो नी
१ बजेर एक्काइस मिनेट गयो ।
plz sleep today otherwise how u will report tomorrow. plz umesh jee