२०६३ वैशाख १६, शनिबार
जनआन्दोलनका क्रममा शहीद हुने वीरहरुको सूचिमा फेरि अर्का एकजना थपिएका छन्। उनी हुन्- प्रद्युम्न खड्का। कलंकीमा वैशाख ७ गते भएको दमनमा गम्भीर घाइते भएका खड्कालाई सुरुमा उपचारका लागि मोडल अस्पताल लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि दिल्लीको एम्स अस्पतालमा लगिएकोमा उपचार हुँदाहुँदै मृत्यु भएको हो। जनआन्दोलनको बलले राजालाई झुकाउन सफल भएपछिका दिनमा शहीद हुने खडका दोस्रा हुन्। यसअघि संसद पुनर्स्थापना भएको शाही घोषणा आएको भोलिपल्ट पर्वत जिल्लाले पनि एक शहीद पाएको थियो। बाँकी भित्र
कलंकीमा भएको हत्याकाण्डमा ३ जना शहीद बनेका थिए। एक जना अज्ञातको लाश गायब पारिएको इन्सेकको दावी छ।
शहीद प्रद्युम्न खडका दुई सन्तान, आमाबुबाका एक्ला सहारा थिए। उनीहरुलाई सही सम्मान दिन सकेमात्र शहीदको आत्माले सम्मान पाउँछ। नत्र वीर शहीद भनेर शब्द आडम्बरले गुणगान गाएर वा कुनै ठाउँमा एक-दुई मिनेटको मौन धारण गरेर उनीहरुको सही सम्मान हुँदैन।
जनआन्दोलनका दोषीहरुलाई तुरुन्त कारबाही गर्नुपर्नेमा संसद आज शनिबार विदा मनाएर बसिरहेको छ। कमल थापा, तुलसी गिरी, शिरिष शमशेर, माधव थापा, दुर्जकुमार राई जस्ताहरु अहिले कहाँ छन् ? न हामीलाई थाहा छ, न सञ्चार माध्यमले नै यसको खोजीनीति गरेको देखिन्छ। नेताहरुले ०४६ सालमा जस्तो हुँदैन, कारबाही गर्छौं भन्ने प्रतिवध्दता त जनाएका छन्, तर कहिले ? छिटो गर्नु पर्यो नि- यही हामी जनताको आवाज हैन त ?
अपडेट (राति ७१५): भर्खरै कान्तिपुर टेलिभिजनले दिएको समाचार अनुसार तुलसी गिरी सरकारी खर्चमा बालुवाटारमा भाडामा लिइएको घरमा बसिरहेका छन्। यसअघि उनी बंगलादेश भागिसकेको हुनसक्ने अपुष्ट समाचार आएको थियो। टंक ढकालसमेत सरकारी क्वार्टर मै बसेका छन् रे। यो त अति भयो नि- निरंकुशताका मतियार र जनआन्दोलनका अपराधीहरुलाई यसरी आन्दोलन स्थगित गरेको यतिका दिन भइसक्दा पनि कुनै कारबाही नहुनु ! अझ सरकारी खर्चको निवासमा बस्ने ? समाचारमा भनिए अनुसार श्रीष शमशेर र रमेशनाथ पाण्डे आफ्नै विशालनगरस्थित निवासमा बाहिर ननिस्की बसेका छन्। अनि सच्चित शमशेर र भरतकेशरी सिंह तथा शरदचन्द्र शाह पनि सार्वजनिक नभई भूमिगत जीवन बिताइरहेका छन् रे।
तलका तीन पोस्टर भने जनआन्दोलनका शहीद र कलंकी हत्याकाण्डका बारेमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले प्रकाशित गरेको पोस्टरको हो-



मेरो तर्फबाट श्रद्दाञ्जली! सलाम!! यो गुण हामीले कहिल्यै भुल्नेछैनौं।
helooooo umesh
thanks for the contribution u have given to bring loktantra in nepal.yeeee sabai saput lai mero salam ra tini haru ko contribution nepali janata la bulna chhina …..ani maila aru pani dheri sahid bhaya ka chhan bhan na sun na ko chu …….what about them …if u can search every saput…and help to prove Compensation to there family…..
umesh ji bir sahid haruko sapana sakar parna ka lagi netaharu kursi ra partigat sortha bhannda aam nepali janata ko chahana anusar sambidhan sabhha ko chunnab garer loktantarik gantantra ko sthapana garne tir lagnu paryo.bir sahid haru prati bhaupurna saradanjali.
भावपूर्ण श्रद्धाञ्जली अर्पण सम्पूर्ण शहिदहरुमा जसको बलिदानले यो परिवर्तन सम्भव भयो । हामी बाँचेकाहरु सदा तिमीहरुको ॠणी रहनेछौं ।
HOSHIYAR! HOSHIYAR!! HOSHIYAR!!!
HAMILE GAREKO YO ANDOLAN KO ANTA GIRIJA JASTO MANCHE PM BANNE THAHA PAYA PACHI BEKKAR MA AANDOLAN KO SUPPORT GARE JASTO LAGYO..GIRIJA JASTO DESH BHADNE BAHUN LAI PM BANAYARA NEPALI JANATA FERI YAK PATAK BHEDA BHAYAKO SABIT GAREKA CHAN….GIRIJA=BAHUN=DESH BHANDUWA…THERFORE BAHUN=DESH BHANDUWA
BAHUN HARULE PAYO BHANE HAMRO DESH LAI PLOTTING GARERA BECHI DINCHA ..HOSHIYAR..KHABARDAR…
BAHUN HARU LAI HAMRO DESH NIKALA GARNU PARCHA…..
शाहीद्को रगत लाई हामी भुल्ने छैन । नेपाल का सबै मानवाधिकार बदी संस्थाहरु सबैले शाहीद्का परिवार को सरकार ले राम्रो सँग देख्भल गरेको छ छैन त्यो कुरा अनुग्मन गर्नु पर्छ
फेरि उठ्न सक्छ प्रतिगमन
दोस्रो जनआन्दोलनबाट राजनीतिक निकासको सम्भावनाका किरण आइरहेको बेला दलका नेता तथा कार्यकर्ताहरुले खुल्ला सभाहरुमा भाषण गरिरहेका छन् -“अब प्रतिगमन कहिल्यै टाउको उठाउन नसक्ने गरी ढलिसक्यो । अब जनताको शासन सत्ता स्थापना भइसक्यो, सम्पूर्णजनअधिकार बहाली भए, जनता राज्यसत्ता र राजकीय सत्ताका श्रोत बनिसके ।”
पुनः उही रोग, उही भाषण, उही रुझान, उही शैली र संस्कारः जुन २०४६ को जनआन्दोलनपछि प्रत्येक नेपाली जनतालाई सुनाइन्थ्यो । २०४६ मा मनमोहन अधिकारी, गणेशमान सिंह र कृष्णप्रसाद भट्टर्राईले सुनाउने परिवर्तनका भाषण हुँदाहुँदा कामरेड भीमप्रसाद गौचनले सुनाउन थाले । यही नै हो नेपाली जनताले २०४६ सालपछि भोगेको दूभाग्य ।
२०४६ मा पञ्च र्याली भयो, त्यही पञ्च र्यालीमा राजा र पञ्चको सत्ता भनेको पहरा हो, यसलाई कसैले हल्लाउने आँट नगरे हुन्छ भन्दै भाषण गर्नेहरु २०४९ पछि महान् क्रान्तिकारी नेता बन्न पुगे । उनीहरुले प्रजातन्त्र प्राप्तिपछि यो वा त्यो कित्ता र तहमा बसेर प्रजातन्त्र र नेपाली जनताको चाहनामाथि कुठाराघात गरिरहेकै थिए । कुनै राजनीतिक पृष्ठभूमि नभईकनै सैनिक जीवनबाट अवकास लिन नपाउँदै नारायणसिंह पुनलाई नेपाली काँग्रेसले सांसदको टिकट दिएकै हो । उनी पनि हिजो क्रान्तिकारी भाषण दिनेमध्येका एक हुन् । “हेलिकोप्टर चलाउन सक्ने नारायणसिंहले देश चलाउन सक्छ” भन्दै भाषण गर्ने नेपाली काँग्रेसका नेताहरुले अब विचार गर्नुपर्छ -“यस्ता प्रतिक्रियावादी र प्रतिगमनकारीहरुलाई पार्टी पाखा नलगाएमा उनीहरुले अन्तरपार्टीम्वन्धलाई चिस्याउँदै पार्टी सिद्धान्त र नीतिलाई नै प्रभाव पार्छन् ।”
वास्तवमै २०४६ को आन्दोलनपछि दल ठूलो बनाउने होडमा प्रतिगमनकारी तथा दरवारपरस्तहरु नेपालका हस्ती मानिएका नेपाली काँग्रेस र एमालेका छिरेकै हुन् । त्यसैको फलस्वरुप यी दुबै दल दुइ चिरा परे । एमालेले त्यो चिरालाई व्यवस्थापन गर्न सक्यो, पार्टीकीकरण भयो, काँग्रेसले व्यवस्थापन गर्न सकेन, सैद्धान्तिक ऐक्यताका बाबजूद पनि दल दुइ चिरा परिरहेकै छ ।
प्रतिगमनकारीहरु आँपमा लाग्ने कीराजस्तै हुन् जसले बाहिर नदेखिईकनै भित्रभित्रै बसेर सिंगै फललाई कुहाउँछन् र बोक्रोमा सानो प्वाल पारी बाहिर निस्कन्छन् । २०४६ सम्म देशमा शासन गर्ने, ढलिमली पार्नेहरु यो वा त्यो रुपमा देशभित्र र बाहिर बसेर नेपालमा जनतन्त्रविरुद्ध तानावाना बुन्दैरहे, मौका मिलाएर २०५९ मा सत्ता हातमा लिए । अन्तिम घडीसम्म पनि पञ्चायतलाई जोगाउन मरिहत्ते गरेका र्सूयबहादुर थापा, मरिचमान सिंह, लोकेन्द्रबहादुर चन्दसँग अहिलेका आन्दोलनरत दलहरु सहकार्य गर्न पछि परेनन् । र्सूयबहादुर थापासँग २०५९ पछि पनि दलहरुको सहकार्य जारी रहृयो । यसबाट उनलाई दलका कुरा दरबारमा सुनाउन सजिलो भयो । पुराना पञ्चायती संरचना परिवर्तन नगरिएका कारण दरबार बलियै भइरहृयो । राजपरिषद्को नामबाट पञ्चहरुको वैधानिक चलखेलले स्थायित्व पायो । राजालाई सिफारिसको अधिकार दिंदा दरबारपरस्तहरु मुलुकका उच्च स्थानमा पुगे । सेना राजाको सेवकको रुपमा रहिरहृयो । यसैको फलस्वरुप जनअधिकार खोसिएको खोसियै भएका हुन् ।
May his soul rest in peace.
He have to die coz he has gone for die,It should be more then that, Careful Mao dai should not go for on top, if there will be end of Democretic systems and our cultures by being a Nepali.There won’t remain any sign of Nepalese.
Thanks,
Tanahu lee sathi
now is UK,
You are right umesh jiii,
First of all I will like to inform you all guys that ” NEVER TRUST GIRIJA” You see he said he is sick and even didn’t came to Singhadarbar but that Blody budaaa was talking with Manmohan singh, and what girija said? he said don’t worry guys i am fine, I am going to take the priminister he thinks that his post is going to be taken by others!
If some one beleive that the above guys who were guilty on killing peoples will ever get the punishment ment than sorry guys you are a damn fool.
That IGP who ordered to fire by his home will become police supremo in few years, I bet that.
In the enjoyment of the success of Janaandolan we guys forget the character of our leader, You can get the power by doing Janaandolan aginist Gayenedra but once if Girija is in power do not expect that,
What a hell he is, let’s imagine guys how many years he is going to live? 10 Years Maximum and later on don’t he have to go to the Court of God? He is busy on confirming his political future with his family,
PLEASE PLEASE GUYS DO NOT EXPECT ANYTHING FROM BLODDY LEADERS AND SPECIALLY FROM GIRIJA
नौं कक्षाको अतिरिक्त गणित हाम्रा लागि फलामको च्युरा नै थियो । विजय गुप्ता सरले ब्ल्याकबोर्डमा दुइवटा हिसाव गरिदिएपछि त्यस्तै खालका हिसाव कक्षामा नै गर्न अह्राउनुहुन्थ्यो । तर हिसाव जति गरे पनि मिल्दैनथ्यो । ठूलै मेहनत गरी हिसाव गरेर देखायो- हिसाव ब्रिग्रन्छ । एउटा हिसाव त लगातार ६ पटकसम्म बिग्रियो । सातौं पटकमा हिसाव देखाउँदा सरले भन्नुभयो -“निकै मेहनत गरेछौ, धन्यवाद छ । तर फर्मुला गल्ती भएकोले हिसाव बिग्रियो ।”
हिसाव गर्नु भनेको नतिजा निकाल्नु हो । नतिजा निकाल्नका लागि मेहनत गर्नुपर्छ । तर तरिका र पद्दति सही भएन भने जति मेहनत गरे पनि त्यसको कुनै महत्व र अर्थ रहँदैन । नेपालको राजनीतिक गणितमा र्सवमान्य नतिजा निकाल्नका लागि सबैले आ-आफ्ना सूत्र लगाएर हिसाव गरिरहेका छन्, तर अहिलेसम्म जनताले चाहेको वास्तविक नतिजा आएको छैन अर्थात् हिसाव बिग्रिएको छ ।
राजनीतिमा सिद्धान्त, नीति र शैलीले प्रधान महत्व राख्दछ । सही दृष्टिकोणबाट निर्देशित राजनीतिमात्र गन्तव्यमा पुग्न सक्छ । राजनीतिक गुरुहरु भन्छन् -“सिद्धान्तले नै व्यवहारको निक्र्यौल गर्दछ ।”
पछिल्लो समयमा नेपाली राजनीतिक उथलपुथलको एक कर्ताको रुपमा रहेको माओवादी अहिले प्रमुख कर्ताको रुपमा उभिएको छ । अहिले हत्याको जंगलको राजनीतिबाट सिंहदरबारको राजनीतिमा छिर्ने संकेत देखाएको छ भने नेपालका अन्य प्रमुख दलहरु समेत माओवादीको शान्तिपूर्ण अवतरणका लागि प्रयासरत देखिन्छन् । नाम सुन्नासाथ डराउने गणतन्त्रलाई सडकको नारा बनाउनु र नेताहरुको मुखमा झुण्ड्याउनु, अधिकांश दलहरुले आवश्यक छैन भनेको संविधान सभाको निर्वाचनलाई अब बन्ने सरकारको पहिलो एजेण्डाको रुपमा निर्णयगर्न बाध्य पार्नुमा माओवादीको प्रत्यक्ष अप्रत्यक्ष हात छ नै । महिलाले बन्दुक बोक्न सक्छन् भन्ने कल्पना नै नगरेको नेपाली सेनालाई महिला लडाकु भर्ती गर्ने बनाउन, महिलाको आत्मविश्वास बढाउन, एक हदसम्म छुवाछुतको भावना हटाउन, परिश्रमी र संर्घष्ाशील बनाउन तथा राजनीतिक ध्रुवीकरणमा समेत माओवादीले एक हदसम्म सकारात्मक भूमिका खेलेको प्रष्ट छ । विश्व पूँजीवाद र खुल्ला नीतिको दलदलमा भासिइरहेको समयमा नयाँ जनवादी क्रान्तिबाट साम्यवादी राज्यसत्ता स्थापना गर्नका लागि मार्क्सवादलाई आफ्नो मूल मन्त्र बनाई जटिल भूधरातलीय र अन्तराष्ट्रिय परिस्थितिका बाबजूद युद्धलाई १० वर्षम्म लम्वाइराख्न र आफूलाई राजनीतिक दलको रुपमा उभ्याइराख्न माओवादी सफल भएको छ । यसको श्रेय यस दलभित्र रहेका बौद्धिक वर्ग, योजनाकार तथा केही लडाकुहरुलाई समेत जान्छ ।
लौन , यी साम्सद् भनौदा हरु किन सुतेका येसरि ? के येसरि सुतेर हाम्रो , अनि हामिले भनेको जस्तो सम्बिधान सभा आउल र? के येसरि निन्द्रा पुर्याएर हाम्रो लक्ष प्राप्ति होला र? अहं म लाइ सन्खा लग्छ यि सुतुवा साम्सद् हरु देखि सहिद्को आत्मा ले सान्ति पाउदैनन् भन्ने ।हिजो को सदन् बाट किन प्र,म, गिरिजा प्रसाद् कोइराला को प्रस्ताब् पारित् भएन? उनि त आसक्त हुंदा हुदैपनि प्रस्ताब् पठाउन सके भने के सबै साम्सद् हरु त सकुसलै थिए नि। किन पारित् भयन के यो देश गिरिजाको मात्रै हो र गिरिजाले मात्रै गर्नुपर्ने? खोइ हिजो अस्तिको आम्सभा मा ठुलो आवाज म हामि सम्बिधान् सभा पारित गरेरै छोड्छौ भन्ने माधब् कुमार् लगयत् का नेता हरु कहाँ लुकेर बस्नुब् तिमि नेताहरु ले त हामि जान्ताका पर्तिनिधि हौभनेर भन्नु पनि लाज् लाग्नुपर्ने धिक्कार छ तिमि साम्सद हरु येस्तै हो भने फेरि हत्यारा ग्याने ले चान्स देला भन्नु सकिन्न आखिर् उस्ले त जन्ता सङ हार् खाई सकेको छ जान्ता ले आफ्नु आधिकार् खोइसकेका छन्
अब फेरि जन्ताको निर्णय कस्लाई देखाउनु पर्ने हो धन्य तिमि साम्सद हरु बरु सक्दैनौ भने हात उठाउ र भन म सक्दिन यो काम् गर्नु भनेर नेपाली जन्ता अब त्यति असक्षम छैन नेपाली जन्ता ले येतित गरिसके भने तेति काम् त अवस्य गर्नेछन् भन्ने राम्रो थाहा हुनुपर्ने सबै लाइ | तर आब आउने आइतबार को बैठक मा पनि येस्तै चाला माला हो भने फेरि पनि हत्यारो ग्यान् बाहदुर् ले फेरि पनिनेपाली जन्ताको पसिना अनि सहिद्को रगत् लाइ न हत्याउल भन्नु सकिन्न होसियार् रहौ अझै पनि हाई अलोड् नेता ले खुटा कमौलन् जस्तो छ नेताको खुटा भाच्नुपर्छ यदि खुटा कमाउनु खोजे भने ।अब नेताको खुटा थाम्ने दिन् गैसके । इति सिरि
गल्ति भएक्षमा
प्रबास बाट “पुस्प”
Umesh Ji..
namaskar…! thanks 4 ur grt effort to launch this fastest n’ reliable websites for all viewers of world.
Anyway..U talked abut ONe SAHHID from Parbat District as well..!
Would U plzz find about him/her..! name..anything..!
As Parbat z my birth place..! so i am curious to know the gretest martyer,from my district…!
thank u..
उमेश जी तपाईं को मेहनेत को हामी सधैं आभारी हुनेछौ!
उमेशजी धन्यवाद,
जनहत्यारा कमल थापा लगायतहरुलाई पर्सिवस्ने प्रतिनिधि सभाको बैठक मा नै निर्णय गरेर तुरुन्तै कारवाही गर्नु पर्छ । मेरो विचारमा यि हत्याराहरु ( कमल थापा, तुलसी उर्फ पिटर गिरि, श्रिस शमषेर, माधव थापा, दुर्ज राई आदि )लाई प्रत्येक शहिदको परिवारलाई ठुलो रकम ( उदाहरणको लागि प्रति हत्याराका नाईकेहरुबाट लगभग ५/५ लाख प्रति शहिदको परिवारलाई ) विगो भर्न लगाउनु पर्छ । त्यस्तै गरी घाईतेहरुलाई पनि यी निरङ्कुशका मतियारबाट निश्चित रकम तिराउनु पर्छ । जसले गर्दा आउने दिनमा अरु कसैले पनि जनआन्दोलनमा वा जुलुशमा गोली चलाउने वा दमन गर्ने आदेश दिन नसकोस । र कोही व्यक्ति निरङ्कुशको मतियार वन्ने द्षःप्रयास गर्न नसकोस । साथै यिनलाई आजिवन जेलको कोठरीमा त थुन्न पर्छ नै । यसको लागि तुरुन्त कानुन वनाउन हाम्रा संसदहरु नचुकुन ।
जिवन, वर्गेन, नर्वे ।
YI NETA HARU LE KE SOCHEKA HOLAN…SINGH DURBAR BHITRA CHHIRNE BITTIKAI SABAI KURA PUGEKO HO TA YINI HARU LAI…THEY ARE TENDING TO SHOW THEIR COLORS FROM DAY FIRST ITSELF. I CAN NOT IMAGINE FIRST MEETING WAS FOUR HOURS LATE AND VERY NEXT DAY THEY ARE TAKING REST… WHAT A SCENE.
UMESH JI.. NO ONE WILL BE SPARED OF HIS CRIMES WHETHER IT IS KING OR A CITIZEN
Hello Umeshjee!
How about starting a new discusion on “Whether King Birendra’s property should be nationalized and used for Sahid Pariwar Kalyan Kosh”
Yes, Umesh ji you are absolutely right we have to look these guys: Kamal Thapa, Tulsi Giri, Shri Mamser and Raj Kumar Rai. These are killers and must be hanged.
I personally wanted to recommend Kamal Thapa and Tulsi Giri are true devils of the country, The new government should look for them and hanged them.
des le ragat mage malai bali chadaunu,
umesh ji dherai dhanyabad
yinai bir saput haru ko tato ragat le payeko amsik jit lai jatisakyo chado purna pabaunu parhcha. kebal bhasan ma simit nahos
उमेश जी
तपाइको प्रयासका लागि मुरी मुरी साधुवाद संसदको बैठकले पाएको जनादेश बमोजिम काम गर्न ढीला भै सक्यो ।
गुल्मीबाट
umesh jee
tapai le bilkulai thik kura bhannu bhayo.. ahile ko awastha ma pani sanibar manaune bela cha ra? ek ek minute mahatto purna ghadi ho yo… ek pachi arko decision sanshad le linu parne ma aita baar samma sansad isthagit garera hamra neta haru le ramro garenan…
ajha arko ek samachar ma girija feri rajdarbar gayera sapath linhca bhaneko sunda saheed ko mathi ko photo herera mann chiya chhiya bhayeko cha…
saachai na barha 12 dungro ma hale pani kukur ko puchar bango ko bhagai bhaneko yehi ho!!
aba pani hamra neta le nachete kahile chetchan hola…