भागवण्डा अझै मिलेन, खोइ मन्त्रिमण्डल ?

[अपडेट (राति ९३५) यी नेताहरुलाई अब जनताले एकचोटी राम्रैसँग खबरदारी गर्नुपरेको छ। दिनभरको जोडघटाउपछि पनि यिनीहरुले आज पनि मन्त्रिमण्डल घोषणा गर्न सकेनन्। आज साँझसम्ममा सानो आकारको भए पनि मन्त्रिमण्डल बन्छ भनेकोले पर्खेको पर्ख्यै, तर भएन। विवाद अहिले उप-प्रधानमन्त्री र अर्थ र गृह अनि सञ्चारजस्ता मन्त्रालयहरु कसले लिने भन्नेमा अडकिएको छ रे। रक्षा मन्त्रालय पहिले अरुलाई नै दिने भनिए पनि अहिले प्रधानमन्त्री आफैले राख्ने भन्न थालिएको छ रे। यी सबै मन्त्रालय र उपप्रधानमन्त्रीमा काँग्रेसले दावी गरेपछि एमाले महासचिव माधवकुमार नेपाल बिहान शीर्ष नेताहरुको बैठकबाट फन्किएर हिँडेका थिए रे भन्ने सुनिएको छ। अझ सुन्नमा त के आएको छ भने कुर्सीमोहमा परेका नेताहरुले काँग्रेस, एमाले र प्रजातान्त्रिकका गरी ३-३ जना उपप्रधानमन्त्री बनाउने कुरा मिलाइँदैछ रे। सुनेको कुरा कतिको साँचो हो थाहा भएन। बाहिर भने कुनै विवाद छैन भनेर अन्तर्वार्ता दिएका थिए। विवाद नभएको भए मन्त्रिमण्डल गठन गर्न किन यति ढिला ? जनताले यी नेताहरुलाई जुधाउनका लागि आन्दोलन गरेका त पक्कै थिएनन्। यसरी नेताहरुले भागवण्डामा विवाद गर्नाले उल्टै राजा र प्रतिगमनलाई फाइदा पुग्छ भनेर किन नसोचेका यिनले। आफै-आफैमा यस्तो हुने हो भने माअ‍ोवादीहरुलाई कसरी मिलाउने यिनले ? नेताहरु, शहीदको रगतले सराप्ला है तिमीहरुलाई, होस गर। अबको जनता चुप लागेर बस्ने जनता हैनन्। राजालाई त झुकाउने जनताले नेतालाई किन छाड्छ र ? आशा गरौं, भोलिसम्ममा यी नेताहरुले सबै विवादलाई आपसमा सल्टाउनेछन् र नयाँ नेपालको निर्माणमा एकजुट भएर लाग्नेछन्]

राजाले ‘ल तिमीहरुले नै चलाउ’ भनेर सत्ता दिएका थिए ११ गते राति। आज भइसक्यो १८ गते। सुरुमा त प्रधानमन्त्री नै बिरामी भएर शपथ ग्रहण गर्न ढिलाइ भयो। मान्छेको शरीर हो, बिरामी भइन्छ। तर त्यतिबेला पनि मन्त्रिमण्डलको प्रारुप त तयार पार्न सकिन्थ्यो नि। त्यही पनि भएन र सात दिन भइसक्दा पनि देश सरकारविहीन अवस्थामा छ। किन अझै पनि भागवण्डा नमिलेको हो ? देशमा जनआन्दोलन सकिएपछि अहिले खबरदारी आन्दोलन चलिरहेको छ। हामी पनि खबरदारी गर्ने हो कि।

यसैबीच प्राप्त समाचार अनुसार आज साँझसम्ममा १५ जना मन्त्रीसहितको मन्त्रिमण्डल बन्छ रे। हिजै पनि त्यस्तो हल्ला सुनिएको थियो। तर हिजो भएन। आज भने शीर्ष नेताहरुको कोइराला निवासमा बसेको बैठकले त्यस्तो निर्णय गरेको भनिएको छ। यो १५ वटाको भागवण्डा यस प्रकार रहेको छ-

काँग्रेस- प्रमसहित ५ जना
एमाले- ५ जना

अब बाँकी कति भयो त ? ५ जना

अनि सात दलमा बाँकी कति छन् त ? ५ दल

बाँकी स्थान भने तीनै ५ दललाई रे।

अनि बढीमा चाहिँ २१ सदस्यीय मन्त्रिमण्डल बन्छ रे। मन्त्री नपाएपछि हुने असन्तुष्टि मिलाउन भागवण्डा होला नि। यसपटक यसअघि कहिले सत्तामा नगएका नेमकिपा, जनमोर्चा र वाममोर्चा पनि कसरी सत्तामा जाने हुन्, त्यो हेर्न बाँकी छ।

जनआन्दोलनका पहिला विदेशी शहीद

१९ दिन लम्बिएको जनआन्दोलनमा दिनमा एक जनाको अ‍ौसतमा शहीद बनेको तथ्याङ्क निस्कने गरी आज एक अर्का शहीद जन्मिएका छन्। उनी यस आन्दोलनका पहिला विदेशी शहीद पनि हुन्।

शहीद छिमेकी देश भारतको विहार निवासी मोहम्मद जहाँगिरको आज बिहान पौने ६ बजे निधन भएको हो।

वैशाख ९ गते कर्फ्युको अवज्ञा गर्दै नयाँ बानेश्वरमा निस्केको जुलुसमा सहभागी जहाँगिरलाई सुरक्षाकर्मीले निर्ममतापूर्वक गरेको लाठी प्रहारका कारण टाउकोको हड्डी भाँच्चिएर ब्रेन ड्यामेज भएको थियो।

80 Comments

  1. netahru feri ek patak janata tira pharkera janatako bhasha bujhne prayash garun.jo janata ko hitma hunecha. aafnai lude dhipi ma lage janatako ragat tyashai khera jancha- dhandebad

  2. umesh ji, maile sabai ko pratikriya or idea padhi sake, mero pani haldinu na haii
    maile pathai sakeko chhu pahila jai.
    Prabhat

  3. We need really a drastic change in our country giving contunity to the peoples movement. How could we expect betterment of the country from those face which already failed out running the country for the period of 15 years.If same people run the country, what is the achievement of our movement then? Just feeding them sweats of Nepalese again.

  4. Hello umesh ji ,

    Hoina tapai ta sadai news ta update garnu huncha tar sadai ree ko bhar ma kina ho???? ho bhaner bhanu na yesto hudaichha bhaner tapaile ta yesto chhare bhanu huncha kina ho. ani k ho yo girja le k garnu khoje ko . aba tesaile nai sabai mantri liyo bhane arule k halaune ni hou. kasto taklu rahecha hou.

  5. Namaskar..
    Hijo mantri mandal ko khichatani lai herda jaba samma congress ma girija ra ramchandre chhan taba samma yo desh le nikas pauna sakdaina vanne kura khulasta vayeko chha kina vane…mukhye pad haru chai congress le rakhna khojne ra aru dal ko wasta nagrne..kura le parsta vayeko chha. tesaile aba feri andolan lai badayera sidha roop ma gandatantra ko lakshya samma napugi aru kura soch na nahune bhaeko chha…………congress le ajhai pani raja bachaune kosis ma chha…………antema tapai ko khabar ko lagi muri muri dhanyeabd………namaskar…….malaysia…….

  6. hello umesh ji,
    i wonder why my comment is erased from the forum.
    i hope it was a fact that every one knew and it represent the thought of every nepali. my question was to those so called leaders who with in a frame of week forgot what they have promised to the innocent people, but may be you find offensive. it is up to you who makes a decission. well be positive and try to accept the reality.i appericite your works and encourage you to do the best.
    Everyone is concerned about the new situation of country and i too can not be far from it though being miles and miles away from my motherland.
    MY NEPAL MY PRIDE
    NEPAL —– ZIndabad

  7. HOINA Sabai mantralaya NC lainai kina chahiyeko ho ?
    Congress ta chornai hoka. Girijalai sulima chadhaunu paryo.

  8. हेल्लो उमेश जि मैले पहिले भनेको थिय । नेपालमा लोक तन्त्र होईन अब कुर्ची तन्त्र हो भनेको ल अहिले तेही भयो । तिमी लाज नवयका पर्ती हो जनताले तिमीलाई रगत को खोलो बगयर समस्या समाधान गर्न को लागि हो को तिमीला इ कुर्ची को भाग बन्दा मिलौन हो अलि लाज मान है फेरी तिमी हरुलाई पनि समस्या नपरोस् जनता बात

  9. धोका दिंदैछन् गिरिजाप्रसाद

    तपाइ हामी सवैलाइ थाहा भएको कुरा हो कि नवनियुक्त प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला केही दिन अघि विमार थिए । तर के तपाइलाइ थाहा छ उनि किन विमार थिए अब तपाइलाइ लाग्यो होला कि यो के बेतुकको प्रश्न हो अरे यार हाड छालाको शरीर हो जुनसुकै बेला विमार हुन सक्छ त्यसमाथि पनि बुढो शरीर । बिमार हुन पनि कुनै कारण चाहिन्छ ।

    हो तपाइले ठीक सोच्नुभयो मलाइ पनि शुरुमा त्यही लागेको हो । तर अहिले देशमा विकसित नयाँ घट्नाक्रमलाइ नजिकबाट नियालेर हेर्नुहोस तपाइलाइ वास्तविकता अलि फरक नजर आउनेछ । तल चर्चा गरिएको विषयलाइ यदि ध्यान दिएर हेर्नु भएमा मलाइ जस्तै तपाइलाइ पनि लाग्नेछ कि गिरिजाप्रसाद जनतालाइ धोका दिंदेछन्

    १ वर्तमान गम्भीर र महत्वपूर्ण घडिमा कुनै पनि पदका विषयमा विवाद नउठोस र जनताको भावना अनुरुप कार्य सम्पन्न होस् भन्ने पवित्र उद्देश्यले एमाले महासचिव माधवकुमार नेपालले गिरिजाप्रसाद कोइरालालाइ प्रधानमन्त्रीका लागि प्रस्तावित गरे । एमाले महासचिव जो कांग्रेस विभाजित भएको वर्तमान अवस्थामा देशको सवैभन्दा ठूलो राजनैतिक दलका नेता हुन् ले प्रधानमन्त्री पदका लागि आफु स्वयंलाइ प्रस्तावित गर्न सक्थे वा अन्य साना दलका तर्फबाट आफ्नो नाम प्रस्ताव गराउन सक्थे । तर उनले त्यसो गरेनन् बरु राष्ट्र निर्माणको अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्ने सहज होस् भनि गिरिजाप्रसाद कोइरालालाइ सर्वसम्मत नेता बनाए ।

    एमाले महासचिवले यसरी सदासयता देखाएपछि चार चार पटक प्रधानमन्त्री भइसकेका गिरिजाले आफ्नो उमेरको ख्याल राख्दै हैन माधवजी यस पटक तपाइले नेतृत्व गर्नुपर्छ भनेको भए के विग्रन्थ्यो । तर पद लोलुप गिरिजाले त्यसो गरेनन् । आर्यघाटमा पुग्ने बेला भएका कृष्णप्रसाद भट्टराइलेझैं प्रम हुने रहर गरे । उनमा त्याग गर्नसक्ने सामर्थ्य भएन ।

    २ जनआन्दोलनबाट प्राप्त उपलब्धीको उपयोग गर्दै जनताका पक्षमा धडाधड निर्णयहरु गर्नुपर्ने महत्वपूर्ण समयमा विमारीको बाहना गरी देशलाइ लामो समयसम्म शुन्यमा राख्ने जघन्य अपराध गरे । जनताको विचमा उभिएर प्रतिवद्दता जनाउनु पर्ने वेला उनले विमारीको बहान गरे।

    ३ मैले ठोकुवाका साथ उनले विमारीको बाहना गरे भनि भन्दा तपाइलाइ अनौठो लाग्यो होला तर सत्य यही हो । यो कुराको पोल आजै मात्र खुलेको हो । एमाले र कंग्रेशको विचमा सामान्य सहमति के थियो भने नयाँ बन्ने सरकारमा कंग्रेसका तर्फबाट प्रधानमन्त्री एमालेको तर्फबाट उपप्रधान र गृहमन्त्री रहने । तर प्रम विमार भएकाले उनलाइ सघाउन कांग्रेसकै उपप्रधानमन्त्री बनाउनु पर्ने तर्क कांग्रेसले गरेको छ । यसरी प्रधानमन्त्रीऽ उपप्रधानऽ रक्षाऽ गृह र सभामुख जस्ता शक्तिशाली र महत्वपूर्ण शक्तिकेन्द्र आफ्नो पोल्टामा पार्ने रणनीति अन्तर्गत गिरिजा प्रसाद विमार भएका रहेछन् ।

    ४ विश्वस्त शुत्रका अनुसार एमालेलाइ अहिले निल्नु न ओकल्नुको अवस्था बनाएका छन् गिरिजाले । केही वोलौं पदका लागि एमालेले बखेडा गर्यो भनेर मिडिया मार्फत एमालेको बद्ख्वाइ गर्ने काम थाल्नेछन गिरिजा अब केही नवोलौ‌ भने सम्मानजनक ढंगले सरकारमा समावेश गर्न गिरिजा तयार छैनन् ।

    ५ ठुला र चर्का कुरा गर्ने गिरिजा दरवारमा राजासंगको गोप्य कुराकानीपछि दरवारप्रति नरम हुन थालेको पनि जानकारहरु बताउँछन् । एकातिर माओवादीलाइ वार्ताका लागि आह्वान गर्ने र अर्कोतर्फ उनिहरुमाथिका विल्लाहरु नहटाउने जस्ता काम भएका छन् ।

    यसरी जनहितमा धडाधड निर्णय गरी निरंकुशताका जगहरुमा हमला गर्नुपर्ने यस्तो महत्वपूर्ण घडिमा यो वा त्यो स्वार्थपूर्ण बखेडा गरेर देशलाइ लामो समय भ्याकुम बनाइ प्रतिगामीलाइ नजानिदो पाराले खेल्ने मौका दिइ तमाम जनआन्दोलनकारीलाइ धोका दिंदैछन् गिरिजाप्रसाद कोइराला । तसर्थ हामी सचेत र होशियार रहनुपर्छ । जनता जागे भने राजा ज्ञानेन्द्र जस्ता तानाशाहा ढाल्न १९ दिन लाग्यो भने यी छोटा राजालाइ कति समय लाग्ला र ?

  10. well fren, it is so sad and bad luck for our country to have these kinds of leader. none of them have any vision besides thinking for theirs own profitability. for a time being,i thought that these neeta had learned a lesson and would not repeat the mistakes that they have done in the past ,but it seems they are moving to same direction.

    i think NEETA have forgotten those words what they have said in the AAMSABHA recently, might have forgotten those words they have promised to people before taking them to the street despite of thoose cruel action by government and forgotten about the people those who have died for chaniging the political scenario of the country.
    if neeta still fights for the power then what is the use of them in the government? for what? who will
    believe them as their leader. i think these neeta will make the word neeta impure and make people hate these word for a long time.
    i urge all the neeta to come back on track and not to play fool with the innocent people of country. if people can change the destiny of the king who else this NEETA are. NEETA’s should becareful before people erase their identity.

    NEPAL———-Zindabad

  11. neta haru lai dashain aayeko chha. janata ko bali diyera chauta khana palkeka kukur haru hun neta haru.hera laj mardo kura yetro din samma mantri man dal gathan garna na sakne? aba hernus 2046 sal ma pani yesari nai bhukeka haru ahile pani bhukdai chan, hamro ragat piuna lai ani moj garna lai. khurukka yek yek ota pad samatera sambidhan sabha ko election garayera maobadi problem hal garna chodera pad khojeka kutta harule. aakhir singa durbar vitra gaye pachhi maobadi pani uhi hun kyare 13000 ko jyan ta khai sake aba kati piune hun ragat?
    gyane dekhi giraja ani prachanda samma lai yeutai khaldo ma halera purnu parchha janata le ani balla santi hunchha hamro desh ma ki kaso ho janata ho?????????????????????

  12. I am sure soon we will be hearing that KG was better than these “netas”. I am not saying KG’s rule was good. But when you start to listen inabilities of these parties to solve problem, and increased corruption, fighting for power, you will be compalled to realize that KG was better (although he is not a good guy).

  13. UMESH JEE,BE OPTIMIST.JE VAYO RAMRAI VAYO,ANI JE VAIRAHECHHA RAMRAI VAIRAHECHHA R AASHA GARAUN JE HUNECHHA TYO PANI RAMRAI HUNECHHA.
    ABA PANI NETAHARULE PARTIGAT RUPMA MANTRI PADKO VAAGBANDA GARCHHAN VANE……..DESHKO HAAL USTAI HUNECHHA….HAATI AAYO HAATI AAYO …FUSSA VANE JASTAI

  14. Aja samma arule desh luteko herera pani bhayeko thiyo hamra netaharulai, ahile jantale yiniharuko hatma rakhidida pani milera upayog garna sakdenan bhane netaharulai ke bhanne ra yiniharubata hamile ke asha rakhne. Chhito cabinet gathan garera bhrastachari ra mandalelai taha launu parnema, bhag khojda nai thikka. Je hos yesto nahunu parne ho.

    Thanks Umeshji Updating the news.

  15. Neta haru lai aajai pani janta ko power thaha chhaina ki ke ho ?
    Ye neta lai panni phalera parchanda lai nai bolaunu parla jasto chha .

  16. It sounds like leaders fighting for power among themsleves. I doubt wheher they can provide a sustained leadership to the country. I wonder whether Girija can really work with broad horizon and provide a inclusive leadership to the nation. Janta may again have to come to streets to treat these corrupt leaders. Really worrying scenario! If this time these leaders fail, the existence of very nation is in crisis!

  17. अब यि बुढा नेताहरुलाइ रटट र भटट नपारे देश बन्ने छाट छैन है । हो यो ओलि कुमाइ हरु यस्तै छन के गर्ने, यिनिहरु नब सामन्तिहरु हुन ।

  18. he chor neta haru ho . yaad rakha hai. aba ta jantalai dhoka dina lageu vane timiharuko hami sidhai …… .bujo?

    so gad bad hoina ni feri

  19. हा हा उमेश भाइ
    गाजब छ बा रमाइलो छ तपाइ को
    व्याट्री डाउन न होश कहीले पनी सधै
    यसरी नै हामी कतार प्रबाशी हरु लाइ
    नया नया खवर सुनाउनुश ॥ तपाइ को
    लागी बलग को लागी हामी आाथीक
    सहयोग गन तयार छौ ॥
    राजेश चौधरी दोहा कतार

  20. Nepal is still shaky. It is VERY VERY GOOD THAT Gyanendra shah is a past now, but we shoulod NEVER compromise with the multi-party democratic system. The constitutional assembly election SHOULD HAVE A CONDITION OF MULTI-PARTY SYSTEM, but the Monarchy should be thrown out.
    People in Nepal like RADICALS, anyone who talks VIOLENT. WE THINK LESS AND ACT MORE, WHICH COULD BE DANGEROUS. If the Maoists bring majority in the constitution assembly (that’s what they are hoping, I am sure), Nepal may see absolute communism like in Burma. That is why the Maoists are demanding for unconditional election so much. “Unconditional” may mean not only about the status of the king but also about an option to change the multiparty structure, and bring absolute communism. “People in Nepal love whoever talks most violently and radically.” This might lead the country to an absolute communist republic, which is a total disaster. IF MAOISM TAKES OVER,then Nepali people will be the most unfortunate people in the world; from one ruthless dictator to another even worse form of dictatorship.
    REMEMBER, MAOIST COMMUNISM MEANS MILITARY DICTATORSHIP. THEY MAY SAY PEOPLE’S GOVERNMENT, OR POOR PEOPLE’S RULE. But in fact it is army that rules the country. All people MUST send one army from family, anyone opposes will be hanged or shot, there will be no parliament and no opposition and if there is corruption by the high command army generals, there will no one to stop it. The country will get poorer and poorer because there will be no international support, no tourists and no business.
    Please read the history of Maoism.
    Another thing, Mao, Lenin, Karl marx were all foreigners, they may never have heard the name of nepal in their life time. Implementing their ideology in the land of Nepal means to uproot our identity and Nepaliness completely.
    SO BEWARE NEPALI PEOPLE, DO NOT GO AFTER MAOISTS, IT MIGHT COST TOO MUCH FOR US

  21. khane belama 1 tukra huddi ko lagi sabai birsera kukur jasari jhagada garchhan, hamra netaharu pani ke janatako balidan ra bhawana lai birsera kukur ko shobhabh ta dekhauna khojeko hoina! pheri gyaneko agadi jhukna gayara jana bhawana ko apaman garna khojeko ta hoina! aba pani yasto bhayama netaharu ho timiharu pani gyane ko pariwar sangai sati jana tayar bhaya hunchha,janatale chhodnemala chhaena.hijo janata agadi shapath grahan garne bhanne netaharu yi kuralai hridayangam garera agadi badne kam gara ,chhito mantri parisad gathan garera janabhawana lai pura garne kamtira laga,shubha netaharu!

  22. जनभावनाको कदर गर्न सक्ने शहासिक आट नभयका नेता हरु र परमपरा गत जहानिय शासकका दाश मानसिक्ता बाट मुक्त हुन नसकेका नेताका कारण हो कि ?अरुनै केहि प्राबिधिक करण हरु छन । यो एतिहासिक परिस्थितीमा (जनसरकार) मन्त्री मण्डल गठनको लागि, को हो त्यो बाधक? नेता हरु अधिकार खोसेर लिनुत कताहो कता । पायको अधिकारको सरक्षक गर्नु र अपराधि हरुलाइ कर्बाइ को प्रकृय सुरुगरि जभवान लाइ उच्च राख्दै गणतन्त्र नेपाल निर्माण गर्ने यो एतिहासिक समयलाइ उपयोग गर्लान भने सङ्काको घेरले आम् (गणतन्त्र)लोकतन्त्र प्रेमिलाइ चिन्तित परिदियको छ।

  23. yo neta haru ko aja samma pani rup badliyako chaina.
    jahile pani kasari khau bhane cha.ini haru lai ta lat hanera naya anuhar haru lai mauka dinuparcha.ini haru ko bani basi sakyo khane ra khuwaune.nepali janata haru pani k ho k ho.yo neta haru lai chahi kina lat hanna nasakeko ho.yo neta haru kin nepali janta haru lai bheda bakhra samjhan chan ha.yasto tal le ta kahile pani desh bikash hudai na ni……………..

  24. GIRIJA BABU ,

    NO MORE THAN 15 MEMBERS IN CABINET ICLUDING MAOIST ,OK .DONOT APPOINT CORRUPTED MP AGAIN IN YOUR LEADERSHIP .

    ANANT SHRESTHA

    NEPALGUNJ

  25. this site is really cool……….as the news breaks we got to know it

    thanks mysansar

    sanjib,china

  26. umesh jee khoi yatika lamo samaya samma pani kina update nagareko bhanya arule bhanda chhito update garnu paro ni ratiko 9.30 hunda samma pani no new news update why ? umesh jee please do fast la

  27. Umesh ji,
    Badri Mandal kataa laagechhan, kehi patto paaunubho?
    Eso tinko baaremaa pani euta blog lekhnu bhaye, ramaailo hune thiyo.

    USA

  28. rajnitik dalle afno rup dehayerai chhode. ahile nai tali kun mantralaya hamlai kun bhanna thale. ke hamile andolan gareko yinai netalai han thap garna lai ho?
    mantri mandal banayer desh ko rajnitik awastha sudhar garne ra maobadi sanga barta garna dhila bhayeko kur hami khabardar garma chanchhaun.
    natra pheri nadolan garna pani hami pachhi hatne wala chhainau.
    JAYA LOKATANTRA

  29. Umesh ji,
    Aaba tapai haru milera des ko aandolan ko netritwo garnu paryo. Aaba gaddhar budha haru bata hamile aasa garne thau rahena. Yuba haru ra nagarik samaj milera ‘neta haru’ ra ‘rajtantra badi haru’ dubai lai pakha lagaune aandolan garnu parchha yar. Chor neta haru ko jali kura aaba kati sunne, aaba hami tini haru ko jal ma kati fasne…………..Girija pani kamale bhayera niskyo……ra testa kamale haru dherai chhan party haru ma………aaba hamile ‘narahari acharya’ ra ‘gagan thapa’ haru ko netritwo ma aandolan aagadi badhaunu parchha……….Ganatantra jindabad

  30. होइन के हुदै छ फेरी?? अज कुर मीले को छैन। यो नेता हरु ले गर्न खोजे को के?? फेरी कुर्सी को लोव्???

  31. this is old tradition of country….firstls girija showed his grredyness towards PM…….i think,now this chair is inappropriate for him due to his bad health……when girija ee the PM….he forget to all things….it is bitter but fact…

  32. May 1, 2006
    सात दलको गठबन्धन संकटमा
    Filed under: केपीको तीर
    राजाले सक्रिय शासन त्यागेर सात राजनीतिकलाइ जनआन्दोलनको बलमा सत्ता सुम्पेको एक हप्ता पनि वित्न नपाउंदै संविधान सभा मार्फत लोकतन्त्रको स्थापना गर्दै नयां नेपालको शुरुवात गर्ने अभिभारा पाएका सात राजनीतिक दलका नेताहरु गठबन्धन टुटाउने प्रयासमा रहेको खुलासा भएको छ ।
    सात दलको गठबन्धन कायमै रहदा पार्टीले स्वतन्त्र रुपमा निर्णय गर्न नसकेको तथा पार्टी गत रुपमा छुट्टै कार्यक्रमको आयोजना गर्न नपाएको तर्कको आधारमा माओवादीसंगको १२ बुंदे सहमतिमा प्रतिबद्ध रहने आश्वासन दिंदै आज बसेको सात दलको बैठकमा गठबन्धन विघटन गर्ने प्रस्ताव राखिएको समाचार छ ।
    यसको प्रारम्भ शाही कम्युनिष्टको आरोप लाग्दै आएका नेमकिपामा अध्यक्ष नारायणमान विजुक्छेले गरेका हुन् । उनले सात दलसंग जेका लागि सहकार्य गरेको हो सो उपलब्धि हासिल भइसकेकोले अब सात दलको गठबन्धको कुनै आवश्यकता नरहेको बताउंदै सात दलको एकता टुटाउनु पर्ने बताएछन् ।
    कोइराला निवासमा भएको सो बैठकमा विजुक्छेले सात दलका बसिरहंदा उपलब्धिको ‘क्रेडिट’ सबै ठुला दलहरुले मात्र पाउने गरेको गुनासो गर्दै आफ्नो पार्टीले स्वतन्त्र भएर काम समेत गर्न नपाएको समेत बताएका थिए । भिन्न विचार र पार्टीगत सञ्रचना भएका दलहरु मिलेर सात दलको गठबन्धनको निर्माण भए पनि आफ्नो छुट्टै विचार र कार्यक्रम बोकेर जनताको माझमा जान नसेकेको विजुक्छेले बताए छन् ।
    अब दलको नेतृत्वमा सरकार समेत गठन भइसकेको अवस्थामा सातै दल सरकारमा सहभागि भए बलियो प्रतिपक्षको अभाव हुने भएकाले सात दलको गठबन्धन विघटन गरे आफ्नो पार्टी सरकारमा सामेल नभएर प्रतिपक्षीको भुमिका निर्वाह गर्न तयार रहेको समेत बताएछन् ।
    यसले कतै लक्ष्य प्राप्ति अगाडि नै सात दलको गठबन्धन टुट्ने पो हो की भन्ने आशंका पैदा भएको छ ।

  33. Umesh jee
    is this the right time to argue about how many minister a party should have or what ministry they should have??? is this what jana andolan was about.
    I hope this is not the beginning of 2046 .2047 and so on.

    lDN.

  34. यी नेताहरु यस्तै अखिरी यीनीहरुले जात देखाइ हाल्यो । भाग बण्डा नमिलेर नै होला अझै पनि मन्त्रीमण्डल विस्तार नै भएको छैन । यनीहररुमा अझै पनि लाज सरम छैन । यीनीहरुलाइ कसैको पनि मतलब छैन । केबल कुर्सीमात्र यीनीहरुका लागी सबथोक हुन । यीनीहरुको इमानको भरोसा नै छैन । आफ्नो स्वार्थ पुरा गर्नको लागी जे सम्झौता गर्न पनि पछी पर्दैन । यीनीहरुले आज सम्म पनी कुनै राम्रो काम गरेको रेकड छ र ? देश र जनताको हितको लागी के नै गरेका छन् र । जनआन्दोलनमा पनि स्वासनीको फरिया भित्र लुकेर बसे । कुनै पनि नेताहरु सडकमा आएनन् । आए होला १ २ जना ? सीट संख्या मात्र पनि २०५ छ नि ।

  35. E neta harule pheri janatako ragat pasinama holi khelne nai bhaya jasto chha . aba ta inlai shahid manch ma lagera phasi dinu parchha . Mantri mandalmai bhag namilera yeato jatra. nisarta sambidhan sabha khoi ? aandolan dabaunelai karbhai khoi ?
    aaba janatale pheri e udus jasto netaharuko biruddhama aandolan garnu parchha jasto chha .

  36. Lobhi-papiko ansha-bandale pratigamilai ghee loktantrik lagi badarle roti badeko jasto hola.

  37. Umesh jee,
    Yo Mysansar.com ma ta pop up le hairan paryo yar. khali ilead ko pop-up aayeko aayei garchha, kahile kahi ta pop up blocker le ni rokna sakdaina yar. ke bha ko yasto?
    je hos, thank you very much for your timely update.

    Pramod

  38. Umesh g
    khai kina ho update sarai dila bho ni
    kina aba aramgareko ki kya ho ?
    dubai bat

  39. sathi haru
    sabai kura negative nasochou. dherai kura bichar puryaounu parchha desha chalaounu.

  40. ke garnu ra khai ma parya pokhara ma natra ta ie netaharulai chora chori kute jasto garera chadam chadam galama chadkaidiu jasto lageko thiyo, aru bhand pani iniharu lai ta sahid ko ragatle sarapne po bhayo ta.

  41. केपी ओलीको बारेमा मेरो सामुन्ने बसेर एकजना मित्र बन्दै छन् – “१००० कुमाई बराबर १ झापाको कुमाई हुन्छ रे । १००० झापाको कुमाई बराबर १ ओली कुमाई हुन्छ रे । १००० ओली कुमाई बराबर १ केपी ओलि कुमाई हुन्छ रे । यो कुमाई यति खतरनाक छ रे कि यसले छोप्पिएको सखुवाको जरामा मुत्यो भने सखुवाको बोटै मर्छ रे ।” यो कुरा सुनेपछि तिह्रथुममा सुनेको अर्को पनि उखानको याद आयो – “कुमाईको घुमाई क्षेत्रीको जाल, नेवारको लेखाई लिम्बुको काल ।” यी कुमाईहरू यति जाली छन्, जिउँदो उदाहरण हेर्न सूर्यसेन ओलीलाई हेरे पुग्छ । यसले दरबारको आच्चि खाएर अञ्चलाधिस भई जनतालाई, पार्टीहरूलाई दु:ख दिनसम्म दियो अब अहिले सबैभन्दा लोकतान्त्रिक मानिस ऊ नै हो कि जस्तो कुरा गरेर ल्याउछ बा ! यी कुमाईहरूको बिस्वास नहुने रेछ । राधकृष्ण मैनालीलाई हे-यो क्या खतरा ! ओलीलाई हे-यो क्या खतरा ! कृष्ण प्रसाद सिटौलालाई हे-यो क्या खतरा ! अहिले भर्खरै आएर त राजाको मन्त्री बेनुप प्रसाईं भन्ने अर्को कुमाई फेरि टाउको उठाएर के के बक्न थालि रहेछ । होसियार है ! होसियार !!! लोकतन्त्र ‘एक सामन्त’को हातबाट ‘अरु सामन्त’हरूको हातमा मात्र सरुवा भए देश फेरि डुब्ला ।

  42. मैले सुने अनुसार केपी शर्मा ओली खासमा दरबारकै मानिस हो भन्ने कुरा भर्खरै थाहा भयो रे । एमालेले सो ओलीलाई उप-प्रधान बानउँने प्रस्ताब गरेको तर राजाकै दलाललाई कसरी उप बनाउँने? गिरिजा बुढोलाई जनताले लात लगाए भने के हालत होला? भनेर कांग्रेसले भन्यो रे । त्यसैले मन्त्रीमण्डल गण्डागोल भईरहेको छ रे । लौन पत्ता लगाएर सबैलाई जानकारी दिनोस् ।

  43. Dear Umesh ji and all readers !
    I felt the “Sapath Grahan” by GP Koirala in the palace (infront of Gyane, Parase) as a shame!

    The “Sapath Grahan” should have infact been taken in front of “Sahids” who have lost their lives for the democratic movement in Nepal since 1990 BS.

    I would see that the parliament (SPA) should draft and pass an “Interim Bidhan-2063” to implement the decisions. They should forget totally about the dead constitution of 1990, which has binding clauses against the peoples aspirations. First of all, the Royal Army should be brought under the parliament by the Interim Bidhan.

    Do not make involve the palace in any activities that the parliament decides. they should stop consultation to the so called King !!! People hate such consultations. Will they do this way ? Let us see.

    Announcement of cease-fire should come immedialetely to respond the move from CPN(M), withdrawal of red corner notices and invitation to CPN(M) for a dialogue.

    The later formed interim government should conduct the constitutional assembly and write a democratic constitution. People should not think about the future of the monarchy in this 21st century. It should be made history!!

    Shikkar from
    Norway.

  44. neta haru bhokbhokai marna thalilake holan gayanendra le chodeko sino ko haddi ma bahula kukur luchachudi garna dinus bholi kamal thapa arthat hijo aaja dula paseka sayl sanga miteri laune din pani aaunchha . khabardar janata hamro aandolan jari chha, aba hamro aandolan inay netaharuko biruddha charkaunu parchha,
    sabai bhanda aagadi ma aauchhu la …………

  45. ye sachi.. girija chor ko ta kura thikai cha.. ani.. sachhi kai chor huncha ni… tai ke samam chorne tini haru lai ta desh batai nai nikalnu hunna hai… bichara haru darai ra holan… uni haru lai ta jail ma wa juvinal hall ma matra rakhe pugcha.. ye ani fine garnu pani tyati naramro uupaye haina….

  46. Umeshjee,

    You raised a question at the beginning of the Aandolan-II: “Will April Revolution be Successful?”. See people really made it a grand success. It was well thought in a precise manner and may be we had an intution that was evolved through our sixth sense that this time the great revolution would succeed. Great prediction and precise thinking.

    Let us also try to come up with similar other incidents that may happen in the coming days. Discussion on such issues in this forum will really create pressure and show a right path to the concerned political stakeholders to sort out the chronic political instability of the country once and for all.

  47. KHABARDARR TETAHARU HO !!!!!!!!

    Donot repeat the last 15 years.
    Thanks Umeshji, for remindindg them about the BHAGBANDA.

  48. Netaharu ko buddhi chahi kukurko puchar jasto nahos!!!
    barha barsa kuni k ma rakhe pani ghumreko ghumrei……Develoment garnus…peace banaunus hamro Nepal lai…

  49. अब थाहा भयो होईन किन जनता ले रगत बगाएक रहेछन? एही चोर नेता को लुछाचुडी को लागि??? अब यिनिहरु एही पद नामक हड्डी मा लुछाचुदी गर्छन र प्रतिगामी ले नयाँ चाल रच्छन अनि नेपाली को हात मा फेरी गुलामी यिनै चोर नेता र राजाको । । । लौ एही हो नेपाली को कहाँनी । । । अझै बगौ रगत को खोला यि चोर हरु को लागि,,, एक दिन खुल्ला मन्च मा तिमीहरु को फोटो राखेर गोही को आसु चुहाउछन र भोली पल्ट देखि सत्ता मोह्,, एही हो नेता हो चाला,,, एत्रो साल देखि देख्दै आएर पनि चेत भएन यिनै लाई रोजेउ होईन,,, अब हेर्दै बसयिनिहरु को लुछाचुडी,, बार बर्ष कुकुर को पुछ्चार दुङ्रो मा राख्यो जस्ता को तेस्ताइ,,, जभ सम्म नयाँ जोस् जागर का नयाँ बिचार धारा का नयाँ पुषता क नेता नेपाल मा हुँदैनन यि राजा भक्त दासी मनोबृदी का बुडा र नेता हरु ले केही लछार्दैनन्,, त्यसैले नयाँ नेतृव को खोजी गर्न जरुरी देखिन्छ । ।

  50. हैन ए उमेश जी डा.गिरि काँहा गए तपाइलाइ थाहा छ, कि तदिपार भैसक्यो श्रीलन्का तिर

    [मैले थाहा पाएअनुसार गिरी सरकारी सुविधाको भाडाको घर बालुवाटारमा बसिरहेका छन् रे। वैशाख ११ गतेपछि उनले झ्यालबाट समेत हेरेका छैनन् रे।]

  51. Hello Umesh ji,
    Hamro des ko neta harulai *
    DHANmuntri hunu paarani ,,,,
    ani bhagbunand na mile ko hola!!!
    Subjana lai DHANMUNTRI banaunu parla jasto chha ???
    Ani matra thik hola yar ( * _ * )

  52. bigat ka congres ra uml ka palaka bharasta mantri harulai yo mantri mandal ma narakhiyos . kinavane feripani janta haru yinai bharsta neta haruko anuhar herna chahadaina .

    yi bharsta harulai mantri banaiyo vane jantalai manya hune chaina .

    1. khum bdr. khadaka [n.c]
    2. gobinda raj joshi [n.c]
    3. chiranjibi wagle [n.c.p]
    4. bijaya kumar gachhedar [n.c]
    5. ishower pokhrel [cpn uml]
    6. bharat mohan adhikari [cpn uml]
    7. bhim rawal [cpn uml]
    8. birodh khatiwada [cpn uml]

    yasta ta dherai chan tara yi main hun . baru banauna nahune vanda mantri banaunu parne haruko name lina sajilo rahecha .

    mantri mandal ma lanu parne ra ahile ko condition ma deslai gati dina sakne haru yi hun .

    1. narahari aacharya [n.c]
    2. ram chandra poudel [n.c]
    3. bhim bdr gurung [n.c]
    4. mahanta thakur [n.c]
    5. subas nemwang [cpn.um
    6. shankar pokhrel [cpn.uml]
    7. prakash jwala [cpn.uml]
    8. tul bdr gurung [cpn.uml]
    9. kunta sharma [cpn.uml]
    10.narayan man bijukche [ n.m k p ]
    11.ridesh tripathi [ n.s.p]
    12.lilamani pokhrel
    13.pari thapa

  53. Umesh ji,Loktantrik aandolan ko kramma tapaile aafno tarfa bata prsamsaniya bhumika nirbaha garnu bhayo jasko lagi thanx a lot.Aba narayanhiti durbarko pretatma singha durbar ma sareko cha,kura yeti matara farak cha narayanhitiko pretatma le 84 byanjan ko swadh le varipurna cha tara singaha durbarako pretatma bhane 84 byanjan ko swadh chakhne tarkharma cha tasartha loktantrapremi janata haru netaharuko khadgo katnu singha durbar ko dhoka ma uvinu parcha..khabardar neta ho….

  54. मल्लिक आयोगले डाँमेका नौ सांसद
    खिला कार्की/स्वससे
    काठमाडौं/ जनआन्दोलन-२ मा दमन गर्ने अभियुक्तहरुलाई कारबाही गर्न उच्चस्तरीय न्यायिक समिति गठन गर्ने पुनस्थापित प्रतिनिधि सभामै नौ जना सांसद यस्ता छन, जो २०४६ सालको जनआन्दोलनमा दमन गर्नेको सूचीमा थिए ।उति बेला मल्लिक आयोगले डामेका नौ जना वर्तमान मन्त्रिपरिषद्मा छन । २०४६ को जनआन्दोलन दबाउने भनी मल्लिक आयोगले नरबहादुर बुढाथोकी, बद्रीप्रसाद मण्डल, मृगेन्द्रकुमार सिंह यादव, पशुपतिशम्शेर राणा, र्सर्ूयबहादुर थापा, कृष्णचरण श्रेष्ठ, बेनुपराज प्रर्साई, दिलबहादुर लामा, शरदसिंह भण्डारीको नाम किटेको थियो ।

    डोल्पाबाट निर्वाचित सांसद बुढाथोकीको पद रिक्त राख्न एमाले पार्टर्ीी संसद सचिवालयलाई पत्राचार गरिसकेको छ । जनआन्दोलन-२ समेत दबाउने मोरङ्ग-७ का सांसद एवं सद्भावना पार्टर्ीीध्यक्ष मण्डल र त्यही पार्टर्ीी सदस्य सप्तरी-५ का यादव निरंकुश शाही सत्ताको नयां संरचना क्षेत्रीय प्रशासक थिए । मण्डल शाही मन्त्रिपरिषद्का सदस्य समेत थिए ।
    राप्रपाका अध्यक्ष राणा सिन्धुपाल्चोक-३ को प्रतिनिधित्व गर्छन भने उनकै पार्टर्ीी सांसद श्रेष्ठ सिरहा-३ र थापा -राष्ट्रिय जनशक्ति पार्टर्ीीध्यक्ष) धनकुटा-२ बाट प्रतिनिधित्व गर्छन । राणालाई सिन्धुपाल्चोकको पिस्कर हत्याकाण्डका नाइकेको रुपमा किटिएको छ भने थापालाई वन, कार्पेट, सुन काण्ड र जनमतसंग्रहको परिणाम उल्ट्याउने नायकको रुपमा प्रतिवेदनमा किटिएको छ ।
    श्रेष्ठ पञ्चायतको अन्तिम समयमा मन्त्री रही आन्दोलन दबाउन भूमिका खेल्नेमा पर्छन ।

    प्रर्साई त नेपाली कांग्रेस संसदीय दलका सचिव नै छन । इलाम क्षेत्र-१ बाट निर्वाचित उनी पंचायतको पतन हुने बेलामा स्थानीय विकास सहायक मन्त्री थिए ।
    कांग्रेसबाटै निर्वाचित भई हाल प्रजातान्त्रिक कांग्रेसमा रहेका भण्डारी र लामा पनि २०४६ को जनआन्दोलन दबाउनेमा पर्छन ।भण्डारी महत्तरी-३ को प्रतिनिधित्व गर्छन भने लामा रसुवाको प्रतिनिधित्व गर्छन । भण्डारी पञ्चायतको अन्तिम समयमा वाणिज्य राज्यमन्त्री भने लामा पंचायतकालमा प्रहरी महानिरीक्षक थिए ।
    चलिरहेको प्रतिनिधि सभा बैठकमा बुढाथोकी र मण्डलको अनुहार देखिएको छैन । तरअरु अभियुक्तहरु उपस्थित छन । २०४६ सालको जनआन्दोलन दबाउने नायकहरु नै संसदमा रहेकाले जनआन्दोलन-२ दबाउनेमाथि कारबाही गर्ने कुरामा यिनको भूमिका कस्तो रहला भनेर जनचासो बढेको छ ।

  55. why girija is still alive? why can’t god get rid of him from this world. in order to maintain a corruption free country i humbly pray god to call him to stinking corner in hell where he belongs. girija marija! jay nepal.

  56. khabardar !
    leader ho, pheri pani janata ko chahana ma khelbad nagara, monarchy sangai leader pani bhagnu parla ni hosiyar.

  57. के गर्नु , जती खराब भए पनि दरबार सँग झुकेन नि , अब त चेतेको होला नि परिवारबाद नगर्नु पर्नेहो ।

  58. Umesh jee
    Lets hope they will solve it tactically. We already know about the characters of leaders, this is their very old tumor that definately shows significant characters, sometime.

  59. Neta chor desh chod! still fighting for the power. they are the same people would have been expected something change if there blood or brain had changed but its not the case. we will see again the same game. Chiranjibi wagle chor desh chod! court granted punishment to him shere chor le karbai garna saken teslai. For all what has happened total blame goes to girija, who was pm most of the times during democracy, and sher bhadur, who recommended to dissolve the parliament, king had nothing to say he accepted it, I did not see the wrong doing of the king dissolving the parlianment. U will see more diaster days ahead in our country.

    we need to make one slogan “corruption free nepal and democracy with disciple” we don’t need mad democracy, do we? mad democracy means where laws don’t function only politicians mouth functions as laws.

    jai nepal and corruption free nepal.

  60. No any satisfactory sign of improvement in SPA leaders was seemed. They are still bargaining for portfolios and chairs. Was the movement for these HARAM leaders’s chairs?
    Leaders, beware of people!

  61. गिरीले देश छोडिसक्यो । त्यसलाई फर्काएर ल्याएर कारबाही गर्नुपर्छ ।

  62. mathi 1 jana sathile aes ghadima girija lai gali garnu bhayako rahechha .bartaman paristhiti nabujhi nepalko raj niti nai nabujhi je man lagyo tyahi bolne tapai afno kamputar bokera nepal bata bahira niskida ramro hola . annetha anabasyak partikriya yo sitema nadinu hola thank you

  63. nepali neta haru ko mati ajhi kina na sudriyako hola hai. they still want position and money not good leadrship. if we dont care they will destroy our country they will finished it so please every one be carefull for our country for its bright feature. in fact there are somany good person who can hold leadership but they are not in these party so we need ganatantra for good lear. so we need to unity for our bright feature.

  64. Hello everybody

    Pls do not let to die the spirit of peoples revolt all over in NEPAL.Hijoko parliament ma girija chor ra makune chor ko bhasan le yo desh ma peace restore garne bhanda badhi aafnai kursi ko lagi yi saat dal ka chor haru marchan bhanne spasta cha.chor haru le desh ma feri ashanti lyaunchan.khai ta maoist ko red corner notice firta gareko ahile ayera nihu khojdaicha chor saleharu.pahila andolan garda sangai garne ahile chain hatya hinsa tyaga bhanne sala swarthiharu
    Chor neta murdabad

  65. Friends
    Happy world Love Day !

    Regards,
    Ashik Malla

    WORLD LOVE DAY (2006)
    FORWARD LOVE TO THE WORLD TODAY
    Today, May 1, 2006 is the first annual WORLD LOVE DAY . Today all world citizens and nation states, celebrate the gift of world love, peace , hope, kindness, friendship, and cultural awareness . WORLD LOVE DAY is a celebration of all the world’s people . Today fellow world brothers and sister take a simple stand for united WORLD LOVE . We affirm our desire to live together on earth in a peaceful , loving fashion . We understand that the world is made up of many different world countries who have different world beliefs and cultures . We agree that there are differences in the world’s people but we celebrate these differences and their uniqueness . On WORLD LOVE DAY and throughout the year we make a pledge to share love with each other and to give love to our neighbors brothers and sisters, when they need it most. We honor the gift of love and reject actions of hate and cruelty . We stand together as a world civilization for love and state together that it is our wish and goal to live together in peace and love . We affirm our desire to try and stop war and will work together tirelessly for peaceful solutions before any bomb is dropped . On WORLD LOVE DAY we celebrate the gift of equality . We celebrate women, children and men of the earth and understand that all should be able to live free with respect and equality for all . On WORLD LOVE DAY we ask that you give love to others and to stop and think about the power and action of love and how love can change all . Happy WORLD LOVE day to all my world sisters and brothers . Today and throughout the year may you be blessed by giving and receiving the gift of love . Please forward the celebration of WORLD LOVE DAY on, help the world celebrate love together , HAPPY WORLD LOVE DAY 2006 .

  66. नेताहरुनै यसरि अन्योल्मा बसिर्हने हो भने देश को प्न्योल्को इस्थिती कहिले परिवर्तन हुने कही त गर्नु पर्‍यो नि ? हामी जनेताहरु जहिले पनि बादलमा हरएको चार हस्तो हुने हो त ?

    चितो देश को लागि एउटा निर्णयक दिशा दिलौने प्रएश गरा

    म त यही भन्छु

  67. नेताहरु लाई खुल्ला पत्र
    २०४६ साल को जन आन्दोलन पछी बनेका सरकार ले नेपाली जनतका भाबना बुझ्न सकेनन |
    आन्दोलन पछी गरेका कबुल हरु जेका ते रहे|मल्लिक अयोग ले कार्बहि को बदल अफ्नो दल् मा हुल्ने होडबाजि चल्यो|सम्पति कमाउने तस्कर् हरु सग कमिसन् को चक्कर मा थुप्रै घिन लाग्दा काम हरु बिगत मा थुप्रै भय् | सम्सदिय इतिहास् मा सन्सार् म नभयका घिन लाग्दा काम् हरु हाम्रो देश म भयो|जस्को कारण माओबादि समस्या ले बिकराल् रुप् लियो नेताहरु ले समस्या
    सुल्झाउनु को साटो तेस्बाट आफ्नो फाइदा मात्र रोजे|अन्तत राजा बाट पर्तिगमन् को दुसाहस् भयो|बर्स भरि दलहरु बाट अन्दोलन् गरे पनि नेपलि जन्ताले खासै साथ दियनन|अन्तत काग्रेस माले जस्ता पार्टी हरु बाट सबिधान सभा र गणतन्त्र नारा
    अगाडि सार्न जरुरी ठाने र माओवादी संग सम्झौत गर्न पुगे अन्तत्गोता सबिधान शभा र गणतन्त्र को नरले मात्र नेपाली जनताले २०६३ साल को आन्दोलन को आदेबेरी सिर्जना गरे |जनतको
    चाहना गणतन्त्र र निशत्र सबिधान शभ को चुनाव मा थियो तर आन्दोलन लाई तुहायरा जुन सम्सद पुनर्स्थापान लगेर गैयो को छ यस्ले पुन नेपाली जनताको भाबना माथि खेल्बाड त भयना भन्ने आशांका सिर्जना भयको छ|
    तसर्थ हामी के भ्न्न चाहन्छौ भने बिगत दोहोरियको हेर्न चाहन्नौ भर्स्ट नेता र गद्दार हरु लाई नेपाली जनता ले अब छोड्दैनन तेसैले नेताहरु ले जनताको भाबना बुझेर अगाडि बड्नुनै हित्कारी हुनेछ|
    पर्मुख आजको समस्या भनेको माओवादी हो माओवादी लाई समाधान म नलियसम्मा जुन्सुकै सरकार आयपनी देशमा शान्ति हुनेवाला छैन तेसैले माओवादी समस्या समाधान मा लाने बर्तमन सरकार को पर्मुख य्जेन्डा हुनु पर्ने देखिन्छ|तेस्पछी नेपाली जनता का समस्या समाधान का दिशा मा बद्नु पर्ने देखिन्छ|
    नेपाली जनताका भाबना नबुझी हिंड्ने कुनै पनि नेतालाइ अब नेपाली जनता ले माफि दिने वाला छैनन |तसर्थ जनताको भाबना लाई बुझेर नेताहरु अगाडि बड्नु पर्छ अन्यथा नेपाली जनता ले नेपालका नेताहरु वीरउध आन्दोलन गरे र मसान घाट म पुरौने छन नेताहरु होसियार । सबै लाई चेतना होस् बुदी पलौस् । नेपाली को शान्ति को कामना पुरा होस्
    बसन्त जी सी दक्षिण कोरिया
    बाट

  68. Stop it on 19 for ever.
    The no. is enough to counteract diffeent 19’s like Rajdarabar hatya kanda, Magh 19 and wish we no more no. in the line of martyrs.

    Best Wishes goes to the soul of Mrtr Janhagir whose soul may go to pureland.

  69. BHANE PACHHI ANDOLANMA BHARAT BATA PANI ANDOLANKARI HARU AYAAT BHAYEKA RAHECHHAN………..KUBAI BHARAT BIRODHI NARA LAGAYEKO HOINA…..JASLE J BHANE NI YESTAI TAL LE INDIA LE YEK DIN NEPALI LAI “MERA BHARAT MAHAN” BHANNA LAGAYERAI CHHODNE BHO ???????

  70. sala neta haru lai feri kursi ko loov bade cha hoina.. tai kursi ko loov le garda aaja desh ko halat ka pugi sakeo.. haina yniharu sabi neta haru lai pani jundaunu parne ho ki kya ho??? yetro bhai sakda pani aajai chetdaina. Baru hune yo sambhidhan sbha ko chunab ra aarko chunab nahunjel saama hamra desha ka srastha haru lai po sarkar chalauna dina ho ki???

  71. Umeshji

    Tapai netaaharulaai khabar daari gareko ta raamro ho, tara unnecessarily negative chaahi nahunu hai. Yo haamro sarakaar ho. We should make it successful. I hope it was not really a bhaagbanda problem.

  72. Everybody know? We are cheering “SAHID Amar Rahun, Loktantra Jindabad”. Today May 1, “Labour Day” we must honour to the Labour.

    We must also cheer “Majdoor Jindabad”.

    New Delhi

Comments are closed.