सिंहदरबारमा तनाव, महावाणी जलाइयो, गणतन्त्रका चर्का नारा

२०६३ वैशाख १९, मंगलबार
Sigha Durbar May 2, 2006
सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा गणतन्त्रका नारा पोतिए। फोटोः उमेश

अपडेट (अपराह्न ३३०) नवगठित मन्त्रीहरुले शपथ ग्रहणका लागि सिंहदरबार छिर्नुअघि नै धर्नाकारीहरुको सामना गर्नुपरेको छ। अहिले भर्खरै म त्यहाँबाट फर्किएको हुँ। सिंहदरबार वरपरको क्षेत्र पूरै धर्नाकारीहरुको नियन्त्रणमा छ। उनीहरुले त्यहाँ अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा गणतन्त्रवादी नारा पोतेका छन्। टायर पनि जलाइएको छ। अनि वरपरका महावाणी रहेका होर्डिङ बोर्डहरु मध्ये एउटा निकालेर जलाइएको छ भने अर्कोमा श्री ५ को सरकारलाई मेटेर गणतन्त्र नेपाल लेखिएको छ। वरपरका ट्राफिक पूरै अवरुध्द छन्। थप फोटोहरु भित्र छन्। भिडियो केही घण्टापछि मात्रै राख्नेछु।

Sigha Durbar May 2, 2006
सिंहदरबार अगाडिको शालिकमा पोतिएका गणतन्त्रका नारा। फोटोःउमेश

सिंहदरबारको मूल गेट लगायत अन्य द्वारमा पनि तनाव उत्पन्न भइरहेको छ भन्ने जानकारी पाएपछि म त्यहाँ पुगेको थिएँ। बाटो त्रिपुरेश्वरदेखि नै जाम थियो। माइतीघरबाट सिंहदरबारतर्फ गाडी आउन जान दिइएको थिएन।

सर्वोच्चको भवन बाहिर त डोरी लगाएर नै गाडी रोकिएको थियो। धर्नाकारीहरुले इँट्टाले गणतन्त्र, चोर नेता र सेनाको अपराधका विषयमा नारा कोरिरहेका थिए।

Sigha Durbar May 2, 2006
सिंहदरबार अगाडिको शालिकमा पोतिएका नारामा राजाविरोधी नारा पनि देखिन्छन्। फोटोःउमेश

अलि अगाडि गएपछि टायर जलाइएको देखेँ। सिंहदरबारको मूलगेटैमा नाराबाजी भइरहेको थियो। अगाडितिर एउटा ब्यानर बोकेर केही मानिसहरु बसिरहेका थिए। त्यसमा संयुक्त लोकतान्त्रिक मोर्चाको नाम थियो। यो एउटा खुला मोर्चा हो। अस्ति शुक्रबार खुलामञ्चमा यही मोर्चाले अर्को एउटा मोर्चासित संयुक्त रुपमा आयोजना गरेको खुलासभामा माअ‍ोवादीका दुई नेता सार्वजनिक भएका थिए।

त्यो मोर्चाको ब्यानर बोकेकाहरु चुपचाप बसिरहेका थिए। नारा लगाइरहेका थिएनन्। उनीहरुको मागमा शहीदको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने जस्ता माग थिए।

Sigha Durbar May 2, 2006
शालिकमा लेखिएका नाराहरु। फोटोः उमेश

अगाडि जाँदा पृथ्वीनारायण शाहको शालिकमा कालो झण्डा देखिन्थ्यो। मुनि गणतन्त्र र राजाविरोधी नारा लेखिएका थिए। वरपरका होर्डिङ बोर्डमा श्री ५ को सरकारलाई मेटाएर ग. नेपाल सरकार लेखिएको थियो।

Sigha Durbar May 2, 2006
सर्वोच्च अदालतबाहिरको सडक। ट्राफिक त त्रिपुरेश्वरदेखि नै जाम थियो। फोटोः उमेश

Sigha Durbar May 2, 2006
सिंहदरबारअगाडि राखिएका महावाणीका होर्डिङ बोर्डहरु ध्वस्त पारिँदै। फोटोः उमेश

Sigha Durbar May 2, 2006
सिंहदरबारको मूलगेटमा चढेर नाराबाजी गरिँदै। फोटोः उमेश

Sigha Durbar May 2, 2006
लठ्ठी र तालासहित सिंहदरबार घेर्न आएका धर्नाकारीहरु।

Sigha Durbar May 2, 2006
गेटमा चढेर नाराबाजी गर्दै। फोटोः उमेश

Sigha Durbar May 2, 2006
टाढाबाट हेर्दा सिंहदरबारको गेट अगाडि भइरहेको हंगामा। फोटोः उमेश

यसैबीच, साथी मणिले संसद भवनबाट दिएको समाचार अनुसार आज पनि संसदले झारा टार्ने काम मात्र गरेर बिहीबार दुई बजेसम्मका लागि स्थगित गरियो रे। आज शहीदको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने जरुरी महत्त्वको प्रस्ताव पेश मात्र भयो रे पारित भएन रे। यी सांसदहरुले आजीवनका लागि संसद पुनर्स्थापन भएको ठानेका छन् कि के हो ? नभए किन जरुरी महत्त्वका प्रस्तावहरु भकाभक पास गर्दैनन् ? किन ढिला भइरहेको छ जनआकांक्षा अनुरुपका कामहरु गर्न ? कसको दबाब छ ? किन नैतिकता नभएका यिनीहरुमा ?

साँच्चै नै कीर्तिपुरमा आज भए जस्तो लौरो जुलुस निकाल्नु पर्छ कि के हो अब देशभर ? किन यिनीहरुले समयको संवेदनशीलता नबुझेका। अहिलेको समय त छिटोछिटो जनतालाई आश्वस्त पार्ने कामहरु गर्ने हो। शहीदका परिवारलाई क्षतिपूर्ति दिने कुरामा कसैको पनि विरोध नहोला। अनि किन पारित हुन ढिलाइ ? अनि खोइ, छानबिन आयोग बनेको अपराधीहरुलाई कारबाही गर्न ?

अघि सिंहदबार अगाडि मल्लिक आयोगले दोषी ठहर्‍याएका नामहरुसहितको पर्चा पनि बाँडिएका थिए। मैले भने त्यो लिन पाइनँ।

संसदमा एमालेका सांसद उर्मिला अर्यालले जनआन्दोलनका विदेशी शहीद मोहम्मद जहाँगीरको परिवारलाई नेपाली नागरिकता दिनुपर्ने माग गरिछन्।

यसैबीच एमाले सांसद प्रदीप ज्ञवालीलाई सिंहदरबारबाहिर धर्नाकारीहरुले दुर्व्यवहार गरेको सुनिएको छ।

80 Comments

  1. मेरो बिचारमा,
    प्रधानमन्त्रि: गिरिजा प्रसाद कोइराला
    गृह, अर्थ सञ्चार, सुचनाप्रबिधि, मुर्ति निकासि र तस्करी: ज्ञानेन्द्र शाह
    रक्षा र ठक्कर: पारस शाह र कमल थापा
    आपुर्ति मन्त्रि: गोबिन्द, चिरञ्जिबि, भिम रावल, रामशरण महत, गच्छदार लगायत सबै
    भौतिक योजना तथा निर्माण: प्रचण्ड, बाबुराम वा बादल
    शिक्षा मन्त्रि: ल्याप्चे लगाउन सक्ने कुनै साँसद
    परराष्ट्र : रमेशनाथ पाण्डे
    विदेश भ्रमण: माधब कु‍, नेपाल
    स्वास्थ्य: गोल्चे सार्की
    जनजाति, समाज कल्याण: गोरे बहादुर, डा कृष्ण भट्टचन
    आर्यघाट तथा धर्म रक्षा: सचित शमशेर, भरतकिशोर
    परिवारनियोजन र मानबअधिकार: प्यारजँग, तुलसी गिरि
    कानुन तथा न्याय: हरिप्रसाद, भैरब लम्साल, र दिलिपकुमार र प्रचण्ड
    पर्यटन: सुजाता, धमिजा, देउजा, भिम रावल
    प्रशासन: लोकमानसिँह कार्की
    चाकरी चाप्लुसि: कमरेड वलि
    यि सबैलाई लेखिएअनुसारको मन्त्रालय दियो भने देशबिकास पक्का छ म १०० % ठोकुवा दिन्छु ।
    यि सबैलाई आर्यधाटको सँबिधान २०५८ जेठ १९ नारायणहिटि हत्याकाण्ड बमोजिम नियुक्ति म द्वारा दिइबक्सेका छौँ ।

  2. pacch paisa dekhna napayeko netaharulai desh chalauna dinu hamiharuko nai galti ho sathiharuho. Sale kukura neta haru lai haddi(bione) ko matra lov cha, janata ko kehi matlab cha ra?

  3. England, Norway को दुवाइ दिएर राजतन्त्रको वकालत नगरौं ।
    १ केहि मित्रहरुले नेपालमा पनि सेरेमोनियल वा सम्बैधानिक राजतन्त्र चाहिन्छ भन्दै यसको लागी England, Norway तथा Japan जस्ता देशको आड लिने गर्दछन् । तर यहाँ वुझ्नु पर्ने कुरा के छ भने उपरोक्त देशका राजतन्त्र हरु नाममात्रका छन जवकी हाम्रो देशमा राजतन्त्र अत्यन्तै सामन्ति जगमा उभिएको तथा सत्ताको लागी निकृष्ट काम गर्न उत्रेको इतिहास र वर्तमान छ । आफ्नै वावुलाई जेलमा राखेर राजा वन्ने सुरेन्द्र देखि एउटा राजाको सम्पूर्ण वशं विनास हुने भयङ्कर कहाली लाग्दो नर संहार (जहाँ त्यसको अपुताली खादैं राजा वन्न पाएको एक व्यपारी ले Automatic वन्दुक पड्केर छानी छानी उसको परिवार का सदस्य वाहेक अरुलाई गोलि लागेको भन्ने तर्क दिन्छ)पछि राजा भएका छन् ।
    २ नेपाल को राजतन्त्रले सधैं जनतालाइ र देशलाई झुक्याउदैं आएको इतिहास हाम्रो अगाडी ताजै छ । त्रिभुवनले सम्बिधान सभाको चुनाव गर्ने भनेर पहिला भने पछी त्यसको टेर पुच्छर नै लगाएनन्, महेन्द्र ले जननिर्वाचित सरकारलाई कु गरि देशमा ३० वर्ष सम्म निरङ्कुशता थोपरेको र वर्तमान ज्ञानेन्द्रले असोज १८ हुदैं माघ १९ सम्म वाट जनताको आधीँ हुरीले झुक्न वाध्य नवनाउँदा सम्म कसरि निरङ्कुशता लादे भन्ने जगजाहेरै छ । यस्ता निरङ्कुशताका हिमायतीहरुलाई Japan, England र Norway जस्ता देशको राजतन्त्रको आड लिनु को अर्थ के हो?
    ३ नेपाल जस्तो गरिव देशमा संसारको महङ्गो राजतन्त्र आर्थीक दृष्टीकोणबाट पनि कती आवश्यक छ एक पटक सम्बैधानिक राजतन्त्र चाहिन्छ भन्नेले देश र जनतालाई मुटुमा राखेर सोच्नु आवश्यक छ ।
    ४ किन कुनै एक परिवार र त्यसका सन्तानलाई हामीले त्यत्रो मान्यता दिनु पर्ने । विगतमा नेपाल एकिकरण वा राष्ट्रीयता जोगाएको भन्ने हो भने पनि त्यो काम आफुलाई सम्राट वनाउने आकंक्षा वाट प्रेरित थियो । अर्को कुरो त्यो समकालीन अवस्थाको नेतृतव मात्रै हो । त्यसरी प्रत्येक समयका नेताका छोरा र त्यसका सन्तानलाई भत्ता र मान दिएर पाल्ने हो भने वि पी गणेशमान पुष्पलाल आदी का सन्तान लाइ पनि राजा वा त्यही रुपमा राख्दै गरे भइगयो । यो आफैमा कित सम्म अप्रजातान्त्रिक र अव्यवहारिक प्रश्न भयो विद्दत मित्रले आफैं छुट्टयाउन सक्नु हुन्छ ।
    अहीलेलाइ यति नै ।

  4. यो महिना प्राप्त सहयोग्= 0.0
    Want free lunch? News चाँही चांडो दिनुहोस् न भनेर हतार लगाउने, अनि सहयोग चाँही एक कौडी नगर्ने, लाज पनि लाग्नु पर्ने ।

  5. Ye Girija Hosiyaar feri talai jhundyaununaparos hai. Sabai important minister chahi NC lainai chahine ? Timi giddhahaaru sinu khanalai tachhad ra machhad garya chhau hoinata ?

    Colin Magar, USA

  6. MAile mathi Rokka ji ko comment pade pradip nepal Barema.Jaha samma malai lagchha tyo satya ho kina ki Pradip nepal , pad lolup manchhe ho ra usle vanejasto pad paena vane u ghrki launchha. Pahila madan vandari sanga ghurki laera amale ma thulo pad pako ho vanne kura sabailai tha chha.U awasar badi neta ho. KAsailai esma apatti vae comment lekhnus hai.Pradi is not a leader at all because leader has leding quality . He only has knowledge to use bad language about others.

  7. Why people are always protesting angrily. They don’t need to paint in the “Shalik”. Shalik is not the symbol of autocratic, but the symbol of History. Although we will have Republic country later on , but these are the national resources and that should not be destroyed on these protests.
    We got a good environment in the country now so get back to regular work and make better economy in the range of China and India so that we can’t be left far behind. Businessman invest on new businesses. Workers do your best and kick out the politics from the work area. Farmers focus to grow more food….

  8. अन्तरिम संविधानको खाँचो
    मदन आत्रेय, १८ बैशाख २०६३, काठमाडौं

    ०४६ को संविधानमार्फत् अघि बढ्ने हो भने भोली संविधानसभाका लागि गरिएको निर्णय लाहाछाप लगाउन ज्ञानेन्द्रकहाँ नै पठाउनुपर्ने हुनसक्छ। त्यो बेला आफ्नो मृत्यु पत्रमा ज्ञानेन्द्रले हस्ताक्षर गर्लान्?

    अन्य विचार/विश्लेषण
    ► सिधै गणतन्त्र घोषणा गर्न मिल्छ
    ► जनआन्दोलनको आगामी कार्यदिशा
    ► दल-माओवादी तेस्रो समझदारी अनिवार्य
    ► नुनको सोझो गर सुरक्षाकर्मीहरू
    ► सामन्ती सत्ता अन्तिम दिन गन्दैछ

    यस अघिका बिचार/विश्लेषण ►

    आम नेपालीको दिलबाट मरिसकेको नेपालको राजतन्त्र फेरि एक पटक मृत्यु शैय्याबाट फिर्ता भएको छ। तर ऊ यति अशक्त भैसकेको छ, जस्तोसुकै उपचार र भगवानको दयाले पनि लामो समय बाँच्ने अवस्थामा छैन। तापनि उसमा अझै पनि बाँच्ने आशा भने हराएको छैन। तदअनुरुप ज्ञानेन्द्रले जीवनरक्षाका लागि अनेक षडयन्त्र त गर्ने नै छन्, अन्त्यमा जिवनदानको याचना गर्ने संभावना छ, सात दलसँग। बैशाख ११ को मध्यरातमा सात दलको माग बमोजिम प्रतिनिधिसभा पुनःर्स्थापना नगरेको भए संभवत अर्को रात देख्न पाउने थिएन राजतन्त्रले।

    यसपटक पनि संसदीय दलहरू राजाको रक्षाकवचका रुपमा अगाडि आएर उसलाई मृत्युको मुखबाट जोगाएका छन्। यो नेपाली जनताको चाहनाअनुसार थिएन र छैन, न त नेपालको हित अनुकुल नै छ। तत्कालका लागि जनताले दलहरूप्रति भरोसा देखाएका छन्, एउटा विधिसम्मत ढंगबाट नै राजतन्त्रको अन्त्य गर्ने मामिलामा। तर संविधानसभामा जाँदा कुनै पनि विशेषणको राजतन्त्र जोगाइराख्ने शर्तमा सात दल फसे भने वा षडयन्त्रका गोटी बने भने त्यो दिन नेपालबाट राजतन्त्र पुच्छर बन्न चाहने दलहरूसमेत राजतन्त्रसँगै खरानी हुनेछन्। जनताको चाहना नेपालमा कुनै पनि सामान्तबादको तत्व अब बाँकी नरहोस् भन्ने स्पष्ट छ। गणतन्त्र नेपालको स्थापना जनताको एकमात्र लक्ष्य हो। योभन्दा तलका कुनै पनि नौटंकीहरूको कुनै अस्तित्व रहने छैन।

    गणतन्त्र नेपालको स्थापना गर्ने मामिलामा अहिले नै जनआन्दोलनका सहयात्री सात दललाई शंका गरिहाल्नु उचित नहोला। तर राजनीतिक व्यवस्थापन चिन्तनले मात्रै पनि गर्न सकिंदैन। त्यसका लागि ठीक समयमा ठीक निर्णय लिन सक्नु पर्छ। राजनीतिक रुपमा विजय हासिल गरेर पनि व्यवस्थापकीय कमजोरीका कारण जनताको सत्ता खोसिएका कैयन इतिहासहरू हाम्रा सामु साक्षी छन्। त्यही प्रकारको प्रक्रीयागत गल्ती सात दलले गरिसकेका छन्। र, यसमा होस पुर्‍याउनु जरुरी छ।

    राजतन्त्रप्रति अझै पनि संसदमा रहेका दल र सांसदहरू उदार नै देखिएका छन्। राजतन्त्रलाई स्वेच्छाचारी व्यबहार जारी राख्न उनीहरूले हौसाएका पनि छन्, संसद शुरु भएको एक साता नबित्दै। चावहिलमा जन्तीको गाडिमा ठक्कर दिने अपराधी पारसलाई हैन, विचरा तिनै जन्तीलाई रातभर खोरमा राखियो। तर यस्तो गैरकानूनी व्यवहारविरुद्ध संसदका किन आवाज उठेन? यसअघि दर्जनौं पटक यस्ता व्यवहार दोहोर्‍याएका मात्रै हैन, प्रसिद्ध लोकगायक प्रविण गुरुङ् लगायतका ब्यक्तिहरूको हत्या गर्ने अपराधी पारसलाई किन कार्वाही गर्ने आँट देखाउँदैन यो सरकार? यसको अर्थ हो, अझै पनि नेपालको राजतन्त्र हिजो कै हैसियतमा छ, उसका अपराधहरू हाम्रा दल र नेताहरू निरिहता पूर्वक हेरिरहेका छन्। अहिलेको संसदले पारसमाथि कार्वाही गर्न सक्नेमात्रै होइन, सिधै राजतन्त्र समाप्त भएको घोषणा गर्ने हैसियत राख्छ र त्यो अधिकार दिएर पठाएका छन् जनताले। तर राजपरिवारका सदस्य भन्दैमा अपराधीहरूलाई यसैगरी बचाउँदै जाँदा संविधानसभामा पुग्ने दिनसम्ममा दलहरूले राजालाई फेरि बचाउने प्रयास नगर्लान् भनेर कसरी विश्वास गर्ने?

    ज्ञानेन्द्रको चाहना नेपाल अधिराज्यको संविधान २०४७ अनुसार संबैधानिक प्रमुखको हैसियतमा कायम रहने छ। त्यसलाई सुस्त गतिमा कार्यान्वयन गर्दै जाने प्रक्रीया उनले शुरु गरिसकेका छन्। तर सात दलले ज्ञानेन्द्रका षडयन्त्रलाई चिर्न सकेका छैनन्, बरु उल्टै उनीहरू पनि त्यही संविधान अर्न्तगतको प्रक्रीयामा सामेल भएर ज्ञानेन्द्रको षडयन्त्रलाई बल पुर्‍याइरहेका छन्।

    जनआन्दोलनको बलमा स्थापित भएको संसदले जे निर्णय गर्छ, अबका दिनमा मुलुक चलाउने प्रक्रीया त्यहि नै हो। तर २०४७ सालको संविधानको दायरामा दलहरू फस्न थालेको आभास भइरहेको छ, जसलाई तुरुन्त सच्याउनु पर्छ। त्यसका लागि तत्काल संसदले आफ्नो कार्यविधि तयार गर्नु उचित हुने छ। दरबारको चाहनाअनुसार सरकार गठनदेखि कार्य सञ्चालनका मामिलामा संविधानको दुहाइ दिने काम तत्कालै बन्द गर्नुपर्छ किनभने जनताले दिएको म्याण्डेट त्यो हुँदै होइन।

    जनआन्दोलनको तागतबाट संसद पुनःर्स्थापित भए पनि अन्ततः त्यसलाई त्यही मरिसकेको संविधान अर्न्तगतको दायराभित्र ल्याउने प्रयासमा दरबारिया संयन्त्र लागिरहेको छ। उक्त संविधानका प्रक्रीयाहरूबाट अगाडि बढ्दै जाँदा अन्ततः संबैधानिक निकायको प्रमुखको हैसियतमा राजा स्थापित हुने र मौका मिल्दा फेरि पखेटा फिँजाउने योजनामा ज्ञानेन्द्र र उनका सहयोगीहरू क्रियाशिल भइसकेका छन्।

    यस्तो अवस्थामा सात दलको पहिलो काम निःशर्त संविधानसभाको घोषणा हो भने दोस्रो काम बर्तमान संविधानको खारेजी। ०४६ सालभन्दा अहिलेको जनआन्दोलनमा के भिन्नता छ भने अहिलेको आन्दोलन पूरै लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएको हो। तर ०४६ को संविधान पनि प्रजातान्त्रिक संविधान नै भएकोले सोहीअनुरुप काम गर्न सकिने केही राष्ट्रिय तथा अर्न्तराष्ट्रिय समुदायको विश्लेषण छ। वास्तवमा यो तर्कको कुनै तुक छैन। किनभने अहिलेको आन्दोलन यही संबैधानिक प्रक्रीयामा फर्किनका लागि भएको होइन। त्यसैले यी स्वदेशी तथा विदेशी तर्कशास्त्रीहरूको तर्कमा षडयन्त्रको गन्ध छ।

    खासगरी मरिसकेको राजतन्त्रको भविष्यप्रति चिन्ता ब्यक्त गरिरहने नेकपा एमालेका खड्क ओली र नेपाली कांग्रेसबाट सरकारमा पठाउन लागेका रामशरण महतहरू पनि राजाले यही संविधानको पालना गर्छन् भने ठिकै छ भन्ने मानसिकतामा देखिन्छन्।

    त्यसैले जनताको म्याण्डेटअनुसार अविलम्ब यो संविधानको खारेजी गर्नुपर्छ र संसदले जे निर्णय गर्छ त्यही कानून हुने प्रावधान लागू गर्नु पर्छ। अहिलेको संसदले गर्ने निर्णय लालमोहर लगाउन दरबार पठाउनु पर्ने कुनै जरुरी छैन। र, सरकारका निर्णय जाँच्ने एकमात्र निकाय संसद हुनु पर्छ। आवश्यकता महसूस गरिएमा आन्तरिम संविधान जारी गर्नु अर्को विकल्प हो। तर यी मामिलामा दलहरूले होश पुर्‍याएका छैनन्।

    आज जसरी ०४६ सालको संविधानअनुसार प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले जनता मारेर रगत पखाल्न पनि नभ्याएका ज्ञानेन्द्रका सामु उभिएर सपथ खानु पर्‍यो, भोलीका दिनहरूमा संसद वा सरकारका सबै निर्णयहरू स्विकृत गर्ने अधिकारी पनि यिनै हुने छन्। ०४६ को संविधानमार्फत् अघि बढ्ने हो भने भोली संविधानसभाका लागि गरिएको निर्णय लाहाछाप लगाउन ज्ञानेन्द्रकहाँ नै पठाउनुपर्ने हुनसक्छ। त्यो बेला आफ्नो मृत्यु पत्रमा ज्ञानेन्द्रले हस्ताक्षर गर्लान्? त्यसैले हिजोका परम्पराहरू तोड्नै पर्छ र संबैधानिक प्रक्रीयाका नाममा जनताको अभिमतअनुसार ज्ञानेन्द्रलाई राष्ट्र प्रमुखको हैसियतबाट समाप्त पारिनु पर्छ।

    अहिले राजनीतिक निर्णयहरू भन्दै प्रक्रीया अगाडि बढाइएको छ। तर दुनियाँका कुनै पनि लोकतान्त्रिक राष्ट्रमा संविधान र कानून विना राजनीतिक निर्णय भन्दै काम गर्न पाइने प्रावधान छैन। सरकारका कामहरू संविधान अनुकूल हुनु पर्छ, अन्यथा अदालतले त्यस्ता राजनीतिक निर्णयहरू गैरकानूनी भएको फैसला दिएर यही संविधान मान्न बाध्य पार्ने छ सरकारलाई। कानूनका ज्ञाताहरूले यसबारे सरकारलाई बेलैमा सचेत बनाएका छन् तर पनि जनताले बलिदान दिएर जगाएका राजनीतिज्ञहरू सचेत देखिएका छैनन्।

    प्रतिक्रया पठाउनुहोसः [email protected]

    फर्किनुस || मुख्यपाना || भण्डार || सिरान

    © गणतन्त्र नेपाल। सर्वाधिकार सुरक्षित। साभार गर्नुपरे सूचना पढ्नुहोस … » »

  9. यि नेताहरुलाई ठीक बाटोमा ल्याउनु हामी सबैको कर्तब्य हो, तर सभ्य तरिकाले आन्दोलनमा सहभागी भैदिए हामीले चहेको कामहरु झनै राम्रोसँग हुने थिओ होला । हामी नेताबाट जे चाहनछौं,त्यही अनुरुप हामीले पनि व्यबहार गर्न सक्नुपर्छ।

    १२ बर्षको अनुभवबाट नेताहरुले मात्र होईन,हामीले पनि सिक्नुपर्ने कुराहरु थुप्रै छन्। यिनै नेताहरुको पछाडि लगेर सानातीना कुरालाई ठुलो बनाई चक्का जाम देखि लिएर नेपाल बन्द गर्ने तर कुनैपनी महत्वपूर्ण कुरामा न त जुलुस् नै निकल्यौं, न त कुनै कनुनी कार्यवाई गर्‍यौं।

    अब हामी सचेत भएका छौं। हाम्रो जिम्मेद्वारी पनि समय र परिस्थिती सँगै बढेको छ। एकातिर पार्टीहरु अंशबन्दामै झगडा गरिरहेका छन्, अर्कातिर माओवादीहरु अझै बन्दुक र धम्किको आधारमा देश को नियन्त्रण गर्नमा अघि बढीरहेका छन्। यसै बिचमा राजा पक्कै पनि यो अवस्थाको फाईदा ऊठाउँने तयारी गर्दैछन। यस्तो समयमा हाम्रो कर्तब्य ढुङ्गामुधा होईन सचेत रही ठीक तरिकमा देशलाई अगाडि बढाउनु हो।

    उमेशजी, तपाईंले गर्नुभएको काम सर्हानिय छ, तर unproductive कार्यबिधिलाई प्रोत्साहन दिन चाँही ठीक भएन।

  10. Students protest against SPA leaders

    KATHMANDU

    KATHMANDU, May 2 – Students of central campus of Tribhuvan University took out a stick rally from Kirtipur protesting against the signs of the “re-emmergence of the old practice” by the political leaders.
    The protesters said that their rally is aimed at questioning leaders who’s hanging over position in the cabinet against the statements of the public movement.

    The students were in the angry mood with the assurance of circling the Prime Minister’s office.

    Likewise, thousands of students in Chitwan took out a protest rally against the “behaviour” of the political leaders’ quarrel for holding their desired post in the cabinet.

    Students chanted the slogans like “Stop jolting for power, don’t delay the constituent assembly, and stop favouring palace”. The protestors also ordered the businessmen to shut down their shops.

    Students of Sapta Gandaki Campus and Balkumari Campus participated in the protest programme.

    All the campuses in Chitwan were closed down.

    Meanwhile, student leaders today warned the leaders of the seven-party alliance of stringent action if they failed to honour the sentiments of people’s movement while undertaking their responsibilities.

    Speaking at a programme organized by Reporters’ Club in Kathmandu, the leaders stressed that if the SPA are to commit an error again then it would signal an unfortunate disaster.

    Lekhnath Neupane, president of Maoist aligned All Nepal National Independent Students’ Union-Revolutionary (ANNISU-R), said that the nation should move ahead on the basis of political decisions. He also said that the Maoists would not hinder the peace processes.

    Student leader Gagan Thapa said that action against the SPA leaders should be taken if they move against the spirit of the people’s mass movement.

  11. neta haru ko dekhaune daat ek chapaune daat anek vanne aha dekhiyeko cha tesaile janataharu chanakho hunu jaruri cha ki kaso?
    comment by madhawi

  12. sathi haru ho hosiyar!

    lagdai cha aba hamile feri ekchoti sadak ma aaune bela aaeko cha. yo neta haruko buddhi feri pani aako rahenacha. yi bideshi katputli harulai hamile rastriya ra rastryiyata ko siksha padauna baki cha.heri halnu bhayo ni kursi ko lagi tana tan..hamro tyag ani balidan le aayeako prajantra runa lageko cha…hamile lyako prajantrata mati rape garne koshis gareka chan ei neta bhanauda harule….
    yiniharu ma rastriyata chaina bhanne kura ta maile hindi media haru sanga hindi ma interview didai khera chal pai sakeko thiye..aja chai khulasta bhako cha…

    ma question garchu yo neta haru lai…KE HAMRO AFNO BHASA CHAINA??? KE KUNAI INDIAN NETA LE NEPALI MA INTERVIEW DEKO DEKHNU BHA CHA KUNAI SATHI HARU LE? HAMILE UNIHARU SANGA YO PANI PRASNA SODHNE ANI TINIHARULAI RASTRIYATA KO BAREMA SIKAUNU CHA… YO NEPAL HO…KE UNIHARULE HAMRO DESH LAI INDIA KO STATE SOCHERA HINDI MA BOLEKO HO BHANE HAMILAI BHANNU PARCHA..

    ajhai dhearai kura lekhnechu ma….malai khusi lageko cha ma afno bichar mero sansar marfat lekhna pai rako chu. tesailai ma yo site banaune dai lai dherai dherai dhanyabadh didai afno kura yati mai tungyauna chahanchu…
    thank you …
    jay desh

  13. Umesh ji, if you can please put the photos of Lauro Julush(stick demo) and also a detail report about the ministers oath. what is in that oath actually? can you find it out and put here?
    Nab Raj

  14. AAJHAI PANI KANGRES KA NETAHARU DARAYAKA CHHAN .KINA BHANE DARBAR KO AADMA AAFNO SATTA ADAUNA CHHAHANE KANGRESIHARU SIDHAI GANATANTRAKO GHOSANA GARDA KAMYUNISTHARUKO RAJ CHALNE BHAYAKO HUNALE YO KANGRESIHARU BATA HUNA GAYAKO DHILAI HO .RAMCHANDRA.PAUDEL DARBAR CHHIRNA KHOJEKO CHHA.ARABKO KHADIMA SAGARMATHAKO KRITRIM HIMAL BANAUNA KHOJNE RAMCHANDRA PAUDEL LAI KEHI THAHA CHHAINA .YO AUTA HALI HO JASLE HALO JOTNA BAHEK KEHI JANDAINA .DILHIMA BHANDA MAJNA PAREKO BHAYA TABA THAHA HUNTHYO RAMCHANDRALAI MA KO HU DARBAR KO HO BHANNE .AANYA DHERAI NETAHARU PANI AESTAI BEWAKUB CHHAN NEPALMA . ……………..AUTA KHUSIKO KHABAR URMILAJI LE BIDESI SAHID LE NEPALI NAGARIKTA PAUNU PARCHHA BHANNE KURA 100%THIK CHHA .THANK MANAB ADHIKARBADI NETAHARU LAI.7 DAL MADYA KOHI BICH BATAIMA HARAUCHHA BHANE PANI ABA DARBARLE KEHI MAKHO MARNA SAKTAINA .

  15. people doing their great job we should support their movement.If leader went in wrong way this is our duty to rectify them

  16. मन्डलेहरु सल्बलाउन थाल्यो जस्तो छ है ।

  17. Thukka chor neta haru ho.
    Yehi ho timi haru le kam garera dekhayeko.
    Hune biruwa ko chillo pat nahune ko khasro pat bhane jhain yi neta haru ko chal ta bujhi halyo ni.
    Tesaile Nepali ho aba pahila yi chor neta haru lai nai thik garnu parcha, tetra janata marera janmeko prajatantra ko ek hafta ta ma nai kursi ko lagi hana thap. Yo sat dal satta napaunjel samma matrai ho milne satta payepachi ta syal le sinu tanatan gare jastai nai ho.Yi kasai lai pani desko maya chaina sathi ho kehi paryo bhane pahila banaras pasne yinai hun.
    Aba hami janata le kahile bhujhne yi kura. Testo bimari hunda pani PM ko kursi tehi Girija lai nai chahine kina, kina garna choddaina kursi ko maya.Tesai ko swasthye sangai aba muluk chalna sakdai na. Tesko swastha thik nahunda sapath nai dui din dhila, sansad ma CA prastap parit garna pani dhila,mantri mandal gathan pani dhila k 84 barsa ko bridhha ko swasthya kushal kahile hune ra kam chito charito hune ho. Kina ki sabai lai marne bela samma pani kursi ma nai marna paye hunthyo bhanne dhoko cha. Janata ka chora matrai hun sadak ma marne ta.
    Aba pahila yi nai neta haru ra party lai nai khattam parnu parcha. Yo ta atti nai bhayo ba.
    Nepal bhakta.

  18. Shame on SPA leaders! Is it the right thing for you all to fight for a position? Why don’t you show to the people that you are still intact and whoever becomes whichever minister, he or she is the minister of SPA. Is it the time to share the portfolios based on your individual party’s presence in the parliament. It is the time for you to work 24 hours a day and 7 days a week to bring the country out of the crisis. Does it mean that you unite only when you are in opposition and not while you get the opportunity to work together for the country?

  19. Thanks for the news. We really like it. Please keep it on.
    Yes, we know these dirty politicians and they are not less than king’s ministers. All are same.

    Thanks a lot for you news.

  20. hey sathi ho,

    Yesto ugra tatha arajaktapurna akrosh kunai pani halat ma ramro hune chaina. Sambidhan sabha ma jane nirnaya sansad bata pas bhai sake pachi pani kina testo mandale charitra nikaleko ho? Prithibi narayan shah ko salik todera ganatantra aundaina. tinai prithivi narayan najanmiyeko bhaye aja tapain Nepali bhayera hindnu hundaina thiyo hola. Yesta kam garera rajnaitik paribartan hundaina baru mauka ma chauka marne lai thap protsahan milnecha bichar garaun. Andolan ko sabai jas hamile paunu parcha bhanne pani rahechan yehan. Marne bela ma 19 Sojha janata mare, ahile hamile andolan hankeko le safal bhaye ko ho bhani khicha tani ko kam bhai raheko cha.Testa kukur haru lai aba pani nachine kahile chinne. Tesaile aba pani sandhai nai tod fod ma matrai lagi rahane ho bhane Rajnaitik paribartan garera kehi pani hune wala chaina jaba samma sara nepali ko acharan sudhridaina, kina ki hamra neta haru lai chahine janata nai testa hun jo burukka ufrera akash chuna khojchaa tehi neta ko bhitri swartha ko lagi.
    Tesaile daju bhai ho bichar puryaunu parne bela cha natra sadhai bhari salik todne ra afno pani tauko todine kram chali nai rahane cha. Faida kaslai?? Tinai chor neta haru lai.
    Karma ma biswas garne Nepali.

  21. Many Thanks
    Umesh Ji,

    Aba Raj Durbar tira matra haina Singha Durbar tira pani Janta le aankha lagauna paryo. Yo sabai kukur neta haru saprinna.Kukur ko puchchhar 12 barsha dungra ma rakhda pani bango nai hunchha ke.Yo sabai neta haru lai Janta le Dhal ma lagera nuhaidina parla jasto chha.Ani alik chetinchhan ki.Natra ustai hola

  22. Girija is playing gmae so that nepal will not be a republic nation; he is acting as royalist and fertilizing the dead king’s wish. That’s what he is refusing to give home ministry to left group. Why congress still wants to go to palace to take oath of the ministers, why do they need home, finance, defence, all the important portfolios? The answers are- congress was Dhokebaj in the history, in the present even wants to be in the future; they do like like that becasue they dereve as so. Congress you should realize that in parliament you are not in majority, and don’t think that it is your playground, Nepali people gave birth to this parliament to make the nation as rebulic; if you do go beyond the people wish, congress will be rushed from the country.
    Jaya loktantra, congressma sadbudhi ayos.

  23. हेरी राखौ हामि नेपाली जनताहरु,हाम्रा इ नेता भनाउदाहरुले कुनदिन तिम्रै हाम्रो अगाडि देश बेच्छन। तेसैले मैले भन्दै आएको कुरा हो कि हाम्रो देशलाई आर्को सिक्किम हुनबाट बचाउनुछ भने हाम्रो देशलाई अझैपनी संबैधानिक राजतन्त्र (सेरेमोनिअल मोनार्कि)को खाचो छ,जुन शासन ब्यवस्था जापान,बृटेन र नेदर्ल्यान्ड जस्ता देशमा लोकप्रिय छन। सत्तालिप्सा र पदमाथिको मोहलेगर्दा देशलाइ भड्खेलोमा ज्याक्ने काम राजनितिको फोहोरी खेल द्बारा हाम्रा जन प्रतिनिधी भनाउदाहरुले बाराम्बार गर्दै आएको देख्दा भोली का दिनमा यो देशको के गती होला सहजै अनुमान लगाउन सकिन्छ । बाकी सबैको बुद्धी पलाओस बिशेषतह “कान्छा” जस्ताका । हस् त अहिलेलाइ एति नै ।जय नेपाल,जय मातृभुमि।

  24. thanks umesh jee for update!
    Hoina yi neta haruko ghaitoma gham kahile lagcha? sahid ka ragat sukna napaudai yiniharule kurchiko khel khelna thale bhane jhan pachi yiniharule ke garchan. tesaile sabai nepali janata hosiyar hunuparcha ra yi neta haruko khabardari garnu prachi. nanima lageko bani kaha janchha ra hoina yi neta haruko, sabai jana ryal kadera baseka chhan jasto chha mantri bhaye pachhi kumlyaune bicharrma. tara neta haru hosiyar yespali nepali janatale chdone walama chhaina ra yespali pani galti garyo bhane timiharuko kunai bhabisya chhaina. Ahile ko kun mantri hune bhanda pani, kasari nepal lai loktantra tir agadai badaune, shanti subebastha kayam garne ra nepali ko aarthik samajik, rajnaitik, saichik adi adi bikas garne bhanne ho. SPA LE SARAKAR CHALAUNE HIGH COMMAND GATHAN GARNU PARCHA RA TYO HIGH COMMANDKO NIRDESHAN BAMOJIM SARKAR CHALNU PARCHHA, CABINET KO NIRNYA ANUSAR HOINA.
    best of luck for neta je, pashupati nath lagayat tettiskoti devataharule nepali netahruko ghaitoma gham lagaidiyos ra sadbiddi layaidiosh ani NEPALI JANATAMA SHAKTI PRADAN GARUN
    JAYA LOKTANTRA

  25. Pradeep Nepal resigns from UML Standing Committee, NMKP not to join govt

    Kantipur Report

    KATHMANDU, May 2 – Expressing dissatisfaction over the allotment of ministerial portfolios and his party’s role in the present all-party government, UML spokesperson Pradeep Nepal today resigned from the party’s Standing Committee (SC).
    Nepal, who had been UML’s SC member for the last nine years, resigned from the post saying that the UML “joined the government against Monday’s decision of the party to remain outside of the government if the ministerial portfolios were not allotted honourably.”

    Differences among the parties surfaced as the NC wanted the deputy of Prime Minister Koirala from the same party while the CPN-UML wanted the second position in the cabinet along with Home and Defence Ministries.

    Meanwhile, Nepal Majdoor Kisan Party, one of the members of the SPA, has decided not to join the present government.

    A meeting of the party’s Central Committee today decided “to remain as a sincere opposition in the reinstated House of Representatives.”

    The party, however, said it would caution the government regularly and would cooperate with it to accomplish its duties.

    Posted on: 2006-05-02 05:15:53 (Server Time)

    Email this page Have your say (0) Comments Print this page

  26. These leaders are boggers . These boggers are now again quarelling for the post and power .These should be punished in front of people .

    Now time has come to lead this country by people ,not by these boggers .These boggers must be kept behind the bar .

    These boggers have so immediately forgottem their promise and committment .

    These boggers have proved the nepali proverb ” Kukurko puchhar barha barsha dungamuni rakeh pani bangai huncha”.

    Why these boggers are not ratifying the important issue like compensation for the martyer’s family , punishment for those who have repressed the people’s movements etc . What reason is precluding them to pass these important issue which they are supposed to pass in the very first day of parliament meeting .

    Let’s punish these boggers !

    By all nepalese who want peace and democracy in Nepal

  27. Nowonwards started the bargaining for chairs and dismentling of their party. Every one can know the intention political leaders. They are again going to repeat the past mistakes.

  28. Aru je Nepal Bandha garnu bhanda,

    New idea is Lauro Julus garnu parcha REPUBLICAN COUNTRY Banaunalai.
    Ukraine ma orange T-shirt lai Orange revolution bhayo then successful revolution.

    NEPAL MA LAURO JULUS TU BAT MATRA HOIN , GHAR GHAR , GUNGLE BAT LIYER JANATA UTHNU PARCHA SATHI HO.

    LAURO JULUS GOOD IDEA.. STUDENT, BUISNESS MAN UTHAYO JANATA HO LAURO LIYER..
    KATI POLICE KO LATHI KHANE, 6000 NEPALI KO TAUKO FUTYO ANDOLAN -2 MA.
    ANDOLAN -3 MA .. YEDI JAI LAGNA PAREMA LAURO CHA CHAI CHA NI…
    LAURO JULUS LIYER ANDOLAN SAFAL BANAYO…

    LETS SUPPORT MOVEMENT OF FUTURE DEMOCRATIC MOVEMENT OF NEPAL

    KASO UMESH JI….
    PUBLISH THIS THING ….

  29. Umesh ji, tapaiko prayas sarai ramro chha. Thank you. Sansad haruko mati kin napheriyako ho? sahidko ragat kher po jane hoki?
    Bharat Keshar singh jastalai World hindu federation bat hataun pardachha. karbahi garnu pardachh.

  30. to be frank i am loosing hope that this parliament in its snail pace will ever be able to deliver the peoples’ conclusions. i am fading up from these politicians and the parliament. instead of running quick and successive session to save time and deliver more, suprisingly they are taking unnessesory brakes! havent they got brakes for more than 4 years, what do they want now.
    and the party leaders? what the hell they are thinking? 18 people died, thousands wounded, now they are after post! common, they are underestimating nepali people! this is not a good indication of the future. i doubt we will get the justice. i am loosing patience! still there is some time to recover otherwise i am afraid these politicians will be of nowhere!

  31. Aaba auta bekti matra hoina, sabai ‘neta haru mathi’ durbyabahar hunchha. Janata ko ragat ko mahatyo nabhune chor haru lai durbyabahar matra hoina, lathi, dhunga sabai hannu parchha. Umesh ji, tyo pradeep nepal ko barema yeso kehi janakari bhaye dinus na. Kura sunda ta ekdam ‘kurshi ko lovi jasto suninchha. Ani darbar ko agent ho bhanne pani sunchhu. ke ho yar, janakari pauna payi anugrahit hune thiye. thanx

  32. Dear Umesh ji,
    take a rest and take care….

    Lets listen SCRIPT LOK GEET song

    BY BHADRI PANGENI-

    JETHO CHORO (SON) KAHA CHA KAHA CHA,
    MAHILO CHORO ARMY MA CHA ,
    SAHILO CHORO ARAB TIR GAKO CHA,
    KANCHO CHORO KARGIL MA LADAN GAKO CHA

    JUN CHORO LA JE GARENI,
    MAI BUDA KO TAUKO KHAKO CHA

    HEY HEY , NEPAL MA BHAKO CHORO SAT BARSA BHAYO GHARMA AYKO CHAIN,
    TEHI CHORAKO PIRLAE GARDA RATBHARI NIDRA LAGEKO CHAIN.

    KUN CHORA KO PACHA LINE JATA PANI CHORAI MARNE HO NI,
    DASHARATH LAI BHANDA APAT AJAI BADI MALAI PARNE BHO,

    ANAYA LE SIMA NAGYO DESHAKO HALAT JHANAI SARHO BHAYO.
    JUN DESHAMA JANMYO HAMI TEHI DESHAMA BACHANA GARHO BHAO.

    NIDROSHI KO RAGATLE GARDA NEPALI KO MATO MUSIYO.

    Thanks
    Political person doesnot listen these song…
    ke garne….
    i am so much frusted….
    no hope..
    lets support new democratic republic of nepal
    Nepal Ama

  33. This is the thing that i’m telleing you all from the very begining… As we know these chor netas from the last 14/15 years cristal clearly. Againg we have done the mistake to choose our netas… See what is hapennin??? As long as these netas alives in nepal, Situation won’t get better… Not only gyane, we have to sweep up these netas from our land.. only after we’ll get release from all the trouble now we are going through… All these old minded and raja bhakti” Netas are not for us(NEPAL & NEpali). They looks for only king and their family… These Nasty netas never kick out Gyane… Coz they worship him… Gyane is their GOD… As you know from the holy book.. So Please find some other new netas to replace these suckin chutiya” netas… who can really kick out Gyane and lead all the nepali and nepal on real path…… Good bless all…

  34. mapani ganatantra badi nai ho, aparad maobadile gareko hosh yaa, gyanendra le gareko hosh, athawa dashau barsha samma mojle satta chalayera ..nepali janatako bhoko petma lathi bajaye kata neta , mantri, natagota, polish, army , sappaiko ekek hisab kitab chukta garnai parcha, aba yesma yo ba tyo bhanera janata party pankti ma basera netaharu ko khasro kutta ma chuplo ghasna jane chaina ..hosiyaar abata pani yo baa tyo bahnera janatalai jhukyayera afno party baliyo banaune natak rachiraheka cha.
    panchayeti tanashahi ka abasesh haru aba chupalagcha ..feri byujhera auncha ..abases haru dhamadham hataudai janu pareko cha..khabardaar bhrastachari haru pani umkina napawosh ..
    jai manbhaye/ japan

  35. Haina ho Umesh G,,
    Yo neta haru ni khai k garchha garchha sarai nai bhayena sabai aafnu swarth matra dekhne raichha ? aba yetro janatako ragat le lyayeko prajatantra ma aba kina tachhad ra machhad garna thaleko ho feri //// malai yo RAMCHANDRA PAUDEL ma chai patakka biswas chhaina aba RAMCHANDRA ji chai mantri bhayepani gyaneko saran parne hola ni haina /// yo ta ratbhari karayo dakshina harayo bhayena ra hami nimukha janatalai ta ?

    Marne janata aba raj garne neta ? …

    Ganatantra jindabad!!!
    gyanetantra murdabaad!!!
    nepali janata jindabaad!!!
    lobhineta murdabaad!!!

    ramchandra paudelko bichar sunera chai malai bhojpure khukuri uthauna man paryo

  36. Umeshjee,

    I heared that Praddep Nepal, standing committee members of UML, has resigned from the post dissatisfying with the party’s decision to participate in government with low portfolio in minisiter. I am looking for the detail news.

  37. aaba neta haru lai nai thik parnu parla jesto chha. Neta haru lai aajhai janata saga dar lage ko chhaina. aaba dhila huna lagi sakyo. Gyanendra le goti chalirako hola. Neta haru aajhai mantri khana ma matra tallin chhan. Neta haru lai aajhai nai thik parnu parchha.

    GANATANTRA JINDABAD

    PRAKASH

  38. aaja malai yeti tala jharera yesto ghatiyaa kisimko gali garna man lageko chha ki k bhanne eeee asatti netaa harulaai …? kukurko puchchhar bhandaa pani chauu gunaa bhai sake harami heru . yesto paristhiti chha nepal ko ahile ki 1 secend ko ta la mathi paryo bhane yesai hunchha bhanna nasakine sthitimaa eee janataa ko buee chadera mathi puryaaeeeyekaaa netaa bhanaudaa haruko ajhai gidee maa gudee na bhariyera pashu kai juni maa chhan …he pashupatinath .. j garchhau aba timro matrai bhar………

  39. hi everyone!
    gyanendra ko direct gaijatra sakiyo, aba usle indirectley rule suru garisakyo. tyo kura parliament ko baithak ma dekhina thali sakyo. dinma 12-15 hours discuss garera jaruri ra progressive decision garnu parne yasto belama foramality ko lagi tyo parliament kam gardai chha, janta selauna thale pachhi gyaneko dababma usko bhatta 65 karod bata 1 arab banauchhan. ani uhi ek saya tin ko khel, uhi mantri ko bhagbanda ko khel. ma ajai sabai swotantra nagarik harulai khulla manch ma pheri arko khabardari sabha garna awan garchhu. yeti thulo ra balidani purna aandolan bata prapta satta lai janta ko lagi upayog garna nasakne ho bhane yi sabai samsad lai pheri khalto ma purnu parchha tudikhelma. khoi krishna pahadi, khoi devendra raj pandey, pls call public mass and demonstration in tudikhel and warn the leaders to hear the voice of nepalese peopl in demonstration. as they give warning to gyanendra, nagarik samaj should give them the list of job and the time to finish, otherwise they should b punished.
    jaya lok tantra
    L N Gautam
    USA

  40. yi neta haru lai aulro le nahane samm chetaune bhayenan.
    12 barsha ramayen padhayo ,SITA kasko joi bhane jastai .. rahechan yi neta haru
    .

  41. Do you think these leaders will go for republic and address the feeling of the people? I don’t think! as Girija prasad already has accepted the existence of the monarchy by taking oath with the king. I can’t understan why these leaders still have simpathy towards monarchy although they have known that monarchy is the main foe of nepali society in terms of democracy and development.They should know that the king had thrown them on to the street and people have placed them back by sacrificing many lives,if they din’t listen to the people they will find themselves in to the grave.lets hope we can say republic nepal very soon.

  42. desh purnata ganatantra ko bato ma lagisakyo.

    tesaile netaharu hosiyaar

    janata ko bhawana mathi khelbad nagara.

    sahid ko sapana lai sakar parne kaam tir laga.

    desh lai ganatantrik banaune mahan karya ma janata ko sath deu.

    natra rajale ghunda tekauna sakne nepali janata le timi neta haru lai ta gaddari garayau bahne charpata muder tudikhel ma hang garidinchah janata le

    ganatantra nepal jindabad
    rajtantra murdabad

  43. Umeshji

    Well done. I appreciate your effort for informing the public about recent happenings in such a quick and fair manner. It does really make difference in our thinking. I was very disappointed by the act of parties yesterday but when I saw today in your site that students have taken out “Khabardari Julus” I am relieved that leaders will not now be tolerated. We need to alert them. Syabas Bidhyarthi Saathi Haru

  44. Umesh ji,
    Lets join people republic democratic movement.
    Peoples knows what are the thing happening from royal palace to singh darbar. they are watch dog. peoples are fed up with the king. people think , king is again going to do conspiracy. Girija and king talked seperately with in five minute inside palace during oath time.
    so people are very skeptical about some political leader.
    like Matrika, Keshar Jang. they were congress and communist chairperson in past era.
    anything can happen anytime…so people are very much curious..
    lets write Nepal Sarkar…
    not Shree Pach.5 in the office..
    NEPAL SARKAR.

    DHOKA NETA BAT HUN Sakcha sajag huwa.

    Lets form goverment with …representative with
    professor, lawer, doctor, journalist, nurse, human rights, democratic political leader, moist, trade union, ethnic groups.

    make a acting constitution…
    then go for constitution assemble..
    make new constitute
    then go for the election for president and pri minister

    Lets support democratic republic movement…in nepal

  45. We definately need to warn the ‘netas’. Thanks to the peple around the singhdurbar. But……. I request to them that Please do that peacefully. Yo andolan pani peaceful movement bat nai bhayeko ho ni. Abako huldanga le hamro Image naramro parchha.

    Tetaharu pani bhujhihala, ragat selayeko chhaina……

  46. Umesh Ji,

    I really thank you so much.You are the only person from Nepal who gives us(in abroad) to have chance to read the news as it is, otherwise I am reallt tired of other so called online news.

    Finally, some people are appearing to tell these abmbitious so called politics.The way of forming government already shows about the character of these politicians, specially KANGRESI RABAYA.

    I remember elction of Morang 1, where Girija Babu was elected once upon a time,the elction time was so horrible at that area, the tandava nritya of Kangresi Gundas was not less than Kamal Thapa’s(in reality cactus)

    Utha Nepali Daju-Bhai, Didi Bahini so that these politicians don’t forget the blood of the Bir Sahid.

    Ramchandra

  47. BIR NAPALESE,DAAJU BHAAI TATHA DEEDI BAHINEE HARU MA KRANTI-KARI LAAL ABHIBAADAN,RASTRA KO PRADHAN MANTRI LE KHULLA MANCH MA AAM SHANGHARSASIL JANATA SAHEET BIR SAHEED KA TASBIR KO AGADI SAPATH GARAHAN GARNU PARCHHA NIRANKUSH TATHA RASTRA BATAI ABAKASH PRAPTA RAAJTANTRA SAMU LIYAKO SAPATH HAAMI LAI HOINA RASTRA LAI NAI DHOKA HO.MR.GIRIJA LAI SINGADARBAR BAATA BAHIRA AAUNA DINU HUDAINA JABA SAMMA RAAJA BAATA LIYAKO SAPATH PHIRHA HUDAINA.

  48. खै उमेश जी नेताहरुको चाल त नीको छैन नी!फेरी पनि उसतै चाल देखिन्छ नी!
    के गर्नू पर्ला फेरी जनताले ? ? ? ? ?

  49. la umesh dai badhai chha hai dami photo rahi chha. aba hamile loktantrik ganatantra nalai hudaina hai sabai uthnu parchha yo ladai ma

    ktm
    student

  50. Umesh ji,

    Thik gardaichan jaanta le bhrasta netaharulai.

    Mero bichar ma aaba yo sarkar ghathan garera 2 hapta bhitra mai yaslai bighatan garera antarim sarkar banaunu parcha jasma daal,maobadi,nagarik samaj, tatha aanya boudhik barga hun.

    Ye neta harulai dherai samaya kursi ma rakhyo bhane desh swaha parchan.

    So, better to go for ganatantra through constitutional assembly.

    Jaya Nepal, Jaya Ganatantra

  51. नेपाली जनताको रातो रगतले लेखिएको यो सुनौलो इतिहासमा कालो दाग लगाउने दुश्प्रयास कसैले नगरोस् ।नेपाल र नेपालीको उज्ज्वल भबिस्यको खतिर रगत बगाउने र ज्यानको आहुती दिने वीर शाहीद को रगतको अपमन नहोस् । सबैले बुझेकै कुरो हो यी नेताहरु कदापी सुध्रने छैनन्, सदैब कुर्सिको पछाडि दौदेर आफ्नो ब्यक्तिगत स्वार्थ पुरा गर्न पाए यीनिहरुलाइ केही चाँहीदैन । अब पनि बुद्धी न आउने हो भने कहिले आउल भनेर आश गर्न सकिन्छ खोइ? कसैले पनि सोचेका थिएनन होला कि यती छिटो परिवर्तन आउँला भनेर, तर नेपालीले गरेर देखाएका छन्, प्रान्को आहुती दिएका छन्, र न यो परिवर्तन आएको छ, खासै भन्ने हो भने नेता हरुको यो आन्दोलन मा कुनै भूमिका नै थिएन । अहिले जब मौका आएको छ, उनिहरु फेरी सिनोको लागि गिद्द लदेको झैं जुध्न थालेक छन्, जुन सुन्दर नेपालको परिकल्पनाक लागि पक्कै पनि बधक हुन सक्छतेसैले नेपाली दाजु भाई हो, अझै लद्ने बेला सकिएको छैन, यी नेताहरुलाई ठीक बनाउन हामी अझै लद्नु पर्छ, ए स्वार्थी लुच्चा नेता हो, अझै पनि चेद्दैनौ भने तिमीहरुको हालत पनि ठीक हुने छैन, ज्ञानेन्द्र त जान्छ जान्छ तिमीहरु पनि पनि उ सँगइ बागमती म सल्लाला बगेर जाने छौ, तेती बेला तिमीहरुलाई राम राम भन्ने पनि कोही हुने छैन ।

  52. hi
    merosansar.com.np
    tapaile diyeka e mitha koseli partii ma atinai abhari chhu ra ma aru pani taja naya khabar yaha bat paune aas gardai kehi bhanai haru rakhkhi rahe ko chhu hami nepali haru angreg matra haina kunai pani anyae ya attechari lai nimothne hamro sidyant chali aayeko chha chahe tyo angreg lai lakhateko hos ya samanti rada haru ya sosak rajtantra hamro yahi chokho pahichan nai aaja sansar ma bir gorkhali bhani chinine hamro chino ho ra teslai dhamilaune jo kohi pani bilaune chhan ra aba pani hamra neta bhanne haru ma chetna na aaye ALLAH BACHAUN ini haru lai

  53. Nepalese are becoming incredibly conscious! This is indeed fantastic development!!

  54. Hello Umesh Ji,
    I think these politicians have not realized their mistakes which they had committed before. They had promised not do such mistakes but whatever they said was all lie. It became very clear from their struggle for the portfolio. It seems that Nepalese people have to do another revolution against the politicians.

  55. Umeshji

    I do not understand why they are staging protest. since government has already decied to go for CA, there is no need for this kind of protest. This is not good indication. Democracy is not mobocracy. Are we heading for anarchy?
    Please explain what is the prupose of demonstration?
    Rajesh

  56. Dear Umesh Jee,

    While I read the appoinment letter of so called ministers after domocracy, I was very angry with leaders who lead the innocent people. Again now, that things may be in appoinment letter. I hope you will alos place the for comming appoinment letters in any way. While leaders are try to escape from the people, the things like today in Singadurbar is minor.

  57. Kya gajab ko prajatantra aayo Nepal ma aaha! Netaharu chahin padkai pachhi matrai lagne, Janata chahin sadhain uniharuko pachhi matrai lagi rahanu parne. Aaja yatika din samma jabo euta Cabinet ta banauna sakdainan sarbasammatko bhane, yiniharu le Deshko jwalanta samasya samadhan garna saklan bhanne kurama janata kasari aaswasta hune? Pheri Janata haru chahin neta harulai aba afain kam garna nadiyera, yeso gar uso gar bhanera kina pachhi lagi rahane bhanya? Kam garenan bhane ta pheri pakre bhai halyo ni pachhi. Yasari pailai pichchhe pachhi lagera pani hunchha kahin? Neta haruma kehi biswas garna sikaun ra yadi pachhi biswasghat garechhan bhane ta pheri suli chadaye bhai halyo ni. Aba afafno kamma lagaun. Sakaratmak sochaun ra sabaile afafno thaun bata garnu parne dharma nibhaun. Aasha garaun neta harule chhito chhito paila chalnechhan.

  58. hi umesh thanks for new update i hope leaders will understand feeling of nepali people of making republic nepal

  59. Really, great ! Still Nepali Congress is not aware of People’s emotion and thought. Hoina, congress kurchiko lagi matra andolan gareko ho ki deshma shanti lyauna. Pashupatinath le Girija lai Sadbuddi Deun !

  60. म पनि गणतन्त्रवादी नै हो । तर गणतन्त्रको नाममा यस्तो काम गर्नु शोभनिय हुदैन । भित्ता कोरेर गणतन्त्र आउदैन, यसले शान्ति र स्थिरताको वातावरण बिगार्छ । आज सिहदरबारमा भएको घटना माओवादीहरूको काम हो कि जस्तो लाग्छ मलाई त । हामि सबै नेपालीले सम्बिधान सभामा जाने भनि सके पाछि आजै किन यस्तो हतार ? नया सम्बिधान बनाएपछि त्यो सालिक फुटाए भैहाल्छ नि । माओवादीहरू अस्थिरता फैलाएर सर्वसाधारणको ध्यान आफूतिर तान्न चाहान्छन् । तर हामि सबैले यो कुरा बुझ्नु जरुरि छ कि तिनिहरु पनि ग्यानेन्द्रे जस्तै बन्दुके हुन् । माओवादीको विगतको अपराधलाई कसैले पनि नबिर्सऔ ।

  61. राम्रो शुरुवात भएको छ । यदी खवरदारीमा अलिकति पनि कमि आउने हो भने राजतन्त्रका तलुवा चाट्ने नेताहले आशिंक रुपमा पाएको जन अधिकार पनि राजदरवार लगेर वुझाउछन् ।
    जिवन

  62. Nepal is going through another turmoil. These all happened due to incapability of our leaders. They know nothing about political management. They are again fighting for power and their own upliftment. I think all these top 15 leaders of all parties should immidiately resign from all posts of their particular party and let give chance to new and fresh leaders.

  63. Good initiation !
    These duplicate representatives do not and can not fight for (complete) democracy. We should have to fight once again. And let the netas know that nepal is ot democracy experiment plot but democracy implemntation country.

  64. Your “my sansar” is great and fastes way to know the news of nepal . I think you will achive the great popularity , if you continue your hardwork.

  65. Good coverage!
    We were watching closely the latest development of nepal. Your are the first to provide this information and congratulations!
    People living outside Nepal specially in the UK are completely in favour of Loktantra, abolition of monarchy. We also condemn the behaviour of the political parties leaders over the issue of cabinet seat allocation.
    This is the time of unity not divison. Again the regressive forces are raising their heads. We were told that there were parties going in the regressive sides, who are still hiding.
    Leaders, Beware! you will also be thrown away and will never be able to come back again like King Gyanendra.

  66. Khabardar Netaharu . Kamal Thapa ani tulsi giri jasto bhagi bhagi hidnu parla . Kukurko puchhar bara barsha dhungrama rakhe pani banga ko bangai hunchha bhanne e neta harule pramanit gare .

  67. यति हुदा पनि लोभी नेताहरुको बत्ति बलेको छैन् ???? यिनीहरुले त कुकुरको पुछर बाह्र वर्ष ढुङरो मा राखेपनि जस्ताको तेस्तै भन्ने कथनलाई चरितार्थ गरेका छन्।

    श्री पशुपतिनाथले यी नेताहरुलाई सत् बुद्धि देउन ।

  68. हैन यो पदलाइ कन्ट्रोल गर्ने कुनै ब्यवस्था बनाउन सकिन्दैन? खालि कुर्सि को लागि नै लडाइ हुन्छ । यो कुर्सि कन्ट्रोल गर्ने चाहि ब्यवस्था हुनुपर्यो ।

  69. balla janata haru le thik garna lage.. ye fataha neta haru lai ta “laat ko bhoot baath sanga mandaina ” bhane jastai lauroo liyera agadi base pachi matra thik thauma auchan..
    bihana mantrimandal ma khichatani bhaneko news padha ta yesto dikka lageko thiyo … aba saachi nai pratek paila ma janata le ee neta haruko kaan samatera hamro anteem lakshya samma puryaunu parcha…
    anteem laksya bhaneko:
    1. sundar santa loktantrik nepal
    athawa
    2. sundar santa gadatantrik nepal

    pasupathi nath le hamra neta lai sadbuddhi diunn…

  70. umashe ji namskar
    aaja singadarbar ma vayako ghatana ma samsad raghuji panta ko bayijati purna vanaila nataharu ko janta prati ko utardaito kam rahichha vane prast hunchha

  71. Hi Umesh jee
    thaknu bhayako hola ,tai pani chhito garne kosis garnu hola hai. we are wating to see those thing.

Comments are closed.