-उत्तमबाबु श्रेष्ठ-
* एसएलसी परीक्षालाई फलामे ढोकाको रुपमा परिभाषित गरेर विद्यार्थीहरुमा एक किसिमको भयको वातावरण सिर्जना गराइएको छ।
* एसएलसी सफलताको मनोवैज्ञानिक कारणले गर्दा, कुनै बेला एउटै कक्षामा सँगै पढ्ने उस्तै उस्तै क्षमता भएका एकजना विद्यार्थी अमेरिकाको सुविधासम्पन्न विश्वविद्यालयमा पढ्ने अनि अर्को खाडी मुलुक वा मलेशियामा चर्को श्रम गर्ने श्रमिक बन्न गएका उदाहरणहरु हामीले यत्रतत्र देखेका छौ।
* बस नै नदेखेको कर्णाली प्रदेशको विद्यार्थी र नर्सरी केजीदेखि नै कम्यूटरको किबोर्डमा छुने अवसर पाएका शहरका विद्यार्थी बीच एउटै पाठ्यक्रम हुनु र एउटै प्रश्नपत्र हुनुलाई कर्णाली जस्ता दुर्गम भेगका विद्यार्थीमाथि राज्यले गरेको अन्याय नभनेर के भन्ने ?
* परीक्षा दस्तुर कै कुरा गर्ने हो भने हुम्लाको जनता मावि र काठमाडौको लिटिल एन्जेल्स मावि पढ्ने विद्यार्थीले एसएलसी परीक्षा दिनको लागि तिर्ने शुल्क उति नै हो तर पाउने सुविधाबाट मात्रै हुम्लाको विद्यार्थी किन वञ्चित – कि त फरक फरक शुल्कको व्यवस्था हुनु पर्यो होइन भने सुविधा बराबर दिन पर्यो। हुम्लाको गरीब परिवारमा जन्मनु नै उसको दोष हो भनेर राज्यले ठानी दिनु दुभाग्य हो।
एसएलसी परीक्षा र यसको नतिजाले नेपालमा हरेक वर्ष देशव्यापी रुपमा एउटा तरंग पैदा गर्दछ। सफल हुनेहरु उज्ज्वल भविष्यप्रति आशावादी हुँदै रमाउँछन्, अनि असफल हुनेहरु निराश हुँदै बिलौना गर्छन्, आत्मविश्वास नहुनेहरु विषको शिशी समाउँछन्। प्रत्येक वर्ष नतिजा प्रकाशन भएपछि आत्महत्याका खबरहरु आउने क्रम चल्छ। त्यसपछि आफूलाई घघ्डान शिक्षाविद् भन्नेहरु, नेपालको समग्र शिक्षा प्रणाली र एसएलसीको परीक्षा प्रणालीको बारेमा एक दुई हप्ता बहस गर्छन्, पत्रिकामा लेख, अन्तर्वार्ता छाप्छन्, शिक्षाका नामी व्यापारीहरु आफ्नो स्कुलको प्रशंसामा ठूलाठूला विज्ञापन छाप्छन्, अनि पदमा बस्नेहरु आगामी वर्ष यसमा व्यापक परिवर्तन गर्ने ठोकुवा गर्छन्। तर आमूल परिवर्तन र सुधारका कुराहरु समयसँगै विस्तारै नेपथ्यमा हराँउछ। अनि फेरि अर्को सालको एसएलसी परीक्षा आउँछ, नतिजा प्रकाशित हुन्छ, आत्महत्या…,बहस…, अर्न्तवार्ता.., विज्ञापन…..,आदि। यसरी यो चक्र नेपालमा चलेको मैले भेउ पाउने भएदेखि नै हो। तर विद्यालय शिक्षाको फलामे ढोका भनिएको एसएलसीको परीक्षा प्रणाली, आधुनिक शिक्षाका दृष्टान्तहरु सामु खिया लागेको ढोकाको रुपमा परिणत भएर ढल्न लाग्दा पनि हामीहरु संवेदनशील हुन सकेका छैनौं।
एसएलसी परीक्षालाई फलामे ढोकाको रुपमा परिभाषित गरेर विद्यार्थीहरुमा एक किसिमको भयको वातावरण सिर्जना गराइएको छ। एसएलसी मात्रै किन – जीवनका हरेक परीक्षाहरु त्यस्तै ढोकाहरु नै हुन्, जसले नयाँ नयाँ अवसरहरु खोल्दछन्। तथाकथित फलामे ढोकाको त्रासले, सफल हुने विद्यार्थीहरुमा अहं पैदा गर्ने र अहंले गर्दा त्यस सफलतालाई निरन्तरता दिन नसक्ने सम्भावना बढाएको हुन्छ भने अर्कातिर परीक्षामा असफल हुने विद्यार्थीहरुमा निराशा र हिनताबोध बढाउँछ। असफल हुनेले अर्को परीक्षा दिनको लागि अनुत्पादक एक वर्ष कुर्नु पर्छ, त्यो समयमा उ स्कुल पनि जान पाँउदैन, जसले गर्दा उसमा पढने भावना बिस्तारै हराउँदै जान्छ र अन्त्यमा उ शैक्षिक क्षेत्रबाट पलायन हुन्छ। एसएलसी सफलताको मनोवैज्ञानिक कारणले गर्दा, कुनै बेला एउटै कक्षामा सँगै पढ्ने उस्तै उस्तै क्षमता भएका एकजना विद्यार्थी अमेरिकाको सुविधासम्पन्न विश्वविद्यालयमा पढ्ने अनि अर्को खाडी मुलुक वा मलेशियामा चर्को श्रम गर्ने श्रमिक बन्न गएका उदाहरणहरु हामीले यत्रतत्र देखेका छौ। गल्ती वा असफलताबाट सिक्दै, त्यसलाई सच्याउँदै, अगाडि बढ्ने अध्ययन अध्यापनको सामान्य सार्वभौम सिद्धान्तविपरीत, हामीले एकपल्ट असफल भएकालाई ओरालो लागेको मृग जस्तो व्यवहार गरिरहेका छौँ।
नेपालजस्तो बहुधार्मीक, बहुसांस्कृतिक, बहुजातिय समाज र अनेकौं प्राकृतिक, भौगोलिक र मौषमी विविधताहरुले भरिपूर्ण र असमान विकास भएको देशमा सम्पूर्ण रुपले एकै किसिमको पाठयक्रम हुनु अत्यन्त अवैज्ञानिक मात्र होइन, विभेदपूर्ण पनि हो। हाम्रो विद्यालयको पाठ्यक्रमहरु हेर्दा, यो सुविधा सम्पन्न ठाँउमा बस्नेहरुको लागि मात्र, बहुसंख्यक धर्म र जातिहरुको लागि मात्र र पैसावालहरुको लागि मात्र अनुकूल जस्तो लाग्छ।
उदाहरणको लागि बस नै नदेखेको कर्णाली प्रदेशको विद्यार्थी र नर्सरी केजीदेखि नै कम्यूटरको किबोर्डमा छुने अवसर पाएका शहरका विद्यार्थी बीच एउटै पाठ्यक्रम हुनु र एउटै प्रश्नपत्र हुनुलाई कर्णाली जस्ता दुर्गम भेगका विद्यार्थीमाथि राज्यले गरेको अन्याय नभनेर के भन्ने ? त्यस्तै वातानुकूलित कक्षामा डनलपमा बसेर पढ्ने र छानो चुहिएको कक्षामा बेञ्च सर्दै पढ्ने विद्यार्थीबीच कसरी समान प्रतिस्पर्धा हुन सक्छ ?
हालको स्थिति हेर्दा नेपालको शिक्षा प्रणालीले घोषित या अघोषित रुपमा दुई खाले विद्यार्थीहरु उत्पादन गर्दैछ। एकथरि सुविधासपन्न निजी विद्यालयमा पढने राम्रा राम्रा अवसरहरु प्राप्त गर्ने र अर्को थरि सुविधाहीन सरकारी विद्यालयहरुमा पढ्ने र अवसरहरुबाट सदैव वञ्चित हुने। गुणस्तरीय शिक्षाको नारा दिएर असमान किसिमको सुविधा, पहुँच र वातावरण भएको ठाँउमा बस्नेहरुलाई समान किसिमले परीक्षामा सामेल गराएर, अनि असफल भएको विद्यार्थीलाई त असफल भइस् भनेर असफलताको टिका लगाई दिनु राज्यले गरेको चरम विभेदको नमुना हो। राज्यले दुर्गम गाँउका विद्यालयहरु प्रतिको यस्तो रवैयाले गर्दा नै हरेक पटक दुर्गम ठाँउका सरकारी विद्यालयका विद्यार्थीहरु बढी संख्यामा अनुर्तीण भएका हुन्। साथै पाठयक्रम भनेको समय र समाज अनुकूल हुनुपर्दछ र त्यस अनुसार परिवर्तन गर्नुपर्दछ। परीक्षा संचालन प्रक्रिया पनि ठाँउ, अनुकुलता र सुविधा अनुसार फरक फरक समयमा गर्नु पर्दछ। त्यसकारण अहिलेको एसएलसी परीक्षा र हाम्रो विद्यालय शिक्षालाई हेर्ने हो भने, यसले समाजमा असमानताको खाडल बढाउने काम मात्रै गरेको छ।
उदाहरणको लागि यसपाली नतिजा प्रकाशनको विधिलाई नै लिँउ, जुन विगतको भन्दा परिस्कृत भनिएको छ। यसपाली नतिजा इन्टरनेटमा हेर्न सकिन्छ, मोबाइल र टेलिफोनमा पनि सुन्न सकिन्छ र गोरखापत्रबाहेक अन्य पत्रिकाहरुले पनि छापेका छन्, तर बिजुली र टेलिफोन नपुगेको नेपाल कुनै गाँउको डम्बरबहादुरले आफ्नो नम्बर इन्टरनेटमा कसरी खोज्न सक्छ – यहाँ मैले यो परिवर्तनलाई नकारात्मक रुपमा लिएको होइन, प्रविधिहरुको भरपुर प्रयोग हुनु पर्छ यसमा विमति हुनै सक्दैन। तर सेवासुविधा नपुगेको त्यस्ता ठाँउका विद्यार्थीहरुले पनि आफ्नो नतिजा चाँडो हेर्ने व्यवस्था गरिनु पर्दछ। त्यस्ता अनकन्टार ठाँउहरुमा स्थानीय रेडियो र एफएममार्फत् त्यहाँका विद्यालयको विद्यार्थीहरुको नम्बरहरु मात्र छानेर नम्बर भन्न लगाउन सकिन्थ्यो कि। त्यसतर्फ पहल किन गरिँदैन – परीक्षा दस्तुर कै कुरा गर्ने हो भने हुम्लाको जनता मावि र काठमाडौको लिटिल एन्जेल्स मावि पढ्ने विद्यार्थीले एसएलसी परीक्षा दिनको लागि तिर्ने शुल्क उति नै हो तर पाउने सुविधाबाट मात्रै हुम्लाको विद्यार्थी किन वञ्चित – कि त फरक फरक शुल्कको व्यवस्था हुनु पर्यो होइन भने सुविधा बराबर दिन पर्यो। हुम्लाको गरीब परिवारमा जन्मनु नै उसको दोष हो भनेर राज्यले ठानी दिनु दुभाग्य हो। राज्यले सबै नागरिकलाई समान व्यवहार गर्नु पर्दछ। यसरी विभेदकारी निति राज्यले अपनाएको कारणले ती कलिला स्कूलका नानीहरु माओवादीहरुको आश्वासनको अगाडि आफ्नो अन्योलग्रस्त भविष्य खोज्न ज्यानको वाजी थापेर लागेका होइन र –
अन्यमा, अहिले शान्ति र विकासका सपनाहरु देख्न थालिएको छ। देशलाई यति वर्षभित्रमा अमुक मुलुक बनाउने भनेर भन्न थालिएको छ। तर शान्ति, लोकतन्त्र र विकासको लागि शिक्षा अनिवार्य सर्त हो। हामीले भोलिको विकसित नेपालको परिकल्पना गर्ने हो भने शिक्षामा लगानी गर्नै पर्छ,। अस्तव्यस्त नेपालको शिक्षा प्रणालीमा आमूल परिवर्तन गर्नै पर्छ। देशको सामु यतिखेर एकातिर आधारभुत शिक्षालाई सर्वसुलभ बनाएर अधिकांश अशिक्षित जनसंख्यालाई शिक्षित बनाउनु पर्ने चुनौति छ भने अर्को तर्फ शिक्षालाई वैज्ञानिक, व्यवहारिक, सीपमूलक र प्रविधियुक्त बनाई नेपालको जनशक्तिलाई अन्तराष्ट्रिय गुणस्तरको बनाउनु छ। त्यसको लागि वर्तमान शिक्षा प्रणालीका तमाम विकृति र विसंगति हटाउनको लागि लोकतन्त्र पछि बन्ने सरकारहरु कठोर हुनै पर्दछ। सबै पक्षलाई खुसी राख्छु भन्ने काइते तरिकाबाट त्यो संभव हुदैन, सामाजिक न्यायको सिदान्त अनुरुप गुणस्तरीय शिक्षा सबैको पहुँचभित्र हुनुपर्छ र विभेदको अन्य गरिनु पर्दछ। त्यसो भएमा मात्र आगामी दिनहरुमा परीक्षाको नतिजाले निम्त्याउने यस्ता आत्महत्याका खबरहरु सुन्न पर्ने छैन।
[पाहुना ब्लगर अमेरिकामा अध्ययनरत विद्यार्थी हुनुहुन्छ]
Both the article and the comment by Khus are very nice. Keep on writting.
mr uttam,thanks to u .i will supprot your tofics.
SLC पारीक्षालाई खिया लागेको भन्न त मिल्छ होला, तर तपाईंको बिचारमा स्वभाविक analysis भन्दा frustration बढी देख्छु । शायद तपाईंको आफ्नै कारण होला ।
संसारमा बिकशित देशहरुमा पनि high school को अन्तमा कुनै न कुनै परिकारको “फलामे ढोका” हुन्छ, पार गर्नेहरु को लागि देश-बिदेशका बिश्वबिद्यालयका ढोका खुल्छन्, पार नगर्नेहरुको लागि सानातिना श्रमिक काम (पैतृक सम्पत्ति नभएकाहरुलाई) । यस्तो परिक्षा भएको नेपाल एक्लौटे देश होईन । युनिभर्सिटी जान नसकेर आत्महत्या गर्नेहरुको सँख्या पनि नेपालमा भन्दा अन्य देशमा बढि छ। बिकशित देशका “फलामे ढोका” पार गर्न नसक्नेहरु आफ्नैं देशमा पारिश्रमिक काम गर्छन्, तर नेपालीहरु बिदेश जान्छन्, फरक त्यति नै मात्र हो । competition जहाँ पनि हुन्छ, र राम्रो पनि हो । SLC लाई “फलामे ढोका” भन्नुमा केहि problem देख्दिन म ।
हो, सबैलाई पास गराउन सके त राम्रो हुन्थ्यो, तर तपाईंलाई सोध्न चाहन्छु: फरक प्रश्नपत्रको माध्यमद्बारा सजिलो सँग पास गराउनु बढी important हो कि पढाईको स्तर बढाएर सबैलाई बराबर capable बनाउनु? अहिले नेपाली र अँग्रेजी माध्यममा पढाई हुन्छ, र तपाईंलाई थाहा नै हुनु पर्छ नेपाली माध्यममा पढेका विद्यार्थीहरुलाई कलेज वा युनिभर्सिटी प्रबेश गर्न असंभवनै भने हुन्छ । के, उनिहरुको लागि सजिलो प्रश्नपत्र बनाउँदैमा समस्याको समाधान हुन्छ त?
अनि कुरा आयो परिक्षाफल छिटो गाउँ गाउँ पुर्याउने बारे – तपाईंले हेर्नु भएकोछ कति प्रतिशत विद्यार्थी पास हुन्छन गाउँहरुबाट? परिक्षाफल दुई हप्ता ढिलो पुग्नु नराम्रो हो कि पास गर्न नसक्नु? दुर्गम क्षेत्र सम्म नै पुग्नु पर्दैन – काठमाडौं भित्र नै हेर्नुस सरकारी बिद्यालयहरुको नतिजा । चक्रपथ बाहिरका कतिपय बिद्यालयबाट १० बर्षमा २~३जना मात्र पास हुन्छन त्यो पनि तेस्रो श्रेणीमा । शिक्षण प्राणाली र पाठ्यक्रम समाज अनुकुल कसरी बनाउने त? के, अहिलेको भन्दा तल झार्ने? परिक्षाफल छिटो पुर्याउनु भन्दा पनि पढाइको स्तर बढाउनु पो जरुरी छ । बिध्यालयहरुमा गतिलो शिक्षकरुको जरुरी छ । कम्प्युटर र इन्टरनेट भन्दा पनि गाउँका विद्यार्थीहरुलाई राति पढ्न बिजुली नि पहिले पुर्याउनु पर्यो नि !
कुरा उठाउनु छ त शिक्षण गुणस्तरको बारे मा कुरा उठाउनु बढी जरुरी छ । पञ्चायत ताका model सरकारी बिद्यालयको रुपमा किर्तिपुरमा Laboratory School र काठमाडौंमा बुढानिलकण्ठ स्कुल खडा गरियो, तर त्यस् पछी केही भएन । १९९० पछी Private बिद्यालयहरु च्याउ उम्रेझैं बढे, तर सरकारी स्कुलमा केही उन्नती देखिएन ।
अनि अर्को एउटा एकदमै जरुरी issue हो: SLC १२ कक्षा पछी मात्र लिनु पर्छ । तपाईंले भन्नु भयो कि कोही अमेरिका गए, कोही खाडी र मलेशिया पुगे । १० कक्षा उतिर्न भएकालाई कसैले high school पास गरेको मान्यता दिंदैन ।
दश कक्षा सम्म मात्र पास गरेका, त्यो पनि नेपाली माध्यममा, कसरी अमेरिका पुग्न सक्छन? अमेरिकाको त कुरै नगरौं, नेपाल भित्रै selected बिषयमा बाहेक Intermediate Level पनि पढ्न सक्दैनन । अनि भन्नुस्, फरक फरक प्राणालीको प्रयोगले विद्यार्थीलाई कसरी मदत गर्न सक्छ?
Uttam jee,
Nice article. You have raised all the valid points. In fact, these issues are being raised, mainly by pro-communist student organisatoins, for years but nothing has changed. In my view, these organisations could do much in minimising the gap between Kathmandu and rest of the country in terms of education but, sadly, they have proved nothing more than cronies of party leaders. It seems it will take decades before real change comes in this country because the rot in our politics is too great to be cleared in years.
Sushmita.
The topic is very popular topic and is very timely. The author has shown the problems in our education system. But he has failed to show alternatives. I am not an educationist but it looks to me the situation will remain same. There are also good schools in the government sector. But there are no incentives for such schools. For example in a Govt. school a certain good teacher gets paid no more than a teacher who works full time for a certain political party and gets salary from the school.
We used to hear now and then the nationalization of Private schools. But this is not going to solve the problem either. To those who have resources will send their kids in India if not western countries. Again a kid can not compete with one who is studying abroad. Moreover in such cases the number of kids getting a good education will be limited to only a few thousands. At least now a few hundred thousands are able to get better education in the private schools.
Perhaps long term solution includes:
1. Nepal Government should continue to invest more.
2. Give incentives to professional teachers and schools.
3. Free and compulsory education with free afternoon meals
4. Private schools compulsorily provide certain number of full scholarships to the kids from backward region, backward classes etc.
उत्तम बाबु जी को कुरा त ठिकै हो तर शायद उँहले पनि त्यही फलामको ढोका पार गर्नु भएको होला (खिया लागेको) कि कसो?
I would have been a better person and more good one if I Had never been to the school.Due to this freaking education I wasted so many of my years doing some stupid shit from the book that I never wanted to learn. Now they say that I went to a school in some shity part of the country so it is worth less. I had different SLC exam. Supposedly easier one. But it sucked my ass all the way up. Those kids in kathmandu gave the same exam and supposedly difficult one.. They can get job because they have the better education. I can never get a good job or do anything with this studies. So why I went to school? TO BECOME MORE STUPID.
Trying to creat easier exam for unpreviledge ones just gone a backfire them in long term. Don’t be stupid to pull student out and segregate them as inferior or anything. Let them have a good education.
Why can’t a shit in Nepal think about making more investment in education. Making the hiring of teachers and maintaining the current teachers.
They always think of stupid shit like this. Make sure you better start thinking before making any decision.
हुँदैन हुँदैन उत्तमजी, हाम्रो मुलुकमा केही हुने वाला छैन । तपाइँ हाम्रा चिन्ता र लेखले कसेको भुँडीभित्र घाम लगाउने वाला छैन।
विद्यार्थी त भित्ता रङ्गाउन, ढुङ्गा हान्न , रेलिङ भाँच्न र एक अर्कालाई देश
बेचुवा र गद्दार भनेर लडभिड गर्न चाहिएन र , अनि त्यसो नगरे कसले गरिदिने हो देसको राजनीति?
त्यो ‘कर्णाली’ त अब उही शानेबानीको विमानको नामलाई सम्झेर विकास भयो भने मात्र , नत्र यो जरा कुहेको, काण्डभरि धमीराको गूँडले खाएको र हाँगापात सबै झरिसकेको सिस्टम भएको मुलुकमा असल कुराको शुरुवात कहाँबाट गर्ने हो , होला कसैसंग यसका बारेमा केही भिजन ?
अनि देश भनेको अमूक पार्टिका लठैतहरु र जनता भनेका तत् तत् पार्टिका असहिष्णु समर्थकहरू ले मात्र बनेको छ भन्ने मात्र जानेका राजनैतिक शक्तिले बसोवास अनि राजनीति गर्ने यो मुलुकमा कताबाट आउँछ हँ मुलुकलाई माथि उकास्ने कुरा ?
हेर्नुस अहिले एस एल सी को मौसम छ हामी शिक्षा क्षेत्रको विकासका बारेमा चिन्तित छौँ । हो हुन पनि देश विकासको मेरुदण्ड देशको शिक्षाको विकासले बनेको हुन्छ तर यो देशको कुनै यस्तो क्षेत्र छैन जुन गएगुज्रेको स्तरबाट उठेर सबल बनेको देखियोस । कहाँबाट गर्ने हो राम्रो कुराको शुरुवात ?
अनि हामी त प्राग पाषाण ( ढुङ्गे) युग मा नै छौँ जहाँ एउटा लहडी राजा घरी घरि आफ्ना पूर्खाले आर्जेको मुलुक भन्दै यसमाथि आफ्नो अधिकार जनाउन खोज्छ र अर्काथरिहरु मान्छेको सबैभन्दा आधारभूत वाँच्न पाउने अधिकार माथि क्षण क्षणमा यमराजको पास बोकेर अधिकार जनाउन आइपुग्छन । यो देशमा जनताको कर खाएर वाँच्नेहरु जनतालाई धूलो समान ठान्दैनन र यो देशमा जनताका रक्षक कहलाइनेहरु बाट नै जनतालाई सबैभन्दा बढी डर छ , यो देश जहाँ जनताका प्रतिनिधि र जनताको सेवा गर्ने बन्नेहरुबाट नै जनतालाई सबैभन्दा ठूलो सन्त्रास छ र जनताको युद्द लड्ने जनसेना नामको जिनिसबाट आफ्नो अन्नपात लुकाएर जोगाउन र परिवारको पालनपोषण गर्न जनता वाध्य छ ।
अनि कसलाई दिने हो हामीले यसो गर्नु पर्छ र उसो गर्नु पर्छ भन्ने उपदेश? कसले सु्न्ने वाला छ हाम्रो असल प्रतिको कामना ? कसले पालना गर्नेछ यो सबैकुरा यो ‘ लथालिङ्ग देशको भताबुङ्ग चाला ” भएको ठाउँमा ? जहाँ वाँच्ने र खान पाउने अधिकार त सुरक्षित छैनन त्यहाँ अरुकुरामा के प्रश्न उठाउनु?
dherai ramro comment manisha didi ko, badhai chha
Uttam
Dear Mahesh Jee
YOu can bring several issues here from other newsline which give you more time think and bring several issues.
पढालेखा महिलाको राजधानीमा गाईपालन
राजेन्द्र फुयाल
काठमाडौं, असार २४ – पढेलेखेपछि के गर्ने ? हाम्रो समाजमा अधिकांशको उत्तर हुनसक्छ- राम्रो जागिर खाने । तर यस्तो मानसिकता बोकेकाका लागि शिक्षा बनेकी छन्, अनामनगरकी मीना कटुवाल बुढाथोकी । स्नातकसम्म अध्ययन गरेकी मीनाले राम्रो जागिर खोज्न ध्यानै दिइनन् । बरु गाईपालन व्यवसाय रोजेर परिश्रम गर्नेहरूका लागि जीविका चलाउन गाह्रो छैन भन्ने उदाहरण बनिन् ।
धोवीखोला किनारस्थित उनको गोठमा १० मध्ये ८ गाई दुहुना
छन् । तिनैका भरमा सिंहदरबार पूर्वी गेटअगाडि डेरी पनि खोलेकी छन् । दुई वर्षअघि १५ हजार रुपैयाँमा एउटा गाई किनेर व्यवसाय सुरु गरेको बताउने मीना अहिले महिनाको ३० हजार आम्दानी भइरहेको गर्वसाथ सुनाउँछिन् ।
निजामती सेवामा अधिकृतस्तरका पतिले जागिर खोज्न प्रोत्साहन गरिरहन्थे उनलाई तर रुचाइनन् । ‘उहाँको गाईपालनप्रति रुचि नै थिएन,’ उनले भनिन्- ‘तर मलाई कडा परिश्रम मन पर्ने भएकाले आफैं कस्सिएँ ।’ पतिको तलबले घर चलाउन र दुई छोरा पढाउन समस्या परेपछि मीनाले ऋण काडेर गाई किनेकी थिइन् । अहिले छोराहरूलाई बोर्डिङ पढाएकी छन् । नाफाबाटै लाख रुपैयाँको लगानीमा डेरी पनि खोलेकी छन् ।
मासिक दुई हजार दुई सय गोठ भाडा र दैनिक २५ किलो चोक्कर गाईको खर्च हो । बजारमा फलिएका तरकारीका पात बटुल्नु र घाँस काटदैमा उनको दिन बित्छ । ‘पराल धेरै महँगो पर्छ,’ उनी भन्छिन्- ‘कहिले त राति ९-१० बजेसम्म घाँस काट्छु ।’
उनलाई दूध बेच्न भने समस्या छैन । शुद्ध दूध किन्न ग्राहकहरू गोठमै लाइन लाग्छन् । त्रिपुरेश्वर, बानेश्वरदेखि कालोपुलसम्मका ग्राहक गोठमै आउँछन् । ‘दुहुँदादुहुँदैको शुद्ध पाइन्छ,’ नियमित ग्राहकमध्येका राजेन्द्र चौलागाईंले भने- ‘कहिलेकाहीं आफैं दुहेर पनि लैजान्छु ।’
गोठबाटै दैनिक झन्डै ८० लिटर दूध बिक्छ । बाँकी डेरीबाट बेेच्ने गरेकी छन् । ‘डेरीमा आफ्नै उत्पादनले पुग्ने गरी गाई थप्ने सोचाइछ,’ मीनाले योजना बताइन् ।
पशुपालनबारे धेरै ज्ञान नहुँदा भने उनलाई कहिलेकाहीं आपत् पर्छ । गाई बिरामी पर्दा रातबिरात स्वास्थ्यकर्मी डाक्नु पर्दा साह्रै दुःख हुने उनी बताउँछिन् । ‘तालिम अभावले सामान्य रोगका लागि पनि डाक्टर लिन दौडनुपर्छ,’ उनको दुखेसो छ ।
वातावरण संरक्षणका लागि गाईको मल सार्वजनिक बगैंचालाई दिने सोचाइ छ उनको । ‘पैसा कमाएर घर बनाउन पछिका पुस्ताले पनि सक्छन्,’ उनी भन्छिन्- ‘तर हामीलाई सास फेर्न नभई नहुने बिरुवा ठूलो हुन वर्षौं लाग्छ भनेर बगैंचालाई मल दिन खोजेकी हुँ ।’
उनी सामाजिक काममा पनि उत्तिकै चाख राख्छिन् । पति जागिरका क्रममा पोखरा बसेका बेला सडक बालकहरू संगठित गरेर पढाएको सम्झँदा उनलाई अहिले पनि आनन्द लाग्छ । ‘अहिले पनि फुर्सदमा बाल पत्रिका बोकेर उनीहरूलाई पढाउने गर्छु ।’
अधिकांश समय गाईको रेखदेखमा बिते पनि उनलाई देशको भविष्य र राजनीतिप्रति चासो छ । जनआन्दोलन- २ का बेला घाँस काट्न छोडेर उनी जुलुसमा जाने गर्थिन् । ‘दुई-तीन सयमा पाइने पराल एक हजारसम्ममा किनेर पनि आन्दोलनभरि घाँस काट्न गइनँ,’ उनले भनिन् ।
गाईगोठमा काम गर्दा उनलाई ऋण दिनेहरू अहिलेको कमाइबाट डाह गर्छन् । ‘म यही काम
गरिरहन्छु, धेरैले गोठमा काम गर्ने मान्छे भन्छन्,’ उनको दुखेसो छ- ‘पहिले तपाईं/हजुर भन्नेहरू घाँसपात गएको देखेपछि तँ भन्न थाल्छन् ।’
तर अरूले के भन्छन् भन्नेसँग उनलाई खास सरोकार छैन । ‘श्रीमानको कमाइमा तडकभडक गर्ने श्रीमतीहरू भ्रष्टाचार गर्न प्रेरित गर्छन्,’ उनले भनिन्- ‘सदाचारमा बस्न कडा परिश्रम गर्नैपर्छ नि !’
पढाई सम्बन्धी नै लेख भएको ले http://www.sangalo.be मा कल्पना जि ले लेख्नु भएको कबिता
ल फसाद ……।
कल्पना शर्मा भट्टराई
लन्डन युके
पढ्नु सम्म पढें मैले सढ्नु सम्म सढें
अग्लो भर्याङ् चढ्न खोज्दा फेदिमानै लडें ।
कहिले पिउछु ब्ल्याक लेबल कहिले रेड लेबल
कापि किताब टेबल मुनि वियरले भरिन्छ टेबल ।
अंग्रेजीमा चार आयो नेपालीमा पांच आयो
लौन मैले पढ्या छैन फेरी मेरो जांच आयो ।
अब के गरौं
तातो पानी गोडा धुन चिसो पानी पिउन,
दुलहा जान्छ दुलही लिन जन्ति जान्छन् किन?
त्यति पनि थाहा छैन???? भोज खान ।
तातो सूर्य बाट हुन्छ , तड्पिनु धर्तिलाई पर्छ
प्रेम आंखा बाट हुन्छ , तड्पिनु मनलाई पर्छ
कठैबरी ॥
Umesh ji
I really feel very glad when i read your news. The above news is really truth. So government should solve such kind of problems as soon as possible. There are lots of shining stars in remote villages. They just need is oppertunity. So why don’t we be together and give lesson to government about this matter. Come on friends lets catch our hands together and go ahead.
Suman
Belgium
Dear Umeshji,
This really a critical issue for the adolescent of our country. More than 120000 (54%) youths who appeared in SLC failed needs to be failed is really a matter of great concern. There is great flaw and disparity in the education system in our country. It needs to be discussed and highlighted. So I suggest this blog host a discussion forum and forward the proceeding to concerned authority including PM and Prachanda for immediate attention and reform so that no youth suffer the same in future like this and previous years.
Uttam ji,
You have raised many valid issues but Have you seen rural parts of Nepal or USA? ’cause most of our national planners are educated in Western world and have not seen any part of rural Nepal. They only talk like Americans.They are more emotional less practical. They want to change Nepal into USA not into advanced Nepal. Rest of it is what we have seen in Nepal.
Thanks for raising the issues.
कसरी लामोसमय सत्तामा टिक्ने ।कसरी पैसा कमेएर भोली हुने चुनाव जित्ने ।
आदी बिषयमा मात्रसरकार मा बस्ने हरु सोचिरछन ।म ठोकेर भन्न सक्छु,सुधार तिर कसै को चिन्तान छैन ।नत्र एत्रो लोकतान्त्र आयो ।जुन अफिस् जानुस् उहि ढिला सुस्ति,चाकारी ,भन्सुन्,धान्दली यस्तै छ ।
यस्तोमा सिक्छामा सुधार धेरै परको कुरा छ ।त्यसमा पनि एस् यल सि लाई लाई लेखक ले भनेजस्तो फरक ,फरक तरिका बाट लिने हो भने त,एस् एल सि नै बिभिन्न किसिम्को हुन जान्छ ।जागिरदिने ले भोली फेरी काठमाडौं कै एस् एल सि खोज्न थाल्छन ।झन ठुलो समस्या थपिन्छ कि कसो ? ? ? ?
Uttamji,u have written excellent article on the current education system of Nepal.I think this article must have given a big blow to the policy maker of education field in Nepal.U have done a great job for ur country through this article.I hope more articles from u on these kind of similar issues which may boost our polticians and policy makers.Bye.
Very good Idea Uttam Bhai ko,i like it very much.
Manisha
Utam bro,
so, what is the solution?
we need to bring lot of change, please keep writing.
i like the way you express, you view..
good one..
thanks
Yes, we need to change our education system,
Should be semester system
And should be free education through 10th grade.
uttam jee, tapai ko lekh ma 100% sahamati ka sath, yo tital print garera samsad bhaban ma ra party karyalay ma pathauna ko lagi umesh jee sanga anurodh garchhu.
umesh jee,
ati gahiro kura liyera aunu bhayeko rahechha. yo sabai ko chaso ko bisaye ho. yesma chhal fal hunu ra sudhar hunu ati jaruri chha.
from spain
You are bringing a very correct issue here. This is the kind of issue I like to see. Thank you very much. I agree with you.
Everest Poudel