उमेश जी नमस्कार,
तपाईँको सूचना पढ्ने वित्तीकै मैले यो लेख्न शुरू गरेको हँ। मलाई लाग्यो जीवनमा कतिपय कुराहरूले निराश पार्छ, कतिपय कुराहरूले खुशि। तपाईँलाई सञ्चो नहुनुको एक कारण तपाईँको मनमा धेरै कुराहरू खेलेर हुन सक्छ भन्ने मेरो अनुमान हो। त्यसैले कहिले काँही स्वार्थी बन्न सिक्नु पर्छ। ‘जे हुन्छ भइराखोस्, जे होला राम्रो होला’ भनेर आराम गर्नुहोस्। सिघ्र स्वास्थ्य लाभको कामना
दीपक
कतिपय मानिसहरू जीवन सकारात्मक हुनु पर्छ भनेर भन्छन्। अझ भनु भने, सकारात्मक सोचाइको वकालत गर्छन्, यसका लागि अर्ति दिन्छन् अनि आशावादी बन्न सिकाउँछन्। सबै कुरा राम्रो लाग्छ, सत्य हो जस्तो लाग्छ र सोहि बाटो पछ्याउन खोज्छु। तर, व्यवहारिक जीवनमा यस्तो चल्दैन। नचाहँदा नचाहँदै पनि यस्तो हुन सक्तैन। असन्तुष्टि, गुनासा, निराशा, ग्लानी, रीस सबै-सबै नराम्रा पक्षहरू देखा पर्छन्, म भित्र। अनि आशा होइन निराशा छाउँछ, विश्वास होइन अविश्वास छाउँछ, सबै-सबै माथि शंङ्का लाग्छ, उजाड-उजाड र विरानो लाग्छ।
खासगरी राजनीतिमा देखिएको कच्चा निर्णय र पक्का नाटकहरूले धेरैलाई निराश पारेको छ र मलाई पनि। (शायद हाम्रो उमेशजीलाई पनि)
संसद किन चाहिन्छ मलाई थाहा छैन। संसद हुँदैमा के त्यस्तो पहाड खस्छ त्यो पनि म भन्न सक्दिन। आन्दोलन केका लागि, कस्का निम्ति गरिएको थियो त्यो पनि म भन्न सक्दिन। तर, म जस्तै धेरै मान्छेले यो देशमा परिवर्तन चाहेका थिए र परिवर्तनको आशा अझै पनि गरिरहेका छन्।
नेपाली जनताले खोजेको परिवर्तन के हो? नेताहरूलाई थाहा छैन, जनतालाई पनि थाहा छैन। तर जनताहरूले परिवर्तन भएको महशुस गर्न पाउनु पर्यो। यो उनीहरूको हकको कुरा हो। त्यस्तो हुन सकेको छैन। नेपाली जनताले १९ दिनसम्म किन लडे? माओवादी र नेपाली सेनाहरूले अन्याय-अत्याचार गर्दा, नेताहरूले राम्रो काम गर्न नसक्दा र तानाशाहको उत्पत्ति हुँदा पनि नेपाली जनता किन चुप लागेर बसे? किन अझै पनि उनीहरू सबै मिलेर काम गरून् भन्ने चाहिरहेका छन् र किन उनीहरू हिजो भइरहेको अन्यायका लागि बदला लिनु भन्दा पनि देशमा शान्ति छाओस्, विकास होस् भनेर कामना गरिरहेका छन्? प्रश्नहरू धरै छन् तर उत्तर न त मसँग छ न त तपाईँसँग नै।
के शाही सेनालाई नेपाली सेना बनाउनलाई आन्दोलन भएको थियो? के श्री ५ को सरकारलाई परिवर्तन गरी नेपाल सरकार बनाउनलाई २१ जनाले आफ्नो जीवन खेर फालेको हो? के राजाका आसेपासेहरूलाई आयोगमा बोलाएर बयान लिने र राजालाई जस्ताको तस्तै राख्नका लागि १५ हजार नेपालीले ले ज्यान गुमाएका हुन्?
वयान दिन आयोग उपस्थित हुने फटाहाहरूले २१ जनाको ज्यान लिएको जिम्मेवारी लिने तर १३००० को ज्यान गएको जिम्मा कसले लिने भनेर प्रश्न गर्दैछन्। नालायक नेताहरू सूर्यबहादुर थापाको भाषणमा थपडी बजाएर बसी रहेका छन्। भन्नु पर्दैन, तिमीहरूले संविधान शभा नदिएकाले १५ हजार नेपालीको ज्यान गएको हो त्यसैले यसको जिम्मेवारी तिमीहरूले लिनु पर्छ। भन्न सक्नु पर्दैन, तिमीहरूले हतियार किन्दा आउने कमिशनका कारण युद्ध भइरह्यो र नेपालीको ज्यान गयो, त्यसैले यसको जिम्मेवारी पनि तिमीहरूले लिनु पर्छ। भन्न सक्नु पर्दैन, तिमीहरूले केही परिवार र वंशको सोख, सुविधा र सुरक्षाका लागि सारा नेपालीलाई बलीमा चढायौ? भन्न सक्नु पर्दैन, तिमीहरूले २००७ सालभन्दा अगाडिदेखि मान्छे मार्दै आएका छौ र त्यो अहिले पनि मार्दैछौ र यसका निम्ति तिमीहरूले गर्व गर्ने गर्छौ त्यसैकारणले युद्ध रोकिएन भनेर? भन्न सक्नु पर्दैन, तिमीहरूले २३७ वर्षदेखि जुन नीतिनियम बनाएर राज गरेका छौ त्यसले नेपालमा एकै वर्षमा २०औं हजार मान्छे मरिरहेका छन् भनेर।
तिमीहरूले १०४ वर्ष (राणाकालमा) र पछि ३० वर्ष सम्म (पञ्चायतकालमा) लुटेर लगेका सम्पत्तीहरू मात्र भए पनि यति धेरै नेपालीहरूले अनिकालमा मर्नु पर्ने थिएन, भोखमरी, गरीवीमा मर्नु पर्ने थिएन। वाढीका कारण, स्वास्थ्यका कारण मर्नु पर्ने थिएन। नेताहरूले हिम्मत गर्नु पर्दैन यस्ता कुराहरू भन्न? तर कुरा अलि गहिरो छ, नेताहरू पनि यी सामन्तीसंस्कार सिक्दैछन्, उनीहरूसँग संगत गर्दैछन् र उनीहरूकै भाषा बोल्दैछन् अनि उनीहरूकै देखासिखी गर्दैछन्।
गिरीजाले सेरोमोनियल किङ्ग हुनुपर्छ भन्दा संसदमा कुरा उठाउन पनि नसक्ने नामर्दहरूले संसद खारेजको निर्णय गर्यो भनेर कृष्ण सिटौलाको राजीनामा माग्छन्। हिजो राजाले संसद खाइदिँदा राजाको विरूद्धमा उत्रन नसक्नेहरू, आन्दोलनका वेला गल्फ खेल्न जानेहरू आज संसद बचाउनु पर्छ भनेर लागि परेका छन्। संसद केका लागि बचाउने हो? कार्यालयका नाम फेर्नका लागि? भत्ता खानका लागि? अथवा कुनै प्रतिवेदनमा यो शब्द ह्रष्व हुनु पर्नेमा दीर्घ भएछ भनेर झगडा गर्नका लागि? केही हुतिहाराहरू संसदले क्रान्तिकारी काम गरेको छ, त्यसैले यसलाई जोगाउनु पर्छ भनिरहेका छन्। संसदले क्रान्तिकारी काम गर्न सक्ने भए, हिजोका संसदले सुत्केरी भत्ता बाँड्ने र पजेरो किन्ने बाहेक किन अरू क्रान्तिकारी काम नगरी बसेको? त्यसैले आज जे काम भइरहेको छ त्यो संसदले गरेको काम नै होइन। जनता फेरि उठ्ला भनेर जनता झुक्याउनका लागि केही नेताहरूको कर-कापमा यो काम गरेजस्तो गरिएको हो र झारा टारिएको हो जसको कार्यान्वयन हुँदैन। मैले पहिले पनि भनेको थिएँ, सम्झौताबाट कही पनि ठूला-ठूला परिवर्तनहरू हुँदैन। कुरा वा भाषणबाट कुनै पनि क्रान्तिकारी काम हुन सक्दैनन्। कुरा र भाषणले हुने हो भने एमाले जस्तो क्रान्तिकारी पार्टी नेपालमा अर्को छैन। यस्ता कुराहरू व्यवहारमा देखिनु पर्छ। तर व्यवहार हेर्यो भने केपी ओलीलाई आर्मीको मान्छेले छाता ओडाएको देख्नु पर्छ र त्यसको समर्थनमा एमालेका कार्यकर्ताहरू चर्काचर्का कुराहरू गरिरहेको देख्नुपर्छ। कम्युनिष्ट सर्वहाराका नेताहरूको चाला यस्तो छ भने अरूको के कुरा?
उता गिरीजाको नातिनीको विवाहमा ‘तै चुप, मै चुप’ छ सिङ्गो पत्रकार र पार्टीका मान्छेहरू। हिजो प्याराजङ्गका विरूद्धमा फ्रन्ट पेजमा लेख्ने कान्तिपुरले भित्रको पेजमा समाचार दिएको छ। कार्यवाहीमा पर्नु पर्ने प्याराजङ्ग थापालाई विवाहमा स्वागत गर्न सबै लालायित देखिन्छन्। राजाको सवारीमा सारा सडक जाम पारेर जनतालाई दु:ख दिने चलन अझ गएको छैन, भएन भनेर संघर्षबाट प्रधानमन्त्री बन्नु भएका आदरणीय गिरीजाबाबुकी नातिनीको विवाहमा सारा बानेश्वर जाम गरिन्छ र जनतालाई दु:ख दिइन्छ। प्रजातन्त्रवादी हुँ भन्दैमा कोहि प्रजातन्त्रवादी हुँदैन।
सर्वहाराको प्रतिनिधित्व गर्छु भन्नेहरूले पनि धाक नलगाए हुन्छ। उनीहरूको व्यवहारले देखाइरहेको छ। प्रचण्डले हिजो गर्ने गरेका ‘वर्ग शंघर्षका कुरा कता विलाइ रहेका छन्? भूमिसुधार, शिक्षा, स्वास्थ्य नीतिमा परिवर्तनका कुराहरू कता हराउँदैछन्? संविधान सभाको चुनाव गरेर मात्र सबै कुरा समाधान हुन सक्दैन। नीति कार्यान्वयन कसरी गर्ने हो? त्यही आर्मी, पुलीसँग मिलेर गर्ने हो? त्यही कर्मचारीतन्त्रसँग मिलेर गर्ने हो? अवैधानिक संसद जोगाउनु पर्छ र हामीहरू जिन्दगीभर सांसद हुन पाउनु पर्छ भन्ने सांसदहरूसँग मिलेर गर्ने हो? अथवा, हिजो देउवा सरकारका पालामा आएको भूमिसुधारको कार्यक्रम र अन्य कतिपय सुधारको कामहरूको विरोध गर्ने पशुपतिशमशेरहरू, सूर्यबहादुरहरूसँग मिलेर गर्ने हो? अथवा, सर्वहाराका नाममा राजनीति गर्ने नवपुँजीवादी वा नवसामन्ती सांसद, नेता, कार्यकर्ता, नागरिक समाजका नेता, वा एनजिओका संचालकहरूसँग मिलेर काम गर्ने हो? कसले कुन नीति अनुरूप काम गर्ने हो जनतालाई थाहा हुनु पर्छ कि पर्दैन।
कांग्रेसले राजा राख्ने वा नराख्ने निर्णय गर्नु पर्दैन? हामीले गास, वास र कपासको ग्यारेन्टीका लागि यो काम गर्छौं वा गर्दैछौं भन्ने घोषणा हुनु पर्छ कि पर्दैन। भूमिमा हदबन्दी हुने कि नहुने? भ्रष्टाचारबाट कमाएकाहरूमाथि कार्यवाही हुने कि नहुने? मानवतस्करी वा अन्य तस्करी गर्नेहरूलाई कार्यवाही हुने कि नहुने? कि जस-जसले चन्दा दिए उनीहरूलाई माफी पाउने अरूलाई कार्यवाही हुने हो? के वैधानिक र अवैधानिक रूपमा सम्पत्ती कमाउने नेपाली जनता बराबर हो?
कतिपय अवस्थामा वर्गको कुरा गर्दा कम्युनिष्ट भएको आरोप लाग्न सक्छ, तर यो नेपाली धरातलको यथार्थ पनि हो। यहाँ पार्टीहरू फरक होलान्, नेताहरू र सिद्धान्त पनि फरक-फरक होला र एक आपसमा विरोध गरे जस्तो पनि गर्लान् तर जब वर्गको कुरा आउँछ फरक ठाउँबाट, फरक व्यक्तिले, फरक सिद्धान्त बोकेर एकै कुरा उठाइरहेका हुन्छन्। त्यसमा सुजाता कोइराला, प्याराजङ्थापा, सूर्यबहादुर थापा, पशुपतिशमशेर जबरा, शाह र राणा परिवार, कतिपय व्यापारीहरू, सर्वहाराका नाममा नेता बन्ने कम्युनिष्टका नेताहरू मात्र होइन नागरिक समाजका प्रतिनिधिहरूको पनि एकै बोली हुनेछ। एकै लक्ष हुनेछ, स्वार्थ हुनेछ, आफ्नो बर्गको वचाव गर्नु र हितका लागि बोल्नु। आर्थिक हिसाबले मात्र वर्ग छुट्टिदैन, व्यवहारले पनि वर्गहरू छुट्टिने गरेका हुन्छन्।
त्यही सम्भ्रान्त परिवार, त्यही शिक्षित परिवार, त्यही आर्थिक हिसावले सक्षम वर्ग, त्यही काठमाडौं केन्द्रीत वर्ग र त्यही बाहुन-क्षेत्री वर्गको हाली मुहाली हुने, उनीहरूले नै नीति निर्माण गर्ने, उनीहरूले नै शासन चलाउने हो भने जनआन्दोलन-२ को औचित्य कहाँ रह्यो? माओवादीले उठाएको हतियारको औचित्य कहाँ रह्यो? दलित, मधेसी समुदाय, आदिवासी, जनजाति तथा विपन्न वर्गले उठाएको मागको र उनीहरूले गरेको संघर्षको औचित्य नै कहाँ रह्यो? यहाँ काम कम गर्ने तर हल्ला धेरै गर्ने सांसदहरूको संसदले गरेका कुनै पनि निर्णय जनताका लागि छैनन्। जनताका पक्षमा छैनन्। केही निर्णयहरू जनताको रीस कम गर्नका लागि गरिएका छन् तर समग्रमा यसले कुनै अर्थ राख्दैन, कुनै मह्त्व राख्दैन। किन भने यसले समग्ररूपमा देशलाई चाहिएको परिवर्तन ल्याउनलाई वाधा पुर्याउँछ वरू किस्तामा परिवर्तन भइरहेको छ भन्ने भ्रम जनतालाई दिन सक्छ।
त्यसैले परिवर्तन आमूल हुनु पर्छ र यस्ता परिवर्तनका पक्षमा उभिनेहरू र नउभिनेहरू दुई कित्तामा बिभाजन हुनु पर्छ र एकले अर्कोपक्षका लागि ठाउँ छोडिदिनु पर्छ। नत्र भने सूर्यबहादुर थापाहरू सबैभन्दा क्रान्तिकारी देखिनेछन् र अनि माओवादीले वर्तमान एमालेको ठाउँ लिनेछ र वर्तमान एमालेले ‘झापा काण्ड’को विरोध गरेजस्तै माओवादीले वर्तमान ’जनयुद्ध’ को विरोध गर्नेछन्। केही नेताहरू एनजिओतिर लाग्नेछन्। केही नेताहरू नवसामन्ती बन्नेछन् भने सेनामा छिरेका क्रान्तिकारीहरूले सामन्ती व्यवस्थाको वकालत गर्नेछन् र आगामी पुस्ताका क्रान्तिकारीहरूलाई वदनाम गर्नेछन्।
Weldone Deepak jee,
Exellent article
zz जि क्या गजबको कुरा ल्याउनु भएछ।
राजाको तुलना गर्दा त त्यो राजा ठिक भनेको होला नि त। बेठिक बेठिक मध्यमा कुन् ठिक भन्दा एउटालाइ छान्नु पर्छ। त्यस्तै बाहुदल आयको पनि त १५ बर्ष भयोनित ३० को आधा हो यस्मानि त केपो बिकास भयो त्यसरि भन्ने हो भने। अब भन्नुहोस नपढेकोमा मात्र बिद्रोह हुने भए श्रीलंकामा 95% साक्षर छन् किन बिद्रोहभयको होला। राज्यले यदि कुनै पक्षलाइ वा क्षेत्रलाइ पक्षपात गरेपक्षि स्वाभाबिक रुपमा बिद्रोह हुन्छ। सबैले आफ्नो अस्तित्वको लागि लड्दछन्। त्यस्कारण राज्यबाट यस्ता बिद्रोहरु रोक्नकोलागि पहिलेनै समाधानका पाटाहरु ओंलाउनु पर्छ।
कामगर्ने सबै सिपालु हुदैन् त्यस्को लिडर् सिपालु र पोख्त अनि नेत्रीत्वदायि खालको भयो भने मात्र पुग्छ। त्यसैले त नेपालमा गतिलो नेता नहुनाले मियोबिनाको दाहि जस्तो बएको छ। त्यस्तै नेकामा बिपिको पछि नेकाको हालत अनि एमालेमा भण्डारि पछि एमालेको हालत, राप्रपामा राजा बिरेन्द्र पछिको हालत(यहाँ सबै राप्रपाका नेता राजानैहो)।यिनिहरुको गन्तब्य केहो इनिहरुलाइनै थाहाँ छैन्। बुझनु भयो। यदि इनिहरुको आफ्नो संहि गन्तब्य भयको भय आज ८ भुदा सहमति गरेर पछि बर्बराउने थियनन् zz जि। अनि तपाइको बांगे(प्रचन्ण)ले माओबादिलाइ सहिनेत्रीत्व दियकोले यहाँ सम्म आहिपुग्यो अनि जस्ले रेद्क्रनर् निटिस् जारिगर्यो तिनै प्रचण्ड सगँ गएर हातजोडि तपाइ हामिमिलेर हाम्रो अधिकार दिलाइ दिनु प्रभु भनि संसदको पुनस्थापन गरि खुबै संसदमा पिङ खेलेको देखनु भयोनित।
तपाइको बिषय शिक्षालाइ योगदान् गर्नु पर्छ भन्ने कुरा अति राम्रो छ। यदि देशमा जनता पुर्ण साक्षर भएको अबस्थामा कुनै पनि योजनाहरु लागु गर्न सजिलो हुन्छ। तपाइको बिचारमा प्रतेक गबिसमा कम्सेकम् केहि स्नातक वाला पुराउनु पर्छ र सिक्षा दिनु पर्छ भनु हो यो पनि ठिकै छ तर सबै पढेका सहरमानै बस्न रुचाउछन् त्यस्कारण बेला बेलामा गाउका मास्टर सहरमा र सहरका मास्टा गाउमा पुर्याइ यस्तो रोटेसन गर्ने अनिपात्र गाउँ र सहरको सिक्षामा पनि एकरुपता आउछ कसो?
दीपक जि,
ढेरै नै राम्रो लेख लेख्नु भयो तपाईं ले । हृद्ए देखि ढन्य्बाद ६ । सबै भन्दा घाट लाग्दो कुरा, हो यो राणा शाह हरु ले आफ्नो मात्र सन्तान र सन्तती को हीत सोच्ने भएको ले नै हामी सारा नेपाली हरु ले बर्सोउ देखि कुकुर ले न पाएको दुःè पायो । उनिहरु को सन्तती ले अझै पनि बेलाएत र अमेरिका को ठुल ठुला बिद्यालए हरु मा पढ्ने र मोज गर्ने गरिरहेको ६ अझै पनि । यो सबै नेपाली जनता को लूट को पैसा हो । एस्ता पुषतौ देखि को लुटेरा हरु लाई समात्दै फासी हल्ने बेला भएको ६ आज
दिपकको लेखमा बिश्लेषण राम्रो छ, तर समाधानको उपाय खोक्रो छ । दयाले पोइन्टआउट गरेको एडुकेशनको कुरोले ५ बर्षअगाडि मेरा साथिहरुसित भएको कुराकानीको याद दिलायो । अलिकति भनिहालुँ है त ।
त्यो बेला नेपाल अस्थिर थियो, दरबार हत्याकाण्डले गर्दा । बिरेन्द्र राजा सर्वाधिक पपुलर थिए शायद समबेदनाको भावनाले गर्दा पनि होला । अरु त अरु, बाबुराम भट्टराइसमेत बिरेन्द्रको तारीफ गर्दै लेख छपाउनलाइ बेफुर्सत थिए । तर मैले भने, “आधुनिक बिश्वमा सवभन्दा निकम्मा राजाको अवशान भएछ ।” साथिहरुले मेरो कुरोमा चित्त बुझाएनन ।
बिरेन्द्र राजा भन्दा बढी साधु भए, जता गयो, मिसिक्क मुस्कान छर्यो, आदर्शबादी भाषण छाँट्यो, तारीफ बटुल्यो, हरेक दिन बेलुका वाइनको चुस्किसितै परिवार र आफ्ना केहि हितैषिलाइ भेला पार्यो, गफ चुट्यो, बस । यस्तो मान्छे राजा बन्न लायक नै होइन । राजा हुनलाइ राजनेता हुनलाइ महत्त्वाकांक्षा चाहिन्छ, बिरेन्द्रमा त्यो पटक्कै देखिएन । बरु महेन्द्रले देशमा तानाशाहि राज्यब्यवस्था चलाएरै पनि केहि बिकासका कामहरु संस्थागत रुपमै अघि बढाए । बिरेन्द्रले चाहेको भए उसको ३० बर्षे शासनकालमा के गर्न सकिन्नथ्यो? कमसेकम ४००० गाबिसमा अशिक्षितहरुको निर्मुल गर्न सक्थ्यो । हरेक गाबिसमा ५ जना स्नातकलाइ खटाउने, हरेक स्नातकले प्रतिबर्ष १० जनालाइ SLC पास गराउने, हरेक २०जना स्नातकलाइ १ जना स्नातकोत्तरले सुपरिबेक्षण गर्ने जस्ता परीयोजना लागु गर्ने हो भने शिक्षाको समग्रस्तर के भइसक्थ्यो होला? यसरी गाँउ गाँउ घुमेर योगदान दिएका स्नातकहरुलाइ राम्रो तलब तथा उनीहरुको योगदानको मुल्याङकन गर्दै लोकसेवामा प्राथमिकता दिने नीति बनाउन कुन कुरोले छेकेको थियो? नेपालमा, जहाँ पढाइ र बिद्वतालाइ सधै इज्जतसाथ लिइन्छ, यस्ता कार्यहरु यदि गरेको हुँदो हो त आज नेपालको स्वरुप नै अर्कै हुने थियो । त्यत्रो टोक्यो युनिभर्सिटी, क्याम्ब्रीज पढेको राजाले वाइन खाएर गफ हाँक्ने भन्दा केही काम नगरी ३०-३० बर्ष बितायो, तैपनि नेपालीलाइ उही राजा प्यारो, गजब छ बा!!
मलाइ लाग्छ अबका नेताहरुले पनि शिक्षालाइ प्राथमिकता दिएन भने केहि बर्षपछि अर्को बिद्रोह शुरु हुनेछ । किनकि अशिक्षित र अर्धशिक्षित जमात सधै बिद्रोहको निम्ति एउटा उर्वर भुमि हो । स्कुल ड्रपआउट र SLC फेलका ठुला जमात अहिले माओबादी कार्यकर्ता बनेको कुरो हामीबाट छिपेको छैन नि ।
Weldone Deepak jee,
Excellent article.
umesh ji
no comment on current budget
thyo chor gyane lai kina 21 karod 10 – 20 hajar mahina talab dinu perne , head of the state ho la thik cha PM bhanda alik dheray deeyera rakhe bhaye hunthyo ni, ani PM ko budhi le thoday talab paaucha teesaile rani ra teesko choro lai ke ko paaisa dee rakhi ra ni , nepali lai thagera karoudu kama ko nay cha teesai bata aafno kharcha chalauna bhannu perne teetro kharcha ke dee ra ko yo kura ta uthaunu paryo ni
cecal
उमेश जि नमस्कार धरै समय पछी लएक्दै छु, होईन समाचरहरु अलि थप र नया पनि नभए को जस्तो लग्यो, आज को नेपाल न्यूअस् को खबर मा केही नया राजदुतहरु ले राजालाई ओदा को प्रमाण पत्र दिएछन के ति देशहरु ले नेपालको नया बने को सरकारलाई त मानेको छ जस्तो त छैननि कसो?
के ग्यने फेरि नेपाल हात पार्ने तरखर मा छ कि जस्तो देखिन्छ। र केहि पोल्टिकल् पार्टिहरु पनि “ग्याने” चाहिन्छ भनि रहेका छन उनिहरु ले के सोचेका होलान? त्यो एउटाको लिडे ढिपिले नेपालको हालत कहा पुग्यो अब कुनले कहा पुरयाउने हो खै? हामि अनि तपाई सबै ले बिचार पुरयाउनु पर्ने बेला छ साथिहो।
we just talk the talk, we don’t work the work..
but still some things are being done..
मित दीपकजी नमस्कार,
मलाई ब्यक्तिगत रुपमा खगेन्द्र संग्रौलाजीले लेखेका लेखहरु मन पर्ने हुनाले, उहाँकै शब्दावली प्रयोग गर्न मन लाग्यो । दीपकजी तपाईंलाई यो कुरा थाहा रहेनछ जस्तो छनि,बुंङुरालय लुटिखाने भाडो हो। येल्ले सुय्केरि भत्ता देखि पजेरो सम्म लुट्न पाइन्छ । (जन्ता मरे खाँचैसिति। तेत्रा २.६ करोड् मन्छेमा जम्म २१ जना त मरेछन्। शहिद् भनेर् एकदिन बिदा नै छ।-नेपाली नेता)
आफ्नो बाबुको बिर्ताजस्तै सुर्यजी जसलाइ कहिल्यै बैशाख् ११ पहिले बुंङुरालय चहियेन, अहिले महामहिमलाइ त्येहि चाहिराछ। सबैलाइ थाहा छा, बुंङुरालय दुहुनो गैहो र गाइ मारेर गधाहा कसैले पोष्ला र?
दीपक
Deepak ji ko coment aasadaee uttam cha sabaee sansad haru laee aafno yo time miti pugayko sansad pad bachauna paryako cha ra mantree khanna tyo pad lay subidaha purayula bhannay socha cha tara janta ko santee mathee ko biswas tusarapat bhaya pannee kayhee matlab chaina,haina yo neta haruko buddee ko gheeto kahilay bharcha hola ,god pasupatinath lay yee sansad neta haruko buddee mathee daya garidiya hunthiyo ni haina?
Dipak ji!
It’s the reality. cheer up! Go on! Ideas like yours can let parliamentarians think twice! May God give SADBUDDHI to MP’s for the very cause of Nation.
Laxman Datt Pant
INSEC
swastha sudhar garera ajja sakaratmak soch sath aaunuhose subhakamana
thanks dipak ji tapaiko prtikirya parti ma sahamatchhu.south korea.
उत्तम बिचार, यो बिचार नेताहरुले गरे देश कति राम्रो हुन्थयो होला ।
I agree with Daya ji above in 100%
What lacks in every underdeveloped country and regions around the world is education. Even in US and UK poor people do not have access to proper education and they remain poor for ever. These educated rich ass doesnot want people to be educated and come up. If people are educated then these people will not be able to do whatever they are doing. So what they want is they learn as little as possible. And as soon as they finish learning they start earning money and be slave of that money for rest of their life. IF they don’t learn anything – be their slave right from the beginning.
I hope everybody will take this seriously and take it in heart.
lets go for one solution,
let’s held t6he election to the constitutional assembly every 10 years so that every on is pleased.
one with or without the arms…
gunpower has always worked that any other way..
lata deepak -ji katkiyeko mahasus gareko thiyem tara tapaiko lekh herna pauda khushi lagyo..umesh-ji chinta nalinos tapaiko thau ogatyo bhanera . yo tapaikai lagi faidajanak cha..hunata yeto kura sikai rakhnu pardaina hola tapailai..
anyway ..deepk aryaal ko lekh ramro lagyo..tapaiko lekh padda feri paribartan garne bhitri atma dekhi kranti jagera ayo ..aunush abako netrito hamile garum. bastabik 25000000 nepali haruko netritwo kari gun tapaiharusanga cha..yodesh ma tapai harujasto gosilo mancheko khacho cha..dhannebad/
MANANDHAR. jpn/
Oh,,,,,,
Tapaiko Bicharharu Adarsh chhan.
Jhara, Tokyo
Deepak Ji – You are absolutely right that only Bahuns and Chettris have ruled Nepal. They have always suppressed other castes from the history. The Bahuns enjoyed education and the government while the Chettris enjoyed power. Both of these castes enjoyed everything. If we evaluate the present literacy rate and wealth, these castes are on top. Even the leaders are Bahuns and Chettris, which is absolutely riduculous. They should not be given chance anymore. Chettris are gone with the King. Now, Bahuns should go with Girija, Madhave, and Prachandey. We want total revolution and change. We want JanAndolan III eventually for eradicating old feudal system of Hindu religion. No caste, no bar, no limits.
तल धेरै भिड भएर यस् मा लेख्ने जमर्को गरेको हु। सब भन्दा पहिला उमेश जि, आफ्नो स्वास्थ्य को राम्रो ख्याल गर्नु होला, तपाईं को ब्लग एउटा ऐतिहासिक र सा हसिक ब्लग हो । हामी लाइ तपाईं चाँहीन्छ किन कि तपाईं ले अतीनऐ बहु मुल्य काम गर्नु भएको छ्, यो कुरा हामी प्रवास् मा बस्ने नेपाली हरु ले राम्रो सँग हृदयन्कन गरेका छौ । अहिले लाइ राम्रो सँग आराम गर्नु होला र स्वास्थ्य प्रती सजग रहनु होला, हाम्रो शुभ कामना छ
गोर्खालि गुरुङ
Sathi haru malai pani yaha 1 kura lekhna ma laogeko
bastab ma Nepal ma congress le shanti chahe jasto chaina (congress ka sanshad le ) unlai shanti chaiyako chaina yadi shanti chayako bahya sanshad bighatan garnu parchha .Tara tinlai ta sanshad bightan bhaya ahile ko kurchai hatne dar chha. Sathiharu ho congeress ta “kahile Kafal pako ,kahile biu kuyo” bhanni chari jasto rahechha hunata ma pani congress nai bhayar k garnu ti badmas sanshad kam nhagalni bhaya la Ahile aayar Krshna sitaula ko rajinama re .Ramro kam garni lai ta ti sanshad bhanauda haru le dekana mandainan . yadi jantako maya chha ra feri pani kurchhi chahone ho bhane ta shansad bighatan gari sambidan sabhako nirbachan hunu parchha .To kurchi ma jane ta feri Pani timi nai ho Janta ta jadaina Janta lai Kurchi chayako chaina yati ho Janta lai Shani=ti chayako chha Krchi timi haru ko ho ho ho ho ho ho………………..
I think analysis of the situation is excellent. Again same question props again and again. Who is allowing these criminals of panchayat era and thugs and swindles after the janaandolan to rule us. Unless the Ordinary Nepalese take this power in their own hand, the so called manupulative thieves will use the dirty tactics all the time to benefit them in the short term. We must reject their leadership, if they don’t have the vision and courage. But again it all comes to the reality of the real life which is the awareness of the general people and their spare time to be part of political system and power of analysis. If more than 50% are strugling for hand to mouth and no enouth education to understand all these, the time can be frustedtingly long to get the optimum outcome of the political process. But not giving up hope and working with progressive attitude will lead us oneday to our destination. Lets keep hope and be positiv, reject the wrong doer, inspire the geniun this can be path leading to future.
दिपक जि राम्रो
राम्रो गरिलेखने गर्नु हुदो रहेछ।
यस्तै लेख आजको कान्तिपुरमा खगेन्द्र संग्रोलाले लेखनु भएको छ। वाहांले जनतालाइ यस समयमा फुट्बाल खेलाडिको खेलेको प्रतेक गल्ति ओंलाउन सक्ने जनताले अहिलेको नेपालको संसदको राजनिति र दलहरुको कृर्या कलापा पनि त्यसरिनै औलाउनु पर्न। तपाइ हरु भन्नुहोस् जुन सांसदहरुले जनताको प्रर्तिनिधित्व गर्छ भनेर भन्छन् त्यस् सांसदमा बद्धिप्रसाद छन् र तिजस्तै अरुपनि छन् अब तिनि हरुको सर्बोच्चता सुर्कार्नु हुन्छ त? अनि नेका का सांसद् महादेब गुरुङ्ले अन्तरिम संम्बिधाननै बन्नहुन्न् भनुको मतलब के हो? सधै सांसद भएर भत्ता खानु र राजाको सासन सुर्कार्नु होइनत।
दिपकजि निर्णाय गर्ने ठाउमा मात्र बाहुन भएर अरुको अधिकार हुदैन भनेर मात्र सोच्नु त्यति उपाउक्त लाग्दैन कि? जस्तो पाकिस्तानमा महिला रास्ट्र प्रमुख बेनेजिर भुट्टो महिला हुदा पनि त्यहांका माहिलाको कुनै अधिकार भएन्। तरपनि लज्जा उपन्यासलेखिका ले देशनै छोडेर भाग्नु पर्यो। त्यस्तै बंगालादेशमा बेगम खालिजाजिया पनि सत्ताको बागडोर समालेर बस्तापनि महिलाको कुनै अधिकार भएन। यस्तै जोलन्त उधाहरण कति छन्। त्यसैले कुनै एक ब्यक्ति त्यहाँ पुर्याउदैमा सबैको अधिकार हुन्छ भन्न सकिदैन। उस्को निहेत, पिरिस्टभुमि, सांगठानिक प्रकृया, समाजमा लागुगर्ने योजना, क्षमता, नारा, प्रतिबद्द्ता, आदि धेरै बिषय बस्तुले निर्धारण गर्छ।
जस्तो भनौ- जनता सिधै गणतन्त्रको पक्षमा छन् भन्नेकुर गिरिजा प्रसादलाइ पनि राम्रै सगँ थाहाँ छ तर उनले फेरि सेरेमोनियल भन्न सुरु गरे। यो गिरिजाको जन्म, पृस्ठभुमि,त्यस्को संगठन र निहेत सबैले गर्दा हो। तर पनि सांसदहरु आखाचिम्लानु।
यदि सांसदले जनताको प्रतिनिधित्वगर्न्छन् भने जनताले अहिलेनै गणतन्त्र चाहान्छन् तिन्का बाउको सांचिराखेर अहिलेनै संसदबाट गणतन्त्र घोषणा गर्नुसकुन न त? के यिनको दम् छ? बिरालाले मुसोखेलाए जस्तो गरेर जनतालाइ यसरि अंग्रगमनलाइ रोक्ने अधिकार यिसांसदलाइ एक दुइ तिन छैन्।
यदि यसरिनै जनतलाइ भुलाउने काम भयो भने जनताले धेरै समय हातमा दहि जमाएर बस्न सक्दैन।
Nice article !!
100% right but beyound our capacity. We can not do anything. We Nepalese people are like a dull, leaders are playing with us. Any way Deepak jee, thank you for your vision.
prakash, Korea
Dear Umesh ji,
We are really sad by hearing that you are not feeling good. Is it due to health or just mentally. Anyway I wish for the best and back soon in the blog. We would be alone without ur blog.
God bless you.
rajin from USA
मेरा मित्र बाशु देब मिश्र ले जन आन्दोलन-२ को चरमोत्कर्ष को समय मा लेखेको एउटा लेख सान्धर्बिक लागेकोले यहाँ प्रेषित गर्दैछु ।वास्तव मा उनि माओवादी हुन कि होईनन त्यो त थाहा भयन मलाई ।तर उन को लेख बाट उनि साम्राज्यबाद र सामन्त् बाद का चाँही प्र ख र वीरोधी रहेको तथ्य प्रष्ट हुन्छ ।समन्त् बाद हाम्रो देश को स्थाई रोग नै भैहाल्यो ।त्यस्लाई कांध थाप्न अहिले साम्राज्यबाद आइपुगेकोछ ।उसै को कुटिल षड यन्त्र को सिकार भयको छ, हाम्रो देश अहिले ।संसद बादी पार्टीहरु नजानिदो तबर ले त्यस् का मतियार का रुप मा देखा पर्दै छन । वास्तव मा कुनै पनि बाद वा तन्त्र आँफै मा पूर्णत्: राम्रो या नराम्रो हुने होईन । त्यस् क साधक हरु ले त्यस् बाद वा तन्त्र लाई लागु गर्ने सबाल मा कस्तो व्याबहारिक निती अवालाएमबिएन गरेका छन उपलब्धी पनि त्यसै अनुरुप पाउने हो । अब हाम्रो देश को सन्धर्व मा आज क मिती सम्म कस् कस्ले शासन सत्ता को लगाम आफ्नो मुठि राखे,सबै मित्र हरु ले थाहा पाउनु भएकै छ ।जान्दा जान्दै सत्ता का स्वाद चाखिसकेक अ शक्ती व ब्यक्ती बाहेक क लाई दोष दिनु पूर्वअग्रही हुनु हो जस्तो लाग्छ ।
मेरा मित्र को लेख चाँही तल छ ।
DEAR MR, ARYAL
THANK YOU FOR YOUR ARTICAL.BY THE WAY, OUR SEVEN PARTIES LEADERS ARE NOT MATURE.THEY ARE LIKE A PARROT & MAINA. HONESTY & GOOD THINKING WILL GET PEOPLES SUPPORT.IF YOU FORGET THAN PEOPLE WILL BRING YOU TO THE PEOPLES COURT.AGAIN ALL NEPALESE SHOULD AWAKE FOR FULL DEMOCRACY.
THANK YOU.
Bravo! Deepak.
As u said, no change is possible through words, its high time for us to act together in a sensible manner to bring real positive change in our country. Damn the politicos, forget them, lets dont waste our time scolding them. We should pilot our own plan to move our country forward.
unity is power!
There is nothing impossible in this world.
so lets work towards this.
Deepak jee,
Your article is excellent. I really appreciate your real interpretation of what is going on in Nepal after such a massive Jana-andolan. You rightly pointed out that the SPA is trying to show that they are fulfilling the demand of the andolan through parliament declaration, but was that what the real demand of the aandolan? They are simply trying to distract the public attention and determined to diffuse the spirit of the andolan, i.e. election for constituent assembly.
I fully agree with your ideas and suggestions. But, I am wondering how this situation is going to take its shape as you have said? Whatever we did or do, the same faces are going to be in the fore-front. The names that you have mentioned are the people who are the ones who are going to take the lead of the key institutions of the country, this is the sad reality of the country. We really need a RADICAL change in the country, BUT how? It shows our country is heading towards a failure nation. This is very sad and it is showing its symptoms already. Everybody and every party is trying to dictate the conditions and they are not sitting together to find the real solution of the country. This is the time to work collectively to build new Nepal keeping aside individual party interests. WE, the people, should play the role to drive them to work together for nation building through consensus. We should try to make them feel that there should be a real RADICAL change in the country. LET US WORK TOGETHER FOR NEW NEPAL BUILDING.
धन्यवाद दिपकजी
सहि र यर्थाथपरक कुरा उठाउनु भएको छ । वास्तवमा भन्ने हो भने नेपालका अधिकाशं पार्टिका नेतृत्व वर्गमा राष्ट्रप्रेम वा राष्ट्र र जनता प्रति उत्तरदायी छैनन् । यसमा हामि जनताको पनि उतिनै दोष छ । हामि जनताले जुनसुकै पार्टिका भए पनि अवसरवादि भ्रष्ट नेतालाई वहिस्कार गर्नु पर्दछ र गर्न सक्नु पर्दछ । तव मात्रै नेतृत्व वर्ग वाट सहि दिशा निर्देशको आशा गर्न सकिन्छ ।
जिवन रोक्का
नमस्कार छ है मेरो पनि सबैलाई ।
लौ न, यति राम्रा राम्रा aricle र comment हरू लेख्न जान्ने र सक्षम साथिहरू हुनुहुँदोरैछ । जे होस, मेरोसंसार ले उमेश जी लाई राम्ररि संचो नहुन्ज्याल पाठकहरूबाट ओझेल हुनु नपर्ने भयो। यत्ती राम्रा लेखन शैली र ज्ञान भएका साथीहरू ले यसरीनै लेख्दै गरिदिनु भए म जस्तो लाटो मानिस पनि अलिक बाठो हुने चैं पक्का छ।
लौ त सबैलाइ ऊत्तरोत्तर प्रगतीको कामना सहित यस्तै धेरै लेखहरू पढ्न पाऊँने आशामा बस्ने जानकारिका साथै,
जदौ ।
Dear Deepak and Daya,
I like your writings and request you to continue on writing on this blog. I have seen fresh material and style on reading this article and comments. Actually we needs diverse view from different personnel.
Janak
दीपकजी एकदम राम्रो कुरा गर्नु भो । यि राजनीति गर्नेहरु र राजनीति कुरा गरेर लाभ लिने हरुको उदेश्य एउटै हो, आ-आफ्नो दुनो सोजो गर्ने जनतालाई उल्लु बनाएर ।
यिनी हरुले जेसुकै भने पनि भित्री उदेश्य भनेको आफ्नो र आफन्तको स्वार्थ पुर्ती गर्नुनै हो।
यिनिहरु सब चोर फटा हुन ।
बिगतमा पनि यिनिहरुले गर्नु भ्रष्टाचार गरे, फरक यती मात्रै हो कसैले खुल्ला रुपमै गेरे, कसैले लुकिछिपी गरे, कसैले धेरै गरे कसैले थोरै गरे ।
जस जसले अबशर पाए सबैले खुब माल कमाए, न यिनिहरु लाइ देश को चिन्ता छ, न देश हाँक्ने क्षमता नै छ नत कुनै भिजन नै छ यिनिहरुसङ्ग ।
जब सम्म हाम्रो देशमा राजनीतिक भाषाण गरे कै भरमा नेता भन्ने परिपाटि रहन्छ हाम्रो देश्ले कहिलेइ आशाल्, इमान्दार र भिजन भएको राजा नेता पाउने छैन ।
यिनी हरुको उदेश्य भने कै आफु र आफ्न ओरिपरिका सिमित ब्यक्तिलाई माथि उठाइ देश र जनता लाइ सधैं गरीबको गरीब बनाउने हो ।
यि सब धुर्त स्याल र ब्वाँसहरुको समुह हुन्, यि सबैलाई फासी दिएर युबाहरुले नेतृतो नलिए सम्म हाम्रो देश अघी बढ्न सक्दैन
।
Dear Deepak
Thank you so much for the your great writtings. I liked your writting 200 Percent.It is totally correct, truely Right. Give us your great thought time and time. We want read your write very much.
Thanks
Megh Singh Adhikari
Minneapois, MN, USA!
दिपकजी यहाँको धेरै कुरा म म सहमत छु ।तर नेपाल
को राजनीति बुज्नेले के कुराबुज्नु पर्छ भने धेरै नेपालि नेताहरु भारतीय दुताबास् र दिल्लिको ईशारा मा चल्छन ।यो कुरा मैले भनेको होईन ।जनान्दोलन ताक कृष्णप्रसाद भट्टराई ले भनेका हुन ।अब यो अवस्था म तपाईं ले भनेको सुधार कसरी सम्ब भ छ ।कतिपय पत्रीका (कान्तिपुर लगायत्)हरुमा पनि ईण्डियन दुतबास् बाट पैसा बुझेको आरोप छ ।
तपाईंको लेख राम्रो हुँदाहुँदै पनि कही कही कृत्रिम लagcha भने ।नेपाल मा बाहुन छेत्री को हाली मुहाली भएको कुरा साचो हो ।तर तपाईं को कलम बाट यो कुरा कृत्रिम जस्तो लाग्छ ।यो कुरा आरुलाई नै लेख्न र सोच्न दिनुस् ।किनभने तपाईं आफु नै बाहुन हुनुहुन्छ ।नत्र त तपाईं ले पनि नेपाली नेताहरु झै राजनीति गरे भो नि ।
While accepting some of your arguments, I have following things to say which I think everybody would agree.
No-1
Why do we need somekind of poltical change if not revolution in every 10 years interval.
is it because of Monarch, is it because of political parties or is it because people of nepal where leteracy is around 40%. Under such circumstances can we expect that those people would know how democratic system works or should works. This is where ledears get benift. They never seemed to be bother about it.
No-2
Has ever any political parties raise the issue of educating people? has there been any Sansad Bandh for this issue? has any political forces raised narrowing down the gap between pubic schools and private schools.
Ans-NO
N0-3
Is there any student union/ association who raised this issue, NO.. they are happy to follow footstep of their political parties. Rt?
NO-4
My dear, what is “amul pariwartan”. Just raising issue of janajati, or otherway encouraging cast system which would break the harmony is CORRECT? or is it Krantikari? what if I am from bramhan or chhetri from DOLPA or TAPLEJUNG then, are not they deprived or dait in compare to ” Newar” of kathmandu, “Gurung” of Pokhara or ” Madheshi” from birgunj or birathnagar, who all falls under janajati. So just blaming braman or chhetri is the solution? absolutely not..then what, I think we need to think in terms of regional basis, interms of regional growth, regional per capita income and lets stop singing this song dalit or jatjati that would unnecessaryly encourage “sampradaik bhatkav”.
lastly frens, what we have learned from these 15 years is that we are pretty happy to put every blame on others and give tag of “congress” , “maobadi” or “mandale” and we never thought we all are nepali and we all need to be toghter for our the upliftment. And yes just changing name would not result anything substantial for deprived people, there has to be some sort of development program to sort all these issue. About killing and death, lets bring all these issues to the international court and let them find who all are culprits, whoever it is and bring them into the justice.
Solution is education, rule of law and we all should learn how to be democratic and be within our own limit of demcratic territory rather than just singing mere political ideology.
So urge all of you to not to view things from political glass, you will find the world is more broader and inclusive once you get out of it.
Good article.
very nice lekh .hamra netaharu chhi chi
Sweeeeeeeeeet! wow.