पूर्ण लोकतन्त्रको लागि अर्को नागरिक आन्दोलन

-उत्तमबाबु श्रेष्ठ-

विश्व रंगमन्चमा यतिखेर विश्वकप फुटबलको महासंग्राम भर्खरै समापन भएर त्यसको धङ्धङी बाँकि भई नै रहँदा, नेपाली राजनीति आकाशमा भने जनआन्दोलन भाग २ को धङ्धङी करिब-करिब समाप्त भएर, कमल थापा जिन्दावादको नाराले काठमाडौंको सडक गुन्जन थालेको छ। जनआन्दोलन भाग २ मा गोली, बुट र लाठी खानेहरुलाई यो समाचारले निश्चीतरुपमा मन कटक्क भएको हुनुपर्दछ । तर वर्तमान नेपालको तितो वा गुलियो यर्थाथता यहि हो । सात राजनैतिक दल र माओवादीहरु बीच चर्चित १२ बुँदे दिल्ली सझौंतापछि सिलसिलेबार रुपमा शान्तिमार्गमा अगाडि बढेको नेपालको राजनैतिक घटनाक्रम संसदको पुनर्स्थापना, प्रतिनिधीसभाको बहुचर्चित घोषणा हुँदै, सातदल र माओवादी बिच ८ बुँदे समझदारीमा आएर टुगिंदा, नेपाली जनतामा शान्ति, लोकतन्त्र र विकासको आशा प्रशस्त पलाएको थियो । तर आजभोली प्रतिगामीहरुका पर्दा पछाडिका दृष्य-अदृष्य खेलहरु बढ्दै जाँदा र आन्दोलनकारी खेमामा देखिएको कुर्सलोलुप प्रवृत्ति र अर्कमण्यताले, नेपाली जनताहरुमा फेरी निराशा र हिनताबोधले सताउन थालेको छ । साच्चै, यतिखेर सिहंदरवारको ग्यालेरी बैठकमा आफुलाई लोकतान्त्रिक भन्न रुचाउने माननीय सांसदज्युहरुको झुलेको दृष्य टेलिभिजनको पर्दामा हेर्दा नेपाली जनतालाई लागेको छ- कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्ग्रोमा हाले पनि बाङ्गाको बाङ्गै ।

राजनैतिक दलहरु बिच कुर्सीको लागि भइरहेको हानाथाप, झगडा र असमतिका स्वरहरु सडकमा छताछुल्ल हुदाँ अध्यारो खोपी भित्र बसेर लोकतान्त्रिक नेपाल देख्न नचाहनेहरु खुच्चिङ्ग भन्दैछन् र जनअधिकार आफ्नो हातमा लिन अनुकूल मौकाको पर्खाइमा छन् । तर नेपालको वर्तमान नागरिक समाज अब २०१७ र २०४७ सालजस्तो निस्कृय र कमजोर रहेन, उनीहरु विगतका मल्लिक आयोगका दोषीहरु एक एक गरी चोखिदै जाँदा र जनताका आंकाक्षाहरु एकपछि अर्को गर्दै कुल्चीदै जाँदा जस्तो चुप लागेर बस्दैनन् । बरु जनताको आकांक्षा अनुरुप काम नगर्नेहरुको बिरुद्धमा खवरदारी गर्न तुरुन्तै सडकमा आउन सुरु गर्नेछन् । हो, त्यसको क्रम सुरु पनि भईसकेको छ । लोकतन्त्र र शान्तिको लागि नागरिक आन्दोलनले – ८ बूँदे समझदारी कार्यान्वयन गर, शान्तिवार्तालाई निष्र्कषमा पुर्याउ, सविधानसभाको तिथी घोषणा गर, प्रतिनिधी सभा विघटन गर, युद्धविराम आचार संहिता अक्षरश पालना गर, दमनकारी प्रमुख सैनिक अधिकारीहरुलाई कारवाहि गर, लोकतान्त्रिक गणतन्त्र जिन्दावाद (जस्ता मागहरु राखि दवाव मुलक कार्यक्रम स्वरुप यहि साउन १० गते वुधवार रत्नपार्क शान्ति बाटिकामा धर्नाको कार्यक्रम घोषणा गरेको छ । मेरो पूर्ण र्समर्थन र ऐक्यवद्धता, यो नागरिक आन्दोलनलाई ।

लोकतन्त्र र शान्तिको लागि नागरिक समाजको भुमिका अत्यन्त महत्वपर्ुण्ा हुने कुरा नेपालको विगतका दिनहरुले प्रमाणित गरिसकेको छ । विमति हुनै सक्दैन कि, जनआन्दोलन भाग (२ सफल बनाउन नागरिक समाजको भुमिका अत्यन्त महत्वपर्ुण्ा थियो । जतिबेला वर्तमान सत्ताधारी सातदलहरुका नेताहरु आन्दोलनमा मानिसहरु आएनन् भनेर गुनासो गर्दै थिए, त्यतिबेला देशव्यापी रुपमा नागरिक समाजको कार्यक्रमहरुमा लाखौंको संख्यामा मानिस सहभागी भएका थिए । लोकतान्त्रिक आन्दोलन बढदै जाँदा जतिबेला निरंकुशतावादीहरु आन्दोलनकारीहरुलाई दबाउन भिजिलान्तेहरुलाई पैसा बाड्दै थिए अनि सुरक्षानिकायहरुलाई आदेश दिदै थिए र जतिबेला, वर्तमान मन्त्री परिषदका अर्थमन्त्री डा. महतहरु, दरवारीया र विदेशी कुटनितिज्ञहरुसँग गोर्कणको रोयल गल्फ कोर्समा गल्फ खेल्दैथिए, यता नागरिक समाजका अगुवाहरु चरम मानसिक यातनासहित कालकोठरीमा बन्द थिए । अन्य सिंगो नागरिक समाज सडकमा बुट र लाठी खादै थिए । पत्रकार, प्राध्यापक, वकिल, विद्यार्थी, शिक्षक, डाक्टर, इन्जिनियर आदी सम्पर्ुण्ा नागरिक समाज आन्दोलित थिए । तर आन्दोलनको सकिएको दर्ुइ महिना पनि पुग्न पाँउदा नपाउदै फेरी सडकमा दमनकारीका प्रतिनिधी कमलथापा जिन्दावादको नारा लाग्नु र लोकतान्त्रिक भनिएको सरकारमा पनि आन्दोलनकारीहरुलाई दमन गर्नेहरु कै फेरी हालिमुहालि हुन थाल्नुले आन्दोलनकारीहरुलाई अचम्मीत मात्र तुल्याएको छैन, बरु आक्रोशित बनाएको छ । मलाई लाग्छ, यसैको प्रतिवाद हो फेरी गर्न लागिएको नागरिक आन्दोलन ।

निश्चीतरुपमा यस गठवन्धनको सरकार द्धन्द समाधानको हिसाबले अत्यन्त संक्रमणकालिन अवस्थामा छ । उसका अगाडि माओवादीहरुलाई मुलधारमा ल्याउने, आजसम्मको प्रशासनिक र सैनीक संरचनालाई लोकतान्त्रिक तुल्याउने जस्ता चुनौतीहरु छन् र समावेशीकरणका थुप्रै मुद्दाहरु छन् । र त्यो हटाथ समाधान हुने कुरो पनि होइन तर वर्तमान सरकारको काम कारवाहि हर्ेदा लाग्छ, यो सरकार मुलमुद्दालाई पन्र्छाई झिना मसिना प्रविधीक कुराहरुमा नै अल्भिmरहेको छ । हुन पनि शुरुमा दिनहरुमा वर्तमान सरकारले गरेको निर्ण्र्ाारु जस्तैः तीन सुरक्षा प्रमुखहरुको कार्वाही, शाही मन्त्रीहरुको कार्वाहीले जति चर्चा एवं प्रसंसा वटुलेको थियो र जनतामा आशा जगाएको थियो त्यति नै अलोकप्रिय भईरहेका छन् वर्तमानमा सरकारको कार्यशैलि र अर्कमन्यता र ढिलासुस्ति । यसै सर्न्दर्भमा सरकारले निति र कार्यक्रम तथा बजेटको घोषणा गरेको छ । त्यो हर्ेदा लाग्छ, नाममा नेपाल सरकार भए पनि काममा यो सरकार श्री ५ को सरकार निरन्तरता नै हो । यस्ता साना तिना टालटुले सुधारले बर्तमान नेपाली जनताको आमुल परिवर्तनको चाहनालाई संबोधन गर्दैन । यतिखेर कुरा भन्दा पनि ज्यादा कामको खाँचो छ जनताहरु आमुल परिवर्तन चाहन्छन् । सरकारको एकलौटी व्यवहारले व्रि्रोही पक्षलाई आक्रोशित बनाएको छ नै त्यसले शान्तिवार्तालाई पनि अनिश्चित तुल्याएको छ । त्यसले, दुवै पक्षलाई शान्तिवार्ताको लागि दबाब दिनको लागि हो अर्को नागरिक आन्दोलन ।

बालुवाटारमा प्रजातन्त्रका मुलभुत मान्यताहरु प्रति प्रतिवद्ध छु भनेर पत्रकार माझ उपस्थित प्रचण्डको प्रतिवद्धता र त्यसपछि पनि देशव्यापी रुपमा नयाँ सत्ताको लागि भन्दै जारी जवरजस्ती चन्दा असुली अनि जनअदालत वन्द गर्न दिइएको आदेशसँगै अपहरण जस्ता घटना जारी भईरहनुले प्रचण्डको शाखलाई घमिलो बनाएको मात्रै छैन, माओवादी सुध्रिएनन् भन्नेहरुको लागि बल पनि मिलेको छ । भने अर्कोतिर माओवादी सेनालाई सरकारले पाल्नुपर्छ भन्ने माधव कुमार नेपालका बोलीहरु सरकारको निति कार्यक्रममा नअटाउँदा माओवादीलाई चन्दा संकलनलाई जायज ठहयाउने ठाँउ मिलेको छ, जुन कुरो युद्धविराम आचार सहिताको विपरीत हुन जान्छ । त्यसकारण माओवादीहरुलाई २५ बुँदे युद्धविराम आचार सहिता कार्यान्वयन गर्नको लागि दबाब दिनको लागि पनि हो नागरिक आन्दोलन ।

अन्त्यमा, तर्क दिएर समस्यालाई पन्छाउन त सकिएला तर त्यसले समाधान दिदैन । जति समय वित्तै जान्छ, राजनिति र कुटनितिका पर्दा पछाडिका खेलहरु त्यति नै बददै जाने निश्चित छ । त्यसकारण विलम्व नगरीकन, सातदल र माओवादी विच भएको ८ बुँदे समझदारी अनुरुप, अहिले सरकार बाहिर भएका आन्दोलनकारी दलका अन्य घटकहरु, माओवादी र नागरिक समाजको पनि संलग्नतामा अन्तरीम सरकार गठन गरि चाँडो भन्दा चाँडो संविधान सभाको चुनाव गरिनुपर्छ । देशको यस सक्रमणकालिन स्थीतीलाई गति दिन, अन्तरीम सरकारको गठन गरि सविंधानसभाको चाँडो भन्दा चाँडो घोषणा गर्न गराउन त्यसको लागि दवाव सिर्जना गर्नको लागि गरिएको यस कार्यक्रम प्रति मेरो हार्दिक ऐक्यवद्धता । तपाईहरु पनि ऐक्यवद्धता जनाउने कि !

(पाहुना ब्लगर उत्तमबाबु श्रेष्ठ अमेरिकाको बोस्टनमा अध्ययनरत विद्यार्थी हुनुहुन्छ)

12 Comments

  1. that’s great news uttam ji
    absulutly right some of leader are thinking they are the only one who can handle the country ……..after this revolution they should have to change there behaviour . i think if next janaandolan will come for the nepal. people will distroyed all thease leader and kamal and surya bahadur .i think nepali people are still in patient that’s why leaders ……… think think think about nepal don’t thik about your chair and salary …..don’t make people come to singadurbar ………………

  2. umesji,

    nepali type garna audaina. so roman ma lekheko chhu.

    first of all.wish you good health.and please do not stop your web.you are going good.

  3. My whole hearted support to next “nagarik Andolan”. This movemnt must bring sunami of such density that all the corrupt politicians be swept away for ever. we must continue our janandolan-II to make ouor country a democratic republic.

  4. The present government should control the follower of Kamal Thapa. The government can easily do so if they have will. Otherwise Kamal and accomplice will get people’s verdict. At the time the present ministers will not be spared.

    Some people have claimed that it is democracy and Kamal’s supporters can praise. The answer to this view is the people have to gather bigger procession to denounce him. If we can do so then his supports will flee away and don’t try to come again soon.

    Let’s do it now. Otherwise they will create trouble.
    We should give effective and appropriate answer in democratic way. Doing so, we will strengthen the democracy and contain the reactionary forces, pressurize the government to be alert.

    The programme of the civil society leades is appreciable and we all have to be with them by man, bachhan and karma.

    Long Live Unity, Spirit and vision of Civil Society

    Krishna

  5. Uttam jee

    Thank you very much for your very reliable article. i also agree with you.I am very happy to see you after long time via this blog(if you are not forget me). i think all the political problems are due to the old and just a theoritical minded leaders. so, the leadership must be tranfered to yong generation then the real changes in our country will come and we can feel it.

  6. Uttamji
    thanks for people’s expression and thanks for the beautiful expression.ya! it is your voice but represents many of ours.

    i would love to be part of upcoming event by NAGARIK SAMAJ however its impossible i am thousand mile apart but my full support is with them………

  7. UTTAM JI,

    MA PANI TAPAI KO BICHAR MA SAHAMAT CHHU. HO SACHCHAI HO KUKUR KO PUCHHCHAR LAI 12 BARSA DHUNGGRO MA HALE PANI BANGO KO BANKO. YO NETA HARULAI KAHILE PANI SANSAD MA LYAUNU HUNNA. HAMI SABAI MILERA YINIHARULE LUTEKA SABAI SAMMATI PHIRTA GARERA DADA KATAUNU PARCHHA. YI NETAHARU NETAHARU DESH LAI YO HALAT MA LYAUNE MA NO. 2 MA PARCHHA. PLEASE SATHIHO YI CHOR NETAHARU LAI RAMRARI CHINNUHOS TAPAIHARU PANI ARKO PALI KO CHUNAV MA YINIHARU KO JAMANAT JAPHAT GARAUNUHOS. YADI TAPAIHARU KARYAKARTA HUNU HUNCCHA BHANE PLEASE YI CHOR NETAHARU KO LAGI PLEASE BHOT NAMAGNUHOS. YINIHARULE DESHLAI DHERAI PATAK BALATKAR GARE ABATA ATI BHAYO.

    HERNUS BHARKHAR ABA HAMI BHUL SUDHAR GARCHHON BHANNE NEPATAHARU KO TAL?? KE TAPAI BISWAS GARNE HUNCHHA YASTA NETALAI. PLEASE YAD RAKHNUS TAPAI KA GAUKA NETA HARULAI KASLE KE KE GAREKA CHHAN. UNIHARU LAI SAJAYA AABASYA DINU PARCHA. HOINA TA SATHI HO?

    -HK

  8. Uttam Ji,
    euta kura 12 yrs kukur ko puchhar dhungro ma hale pani… yo neta haru yesty hun aaba hami saby milera iniharuly 4 pata mudera dada kataunu ny parchha aani matra NEPAL ma kehi hunchha natra iniharu le kehi gardinan, Iniharu ly post ra money chhiyeko chha Nepal ko matlab chhina tesai ly aaba saby uthnu parchha iniharu ly hataunu ny parchha des bata

  9. Aaudaichha shanti aba
    Nepaliko aanganima
    kati ramro bajla madal
    Balana ra sanginima !
    om ojha

  10. namaskar uttam ji ,yasto belam pani mulukle nikas paunsaken bhane hami nepaliko durbhhage hunechha, dondama pilsiyaka nepaliko sarap lagnechha satrajnitik dal,ra maobadilai.from south korea.

  11. Uttamji,
    Great expression!
    I heartily appreciate your feelings, I am 100% with you.You have spoken the tongue of the people. Some dissatisfied foremr rulers and hatching a plot to defame people’s revolution through various games ( one Game was seen yesterday when Kamal Thapa landed with his missioneries roaring sincerity and false patriotism)The other drama was when ramsharan mahat presented so much maoney to the royal family and the palace. In the series of drama, a lot of names can be added( like KP Oli who acted indifferently to maoist and three party meeting at Godavari yesterday)
    I wonder how these bloody people got to the post? Girija picked up people in his ministery who are king’s supporters ( Ram Sharan, KP Oli are the main pawns of Gyanendra). This government is a great deception to People’s revolution. This parliament does not have public mandate to bring any changes or reforms ( We do not want false reforms, we need total change in everything)
    I liked Kishor Nepal’s interview given to Bijaya Kumar yesterday at Kantipur TV. I believe 99% Nepalese agree with his views. When will these lotto leaders ( leaders by chance)realize what they are?
    Let the election take place and people will show their price.
    I hope all Nepalese will read your article and come out on the streets to show solidarity to TOTAL revolution once again ( I want to be the first one)
    Thank you and please keep writing similar provoking issues!
    Chhetry

Comments are closed.