-कृष्ण ढुंगाना-
काठमाडौंका स्कूलमा सेवा कम व्यापार बढी हुन्छ भन्ने यथार्थबाट धेरै अभिभावक पीडित छन्। अभिभावक पीडित बनेको एउटा रिपोर्टिङको अवसर मलाई पनि मिल्यो बिहीबार। राजाका सन्तान अध्ययन गर्न खोलिएको त्रिपुरेश्वरको कान्ति ईश्वरी शिशु विद्यालयमा वीरेन्द्रका सबै सन्तानले अध्ययन गरेका थिए। नाफा नकमाउने भनेपछि विद्यालय व्यवस्थापनले अतिरिक्त आम्दानी गर्ने भन्ने जुक्ति निकालेछ। अब के गरेछन् त भन्दा, सबै विद्यार्थीको दिशा र रगत समूह जाँच गर्ने अनि काठमाडौंको म्यानपावरले जसरी कमिशनकै भरमा हजारौं कुम्ल्याउने।
एकजना पीडित अभिभावकले मसँग कुरा गर्दै म निकै आश्चर्यमा परेको थिएँ। सबै प्रमाण हेरेपछि मलाई अभिभावकहरु अन्यायमा परेको जस्तो लाग्यो। अनि सुरु भयो मेरो रिपोर्टिङ।
त्रिपुरेश्वरस्थित विद्यालय परिसर पुगेपछि चेञ्जेबल चश्मा लगाएका कालो वर्णका एकजना दुब्ले लुते मान्छेलाई अनुरोध गरेँ। प्रिन्सिपलको रुम कता हो भनेर सोधेको त तीन पुस्तादेखिको रिस भए झैँ गरी मलाई हपारे। म चकित खाएँ। मैले आफ्नो परिचयपत्र देखाएर वास्तविकता बुझ्न आएको भनेको त उनी झनै जंगिए। यस्तो वाहियात कुरा लिएर आउनेलाई प्रिन्सिपलले भेट्नुहुन्न’ उनले ठाडो जवाफ दिए।
सूचनाको हकको कुरा गरेर त्यहाँ काम लाग्ने थिएन, अनुनय गरेर वास्तविकता थाहा पाउनु पर्ने बाध्यता आइलाग्यो। पछि स्कूल कम्पाउन्ड पूर्वको रातो बिल्डिङतर्फ म आफैँ बढेँ। त्यहाँ एकजना महिला कर्मचारीसँग अनुरोध गरेपछि बल्ल-बल्ल प्रिन्सिपल पुष्पा सिंहसँग भेट गर्न दिइयो। त्यहाँ स्कूलका निर्देशक (नाम थाहा भएन), अभिभावक प्रतिनिधि यादव पन्त र सिंह गरी तीन जनाले विद्यालयले गरेको व्यापारलाई समाज सेवामा रुपान्तर गर्न भरपूर प्रयास गरे।
निर्देशक म्यामले गल्ती भएको कुरालाई स्वीकारे पनि प्रिन्सिपल र पन्त भने आफ्ना कर्तुत ढाकछोप गर्न कम्मर कसेर लागे। म चाहिँ उनीहरुको अभिव्यक्ति सुनेर प्रवृत्ति खुट्याउने प्रयास गरिरहेको थिएँ। अभिभावकका प्रतिनिधि भनाउँदा पन्त विद्यालयका प्रवक्ताले झै अडान लिएर कुरा गर्छन् बा ! कस्तो अनौठो कुरा । अभिभावकको प्रतिनिधि पदमा उनी त्यहीँका जागिरे पो थिए कि मैले सोध्नै बिर्सेछु। ‘डाक्टरले अप्रेसन गर्दा औजारहरु त पेटभित्रै छोड्छन् भने यो त सामान्य घटना हो।’ उनले बाहिर २ सय लाग्ने दिसा र रगत समूह जाँच आफूहरुले ८० रुपैयाँमा गराएको भन्दै नाक फुलाए।
पन्तले पत्रकार पाँच सयमा बिक्नेहरु हुन् भन्दा मेरो कन्सिरी तातेको थियो। तर, मैले सोचेँ यो अभिव्यक्तिले समाचारको पुष्टि गर्दछ, यस्तो घटिया मान्छेसँग किन विवाद गर्ने।
अफिस आएर दिसा र रगत जाँचको काम गर्ने ठेक्का लिएको हियर नेपालका सञ्चालक माधव जोशीसँग सम्पर्क गरेँ। उनले विद्यालयमा भएको ठगी प्रकरणलाई थप पुष्टि गरे। जाँचका लागि आफूलाई प्रतिविद्यार्थी ५० रुपैयाँ दिने सहमति भएको खुलासा उनले गरे। मेडिकल चेक-अपका नाउँमा विद्यालयले चाहिँ ८० रुपैयाँ असुल्ने। अब कमिशन कति आउने रहेछ भनेर त पुष्टि भइहाल्यो। जोशीले अर्को के पनि गुनासो गरे भने ‘कूल बिलमा स्कूलले दुई-तीन हजार कम गरेर भुक्तानी दिनेगर्छ।’ मेडिकल चेपकअप सहित अतिरिक्त क्रियाकलापका नाउँमा विद्यालयले नर्सरीदेखि वर्षेनी एकमुष्ट १४ सय ५० रुपैयाँ असुल्दो रहेछ। कक्षा बढ्दै जाँदा यो रकम पनि दोब्बर हुँदै जाने रहेछ। नाफा नकमाउने भनिएको काठमाडौंको विद्यालयले त यसरी असुल्छ भने अरु नाफामुखी बोर्डिङहरुको के हालत होला !
[ढुंगाना परेवा अनलाइनका लागि रिपोर्टिङको क्रममा विद्यालय पुगेका थिए। उनले लेखेको समाचार यहाँ क्लिक गरेर हेर्न सकिन्छ]
yo sabai padhai ra samaj sewa ko nam
ma paisa kamaune dhyan bhyaka manchhe le yasto gareka hun
Mr Dhunganaji……”patrakar haru 500 ma bikne Re?”
Tyo pant lai tesko bhau kati ho bhanera sodhnu hai……sale goru ko buddi bhako khateko chhora lai hami sabai milera bhau lagaunu parchha…….
Actions must be taken againt these schools who r profeeteing in the name of education. Is Ministry of Education sleeping? Gov. must produce guidelines wat schools can do and what can not be done!!!!!!!!
Good reporting. Keep on reporting on other schools as well who are doing bad jobs. If the government is impotent why should the public and press remain so. We must bring them on good track by the virtue of the public pressure. We should start the new blog named “Pol Khol” or something like that.
The problem we are facing now is that the lack of law by which we can bring them into the circle of justice.
Nobody listen nobody. There is not good enough law for that injustice.
Schools(Boarding) are just like a business center. There are hardly any schools in any corner of Nepal with the aim of social welfare and contribution to the country. Just “BUSINESS” Black “BUSINESS”.
Normally we people in general think that political instability is the main source of all problems. well it is. But there are many things interrelated with it. We can alone to vulnerable potical situation in Nepal. As we know economic situation, social-cultural background, Politics, Geography , divesity of people and existing rules are interrelated to eachother. If our economy has been good,if we didnot have unimployment problem or if we dont have political instability caused by political parties for power, we sgouldnot ,for sure ,lost 13 thousand lives. The same rule appilies to African countries.
Bording school bhaneko nepali janta lai dhagi garne sastha ho kathamandu ko gharbhetiharu jasti.
yesari abhibhabak haru thagieko arthat thagiraheko bhanne kura prastai bhaisake pachhi aba yo jana sarkar le yesta thagi khane nikae harulai kasto sajae dineho?
Hamro des ko niema haru ta ajib ko hunchha 2 barsa kaid ya 5 hazar jariwana. (Niem kanun dherai thaha Bhaena ) Dherai pahile luga dhune sabun ko Chhimeki rastrako malik le taul napugne gari sabun bechekoma yes kisim ko kanun le garda sajilai sanga gareko kartut haru 2-4 hazarmanai chinofano bhaeko jasto lagchha sayed ahile pani yestai kanun ho bhane thagi khane lai kasle rokknera rokna sakindaina hai. thagi bareko kanun ke chha hola?
Sorry, for changing the topic, I find this news very interesting (its from nepalnews.com).
Helmets no more a must for pillion riders, says VTPO
The Valley Traffic Police Office (VTPO) has said the rule for wearing helmets by motorcycle pillion riders will not be compulsory anymore……….and so on.
Why we nepali people always thing the sefety measures as a rule of law. This is not a only example of our unawarness- we used to stay on the roof of the bus, we are crossing the roads through the street (although we have a bridge), we are painting the walls every where and so on… We think these rules are for the goverment instead of thinking these are only for our safety. What do you say???
Check this link as well:
http://fromisraeltolebanon.info/
यो सब एउटा प्रणालिविहीन छरपष्ट समाजको सचित्र कहानी हो ।
कहाँनेर व्यवस्था छ र हाम्रो देशमा ?
सुरक्षाकर्मीबाट ज्यान जोगाउन पर्ने खाँचो, जनसेवक कर्मचारीबाट जनता सताइएका घटनाका कुराहरु सामान्य नै हुन। कुनै अफिस र कार्यालय पुग्नुस् त त्यहाँ राष्ट्रसेवक वा जनसेवाका लागि भनाउँदो कर्मचारीले जनताको समय, धन र कामको कुन किसिमले धज्जी उडाइ रहेका छन ।प्राइभेट विद्यालयरुपी पसलहरुबाट मान्छे ठगिनु पर्ने कुरा कुनै नौलो हैन । फेरि पत्रकारहरु रु ५०० मा नबिक्ने खालका पनि छैनन, सबै नबिक्लान त्यत्ति न हो ।
फेरि हतियारका भरमा नयासत्ता दावा गर्नेहरुको चाला हेर्नुस त बन्दुक भिरेका भरमा स्कूल पढ्दा परिक्षा पास गर्न हण्डर खाएका र शिक्षक पिट्ने शण्डमुशण्ड त अहिले जनअदालत खडा गरेर जनतालाई न्याय दिने न्यायधीश पो भइसकेका । चन्दा दिए सब जनवादी चन्दा नदिए वा प्रतिवाद गरे प्रतिगामी। देशकै
यस्तो कन्तविजोग भइरहेकाबेलामा हाम्रा ढुङ्गानाजीले स्कूलको मुद्दा उठाउनु भएछ तर म भने देशमा अव्यवास्थाको पराकाष्ठा नरहेको हो नभएको कुनै एउटा क्षेत्र बाँकि होला र भनी ताज्जूब पो परेको छु । तपाइँलाई थाहा हुनुपर्ने एकसमय ई पसलजस्ता मौलाएका बजारे स्कूल बन्द गर्ने अभियानमा लागेका अखिल क्रान्तिकारी भन्ने माओवादीहरुले काठमाण्डुका ठूला कमाउवाला स्कूलबाट राम्रो रकम हात पार्न थाले पछि उनीहरुको व्यवशाय झन मौलायो । अहिले भ्रष्टाचार पनि जङ्गली सत्ताको संरक्षणमा पो मौलाएको छ ।
ha ha ha ha ha… , it’s money motive, it’s not a service motive, SIR…. you don’t need to prove that.. we all know that..
i did my SLC with all that unknown costs bearing which i don’t have any idea on.
wat else can we do now..
कान्ति इश्वरी शिशु विद्यालयको अभिभावक ठग्ने चर्तिकलाको बारेमा जानकारी गर्राईदिनु भएकोमा कृष्ण ढुङ्गानालाई मुरी मुरी धन्यबाद । यो त अचाक्ली नै भयो है नेपालमा । सोझा साझा अभिभावकलाई ठग्नेलाई त हदैसम्मको कारबाही गर्नुपर्छ । कृष्णजीले भन्नुभएको उक्त विद्यालयको निर्देशक महोदया रञ्जना पोखरेल त होईन – किनकी केही बर्षअगाडिसम्म रञ्जना पोखरेल उक्त विद्यालयकी प्रिन्सिपल थिईन । पत्रकार साथीहरूलाई थाहा हुनु पर्ने हो रञ्जना पोखरेल महोदया नेपाल प्रेस इस्टिच्यूटका अध्यक्ष एवं हालै नेपाल सरकारद्वारा महाअभियोग लगाइने भनिएको तर बीचैमा राजीनामा दिएर उम्केका नेपाल मानवअधिकार आयोगका एक सदस्य गोकुलप्रसाद पोखरेलकी श्रीमति हुन । रञ्जना म्याडमको पैसा कमाउने चर्तिकलाको बारेमा जति चर्चा गरेपनि पुग्दैन । कति पैसा चाहिएको हो कुन्नि जति पैसा कमाएपनि नपुग्ने । यिनीहरूको बारेमा अझ गहिरो अनुसन्धान गरेर अरू कर्ुकर्महरू र्सार्वजनिक गर्न म सबै पत्रकार मित्रहरूलाई अनुरोध गर्दछु ।