धरहराबाट हाम्फाल्ने त आफ्नै सहकर्मी पो !

नौ तले धरहराबाट हाम्फालेर एक जनाले आत्महत्या गरे रे भन्ने खबर सुनियो मध्यान्हमा। कस्तो मान्छे होला, किन हाम्फालेको होला जस्तो लागेको थियो सुन्ने बित्तिकै। अझ सुरुका समाचारमा प्रहरीलाई उदधृत गर्दै मानसिक सन्तुलन स्थिर नभएको भन्ने समेत भनिएको थियो। अनि लाग्यो- कुनै बौलाहा होला, गएर हाम्फाल्यो होला।

दिउँसो समाचार आयो- हाम्फाल्ने मित्रलाल ‘बालक’ अधिकारी त पत्रकार, कवि, शोधकर्ता पो रहेछन्। साँझसम्ममा त उनी आफ्नै सहकर्मी भएको पो पत्ता लाग्यो- स्पेसटाइम दैनिकमा सँगै काम गर्ने।

स्पेसटाइममा काम गर्ने गर्थे रे भन्ने सुनेपछि उनको अनुहार सम्झने प्रयास गरेँ। तर मैले ठ्याक्कै को हुन् भनी ठम्याउन सकिनँ। त्यसपछि पुराना सहकर्मीहरुलाई फोन गर्न थालेँ। हाल च्यानल नेपालमा कार्यरत रञ्जन झासित कुरा भयो। उहाँहरु स्पेसटाइम दैनिकमा नाइट डेस्कमा सँगै काम गर्नुहुन्थ्यो। म त्यतिबेला डे डेस्कमा काम गर्थेँ। मैले पनि देखेको हुँला, मलाई ठ्याक्कै याद भएन नि भनेर सोध्दा उहाँले भन्नुभयो- कपाल गिजिङ गिजिङ भएको, नवराज सरसँग धेरै बसिरहने हुनुहुन्थ्यो नि।

मलाई अझै पनि ठ्याक्कै याद भएन। कस्तो थियो अधिकारीको व्यवहार तपाईँहरु त सँगै काम गर्नुहुन्थ्यो भनेर सोध्दा उहाँले भन्नुभयो- १ डेढ वर्ष सँगै काम गर्‍यौं। अलि फरक त फरक नै हुनुहुन्थ्यो उहाँ। उहाँको हिँडाइ-बोलाइ अरुभन्दा फरक थियो। अलि सनकी किसिमको। नभए धरहरामाथिबाट हाम्फाल्न सकिन्न थियो।

-किन गरेको होला त सुसाइड ? फ्रस्टेसन नै होला त ? मैले सोधेँ।

-फ्रस्टेसन पनि के भन्नु यस्तो उमेरमा।

-अनि कस्तो थियो उहाँ त्यस बेला कस्तो कुराहरु गर्नुहुन्थ्यो ? पोलिटिकल कुरा गर्नुहुन्थ्यो ?

-उहाँको पोलिटिकल ब्याकग्राउन्ड त थियो। तर मसँग भने उहाँले कहिले पनि कुरा गर्नुभएन। न्युज सुन्दा त म झसंग नै भएँ।

त्यसपछि मैले हाल कान्तिपुर टेलिभिजनमा कार्यरत र मेरो संसारका पनि ब्लगर दीपक भट्टराईसित सम्पर्क गरेँ। उनले फ्रेञ्च कट दार्‍ही पालेको, उमेर गइसकेको जस्तो देखिने मान्छे भनेर भनेपछि बल्ल अलि अलि सम्झिएँ।

हालसम्म धरहराबाट हाम्फालेर आत्महत्या गरेको खबर सुनिएको थिएन। आफूले त थाहा पाएदेखि धरहरा बन्द नै थियो। बल्लतल्ल धरहराको व्यवस्थापन निजी कम्पनीले लिएपछि दुई वर्षजति अगाडिबाट खुलेको भए पनि चढ्न भने भ्याएको थिइनँ। तर यो आत्महत्या प्रकरणपछि त धरहरा बन्द नै भएको छ। हेरौं, अब के हुने हो ?

घटना विवरण अनुसार मित्रलाल टिकट काटेर धरहरा खुल्ने बित्तिकै बिहानै माथि पुगेका थिए। त्यो टिकटमा खै कति लाखको पो हो जीवन बीमा पनि गरिएको हुन्छ। तर आत्महत्या गर्ने मित्रलालले जीवन बीमाको रकम पाउलान् त ? उनले बरण्डामा निकै चक्कर लगाएका थिए। गार्डले तपाईँ जानुस् अब भनेर भनेपछि जान्छु भनेर भनेका रहेछन्। एक्कासी धरहराको बरण्डा हल्लन थालेपछि गार्डले हेर्दा त मित्रलालको एउटा खुट्टा र जीउ बरण्डाबाहिर पुगिसकेको रहेछ। अनि उसले रोक्न खोज्दा उल्टै उसलाई समेत तानेर खसाउन खोजेपछि गार्डले छाडिदिएका थिए। त्यसपछि त के छ र, मित्रलालले हाम्फाली हाले।

नौ तलामाथिबाट हाम्फालेका उनी सीधै तल ढुंगामा बजारिन पुगेका थिए। उनको घटनास्थलमा नै मृत्यु भएको थियो। कञ्चनपुर त्रिभुवन वस्ती घर भएका अधिकारीका काठमाडौंमा ललितपुरको कुसुन्तीमा बस्दै आएका थिए। उनका एक पत्नी एक छोरा र एक छोरी छन्। उनले किन आत्महत्या गरेका थिए भन्ने कुरा चाहिँ प्रष्ट हुन सकेको छैन। तर पछिल्ला दुई दिनमा दुई सञ्चारकर्मीको आत्महत्याको खबर सुन्दा अनौठो लागेको छ।

अर्का रेडियोमा कार्यरत सञ्चारकर्मीको आत्महत्याका बारेमा भने म यहाँ धेरै लेख्न गइरहेको छैन। किनभने उनी आफैले सुसाइड नोटमा ‘मेरो नाम प्रचार नगर्नु, समाचार नबनाउनु, श्रध्दाञ्जली नछाप्नु’ भन्नुभएको रहेछ। उहाँको मृत्युका बारेमा खबर पाएपछि उहाँकै सहकर्मीसित बढी जानकारीका लागि फोनमा सम्पर्क गर्दा उहाँले यस्तो भन्नुभएपछि उहाँको अन्तिम इच्छाको सम्मान गर्नु सबैको कर्तव्य जस्तो लाग्यो।

तर…किन भइरहेछ त यस्तो आत्महत्या ?

21 Comments

  1. cheer aatmako santi ko kamana! sathai sok santapta pariwaar prati hardik samabedana!Nau tale dharahara chadhne haruko lagi jeevan bima hoina, safety ko lagi special Air bag ra helmet ko byabastha garoun. Nabhaye guard chaata liyera standby basnu paryo hamfaalna khojne lai euta hatle chyappa samaaune ani arko haatle bhlyatta chaata kholne sarara uddai jharne! Jangele jasto !

  2. i know the person who really the person commiting suicide, he says the guard is giving gossiping about the whole matter, actually the guard was not on the scene, the person climbed to railing, at first attempt he fell inside, and on the second attempt he was successful to climb, he was putting his leg both side and he sleped or jumped, during the fall, he made one turn causing his head toward the ground and he fell to ground, this was the actual scene, the newsmedia is giving guff nothing more…

  3. chii chhi ma pandure bhaneko ta ma vanda pani pandure tyo manchhe raherchha namard kahiko swasni chhora chora chorilalai alapatra parera marne hutihara

  4. शायद मरेर भएपनि प्रथम ब्यक्ती हुन मन लाग्यो होला नत्र किन धरहरा माथि गएर नै हाम्फालेर मर्नु पर्‍यो होकी होईन?
    कमसेकम अरुमा प्रथम हुन नसके पनि धरहरा बाट हाम्फालेर मर्ने प्रथम ब्यक्ती त भयो , अब हजिरी जवाफ हरुमा सोधिने भयो धरहरा बाट हाम्फालेर मर्ने प्रथम ब्यक्ती को हो? र कहिले? भनेर ।
    धन्न जङ बहादुर मरेन त्यो बेला मा नत्र जङ बहादुर नै प्रथम हुने थियो ।

    कमेन्त बाइ
    राकेश महर्जन महाराजगन्ज ।

  5. Hey man what the hell was guard doin there.entire incident happened in front of the guard.It’s still not clear.Guard should be trained in those sort of situation otherwise why the guard is neede there.It seems to be the total carelessness of the guard and management.We need clearification on this.

    Nabin,USA

  6. why do people commit suicide, it’s really a complicated matter and the reason behind that still is mystery,.. we can’t just analyse the situation easily and end up with our own easy judgement. because, those people who swear never to end their live, have found doing that. .. so,.. what might be the reason..

    we need big survey

  7. बल्ल बल्ल खुले को धरहरा फेरी बन्द हुने भयो । अब कहिले खुल्ने होल। मैले त अहिले सम्म चड्न पयेको छैन। त्यस्तो ऐतिहसिक धरहरा मा चढ्ने मेरो सपन साकार हुने भयेन ।उस्ले अत्महत्या गर्न को ल्लगि किन धरहर नै रोजेको होला बुझ्न सकिन।

  8. This is very terrible thing to read the news like that. But it is being common these days. This I think is because of maximum exposure of peoples desires. Desires are the main causes. If you do not have desires your children and wife must have desires.If you cannot fulfill those desires then what will be the wayout to survive? You can’t look suffering from getting wishes fullfilled of your loved ones. Mostly sincere people are commiting such sucides. But you all will be surprised to know though few people are commiting sucides most of the people these days are facing with the thoughts of sucide.

  9. It’s not a good news. the security must be tight and we shouldn’t close this operation. It must be continuied but security alert must be regular.
    may god send his soul to the heaven. may god make his family mighty to get this painful burden.

  10. ओ उमेश जी, एउटा अलि फरक प्रसङ्ग है? तपाईँले यो ब्लगमा भन्नुभएको स्पेसटाइममा रति काम गर्ने र मृतक मित्रलाललाई चिन्ने रन्जन झा भनेको पहिले ताहाचलको काठमान्डु वमेन्स कलेज्मा मास कम्युनिकेशन पढाउने रन्जन सर हो ? मैले किन सोधेको भने म पनि त्यहाँ २०५८ सालदेखि २०६० साल सम्म २ बर्ष फिजिक्स पढाउँदा हाम्रो राम्रो सम्बन्ध थियो, यध्यपि दुबै ब्यस्त भएकोले त्यत्ति धेरै भेट त हुँदैन थियो। त्यसबाहेक हामी दुबै बल्खु कुमारी क्लबमा नजिक नजिकै बस्ने भएकोले बेला बेलामा भेटघाट र कुराकानि भैरहन्थ्यो। त्यसपछि त २०६० सालमा मैले पनि त्यो कलेज छोडेँ सायद वहाँले पनि छोड्नुभयो अनि २०६१ सालमा त आफु पनि Ph.D. गर्न यता अमेरिकातिर आइहालियो, अनि त को कहाँ को कहाँ। एक पटक माइन्ड गर्नु हुन्न भनें र मैले भनेको मान्छे वहाँ नै हो भने वहाँलाई सोध्नुस त मलाई सम्झनु हुन्छ कि सम्झनु हुन्न, है त?

  11. यहाँ निर कुरा स्पष्ठा भएन । गार्ड्ले कत्ती खेर देख्यो र कत्ती खेर समत्न गयो अनि गार्डलाई कसरी तानेर के गर्न खोज्यो?
    अनि गार्डले कसरी छाटी दियो?
    गार्द सँग फेरी पनि सोध्बुझ गर्नु पर्छ ।
    र म यो भन्न चाहन्छु कि मृतक्ले जीवन बिमको रगम पाउनैइ पर्चह किन भने धरहरा सन्चलक्को कमचरी छ , बारान्डम वरिबरि डन्डिमा अग्लोअग्लो काँन्डा भएको तार लगाउनु पर्थ्यो
    jit

  12. ए ब्रो
    ब्रो पनि संचार कर्मी नै हो । । ।ब्रो चाइ वीरसेर पनि धरहरा माथि न जानु है । फेरी हामी तुहुरा होलौ 😉

  13. It is a disease. If anybody has one, he or she needs to get professional help, no go and jump from Dharahara. (I was worried when owner of this bolg wrote a few weeks ago that he was so much depressed ). Life is full of may wonderful opportunities. You do not have be be rich to live richly, nor do you have to leave your contry. You get more respect in your own coutry than in foreign countries where people judge by the color of your skin! Good luck.

  14. i know one one mitralal adhikari. we used to call him balak.it was some 25 years ago when i used to work in saptahik manch with padam thakurathi, keshav raj pindali, harihar birahi, janardan acharya, kamal joshi, kishor nepal.
    he was a left leaning guy and an active partener in discussions with pipalbote gafadis in indira resturant.
    he was an assosiate helping marketing department and used to travel a lot to collect dues of saptahik mancha and later bimarsha.
    i am saddened with this news. sorry.

  15. All of us know and need to know that the reason for suicide is frustration. If a person sees only bad aspect, falures or if a person repeatedly insulted or repeatedly thrashed or is repeatedly pointed out his weakness or shown lower among other by family, friends or anybody, he/she become frustrated. Let’s all try to encourage each other, help and motivate each other, show the good aspect so that suicide will be reduced. Let’s hope for the best.

  16. Stress is the main cause of suicide. There are so many sources of stress. Frustration is one of the results of stress.

    Nepalese are not prone to stress management, when it exceeds its tolerance level, then, they commit some unsual thing to the extent of suicide.

    We can simply say God bless them.

  17. यो कस्तो दुखद समाचार !!!
    मलाइ यस्तो पारिवारिक मानीसहरुले किन आत्महत्त्या गर्छन, आश्चर्य लाग्छ । आफ्नो परिवार प्रतीको दायित्व बोध गर्नसक्ने खुबी न भएरनै होला । जस्तोसुकै अवस्थामा पनी मानीसको प्राण भन्दा बहुमुल्ल्य केहि पनी छैन जस्तो लाग्छ मलाइ त । कस्तो सुखी पुर्ण परिवार जस्तो लाग्छ सुन्दा खेरी: बाबा, आमा, छोरा र छोरी । हरे कस्तो पीडा त्यो परीवार लाइ । उमेश जी, यो समाचारमा अपडेट पाउन पाए हुन्थ्यो, के कारणले भएको रहेछ त्यो आत्महत्त्या ।

    Mr/Ms/Mrs rose चाउरे,
    Go see my answer in “बाइ बाइ प्यार जङ”.

  18. Dear sangeet jee,
    Ke Nepal ko abastha le garda ho ta unale atma hatya gareko? uso bahye ta sabai le aatma haytya garne bahyeni ta. Tapaiko comment ko bislesad garnai parchha

  19. it is not a good news to hear some person with a brain to suicide. it must have been some reason due to which he commited suicide. the situation in nepal has still not become good when all the nepalese people want to see nepal as sovereign , peaceful and prosperous country.

Comments are closed.