राजाको नाममा ३३ हजार रोपनी जग्गा

राजा र राजपरिवारको नाममा रहेको जग्गा खोज्दै जाने क्रममा हालसम्ममा करिव ३३ हजार रोपनी र २२ विघा जग्गा रहेको खुलासा भएको छ। तर नेपालका ७५ जिल्लामध्ये यो १० जिल्लाको मात्र तथ्याङ्क हो। अब यी जग्गाजमिनलाई रोक्का गर्न निर्देशन दिइएको छ। प्रतिनिधिसभा प्राकृतिक स्रोत र साधन समितिको आइतवारको बैठकमा भूमिसुधार तथा व्यवस्था मन्त्रालयले यस्तो विवरण सार्वजानिक गरेको हो।

भूमिसुधार तथा व्यवस्था मन्त्री प्रभुनारायण चौधरीले उद्योगका नाममा रहेको जग्गाको विवरण भने अझै खुलाउन नसकिएको जानकारी दिनुभयो। श्री ५ महाराजाधिराज सरकारको नाममा भनी १० जिल्लामा सो जग्गा जमिन भेटिएको समितिको प्रतिवेदनमा उल्लेख छ।

राजाको नाममा मात्र पहाडी जिल्लामा ३२ हजार ८ सय २४ रोपनी र तराईमा २२ विघा १ कठ्ठा १३ धुर जग्गा रहेको छ। राजाको नाममा

काठमाडौंमा १७ हजार ३ सय ४६ रोपनी २ आना जंगल,
८ सय ३४ रोपनी ५ आना १ पैसा घर तथा दरवार र
२ सय ३८ रोपनी ७ आना २ पैसा जग्गा व्यक्तिगत रुपमा रहेको छ।

त्यस्तै उपत्यकाबाहिर

नुवाकोटमा २ सय ३७ रोपनी २ आना २ पैसा जंगल,
काभ्रेमा ९ रोपनी १५ आना ३ पैसा १ दाम व्यक्तिगत,

चितवनमा २२ विघा १ कट्ठा १३ धुर जंगल र
३४ विघा ११ कठ्ठा १४ धुर घर तथा दरवार,

कास्कीमा १ सय ७४ रोपनी ४ आना २ पैसा घर तथा दरवार सहितको जग्गा,

धादिङमा १५ हजार १ सय १ रोपनी ११ आना २ पैसा १ दाम जंगल,

मकवानपुरमा १ विघा १९ कठ्ठा ३ धुर घर तथा दरवार सहितको जग्गा र

सुर्खेतमा ३४ विघा ७ कठ्ठा साढे १४ धुर व्यक्तिगत जग्गा रहेको प्रतिवेदनमा उल्लेख छ।

यसैगरी धनकुटामा १ सय ९४ रोपनी ८ पैसा व्यक्तिगत र

गोरखामा १ सय ३९ रोपनी ७ आना २ पैसा ३ दाम जंगल,

१९ रोपनी ११ आना १ दाम घर तथा दरवार सहितको जग्गा र
३ सय १७ रोपनी १५ आना २ पैसा २ दाम व्यक्तिगत जग्गा रहेको पाइएको छ।

राजाको संयुक्त स्वामित्वमा रहेको कम्पनीको विवरण उद्योग विभाग वा कम्पनी रजिष्ट्रारको कार्यालयबाट हेर्नु पर्ने भन्दै भूमिसुधार तथा व्यवस्था मन्त्रालयले भक्तपुर र ललितपुरमा गरी ८ सय ७३ रोपनी २ आना १ पैसा १ दाम र ३४ विघा ७ कठ्ठा साढे ४ धुर जग्गा रहेको संभावना रहेको जनाएको छ।

मन्त्रालयले दिएको जानकारीअनुसार रानीको नाममा काठमाडौंमा व्यक्तिगतरुपमा ६ रोपनी ३ आना २ पैसा, ललितपुरमा ६ रोपनी ९ आना र भक्तपुरमा १ सय ६४ रोपनी २ आना २ पैसा जग्गा रहेको छ।

मुमाबडामहारानीको व्यक्तिगत नाउँमा काठमाडौंमा ७६ रोपनी १३ आना १ पैसा र भक्तपुरमा २ रोपनी १ आना जग्गा रहेको प्रतिवेदनमा जनाइएको छ।

स्वर्गीय राजा वीरेन्द्रको नाममा काठमाडौंमा घर जग्गा वा दरवार क्षेत्र भनी २ हजार ७ सय ९१ रोपनी ६ आना ३ पैसा १ दाम र जिजुबडामहारानी इश्वरीको नाममा कास्कीमा घर जग्गा वा दरवारको नाममा ७ रोपनी ७ आना ३ पैसा रहेको छ।

अधिराजकुमारी प्रेक्षाको नाममा काठमाडांैमा ३९ रोपनी ४ आना ३ दाम र काभ्रेमा ७ रोपनी १४ आना ३ पैसा र अधिराजकुमारी प्रेरणाको नाममा ललितपुरमा १० रोपनी २ पैसा जग्गा रहेको छ। शाहज्यादी सिताष्माको नाममा काठमाडौंमा ३ आना २ दाम, अधिराजकुमारी शोभाको नाममा काठमाडौंमा २३ रोपनी ६ आना २१ दाम, माहिला शाहज्यादीको नाममा काठमाडौंमा ४ रोपनी १ आना र भक्तपुरमा ५ रोपनी २ आना तथा अधिराजकुमारी शारदाको नाममा काठमाडौंमा १ रोपनी १३ आना ३ पैसा २ दाम जग्गा रहेको मन्त्रालयद्वारा प्रकाशित प्रतिवेदनमा उल्लेख छ।

भूमिसुधार तथा व्यवस्था मन्त्री प्रभुनारायण चौधरीले कैलालीको टीकापुर विकास समिति, बारास्थित र्सूय टोवाको कम्पनी, पर्सास्थित स्रि्रदी ट्रेडिङ, अन्नपूर्ण होटल, सोल्टी होटल र दमकको हिमालय टी स्टेटकोको जग्गा जमिनबारे र त्यसमा राजाको शेयर लगानीको विवरण उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्राप्त भएपछि मात्रै र्सार्वजनिक गरिने बताउनुभयो। उहाँले गुठीको नाममा राजाको अझ धेरै जग्गा हुनसक्ने जनाउनुभयो।

यसैबीच समितिले राजा र राजपरिवारका सदस्यहरुको नाममा रहेका जग्गा जमिन बेचविखन कार्य रोक्का गर्न सरकारलाई निर्देशन दिएको छ।

मन्त्रालयका निमित्त सचिव श्रीप्रकाश महराले नारायणहिटी राजदरवार कसैलाई बेचबिखन गरेको आधिकारिक प्रमाण नभएको जानकारी दिनुभयो। उहाँले चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज कुनै राजा वा राजपरिवारको नाममा दर्ता नभएको बताउनुभयो।

लीलाराज खनाल/स्वससे

14 Comments

  1. उमेश जी मेरो त अलिकति पनि जग्गा छैन ।राजा लाइसिफरिश गरेर यो राजकुमार लाई पनि अलिकति जग्ग दिनु भन्दिनुस् है। उ सङ्ग धेरै रहेछ। हा हा हा।

  2. This sort of news will produce more frustation to ordinary Nepalese. The Bhumisudar trying to find out Gyanendra possession ( I believe most of it will be by well designed crook process, the Gyanedra’s way or illegally). It is taking them so long to find the rest of land in other districts. Why is that? Didn’t minister send circular to all the district to search. Now the frustation for the people with is this news is that one creature owns so much where millions can not feed them two very ordinary meals dispite the hard work they do? Is the government is going to do more investigation on this matter how he acquired all these assets. How much it is legitimate how much it is through robery or criminalisation. Is the government going to rationalise it? If so by when and how? The tax is not much. If I get few ropani’s in Kathmandu for free and I can keep the land by just paying tax, I am sure every else wants keep it as well. How the govenment is going to kneal down him. Should he be allowed to learn some lesson for lot of those forceful capture and some of the criminal activities he might have been involved to acquire this wealth.

  3. Dear Umesh ji,

    Yeuta kura ke bhane, aahile ko paristhiti ma raja ko sampati ko janch garera bitaunu bhanda aahile ko janata, bhukmari ma pareka harulai rahat dine bisay ma samay kharcha gare kaso hola. Janata lai kasari rahat dine, mahangi kasari ghatune bhane ra herna hoina ki Neta haru aafu kasari ghus khayera motaune ra rajako sampati ko janch matra garera janatalai aakha ma chaharo halne bhane ra time bitaudai chhan. Yo neta haru le janata ko lagi kehi gardaina ho sathi. AAba Andolan III aawasek bhayeko dekhinchha hai. mahangi jhan jhan din par din badhdai chhan, neta haru lai matlab nai chhaina. Khoi ta kasaile lekhdaine yes bare ma. sabai lai gyat bhaya.

    Thanks Umesh ji

  4. उमेश जी
    राजाको सम्पत्तिा रोक्का गर्नुको सट्टा भारतीय दलाल तथाकथित नेताहरुले कोशी गण्डकी महाकाली कालापानी माथिल्लो करणाली र चालिस लाख भारतीयलाई नेपाल वेच्न रोक लाउने विधेयक ल्याउनु ठिक हुन्न र , नेपालै नरहे श्रीमान पद्मरत्नको नेवार गणतन्त्रको सपना कसरी साकार होला – कसो-

  5. It is an unprecedented event in the history of Nepal that the Government is checking on the property owned by the crown. We really have to praise their effort to check on the crown hope that they will do a through investigation. They should also investigate on their businesses which are being carried out by themselves and those run by their invisible partners. At the same time the people of Nepal will be happy if the Government also start checking on the wealth accumulated by the politicians starting from the top that is Girija and his heiress Sujata.Koirala Jost followed by other politicians. It is interesting to note that this Government has done nothing to reveal the accumulated wealth of the Cabinet Ministers.

  6. माथि रकी जि ले दिएका घटना हरु अत्यन्त नै दर्द नाक छन । हामी नेपाली एक जुट भएर अन्याय, आपद्, बिपद सबै को सामना गर्नु पर्छ । त्यसैले हामी लाइ गणतन्त्र चाँहीएको ।
    एउटा कुरा के भने हाम्ले हाम्रो देश को आस्था र धर्म लाइ कम्जोर बनाउनु हुँदैन। महादेव को मन्दिर मा कसैले आत्म हत्या गर्दा महादेव ले लछार्-पाटो लाएनन भनेर रकी जि ले भन्नु भो; तेस्ता कुरा सबै धर्म मा हुन्छ; क्राइस्ट ले आफु लाइ भगवान का छोरा, दुत अनेक अनेक भनेका थिए, तर तीन लाइ घिसार्दै, भकुर्दै, लात ठोक्दै लगेर शुली चढाइएको हो, किन भगवान के हेरेर बसेका थिए ? तै पनि क्राइस्ट लाइ अझ झन झन आस्था गरिन्छ ?
    कुरा के भने, भगवान भनेको मानसिक शान्ति को लागि हो, चमत्कार को लागि होईन

    तेसैले एस्ता कुरा गरेर मानिस को आस्था भाड्ने कच्चा कुरा नगरौ

    द्वन्दात्मक भौतिक बाद धेरै ले पढेका छन

  7. हो हाम्रा राजा साच्चै ‘भूपति’ रहेछन बा !

  8. Umesh ji,

    Bharkhar aayeko neta haru ko ta hajarau bigha jagga chha, Makune ko matrai 800 ropani jagga Kathmandu ma matrai chha bhane Raja ko 33 hajar ropani jaga bhayeko sunda kehi gajab lagena. History herna ho bhane pahile ko hisable ta des nai usko, jun aahile sambhab chhaina, 21st century ma. what about Netas, jasle janata lai rahat dinchhu bhane ra aafumatra sampati khanu khayera motauchha. uniharu lai thikana lagaune haina ta?

    Thanks Umesh ji

  9. उमेशजी
    भूमाफियावारे तपाईलाई जानकारी छ-
    भू माफिया भनेको त्यस्तोमाफिया हो जसले जग्गाा सम्वन्भमा धांधलीगरीकरुस्त भन आर्जन गर्द छन् यस वर्गमा मन्त्री, सचिव, मालपोतका हाकिमहरु र कर्मचारीहरु,भूमि सुधार कार्यालयका कर्मचारीहरु, कालोकोट लगाउने वकिल,अधिवक्ताहरु, लेखनदाशहरु, रहेका हुन्छन्। हाम्रो देशको भूप्रसाशन र भूअभिलेखको व्यवस्था राम्र्रो नभएको र जनताको चेतनाको स्तर न्युन भएको कारणवाट यस्ता माफियाहरुले जनताको दोहन गरि राखेका हुन्छन्।
    तपाईंले राजाको जग्गाको वारेमा दिनु भएको जानकारी निकै विचारोत्तेजक छ त्यसको लागि मुरी मुरी धन्यवाद ।
    आज राजा निरीह छन् तर हिजो अस्ति सम्म उनको स्थिति मजवुत नै थियो। यस्तो मौका छोपेर भूमापियाहरुले नदिले छोडको उकाश जमिन, पर्ति जमिनहरु र एैलानी जग्गाहरुलाई नापी आएकोवेला राजाको नाममा दर्ता गराउ.दा प्रमाण पेश गर्न नपर्ने भएकोले जोताहा मा आफ्रना मानिसहरुको नाम दर्ता गराएर नापी गराएका रहेछनरु भने अहिले प्रभूनारायण चौधरी जस्ता भूमाlmयाहरुले हल्ला गरेर ति जग्गाहरु मोहिको नाममा गर्नु पर्छ भनेर किर्ते मोही हरुलाई मोज गराउने साजिस गरेका त होइनन्- साविक को मोठमा ति पग्गाहरु कस्को नाममा थियो कसैले भिडाएर हेरेका छन- राजाले आफ्ना नाममा कहिले देखि कायम गरेछनरु कसैले माठ भिडाएर हेेरेका छन- कागले कान लग्यो भन्ने उखान जस्तो त होईनरु- आजकल भर्ूइंफुट्टा विद्धान धेरै निस्केका छन्। तजाईर्ंला चाह छ – डा. सानुभाइ डंगोल भन्ने त्यस्तै भूमाफिया हो पसले म्यजियमको भवन संगै जोडिएको र्सार्वजनिक जग्गा आफ्नो नाममा दर्तागरी आलिसान महल वनाएको छ । त्यो छद्रमभेषी दरवारीया माफियाको मतियारलेदरवारीको भूमाफिया संग मिलेर राजा महेन्द्रका समयमा झपामा र राजा वीरेन्द्रको समयमा मर्ुर्तियामा जगा वकस लिएको छ ।त्यस्ता भूमाफिया हरुको राजाको नाममा नभएको जगगाहरु दर्ता गरेर आफरले खाने साजिस त गरेका छैनन – पुरानो मो६ भिडाएर हेरे पछि सपष्ट हुन्छ जस्तो लाग्छ ।

  10. WHY WE NEED A REAL MOVEMENT “JANAANDOLON#03”:

    —————An article from Newofnepal.com——-
    – हेटैंडा डाँडाखर्ककी २० वर्षीया चित्रकुमारी थिङ स्वास्थ्यचौकीमा महिनौंदेखि चिकित्सक नभएकोले सुत्केरी व्यथा लागेपछि बोकेर पालुङतिर ल्याउँदै गर्दा बाटोमै पानी-पानी भन्दाभन्दै मरिन्।

    तर चित्रकुमारीहरूका नेता कांग्रेस उपसभापति सुशील कोइराला नेपालकै अस्पतालमा गर्न सकिने शल्यक्रियाका लागि दलबलसहित सात समुद्र पार गए।

    – दोलखा भीमेश्वर- ९ माटकी २५ वर्षीया तीलकुमारी श्रेष्ठले पहिला आफनो ३ वर्षीय छोरालाई आँफैले रुखमा झुन्डयाइन् र त्यसपछि आफू पनि झुन्डिएर आत्महत्या गरिन्।

    त्यहाँ भीमेश्वर महादेवले केही लछारपाटो लाएनन् तर हाम्रा गृहमन्त्री कृष्ण सिटौला सपरिवार विमान चढेर तीर्थ यात्रा गर्न भारततिर पसे।

    – म्याग्दीको बेनीस्थित प्रकाश माध्यमिक विद्यालयमा कक्षा १० का देवप्रसाद विश्वकर्माले ‘पार्टटाइम’ पढेको ४ सय ५० रुपियाँ शुल्क बुझाउन नसक्दा आत्महत्या गर्न खोलामा डुबिसकेपछि देख्नेहरूले बचाए।

    यता नागरिक आन्दोलनका खरा आन्दोलन-कविता वाचन गर्ने गणतन्त्रवादी व्यङ्ग्यकवि अर्जुन पराजुलीसमेतको राजधानीस्थित एउटा विद्यालयले एउटा विद्यार्थीबाट सामन्तका छोराछोरीले मात्र पढ्न सक्ने मोटो शुल्क असुल गर्छ।

    यी दृश्य हाम्रा देशका लाज नभएका गोरुहरूले वर्षौभरि मनाउने गाईजात्राका हुन्। अझै छन् यस्तै दृश्य पछिल्लो साताभरिकै-

    – काठमाडौंकै महादेवस्थान ३ वालागाउँ जंगलमा करिब २५ वर्षीया एक युवतीको अर्द्धनग्नावस्थामा उनकै कुर्ताले मुखमा आगो लगाएर जलाइएको चिन्न नसकिने अवस्थामा एउटा शव भेटियो।

    – तानसेन ११ की सुकमाया नेपाली एक्कासि एउटा खरबारीमा मृत अवस्थामा फेला परिन्।

    – पर्वत वर्दाचौर ६ की सुनिता नेपालीले सोमबहादुर क्षेत्रीसँग प्रेमविवाह गरेर छोरो जन्माएपछि क्षेत्रीले घर पस्न नदिएकोले १ वर्षगोठमा बसिन्, त्यहाँबाट पनि धपाइएपछि अहिले बेसहारा भएर अदालतको ढोका धाउँदै छिन्।

    ————-ARE WE STILL PROUD OF BEING NEPALI???—-

  11. WHAT’S A DIFFERENCE!

    During PANCHYAT, CONSTITUTIONAL MONARCH & ABSOULETE MONARCH, people have no rights to know HOW RICH were ROYAL FAMILY.

    Now, during KING as Ceremonial as called by GIRIJA & SPA, people can only know how much wealthy KING is!

    Well done, SPA leaders!!! People know very clearly what you SERVANT LEADERS ARE DOING things in favor of KING and NOT-at-ALL in favor of poor people!

    Only during REPUBLIC SET UP through CA POLLS, people will get all the KING’s assets back to nation!

    Hey, A GROUP OF MICE (spa & SERVANT LEADERS), YOU CAN NOT HANG A BELL ON CAT’S NECK!!!

    If you could, you could have declared nepal a Republic country during a session at NATAK GHAR!!!

    YOU ARE BETRAYING NEPALESE PEOPLE..SOONER THAN LATER, ALL OF YOU WILL TASTE THE POWER OF PEOPLE!

  12. उमेश जी , गिरिजाप्रसाद कोइराला जस्तो राजावादि नेता प्रधानमन्त्री भएको सरकारले राजाको ९० हजार रोपनी जग्गा पत्तालगाए पनि केहि गर्लान जस्तो लाग्दैन । प्रतिनीधिसभाको घोषणाले त राजाको सम्पती माथि नागरिक सरह कर लगाउने मात्र भनेको छ । राजाको र राजपरिवारको नाउँमा भएको सम्पती त राष्ट्रको बनाउनु पर्ने पो हो , करमात्रै तिराउने हो भने त के अर्थ भो र तिरिहाल्छ नि कर त । नेपालमा कर तिर्ने र तिराउनेहरुको कामगराई उस्तै नै रहने होला फेरी ।

  13. त्यो राजदरवार र वरिपरीको करिब २०० रोपनी जग्गा त महाराज सरकारले मलाइ बक्सीसिएको छ । त्यसैले मन्त्रीजीलाइ खबर पुर्याउनु पर्ने छ कि त्यसलाइ गणना नगर्नु भनेर ।

Comments are closed.