यो मन जस्तो त्यो मन भए..बेनी बजारमा भेटौंला…

बेनी बजार, म्याग्दीबाट-
२०६३ साउन २९ सोमबार
beni
आज म सँधै ब्लग लेख्ने कम्युटर र स्थानभन्दा धेरै टाढाबाट यी शब्दहरु टाइप गरिरहेको छु। अहिले म छु सिटी साइबर क्याफेमा। यो म्याग्दीको सदरमुकाम बेनी बजारमा अवस्थित छ। हामी यहाँ आइपुगेको हिजो साँझतिर हो। काठमाडौंबाट निकै पर कतै जाने सोच अनुसार हामी तीन जना साथी- कृष्ण ढुंगाना, मणि र म अस्ति शनिबारको दिन काठमाडौंबाट हिँडेर एक रात पोखरामा बसी यता आएका हौं। बेनी बजारमा त्यसो त चिनेकाहरु कोही थिएनन्, तर पनि मेरो संसार बाट नै परिचय भएका दुई जना साथी दीपेन्द्र श्रेष्ठ र हरि कार्कीले हामीलाई निकै हार्दिकताको प्रदर्शन गरे। वास्तवमा उहाँहरुको निम्तो पाएर नै हामी यतातिर आएका हौ‌।

बेनीसम्म आइपुग्न पोखराबाट सीधै गाडी पाइने रहेछ। करिब ११-१२ वर्षअगाडि म यही राजमार्ग हुँदै बाग्लुङ पुगेको थिएँ। त्यतिबेला बाग्लुङमा एक महिनाजति बसिएको थियो। बाग्लुङभन्दा बेनीको बजार ठूलो रहेछ। त्यसो त बजार पूरै घुमिएको छैन। तर पनि हिजो बत्ती गएको बेला यसो अन्धकारमा साथी दीपेन्द्रको साथमा डुलेका थियौं।

उनका अनुसार बेनी बजारमा ९० प्रतिशत नेवारहरुको बस्ती रहेछ। बाँकीमा चाहिँ मगर र अन्य जातिहरुको बाहुल्यता रहेछ। विविधतामा एकता- नेपालको विशेषता। यही विशेषता यहाँ पनि रहेछ। त्यसको अनुपम उदाहरण आउने बित्तिकै हेर्न पाइयो। दक्षिण एसिया कै सबैभन्दा महंगो बाटो- कुन अर्थमा भने पर्वतको मालढुंगा भन्ने ठाउँदेखि बेनीसम्मको दूरी जम्मा १४ किलोमिटर रहेछ तर त्यसका लागि शुल्क भने ७० रुपैयाँ तिर्नुपर्न रहेछ- पार गरेर थाकेर बेनीको एउटा लजमा बसेको केही क्षणमा नै दीपेन्द्रले रोपाइँ नाच हेर्न जाउँ भन्दै लगेका थिए।

रोपाइँ नाच- बेनीको एउटा परम्परागत नाच रहेछ। यसमा रोपाइँ गर्नलाई हातमा धान लिएका महिला पुरुषहरु, राजारानी, जमिन्दार र एउटा लाहुरे हुने रहेछ। उनीहरु नाच्दै बजार परिक्रमा गर्ने रहेछन्। महिला भने पनि महिलाको भेषमा पुरुष नै हुने रहेछन्। किन त ? भनेर सोध्दा महिलाहरु चाँडै थाक्ने भएकोले भन्ने जवाफ दीपेन्द्रले दिए। तर उनको त्यो जवाफ उनले नै केही क्षण अघि केटीहरु घरबाहिर त्यति निस्कँदैनन् नि भन्ने कुरासँग मेल खाइरहेको थिएन। केटीहरु त्यति खुला नभएकोले पो हो कि त्यस्तो भएको ? तर हैन रहेछ, रोपाइँ नाचमा गीत गाउनेहरु भने फेरि महिलाहरु पनि टन्नै थिए।
Ropain Naach- Beni
रोपाइँ नाचमा लाहुरे र पछाडि गीत गाइरहेका युवाहरु। फोटोः रिजाल फोटो

रोपाइँ नाचको गीत भने एकदमै कर्णप्रिय थियो। एकछिन सुन्दा नै टिपिहाल्ने मनले। यो गीतको बारेमा साथी मणिले पनि ब्लग लेख्नुभएको छ। म चाहिँ यो गीत साभार गर्छु है त। यो गीतको पूरै लिरिक्स लेखिएको एउटा कापी हामीले गीत गाउनेहरु बाटै लिएका थियौं-

कोरसः छुपुमा छुपु हिलोमा धान, रोपेर छोडौंला
यो मन जस्तो त्यो मन भए पिरती जोडौंला

केटाः असार मास, दबदबे हिलो छुनलाई घिन लाग्यो
पातली नानीलाई फरिया किन्दा छ बीस ऋण लाग्यो

केटाः राजै र ज्युको फूलबारीमा पाकेको नास्पाती
असार मास सुत्केरी हुन्छे घ्यु खान्छे तीन पाथी

केटीः छेउकुना बाँझो खन्दै नखन्ने मुखमात्र चलाउने
एक पाथी खाजा ४ माना अचार एउटैले पचाउने

केटाः त्यो रानी वनमा न्याउली चरी डाँफे र कोकले
राम्ररी लाउन मिठोमा खान काम गर्नु होसले

केटीः अर्थुङ्गे गाउँको बराह पाखो भरियो सल्लाले
घरमा जहान पाल्ने आँट छैन के गर्ला यस्ताले

केटाः हलो है भाँच्यो जुवा है भाँच्यो डाँडाको खेतले
ऋण पनि लाग्यो, दिन पनि लाग्यो एकछिनको भेटले

केटीः त्यो पाखो कोप्चो धान है रोप्दा हात खायो हिलोले
कस्तोको फेला परियो बाबै एक छिनको भेटले

केटा छुपुमा छुपु धान है रोप हातको बीउ छउञ्जेल
मसिनो खाउली, सुकिलो लाउली यो मेरो जीउ छउञ्जेल

केटी: हातको मैला सुनको थैला के गर्नु धनले
साग र सिस्नो खाएकै बेस आनन्दी मनले

दीपेन्द्रका अनुसार यो गीतको लिरिक्स यस्तो भए पनि बीचबीचमा कसैले थाहा नपाउने गरी सुटुक्क अश्लील शब्द पनि घुसाइने रहेछ। हामीले भने त्यस्तो सुनेनौं। उनी भन्दै थिए- तपाईँले ध्यान दिएर सुन्नु नै भएन होला। हुन पनि हाम्रो मनमा त छुपुमा छुपु हिलोमा धान, रोपेर छोडौंला यो मन जस्तो त्यो मन भए पिरती जोडौंला भन्ने लाइन मात्र थियो। बाटोमा धान रोपे जस्तो, खने जस्तो गर्दै हिँड्ने र पछाडितिरका पुरुष र महिलाहरुले सुरिलो गीत गाउँदै हिँड्ने-साँच्चिकै रमाइलो थियो त्यो क्षण। वर्षमा एक पटक हुने यो नाच हामीले संयोगले हेर्न पाएका थियौं। यसको भिडियो पनि खिचेका थियौं हामीले। त्यो अब काठमाडौ‌ फर्किएपछि मात्रै राख्न संभव हुन्छ होला।

बेनी अझै घुम्न बाँकी नै छ। बेनीको एक पटक माअ‍ोवादीले आक्रमण गरेको ठाउँ अहिले पुननिर्माण भइसकेको रहेछ। बेनीको चोकमा राजा वीरेन्द्रको शालिक रहेछ- सैनिक पोशाकमा हतियारसहितको। त्यो शालिक विगतको आन्दोलनका क्रममा केही भएको रहेनछ।

कालिगण्डकीको तिरमा रहेछ बजार। यहाँका साथीहरुको अनुभव पनि सुनियो आक्रमण हुँदाका। उनीहरु रातभर अण्डरग्राउण्ड सुरक्षित भएर बसेका रहेछन्। बम पड्कँदा घरै हल्लिने रे। एक जना रेडक्रसका व्यक्तिले भने रेडक्रसको झण्डा बोकेर उध्दारका लागि निस्केर भिडियो खिचेका रहेछन्।

ल त अहिलेलाई म्याग्दीको बेनीबाट यो छोटो ब्लग यत्ति नै। बाँकी कुरा भरे लेख्ने प्रयास गर्नछु। तर यहाँ त बत्तीको भर नै नहुने रहेछ। एकैछिनमा जाने, एकै छिनमा आउने। सुत्न पनि गर्मीले गर्दा यति गार्‍हो भयो कि। फेरि जीउभरी चिलाएर के हो के। कस्तो एलर्जी भा हो ? अरु साथीहरुलाई नहुने, मलाई मात्र हुने। मणि जिस्क्याउँदै थियो- तपाईँलाई पोलुसन धुँवा धुलो नभएर यस्तो भएको ! हो कि क्या हो। धेरै वर्षअघि साथी दीपक भट्टराईको गाउँ डेढगाउँ जाँदा पनि रातभर जीउ चिलाएर सुत्न सकिएको थिएन। अहिले पनि जीउ फेरि चिलाउन थाल्यो त।

54 Comments

  1. hiii!!

    lil i am very happy to know abt it ..

    How u doing? i mean wats going on baglung?
    well can u put more pic of baglung .
    any way hope it will improve more thats all miss ma baglung..
    ♫♥PØKUCHI☆★PØØNˆ♫♥ /Linda pun

    Hong-Kong..

  2. Thank you for posting my message. If any of my friend from BAGLUNG read this email feel free to email me at [email protected] I am very interest to know and help if I can.
    Thank you , Agian

  3. hello everyone there,
    It is my first time to watch your website and I very impressed by the enthusiasm and wanting to do something for the community. I think we all need to do somthing for our country. I am in USA at the moment. I am from baglung.hello everyone in baglung.I want to do something for my village. I am thinking probably to build a school or help to students to get education around the world from the rural vilages. I know it is a big dream but I moving towards but my take some years.
    Thank you and hope you post my email address as well.

  4. Hello umesh gi malai dharai khusai lagyo tapaile benima gayara beautyful photo ani satte subda malai pani ahilei gau jasto lagyo by t5he way i was in beni 15day before u was

  5. Malai harmro desha ramro chha bhanne thaha thiyo but Beni bajar yati ramro chha bhanne thaha thiyana.Photo ramro chha phiri pani desha ka bibhinna thauma gayara natural photo’s pathaunu hola.Beni bajar matra hoina git pani ramro chha. Malai ta ashad ma ghar gaya jasto bhayo.Thank

  6. k ho sir yo ta indra ko agadi sworga ko bayan bhyana ra.baglung ra beni gardai hurke ko ma jaha baglung beni bhanda dherai thulo chha.tara tapai ta beni thulo bhandai hunuhunchha.yo ta napachne gaf bhayo ni.
    tara photo ramro nikalnu bhayechha.badhai chha.

  7. The photos are great. Please uploead more photos. That will be gift for us from your Beni tour.
    Thanks for your blog on Beni. Keep on introducing nice places.

  8. UMESH JI
    BAJLUNGKO BAZAR BENI BAZAR VANDA THULO CHHA ,BENI MA NINTY PERCENTEGE NEWAR MEANS LOCAL BASTI KHASMA NEWARHARUKAI CHHA BENIMA,BUSINESS KO SILSILA MA RA NEW BASTI KO KARAN RA VADA MA BASNE HARU KO KARAN ATIKHERA BENIMA NEWARHARU FIFTY PERCENTAGE RA ARU FIFTY PERCENTAGE VANDA FARAK NAPARLA.J HOS JASARI KATHMANDU KA NEWAR HARU LE KATHMANDU HAMRO PLACE HO VANERA GAURAV GARCHAN TESARI NAI BENI BAZAR MA NEWARHARU KO RA MYAGDI MA MAGAR JATI HARUKO BAHULETA CHHA.

    DIPENDRA CITY CYBER BENI BATA…

  9. I miss that ropia nach bcoz i was also play that dance before when i was in beni bazar , but now iam in iraq but any way , when show this pic of beni bazar i ama so glad.

    thanks for rijal photo.

    Sujan shrestha from IRaq

  10. umesh ji malai pani nikai ramailo lagyo benibazar ghumna na payapani picture ma herne mauka pauda nikai khushi chhu saknu hunchha vane tyo seen malai email ma send garidinus na plz hai ta ?

  11. umes sir krishna ji lai baglung 9857620336 ma phone garna lagaidinos na . kura garnu chha .

  12. Umes sir
    namaskar
    mani sir, krishna ji lai liyara baglung pani aunuhos. yaha haru lai wel-come chha baglung ma .
    yaha ayara dhaulagiri f.m. ma hamro vet hunchha.
    beni bazzar ko photo ramro chha.

  13. Hello, I think Beni, one of our tiny city is asmuch beautiful as Baglun.May this city be the destination for tourist. I hope we may get warm hospitality and welcome for visitors.
    Thanks.

  14. Umesh bro,
    I expect the same thing as above bloggers. Would you please send me the copy of this picture in my email. I would be really apprecite. I can’t believe our country has such nice place like beni bazzar.
    [email protected]
    thanx

  15. Thanks a lot for your Beautiful picture.Really I am very far from beni.I am very happy to see this picture.it would better if you put Aduio and videio record to show the real seen.Thanks Umesh ji

  16. Umesh jee,

    Just to let you know that many Nepalese here in the United States watch your blog. Actually, I wasn’t aware of your blog when I was in Nepal. I came to know it through Nepalese when I came here in the States. Good job. Keep it up. I guess I might have seen you when I was in Nepal. Anyway, I will see you after I will return very soon. Your description; especially photo about Beni is really fantastic. Great job.

  17. Umesh ji Mannai harahara hune gari kati moj gareko yar.Hami bhane hereko heryai.Nepal aauda ghumna janchhu bhanyo kahile ni phursad hundaina yar.La la aaphu matrai moj garau.

    USA

  18. घर उनको झापा, थर उनको ओलि ,
    महाकाली सन्धी देखि
    बिग्रिएको छ उनको बोली !!
    चिन्नुभएन तपाईंले???????
    उनै त हुन् नी के पि ओलि !!
    त भन्दा म ठूलो भन्छन् आजभोलि ,
    मती बिग्रिएको छ उनको ,
    म दिन्छु उपहार सेर्चन जी लाई
    उनलाई फ्याक्ने चोयाको सोली

  19. dherai khusi lagyo umesh ji beni bazaarko photo pathaunu bhayeko dhanne bad kina bhane mero janma sthan pani myagdi districtko kuine mangale khani 9 ma ho beni dekhi lag bhag 8 ghantako bato hidera gaye pachhi mero gaungma puginchha gau gharko yad aaudo rahechha nai jaha gaye pani thankyou

  20. ramro ta ramro chha.tara myagdi jaada baato maa parne hemja, fedi,lewade(prachanda urf puspakamal dahal ko janmathalo),naaudada,kaade,lumle,dimuwa,kusma etc etc ko kura khai ta… bemaan… bus ma purai nindaayo ki kya ho…
    la la aasha garau ..tai pani ktm aaye pachi aaucha ki..

  21. Thanks Umeshji !

    Very nice picture of Beni bazar along with Jyamrukkot Bagarphant, where I saw the light.Ropain Nacha is the most popular tradition of Beni bazar.
    Once again many many thanks.
    Ram,USA

  22. मेरो गाँउ पनि यहाँ देखि २ घण्टाको उकालो पछि आउछ । मेरो जिल्ला सदरमुकाम घुम्न जानु भएकोमा धन्यबाद !! तर मेरो बिचारमा बाग्लुङ्ग भन्दा बेनी सानो जस्तो लाग्थ्यो ,यहाँ आएको तीन वर्ष पनि भएको छैन ,यति चाँडो ठुलो त नहुनु पर्ने ?? प्लिज !!! तपाई अझ ३० मिनेटको बाटो काटेर गलेश्वरधाम पुगेर आउनु भए राम्रो हुने थियो । त्यहाँ पनि दुई खोलाको दोभान र दोभनको डाँडैमा शिवजी मन्दिर छ । जे होस् मलाई गाँउ गएर फर्के जस्तो लाग्यो । फेरी धन्यवाद !!

    -टंक सेरचन/द.कोरिया

  23. hi,
    beni bhanda ta baglung thulo 6. tapailai galat information bhaye jasto 6 . yedi tapai lai time bhaye baglung aaunusa hai. maldhunga bata 4 km matra ho. beni baglung hudai maldhunga pokhara jana sakinchha . welcome to u bagung

  24. achi!!!kati ramro photo hai bane bazaarko…..
    hoina, hami nepali haru lai ghumna yo bhanda ramro tham k chahieko ha!! anyway umeshji, binti 6 sakinchha bhane malai ni…forward gardinus la…[email protected]
    esko geet ra aru kk 6n sappai sunnu parchha la!
    sarhai maja lagyo…

  25. BENIKO BAJARA,
    JHIREMIRE, JATACHHA MAYALI
    JHIREMIRE, UTAI CHHA NAJARA
    JHIREMIRE, JALE RUMALA
    BALAKH KALKO YAD AAYO . FEELING GREAT WHILE I AM SEEING THIS PICTURE. I DONT KNOW WHY I COULDNT COPY THIS PICURE. I WAS TRING TO SAVE IT.

  26. बल्ल थाहा पाउनु भयो,खाल्टो(काठ्माण्डौ)बाहिरको मज्जा हा हा हा हा….

  27. hey buddy, do not forget to post B.S.2030’s most popular song “Beniko Bazar, jata maya utai cha nazar …………………………….”

  28. नमस्ते,
    तपइो प्रयस रम्रो लाग्यो यसरि गा उ घर घुम्दई त्य्हाका पिदा पनि समेट्नु भो भने त झन रम्रो हुन्च नि, अिन आन्तरिक पर्यटन्को पनि त सम्भवानलै बडःॅ नि यस्ती रम्रो फोटो प्रकशित गर्ने परयस गरि दिनु न यो नएइ त्यहाको जन्तको लगि सहयोग हुन्चॅ अनि ऋएफ़ृएस्ः को लगि अस्ति को जस्ती बिद बस्नु पर्दीन नि यसरि घुम्दआ भै हल्चॅ नि,अनि पजि जि कस्तो लाग्यो त आफ्नो कमेन्ट प्यक्क बोलि हल्नु हुन्न के यस्रि पस्च्ताइन्च बेनि पनि नेपाल नई हो यो हaम्रो नेपाल
    गगन्

  29. Dear Umesh Jee
    I was about to write a mail to u to show the situation of places other than KTM also, but u have no concept like other kathmanduan…who thinks Neapl is only Kathmandu, (I appreciate ur effort)hope u will visit Terai also(villages of mahottari,dhanusha,sarlahi..etc)to explore the problem and situation faced by local people there.
    Thank u and wish u a very good luck in the days to come ahead.

  30. aih hamro beni pani ati ramro rahechha aspali beni jada ma abasay ma pani linechhu tasbir. rajniti barema tapai ko blog padhda-padhda sarai dikka lageko thiyo.. dhairai ani lakh thanks tapilai ..umesh ji tapai ko job is very great

  31. बेलायत तिर बरालिँदा, ताना शर्मा को जस्तो मिठो शैली छ, ramro lagyoo…

  32. बेनी बजार को फोटो त सार्है राम्रो पो रहेछ । नेपाल भित्रको स्विजरल्यान्ड !!!
    रमेश
    नेपाली कम्युनिटी न्युज
    बेल्जियम

  33. उमेशजी, तस्विर सहितको स्थान चिनारी ज्ञानवर्धक छ । आउने दिनहरुमा पनि यस्तै अपेक्षा गर्दछु ।

    बिकल्प बस्नेत
    काभ्रे, पनौती
    हाल बिराटनगर ।
    इमेल [email protected]

  34. jindagi maa ek patak bandipur ra beni pugne mero utkat chahnaalaai aago maa ghiu thape jhai bhayo.

    swadesi paryatan bhaneko yasari nai bikas hudai jaane ta ho. thanks mysansar team laai

  35. Umesh ji Beni bazaar ko barema lekhnu bhayeko ma atti khusi lagyo teshma sh- dhanyebad tkrayauchhu, ra beni ko dobhan pareko photo atti ramro lagyo,, malai mail gari dinu saknu hunchhaki yedi saknu bhayo bhane yesma mail gari dinula umesh ji yesko lagi atti abhari hunechhu [email protected]

  36. I was there some weeks ago before coming back to USA. I then basically went all the way to Muktinath. You should try it also. It is a nice trek, but you should avoid the jeep ride from Galeshwar to Begkhola: those drivers are real jerks. One almost threw us to the river. But it was fun as we walked along kaligandaki, passed the deepest gorge in the world, and the tallest waterfall Rupse Chhahara in our country. If you have time, just go there. Take a break from rajniti and blogging, and come back with all the funny stories.

  37. Umesh dai hajurle lieko beni bazzarko Photo daya banya kali gandgi ra myagdi kholako man nai harsita hune kahalko tyo photo sarai nai ramro lagyo kirpaya milccha bane malai [email protected] pa send garidinu na la?
    Ani arko kura malai aaja yo beni bazzarko eti sundar photo sahitako samachara padhna pauda bigt dedha barsa aghiko kurako sarai samjana aayo.jun din teha MB harule aakraman gareka tie ra ma pani aaphno diutiko silsilama teha pugeko thie tyo belama dekheko benima ragata ra bandukka golibata niskeka Ak 47 ra annn smapurna sochalit hatiyar haruka khoka tihe bhane ahlile dekhieko beniko sarainai pargati bhaeko chha bhanda malai sara khusile tyo dinko tito anubhaba ahile pokheko chhu . oke
    Rajkuamr puri

  38. it would better if you put audio and vidio record to show the real taste of our own country’s culture
    haina ta Umesh jee

  39. मैले पनि ६ महिना विताएको ठाउँ हो। निकै रमाइलो छ। तर उहि हो बाटो भने। ल बधाइ छ घुमघामको लागि।

  40. उमेश जी , बेनिबजारको ( दुई खोलाको दोभान देखिने )फोटो सारै राम्रो लाग्यो । लौ न मिल्छ भने ईमेल गरिदिनोस [email protected] मा ।

  41. This is good to know something about remote place…I suggest you to put such form in near future too. May be once a month would be a better idea. Anyway thanx for the article and hope to see video and listen folk song of the place too.

  42. mula tyati beni gayera katro dhak lako.
    beniko sato beijing gako bhaye…
    mula sagar majak gareko kyaaaaaa.
    nare

Comments are closed.