सकिए छ नि रोपाईं

-मणि दाहाल/बेनी बजारबाट-

मालढुंगाबाट अत्यासलाग्दो १४ किलोमिटर कच्ची सडक छिचोल्नैलाग्दा परैबाट अस्ताउन लागेको घाममा बेनीको भव्यताको एक झुल्को पाइएको थियो। तर पर्वत तिरको बेनी हेर्दा पहिले देखेको बेनी हैन कि जस्तो लागेको थियो। तर हैन रैछ हामीले पहिले देखेको बेनी त कालीगण्डकी पार गरेपछि पो रै छ त। वर्षाको पानीले गर्दा तलतिर हेर्दा आङ नै सिरिङ्ग हुने झोलुंगे पुलमा फोटो खिच्दै जिस्कँदै अघि बढिरहेका थियौं हामी तीन जना। त्यही नै भेट भयो साथीहरु दीपेन्द्र श्रेष्ठ र हरि कार्कीलाई।

रोपाइँ नाचमा गीत गाउँदै गरेका युवा।

उहाँहरुले नै बेनी आउनुस् है भनेर निम्तो गरेपछि हामी यता आएका थियौं। उहाँहरुले पहिलेदेखि नै बासको व्यवस्था गरिदिनु भएको रैछ एउटा गेष्ट हाउसमा। दीपेन्द्रजीले सुनाउनु भयो रोपाईँ नाच आजै छ भनेर। रोपाईको मैजारो गर्ने बेलामा यो नाच नाच्ने चलन रैछ, बेनीमा। नेवार र मगरहरुको बाहुल्यता रहेको बेनीमा। झमक्क साँझ परेपछि बाटोमा गीत गाएको सुनियो।

“लौ छिटोगरौं” हतार हतार बाहिर निस्किएर अगाडीको बाटोमा भेट्नका लागि हामी हिडौं २-३ मिनेटमै हामीले भेटी पनि हाल्यौं। अगाडि आइमाई र लोग्नेमानिसको भेषमा धान रोपेको जस्तै गरी नाचिरहेका थिए। भिडियो खिच्नै पर्‍यो भन्दैपुण्टे भिडियो क्यामेराले खिच्दै थिए। नजिकै गएपछि थाहा लाग्यो कि त त्यसमा केटीको भेषमा त केटाहरु नै रहेछन्। सिरुपाते जुँगा भएको एक जना लाहुरे हातमा रातो टेप रेकर्डर लिएर कम्मर मर्काउँदै थियो। उसको पछि राजारानी भएकाहरुलाइ एक जनाले छाता ओडाइ रहेकोथियो। त्यसपछि केटा र केटीहरु माइकमा मिठो लयमा गीत गाइरहेका थिए-

रोपाइँ नाच नाचिरहेका मुखिया।

कोरसः छुपुमा छुपु हिलोमा धान, रोपेर छोडौंला
यो मन जस्तो त्यो मन भए पिरती जोडौंला

केटाः असार मास, दबदबे हिलो छुनलाई घिन लाग्यो
पातली नानीलाई फरिया किन्दा छ बीस ऋण लाग्यो

केटाः राजै र ज्युको फूलबारीमा पाकेको नास्पाती
असार मास सुत्केरी हुन्छे घ्यु खान्छे तीन पाथी

केटीः छेउकुना बाँझो खन्दै नखन्ने मुखमात्र चलाउने
एक पाथी खाजा ४ माना अचार एउटैले पचाउने

केटाः त्यो रानी वनमा न्याउली चरी डाँफे र कोकले
राम्ररी लाउन मिठोमा खान काम गर्नु होसले

केटीः अर्थुङ्गे गाउँको बराह पाखो भरियो सल्लाले
घरमा जहान पाल्ने आँट छैन के गर्ला यस्ताले

केटाः हलो है भाँच्यो जुवा है भाँच्यो डाँडाको खेतले
ऋण पनि लाग्यो, दिन पनि लाग्यो एकछिनको भेटले

केटीः त्यो पाखो कोप्चो धान है रोप्दा हात खायो हिलोले
कस्तोको फेला परियो बाबै एक छिनको भेटले

केटा छुपुमा छुपु धान है रोप हातको बीउ छउञ्जेल
मसिनो खाउली, सुकिलो लाउली यो मेरो जीउ छउञ्जेल

केटी: हातको मैला सुनको थैला के गर्नु धनले
साग र सिस्नो खाएकै बेस आनन्दी मनले


रोपाइँ नाच नाचिरहेका पुरुष र महिला। महिलाको भेषमा पनि पुरुष नै नाच्ने गर्थे।

अलि परको चोकमा पुगेपछि सबै त्यहीँ जम्मा भए। गोलो भएर बसे र नाच्न थाले। रमाइलो हुँदै थियो मैले दीपेन्द्रजीलाई सोधे “किन केटीको भेषमा केटाहरु” केटीहरु नाचमा छिटै थाक्छन् भनेर यस्तै चलन चलेको रे। राजाले गल्ती गर्नेलाइ सजाय दिन्छर रे अबिर दल्ने र चक्लेट दिएर। नाचनाच्दै गर्दा।

बीचैमा बिजुली गयो। बिजुली आउने जाने कुरासित परिचित रहेका आयोजकहरुले पेट्रोम्याक्सको व्यवस्था गरेका रहेछन्।

नाच सकियो अध्याँरोमा भएपनि बेनी घुमौं न त भनी हामी दीपेन्द्र जीसँग सडकमा जाँदै गर्दा उमेशजीले एउटा राजालाई लखेट्ने बेला भएको समयमा तपाईंहरु चै राजारानीको नाच निकाल्ने भन्दा पहिलेदेखि नै चलेको चलन कसरी मेटाउन सकिन्छ भनेर भन्नुभयो।

राजारानी बनाएर नचाएको भने पनि सही बेनीको रोपाइ सकियो है भनेर गरिने यो नाचले भने हामीहरुलाई साहै आकर्षित गर्‍यो।

रोपाइँ नाचमा लाहुरेको प्रतिनिधित्व। सबै फोटो सौजन्यः रिजाल फोटो/बेनी

6 Comments

  1. actullly i am from myagdi but i am living in london for 12 years. i remeber that time when i see all this its so nice and so things to remeber in my life. even my village more remote then beni called barangja near singa totopani. umesh if you got time dont forget to go tatopani not far from beni. thanks once again for this lovely massage and news.
    mirojkumar
    london

  2. beni bazar ko barema nikai suni ye ko thiyo kasto ramro photo pani dhekh na pahi yo…..yes ko lagi tapai lai dhanne bad.sachhai ati ramro rahechha….tar sunin chha mahagai nikai chha rea kin hola….???polution bina ko thau ko skin nikai ramro hunchha rea soltini khoj na ta nepal jada beni nai janu parchha hola …ki kasooooooooooooohaha…wassssssssssssssssssssssssup

  3. ल ल
    तपाई हरु पनि हेर्नुस । र बिचार गर्नुस त गाउले जिवन राम्रो कि सहरिया । हुन तपाई हरुलाई सहरिया जिवन नै मन पर्छ होला तर मलाई भने गाउले जिवन नै मन पर्छ।

Comments are closed.