
हरि कार्कीको सिटी साइबरमा इन्टरनेट चलाएवापत् लाग्ने शुल्क। अरु ठाउँमा भने प्रति घण्टा ४० रुपैयाँसम्म लाग्ने रहेछ।
दिनरात इन्टरनेटमा बस्ने बानी भएपछि इन्टरनेट बिनाको जीवन नरमाइलो हुने रहेछ। के नपुगे-के नपुगे जस्तो। काठमाडौंबाट पोखराको लागि हिँडिसकेपछि नै इन्टरनेटबाट सम्पर्क विच्छेद भइयो। पोखरामा साइबरहरु त थिए, तर आफूलाई चाहिने युनिकोडको ‘विशिष्ट सुविधा’ जहाँ पायो त्यहाँ नहुने भएकोले आपत पर्ने नै भयो। बेनी आइसकेपछि भने साथी हरि कार्कीको साइबरमा त्यो सुविधा रहेछ। त्यसैले फेरि पनि आज यहीँको कम्प्युटरबाट ब्लग गर्ने मात्र हैन, देश र विदेशका समाचारहरु नियाल्न पाएको छु।

बेनी बजार सानो भए पनि यहाँ पाँच वटा साइबरहरु रहेछन्। यहाँका साइबरहरु डायल अपबाट चलाइने रहेछन्। लिजलाइन र केबल इन्टरनेट चलाइरहेको बानी भए पनि डायल अप त्यति स्लो जस्तो भने लागेन। तर कहिलेकाहीँ भने निकै पट्यारलाग्दो गरी इन्टरनेटमा चाहिएका कुरा डिस्प्ले भइदिन्नन्।
साइबर क्याफेहरुमा पनि धेरैजसो गेम खेल्न र कीबोर्डको प्राक्टिस गर्न आउनेहरुको भीड देखियो। केही भने इन्टरनेट च्याटमा मस्त देखिन्थे। यहाँका सबैजसो कम्प्युटरमा वेबक्यामको सुविधा रहेछ। तर पनि वेबक्याम चलाएर च्याट गर्नेहरु भन्दा ढिसुम् ढिसुमको गेम खेल्न रुचाउनेहरु धेरै देखिए।
हिजो यसो ब्लग गरौं न त भनेर साइबर पस्दा टेलिफोन लाइन नै रहेनछ। यहाँको लागि यो कुरा नौलो रहेनछ। हामी भने फोन लाइन केही क्षणका लागि मात्रै काटिए पनि माघ १९ सम्झन पुग्छौं। कहिलेकाहीँ ल्यान्डलाइन फोन मात्र हैन, मोबाइलको लाइन पनि एकै पटक काटिने रहेछ। अनि बत्तीको त झन् के कुरा गर्नु। मैनबत्ती बरु फू गर्दा ननिभ्न सक्छ तर बत्ती भने फू गर्नै पर्दैन बेला न कुबेला फ्वाक्क निभिदिने। आफूलाई राति गर्मी भएर फ्यान चलाउँछु भनेर हेर्यो, बत्ती छैन।

तर मोबाइलको सुविधा भने एकदमै मजाको थियो। १०-१२ वर्षअगाडि बाग्लुङतिर जाँदा फोन गर्नका लागि लाइन लागेर दूरसञ्चारको कार्यालयमा बस्नु पर्दथ्यो। अनि फोन आए पनि त्यहाँबाट बोलाउन आउने गर्थे। फोन गर्नुपर्दा सानो फाराममा कसलाई बोलाउने ? कति नम्बरमा गर्ने जस्ता कुराहरु लेखेर दिनुपर्थ्यो। तर अहिले भने काठमाडौंबाट हिँडेदेखि नै बाटोका अधिकांश स्थानमा मोबाइलको कभरेज थियो। बेनीमा पनि काठमाडौंबाट गरिएका धेरै फोन रिसिभ गरियो। अझ बाटोमा हिँड्दै गर्दा पनि फोन रिसिभ गर्ने र एसएमएस गर्ने क्रम जारी रह्यो।

बेनीमा पहिले पोखरामा एसटीडी गरी इन्टरनेट चलाउनु पर्थ्यो। तर अहिले भने एनटीसीको लोकल १५००० नम्बर डायल गरेर चलाउन पाइने रहेछ। यहाँ घर-घरमा पनि इन्टरनेट चलाउनेहरु रहेछन्।
यहाँ सबैभन्दा पहिले खुलेको साइबर नै यही अर्थात् सिटी साइबर नै रहेछ। यो साइबर ४ महिना अगाडि खुलेको थियो। अहिले भने थप चार वटा साइबर खुलेको रहेछ।

कुस्मा पुगेपछि म कुस्मा आइपुगेँ भनेर बेनीमा साथीलाई एसएमएस गर्दा अब एक डेढ घण्टामा बेनी पुगिन्छ भनेर तत्काल जवाफी एसएमएस बसमा गुड्दै गर्दा नै आइपुग्यो। सूचना क्रान्तिको यो एउटा नौलो अनुभव थियो मेरो लागि।
सूचना प्रविधिको कुरा यस्तै हो। हिजो गलेश्वरतिर गइयो। त्यताका अनुभव म पछि लेख्नेछु। आज हामी पोखरा फर्कँदैछौं।

बेनी बजार प्रवेश गर्नुअघि कालीगण्डकीको झोलुंगे पुलमा एक स्थानीय बासिन्दासित संविधान सभाका बारेमा कुरा गर्दै साथी कृष्ण र म। फोटोः मणि दाहाल
MY NAME GANGA PRASAD SHRESTHA HELLO HI HAPPY NEW YEAR
I AM WORKING IN THE DOHA QATAR MY HOUS MYAGDI GALLCOR
HO
Plz. Beniko keti haruko E-mail address
Pauna sakinchha hola ki!
Hi i am Laxman kumar from dubai infact i too plan to open netcafe since u have open this new venture i dropped my plan. anyway my hearty congratulation in ur endeavor,,,,,,,,,,
Laxman Kumar
Rakhu Piple
myagdi
hi,I am Dipak Sharma
kaa chaa beni bazar koo hal khabar
mali beni bazar koo new massage meroo email maa patunu holaa
[email protected]
hari sir
I feel so uncomfortable to meet the seniors.
I only chat with seniours. I wanted to talk with you. But i said there was lots of people around you.
anyway we are going muktinath after this dashain.
so tyo bela aauda bhetaula hunna?
join us that time if you can.
hi cocaine
kina ho ta mero cyber ma ayara ma sanga naboli gayako. yesho parichaya garnu pardaina thiyo.. mero broad_line cha ahilay forum ma.
A hello i know that guys. He used is known as “line” in forums. Isnt that?
anyway i was also in his cyber about 2 months ago when i was visiting baglung and beni. I wanted to talk with him but there was some more people so i just leave from there.
Any way thanks for providing good facility for umesh dai.
Umesh jee
Beni Bazar ko suchana prabidhi ko barema jahakari dinu bhayako ma dhanyabad. Dolakha ko Charikot ma pani bharkhar cyber haru khuleka chhan. so, ma tapain lai Dolakha visit ko lagi invite gardachhu. Yaha ko cyber haru ma tapain ko blog le nikkai lokapriyata hasil gareko chha.
सुचना क्रान्ति अब सुदुर गाउँ बस्तिमा पनि पुग्दै छ जो अत्येन्तै खुशि लाग्दो कुरा हो । बेनि बजारमा इन्तरनेत सुबिधाका बारे जानकरि का लागि हार्दिक आभार ब्यक्त गर्दछु उमेश् जी र साथिहरुलाई । म्याग्दि जिल्ला कै चिमखोला भन्ने गाउँको आफु भएकोले पनि होला आफ्नो जिल्ला को प्रगति बारे सुन्दा औधि खुसि लाग्यो । म्याग्दिको चिसो पानि अनि स्वोच्छ हावा को मजा लिएर फर्कनुस् सहर अविस्मरनिय सम्झना बोकेर बेनि बजारको । वस् येहि नै कामना आजलाई।
Welcome to Myagdi.
Dear Umesh
i am noticing last few days mysansar.com is not as interesting as it used to be. pls give some thoughts on it.
k ho ajhai beninai ho ? kina beni gayeko ho ra. baglung pani aune hora ????
hoina ho umesh g, bado ramailo lagyo kurale! IT bina hune feelings same layo.jealous pani vaye. changes dhera ayechha pashimtira pani. yaha uk bata tapaiko website herera dinahu enjoy garirachhu. thanks. ani travelko lagi all the best.
umesh-ji ta slim rahecha,
japanese bhashabata handsome lai ( KAKKOI) bhanincha ..sachikai kakkoi rahecha ,
ani bida manauna gayepani ..hamilai news haru paskadai gareko ma dherai dherai dhannebaad/
manandhar/JPN
Umesh jee nice to hearing you about Myagdi beni . Now there is revoulntary change in information technology acc to you taht is also good news but what about conciousness of people i think myagdeli people think more progressive then other.
Every news and photo of Myagdi are very intersting for us .
shiva belgium
के हो उमेश जि परेवा टिम नै पो बोकेर जानु भएछ नी । घुम्न पाएपछि त हामीलाइ पनि विर्सिने भनेको । यसो भनेको भए त हामी पनि विचार गर्नसक्थ्यौ नी । तर के गर्ने तपाइले त खवरसमेत गर्नुनै भएन । ल ल यार मोज गर ।
ohho!!! umesh ji…. tapaile constitutional assembly ko barema yakjana manche sanga kura gare ta bhannu bhayo ta 1 kura lekhna bhulnu bhayo ni… k hola tyo thaha cha… uniharuko bichar lekhnu la … ani thaha huntyo ni uniharuko bichar…
राम बालक श्रेष्ठजीले बेनी बजारलाई दुर्गम भनेको मलाई चित्त बुझेन । गाडी पुगेको सबै सरसुबिधा भएको त्यति राम्रो मनोहर ठाउँ कसरी दुर्गम हुनसक्छ?
कालीगण्डकी नदिको किनारमा रहेको मगर्, नेवार र थकाली संस्कृतिले सजिएको, त्यती सुन्दर र सम्पन्न बजार कसरी दुर्गम भयो?
रमेश खनाल
लुजान, स्विट्जर्ल्याण्ड्
[email protected]
umesh ji
aphu pani myagdi jilla basi pariyo tesaile hajurko kura haru atti ramailo lagyo,,,yo bhanda 2 Barsha agadi samma Beni ma testo subhida haru thiyana tara ahile internet ani mobile phone haruko subhida chha bhanda atti khushi lagyo,,,,Thanks Bill purja London uk
आफुलाइ पनि अनुभब अनि हामीलाइ पनि नया ब्लगको नया मजा जे होस् फेरी फेरी पनि यस्तै गरौ है लौ त लौ शुभयात्रा !
अविरलयात्री
साउदीअरब
Really interesting blog man. I really enjoyed it. i saw some parts of Nepal and the things and events taking part in Nepal. please Upload more photos of Nepal, various parts, roads, hills, people and stuffs you come across the way…..jaya Blog.
Dear Umesh
namaskar.
sarba pratham tapaiharu ko subha yatra ko kamana gardai beni yatra ma bhamran garda ko tita mitha anubhab hamilai jankari garaunu bhaaeko ma dhanyabyd.aja pokharako yatra pani saphal hosh bhani hami kamana garda chhou bye.
keep it on….
Iformaiton on Beni is really great!This gives the sense of being in one`s own village or hometown. If only the leaders behaved honestly, Nepal could have been a paradise long before. Well, we have telephones but what we desperately need is roads running along the remote parts. Thank you for your greatness. Keep it on. You have a true blogging spirit, I suppose. Blogging nasty games from the capital and doing it visiting remote areas is quite different. Wish you would bring the stark reality of Karnali region in your forum in the days to come.
Umesh jee,
Kaidako kura garnu bhayo Tapaile. teho durgam ma Internet ko subhidha paunu ta sarai ramro ho. Ma 8 barsa agadi chhada jamma 4 thuma phone thiyo. Jehos Masti garnuhos ra hamilai inform garnu la.