उफ् ! फेरि लोडसेडिङ

candles जलस्रोतको धनी देश भनेर अब हामीलाई कसैले नजिस्क्याए हुन्थ्यो। महँगो शुल्क तिर्ने पनि हामी नै, लोडसेडिङ खेप्ने पनि हामी नै। शाही सरकारको पालामा दिनमा पाँच घण्टासम्म लोडसेडिङ भएर जीवन नै अस्तव्यस्त हुन पुगेको थियो। आन्दोलन उर्लिएपछि शायद कलकारखाना बन्द भएर हो कि लोडसेडिङ खेप्नु परेन। तर आज आएर फेरि लोडसेडिङको समाचार सुन्नु परेको छ। भदौको तेस्रो सातादेखि लोडसेडिङ हुने घोषणा भएको छ। अब फेरि मैनबत्तीहरु ठीक पार्नु पर्ने भयो। पेट्रोलियम पदार्थको कथित कृत्रिम अभावपछि यो लोकतान्त्रिक सरकारको अर्को उपहार हुने भएको छ नेपाली जनतालाई।

विद्युत प्राधिकरणले बिहीबार गरेको पत्रकार सम्मेलनमा भनियो- बिजुलीको माग र आपूर्तिमा सन्तुलन हुन नसकेकोले नेपाल यही भदौको तेस्रो सातादेखि हप्ताको एक दिन साढे दुई घण्टा ‘लोडसेडिङ’ गर्नु परेको हो।

मुलुकको सबैभन्दा ठूलो कालीगण्डकी ‘ए’ परियोजनाको एउटा मेसिन नियमित मर्मतका लागि भदौ महिनाको तेस्रो सातादेखि बन्द गर्नुपरेकाले ४८ मेगावाट तथा कुलेखानी जलाशयको पानी सञ्चयमा कमी भई विद्युत उत्पादनमा ४५ मेगावाट ह्रास आई करिब ९३ मेगावाट विद्युत उत्पादन कम भई लोडसेडिङ गर्नुपर्ने अवस्था सिर्जना हुने भनियो।

अझ डरलाग्दो कुरा त के सुनियो भने कुलेखानी जलाशयमा हालको जलस्तर वृद्धि क्रमलाई हेर्दा आगामी फागुनमा अधिराज्यभर दैनिक नौ घण्टासम्म बिजुली कटौती गर्नुपर्ने अनुमान रहेछ। नौ घण्टा ! उफ्, कसरी बस्ने हो अब !

हेटौँडा, वीरगन्ज ६६ केभी प्रसारण लाइन क्षमताका कारणले वीरगन्ज क्षेत्रमा अहिले पनि राति तीन घण्टासम्म विद्युत कटौती हुँदै आएको छ। अस्ति बेनीमा जाँदा त्यहाँ पनि साँझ र बिहान-दिउँसो अघोषित लोडसेडिङ र बेलाबेलामा थोकसेडिङ (अर्थात् थोकमा घण्टौं बत्ती नआउने) हुने गरेको थियो।

भारतबाट ५० मेगावाट थप विद्युत आपूर्ति गर्न भइरहेको पहल सफल भएमा विद्युत कटौतीमा केही सुधार आउने पनि प्राधिकरणले जनाएको छ। थुक्क बेइज्जत ! झन् भारतलाई निर्यात गर्नुपर्नेमा उल्टै आयात !

16 Comments

  1. what to do ? there is no other means for energy. government cannot bear such long time loss. dedinitively one day the price dshould be maintained with international level. This is really worthles crying and maing propaganda about fueld.
    government cannot bear loss. unltimately people has to ay directly or indirectly

  2. load sheding bahyara pani nabhayara pani k bho ra..//?? jaba ki suddo giri- ja n politicians haru ko maan (heart) black cha bhani…..,,really they won’t bring light in nepal so we must have to fully wake up n fight against them……..come on ..man ,,come on..

  3. Throw Girija and KP Oli to trash, otherwise country will face worst situation ever before.

    Krishna

  4. बढेको भाउ अनुसार पेट्रोल प्रति लिटर १३ रुपैयाँ बढेर ८० रुपैयाँ, खाना पकाउने ग्यास प्रति सिलिण्डर १०० बढेर १ हजार रुपैयाँ, डिजेल प्रति लिटर चार रुपैयाँ बढेर ५६ रुपैयाँ र मट्टितेलको मूल्य प्रति लिटर १० रुपैयाँ बढेर ५६ रुपैयाँ पुगेको छ।

    अब बिजुली मात्र हैन पेट्रोलियम पदार्थ- तेलको पनि सेडिङ । ग्यासको भाउ १०० ले बढो त्यस्तै गरी पेट्रोलको र मट्टितेको भाउ पनि आकासीयो। हैन एक दिन भाउ बढाउदैनौ भन्छन र लग्तै आर्को दिन भाउ आकासिन्छ के हो यो के गर्न खोजेको ।

    —–
    त्यस्तै आर्को अचाकिलो

    माओवादीले बर्दिया मोतीपुर-५ सुशील ज्ञावलीको हत्या गरेका छन्। मदाहस्थित घरमै रहेका ज्ञावलीलाई माओवादीले बिहीबार खुकुरी प्रहार गरी हत्या गरेको जनाइएको छ।

    आधा दर्जनको संख्यामा आएका हतियारधारी माओवादीले सुशील पत्नी मिठूलाई घाइते बनाएपछि उनी उपचारका लागि नेपालगञ्जस्थित अञ्चल अस्पताल भर्ना भएकी छन्। हत्या संलग्न दुई माओवादीलाई गाउँलेले कब्जामा लिएको र एक भागेको परेवाडटकमका नेपालगञ्ज प्रतिनिधिले जनाएका छन्।

    ३-४ जनाको सख्यामा हतियार सहित गएका माओवादीले उनकी पत्नी मीठूलाई समेत खुकुरी प्रहार गरि सख्त र्घाईते तुल्याएका छन । मीठूको भेरी अन्चल अस्पताल नेपालगन्जमा उपचार भैरहेको छ ।

    हत्यामा संलग्न माओवादी कार्यकर्ता प्रभु थारु र वीरे थारु तस्करीमा संलग्न रहँदै आएको थाहा भएको छ। हत्याको विरोध गर्दै आइतबार बिहानैदेखि स्थानीयबासिन्दाले महेन्द्रराजमार्ग अवरुद्ध पारेका छन्।

    ।।।सबैको मनपिरी तनत्र आको रहेछ।।।।

  5. I dont think you can all blame your motherland for not getting enough electricity. Some even mentioning “Sati le sarapeko Desh”. Its so sad. I dont think like that.You need to work hard yourself, send your childrens to school and pass on to them your work ethics. Then when these childrens grow, they become doctors, engineers and so on and then you will see your country growing along with you and your children and voila 24 hrs electricity, water, you name it. I think these matters take more thinking than critisizing. And to all the commentators, did you all work as hard as you are right now when you were in Nepal?????? But its not late yet, when you earn enough money, go back to your motherland’s rescue and you all will be rewarded and you all will be proud of yourself.

  6. जुन जोगि आए पनि कानै चिरेको हैन कि हवल्दा्र कान्छो सत्तामा आयो भने चाहिँ यस्तो हुन्छ, जुन हामिले पहिला देखि नै भोग्दै आएको कुरा हो। तेति मात्र हैन कि कसैले गर्न नसक्ने काम गर्ने आँट त्यो हवल्दार कान्छोसँग मात्र छ। नत्र किन उस्कै पालामा मात्र लोड सेडिङ हुन्छ?

  7. through india, big companies are willing to invest on hydroproject which are no way affiliated to politicals figures. there choice is purely business motive but with the current roundups in political scenarios, these politicals goons might not let that happen.. after all, they want commissions..

    if that happens, we don’t have to totally live in darkness.. as we know, our country has to live in with loadshedding for still till 2010 or more, … because, many project failed.. due to the ignorance of local peopl, inconsistency of government officials, corruptions, etc..

    We’ve lots of resource, we are rich in water resource, no doubt, but to utilize that resource we don’t have yet another resource, that is money.. and for money, we’ve to seek multinationals help.. so, that they could sell us our own thing is cheap global rate.. lets hope so,.. after all, we’ve to accept that..

    but there are so called PAKHAND netas, who just keep saying, we don’t accept that.. we can do it ourselves.. for god sake, we don’t have money to utilize our own resource, and we don’t need to shoot up so much.. because, we can’t do anything.. unless and until we’ve instrument.. those PAKhAND netas must think about it’s peoples benefit rather than fake ideals.

    and, UMESH bro, this is our fate or dunno what.. we’ve to live in darkness.. it’s really sarcastic.. people will laugh on us.

    jati sukai loadshedding bhaye pani, durbar ma kahiley loadshedding huneyy haoina, neta haru ko gharma 1000 kva ko generator chandai cha, tini haru lai ke ko tension ra..

    tapai-haami jasto lai po tension, dai..

  8. Nepal bhanne desh satile sarapeko desh bhanthe ahile aayer sacho jasto lagyo. ma nepali bhayekoma garva chha, dhanna yasto deshma janma bho.

    mike
    usa

  9. स्कुल पढ्दा उध्योगिक शिक्षा अन्तर्गत बिजुली जडान पढ्दा केही सपनाहरु थिए, केही बिश्वास, केही प्रेरणा । एक एक गर्दै बिलाउँदै गए सब । उमेशजी, जलश्रोतको धनी देश भनि नजिस्क्याउनु भन्नु भयो, तर म चाँही अझै गर्ब गर्छु हाम्रा प्राकृतिक सम्पदाहरुमा । प्रश्न ‘गर्ब’ गर्दैमा पुग्छ र?’ भन्ने हो । घरमा जतिनै खाध्यान्न होस्, जतिनै सुन चाँदी हिरा मोती नै होस् न, सजाएर राख्दैमा पेट पाल्न सकिन्छ र? बच्चा देखि भन्दै आएको “घरमा सुनको हात्ती छ” जस्तै होईन त? पिउने पानी समेत अन्य देशबाट आपुर्ती गर्ने देशहरु पनि छन यो संसारमा । पानी छ भन्दैमा के भो त? न बिजुली नै उत्पादन गर्न सकेका छन्, न त पिउने पानी कै प्रबन्ध गर्न सकेका छन । म भन्छु, पैसा खाने हो त खाउ तर काम पनि पुरा गर न ! अनि पैसा खायो भनेर बिरोध गर्नेहरु – ठीक छ, बिरोध गर्नु पर्छ तर त्यसो भन्दैमा सारा प्रोजेक्ट नै ठप्प त नपार न ! घुसखोर नेताहरुलाई समात्नु पर्छ, तर त्यो भन्दा पनि जरुरी कुरा infrastructure development का प्रोजेक्टहरु तयार गर्नु हो । मेलाम्ची हेर्नुस् – कति बर्ष भैसक्यो, अब त अनुदान पनि खै आउने हो कि होईन । कर्णाली आयोजना हेर्नुस् – कति दशक बितिसक्दा पनि केही हुन सकेको छैन ।

    corruption र राजनीतिलाई चाँहीने भन्दा बढी महत्व दिइएको छ – कहाँ हुन्न र corrruption? corruption मुक्त भन्दा अहिले त बिकास चाहीएको छ । अर्ठीक स्तर बढेपछि corruption लाई नियन्त्रन गर्न सकिन्छ, तर सो हुनु अघी नियन्त्रन गर्न खोजे न त बिकास नै हुन्छ, न त corruption को नियन्त्रन नै ।

  10. लौ उमेश जी लोड सेडिङ्ले मार्ने पर्यो बा! समस्या पनि अनेक प्रकार्का हाम्रै नेपाल्मा मात्र पर्छन् कि के हो ?
    राजकुमार

  11. IF THE SITUATION CONTINUE, WE WILL HAVE ALL ROUND LOAD SHEDDING!!! WAKE UP NEPALESE, ESPECIALLY CITIZEN SOCIETY,

    We are blessed by nature as other countries. Nepal is endowed with plenty of natural resources but ………..

    We are very grateful and thankful to the following for this result:

    1. Panchayat system and the founder king Mahendra
    2. Multi party democracy and democratic leaders
    3. Technocrats – so called engineers and
    4. Others not covered above but actively involved in generating this result.

    Nepal is so worst in situaiton, cannot compared even who are experiencing conflict for the last 50 years.

    CREDIT MUST GO TO
    1. MAHENDRA,
    2. BIRENDRA,
    3. GYANENDRA
    4. GIRIJA ( THE BEST PRIME MINISTER – MORE CREDIT)
    5. MEMBERS OF NATIONAL PLANNING COMMISSION ( WHERE IN AFTER CALLED “NATIONAL COMMISSION PLANNING”)
    6. SURYA BAHADUR
    7. SHER BAHADUR ( FOR BEING CIA AGENT)
    8. OTHERS NOT MENTIONED ABOVE

    Hello Citizen Society!!!!!!!!!

    Where are you guys?
    The time is running out to throw this Girija into garbage first.

    Today we hear 9 hours of load shedding. One day, we will hear, load shedding for the whole life. dont get puzzle and panic…………….

    I HAVE TRUST ONLY ON COUPLE OF PEOPLE;

    1. KRISHNA PAHADI
    2. DEVENDRA RAJ PANDEY (WHO REALISED LATER)
    3. MATHURA PRASAD
    4. PADMA RATNA
    5. ANYONE ASSOCIATED WITH THEM NOT MENTIONED ABOVE

    FREEDOM LOVER

  12. उमेश जी नमस्कार । अब त सबै खबर सबै कुराको लागि एउटै कमेन्ट ठीक पारेर कपी पेस्ट गरे हुने भयो है “जताततै लथालिङग जताततै भताभुङग्”,

Comments are closed.