आजको शुक्रबार नराम्रा खबरहरुको भरमार रह्यो। बिहान सबेरै ठिमीको रुटको बसले कोटेश्वरमा पेटीमा हिँडिरहेका एक व्यक्तिलाई ठक्कर दिएपछि ब्याक गरेर किचेर मारेपछि आक्रोशित स्थानीय बासिन्दाले गाडी जलाइदिए। प्रहरीसहित अन्य कयौंको गाडी तोडफोड भयो। यता, माअोवादीका तर्फबाट आज दुई वटा गम्भीर ज्यादतिका घटना सार्वजनिक भएका छन्। बर्दियामा माअोवादीले एक जनाको खुकुरी हानी निर्मम हत्या गरे भने बारामा प्रमुख जिल्ला अधिकारीसहित ४ सरकारी अधिकारी, ६ सुरक्षाकर्मी र सञ्चारकर्मीहरुलाई घण्टौं नियन्त्रणमा लिए। सञ्चारकर्मीहरुले नियन्त्रणमा लिँदा दुर्व्यवहार भएको दावी गरेका छन्। शान्तिको आशामा रहेका नेपालीहरुलाई योभन्दा दुःखको खबर के हुनसक्छ।
माओवादीद्वारा कांग्रेस कार्यकर्ताको हत्या, सर्वत्र निन्दा
सिर्जना आचार्य/स्वससे
स्थानीय माओवादी कार्यकर्ताले बिहीबार साँझ बर्दियाको मोतीपुर गाविसस्थित मदाहा गाउँका एक काङ्ग्रेस कार्यकर्ताको हत्या गरेका छन्।
माओवादी कार्यकर्ता धनबहादुर थारु र प्रभु थारु लगायतको समूहले स्थानीय सुशील ज्ञवालीको खुकुरीले घाँटी रेटी हत्या गर्नुका साथै श्रीमती रेखा ज्ञवालीलाई समेत निर्घात कुटपिट गरी दायाँ हात भाँचिदिएका छन्।
बिहीबार राति घरमा सुतिरहेको अवस्थामा करिव ११ः३० बजेतिर आएका ४/५ जना माओवादी कार्यकर्ताले सुशीलको हत्या गरेका हुन्। घाइते रेखा ज्ञवालीको हाल भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ।
सुशीलको हत्यामा संलग्न प्रभु थारुलाई स्थानीयवासीन्दाले बिहीबार राति नै पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन्।
माओवादीले आफ्नो आधार इलाका बनाएको बर्दियाको बाँसगढीमा भएको उक्त ज्यादतिविरुद्ध र्सवसाधारणले चर्को नाराबाजी गर्दै शुक्रवार पूर्व-पश्चिम राजमार्गको सो खण्ड अवरुद्ध गरेका छन्। घटनापछि बाँसगढी बजारदेखि करिव २ किलोमिटर उत्तरमा रहेको मदाहा गाउँका र्सवसाधारण त्रसित बनेका छन्। हत्यामा संलग्न रहेका अर्का माओवादी कार्यकर्ता धनबहादुर थारु माओवादी नियन्त्रणमै रहेको बताइएको छ।
बर्दियाका माओवादी इञ्चार्ज प्रमोदले धनबहादुर आफ्नो नियन्त्रणमा रहेको स्वीकारेको स्थानीयवासी श्रीबहादुर गोरेले स्वतन्त्र समाचार सेवालाई जानकारी दिनुभएको छ।
घटनासम्बन्धी सत्य/तथ्य छानबिन गर्न बाँसगढी क्षेत्रका र्सवसाधारणले माओवादी नेतृत्वलाई सहयोग पुर्याउने तर माओवादी नियन्त्रणमा रहेका धनबहादुरलाई आफ्नो जिम्मा लगाउन उनीहरुले माग गरेका छन्। घटनापछि स्थानीय बासिन्दा पुष्पलाल श्रेष्ठले टिप्पणी गर्दै भने- ‘माओवादीले छानबिनको बहानामा अपराधीहरुलाई नियन्त्रणमा राख्छन् र अन्ततोगत्वा उनीहरुलाई चोख्याउने काम गर्दै आएका छन्, त्यसैले अपराधीलाई हाम्रो जिम्मामा दिनुर्पर्छ।’
माओवादी कार्यकर्ता धनबहादुरको सबै क्षेत्रमा हस्तक्षेप रहेको भन्दै उनीहरुले सामुदायिक वनमा आफूले गरेको अनियमिता लुकाउन सुशीलको हत्या गरेको स्थानीयवासीले बताएका छन्। माओवादीले धनबहादुर आफ्नो कार्यकर्ता नभएको बताए पनि स्थानीय व्यापारीले धनबहादुरकै नेतृत्वमा गाउँमा माओवादीको गतिविधि हुने गरेकाले उनी माओवादी नै भएको पुष्टि हुने जनाएका छन्।
स्थानीय सिम्रा सामुदायिक वनबाट दर्ुइवटा रुख काटिएपछि छानबिनका लागि खटिएका सुशीलले माओवादी कार्यकर्ता धनबहादुरले अनियमितता गरेको पत्ता लगाएका थिए। ‘धनबहादुरले दर्ुइवटा रुख ७५ हजारमा बेचेको पत्ता लागेपछि त्यसको पोल खुल्ने डरले मेरो भाइलाई मारेको हो’- सुशीलका दाजु प्रकाश ज्ञवालीले भन्नुभयो। धनबहादुरकै संलग्नतामा बर्दियामा काठ तस्करी बढेको आरोप समेत स्थानीयवासीको रहेको छ।
यता माओवादीका एरिया इञ्चार्ज अनिलले धनबहादुर आफ्नो कार्यकर्ता नभएको बताएका छन्। धनबहादुर थारु पहिले माओवादीको कार्यकर्ता रहेको तर छ महिनाअघि उनलाई पार्टी कारवाही गरी निष्काशन गरिसकेको माओवादीको दावी छ।
स्थानीय व्यापारी गणेश के.सी. र हुमनाथ पौडेलले धनबहादुरकै नेतृत्वमा माओवादीले आफूहरुसँग केही दिनअघि मात्र चन्दा उठाएको बताएका छन्।
एक छोरा र एक छोरीका बाबु सुशील ५ बर्षघि पनि माओवादी धम्कीका कारण गाउँ छोडेर बाँसगढीमा बस्दै आएका थिए। उनको ४ विगाहा जग्गा समेत धनबहादुरले कब्जामा लिएको बताइएको छ।
बर्दिया १ नम्बर इलाकाका माओवादी इञ्चार्ज ओमप्रकाश के.सी. -प्रयत्न) ले अभियुक्त धनबहादुर थारु आफ्नो नियन्त्रणमा रहेको भन्दै प्रहरीलाई बुझाउने तयारी भइरहेको बताउनुभयो। ‘धनबहादुरको बयान लिएका छौं, प्रहरीलाई बुझाउने तयारी हँुदैछ’- घटनास्थल पुगेका सञ्चारकर्मीसँग उहाँले भन्नुभयो।
घटनापछि बर्दिया जनसरकार उपप्रमुख बलराम काफ्ले, माओवादी बाँके-बर्दिया इञ्चार्ज अथक, अर्का नेता सञ्जीव र नरेन्द्रजंग पिटर शुक्रबार प्रहरीसँग छलफलमा व्यस्त रहेको समाचारस्रोतले बताएको छ।
हत्या गरिएका ज्ञवालीकी श्रीमती रेखा ज्ञवालीलाई निर्मम तरिकाले कुटपिट गरी मरणाशन्न अवस्थामा खेतमा फालिएको र राति गाउँमा गस्ती गर्ने क्रममा स्थानीयबासीले घाइते रेखालाई देखेका थिए। गाउँलेहरुले रेखाको भनाइका आधारमा अभियुक्त प्रभु थारुलाई बिहीबार राति नै नियन्त्रणमा लिएका थिए।
सुशीलको घाटीमा डोरीले बाँधिएको र मुख, घाँटी र संवेदनशील अंगमा समेत धारिलो हतियारले काटिएको छ। उनको शव घर पछाडि मकैबारीमा फालिएको अवस्थामा स्थानीयवासीले फेला पारेका थिए।
घटनापछि सडकमा पर्रदर्शन गरिरहेका आक्रोशित स्थानीयवासिन्दाहरुले मानवअधिकारवादी संस्था इन्सेकको बा ५ प ६०४० नम्बरको गाडी तोडफोड गरेका छन्।
यसैबीच मानवअधिकार जोगाऔं आन्दोलन नेपालका शोभाकर बुढाथोकी र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका कुन्दन अर्यालले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेस कार्यकर्ता सुशीलको हत्या गरेकोमा माओवादीको निन्दा गर्दै माओवादी केन्द्रीय नेतृत्वसमक्ष सुशील ज्ञवालीको हत्या सम्बन्धमा स्पष्ट पार्न माग गर्नुभएको छ।
विज्ञप्तिमा उहाँहरुले हत्याको छानबिन गर्नका लागि घटनास्थलतर्फजाँदै गरेको इन्सेकको लोगो अङ्कित गाडीमा भएको तोडफोडको विरोध गर्नुभएको छ।
they are another version of taliban. they did same as iraqi terrorist slit nepalese last year.
look ASHOK AND INDRA CHETTRI,
R U HUMAN ? WHERE R U FROM? I THINK u r also from forigen country? what do u know abt maoist? yeddi maoist nabhayako bhaya nepal ma aaile ko jasto hune thiyana.samanta haru aaile maoist ko nam le gaun bata palayan bhai sakeka chan bhane garib haru ra sarbahara haru le gaun ma rajya sanchalan gardai chan . huna sakcha timi haru samanta wa kunai sosak barga ko manche hunu parcha ra ta maoist ko birod gardai chau.u no maoist is the best for nepali politic.i agree they did some mistaken but it’s not a reson to tell them terror and use third class word……
aasish
swiss
.
Once in our country even injuring a single person in whole country used to be a big issue and used to be a criminal act. Now murder of people’s life is cheaper than animal’s life. When such desensitization against killing of human fellows persists in the society specially when killing is done in the name of so called good politics, then it is demise of all human sensitivity and human civilization. We are no more than wild animal like what is being done for the last 10 years in your coutry. People who are without guns supporters of non violence are similar to deer and those who have utilized and is utilizing guns to get everything from food to power are tigers in jungle. It is really bad if political leadership can not tame their uglyheaded cadres who donot hesist to kill their nepali brethren. Human life is precious and once it is lost , can not be given back. Moreover violeence propagate violence which we have seen in last 10 years. Anybody who advocate killing of another fellow human being and justify, can not be accepted as a civilized person. Until philosophy advocating power through barrel of guns remains dominant in our country, we can not expect better situaiton. When barrel of guns are directed towards its own people, then what to expect from leadership.
It might be easy to build a crowd of brainwashed people with one way training of only one philosophy including giving hidden killing instinct in an individual, it won’t be easy to bring them back easily to normal once they enjoy the fruits of guns. You donot need to work but can snatch from poor, weak and weaponless people. That is what happening in our country for the last 10 years. It is not understandable to see this as we could do and can do big poltical and social chnage without being addicted to guns( brillaint example is recent april revolution and 1990 revolution) except their desire to ride on power through guns and control people hostage and rule with absolute dictatorship.
It is pity that non of civil society memebr and hardly any human right activists have commented on such brutal acts.Is it coincidence that both killed were NC workers? or deliberate act to put pyschological pressure bysuch terror act not in open way like before but under disguise as some kind of strategy?
If we want to remain as a pluristic , and safe democratic socitey, all kinds of guns and broutality must be stopped instead of supporting such heinous act done form any sides.
switzerland ma pani euta maobadi pugeko rehchha AASHIS bhanne.natra usle maobadi ko paksha ma comment na lekhnu parne ho . kina bhane local manchhe haru le tyo hatyara maobadi nai bhayeko pushty garepachhi tyo maobadi hoina bhanne prasna nai uthdaina.yo kura sthaniya bashi lai thaha nabhayera ke tyo swtizerland ma lookera basne AASHIS lai thaha hunchha ? ?
It’s really a pity that the maoists have not even tryied to come up with the commitment to respect the rights of the people. they are now being more cruel. such criminal activities will lead them to be a group of criminals. otherwise, how can they claim that they are fighting for the people. we have seen that many maoist commanders are not landlords. means, they have earned a lot of property by lootings in the name of maoist. if someone protests their activities that person will be the major target to death. is it a party? i can’t believe.
प्रेम जी ,
तपाइँलाइ कस्तो शान्ती चहिएको हो अलीक प्रष्ट भएन ,मृत्यु अघि को शान्ती कि पछि को परम शान्ती?! मृत्युलाइ कत्तिको नजीक बाट देख्नु भएको छ तपाइँले? नमरे सम्म त शान्त सङ्ग बस्न माओबादी ले बिकाश गरेको मारकाटको यो सँस्कृति ले नदिने भो ! तपाइँ आध्यात्मबादी वा जोगि हो भने अर्कै कुरा भयो ।
Going through the comments from people I felt that people (comments writer) they are not serious and sensible. How can you simply come to the conclusion without coming out the fact? Anything can happen in this interim period because there are multiple bad elements are acting having aim of either destroying the peace process or supporters of king. We nepalese Nepal do not take time to say something about anything and later on we regret.
Therefore, maoist party or organisation is not absolute in its form. You can find few people who claim they are either maoist or NC or UML act opposite to the norms and principles of the party so this event did not push me to feel a surprise about the matter.
As we know in our hands we have five fingers they are not of equal size can be taken in the same way a party as like our body with different sizes fingers can give u different reaction even u r dealing with the same thing. Thats true life, don’t make it a big issue.
We need peace thats all.
rest will get on its track after sometime.
Hoina timi haru kina maoist ko matra birod garne haa? yo ta yuta accident huna sakcha ani tyo hatyara lai janaadalat le sajaya dine cha yedi doshi bhaya natra bhane desh ra janata ko birudda kasile gaddari garcha bhane usko yehi hal huncha.ani 40000 bhanda badi sena ra 100000 bhanda badi milisiya bhayako maobadi parti ma aak jana ku sena niskanu kuni naulo kura hoina
wait for more and real news and statement.
AASISH
SWISS
Next time Prachanda and Babu Ram appears in public, journalists and people should ask them about these specific indcidents.
Prachanda sir ko kada baktabya aauncha hola abha..
god knows they r maoist or not
in chitawan a teacher has been killed by the army—–but they left all the poster and otherthings of the maoist.both were army—.
i think it is easier method to beg money and kill the people saying we r moist
but fact is defferent—-not all the time –most of the time.
so i like to say god knows the reality
Maoist doesn’t want to hear their title as called TERRORITST, but the fact won’t change with ignoring it. They haven’t been tired by doing all these misdeeds for last 11 years.
Now all these Murders, intimidation, extortion, torture are being the culture of the Maoist because we can’t expect any good from terrorist. …………..
Prachanda has been making lots of dream and vision in the vacuum………….look at the deeds of his cadre on today’s 21 century………….
१२ बर्षीया बालिकलाई अपहरण गरेको खबर आएको धेरै भएको छैन । आज कान्तिपुर अन्लाईन अनुसार सो बालिका एक माओवादी कार्यकर्ताको मदतमा भाग्न सफल भईछन । माओवादी अझै भन्छन उनि आफ्नै मनले आएकी थिइन । एक १२ बर्षीय बालिका आफ्नै मनले माओवादी सेनामा सम्मिलित हुनु कतिको सम्भव छ? ल उनि आफ्नै मनले गएपनि एक १२ बर्षिय नाबालिकालाई सेनामा भर्ती गर्ने माओवादी चाँही कस्तो जन्तु परेछ?
कान्तिपुर अन्लाईनमै अर्को एउटा फोटो देखें आज । SMG हो कि के कस्ता हतियारहरुले सुसज्जित माओवादी सेना जीपमा राजमार्गको (रौतहत) “चेक” मा रहेछन । सम्पूर्ण गाउँ, बाटो, राजमार्ग सबै उनिहरुको “ब्यारेक” पो हो कि त? नेपाल सरकारले १२२५८ बुंदे सम्झौताहरुको पालना गरेनन भन्दै माओवादी र केही so-called नागरिक समाजका नेताहरु कराउँदै छन । अरुको टाउकोमा जुम्रा देख्ने आफ्नो ढाडमा हात्ती नदेख्ने – के यिनै हुन हाम्रो भविश्यका नेताहरु?
पुष्टी नभएपनि हाल सम्म प्राप्त खबर अनुसार त ज्ञवालीको हत्या माओवादीले नै गरेको हुनुपर्छ । “spy” गरेको आरोप रे? आरोप कै भरमा निर्मम हत्या पनि गर्न पाइने रहेछ । अब केही दिनमा हत्या गर्नेहरु माओवादी होईनन अथवा उनिहरु “भुतपूर्व” माओवादी हुन भन्ने खबर आए कसैले अचम्म मान्नु पर्दैन । अनि ति भनाउँदा नागरिक समाजका नेताहरुले यस बारेमा के पो भन्ने हुन खै?
No wonder!
‘Girija & Gang wants this situation increased that they can manipulate the system blaming maoists.
These, beasts don’t care about Prosperous & Peace full Nepal instead they care about their own families & vigilantes get benefitted from it.
Look at – Sujata’s churifuri, newl appointed ambasssadors & look at ‘minister’s ‘ son living overseas.
That’s whay they don’t want to solve any problem even the Maoists Leadership are so desperate for the real peace & progress.
Condolences to those people who died unnatural deaths!
Prachande see yourself, how responsible party worker you have. Go to the jungle and hang yourself somewhere in the jungle, so that your sin burdon body could devour by some anymal and people of Nepal will take a easy breath.
Maiost never can take our country toward prosperity.
माओवादीले देशलाई दिँदै आएको कुरा नै यही हो । कोही चरम माओवादी समर्थकसंग पनि माओवादीले दिएको वा दिन सक्ने यो भन्दा राम्रो योगदानको सम्झना छैन होला ।
माओवादीको आपराधिक गतिविधिले समाजलाई र समाजको मित्रतापूर्ण ढाँचालाई जरैदिखि छिन्नभिन्न पारेको छ र यिनीहरुले राजनैतिक संस्कारको समावेशी चरित्रलाई कहिलै अपनाउलान भनी सोच्नु नै निरर्थक छ । कुकुरको पुच्छर सोझिँदैन, लाख प्रयास गर्नुस । अहिले नेपालका सम्पूर्ण गाउँ र शहरमा यिनीहरुको खूला आतंकले प्रतेक तह र तप्काका जनताहरुलाई मर्नु न वाँच्नु बनाइरहेको छ तर वार्ता र शान्तिको आशामा यिनीहरुका चरम अत्याचारको चुपचाप मूकदर्शक बन्नु बाहेक नेपालीसंग विकल्प देखापरेको छैन। हुनसक्छ , मर्नेबेलामा वा बिनास नजिक आउँदा कमिलाका पनि प्वाँख उम्रिन्छन र ऊ धेरै सलबलाउँछ भनिन्छ , त्यसैगरी यी आततायी चरमपन्थीको पन विनास अवश्यम्भावी छ ।
किनभने बन्दूके रवाफमा रमाउनेहरुको लामो समय सम्म अस्तित्व फलेफूलेको उदाहरण संसारमा कहीँ पनि छैन ।
khai ke bhanne ! maobadi ko yo hatya kehi naulo hoina dhan bahadur jasta ta . uska karykarta chhan ? ajhai mero gauma ko kura garne ho bhane ta jun rana ko pala dekhi shasak thiy . tiniharu nai maobadi ka janasarkar neta chhan .
maobadi k sachai ko maobadi ho ra yeni haru ta hatyara haru po ho ta kam garna ko garo le garda maobadi ma lageko banduk boke pachi lutna payencha bhanera ho dekhnu bho ta yeni haru ko tamasa barta vai rayeko bela nirdosh manis ko hatya gareko yeni haru sanga barta haina paila hatyar bujauna lagaunu parcha ani matra barta garnu parcha////natra//////
ma pani hatyar wala jamat vela garera manchae marne party kholchu ani PRADHAN MANTRI KO PAD mgchu thik cha
je bhaye pani hatyara lai FASI KO SAJAYE hunu parcha
RAJA CHETTRY
WASHINGTON DC
USA
look at all friends,
मैले सरसर्ति माथि का कमेन्ट हरु पढे अनुशार स्बै ले बुच् पचायको जस्तो लागो किनभने माओबादि बाट नै हत्या भयको भन्ने पुस्टि भने नभै सकेको बेलaमा र प्रारम्भिक रिपोर्ट अनुशार माओबादि बाट कार्बाहि मा परेको मान्छे को प्र्त्छे सम्लग्नता पाइय्को हुदा पैला सम्पुर्ण सत्य तथ्य बुझेर मात्र कोमेन्ट लेख्नु हुन अनुरोध छ । हुन सक्छ माओबादि को नाम मा सुरक्छाकर्मि ले चन्दा उठायको जस्तो पनि त हुन सक्छ नि होइन र? तेस्तै गरि एस मा पनि माओबदि को बद्नाम गराउने र बार्ता भाड्ने सडेन्त्र पनि त हुन सक्छ । that’s why we have to be carefull.
thanks for all
aasish
swiss
यी र यस्तै खालका बरबरताहरु तुरुन्तै रोक्किनु पर्छ । माओबादी ले एउटा राजनैतिक दल को रुपमा मान्यता प्राप्त गर्न को लागि यस्ता दुष्कर्महरु कडाइ का साथ रोक्न सक्नु पर्छ । “मैले ताक्छु मुढो बन्चरो ताक्छ घुँडो ” भन्दा जस्तो नेताहरु का प्रतिबद्दता र आदेशहरु लाइ कर्यकर्ता पङ्ति ले यसरि नै धोति लगाइदिँदै जाने हो भने अन्तत: माओबादी एउटा आपराधीक झुण्ड को रुपमा रुपान्तरीत हुने निश्चित छ ।
I am very sad to heard the death of the shushil gyawali. that dhan bahadur is very bad person. give him MIRTU DANDA as soon as possible.
why maosist not being serious, doing crazy things in the country and for the poor peoples. if they are again ready to go jungle and bad war for the country and extara ordinary peoples it couldn’t be nice. which way maosists want to give peace and devolop for the poor peoples.what we accept with them. in the villeages all ours Mums give the food always since last 10 years. if Girija bad Madhab Nepal bad, Janatale thick garne chhan, tee deshdrohiharulai, Janataka satru harulai
Maobadi aafno thaunma Rahera Ramro kam gari janata ko man jitna Safal hunu paryo. Hatya , Himsa , aarajakta bat hoena. I liked and very much Baburam bhattrai vision and poltical style but something having very bad things in the countries.please, please, please do something nice soon.
sara nepali peoples royara baseka chhan.thanks
MS Adhikari!
From USA!
jaba samma desh ko pratyek janta le shikcha ko prakash ko ujyalo herna paundaina, tyetibela samma nepal le arko yug ramrari herna paundaina…….pratyek nepali le sochnu parne abastha ayeko cha ………shikcha le hami sabailai sadbudhi dine cha……aam nepali bhaneka ti janata hoon jusle ramrari shikcha ko adhikar payeka chainan, jo samaj ma pilsiyera baseka chan, jo deshma garib, bhoka, nanga chan……ra jo kaam bihin chan….ti nepali le arko kehi sochna pani sakdainan.
प्रचण्डेलाइ बधाइ छ पार्टिका कार्यकर्ताले गरेको ठुलो काम गरेको हुँदा
I am repeating again and again…and..now again!
Maoists’ iresponsibility has again come out like this.
It’s a pity and shame on them! I don’t expect either prahcanda or baburam to explain this to Nepali people and the grieving families. Whatever they say to the media to draw some attention and sympathy from nepali people, can not be assumed true in any sense. Can you?
I my opininon, it would not be inappropriate to say that they are irresponsible terrorists.
MAOIST SHOWING THEIR REAL CHARACTERS:
This is just one more brutality in addition to the thousands made by Maoist. Their leaders giving the speeches and try to teach lesson of Morality to others, but they have to learn themselves and to teach their own caders. Even in this seasfire, they continue their forceful money collection, hijacking, threating, striking at factories and in Tee Plantation and so on. More, their lot of caders took part in looting and other criminal activities for e.g., hijacking and personal attacking over the business people in Birgunj. It is very urgent that they stop all type of attrocities and unlawful behaviors to the Nepalese People. We everybody know that with the Maoist arms, there will not be a fear election of Constitutional assembly. Now, time that they give up thier arms and behave like other lawful political parties.
I am surprised with activities of so called Human Right activist and Peoples society (Nagarik samaj). If they like to enjoy politics they can form a political party. Their behaviors show as PUPPET of Maoist. It is also very surprising thing that, in Nepal most Human Right activists are either Communist or of that background, which is very seems FUNNY because in Comunist principle ther is no room for the Human Right.
यि माओवादी हरुले देस् कुन् मोड् मा लैजान् चाहेको हो “येहि हो जनसरकार् को मोडल्”? धन् बहादुर् जस्ता ले यो देश् मा फेरि पनि शान्ति हुन दिदैनन् यस्तो अ्मानबिय यातना दिने नरभक्षक इनिहरु जस्तालाई मायाँ गर्ने को होला र खै यो दुनियमा, बदनाम् मात्र। केन्द्रिय निर्देशन हुदा पनि हतियार् र अतान्क को घिणित खेल् खेल्न थलिन्छ भने ढाकछोप र लुकाउन बिल्कुलै दिन हुदैन नत्र अरुहरु लाई पनि गलतकुराको प्रशय हुन गै माओबादि लाई आफ्नो सिङ् को भारि बोक्न गाह्रो हुने नै छ!
यीनीहरुबाट यो हुनु कुनै अनौठो कुरो हो जस्तोत लागदैन मलाइत कीनकी यी मावोबादी हरुको कामनै के छ र? नीस्त्र मान्छे मर्ने नेपाली जन्ताको सम्पती लुटने भन्दा अरु के नै हुनस्क्छ र
See….Maoists take us to middle age.. King takes us to 19th century…Democracy takes people of other country to 21st century. But our leaders take us..sometimes to 21st century…sometimes to 19th century and sometimes to middle age…because they dont have any idea of any era!!
The incident in news gives you how the so reddish maoist movement was nurtoured and surviving still in the country and who are the pillars of the maoist movement and how they are holding this RED party!
Is this PROGRESSIVE way??? Chhi chhhi chhhi…sometimes I feel hatred to read and comment about the news in Nepal…