
यसपटक राजदरबारको पश्चिम गेटमा पनि टायर जल्यो। सबै फोटोः सागर श्रेष्ठ
सरकारले पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि गरेपछि त्यसको विरोधमा राजधानी लगायत देशका विभिन्न ठाउँहरूमा शनिवार विरोध प्रदर्शन भएका छन्। प्रदर्शनका क्रममा केही पेट्रोलपम्पमा तोडफोड समेत भएका छन् भने उपत्यका लगायत राजधानी बाहिरका विभिन्न शहरहरू तनावग्रस्त रहे। मूल्यवृद्धिको विरोधमा निस्किएका प्रदर्शनकारीहरूले ३० भन्दा बढी गाडीहरू तोडफोड गरिदिएका छन्। नयाँ वानेश्वरमा भएका प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गर्दा केही प्रदर्शनकारीहरू घाइते भएका छन् भने महाराजगञ्ज चक्रपथमा भएको प्रदर्शनमा प्रहरीले लाठी प्रहार गर्दा करिव ६ भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन्।

प्रदर्शनकारीहरूले राजधानीका लैनचौर, सोह्रखुट्टे, मीनभवन, बानेश्वर, पुतलीसडक, कलङ्की, कालमाटी, बल्खु, चावहिल, गौशाला, पुल्चोक, नयाँवानेश्वर, भक्तपुर लगायतका ठाउँमा प्रदर्शन गरेका छन्।
त्यस्तै महेन्द्ररत्न क्याम्पस ताहाचल क्याम्पस अगाडि प्रदर्शन गरिरहेका विद्यार्थीलाई नेपाली सेनाको गाडीले ठक्कर दिँदा ३ जना घाइते भएका छन्। प्रदर्शनकारीले २ वटा बस तोडफोड गरेका थिए।
प्रदर्शनकारीहरुले कालीमाटीमा महा नगरपालिकाको बा २२ प ४१३२ नम्बरको फोहर बोक्ने गाडी , बा २२ प २७२५ नम्बरको मोटरसाइकल, १ माइक्रोबस र १ ट्याक्सी तोडफोड गरेका छन्।

अनामनगरमा एउटा ट्याक्सी, वीर अस्पतालमा २ वटा भाडाका गाडी, माइतीघरमा एउटा निजी गाडी तोडफोड गरेका छन्। त्यस्तै प्रदर्शनकारीले गोङ्गबुमा दुई वटा बस तोडफोड गरेका छन् भने मैतिदेवी र सुन्धाराका पेट्रोलपम्पमा तोडफोड गरी क्षति पुर्याइएको छ।
सुन्धारामा भएको प्रदर्शनमा प्रहरीले केही प्रदर्शनकारीहरुलाई पक्राउ गरेको थियो। पक्राउ परेकाहरुलाई जनसेवा प्रहरी कार्यालयमा केही सयम थुनी पछि छोडिएको थियो।
पेट्रोलियम पदार्थको मूल्य बृद्धि जनताको भावना विपरित रहेको बताउँदै विद्यार्थी र र्सवसाधारणले तत्काल मूल्य घटाउनु पर्ने माग गरेका छन्। प्रदर्शनका कारण राजधानीका सडकमा फाट्टफुट्ट रूपमा निजी गाडी चले पनि भाडाका गाडी भने चलेनन्। प्रदर्शनकारीहरुले बाटोमा गुडीरहेका सवारी साधानहरुलाई रोकी त्यसबाट पेट्रोलियम पदार्थ झिक्ने काम गरेका थिए।
गाडी नचलेपछि मान्छेहरू एक ठाउँबाट अर्को ठाउँमा हिँडेरै जान बाध्य भएका थिए।
उपत्यकामा रहेका पेट्रोल पम्पहरूको सुरक्षाका लागि व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

यसैबीच सरकारले शुक्रबार गरेको पेट्रोलियम पदार्थको मूल्यबृद्धिको माओवादी सहितका विभिन्न राजनीतिक दल र सङ्घ-संस्थाले विरोध जनाएका छन्।
नेकपा माओवादीसँग सम्बद्ध मधेशी राष्ट्रिय मुक्ति मोर्चा, नेवाः राष्ट्रिय मुक्ति मोर्चा, मगर राष्ट्रिय मुक्ति मोर्चा, थरुवान राष्ट्रिय मुक्ति मोर्चा लगायतका विभिन्न ९ वटा सङ्गठनले सरकारले गरेको मूल्य बृद्धिको निन्दा र भर्त्सना गरेका छन्।
सरकारको नेतृत्व गरिरहेको प्रमुख दल नेपाली काङ्ग्रेसले पेट्रोलियम पदार्थको मूल्यबृद्ध्रि्रति आफ्नो गम्भीर ध्यानआकर्षा भएको जनाएको छ। काङ्ग्रेसले उपभोक्तालाई थप आर्थिक भार थप्ने गरी बढाइएको पेट्रोलियम पदार्थको मूल्यबृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ।
त्यस्तै सत्ताधारी सात दल घटकमध्येको एक पार्टीेपाल मजदुर किसान पार्टी पनि मूल्यबृद्धिको विरोध गरेको छ। मजदुर किसान पार्टी पनि शनिवार विज्ञप्ति निकालेर सरकारले गरेको यो जनविरोधी काम तत्काल फिर्ता लिन आग्रह गरेको छ।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी००६, नेपाल आदिवासी जनजाति सङ्घ, नेपाल प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ लगायतका सङ्घ-संस्था र दलहरूले पनि मूल्यबृद्धिको विरोध जनाएका छन्। पेट्रोलियमा पदार्थमा गरिएको मूल्यबृद्धिको विरोधमा नेपाल उपभोक्ता मञ्चले पनि आन्दोलन गर्ने बताएको छ।
नेपाल तरुण दलले पनि विज्ञप्ति मार्फ सरकारले पेट्रोलियम पदार्थमा माग गरेको मूल्यबृद्धिको विरोध मूल्य बृद्धि फिर्ता लिन माग गरेको छ। नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुका महासचिव ठाकुर गैरेले विज्ञप्ति मार्फ लोकतान्त्रिक सरकारले जनतालाई सुविधाहरू दिनु पर्नेमा उल्टै ढाड सेक्ने गरी भाउ बढाएर जनविरोधी काम गरेको बताउनुभएको छ।
यसैगरी नेपाल प्रगतिशील मजदुर फेडरेसन, नेपाल प्रगतिशील महिला फेडरेसन लगायतका विभिन्न ६ वटा फेडरेसनहरूले संयुक्त विज्ञप्ति मार्फ पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन्।
सरकारले शुक्रवारदेखि सबै प्रकारका पेट्रोलियम पदार्थमा भारी मूल्यबृद्धि गरेको थियो। जस अनुसार पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर ८४ रुपैयाँ २८ पैसा, डिजेलको ५९ रुपैयाँ ८ पैसा तय गरेको थियो।
मट्टितेलमा भने दुर्गम क्षेत्र र लक्षित वर्गका लागि अनुदान सहितको दोहोरो मूल्य कायम गरेको थियो। त्यसअनुसार मट्टितेल खुल्ला लिटरको ५९ रुपैयाँ २१ पैसा र अनुदान प्राप्त मट्टितेल प्रतिलिटर ५२ रुपैयाँ ४१ पैसा तय भएको थियो।
खाना पकाउने ग्याँसको खुद्रा मूल्य प्रति सिलिन्डर एक सय बढाएर एक हजार रुपैयाँ र हवाई इन्धनमा ३८ प्रतिशत बढाएर लिटरको ७६ रुपैयाँ ३८ पैसा पुर्याइएको थियो। पुरानो मूल्यमा पनि सरकारले पेट्रोलमा लिटरको झण्डै २६ रुपैयाँ कर लिन्थ्यो। वर्षोनि यी वस्तुमा मूल्य अभिबृद्धि लगायत गरी सरकारले करिब ६ अर्ब कर उठाउँदै आएको छ। (स्वससे)

Amdani ra rojgar kachuwako taal le ra mahangi ra berojgar kharayo ko taal le badyo vane yestai ho … aru k kura garnee…
अहिलेलाई तेलको भाउ घटाएपनि संसारमा प्राकृतिक तेलको कमि हुँदै गएको कारणले मुल्य बढ्दै जाने छ । कहिले सम्म न यसरी सब्सिडाइज गर्न सकिन्छ र? त्यसैले तेलको भाउ घटाउनु भन्दा alternative fuel को बिकास गर्न बढी महत्वपूर्ण छ ।
नेपाललाई कुनै नयाँ प्रबिधिको आवश्यकता पनि छैन – बिजुली ले नै पुग्छ । तेलको भाउ बध्दा सबैलाई असार पर्ने कारण यातायातको मुल्यमा बृद्धी आउनु हो । यो बृद्धी हुन बाट रोक्न सके सबैलाई राहत आउने छ । यातायात भन्नाले दुबै goods/logistics र public mass transit पर्न आउँछन् । Private गाडी हुनेहरुले चाहेमा महँगो Hybrid Engine गाडी किन्न सक्छन्, तर त्यस्ता गाडीहरुलाई राहत दिन भने सम्भव हुँदैन ।
नेपालको भौगोलिक क्षेत्रफल सानो हुनु पनि राम्रै कुरा हो । हाम्रा शहरहरु सबै साना छन्, र यातायातको ब्यवस्था गर्न गार्हो हुनुपर्ने कुनै कुरा देख्दिन । सबै जसो शहरमा ट्रलिबस चलाऊन कुनै प्राबिधिक difficulty हुनु नपर्ने हो । Mass transit र goods/logistics को लागि बिद्युतीय रेलमार्ग अत्यन्त जरुरी छ । पहिलो चरणमा (५-७ बर्ष) तराई बेल्ट समेट्ने बिद्युतीय रेलमार्गको बिकास हुनु पर्छ, र अर्को १० बर्ष भित्र मध्य भागका शहरहरु जोड्ने अर्को रेलमार्ग तयार गरिनु पर्छ । रेलमार्गको बिकासको साथसाथै राजमार्गहरुको पनि बिकास हुनु पर्छ । यि राजमार्गहरुमा पनि जती सकिन्छ त्यती बिजुलीकरण गरिनु पर्छ ।
संसारमा सबैभन्दा महत्वपुर्ण invention पांग्रा हो । पांग्रा बिना अहिलेको संसारको कल्पना पनि नगरे हुन्छ । तर मान्छेले पांग्रा प्रयोगमा ल्याएको दशौं हजारौं बर्ष बितिसक्दा पनि हाम्रा नेताहरुले यसको महत्व बुझ्न सकेका छैनन । शिक्षा बिना देश बिकास हुन सक्दैन, तर यातायात बिना शिक्षा पनि सम्भव हुन्न या त शिक्षाको सदुपयोग गर्न सकिन्न ।
यस बिषयमा पक्कै पनि धेरै अनुसन्धान र रिपोर्टहरु पनि तयार भैसकेका छन्, तर कार्यन्वयन चाँही केही भएको छैन । हो, सरकार गरीब छ, तर गरीबी उन्मुलन को लागि केही sacrifice गर्नै पर्ने हुन्छ । जसरी हुन्छ (private sector, international investment, loan, etc) पहिले infrastructure बिकास गर्नु पर्यो र infrastructure बिकास गर्न चाँहीने infrastructure यातायात नै हो । भारत नै हेर्नुस्, बेलायतले कपास देखि कोहिनूर सम्म लुटे, तर रेलमार्ग र बिद्यालयहरु छोडेर गए । यि दुई “गिफ्ट” नपाएका भए भारत अहिले कहाँ हुन्थ्यो?
यातायातको लागि हामी भौगोलिक र आर्थिक दुबै कारणहरुले तेलमा निर्भर हुन सक्दैनौं । भन्न सजिलो छ, गर्न गार्हो, तर त्यसो भन्दैमा गर्दै नगर्ने कुरा पनि आउँदैन नि । गरीबी उन्मुलनको लागि एउटा बृहत solution को आवश्यकता छ तेलको भाउ घटबढ गर्दै र यता एउटा घाउ उता अर्को घाउ टाल्दै गएमा हामी अझै गरीब बन्दै जानेछौं ।
why nepali have to carry party flag in every demonstration..
now all the major parties who were used to such demonstration are in the joint government, i do not think its one of their’s.
then whose flag is that may be “krantikari” so called followers of “prachandapath.”
so let’s imagine like every opposition party to the government they are just playing the game. should ordinary nepali people believe that if a big if maoist lead the government the price of petrolium will come down.. i dont think so.
are they god? nope.
will they explore and find peterolium product in nepal with the government’s own finance? nope.
there are well educated economist and international business experts in nepal ask them for the reason behind the price hike.
ask second in chief of the maoist Dr. Bhattarai, can he bring doun the price of the petrolium product.
ask so called leaders of nagarik samaj, (Dr. pant) will he be able to bring the price down?
there is a very slim chance of finding petrolium product in nepal and the thing is companies like shell and British Petrolium are already involved in the act of finding and keeping such. nepal and nepali will only get few droplets of the oil if they find any.
the main thing is most of the cooking gas is consumed by major commercial agencies like star hotels, lodges, and various other profit organization.
most of the petrol is used by some nepali who can afford teh luxury of owing a car or suv i would say “navadhanyadya.”
so the government should look into providing subsidised kerosene and cooking gas as well as diesel to the ordinary nepali.
should set a standard in inspection and penalty to the ones who are responsible for the adultration in the petrolium product. including NOC and private pump owners.
maoist and nagarik samaj and all other should pressure the government on keeping up the standard.
nepal’s hydroelectric capacity is only in papers. you need funding which nepal only can not provide and the result is some foreign company will invest and nepal will get some single disit percentage of the total production like the west seti hydro.
for nepali ” hatti aayo hatti aayo fussa”
so stop such the act of such demonstration, instead unite to pressurize the government to provide some comfort like ” rasan Card.” to provide subsidised oil and gas.
should allow private companies to import petrolium products. and see the result. just sit back relax and see…
will the price go down then? definetly no istead it will go up.
finally it is obvious that the price will go up again and again no one can stop it. these nosense demonstration are wrong. some political leaders are exploiting the situation for their own benifits.
malai ta pahile nai thaha thiyo yesto huncha bhanera.
people were not actually satisfied with the recent activities that government have been carrying out esp. with girija budo ra kaju kancha. yesto belama ali ali ho ra aakash chhune gari mulya bridi bhayapachi aarko upaya nai chhaina.
IF THERE IS NO CORRUPTION IN THE COUNTRY THAN THERE IS NO NEED TO RAISE THE PRICE OF OIL. YO SAB HAMILE ROJERA PATHAYEKA NETAHARULE GARDA HO. YESKO JIMBEBARI HAMI PANI HAU.
AAPURTI MANTRI, OIL DEALERS RA ARU MANTRI HARULAI 100% MULYA BADE PANI KEHI PHARAK HUDAINA, THEY HAVE CORRUPTED LOTS OF OUR MONEY, ANI PHERI HAMILAINAI MULYA BRIDI YO TA ATTI BHAYO.
TAYAR BALNU KO SATTA NETAHARULO GADI RA GHAR BALNU PARCHA ANI TINIHARULAI NANGO BANAYARA KALO MUSO DALERA SAHAR PARIKRAMA GARAUNA PARCHA.
KANJAN
त्यती नगरे बरालजी, नेपाली हरु नत्र कहाँ बहादुर भनिन्थे? आखिर् नेपालमा सत्ता म पुग्ने हरु पनि त्यसै गरि पुगेका त हुन् नि!!!!
अब बिस्तारै मान्छे मार्ने चलन् आउछ।यो ग्यारेन्टि छ।
नेपाल बास्तबमा कति रमाइलो हो? जता हेरो शिबधुनि मात्र सरकारलाइ पनि यो शिबधुनि नलगाय सम्म दबाब पनि नहुनि। दबाबको लागि जतासुकै आगोलगाउनु पर्ने, घर भत्काउनु पर्ने, तोड्फोड् गर्नु पर्ने , मान्छे मार्नु पर्ने यति नगरे सम्म केहि गर्ने आट नहुने कस्तो अचम्म।