उपभोक्ताको आन्दोलन सकियो, अब डिलरको सुरु

पेट्रोलियम पदार्थको टेन्सन अझै नेपालमा सकिएको छैन। दुई दिन उपभोक्ताहरुले सडक तताएपछि सरकारले मूल्यवृध्दि फिर्ता त लियो, तर आजदेखि फेरि पेट्रोलियम पदार्थको बिक्रीवितरण बन्द भएको छ। किनभने अब आन्दोलन गर्ने पालो आएको छ डिलरहरुको। प्रति लिटरमा नै ३ रुपैयाँ कमिसन खाएर मोटाएका यी डिलरहरुले आजदेखि कुनै पनि पेट्रोल पम्पबाट बिक्री नगर्ने घोषणा गरेका छन्।

नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले सात सूत्रीय माग राखेका छन्। ती हुन्-

-उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले तत्काल राजीनामा गर्नुपर्ने,

-नेपाल आयल निगमका नायब महानिर्देशकलाई अविलम्ब निष्काशन गरिनुपर्ने,

-विभिन्न पेट्रोल पम्पहरूमा भएको तोडफोडको उचित क्षतिपूर्ति दिनुपर्ने

-पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि निगमले बिना माग पम्पहरूमा पठाएका पदार्थको बिक्री पूर्ववत मूल्यमा हुनुपर्ने, (अनि घटेको मूल्यमा किनेर महँगोमा बेचेको चाहिँ फिर्ता गर्नु नपर्ने ?)

-निगमले पदार्थको खरिद, भण्डारण, ढुवानी, वितरणलगायतका लागत खर्च पारदर्शी ढङ्गले राखी श्वेतपत्र जारी गर्नुपर्ने,

-निगमले लागु गरेको कोटा प्रणाली खारेज गरी सहज तथा सुलभ आपूर्ति गर्नुपर्ने र पेट्रोल पम्पहरूमा शान्ति सुरक्षाको भरपर्दो व्यवस्था हुनुपर्ने।

एसोसिएसनका अध्यक्ष शिवप्रसाद घिमिरेले विगत 2 दिनमा उपत्यकाका नौवटा र उपत्यका बाहिरका पाँचवटा पेट्रोल पम्प तोडफोड भइ करिब रू. ५० लाखको क्षति पुगेको दावी गरेका छन्।

यस्तै हो, अब कुन दिन आयल निगमका कर्मचारीले पनि भाउ बढाउनु पर्छ भनी आन्दोलन गर्ने होलान्। किनभने जताततै आन्दोलनको मौसम जो छ।

20 Comments

  1. Malai ta aaba bhaisi chadera hirna maan lagdai cha
    kasai le kehi bhanna pani paudaina pani.yo petrol ko mahagai bhanda ta bhaisi nai thika cha

    Nav
    Jhapa

  2. Who will open a petrol pump without a profit ??? how will they make living ??? How much do u need to investment to run a petrol pump ??? they are doing business for profit ….not for public service..can shopkeeper sell things without profit ..can u work in office without salary…I don`t think they r worst.It`s the lack of government policies…and the lack of leadership by the leaders.Can they be called leaders who can`t even take control over this issue ..where on the earth has this vandalizing issue in the name of rising price in oil..the whole world is facing the oil problem.

  3. पेट्रोलैउम पदर्थ दिलेर्स् संघ भनेको माफिय हरु को जमत हो त्यसैल अब सरकार, उपभोगता अनि नगरिक समाज समेत को सकृयाता मा यस् को शोषन बाट आम उपभोग्त लाई मुक्त गराउने अभियान मा ने आ नि ले आँफै देपो हरु सन्चलन गर्नु पर्छ जस्तो मलाई लाग्छ

  4. पेट्रोलियम डिलर्सहरु व्यापारी होइनन्, माफियाहरु हुन् । सरकारले आफै बिक्रि बितरण गर्नु पर्छ ।

  5. What I think that NOC should be privatized and let the market force to determine the price. In this way, government won’t be blamed for the increment of price of gasoline products. The trend of demonstration in Nepal is very bad and I believe there is an involvement of moaist.

  6. Thanks Petrol Dealers! You are serving greatly to the Nation by stopping the fuel-sales, in following ways:

    1. Reduction in environmental pollution
    2. Reduction in everyday-loss incurred by Nepal Oil Corporation hence government
    3. Prevention of engines from the adultered petrol
    4. saving of money of ordinary people
    5. solution of traffic jam and congestion problem
    6. good physical fitness for people who have to walk! and many more!

    Well Done Guys! I salute you all. Please continue it.

  7. पेट्रोल पम्पवालाहरू जनतालाई के सोच्छन ? यही बाट प्रष्ट हुन्छ नेपाली जनताको हैसियत । तर जनता साँच्चै नै आफ्नो हैसियत देखाउन ओर्लिए भने यी पेट्रोल बेचेर जनताको पसिना चुस्न पल्केका हरू ………….। त्यसैले सबै पेट्रोल पम्पवाला हरू लाई डिलरको कुरा नसुनि बिक्री सुचारो गराउन अनुरोध छ

  8. यस्ता पम्पहरुको licence नै खारेज गर्नुपर्छ जस्ले पेट्रोल बितरण गर्दैन र त्यो डिलर एसोसिएसन पनि खारेज गर्नुपर्छ, अनि मात्र चेत्छ यी ब्वाँसाहरु

  9. umesh bro, yeha boudha,jorpati ko BARAL petrol pump ley jahiley pani Petrol Baadi raheko huncha.. Sab petrol pump wala haru chor nai hudainan.. mero bichar ma. Tyo Baral Pump ley, hijo pani bechi ra ko thiyo, aaja pani bezi ra ko cha tara Kada Suracha Ghera bhitra.

    Baral Pump jasto aru 2-4 ota pump bhai diye, sala chor Pump wala haru ko chalney thiyena..

    yo dealers association ley raakheko maag ekdum khattam cha.. aba haami aafai gayera BUJHAYERA , DHAMKAYERA hunchaa, jasari huncha.. YO PUMP haru KHULAUNU parcha.. saly chor haru lai Commission napaako nhew ma hamlai chahiney BASIC commodity nai supply nagarney?.. bhaye bhar ko stock jati cha BAADNu tini haru ko kartabya ho…

    NOC ko Monopoly ley garda pani yesto hahakaar bhako ho.

    NT ko monopoly todiyo, kam dukha thiyena, euta LAN line lina lai, 2052 ma nivedan deko , ahiley samma LAN PHONE aako hoina, tara kehi chaina, wireless phone jindabaad. tu kaaa tu pai halcha..

    ABA , NOC ko monopoly todinu parcha.. gaathey

  10. पेट्रोलमा मट्टितेल मिसाउन नपाउदा समेत हड्ताल गर्ने डिलरहरुको के कुरा गर्ने? यि ठगहरुलाइ कारवाहि गर्न सबै एकजुट् हुनुपर्छ।

  11. Dear Umesh ji,

    I think there is the mistake of the government. Why it is taking such a big tax in the petorlium product? And diesel, it is the most essential fuel for the transfer of everything. The government should cut down the tax and government itself open up some petol pump and involve it’s over employed staff in this and cut the overhead expenses. If the government do this then the petrolium product selling business men will learn the lession otherwise only the poor people of the nation will suffer which we can not tolerate at any cost. Now government should cancel the licence of the business men and operate the business itself or open the tender to someone else who will run the company. Otherwise janata will have to take the initiative to destroy those petrolepum who are not operating. either they should hand it over to someone else of operate themselves at the previous price.

    This shows the lack of knowledge of the politicians running the government at present.

    Thanks Umesh ji

  12. THIS PEOPLE ARE VERY BAD IF THERE IS INCREASING PRICE OF FUEL THEY ARE SILENT NOW GOVERNMENT REDUCE PRICE THEY ARE IN STRIKE SO MY FELING THEY AND MINISTER ARE MAKING CORRUPTION SO GOVERNMENT BAND THEM AND ALLOWED NEW DEALER.

  13. ताईवान र दक्षिण कोरियामा कुनै न कुनै कारणले सानो देखि ठुलो बिरोध कार्यक्रमहरु भैरहन्छन । यि दुई देशहरु संसारमा सबैभन्दा बढी बिरोध र strike हुने देशहरु होलान्, तर देशै ठप्प भएको त कहिल्यै सुन्नमा आउँदैन । नेपालमा चाँही किन २०~३० जना मान्छे जम्मा भयो कि त देशै ठप्प । किन हो ?

  14. आफुले सस्तोमा महँगोमा बिक्री गरेको रकम सरकारलाई पनी तिर्नु पर्‍योनी । खाली सरकारलाई मात्रै अप्ठ्यारोमा पार्ने काम गर्ने । खुरुक्क सरकारले आफै पेट्रोलयिम पर्दाथ बिक्री गरेर यि डिलरहरुलाई ठिक पार्नु पर्छ, हैन भने फेरी जनताले तिमीहरुको पेट्रोल पम्पालाई उखेलेर फयाकी देलान । कमिसन खायर मोटायका मुसाहरु होस् गर है दुख पाउलाउ ।

  15. pump haru na bhatkai aba kunai bikalpa chaina. profit badhi nahune bhaye pachi andolan garne .ye janata mara haru lai thik lagaunu pardaina ?

  16. नेपालीहरूलाइ एउटा के भ्रम पर्यो भने तोड फोड र आगजनी नगरी अथवा केहि विध्वंस नगरी कसैले केहि कुरा सुन्दैन भन्ने परिसकेको छ। यस्तो भ्रम सृजना गर्ने हाम्रो देशका कुख्यात नेता वर्गहरूनै हुन्। र यसको पुष्टि नेकपा माओवादीले गरेका छन्।
    उनिहरूले पनि कुनै बेला हातहतिया नउठाइकन अहिले राख्दै आएको माग राखेका थिए। जुनकुरा कसैले सुन्नपनि तयार भएनन् तर हाल आएर उहि माओवादीसँग मिलेर अग्रगमनको तैयारी गरेका छन्। तर कति पय यथास्थितिवादीले आफ्नो नित्य कर्म छोडेका छैनन जसमा गिरिजाबाबु पनि पछि परेनन् जसबाट हामीले देशलाइ निकास निकाल्न जिम्मा दिएका छौ।
    खास कुरा के भने कुनै पनि कुरालाइ समवन्धित पक्षले सामान्य ढङ्गले लिने प्रवृत्तिको कारण यस्ता विध्वंस बढेको कुरा नकार्न सकिदैन। कुनै पनि समस्याको समाधानलाइ यस्तो विध्वंस गर्न उक्साउने समबन्धित पक्ष नै हो। कुनै पनि समस्या त्यसै आउदैन कुनै कारणबाट उत्पन्न हुन्छ। निराकरण भनेको समस्या समाधान, माग पुरा गरेरमात्र हुँदैन त्यसको कारणनै पत्तालगाइ निराकरण गर्नु उचित हुन्छ।
    अत: समस्या जति सानो भए पनि विकराल रूप लिन सक्छ भनि ध्यान दिनु जरूरी छ।

  17. Why are thieves, robbers, pickpockers and other black marketer feeling reluctance to come to the street for their right? It’s really amazing.

  18. भाउ बडाउन नपाएर हड्ताल गर्ने पेट्रोल पम्पहरुलाई पनि जनताले अर्को हड्ताल गरेर, आबस्यक परेमा तोड्फोड पनि गरेर ठीक पार्नु किन नसकेको ?

Comments are closed.