हजारौंले सैनिक मुख्यालय घेरे

२०६३ भदौ ६, मंगलबार
Sagar
यसलाई शान्तिपूर्ण राजनीतिको शक्तिका रुपमा लिनुपर्छ। सशस्त्र रुपमा उनीहरुले राजधानीमा रहेको सैनिक मुख्यालय घेर्ने कुरा त असम्भव नै थियो। तर निशस्त्र रुपमा शान्तिपूर्ण रुपमा माअ‍ोवादीहरुले आज हजारौंको जुलुस ल्याएर राजधानी काठमाडौंको भद्रकालीमा रहेको सैनिक मुख्यालय घेरे। उनीहरुको माग थियो- बेपत्ता पारिएका उनीहरुका साथीहरुको स्थितिलाई सार्वजनिक गर्नुपर्ने। त्यतिसम्म त ठीकै थियो, तर स्कूलबाट विद्यार्थीहरुलाई ल्याएर राजनीतिक नाराबाजी गर्न लगाएको भने पटक्कै मन परेन। उचित कुरामा दबाब दिन स्कूले विद्यार्थीहरुलाई अगाडि राख्न कति पनि जरुरी थिएन जस्तो मलाई लाग्छ। भित्र फोटो पत्रकार सागर श्रेष्ठका केही फोटोहरु-

Sagar

कम्प्युटरमा रहेका फाइलहरुलाई सीडीमा ब्याकअप गर्दै थिएँ, अचानक साथी कृष्ण ढुंगानाको फोन आयो- भद्रकालीमा हजारौं माअ‍ोवादीले सैनिक मुख्यालय घेरेका छन्। त्यसपछि म पनि त्यहाँ जान क्यामेरा लिएर दौडिहालेँ। सुन्धारामा माइक्रोबाट झरेर भद्रकालीतर्फ लाग्दै गर्दा सेनाले टुँडिखेल मिचेर जग्गा नै पास नगरिकन मनोरञ्जनका लागि बनाएको ‘क्लब’ र सैनिकहरुले परेड खेल्ने ठाउँबाहिर प्रहरीको कडा सुरक्षा देखेँ। शहीदगेटसम्म आइपुग्दा केही विद्यार्थीहरु देखेपछि मैले सोचेको थिएँ- यी स्कूलका विद्यार्थीहरु स्कूल ड्रेसमा कसरी यहाँ आइपुगे ? मैले सुरुमा सोचेको थिएँ- कुन चाहिँ स्कूल छुट्टी भएर यतातिरबाट आएका होलान्। मैले उनीहरु क्रान्तिकारीको कार्यक्रममा सहभागी हुन आएका भनेर सोचेको पनि थिइनँ। तर अलि अगाडि बढ्दा त जताततै स्कूल ड्रेसमा छात्रछात्राहरु देखेँ।

Sagar

ती कलिला स्कूले विद्यार्थीहरु जसलाई राजनीतिको र समेत थाहा छैन होला। उनीहरुलाई भैरवनाथ गण र कर्णेल राजु बस्नेतका ज्यादतिका बारेमा पनि सायदै थाहा होला। तिनीहरु चिच्याइरहेका थिए- ब्यारेक हामी फुटाउँछौं, हाम्रा साथी छुटाउँछौं। एक स्कूले छात्रा इनोसेन्ट भावमा नजिकै उभिएका बन्दूक र लाठी बोकेका प्रहरीलाई भन्दै थिइन्- दाइ हामीलाई चाहिँ नहान्नुस् है। त्यसको ठीक अगाडि उसको सहपाठी छात्रले तर्साउँदै थियो उसलाई- यहाँ त जे पनि हुनसक्छ। प्रहरी जवानले भने ‘हामीलाई नहान्नुस् है’ भन्ने छात्राको अनुनयको जवाफ उत्ताउलो पाराले ‘कहाँ हान्छौं र, हामी त माया पो गर्छौं’ भन्दै दिँदै थिए।

Sagar
भद्रकाली, सिंहदरबार र थापाथली तीन ठाउँबाट हजारौंले सैनिक मुख्यालयलाई घेरेका रहेछन्। म भने भद्रकाली अगाडितिर मात्र थिएँ। त्यहाँ एउटा वाहनमा माइक राखेर मञ्चको स्वरुप दिइएको थियो र बोल्दै थिए- भैरवनाथ गणमा कठोर यातना खेपेका हिमाल शर्मा।

जताततै स्कूले छात्रछात्राहरुको अनुहारमात्र देखेँ। भद्रकालीबाट सैनिक मुख्यालय पस्ने ठाउँमा सशस्त्र र जनपथ प्रहरीले दुई तीन घेरा सुरक्षा प्रदान गरिरहेको थियो। त्यहीँ बेपत्ता पारिएकाहरुको केही परिवार सडकमा थचक्क बसी धर्ना दिइरहेका थिए। ती बाहेक अधिकांश सहभागी स्कूले छात्रछात्रा थिए। राजधानीका नाम चलेका बोर्डिङ स्कूलहरुबाट स्कूल बसमा नै उनीहरुलाई अ‍ोसारिएको रहेछ।

Sagar
चर्का राजनीतिक भाषण भए त्यहाँ। अबोध देखिने स्कूले छात्रछात्राहरु मच्चीमच्ची ताली पिट्दै थिए। राजालाई स्पेस दिनुपर्छ तर भद्रगोल जेलमा नभए फाँसी दिनुपर्छ भन्दै मञ्चबाट चर्का कुराहरु भइरहेका थिए। तल छात्रछात्राहरु भने गर्मीबाट बच्न छाता अ‍ोढ्दै बरफ खाइरहेका थिए।

पछि साथी कृष्ण ढुंगानाले सुनाए अनुसार, हजारौंको जुलुस एकैचोटी सैनिक मुख्यालय घेर्न आएपछि भद्रकालीमा रहेको रेञ्जर बटालियन गणका सैनिकहरु सार्‍है अत्तालिएका देखिन्थे रे। उनले सेनाले भनेको प्रहरीले नमानेको पनि देखियो आज भन्दै थिए। भएछ के भने गणको ढोकैनिर सहभागीहरुको भीड लागेछ। अनि सेनाले प्रहरीलाई त्यहाँबाट उनीहरुलाई हटाउनु पर्‍यो भनेर भनेछन्। सेना आफै आउँदा उत्तेजना फैलने निश्चित थियो। प्रहरीले भने कमान्डरलाई सोध्नुपर्छ भनेछन्। कमान्डरलाई सोध्दा पर्दैन यहाँ आइज भनेर भनेछन्। त्यसपछि प्रहरी सबै कमान्डरतिर लाग्दा सेना त हेरेको हेर्‍यै भएछ। पछि सेना आफैले महिला सेना लगाएर त्यहाँबाट केही सहभागीलाई हटन अनुरोध गर्दै हटाएका रहेछन्।

Sagar
उनका अनुसार क्रान्तिकारी अध्यक्ष लेखनाथ न्यौपाने पनि भद्रकालीमा हामी यहाँबाट अगाडि बढ्दैनौं, शान्तिपूर्ण रुपमा कार्यक्रम गर्छौं, यो डिआईजीले किन निहुँ खोजेको भन्दै जंगिएछन्।

कार्यक्रम सकिएपछि उनीहरुले विद्यार्थीहरुलाई जहाँबाट ल्याइएको हो त्यहीँ लगेर छाड्न कमान्डरहरुलाई निर्देशन दिए माइकबाट। खुल्लामञ्चमा राखिएका रहेछन् पचासौं स्कूल बसहरु। काठमाडौं, ललितपुर र भक्तपुरबाट ल्याइएका रहेछन् स्कूले विद्यार्थीहरुलाई।

Sagar
गैरकानुनी रुपमा सेनाले यातना दिएर कुनै पनि नागरिकलाई बेपत्ता पार्नु साँच्चै नै निन्दनीय कार्य हो। यसको विरोध गर्नैपर्छ। अझैसम्म बेपत्ता पारिएकाहरुलाई सार्वजनिक गर्नैपर्छ। उनीहरुको स्थिति सार्वजनिक गराउने माग पक्कै पनि जायज हो। तर यस्तो जायज मागका लागि स्कूले विद्यार्थीहरुको पढाइ नै बिगारेर स्कूल बसमा हालेर आफ्नो कार्यक्रममा भाग लिन लगाउनु कति उचित हो ? मलाई त पटक्कै मन परेन यसो गरेको।

अखिल क्रान्तिकारी विद्यार्थी संगठन हो भन्दैमा स्कूले विद्यार्थीहरुलाई प्रयोग गर्नु जरुरी छैन। सकिन्छ भने देशभरका क्याम्पसहरुबाट उतारे हुन्थ्यो। नभए यो जायज मागका लागि अरु नागरिकहरु पनि आउँथे होलान् नि। किन स्कूलका कलिला बालबालिकाहरुको प्रयोग गर्नुपर्‍यो ? उनीहरुको अध्ययनमा किन असर पार्नुपर्‍यो ?

Sagar

यसो भन्दा माअ‍ोवादीहरुले आफ्नै तर्क राख्लान्। तर्कमा माअ‍ोवादी माहिर छन्। उनीहरुले भन्लान्, हामीले जबर्जस्ती ल्याएका हैनौं, स्वेच्छाले उनीहरु आएका हुन्। तर वास्तविकता यस्तो पनि हुनसक्छ। माअ‍ोवादीहरुले स्कूलमा गएर आज एक दिन विद्यार्थीहरुलाई हाम्रो कार्यक्रममा पठाइदिनु पर्‍यो भने होलान्। अब माअ‍ोवादीले भनेपछि नाईँ भन्ने कसले ? त्यसैले मोर्डन इण्डियन स्कूल (जहाँ अखिल क्रान्तिकारीले पहिले कारबाही समेत गरेका थिए), एलआरआई, वृहस्पति विद्या सदन लगायत राजधानीका नाम चलेका बोर्डिङ स्कूलका विद्यार्थीहरु स्कूल बससहित त्यहाँ आएका थिए।

Sagar

स्कूलले नाइँ भन्न सकेन, विद्यार्थीहरु एक दिन पढ्न नपर्ने, घुम्न पनि पाइने भनेपछि स्वेच्छा त स्वेच्छा नै हो, तर तरिका राम्रो भयो र ? बेपत्ता पारिएकाहरुको स्थिति सार्वजनिक गर्नुपर्ने जस्तो जायज मागमा स्कूलका विद्यार्थीहरुको उपयोग नाजायज भएन र ? मलाई त स्कूले विद्यार्थीहरुलाई शान्तिर्‍यालीमा सहभागी गराएको पनि मन पर्दैन। उनीहरुको हैन उमेर त्यसो गर्ने। त्यो उमेरमा उनीहरुलाई पढाइबाहेक अरुमा लगाइनु हुँदैन।

स्कूले जीवन राजनीतिको जीवन पनि हैन। त्यसैले राजनीतिक कार्यक्रममा स्कूले विद्यार्थीहरुको प्रयोगको कुनै अ‍ौचित्य म देख्दिनँ। कुन चाहिँ अभिभावकले आफ्नो पढ्न गएको छोरा वा छोरी कुनै राजनीतिक दलको पछि लागेर उनीहरुको कार्यक्रममा नारा लगाउन गएको हेर्न चाहला ? त्यही दलका अन्धभक्तबाहेक कसैले पनि चाहँदैन।

Sagar
२०४६ सालको परिवर्तनपछि म आफूले भोगेको छु स्कूले विद्यार्थीलाई जबर्जस्ती राजनीतिमा ल्याउने प्रवृत्तिको। अहिलेको रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला त्यतिबेला नौ कक्षामा हाम्रा सहपाठी थिए। उनले हाम्रो स्कूलमा अखिलको युनियन खोलेका थिए। उनले विद्यार्थीहरुलाई राजनीतिक कार्यक्रममा नाराबाजी गराउन लान्थे। खै के हो माग, केही थाहा थिएन, तर मलाई पनि साथीहरुको लहैलहैमा लागेर घाँटी सुकाएर नारा लगाउन बाध्य पारिएको थियो। राजनीतिको र पनि थाहा थिएन त्यतिबेला मलाई।

अहिले यी विद्यार्थीहरुले नारा लगाइरहेको देख्दा पनि मैले त्यतिबेलाको अबोधपना र लाचारीपनालाई सम्झिरहेको थिएँ।

Sagar
सबै फोटोहरुः सागर श्रेष्ठ

यो पनि हेर्नुस्
उनको बाबा खोई ?

भैरवनाथ गणको कहालिलाग्दो विवरण

यस्तो पनि हुन्थ्यो भैरवनाथ गणमा

सेनाको यातनाका कुरा

47 Comments

  1. We can understand the dpet of support of maoists in grass root level by their action. Any big party say UML or NC didnot show such lowly protest mechanism forcing school students by threatening them to come for the protest. It clearlu shows the hold of maoists in adult students. It was very good comments written by kantipur publication today about it. Maoists must refrain from doing such unhumane act of using children and schoolstudent for poltical slogans. Can anyone jsutify the use of school student brought forcibly. Owner in boarding school and teachers have no choice but to agree to send and arrange for such demosntration unwillingly due to threatening language and guns with maoists. One can understand the “birod” by its own activists not in army headquarter but in front of singha darbar asking Nepal government to make it out. Either leaders in maoist party extremely immature poltically or they are playing theis game to start war again. What happens if others who hvaeben subjected to similar torture , killing and forcibly displacement by maoists start f\doing similar thing in front of their army. I didnot see anyone telling this except kantipur. let us hope that such humane low activites will not be done by maoists in future and will be seen as truely democratic not autocratic party. But the sign is yet ot be seen.

  2. उमेश जी
    तपाइलाई सेनाले बेपत्ता पार्यो भने तपाइको स्कूले छोरोले बाबा खै भन्दै सैनिक मुख्यालय घेर्न पाउंछ कि पाउन्न ?

    तपाइको छिमेकीलाई बेपत्ता पार्यो भने तपाइ र तपाइका छोरा छोरी बोल्न पाउने कि नपाउने ?

    अनि मामा र काका मारिएका घरका बच्चाहरु बोल्ने कि नबोल्ने ?

    तपाइले यस्तो कुरा गरिरहन् भएको छ कि देशमा प्रजातन्त्र छ । देशमा राजनीतिक स्थिरता कायम भयो भनेमात्र तपाइले बच्चा र महिलाका अधिकारका बारेमा बोल्ने हो । जब देश नै भंडखालोमा छ भने आन्दोलनमा समाहित भएका बच्चाहरुलाई तपाइले मानवअधिकारका परिभाषाभित्र समाहित गर्न सक्नुहुन्न ।

    तपाइले के संझनुपर्छ भने बिकसित देशहरुबाट बच्चाको अधिकारको कुरा आइरहेको छ । ति देशहरु आज त्यसै बिकसित भएका हैनन । उनीहरुको युद्धकालीन समयमापनि बच्चाहरु प्रयोग भएकै हो ।

    तपाइले माओवादीले बिद्यार्थी ल्याको राम्रो भएन भन्नुभएको छ । के सरकारले बच्चाहरु बेपत्ता पार्नुपनि ठीक हो त ? चाहे शिक्षा चाहे स्वास्थ्य चाहे बासस्थानको व्यवस्था । के बच्चाका यि अधिकारहरु राज्यले पुरा गरेको छ ?

    अधिकारको कुरा गर्दा दु्वै पक्ष हेर्नुपर्छ । तपाइले बच्चाको अधिकारको कुरा गर्नुहुन्छ भने शुरुमै याद राख्नुस तपाइले दिनुपर्ने अधिकार आफ्नो बच्चालाई ने कति दिनुभएको छ ?

  3. CHOTKARI MAA BHANNU PARDAA: “KAAM KURO EKATIRA, KUMLO BOKYO THIMITIRA”…BASS ARU KEHI HAINA EE SABB

  4. NARAMRO SANSKAAR KO SHIRJANA BHAIRAACHHA HAI…TATKALIN RAASTRIYA STARKA UCCHA OHADA KAA MANTRI PRADHAN MANTRI JASTA (JASLE UKTA VELAA BHAYE GAREKA SABAI KURAKO JIMMEVAARI LINU PARDATHYO) NETA HARU SANGA CHAHIN AHILE HAAT MILAYERA NANA THARI KO KATI BUNDE HO KATTI BUNDE HO THARI THARI KO BUNDE SAMJHAUTA HARU GARDAI HINDNE (KAAM NA KAAJ KO), ETA ARTHA NA BARTHAKO GHERAU RA SERAULE NEGATIVE RESULT BAAHEK KEHI DINDAINA JASTO MALAAI LAAGCHHA HAI…SABAILE SOCHNU PARNE KURAA HO…DESHKO LAAGI SAHI KE HO RA GALAT KE HO BUJHNA ATTENTA JARURI BHAISAKEKO CHHA HAI RA TESAI ANUSAAR ALIK SERIOUS BHAERA LAAGNU PANI PARCHHA SABAI NEPALI LE, AAFNO DESH KO LAAGI…JAY HOSS HAMRO NEPAL KO!!!

  5. Exactly Ramesh, even Maoist are same like Nepali army, but maoist always announce that they are fighthing for peopld of Nepal but they killed many Nepali who didn’t suppor tthem..who didn’t give them HUGE amounf of money…who disagreed to give them KHANA etc.

    So Maoist are also same like Nepalese army.

  6. Lets go gherao maoist barracks to make public whereabouts of people they have made disappear, given torutre to, broken bones and testicles of!!..will you come?..too afraid to do so, aren’t you?

  7. Yi Mb haruko chribudhi badhi bahyo . Pachhi government ma gayepachhi ke hune hola hai. Sathiharu yi MB sanga satrka hunai parchha.

  8. maoist doing great job. not only bardakali garaahuu, the ganeydra ko army camp should be destoryed by people’s army(nepali janta ko army)

  9. Again, this is a weakness of the present government. Directly or indirectly, the present Girija government is protecting the Nepal Army. The government should have already done this job “whereabouts of missing citizens”.

  10. who is responsible for many unknown people abducted and killed or missing from maoist hand. who will gherao maoist headquarter.

  11. hoina kina ho hamro desh ma matra school ka keta keti haru lai jasle pani bali ko boko banaune? yo kam uniharu ko hoina kina yasto garchhan yi neta harule? laj nabhayaka manchhe haru. AAba ta kehi sikun. kina yasto rajniti?

  12. Umeshji, I agrre with your point that no organization of any kind specially politcal forces like maoists must not use scholl children for their politcal gain. Child right must be protected and all children must get chance to go to school with good food and good environment. Government must ensure it. Where is the government. Todays child is tommorrows adult and leader in the country. spontanous and willing celebaration of events of national importance to mark the unity, harmony, and positive gain for all sections of the society is no problem as long as it is not forced, dictated and with the particpation from all starta of the society. If any political force is really working for child’s right, it must avoid such repetition. Are maoists listening. If such thing happens what is the difference between autocratic kingship and them who do it today.?
    Umeshji, please keep iy up to show the double talk, double standard of all who are negatively working for our future generation. Have you got any response from the maoists about it?

  13. It`s totally ridiculous ….what r these so called seven parties doing ..when they saw these kind of total violation of the child rights frocing them to take part in julush.It`s a propoganda of maoist to make nepali army get frustrated and take over by the so called peoples army.It`s time for seven parties to differenciate cheese and chalk..they (maoist)are dragging everyone to their movement and if someone point out their misdeeds they are blackmailing will quit the talk with seven parties.Parties must make clear stance what they can listen to and what they can`t regarding maoist.Otherwise what`s the difference between war and the present situation.Robary, vandalizing are escalating day by day, culprits are out of bars in the name of maiost, totally unlawful state.So leaders should make a clear stance otherwise there is no remedy.

  14. Hello Umesh ji,
    Tanpai badhi school ko bidharthi haru ko sabhagita lai liyera santustha hunu hunna, ek choti feri sochnu!ke rani ko janmadin ma be fuwak ma gayera beating ritri ke ke ho manauda padhai na bigrine aaja euta sarai sambedan sil kura ko laagi bidharthi janda sarai man dukhauna parne abastha chhaina.Ti bidharthi haru lai ni hak chha Nepal euta kanooni raj ko kanoon kasto raichha bhanne.Umesh ji ma pani euta schoole bidharthi nai hoo jo tyeha upasthit thhiye.

    **********
    स्कूले विद्यार्थी र त्यहाँ उपस्थित थिएँ रे, अनि हिजै विदेश लाग्नु भएको ? तपाईँले चलाउनु भएको कम्प्युटरको आईपी त विदेशी छ त ! जहाँसम्म विद्यार्थीको कुरा छ, माअ‍ोवादी, राजावादी, एमाले, काँग्रेस, जनमोर्चा, राप्रपा, सदभावना, जनजाति, यहाँसम्म कि प्याब्सनले पनि त्यसरी स्कूले विद्यार्थीहरुलाई आफ्नो कामका लागि उपयोग गर्नु हुँदैन भन्ने मलाई लाग‌छ

  15. Maag jayaj ho tara school ko aboddh 16 barsa muniko bidyarthee kina liyaunu paryo? aandolan santee purana garnu parcha police lay pani sena ko surayacha garna bata kina pachee hatyako ki tayha aapriya ghatna hose bhanthanayko ho ki kay ho chanbin huna paryo kasko nirdesan thiyo yo chanbin huna paryo?yadi aaja tayta kunaee apirya durghatna bhayako bhaya kay hunthiyo pls yasko chanbin garna kosis garnu paryo?yo yakdam khatarnak kura ho Army pani Gov ko police pani anee sabaee jantako tax ko talab khancha why not cooperative ? this is serios bholee police laee army lay co-operation garayna bhanay

  16. ho ho! sainik and maoist dubai group janata ka dusman hun..dubai group le nepali dherai janata bepatta pareka chan…

    Maoist pani kamti ka hoinan..dherai janata mareka chan chanda nadiyeko nihu ma…khana nadiyeko nihuma…tini haru ko rajniti ma nalageko nihuma..so maoist le pani afule mareka janata ko sarbajanik garnu parcha

  17. YO MAKARTANTRIK SHAHI SARKAR PARTI MATTRA UTTARDAYE BHAYARA HUDAINA BHOLI KO JANAUTTARDAY SARKAR LAAI ANI AAM JANATA LAI PANI HAMRA GATIBIDHIU HARU KO JAWAAF DINUPARCHHA BHANERA NEPAL ARMY LE TYO DHWANDA KO BELA SOCHEKO BHAYA AAJA ARMY LE YASTO ASAHAJ AVASTYHA KO SAMANA GARNU PARNE THIYANA .

  18. tato na saro, PM ko office ghereko bhaye po hunthyo..

    decision liney/diney tyo PM ley ho.. ..

    bekaar ma kun chahi baula ley laathi charge garya bhaye, aja pheri birodh ma nepal bandha hunthyo hola..

    tara bhairabnaath gan ka rakshash haru lai chahi jasaari bhaye pani karbahi chahi garnu parcha

  19. All kinds of torture and kaidnapping and murder must be punished be that by army, police, maobadi or others. There is a saying” those who are honest and propagate nonviolance has every right to demand such thing from all concerned and we nepali must understand that violence gives violence in vicious cycle. As raised above, it is not good to bring school students(boarding) by force to show only crowd.
    For non violence it is good to aprticipate but not any political gain of a single party.
    Let us hope that maoists understand the importance of non violence culture and propagate it and chnage whole sequences that is gong on in our country for the last 10 years.

  20. Thik cha thik cha… Maang jaayej cha.. Bepatta pareko lai khojnu nai parcha ra maobaadi le pani aafule bepatta banaeko lai saarbajanik garnu parcha… ani yo schoole lai lyaaeko pani thik cha.. yehi schoole haru nai bholi ko leader banne ho.. training ta dinu paryo ni.. kaso shanti julus ko training rahecha.. natra ahile ka neta haru le jaane ko todfod julus maa sahavaagi banaako vae??? la la nani haru lai pani vabisya ko neta banaunu paryo ni nepali ko netagiri ko parampara kaaem garnu parena???… next time chahi todfod julus maa sahavaagi banne chan training ko laagi yo schoole..nani..

  21. yestai ho nepal
    aaba maoist haru ta bhaihale ni

    kei bhanyo bhane talk chodera jungle janchau bhanchan ke garne

    hareeee shiva

  22. I am always against the way maoist run their programs. They blame king as the biggest enemy of the country but I see maoist as the biggest threat. They are the person who has divided nepal in the name of religion, in the name of region, in the name of caste. They believe in ‘break and rule’. Now see how low they can turn. Why bring school children for this purpose. Because they have no any identity at college level students and they cannot threat them to come for such program and neither can they threat the college staffs to pressurize the students so only the way they found was to threat the school staffs and then bring the students. And there is not a single word from self reclaimed ‘Buddijibi’ on this open human right violation of the school children.

  23. समस्या छ।
    विध्यार्थीको कार्यक्रम हो, सहभागी हुदैँमा त बेठिक होइन शान्तिपुर्ण भएको खन्डमा। तर हुलदँगा तथा निसेधित छेत्रमा लान पाइदैँन,किनकि यसमा प्रहरिको लाठिचार्ज हुन सक्छ। अर्को कुरा त्यसरी लएको छात्र-छात्रालाइ माओवादि नारा लगाउन नभई पहिले बेपत्ता पारेको कुराहरु, यातनाको कुराहरु जानकारि गराई मात्र स्थिती सार्वजानिक गर् भन्ने नारा लगाइ दबाब दिनु बुद्दिमानि हो। माओवादिलाई बुद्दि पलाओस।

  24. High time for the maoists to appear in the cities and occupy all the authorities and time for Nepal Army to go into the jungle. All the civilian to stay at home avoiding works. Housewives to go for shopping. Political leaders go for foreign visits. Children either go to streets, join the protests or go for doping.
    whatelse we can do for popularizing Nepal amidst of other countries?

  25. Pitiful and despicable exhibition by maoist using poor school kids as human shield.

    GP opened the door for maoist to come to KTM. They (maoist) can attack Army any time. Why in the world they put those innocent kids in jeopardy. For the sake of Pasupatinath please do not use those school kids as human shield.

    Such type of practice and exihibition should be condemned from every social and political bodies.

  26. This is just a begining. The Nepali tradition will be followed by everybody, even Maoist are not untouched by our student political tradition. It is sad, but no choice for us.

    🙂

    inashrestha

  27. नेपाल मा शान्ति कहिले आउने ? सधै जुलुश र नारा आगो र तोडफोड ।
    कहिले सम्म भत्काउने आफ्नै घर ?

  28. WHAT ABOUT THE GENERAL PEOPLE AND ARMY PERSONALS THEY(MAOIST) HAVE KIDNAPED IN THEIR PREVIOUS YEARS..DONT THEY HAVE TO EXPOSE THEIR DETAILS IN GENERAL..ITS LIKE NOT SEEING UR FACE IN THE MIRROR AND COMMENTING OTHERS ABOUT THEIR FLAWS….WELL WHO CARES..ITS ALL NEPAL..EVERYTHING FAIR ..ANY WAY ALL THESE ACTIVITIES GOING INSIDE COUNTRY WILL INITIATE THE ABORTION OF WHAT WE CAL “LOKTANTRA”

  29. we missed them , the nepali army has to reply to the people and family . the bhairabnath gan has to desulve and hsa to action who was involve that event and where is human right in nepal army ? i support parchand’s comment about the army . they have to come under the law .as soon as possible .

  30. उमेशजी, जबर्जस्ती गर्ने कुरामा शाही सेना र माओवादीमा केहि पनि फरक छैन।

    जबर्जस्ती विद्यार्थी ल्याएर माओवादीले हिजोसम्म हुने राजाको सवारीको झलक दिएका छन्।

  31. Yo sahi udessae ka sath gariye ko kam ho tara yesko prakriya galat jasto lagcha malai.nepal ma yasaita school haru ma kamai padhai huncha, tesmathi pane yasta karyakkram ma student haru lai sahavagita garawonu k wochit kam ho ta? Kina padahi jasto gambir bisaya ma pane yasto khelbad hune garcha nepal ma? yak palta gahan rupma sochawo ta, yes bata hamai kati payodai chawoo ra kati gumawodai chawoo.

  32. बेपत्‍ता पािरएकाहरूलाइ सार्‌वजािनक गनकाे लािग दबाब िदनु त िनकै रामराे कुरा लाग्‍याे तर स्‍कुले केटाकेटीकाे
    उपयाेग गरीएकाे रहेछ त्‍याे भने मलाइ मन परेन ।

  33. THIS IS TOO MUCH FOR DEMOCRACY I AM NOT SATISFY ABOUT THIS SYSTEM WHY AFRAID AND BRING TO SCHOOL CHILDREN COM BABU RAM PRACHANDA AND BADAL AND SO….. THIS SYSTEM PEOPLE KILLED BY 2046 TO 2063 SO EVERY BODY RESPONSIBILITY LIKE SHER BDR DEUBA IF U CAN ARREST HIM HIS TIME SO MANY MAOIST KILLED AND BLACK LIST ALSO THIS IS LIKE DRAMA BOTH PARTIE NECK NOW EACH OTHER,GOVERN MENT STAFF MEANS THEY ARE DOING DUTY, WHY THERE WHO IS DEFENCE MINESTER,THIS IS VERY BAD IN OUR COUNTRY, WHO IS HANDLING THIS THINGS THEY NOT GOING THERE BUT OPPOSITE,HEH ALLHAA,HE BHAGABAN, GIVE TO KNOWLEDGE LIKE THIS PEOPLE.

  34. hello ,
    e bhudhdhi nabhayaka jangali maobadi haru lai yak yak gari jhundyanu parne ni. aafu ta gawar bhaya bhaya , ti school ka student lai bekar ma barbad parna kin lyaunu parne ?

  35. Once you believe on peace, respect for each other than everthing will be possible which was not possible even in your dream. To be ownest, I had always cruel picture of Prachanda when they were in war because everyday I witness many houses scattered and its really painful (I don’t mean who is right or wrong but he was also a cause to happen those). I had never thought one day I will consider him as broad minded, humorous and nice person once he remove the scarey mask from his face (I wish similar change we can see on all individuals belongs to his party) . Gun can only keep the people on your side until it got heat when you will be weaken nothing is your for example see current King.

  36. माओवादिले मारेका र लुकायेकालाई कस्ले गर्छ नि सार्बजनिक्, लाज नभाकाहरु, ज्यान् मारा हत्यरा त तिनि पो हुन त

  37. यो बिधार्थिको कार्यक्रममा बिधार्थिनै उपस्थित भएकोमा त ठिकैछ तर कहिले काहिं भने महिलाको कार्यक्रममा पुरुशको सहभागिला दुदा नौलो गाग्छ।
    सान्तिपुर्णरुपमा भयपनि सेनाको मुख्याले माओबादिले घेर्न सफल भयकोमा बधाइ छ। जे होस् सबैकाम सान्तिपुर्ण हुदैजाउन् भने कामन गरौं न अहिलेलाइ ।
    यो सान्तिपुर्ण् कामलाइ फेरि कसैले पनि फाइदाकोलाइ नभडाओस र यस्को कदर भयमा आगामि नेपालको सान्ति अभियानलाइ सफलता मिल्ला भन्ने कामना गरौं न।

  38. उमेश जी सडक को रेलीङ भाच्न तोडफोड गर्न चै स्कुले केटकेटी प्रयोग हुनु पर्नेमा शान्तीपुर्ण माग राख्न गएछन् सारो गल्ती गरे है तिनीहरले त्यही पनि राज्य वाट वेपत्ता पारीएका नेपाली छोरा छोरीहरुको सार्वनजीक गर्ने माग राख्न हैन र एक पटक तस्वीरका ति आमा बाउ दाजुभाइ अनि अर्धाङगीनीहरुको आकृति हेर्नुस् त नियालेर जे होस् धेरै राम्रो ब्लग

    अविरलयात्री
    साउदी अरब

  39. the leader of maoist r crazy and stupid.u see the school children oh my god.this is the time to go to school and learn something for them why do they use them and trying to take country backwards.so please do not use children on political activities.

Comments are closed.