खै त अब के होला?

जनआन्दोलनको सफलता पछि एकाएक सबै हौसिए, खुशी भए, आशाबादि बने र मनमनै सोच्न थाले - अब त केहि न केहि पक्कै परिबर्तन हुनेछ, हामीले चिताएजस्तो न्यायपूर्ण, गतिशील, र सचेत समाजको निर्माण हुनेछ । राजाका प्रखर अन्धसमर्थकहरु चाहि निराश बने - आफ्नो भविष्य अन्धकार देखेर हो कि ? या तत्कालीन हारले तिलमिलाएर हो ? त्यसपछाडि बिस्तारै घटनाक्रमहरु निराशाजनक रुपमा अघि बढ्न थाले । पहिलो झटका शेरबहादुरले राजालाइ सेनाधिपति बनाउने कुरा गरेर दिए, त्यसपछि गिरीजा नै अघि सरेर सेरेमोनियल राजा र उनलाइ स्पेस दिने जस्ता कुराहरु गर्न थाले । केपि ओलिले त झण्डै सेनाको प्रवक्ता बनेर नेपाल भुषण चन्दलाइ नै माथ गरे । माओबादीले तीब्र हतियारमोह देखाउदै धम्किपूर्ण चन्दाआतंक तीब्र पारे ।

-ZZ बाट-
जनआन्दोलनको सफलता पछि एकाएक सबै हौसिए, खुशी भए, आशाबादि बने र मनमनै सोच्न थाले – अब त केहि न केहि पक्कै परिबर्तन हुनेछ, हामीले चिताएजस्तो न्यायपूर्ण, गतिशील, र सचेत समाजको निर्माण हुनेछ । राजाका प्रखर अन्धसमर्थकहरु चाहि निराश बने – आफ्नो भविष्य अन्धकार देखेर हो कि ? या तत्कालीन हारले तिलमिलाएर हो ? त्यसपछाडि बिस्तारै घटनाक्रमहरु निराशाजनक रुपमा अघि बढ्न थाले । पहिलो झटका शेरबहादुरले राजालाइ सेनाधिपति बनाउने कुरा गरेर दिए, त्यसपछि गिरीजा नै अघि सरेर सेरेमोनियल राजा र उनलाइ स्पेस दिने जस्ता कुराहरु गर्न थाले । केपि ओलिले त झण्डै सेनाको प्रवक्ता बनेर नेपाल भुषण चन्दलाइ नै माथ गरे । माओबादीले तीब्र हतियारमोह देखाउदै धम्किपूर्ण चन्दाआतंक तीब्र पारे । झीनमसिना खिच्चड विवाद त कति हो कति ?

यी दिन सम्ममा रायमाझी आयोगका क्रियाकलापहरु पनि नौटङकी नै हो कि जस्तो लाग्न थालिसक्या छ । बरु पहिले सुर्यनाथले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाइ बढी प्रभावकारी बनाउन सक्या थिए । लम्साल बाजे पनि राजाको अबैध शाहि आयोगमा छँदा प्रभावकारी नै देखियाथे । तर रायमाझी आयोग चै भुत्ते हुदै गएजस्तो लाग्या छ ।

धेरै आशा गरिएको अन्तरीम संबिधानको मस्यौदा पनि “हात्ति आयो फुस्सा” जस्तो । नचाहिने कुरामा धेरै बिबाद, चाहिने कुरामा चै अस्पष्ट । यकिन छ, त्यो मस्यौदाले विवाद सल्टाउने होइन बल्झाउने काम मात्रै गर्ने छ ।

सात पार्टीका कहिल्यै मिल्न नसक्ने बिचारहरु यत्तिकै छरपष्ट छन । ती बीचमा मिल्न सकिने कुराहरु कति छन, ती पनि निर्क्यौल भएको छैन । माओबादीका कुराहरु संबिधान सभाको चुनावसम्मको लागि स्पष्ट छन तर त्यसपछि के त तिनेरुले जनताले बुझ्ने भाषामा भनेका छैनन । जनताले जे भन्छ तेहि जस्तो खालको कुरो बेला बेला गर्छन – यस्तो नि हुन्छ कहि ? जे होस तिनेरु फेरी जंगल नफर्किने भनेका छन, तर हतियार के गर्ने भनेर भनेका छैनन । हतियार लिएर निहत्थाहरु माझ बस्ने धृष्टता गरेको भन्ने बुझ्न सकिन्छ ।

सरकार पनि अकर्मण्य हुदै गैरहेको छ । तत्कालीन प्राथमिकता के हो नै थाहा नभएको हो कि जस्तो छ । कोहि घुमेको घुमेइ, कोहि सुतेको सुतेइ । सबै मन्त्रीहरु आ‍-आफ्नो भागमा परेको मन्त्रालयहरुमा आफ्ना हनुमानहरु भर्ति गर्न तँछाडमछाड गर्दै छन । जनताका समस्याहरुप्रति सम्बेदनशील बनेको पटक्कै देखिएन ।

जनताहरु बिस्तारै राजनीतिक लुछाचुँडिप्रति बेवास्ता गर्न थालेका छन । तिनेरुलाइ दैनिक जनजीविकाको समस्या नै ठुलो छ । आफ्नो काम र पेशाको ग्यारेण्टी नहुनु, बजारभाउ बढेको बढेइ हुनु, समाजमा अपराधको संख्या बढ्नु, राजनेताहरुको बेढंगको भाषण र असंगत सोचहरु मात्रै प्रचारीत हुनु, भविष्यप्रति आशाबादि हुन सकिने एउटै पनि कार्यक्रमहरु नआउनु आदि इत्यादिले सर्वसाधारणको जोश र उत्साह घटाउँदै लगेको छ । त्यसमाथि नजीकै आइरहेको चाडपर्वको निम्ति नगरी नहुने खर्चको जोहो, बढ्दो पारिवारीक आकांक्षा, भड्किलो सामाजिक आडम्बर तथा आफ्नो हैसियत देखाउने + इज्जत जोगाउने असाधारण मोहका कारण सर्वसाधारण जनता राजनीतिक घटनाक्रम प्रति निरपेक्ष हुने क्रम बढेको छ । स्थीति यति खत्तम भयो कि, आफ्नो घरमै चोर घुसेको छ भनेर थाहा पाउदा पनि निसहाय बन्नुपरेको छ । गुहार्यो टोल छिमेकका कोहि सहायता गर्न आउन्नन । न त पुलिस आर्मी नै सुरक्षाको लागि आउँछन । बिरामी पर्यो, बाटोमा लड्यो वा गाडीले सामान्य ठक्कर दिदा पनि कसैले तत्काल सहयोग गर्दैनन । त्यसैले त बदमास ड्राइभरले गाडी ब्याक गरेर किच्न पनि आरामले भ्याउँछन । त्यसपछि हुने तोडफोड र आगजनि त अर्कै गिरोहका काम होला । यसरी सर्वसाधारण जनता भगवान भरोसे जीवन बिताउन बाध्य छ जसले गर्दा सचेत जनताको एउटा ठुलो तप्कालाइ बढि भन्दा बढि आत्मकेन्द्रित बनाउदै लगेको छ ।

यसरी जनआन्दोलनले श्रृजना गरेको जोश बिस्तारै सेलाउदै जाँदा अग्रगमनको आशा पनि धुमिल हुदै छ । राजनीतिक घटनाक्रमपनि ढीला ढीला हुदै प्रगति नै तटस्थ हुने हो कि जस्तो देखिएको छ । न माओबादी नेता, न सातपार्टी नेता, न नागरीक समाजका नेताहरु नै तातिएका छन । कसैले नेपालमा के हुँदैछ भनेर सोध्यो भने यसो हुँदैछ भन्ने उत्तर पनि हराउन थालेको छ । यस अर्थमा मेरो आफ्नो निराशाको पारो पनि बिस्तारै बढ्दैछ – खै त अब के होला?

15 Comments

  1. Great thoughts ZZ and Nepal ko Chhora. I had some hopes from Maoists, but looks like Prachanda along with his “Yes Man” Babu Ram, are joining hands with Giri and Shere to give Gyane Chor a space. Very disappointing.

  2. I agree with ZZ, aayud and aswhini kumar for timely comments. People should realize why maoists want to keep their arms intact even after CA.?
    Surely they want to capture power by any means and want to force their one party( betetr say one man) absolute dictatorship.
    Let us hope they have learned the lesson form the history of USSR, Rumania, Combodia and other eastern european country. Just ask one of the poeple from that country how terrible the system they are advocating will be. Hope that all realize this if they are reading this blog.

  3. I am 100% agree with you. You are absolutely right.
    TARA GARNE KE!…SABAIMAA CHANDAI NAI (BELA MAI) SADBUDDHI AAOSS…JE GARDA NI DESHKO LAAGI SOCHERA GAROSS, ARU KE BHANU…

  4. माओवादी, नागरिक समाज र सात दलका घटक दल जति नै क्रान्तिकारी कुरा गरुन्, लोकतान्त्रिक गणतन्त्र भनेर जतिनै ठूला ठूला कुरा गरुन्, सिंगो सात दल र सात दलको सरकार सेरेमोनियल राजतन्त्रलाई स्थायित्व दिने पक्षमा काम गरिरहेको छ भनेर जो-कोहीले सहजै भन्न सक्छ । राजतन्त्रको अन्त्य वा लोकतान्त्रिक गणतन्त्र भनेको सहमतिबाट स्थापना हुँदैन न कि राजालाइ वेसमारी तथानाम गालि गरेर नै । राजतन्त्रको अन्त्य भनेको कि त क्रान्तिबाट हुन्छ कि त राजाले संविधानसभा या जनमतसंग्रह को नतिजा लाई स्वीकार गरी नागरिक भएर बस्न तयार भएमा, त्यो पनि यदि वहुसंख्यक जनताले यस विषयमा वहुमत जाहेर गरे भने मात्र । बैशाख ११ गतेको शाही घोषणा राजा र सात दलबीचको सम्झौताको दस्तावेज हो भन्ने कुरा अकाट्य सत्य हो । यदि सात दलले लोकतान्त्रिक गणतन्त्रको लागि आन्दोलन गरेको हुँदो हो त हत्तपत्त राजाको घोषणाको स्वागत गरेर सरकारमा सहभागी हुन हामफाल्ने थिएन । नागरिक समाज पनि दलकै पछि लाग्यो त्यतिवेला, माओवादीले पनि एक्लै आन्दोलन गर्ने जमर्को गरेनन र सात दलकै पछाडि लाग्यो । यस अर्थमा माओवादी सहित सबैले राजाको घोषणालाई स्वीकार गरे । राजाको घोषणाको स्वीकार गर्नु राजाको अश्तित्वलाई स्वीकार गर्नु नै हो । यसैले अन्ततः सबै सेरेमोनियल ‘!?’ राजाकै पक्षमा रहेछन् भन्दा अन्यथा हुँदैन । यसै वास्तविकताकालाइ मध्यनजर राखेर हेर्दा गोलमेच सम्मेलन र सम्विधान सभाको चुनाव भए पुग्ने माओवादीहरु फेरि अहिले आएर सम्विधान सभा अगाडिनै गणतन्त्र चाहिने भनेर वखेडा खडा गर्न तल्लिन हुनु अनि हतियार नवुझाइकनै सम्विधान सभामा जान पाउनुपर्ने जस्ता बालसुलभ जिकीर लिएर हिड्नुले फेरि पनि देश पोलिटिकल डेडलक तर्फ अगाडि वडेको भान हुन आउंछ किनकि माओवादीलाइ हतियार सहित सरकारमा ल्याउने र चुनावमा भाग लिन दिन राजीहुने कुन चाहि दल होला र ? त्यासो हो भने माओवादी चाहि हतियारै लिएर चुनावमा जाने अनि अरु पार्टि चाहि के वोकेर जाने रे ? के यसरि माओवादीलाइ निसस्त्र नपारी चुनाव होला त ? यदि भैहालेमा पनि के यस्तो चुनाव निष्पक्ष होला त ? प्रश्न यहां धेरै छन् । तेसैले अहिलेको पोलिटिकल डेडलक माओवादीको कारणले बनेको हो भन्दा फरक नपर्ला । यस प्रकार अग्रगमनको हलो यहां आएर अड्कीएपछि संसद झिनामसिना कुराहरुमा अल्झिन थाल्नु र जनताकालागि केहि हुन नसक्नु अश्वभाविक पनि भएन । मैले एउटा कुरा के पनि वुझेको छैन भने संविधानसभाको चुनाव हुने भैसके पछि माओवादीलाइ चुनाव अगावै हतियार विसाउन आपत्ति किन ? कि आफूले भनेझै नतिजा नआएमा फेरि जंगलै पस्ने विचार हो ? अन्यथा हतियार निसस्त्रीकरण र राजतन्त्रका सवालमा वखेडावाजी नगरी दलहरुसंग सहमतिमा आइ यो डेडलक समाप्त पार्ने तिर माओवादीहरु लाग्नु के वुद्धिमानी नहोला र ? अस्तु:…..

  5. मेरो बिचारमा फेरी एउटा “आर कि पार” आन्दोलन चाहीएको छ । तर यहाँ कुनै देशब्यापी आन्दोलन होइन, पार्टीहरु भित्रको आन्दोलनको कुरा गर्दैछु । Younger generation का प्रगतिशिल नेताहरुले राजनैतीक शक्ति हातमा लिनु पर्‍यो । बुढाहरुले थाहा पाइ पाइ पनि केही गर्न सक्दैनन – उनिहरुको पछाडि अल्झिएको डोरी धेरै लामो छ । के, नयाँ generation का नेताहरुमा यो साहस छ त? परिवर्तन आउन लामो समय लाग्छ । परिवर्तनको जग बसाल्न मात्रै पनि १० बर्ष जती समय लाग्छ । अहिले नै ६० पुगेका वा नागेका नेताहरु १० बर्ष पछी कहाँ हुने हुन खै – त्यसैले उनिहरुले १० बर्ष पछाडि हेर्न सक्दैनन । तर ४०~५० बर्ष पुगेका नेताहरुको लागि १० बर्ष भनेको के न हो र? अझ भन्ने हो भने त १० बर्षमा ठ्याक्क उमेरको हुनेछन राष्ट्रपति बन्न ।

    सारा नेताहरुलाई लात हानी नयाँ ब्यवस्था शुरु गर्न पाए कति राम्रो हुन्थ्यो, तर यो खाली कल्पना मात्रै हो । अहिले गर्न सकिने भनेको हाल रहेकै नेताहरु मध्येका प्रगतिशिल नेताहरु अघी बढी बुढाहरुलाई बिस्तारै पाखा लगाउनु हो । हाम्रा यि नयाँ generation का नेताहरुले १० बर्षको sacrifice गर्न सक्छन त ? बुढाहरुलाई पाखा लगाउन खोज्दा आँफै पाखा लागिने पनि डर छ – के यो risk लिन तयार छन त ?

    कुरा आयो माओवादीको, उनिहरुले कहिल्यै successful government मा आउन सक्दैनन । उनिहरुबाट responsible opposition हुने आशा मात्रै गर्न सकिन्छ । तर आजसम्म देखे अनुसार मेरो यो आशाको दियो पनि एकदम मधुरो छ ।

  6. खै के खै के पुक्क भनेर भन्ने मात्रै हो हामी धर्तिका भ्यगुताहरुले, हेर्दै जानुहोस् जे जे गर्लान गर्लान यि दुई चार दिनका, छाता ओडेर हिंड्ने छोटा राजाहरुले । हो तपाइले भने जस्तो तपाईं हामी सबैमा निरशा पलाइसकेको छ । हामीलाई आफ्नै समस्याले पिरोलिरहेको समयमा माथिका आदेश शिरोपर गर्न बाहेक र अरु को लहै लहैमा लागेर हामी देशमा हुल दङा मात्रै गर्न सक्छौ ,अरु को के मतलब? बाँकी सबै काम भगवान पशुपतिनाथले गर्नेछन । जय पशुपतिनाथ ।

  7. A Nepalka chhora
    maobadile timra bakhra chore ki kukhura choreka chhan. maobadi ko bhawana lai bhujne kosis gara. uniharu aba janatako chahana pura garna shanti sthapanako lagi dateka chhan. uniharuka karyema ko badhak bhaneko chha bhanera uniharulai khabardar gara baru. balla hamro chahana pura hunchha ra. aphule sinko nabhachne khali arulai gali garne bani choda A nepali janata haru.

  8. Kehi pani hune waala chhaina yo desh Nepal maa.. feri gyaane le.. satta lincha… teskai laagi feri ladne, marne.. feri neta .. yestai gari raaja ra neta le naatak gardai nepali lai chusdai basnechhan… Haami nepali aafno ragat didai marne….

  9. होशियार नेपाली जनताहरू हो
    देख्योउ ५ महिना भन्दा बढी बितिसक्यो तर खोइ यी साले चोरए नेता हरू ले के गर्‍यो । खाली कुर्चिमा बस्यो ,काम कुरा एकतिर फाल्यो कार्यालय मा आफ्नो मान्छे भर्ती गर्‍यो,देश लाई झन कङाल बनायो ।अनी अर्को तिर माओवादी चोर हरू लाई खुल्ल छादेर देश मा लुत मार मच्चायो ।न त देशमा कानून छ,न सुरक्छा नै

    के एही हो त नेपाली जनताले ल्याएको लोकतन्त्र ?
    होशियार नेपाली जनता हो अब यि सबै चोर नेता हरू र माओवादी चोरहरू को बिरुद्ध नै फेरी अर्को सखाफ्तन्त्र सुरु गर
    जब सम्मा यि फताहा हरू सखाफ हुँदैन तब सम्म यो देश मा शान्ति हुँदैन अनि बिकास पनि ।

  10. This is truely happening in Nepal right now. It seems like no one is responsible for anything. We can not even guess where is our country moving to.

  11. Yes , Mr. ZZ ( I don’t believe anybody in this world has such a name other than you,sorry bro. )the present of our country is standing almost at a dead end . At least , any sensible human being could guess that the present situation of inaction was bound to emerge there at a certian time in futur. It was because:

    1. King Gyanendra’s unchecked and emotionally replete overambition to be the absolute emperor of a small Himalayan nation of Nepal had seriously undervalued people’s awareness and the inborn and inalienable rights of a civilized 21st century countrymen. He miscalculated and took blind steps to thurst his already detested whims on people who had witnessed the death of Nepal’s monarchy in the palace massacre. Gyanendra and his coterie was too ignorant to gauge the objective reality of the massively aware populace and already rebelling nation. The national army alone could not put all its stakes on an popular king inviting a tag on a ceremonial private army of the king. We must appreciate the role of the army which truly dissociated itself not to go on the rampant supression of the bubbling popular movement.
    2. The king’s actions alone forcibly brought the wrangling seven parties and the bloody Maoists together. Look at the track record of the Maoists, they waited considerably for the kiing to offer them something at the cost of the political parties and in the beginning days of Gyanendra’s takeover , Maoists were still looking at the king to let them quenceh their thirst by offering them a slice of opportunity in the Nepalese power shop. This was not to be because the army by now had informed the king that the Maoists had created a rift within themselves and they were a weakened force and it could be defeated.The Maoists on the other hand knew that their arms stock was depleting and their militia were dying or defecting in great numbers. This way, according to their reckoning, they were not going to keep their militia strength stable let alone the victory over the ‘old reginme’
    3. The delhi agreement between the seven parties and Maoists therefore was a product out of the deseparation of the parties and the Maoists mediated by Indian interest. Their immediate objective was to test their unified strength as they were not sure that king Gyanendra with his supposedly strong army was too weak to be toppled down with weeks of unrest. But their experimentation of strength and muscle flexing surprisingly paid off in three weeks.
    4. Now a void was created amid the euphoria of success. These parties and Maoists , with their separate vested agenda were not going to be unified in their objectives for eternity.When you get a sudden windfall and you run out of any set options as to how to proceed further, you are very likely to end up in a maze. Nepal’s situation is just like it.
    5. When you are their talking and negotiating , you are to be prepared to give and take. You must maintain tremendous amount of flexibility and you have to have first, second and many alternative options at your disposal. A negotiation venture will never come to the stage of fruition when the stakeholdrers are not prepared to accept other’s existence. Nepal’s Maoists who claim themselves as the ‘New Regime’ are the real culprit in the present state of political impasse because they are not prepared to recognise any others other than themselves. Life and livlihood will face terrible consequences in the days to come in Nepal.
    [email protected]

  12. Dear ZZ ji
    Thank you for nice writing.
    Well telling the truth I was aware of all these happening once Gyane re-established the so-called parliamentary and these worthless leader fought for the post at the very moment regardless of the sacrifice done by nepali people to overthrow king.
    Thats why i believe in complete reform. All these leaders shold be kicked out and give the space to the youth having new vision, dedication and determination to built the nation having huge potentials.
    Thank you

Comments are closed.