-ZZ बाट-
राजनीतिमा हुने उतारचढाव केहि शिथिल भएको महशुस गरेर गतहप्ता “खै त अब के होला?” भनेर प्रश्न राख्दै निराशा पोखेको मात्र के थिएँ, निराशाका लहरको बाढी नै आएछ । त्यसपछिका घटनाक्रमले शान्तिप्रेमीहरुमा निराशाको पारो झनै बढेछ यद्यपि ती अनपेक्षित थिएनन । राजालाइ गालि गर्न पाए अझै उत्साह सेलाउदैन तर सातपार्टी, सरकार+संसद वा माओबादीमध्ये कसले राम्रो कुरो वा काम गरेको छ भनेर कसैले सोध्यो भने म नाजवाफ हुन थालेको छु ।
नेपालको राजनीति गजबको छ । जो पर्दापछाडि बस्छ ऊ बिस्तारै पपुलर हुन थाल्छ । २०४६मा गन्हाएका राजा बिरेन्द्रले बहुदलीय कालमा के नै राम्रो काम गरेथे र चुपलागेर मुसुमुसु हाँस्नु बाहेक? तैपनि उसको मलामिमा सति जानै तत्पर जमात देखा परे कपाल खौरेर । संबैधानिक राजाको नाममा बिरेन्द्रजति पपुलर राजा इतिहासमै छैन भनिटोपल्छन उनका प्रशंसकहरु । ज्ञानेन्द्रले प्रत्यक्ष शासन गर्दा सातपार्टीले के नै सकारात्मक योगदान गरे र आन्दोलन र बन्द बाहेक? तैपनि जनताले उनेरुका तमाम कालोकर्तूतलाइ मज्जाले बिर्सीदिए लोकतन्त्रको नाममा । माओबादीले पनि भुमिगत भएर के नै सकारात्मक काम गरे र भत्काउन बिगार्न बाहेक? तै पनि जनताले उनीहरुलाइ दिन दुइगुणा रात चौगुणा साथ दिए गणतन्त्रको नाममा । अब पालो आएको छ ज्ञानेको – चुप लागेर बिस्तारै पपुलर हुने (के नाम बोकेर आउला अहिले मलाइ थाहा छैन, उनका बाउले “माटो सुहाउदो प्रजातन्त्र”को नाम बोक्याथे क्यार) । किन कि माओबादी, सातपार्टी र सरकार+संसद दिन दुइगुणा रात चौगुणाको दरमा जनताको मनबाट स्खलित हुँदैछन् ।
सरकार+संसद त अन्तरीम नै हो, त्यति धेरै आशा कसैले राख्याथेन शुरुदेखि नै । संबिधानसभासम्मको बाटोको खाका यथासक्य छिटो तयार गर्नु पर्ने यिनेरु अन्त अन्तै अलमलिएका छन । यिनेरुलाइ लाग्दो हो जति अलमलियो त्यति फाइदा !! भत्ता पाउने कुरो त छँदैछ, त्यसमाथि आफ्नो पार्टी पनि मोटाउने र माओबादीलाइ हैरान पार्न नि सकिने । धेरै क्रान्तिकारी काम कुरो गर्दा पनि जनताले उनेरुलाइ पत्याइहाल्ने स्थीति छैन । त्यसैले अकर्मण्य र अल्छी हुनु र त्यसको नतीजा स्वरुप “अनपपुलर” हुनु स्वभाविक जस्तो लाग्छ ।
सातपार्टी अहिले सबैभन्दा “कन्फ्यूज्ड” छ । स्थीतिको आंकलन गर्न नसक्नु मात्रै होइन, आफ्नो माग र अवधारणा के हो भनेर स्पष्ट भन्न पनि सकेको छैन । यस्तो कन्तविजोग स्थीति देख्दा राजनीतिक पार्टीको हालत गल्लिको लुते कुकुरको भन्दा गएगुज्रेको झै लाग्छ । न सरकारलाइ यसो गर्नु पर्छ भन्न सक्छ न संसदलाइ यसो गर्नु पर्छ भन्न सक्छ । यस्तो हुनुमा पार्टीका प्राय ठुला नेताहरु जम्मै संसदमा रहेको तथा संसद र पार्टीमा आफ्नो भुमिका कस्तो हुनुपर्ने भन्ने कुरामै उनेरु अस्पष्ट भएकोले हो कि भन्ने लागेको छ । मलाइ शंका लागेको छ, नेपालमा आफ्नो पार्टी सरकारमा बसेको बेला पार्टीको भुमिका के हुनुपर्छ भन्ने बारे सोचिएको नै छैन । नतीजा के त? सरकारले गर्ने नराम्राकामको अपजस थाप्लोमा पर्ने, तर राम्राकामको जस चै नपाउने । अनि दिनदिनै “अनपपुलर” हुने त भैहाल्यो ।
माओबादीलाइ भने दुबै हातमा लड्डुको स्थीति थियो । आफ्ना घाइते कार्यकर्ताको उपचार बेरोकटोक गर्ने पाउनु, संगठन फैलाउन पाउनु, चन्दा संकलन गर्न पाउनु, गामगाममा पहिले देखि गरीआएको धन्दा निर्वाध सुचारु गर्न पाउनु, सरकार+संसदले गरेका राम्रा कामहरु जति सबै हामीले गर्दा मात्रै सम्भव भएको भनेर दाबि गर्न पाउनु, र नराम्रा कामको बिरोध पनि मजैले गर्न पाउनु । यस्तो स्वर्णीम सुअवसर संसारको कुनै पनि बिद्रोहि शक्तिले बिरलै पाउदो हो । तर अचम्म माओबादीले यो सुअवसरको उपयोग गर्न सकेको देखिएन । यो शक्ति पनि धमाधम “अनपपुलर” हुदै गएको छ । किन कि जति जति उदाङ्गियो त्यतित्यति भित्री खोक्रोपन सतहमा देखा पर्न थाल्यो । गामठाममा पहिला बन्दुकले दबाएका स्वरहरु बिस्तारै प्रस्फुटित भएको मात्रै होइन, कतिपय सरल प्रश्नहरुको चित्तबुझ्दो जवाफ दिन पनि माओबादीलाइ हम्मे परेको छ। शहरतिर पहिलेदेखि माओबादीप्रति सहानुभुति राख्ने बुद्धिजीवि बाहेक थप स्वतन्त्र बुद्धिजीविहरुलाइ आकर्षण गर्न पटक्कै सकेन । र राज्यसंयन्त्र संचालनका कतिपय महत्त्वपूर्ण सवालहरुमा माओबादी नेत्तृत्वले स्पष्ट बैकल्पिक अवधारणा दिन सकेन । माओबादी राज्यसत्ताले ल्याउने तात्विक भिन्नता के हो भन्ने कुरो गर्दा राजा राख्ने र नराख्ने सवाल भन्दा बाहेक अन्य केहि कुरोमा पनि स्पष्ट बिचार आएन । बैचारीक सवाल मात्र होइन, ब्यवहारीक रुपमा पनि माओबादीले तटस्थ वर्गको बिश्वास जित्न सकेको देखिएन । हतियार प्रति देखाएको अस्वभाविक मोह, छिटपुट नै भए पनि कार्यकर्ताका तर्फबाट भएगरेका अत्याचारको “मौखिक आत्मालोचना” बाहेक कुनै न्यायिक कारबाहि गर्न माओबादी नेत्तृत्व असफल हुनु, चन्दा र जनसहयोगको सवालमा भनाइ र गराइमा मेल नखानु, पत्रकारहरुको सामना गर्दा ढाकछोप गर्ने खालका काइते तर्कहरु तेर्स्याउनु, पार्टी भित्र र पार्टीबाहिर प्रचारीत नीतिगत कुराहरुमा बेमेल हुनु, राजनीतिक सुझबुझ देखाउनु भन्दा जुहारी खेल्न बढी रमाउनु, युद्धलाइ स्थगित गरेको अवस्थामा समेत युद्ध जितेकै जस्तो दम्भ पाल्नु । यी कुराहरुलाइ पचाउन बास्तबमै गाह्रो परेको छ, जुन कारणले माओबादीले आफ्ना स्वर्णीम सुअवसरलाइ गुमाउदैछ ।
राजा राजनीतिमा फर्किनु दुर्भाग्य हो, तर यसलाइ रोक्न सकिएला जस्तो छैन । हिजो भन्दा आज, आजभन्दा भोलि राजाको समर्थनमा जनताहरु थपिदैछन । प्रत्यक्ष सडकमा नओर्लेपनि राजाबिरुद्ध हिजो भन्दा आज जनआक्रोश कम भएको छ । २३७ बर्ष राजतन्त्रले अन्याय गरेकोले नेपाल र नेपाली गरीब भएको भन्ने कुरा पत्याउन अवका दिनमा तीब्र बिकास हुन जरुरी छ । राजाको प्रत्यक्ष शासन नहुदा हुने थेत्तरो बिकासको दोष पनि राजालाइ नै लगाए कसले बिश्वास गर्ला? फेरी हाल बहाल रहेको लुछाचुँडि, आरोपप्रत्यारोप र बिश्वासको संकटको माहौलमा देशले बिकासको गति लेला भन्ने कुरा कसरी पत्याउने? जनतालाइ राजा रहनु वा नरहनु, पार्टिको सरकार वा सैनिक शासन हुनु भन्ने कुरा भन्दा पनि “गरि खान पाउने” वातावरण चाहिएको छ । हाल “फ्रण्ट”मा रहेका शक्तिले त्यस्तो वातावरण बनाउन नसके यकिनन “ब्याक”मा रहेको शक्तिले पो केहि गर्ला कि भन्ने आशा पलाउछ । अनि त फेरी राजाको चुरिफुरी बढीहाल्छ नि । हो कि होइन त ?
Ho Raja Birendra laee tyasto maran huda janta lay maya garya holan but hi is also not good king .Unlay tyatro barsa rajkaj garda kay garya anee unly maobadi laee saghayera ajja ko time aayko kasly bhujany,Raja Birendra lay maobadi laee help garayko maobadi lay naee khulayko haina ra, anee kay ko birendra good gyanandra bad sasan garda daju bahaee milayraee garyako hainana ra 30 barsa samma anee kay kay ramro garyako thiyara ki chuwachut anta bhayko thiyo ki laingik samanta thiyoki anee bikass yakdamm thiyoki,bhrastachar hudaee hunthiyanaki kay thiyo tyasto Raja Birendra ko yogdan ,.Jo bhaya pani raja raja matra ho u khana ghumana saann ko lagee ho,dekhauna laee rakhana hami garibdesh laee bhar kina boknu paryo ta
I agree 100% with ZZ’s views and comments. I also agree most other comments supporting and adding ZZ’s opinions.
First comment of Nepaliman blog is not fully clear to me. He mostly agrees with ZZ except on the issue of arm-management of maoist cadres. His arguments are controvertial and conflicting. His second comment is rather personal, so I refrain commenting any further.
BK.UK has completely lost control on himself. I even do not understand what is his point on writing like that — “get paid”, “might do volunteer”, blah blah. His brain must be poisoned by a hope that somebody will pay him for writing in favor of a group or other. Now he might have lost his hope to get paid by his “SARDAARS”. I don’t believe anybody commenting here on blog is in paid duty.
This single line of ZZ “संबैधानिक राजाको नाममा बिरेन्द्रजति पपुलर राजा इतिहासमै छैन भनिटोपल्छन उनका प्रशंसकहरु” is enough to describe all thoughts of people like PBT. He should realize that “hypothetical and hindsight” comment of ZZ will lead to a new dimension of learning for the benefit of future. Yeah, present generation leaders can learn manything from ZZ comment if they are serious for uplifting the country. The king has already lost his all opportunities, so he can not gain anything from ZZ comments.
ZZ, you are putting great effort to pick heart-touching issues and present your opinions in such a way that they stimulates all readers, whether the readers agree or disagree with you. I can see great potential if you keep on writing. I further would appreciate if you prefer disclosing your identity. Here among our friends, we all enjoy your opinions and visit mysansar.com repeatedly to check whether you have added some more. Keep it up. Thankx to Umesh jee too for bringing up people like ZZ in your guest column.
Mr ZZ, I read your comment in the link you mentioned me to read. It’s all hypothetical and hindsights which are easy think and difficult to implement. You better teach the present leadership rather than commenting on the king.
BY PBT September 09, 2006
I do not agree with you on your comments on king Birendra. He did nothing wrong. He was the wisest king in Nepalese history. He declared referendum to choose between Multiparty System and the then Panchayati System with reforms 27 years ago in 2036 B. S.(1979 A.D.). Ten years after the referendum, he dissolved the then Partyless Panchayati System and re-introduced the Multi-Party System in the country after the popular movement. He became ready to be constitutional first time ever which was not expected by the political parties when they started the people’s movement 2046. It was the then leadership who was successful to fulfill the people’s aspirations. An interim govenment was formed and asked to introduce a new consitution and hold general election within one year. The government did so accordingly. That time the whole movement was lead by an Iron Man – Ganesh Man Singh, who did not let the People’s Front led by him divide and he had tirelessly guided the government which was led by K. P. Bhattarai. They all became successful in their goal. You mentioned that king Birendra did nothing expect smiling. What do you expect from the constitutional monarch to do ? Any head of states interfer in the governmental matters when the government is slow and inefficeint. You mentioned that we can’t stop Gyanendra from holding the power again. Of couse he will if the government doesn’t want to solve the country’s problem and only interested in expanding its tenure. If you drink a lot almost everyday,what will be the result ? You will get sick. That’s why to avoid sickness you should give up drinking. Prevention is better than cure. This proverb applies in Nepali politics. The government is busy at curbing the king’s power which is meaningless. It can not be implemented till the present constitution is in effect. They have to tell the people whether the Constitution 1990 is in effect or not . They are thinking that whatever power they eliminated is being implemented. It’s their day dream. They have to introduce new constitution replacing the old one which should address the king’s position clearly. After that they don’t have to make so many decisions to curb the king’s power. Why don’t they do ? Because if they do they have to dissolve the HOR in which they are the members themselves as a result they won’t get the allowance for which they were starving for four years. Whatever is happening now reminds me one nepali proverb “Jatra in Handigaun happens nowhereelse”(“kanhi navaeko jatra handigaunma”.)
What can you expect from Girijababu ? He is making his own history in Nepal like Prime Minister for the fourth time, Nepal’s Oldest Prime Minister ever etc. It is him who couldn’t fix his own party’s dissatisfaction and dissolved the parliament before 2 years’ of its period which helped antidemocratic elements play their role in Nepali politics.There came minority govenments which could not pay attention in peoples’ needs. They had to play game to remain in power. There happened buying and selling of parliamentarians. As a result there was no stability in the government. It’s all because of Girijababu who happened to be first elected PM after the popular movement. He used his goverment to gain control in his party. He use his govrnment mechanism to attact his party cadres towards him.
Mr. ZZ it’s been too long comment on your article. I want you not to expect too much from this government. Because there is no leadership. They don’t have any destiny. Everybody is a leader. The only thing we need now is strong leadership with destiny and determination like late Ganesh Man Singh.
Comments by PBT September 8, 2006
[ पंचायति शिक्षाको धङधङीबाट मुक्त नहोउञ्जेल र राजा बिरेन्द्रको समग्र जीवनगाथालाइ द्वन्दात्मक मुल्याङकन नगरीकन उनलाइ हेरीएमा तिम्रो जस्तै दृष्टिकोण धेरैमा हुने छ । म यो बिषयमा अहिले बिस्तृत जान चाहन्न, तर यस बिषयमा पहिला एउटा कमेण्टमा छुस्स लेखेको थिए, त्यो पढे मेरो सोचाइ बुझ्न केहि मद्दत होला । यो लिङ्क को पुछार तिर मेरो कमेण्ट हुनु पर्दछ ।
— ZZ ]
abiralyatri u are great,
keep it up. never mind those people. u know already how much long name list was for handi by royal government. similar types of people are everywhere. the different is we are not professionally involved in this writting. this is our interest over our nation and the people.
they get paid. let them do until they finish paying but dont forget they might do volunter after that lol
if they really love the nation and people they wouldnot see ur comment negatively.
मैले लेखेको कमेन्टमाथी आयुध जीले ब्यत्त गर्नु भएको शब्द प्रहार मेरा लागी पाच्य भएनन् त्यसैले यँहा केही लेख्ने अनुमती माग्दछु । वैदेशीक रोजगारीको शिलसीलामा खाडीमुलुकमा काम गर्दा गर्दै कति समय चाहेर पनि कमेन्ट लेख्ने समय मिल्दैनन् त्यसैले लेख्न खोज्दा खोज्दै ढीला हुन गयो यसको लागी पुन माफी चाहान्छु ।
म शुरु गर्छु छद्मनाम बाटै आयुध जी मेरो नाम राजुविक्रम खतिवडा हो नुवाकोट त्रिशुलीको बासीन्दा मलाइ कुनै छद्मनाममा प्रतिक्रया लेख्ने तुच्छ भावना छैन हरेक समय मेरो उपनाम अविरलयात्रीको नाममा लेख्नु गर्छु र जानीराख्नुस् म मात्र माओवादीको हैन सम्पुर्ण मानवीयता विरुदको हेरक क्रियाकलापको विरुद्धमा खुलेर आफुलाइ समाहित गर्न चाहाने नेपाली ठिटो हु । अरुको प्रतिक्रिया र भावनालाइ कमेन्ट लेख्दा पुरा पढेर विश्लेषण गरेर लेख्दा राम्रो होला । मैले लेखेको कमेन्टमा यतीमात्र दर्शाउने मेरो प्रयास हो नेपालको इतिहासमा कसाइको उपाधी पाएको वर्तमान राजतन्त्रको कुनै औचीत्य छैन । पुराना एवं केही सिमीत नवपञ्चहरुको बाहेक अरुको दिलदिमागमा नेपालको राजतन्त्र कहिल्यै सकारात्मक रुपमा बस्न सक्दैन । तपाइले भनेजस्तै अरुको विचारको उछितो काढ्दै हिंस्रक राजनिती गर्ने कसैले पनि पुर्ण लोकतन्त्रको कुरो गर्न सुहाउदैन त्यो त मात्र आडम्बरी आदर्शको कुरा हो मित्र मैले देखेको लोकतन्त्र त्यहानीर हैन । सम्पुर्ण मानवीय र भौतीक क्षतीविनाको एवं जवर्जस्ती राजनैतिक र आर्थिक समर्थन विनाको माओवादी राजनैतिक विचारमा मात्र हो यदी नेपालको माओवादीहरुमा यी चार कुराको कुनै पनि प्रकारका सकेंत देखीएन भने अवश्य पनि उनिहरुको राजनैतिक अभ्यासलाइ पनि समर्थन सम्म गर्न सकिन्छ भन्ने हो । अर्को कुरा म न त माओवादी संग सम्वन्धीत मान्छे हु न त समर्थक नै यो गलत बुझाइ आफुसंगै राख्नु होला अरु लाखौ नेपालीलाइ दिग्भ्रमीत गर्ने प्रयास फेरी नहोला भन्ने आशा राख्दछु । मैले माओवादीको माथी उल्लेखीत चार कुराहरुलाइ हटाएर हेर्दा औसत नेपालीको राजनैतिक चेतनाको स्तरको कुरा गर्न खोजेको हु फेरी जानी राख्नुस १५००० नेपालीको जीवनको मुल्य भन्दा माथी त्यो विकासक्रमलाइ कहिल्यै लिन सकिन्न । एउटा नेपाली नागरीकको हैसीयतले नेपालको राजनितीमा सामेल हरेकका खराव र असल कुराको उत्तिकै विश्लेषण गरीनु पर्छ भन्छु । अर्को कुरा हिजो स साना र समुहगत पञ्चहरुले गाउमा रगजग गरेको भुलेर एकलौटी माओवादीको हालको अन्यायलाइ उठाइनु हुन्न भन्छु म । हो २३७ वर्षदेखीको राजतन्त्रको छायामा हुर्केका पञ्चहरुले लादेका अन्याय र अत्याचार त्यो भन्दा कैयौ गुण बढि असैह्य थियो जुन माओवादीको नयासत्ताले आज लादेको छ।(यसको अर्थ आजको नयासत्ताको कामचाही सही छ भन्ने हैन आयुध नामक देखावटी देशप्रेमीले यसरी पनि विश्लेषण गर्न सक्छ ) हिजो वस्ती वस्ती गरीवहरु मारीन्थे र त्यसको सिमा त्यही गाउमा मात्र रहन्थ्यो त्यो पनि गुपचुप रुपमा आज कमसेकम माओवादादीलेनै मार्दा पनि त पुर्वका कुरा पश्चीममा जानकारी छ । हिजो पञ्चहरुले गरेका अमानवीय र अत्याचारको फेरीहस्त हेर्न म आयुध जीलाइ किसोर श्रेष्ठको तथ्यगत लेखहरु यानी दस्तावेजहरु हेर्न अनुरोध गर्छु ।हो आयुध जी सबैलाइ बोल्ने अधिकार छ तर मैले अधिकासं नेपालीले झै राजतन्त्रको कसाइ परम्पराको विरोध गर्दा मलाइ माओवादीको दलाल भन्ने अयाधु चाही कसाइ राजतन्त्रको के नि अनि मेरा फुटेको आँखाले देखेका उल्लेखीत कुरामा कहानीर रगतको गन्ध आयो लोकले मुल्यांकन गरोस्
सत्य कुरोलाइ सत्य लेखीन्छ कुनै तानाशाहको लगौटीले अश्लील शब्दहरुको प्रहार गर्दैमा त्यो कहिले मर्दैन । फरक विचार उठाउने हरुलाइ खिया लागेको दिमाग भन्दै बन्दुक समाउन उर्दी दिन पञ्चहरुले बुझीरखे हुन्छ नेपालमा माओवादीको शसस्त्र आन्दोलनको एउटै कारण पनि त्यही थियो हामी तेरा कुरा सुन्न तयार छैनौ जे गर्न सक्छस् गर् भन्ने तानाशाह र पञ्चहरुको धम्की । कोठामा थुनेर विरालो कुट्ने अनि विरालेले आत्मरक्षा गर्दा यो त जगंली रैछ घरपालुवा हैन भन्ने पञ्चे कुरा लोकलाइ पाच्य छ त ? लोकले भनोस् पञ्चायती तानाशाह र बगरे राजतन्त्रको खुलेयाम विरोध गर्ने म बगरे भय मलाइ बगरे र कसाइ भन्ने आयुध नामक प्राणी चाही के त ? इतिहासलाइ कहिल्यै ढाट्न सकिन्न एक दुइ पञ्चहरुको चलखेल गर्ने थलो हैन मेरो संसार लाखौ लोकतन्त्रप्रेमीहरुको विचार प्रवाह गर्ने माध्यम हो लोकले अवश्य विश्लेषण गरोस् मेरो इच्छा यत्रि मात्र हो, नेपाल र नेपालीको सदा जय होस शुभयात्रा !
अविरलयात्री
त्रिशुली नुवाकोट
हाल अलखोवर साउदीअरब
AAJAKO PRMUKH AABASYEKTA NAI TEHI HO JASTO TAPAAINLE LAST MAA BHANNU BHAYEKO THIYO “GARI KHAANA PAAUNE” VATAVARAN BANAUNU PARYO NA KI ANYE KURA HARUMAA ALMALINU. “SHREE PAANCH KO SARKAR” NAAM LAAI “NEPAL SARKAAR” ATHAVA SHAHI SENA LAAI “NEPALI SENA” GARERA GARIB DUKHI JANATALAAI PRATAKCHHE RUP MAA KEHI FAIDA HUNE WALAA CHHAINA. TESTAI GARI NAAM MATTRAIKO “LOKTANTRA”, “PRAJATANTRA” ATHAVA BHANAM AHILE SABAIKO MUKHMAA JHUNDIYEKO (SABAIKO BAU BHANAUNDO) GANATANTRAI LE PANI KEHI HUNE WALAA CHHAINA. TESAILE MA TA BHANCHHU HAMI NAAM KO PACHHADI NADAGUDIKANA AAFNO SOCH PARIVARTAN GARNE TIRA LAAGNU PARCHHA RA AAFNO BEBAHAAR SUDHARNU TIRA LAAGNU PRDACHHA. “CHAANDAI NAI SABAI NEPALI KO AATMAA MAA SACCHA NEPALI LE VASS BASOSS!” YEHI KAAMANA GARDACHHU.
DHANYEVAAD!!!
The presentation is based on reality. The leaders are busy in critisizing and defaming King. The poor people do not care wheather there is King or not. The false promises given by leaders during street will finish them.
The “dollar kheti” in the name of poors, women and children, peace etc is the main obstacle. The dollar earners will have to loose their earning if Nepal will be peaceful and prosperous.
Krishna Paudelji, ZZ amd Aayudh
Yours comments are real and shows ground reality of Nepal. Glorifying killing of fellow human being must be stopped. have all read a dalit youth being killed by maoist today in Tanahu?
See what they are doing?
How much promaoists commenteter want to make the points for maoists, killing like this and terrorizing on gun points of every citizen in nepal can not be supported. they must remember that they must stop telling that they are sadhu and for people.
Dear Countryman
We desperately need a third revolution in the country. The SPA kicked off Nepalese people’s dreams. We need to wake up and kick out these leaders from the country while the time is still on our hand. There is no need of king doesn’t matter whether ceremonial or just an idol, let Girija to keep him at his home but Nepalese People will reject his staying.
Please do not assume that I am a politician or connected with any political parties. I am a Nepalese citizen as others but I could not just read the news every single day and keep myself quite.
We will never feel peace in the country or will establish until Girija is alive. Girija is obstruction of republican so he got to be moved back or die.
Agree with you 100%.
I agree with Krishna Poudelji, if every political stakeholder got same mission i.e, peace and prosperity than despite many differences they can reach on some conscious but if one or other think they are better than it is nothing than stupidity because we suffered from you all and it is just selection between worst.
I agree with Ayudji and further would like to add,there are no “Darsan/ Philosophy/ Books ” are good if it says you are only the best and there is no space for others. Life is very simple and so the truth but we are making it complicated to fulfill our interest like “Nepaliman Blog”. We all know that what we are doing is right or wrong we just need to be fair with in ourselves and rest are excusable otherwise protesting in front of army head quarter are not truly for their friends rather than just a political & psychological move until they stop doing the same (five people were abducted today, how can you justify it with your previous protest). You people don’t have any moral, we know that “ tallo maoist barga lutera khan palkiyaka chan mathika neta bhanauda tini haru lai musardai bargaining table ma baseka chan” but they should know the truth “kohi chorera lutera sampanna huna sakdaina bhane Dar Tras ko rajnitile kohi mahan neta huna sakdaina”, it is simple. “ We need peace and we observe all you silently but don’t think we are dead because same mistake has been done by one and we made it everything upside down and so can be done again against any betrayer.
नेपालीब्लग नामक छद्मनामी ,
अरु सबै विचारको उछित्तो काढ्दै हिंस्रक राजनीति नै अन्तिम सत्य ठान्नेहरू कुन सभ्य संसारको परिभाषामा लोकतन्त्रवादी पर्छन हँ ? यदि तिमी स्वयँ माओवादी अतिवादका डाइहार्ड फ्यान नभएका खण्डमा , नेपाली समाजको कुन पाटो र पक्षमा माओवादीले सकारात्मक परिवर्तन ल्याएको कतै देखेका छौ ? के हिजो गाउँ र अहिले खुला परिवेशमा माओवादी बलमिचाइँले जबर्जस्ति देशलाई कुँजाएको छैन र ? गाउँ घुमेर हेरेको छु भन्न गर्व गर्ने तिमि जस्ता छद्मनामीले ‘ साउदी अरब’ को फुर्को झुण्डाएर आफ्नो परिचय किन लुकाउँछौ? हैन साउदीअरब मै भएको भए माओवादीको हुण्डी दलाली वा लुटको पैसालाई बाहिर्याउने व्यवसायमा लागेका छौ कि कसो ?
हैन भने फुटेका आँखाले पनि देख्ने कुरा तिम्रो दिमागले किन पढ्न खोज्दैन ? के तिम्रा माओवादी मात्रै यो संसारका मसिहा हुन ? देशलाई रगतको पोखरी बनाउने तिनीहरुको सामजिक जीवन र देशको आत्मसम्मानमा कहाँनेर कति योगदान रह्यो हँ ?
यी लुटाहार हत्याराहरुको को प्रशस्ति गीत गाएर सभ्य विचार प्रकट गर्ने माथि हिंसात्मक विषवमन गर्दै आफ्नो चाटुकारितापूर्ण निर्लज्जता छोडेर जाऊ बरु तिम्रो खिया लागेको बन्दुक सुसार्न किनभने तिम्रा अक्षरमा पनि रगतको गन्ध आउँछ . रगतमा रमाउनेले बगरेले पढाएको कतै पनि सुहाउँदैन ।
तिम्रो बन्दुके गतिको भलो चाहने,
आयुध
Jatti neta haru janta sita parsta kura garna ankanauchan ra dodharay charitra dekhaudaee janchan yaatee tal lay raja haru naboli nabokli popular hudaee jany naulo kura haina ,Khoee 046 ma biray chor desh chod ra rani laee pampha devi bhanayra sarapay kaee ho kyara anee kati chadeee uniharu janta ko najar ma mathee uthisakyachan sabaee polticiann ko dodharay charitra lay garda hami ramra kura sikdaeenau tara naramro aabaybasta anee Indian poltic al lalu anee Jaylalita ko siko chado garna thalchau India ko jasto aafno rastabad ko ra rastraya hitko lagee sabaee poltician yakhunay sanskirti chaee kahilay bikas garna sakdaynau ,Hernus ta Kasmir mudda hoski aatankakari ko against ma Indian sab midia anee poltician sabko sor yak huncha kohee hamilay uniharu bata sikayko,aahilay hami Intrim kal ma chu sabaee milayra sambidhan sabhako chunab garau natara janamat sanghra garayra raja ko bisaya tungow lagu anee yauta poltical bench ko lagee chunab garu anee rajneeti ra sambidhan ko tungo pani tyaslay lagawas na ,kina jagda garnay ra American ra Indian laee hamro poltical Issue haru ma habhee garunay.Jaya Nepal
King is doing well or not only the God Knows all we are praying and Wish your as Peace Country as well as forever.
NEPAL stanfs for
N – Never
E- Ends
P – Peace
A – And
L -Love
I wish and Hope that For You All.
for comments
Ghimire GS
Nepal ICT Hub P. Ltd.
P: 977 1 2390188
M: 977 9803025805
P: 977 1 2003675
E: [email protected]
zz को प्रतिकृया जायज छ । ओखति जहिले पनि तितो हुन्छ । नेपाली जनता कङगाल हुँदै छन्, लोभि स्वर्थी नेताहरु आफ्नो स्वार्थ पुरा गर्ने तत्पर छन ।
सात दल र माओवादीमाको नै त्यागी नेता छ र ? सबै जना सत्तामा बस्नुलाई आफ्नो ठुलो प्राप्ती थान्दछन ।
लोभ र स्वार्थ रहित समाज निर्माण गर्नेको लागि पहिले नेताहरु सबै आँफै सफा हुनु पर्यो । नेपालमा त पायो भन्ने कुनै नेताले पनि भ्रस्तचार गर्ने छोड्दैन्न । राजनीति गर्नु भनेको अहिले नेपाली नेताहरुको लागि पैसा कमाउने पेवा भएको छ । सबैजना फाईदा र सस्तो लोकप्रियताको राजनीति गर्दै छन ।
सस्तो लोकप्रियताको लागि एमाले र माओवादी हरु गणतन्त्र भन्दै छन ।
प्रधानमन्त्री हुन पाउँ भन्ने र ज्ञाने सँग बिन्ती चढाउने को हो? तेही मकुने होइने ? सत्ता प्राप्तीको लागि बहुदलीय सासन बिरुद धिरेन्द्र सँग अघोसित सम्झौता गर्ने खोज्ने को हुन ? ति नै माओवादी होइनन ? कांग्रेस को त के कुरा गर्ने, माओवादी र एमाले पनि अबसरबादी र सत्ता लिप्त दलहरु हुन । कुनै एउटा आडन न भएको पार्टीले आफ्नो रुप जहिले पनि बदल्न सक्छ ।
जब सम्म समाजमा स्वर्थी र अबसरबादी नेताहरु रहन्छन ति नालायक एबम नपुङ्सक नेताहरुबाट केही पनि आशा नगरेकै राम्रो ।
सन्देश्, चीन
ZZ जी जे तपाइले देखीरहनु भएको छ त्यो मैले देख्न सकीन सायद जे मैले देखी रहेको छु त्यो तपाइले देख्न सक्नुहुन्न होला ।हो सात राजनैतिक पार्टीको र माओवादीको भुमीका त्यत्ति राम्रो देखीएन म मान्छु यसलाइ । तर यो भेउ हुनु जरुरी छ कि माओवादी बिद्रोही शक्ति को साथै नेपालको समानान्तर राज्यसक्ता पनि हो मैले देखेको यही हो । थपक्क हतियार बुझाएर आत्मसमर्पण गर्ने विद्रोही शक्ति दुनियामा सायद कमै होला ।फेरी अर्को कुरा हिजो पञ्चहरुले पनि यसै भन्थे अरे बहुदलको कुरा दिउसै देख्ने सपना हो । अस्ती भर्खर टकं ढकालहरु, धर्मभिरु गिरीहरु अनी धेरै समशेर हरुले रेडीयो र टेलीभिजनै तोडीने गरी समेत यही भनेका हुन् यो लोकलाइ थाह छ । तपाइ कुन वर्गको नेपाली पर्नु भो त्यो त मलाइ थाह छैन तर मैले जीवन निर्वाह गर्ने वर्गका अधिकांस नेपाली हरु राजा र यसको पुरानो र कसाइ परम्पराको विरोध गरेकै देख्छु ।म माओवादीलाइ अन्ध समर्थन गर्दीन तर म खुलेयाम घुमेको छु चोक चोक गल्ली गल्ली बस्ती बस्ती खोइ मलाइ कसैले एक बचन पनि केही भनेको छैन । बरु निडर र निश्पक्ष हुनाको पुरस्कार रज्यले दिएको छ । विश्लेषण सबैको आआफ्नै होला तर मलाइ लाग्छ मैले जे भोगेको छु जे देखेको छु त्यही लेख्ने गर्छु ।उमेरले त्यत्ति परिपक्क त नहुला तर सामाजीक संस्कार र मनोदशा लाइ राम्ररी बुझ्ने अभ्यास गरीरहेको छु । हो सार्वजनीक स्थान र सम्पतीमा भएका क्षती बाहेक अन्य क्षतीहरुको तर्क संगत विश्लेषण माओवादीको पक्षमा पनि गर्न सकिन्छ यधपी कुनै पनि सत्ता र शक्तिले यसो नगरोस् भन्ने मान्यता छ म संग ।किनभने हिजो गोलीगाठो दुखुन्जेल घोप्टीएर मालीकको खुट्टा मोल्ने संस्कुतिसंग परिचित मान्छ हु र यी विकार तिनै निरीह नेपालीलाइ थाह छ जसलाइ सदियो देखीको राजतन्त्रको चट्याङले खरानी बनाएको छ, खानको लागी एक टुक्रा रोटीको लागी हात फैलाउनु परेको छ अनि लाज ढाक्नकोलागी एक फेरो कपडाका लागी। म त भन्छु तुलनात्मक रुपमा हेरीने हो भने माओवादीको केही तर्कहरु पनि स्वागत योग्य छन् । भौतीक र मानवीय विनास रोकीने हो भने म त यीनको पनि राज्य व्यवस्था हेर्न रहनु राम्रो होला भन्छु तर राजतन्त्रको त्यो कुरुप आकृतिको पुराना र नवपञ्चहरु बाहेक जनताले समर्थन गर्लान भनेर मलाइ चाही विश्वास लाग्दैन नेपाल र नेपालीको सदा जय होस् शुभयात्रा !
अविरलयात्री
साउदीअरब
Hi all commentator & visitors,
Thinking is n’t bad itself unless it acts dihonestly.
Being, a natural analyst, who can prove Mr. Baral’s comment wouldn’t come true?
Historical Turth – present reality & future Nepal, all you can find in ‘Baidik Granthas’. That’s how were our ancestors.
-Don’t respect them but exploit them then you can find current Nepal in an classical exaple.
Still, no need to worry, you guys just wait & see, what will follow.
Please, read : Mr Baral’s comment about ‘Mahabharat’
I read it 2 days ago in another comment on this bolg site.
Igive you just one example:
where, you guys supposed to find maoists today ?if ‘Madan Bhandari’ was not killed?
By, deferring immidiate reality, no one can escape from the future consequences.!!!
Are these guys are better off today by eliminating “Madan” Bhandari?- of course not .
And,
not even in future!
Great piece of opinion put forward by ZZ. Well balanced and totally unbiased article. This blog should have rooms for only such a healthy arguments.
In my view, you are 100% right. Great Job!!
म तपाइँको विचारको तारिफ गर्छु , हुन त बुज्रुगहरु यो विचारमा सिनिसिज्म र मिसोजिनिष्ट सोचको अभिव्यक्ति पनि देख्लान ।
तर नेपालको भविष्य , भन्न नचाहँदा नचाहँदा नै , खत्तमै छ कि भनी सोच्नै पर्ने हुन्छ ।
तर म कसैलाई दोष दिइहाल्नु भन्दा हाम्रो समष्टिगत संस्कार नै ‘ अर्काको शरीरको भूसुनामा ध्यान पुर्याउने’ प्रवृत्ति देख्दा उदेक लाग्छ । हरेक ले अर्कोलाई दोष लगाउँदै आँफू मात्र सच्चा देख्नु समन्वय र समझदारीको राजनीतिमा देखिने विषवृक्षरुपी प्रवृत्ति हो । सबै राजनैतिक पक्षहरु नेपाललाई उँभो लगाउन नै चिन्तित हुन भने राजनैतिक दर्शनका कुन पुस्तक र पोथामा कसले के लेखिदिएका थिए , माओ र मार्क्सले कुन ठाउँमा बसेर के ब्रम्हावाक्य बोलिदिएका थिए भनेर कठमुल्ला प्रवृत्ति देखाउनु भन्दा के गर्दा नेपाल र नेपालीको भलो हुन्छ त भनेर त्यस कुराको सन्धान पहिलाउने कोशिस गर्नु पर्छ। सबै कुराहरुको सच्चाइ वा झूट त्तकालको समय र परिस्थितिले निर्धारण गर्ने कुरा हुन र सत्य पनि समय सापेक्ष परिवर्तन भइरहन्छ भने मार्क्सले यसो बन्नु भएको थियो , अठारौँ ब्रुम्रेएरले यसो भनेको छ , अप्रिल थेसिस र अक्टोवर क्रान्तिका नक्शाकदम यसो हुनेछन भनेर देशमा राजनीति गर्नेहरु र रुसका रास्पुटिनले जिउँदा मान्छेलाई स्वर्गमा कति बस्ने बनेर जिउँदै टिकट काट्न लगाउने प्रवृत्ति एकै खालको हो ।
नेपालमा गरीवी व्याप्त छ र गरीवीको उर्वर माटोमा कम्युनिष्ट क्रान्ति मौलाएको छ र यति झ्याङ्गिइसकेको छ कि यसले न त देशलाई पूरा उठ्न दिएको छ न बस्न दिएको छ ।
देशमा भर्खरै सम्पन्न आन्दोलन एउटा सम्पूर्ण क्रान्ति थिएन र यो विभिन्न पक्षविचको समझदारीमै टुङ्गिएको थियो ,त्यसैले कसैको नामेट पार्छु भनी फटइँ गर्छ भने त्यो खेलको नियम मानेर खेल्न शुरु गर्ने र वीचमा पुगेर बलपूर्वक नतिजा मेरो भएन भने जानेको छु भन्ने खलपात्र हो । नेपाल र नेपालीको आत्मस्मान, विकास र हित नै सबैको एजेण्डा हो र दर्शनका किताब र कट्टरपन्थि कठमुल्लावादलाई नथोपर्ने हो भने सबैले सबैको अस्तित्वलाई स्विकार्दै देश निर्माणमा जुट्न नसकिने कुरा कहीँनेर देखिँदैन तर स्वार्थी, लोभी र पापी ब्वाँसाहरू आफ्नो गोप्य एजेण्डा बोकेर साधुको भेषमा शिकारमा निष्कन्छन त्यतिबेला समाधानको बिन्दुमा बसेको समस्या अरु विकराल बनेर जाग्न थाल्छ।
उदाहरणका लागि सन १८४८ मा मार्क्सले कम्युनिष्ट मेनिफेष्टो लेखेपछि त्यसका अलग अलग परिभाषा च्यापेर जन्मेका पचासौँ फ्याक्सन कम्युनिष्टहरु संसारभर मार्क्सवादलाई सर्वोत्तम वैज्ञानिक विचारको हौवा दिँदै स्व्यं आँफू मात्र शुद्द मार्क्सवादी रहेको र अरु सबै विसर्जनवादी र संशोधनवादी भएको दावा गर्दै हुण्डरी पिटिरहेका हुन्छन। के त्यो वैज्ञानिक विचार हुन सक्छ जसले आँफू बाहेक अरु सबै झूटा मात्र देख।छ ?सकेपछि पनि
हा……………… …हा………… हा……………. प्रतिकृयाहरु
समाचार त प्रसँग अनुसार ठीक छ । तर प्रतिकृया दिने हरुको टाउको फोराफोर !!!
By http//aawaz.blogsame.com
People are not animal and neither they are machine or some form lifeless creatures. They have expectation some are realistics and other are tentative and some are even elusive. Whatever they are still the so called leaders have duty lead and try hard to materialise as per the people’s mandate. That was the basic fundamental the deadwood including some swindlers and thugs had the opportunity to grab the chairs. So they must clense and moveforward for the common interest of Nepal and Nepalese. They were not given that opportunity to fulfil the interest of king or nor to be get dragged by vested interest foreingners. The main purpose of the movement and the establish of the government was to create a conducive environment for popular govenment to be elected in fair way by including the maoist and manage their and state army (who think themselves as completely separate species who has no duties to people and nation). Why all those agreement and bills are not implemented yet. If they are not going to do it who is going to implement. If they can not implement then they should let it do to the leaders who have the courage, ethics and moral obligation to do it.
No king anymore, only maoist way can not be right, sluggish, lazy and incompetent governemnt is not the answer. Maoist and party must work together to resolve issues. If not let the people decide. Go go refurendum for the king. Sort him out first. Then all other process will have easy exit. Otherwise the bugus situation will continue for indefinite period.
Very well put ZZ
Looks like the reappearance of the King in the Nepali politics is inevitable now and it is all because we are being led by a bunch of leaders who have once again managed to show their impotence. You have hit where it hurts when you mentioned that the biggest loser among all of them is SPA. King really has nothing to lose, he is just buying the time and all the confusion being created about keeping him or kicking him out is just suiting him. It is like what the doctors have ordered.
Maos are playing their cards wrong. Instead of using this oppurtunity to come out clean and establish themselves as the major political party, they are wandering god knows where. You can never push your ideology on someone by threatening them. You need to convince them first, no matter how much Maos are claiming about new state and old state, a lot of people give a rat’s ass about it. They simply want the peace. And that is the bottom line.
Nevertheless, my point was – your analysis maybe is based on the sentiment value rather than on the facts, but you have managed to express your sentiments in a way which majority of Nepalis do feel. I do anyway. Thanks
I have to agree with you.Most of the time we have to take pride of our leader who had patience for years long effort for the democracy. However, they could not do well due to changing conditions and real life problems that they underestimated earlier. I don’t mean that our learders are equally competent now. But, we the people have lost our patience over the period of time; that is another aspect to consider. I feel the conditions is improving. But there are some new leaders coming with bunch of people and prostesting again for the better. But I don’t believe on that. ZZ, you are true in many extent but think that side too. You are making the environment conducive for the New (so called)leaders for another regression.
its totally bakumfuse gaf. u dont know the ground reality of nepal. u might commnet on my comment to write ground reality. if u think so go and read my provious comments. dont analyse that king is being popular. some mandale might be happy as ur frens but its totally rubish.
umesh jee le post garna diunjel timro DHYANGRO thatauuuuuuuuuuuuuu. aru ke
[ सत्य तीतो नै हुन्छ । पचाउने बानी बसालौं । Whether King will be popular or not will depend on how other political forces act. If other political forces can meet public expectation, there is no way to come back the unpopular King. But, you can see fewer public participation in rallies against the King.
— ZZ ]
I found it a superficial analysis.
[ OK, I invite you to present your non-superficial analysis that will educate all readers of this blog. Thanks.
— ZZ ]
You are 100% right ZZ.
pahuna ko bichar padi sake pachi ekchin aaula tokna bibas vaye, k sachikai hamro nepal yesari nei ‘ ta ra ma usko ra mero yesto ho ra testo ho vandai uhi purano chal ma farkana lageko ho ki jasto vaan vayo, loktantra pachi thulo aasa rakheko hamile aba k aasa garna sakincha ???
तपाईले सोह्रै आना ठिक, अति उत्तम प्रतिक्रिया दिनु भयो. मेरो तपाईमा पुर्ण समर्थन छ. तपाईले अहिले नेपालमा जस्तो हालत छ त्यसको हुबहु आफ्नो लेखमा उतार्नु भएको छ. मैले अझै पनि बुझ्न सकिरहेको छैन कि हाम्रा नेताहरुले सिंह दर्बार भित्र बस्ने अवसर पाउने बित्तिकै केका लागि राजतन्त्रलाई पाखा लगाएर लोकतन्त्र ल्याएको हो भन्ने कुरा नै बिर्से. यिनिहरुले साएद यो पनि भुलेका त छैनन कि जस्ले राजतन्त्र हटाउन सक्छ उसले यिनिहरुलाई पनि पाखा लगाउन सक्छ.
पहिले देखिनै एक त जनता आफु प्रति सकरात्मक छैनन्, झन यत्रो मौका पाउँदा पनि जनतालाई आकर्षण् गर्न सकेनन्. राजाको बारेमा त कुरै नगरौं. खोई यो देशको हालत के हुने हो कुन्नि कसैलाई थाहा छैन.
आशा गरौं जे होस् राम्रै होस्. नेपाली जनताले धेरै दुःख भोगि सके अब धेरै भोग्ने शक्ति छैन. चाडै केहि त गर हाम्रा नेता भनाउँदा हो. नत्र देश कसैले पनि नसोचेको जस्तो धेरै पछाडि जाला. हुन त अहिले पनि कुन चाहिँ अगाडि छ र कि कसो?