गुंटर राजनीतिः भविष्यका लागि कलंक हुनसक्छ

चेतन पाण्डे
सर्वप्रथम त धन्यवाद सबैलाई, जसले गएको साता यस ब्लगमा प्रकासित मेरा विचार पढ्नु भयो अनि त्यस बारे प्रतिक्रियाहरु लेख्नुभयो। मलाई यस्तै प्रतिक्रियाहरुले लेख्न अझै उत्साहित पार्ने छन्। अनि मुरीमुरी धन्यवाद उमेश श्रेष्ठलाई जसले मेरो बारेमा राम्रो जानकारी राखेकै कारण मलाई ब्लगमा स्थान दिनुभयो। बस् भन्नु यति छ, कसैको पैसाले मेरो पत्रकारिताको कलमलाई विपरित दिशामा घुमाउन सक्दैन। त्यसैले कुनै व्यक्ति विषेशको स्वार्थ र लोभको पछाडि मेरा कलम चल्दैनन्। अब फेरि पालो भत्किएको नेपाली खेलकुद कै, जसको पुनर्निर्माण गर्नु हामी सबैको कर्तव्य हो।

जीवनराम श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवमा पुन एक पटक शोभायमान भएपछि नेपाली खेलकुदको गति बढ्ने विश्वास सबैको थियो। तर राखेपमा विगतमा व्याप्त ग्रहण अहिले पनि यथास्थितिमा छ।

राखेपका पदाधिकारीहरुलाई सफल हुन नदिने केही चाटुकारहरुको बाहुल्यता अहिले पनि त्यहाँ हावी छ। ‘मै खाउँ मै मोज गरुँ’ भन्ने भावना भएका व्यक्तिहरुका कारण खेलाडीहरु सधैँ उपेक्षाको शिकार भएका छन्।

‘फुटाउ अनि राज गर’ अंग्रेजले तयार पारेको यो उक्ति अहिले नेपाली खेल जगतमा पनि हावी भएको छ। एउटा अंग्रेज थिए, गुंटर लांगे जसले नेपाली खेल पदाधिकारीहरुको विभाजनको राम्रो फाइदा उठाए। उनको रणनीतिमा समर्पित भएर आर्थिक तथा पदीय फाइदा उठाउनेहरु, उनको घर फर्काइबाट चिन्तित भएका छन्।

गुंटर लांगे अन्तर्राष्ट्रिय एमेच्योर एथलेटिक्स महासंघका इन्स्ट्रक्टर हुन् तर उनलाई त्यो पदबाट पनि हटाइसकिएको छ। उनलाई जर्मनी – नेपाल एथलेटिक्स प्रोजेक्टको प्रमुख बनाएर जर्मन सरकारले नेपाल पठाएको थियो।

त्यसअघि उनी इन्डोनेसिया र थाइल्यान्डमा पनि केही समय बसेका थिए। उनको गलत राजनीति कै कारण ती देशहरुले उनलाई घर फर्कन बाध्य बनाएका थिए।

गुंटरको मुख्य काम नेपालभर छरिएर रहेका प्रतिभाहरुको खोजी गर्नु र तिनीहरुलाई तिखार्नु थियो। तर, उनी दायित्वबाट पन्छिए र केही व्यक्तिहरुलाई साथ लिएर पैसा कमाउने खेलमा लागे। जर्मन सरकारबाट प्राप्त हुने लाखौं डलरमा आँखा लगाएकाहरुले गुंटरको हरेक कार्यमा साथ दिएका थिए। उनीबाट नेपाली एथलिटहरुले जति फाइदा पाउनु पर्ने थियो, त्यो पाउन सकेनन्।

उही गुंटर, जसले आफ्नो दुनो सोझाउन नेपाली खेल जगतमा नै विवादको बिजारोपण गरे, अहिले पुनः उनलाई नेपाल फर्काउने माग यदाकदा सुनिन थालिएको छ। जबकि जर्मन सरकारले उनको स्थानमा अर्को योग्य प्रशिक्षक पठाएर प्रोजेक्टलाई निरन्तरता दिने बताइसकेको छ। त्यस्ता गुंटरलाई फेरी नेपाल फर्काउने अभियान भविष्यको नेपाली खेल जगतप्रति खेलवाड बाहेक केही हुन सक्दैन। नेपाली खेल जगत् यस विषयमा गम्भीर हुनैपर्छ।

अर्को सन्दर्भ
अब नेपाली खेल जगतको ध्यान आगामी एसियाली खेलकुदमा केन्द्रित हुनु पर्ने हो तर अहिलेसम्म त्यो हुन सकेको छैन।
खेल जगतलाई सँधै राष्ट्रको नाक ठान्ने तर व्यवहारमा कति पनि प्राथमिकता नदिने सत्तासीन संस्कार अहिले पनि जस्ताको तस्तै छ। लोकतन्त्रप्राप्तिपछि खेल जगतको मुहार पनि फेरिने विश्वास थियो। तर अहिलेसम्म त्यस्तो संकेत कतैबाट पाइएको छैन। पदक जित्ने खेलाडीहरु एक कप चियाभन्दा पनि राहतको पर्खाइमा छन्।

दशौं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको प्रदर्शनको मूल्याङ्कन गरेर अगाडिको बाटो तय गर्नु पर्ने आजको प्रमुख आवश्यकता हो। सरकारले साग र एसियाडको लागि छुट्टाएको बजेटको अधिकांश अंश साग कै सहभागितामा खर्चिएको थियो। त्यसको पूर्ति गराउन राखेपले कम्मर कस्नु पर्ने बेला आइसकेको छ।

यस्तै सागमा पदक विजेता खेलाडीहरुले पाउने आर्थिक सहायताको लागि पनि पहल गर्नुपर्ने बेला आइसकेको छ। पदक जित्न सक्ने खेल र खेलाडीहरुको पहिचान गरेर उनीहरुको मनोबल उच्च पार्न वैदेशिक प्रशिक्षणको आवश्यकता पनि छ। गुटबाजी, चाटुबाजी र पक्षपोषण जस्ता संकीर्ण सोचभन्दा माथि उठेर मुलुकको खेल जगतलाई माथि उठाउने अभियानमा सबैको सहभागिता आजको मुख्य आवश्यकता हो।

15 Comments

  1. mr cheetan i would like to suggest u write what the truth ,,i read ur all article ..u have blamed mr lange for rajendras doping ,nirmala stayed to germany and all the faults that come to athletics …and how are u sure about his corruption on donation by german govrnment ….where ha d u been when there were no not a single national game before him ,,all the athletics activities were finished …only some players frm army and police were only in existence …just come out of ur politics and see out of kathmandu ,,,u are just focused in the politics around the walls of national sports council..get out and issue on sports of whole nepal..

  2. The better persons to judge Gunter is sportsperson themseleves. Not me, not you so called journalists or not any other person but the sportsperson. Who we are to say he is wrong when sportpersons are favouring him? Do not say that sportperson are also bought by Gunter. This is fact that Rajendra Bhandari himself was furious about Gunter was called back from German Govt. Do you think we are right person to judge Gunter? Please say right for right and wrong for wrong. And please give us proof of what you have said Chetan Ji. Then may be we will have to believe. Be positive about the things which are going good. We may not be pessimist in all aspects. If you say about ANFA, it can be example to all sports association. It is independent for its running and most busiest association in whole of sports council. There are always positive and negative aspects of anything. But if positive aspects are overtaking negative aspects, then we will have to see positive aspects first correcting negative aspects. Noone and nothing is perfect, we just try to be perfect correcting our mistakes.

  3. chetan g
    tapaiko tyo nisyartha patra karita ko kalam sadhai yastai bhaaediye hunthyo.bichar puryaunu hola
    badlindo samaya ko beg sangai nisyartha kalam ko nip
    sarthya ma parirat hola.

    Manjeel Deep Angdembe.
    Angsarang-5 Barbote.
    Panthar Nepal.

  4. chetan jee,yo aaja ko kantipur bata,yesbatai tapai ko asliyat saaf huncha,aafno nihit swarthako lagi je guff pani dine tapai jastai patrakar le garda yo desh ko yo habigat bhayo!!

    हरेक खेलकुदको सुरुवात एथलेटिक्सबाटै हुन्छ । यसको अभ्यासबिना कुनै पनि खेल र खेलाडी पूर्ण हुन सक्दैन । त्यसैले एथलेटिक्सलाई खेलकुदको जननी पनि भनिन्छ । तर, नेपालमा एथलेटिक्सप्रति घट्दो चासो देखेर नेपाल-जर्मन एथलेटिक्स विकास परियोजनाका निर्देशक गुन्टर लाङ्गेले अफसोच मान्ने गर्थे । उनी प्रायः भन्ने गर्थे किन केटाकेटी क्रिकेटको ब्याट र बलप्रति बढी आकषिर्त छन् ? र, किन उनीहरू दौड र जम्पजस्ता गतिविधिप्रति त्यति चासो लिंदैनन् ।
    एथलेटिक्स गतिविधिमा प्राथमिक तहमा पढ्ने नानीहरूलाई र उनीहरूलाई पढाउने शिक्षकलाई बढी संलग्न गराउनुपर्छ भन्ने मान्यता थियो । यसै सिलसिलामा आठदिने कार्यक्रम रूपन्देहीको बुटवलमा सञ्चालन गरिएको थियो । लगभग विभिन्न २० विद्यालयका खेलकुद शिक्षक सहभागी भई सैद्धान्तिक तथा व्यावहारिक ज्ञान आर्जन गरेका थिए । यस्तो कार्यक्रम पाल्पालगायत अन्य जिल्लामा पनि सञ्चालन गरिएको थियो । यो एउटा एथलेटिक्स विकासका लागि बलियो आधार निर्माण गर्ने कार्यक्रम थियो ।

    महत्त्वपूर्ण पक्ष के हो भने परियोजनालाई निरन्तरता दिन यो एउटा देखावटी कार्यक्रम नभएर साँच्चिकै विकासका लागि गरिएको एउटा प्रयास

    हो । राष्ट्रमा द्वन्द्व चर्केका बेला तथा जताततै अपि्रय घटना घटिरहेको समयमा विभिन्न जिल्लामा एथलेटिक्स विकास कार्यक्रम लिएर जानु एउटा विदेशीका लागि चुनौतीपूर्ण थियो । त्यसैले गुन्टरको भूमिका सकारात्मक रहेको भन्न सकिन्छ । रूपन्देहीका सहभागी शिक्षकहरूले यस्तो तालिम पहिलोपल्ट प्राप्त गरेको बताएका छन् । माया थापा र साह बानो पठान जस्ता पूर्वराष्ट्रिय महिला खेलाडी पनि उक्त कार्यक्रममा सहभागी थिए । यस्तो कार्यक्रमले खेलकुद शिक्षकलाई एथलेटिक्सको ज्ञान प्रदान गनर्ुका साथै विद्यार्थीमा विशेष उत्साह र चासो उत्पन्न गरेको सहभागीहरू बताउँछन् ।

    तर, विडम्बना, हाम्रो आन्तरिक समस्या तथा आपसी कलहले यस्ता विकास परियोजना ठप्प हुन्छन् । सहयोग गर्न आएका विदेशी कुशल व्यक्तिहरू स्वदेश फर्किन्छन् । सन् २००३ मा सुरु भएको यो परियोजनाले तीव्र रूपमा कार्य गर्न नसके तापनि हामी आपै+mले प्रारम्भ गर्न नसकेका कार्य यस परियोजनाले गरेको भन्न सकिन्छ । हाम्रो यहाँ स्रोत र साधनको अभावले तथा उपलब्ध जनशक्तिलाई परिचालन गर्न नसकेर खेलकुद अवस्था खस्किँदो छ । प्रहरी र सैनिकतर्फका खेलाडीबाहेक अन्य

    पक्षबाट थोरै मात्रामा खेलाडी अगाडि आएको पाइन्छ ।

    त्यसैगरी, विदेशी निकायको सहयोग पाइरहेका खेलबाहेक अन्य खेलद्वारा राष्ट्रले त्यति सफलता हासिल गर्न नसकेको तथ्य हामीसँग छ । यस्तो परिस्थितिमा नेपाल एथलेटिक्स संघ र नेपाल एमेच्योर एथलेटिक्स संघबीच विवाद उत्पन्न गरी विकास परियोजना बिथोलिनु अवश्य पनि फाइदाजनक कार्य होइन । हामीसामु प’mुटबल संघ जस्ता केही विवादित परिणाम उदाहरणका रूपमा छन् । गुन्टर र उनको परियोजनाले २००७ सम्म कार्य गर्न पाएको भए नेपालको एथलेटिक्सले थोरै भए पनि गति पाउने थियो । देशमा कैयौं शिक्षक, प्रशिक्षक तथा खेलाडीहरूले तालिम पाउँथे र एथलेटिक्सको जग बलियो बनाउन मद्दत पुग्थ्यो । यस परियोजनाले नेपाल एथलेटिक्स संघलाई पनि घचघच्याउने काम पनि गर्दै आएको

    थियो । त्यसैअनुरूप वाषिर्क कार्यक्रम आउन थालेका थिए । विभिन्न प्रतियोगिता आयोजनामा वृद्धि भएको थियो । फलस्वरूप नयाँ खेलाडीको आगमन पनि भएको छ ।

    राष्ट्रिय एथलेट राजेन्द्र भण्डारीका अनुसार यदि गुन्टर र उनको परियोजना फिर्ता भए नेपालको एथलेटिक्स पचास वर्षपछि धकेलिनेछ । यसरी राष्ट्रलाई पछि पार्ने काम हामी कसैले पनि गनर्ु राम्रो होइन । आपसी विवादलाई आपै+mले सुल्झाउनु नै सही बाटो हो । अन्तर्राष्ट्रियस्तरमा आफ्नो कमी-कमजोरीलाई प्रदर्शन गनर्ु अवश्य पनि राष्ट्रिय हितको पक्षमा हुँदैन । विगतका कुरालाई बिर्सेर नेपाल-जर्मन विकास परियोजनाको निरन्तरताका लागि एकजुट हुनु आवश्यक छ । वास्तवमा यस्ता समस्या सुुल्झाउने प्रमुख जिम्मेवारी राखेपको हो । तर, राखेप यस्तो कार्यमा असफल रहँदै आएको छ । जे भए पनि गुन्टर लाङ्गे र परियोजनाको महत्त्वपूर्ण भूमिका रहेको छ, नेपालको एथलेटिक्सलाई अगाडि बढाउनुमा । हेर्‍यौं गुन्टर कहिले र्फकनेछन्

  5. There was a group affiliated with Mr.Karnikar who killed nepali sports for a decade.He was kicked after the change in power after king took over.I am sure now that Mr.Chetan is a CHAMCHA of that gang.I dont know how such a guy is let to write in my sansar.
    I actually emailed another khel patrakar,a friend of mine and he actually told me that this Chetan guy would do anything if he is fed with good Raki and food.I smell rat here.This is what is so wrong with our country.Wrong people with big words and big advices and on top of that they make just negative comments on everyone.
    That was a good one INFEDIL jee.

  6. Nitheboss,
    Aafno naam pani sahi rakhna nasakne लाक्षी
    गणेश थापा तिम्रो बाउ पर्छ कि बाजे पर्छ ? कि गणेश थापाले पैसो दिएको छ समर्थनमा लेख्न ? कुरिती र कुसंस्कृतिविरुध्द लेख्दा खेरी किन यत्रो टार्गेट ?
    चेतन जी नडराउनुस्, खेलकूद क्षेत्रका विकृति र विसंगतिलाई अझै सार्वजनिक गर्दै जानुस् । तपैंको साथमा हामी छौं—-

  7. Pandeyji
    Touchy subject once again. But I am afraid, your way of journalism is nothing but the personal attacks on the individuals. Alright let’s give you the benefiet of doubts and believe for a minute that you have written nothing but truth. But where are the proofs ? Where is the proof that Günther Lange was involved in Nepal for his own benefiets ?

    German Athletics Development Project in Nepal, was pumping annual assistance worth about $65,000. Correct ? Are you implying the fact that he was involved seriously in some kind of fraud ? You actually gave the impression that the German government had to recall him because of that. The truth in fact is the fight between newly formed Nepal Athletic Association and the dissolved Nepal Amateur Athletic Association made him leave just in the eve of SAG games. You talk about reform in the Khelkud Parisad, but when someone takes a little step towards it, you yourself blame that person.

    Remember what Rajendra Bhandari said after winning 2 golds in SAG games ? If not then read about it here http://www.gorkhapatra.org.np/content.php?nid=2354
    Pandeyji, this same man Günter Lange was in Switzerland couple of weeks ago, still working with German Athletics Development Project. After googling a lot about him, YES we need people like him who can make something out of Nepali poor athletic records. If I am wrong then please convince me. And please bring proofs if you think you are a true investigating journalist.

  8. syyabash Chetan Ji!!
    Tapai jasto shahsik bekti lai lal salam!!

    Tyo khelkud patrakar ko nam ma sanstha kholeko NSJF, manpower, chodera ramrai garnu bhayo…………. keep it up…….

    Khelkud lai maya garnbe bekti..

  9. आर्थीक प्रलोभनमा कसको कलम रगताम्य भयो र भएन त्यो त विगतकै घटनाक्रमहरुले देखाइसकेको छ मलाइ लाग्छ इतिहासले यसको लेखाजोखा पक्कै गर्ला विना कारण र येथेष्ट प्रमाण विना कसैलाइ कसैको पनि कुरीकुरी गर्ने अधिकार छैन। मलाइ खड्गेको कुरो चाही के हो भने चाहे खेल पत्रकार हुन चाहे अन्य पत्रकार हुन या त समाजीक कार्यकर्ता नै सबैले भन्छन लोकतन्त्र आएपछी त सुधार हुनु पर्ने हो पहिला मलाइ भन्नुस लोकतन्त्र कहानीर आयो अनि विशेषत खेलकुदको क्षेत्रमा यो लोकतन्त्रको बाढी आउनु पुर्वका घटनाक्रमहरुलइ पनि हेरे हुन्छ भन्छु म। चेतन जी केही समय अघि मैले यही ब्लगको कमेन्टमा कोमल ओली समेत अन्तराष्ट्रिय खेलमा सहभागी भएको सम्म कुरा सुनेको थिय । हुन त म खेलप्रेमी पनि हैन र खेल सम्बन्धमा म भुसुनो बरावर नै छु तै पनि सर्सर्ती हेर्दा नै लाग्छ यसो भएन भन्न सबैलाइ सजिलो हुन्छ र सकिन्छ पनि अब के गर्नु पर्ने हो त खोइ लेखेको यही हो त विश्लेषण ? सतही र पानी माथीको ओभानो बनेर राज्यलाइ योगदान कसरी गर्न सकिन्छ होला ? चोक र चौतारोमा बसेर अरुको मुखमा हिल्यो छेप्ने परम्परा पञ्चे र सामान्ती परम्परा हो विश्लेषण पक्कै होइन बरु खुट्टा होइन कठालो समातेर सहि मार्गमा धकेल्न सके आफ्नो बखान आफैले गरीरहनु नपर्ने अवस्था आउथ्यो कि ??
    अविरलयात्री राजुविक्रम
    त्रिशुली नुवाकोट
    हाल अलखोवर साउदी अरेवीया

  10. Mr. Pandey,

    तपाईं अझै पनि नकारत्मक पक्ष लाई जोड दिएर आफ्नो बच|वत को लागि मेहनत गर्दै हुनु हुन्छ ।
    यदि तपाईं साचैकै नेपाल को खेलकुद प्रती चिन्तित हुनुहुन्च भने कस्ले के गरेन हैन कस्ले के गर्‍यो? के गर्दै छ? र कसरी हाम्रो सहयोग ले अझ राम्रो हुन्छ त्यता तिर बढी फोकश गर्नु पर्छ । in you article you have mention that money can’t buy and change you…thats your problem whether you go after money or not, or money changes you or not. but,by mentioning that statement you sounds like you are telling all those people who had commented negatively on your article are being paid by ganesh thapa. so if you can correct it ..i suggest you that very seroiously. dont try to play with public..
    we had to comment on your article because it is completly full of bios and shows your inner jhoor nepali attitude.if you are really serious about nepalese sports and if you think you are true journalist stop focusing on negative parts of the situation.
    your first and second issue is full of negative thinking. that’s why i told you to change your attitude other wise people will chage you…i wont comment you any more..but i want you think seriously before you people show your “” KHUTTA TAN PRABITI””

    LONG LIVE MY NEPAL. LETS WORK TOGETHER TO BUILD OUR NATION.

    rajya

  11. kathit samar ji,
    k ho tapai le ta lekh ko barema tippadi garna chadera
    lekhak ko barema po lekhna thalnu bhaya cha,k ho tapaiko whiskey chorera khaidiyako thiyo ki k ho lekhak le?katinai sabai kura thaha cha jasto gari po leknu bhacha ta.sayad tapailai ‘comment’bhanne sabdako bare ma tha chaina jasto cha ni ta ,tapailai sport ko barema ta khi tharainacha matra lekhak ko barema matra tha raicha,tapaipani kati bottle whiskey ma biknu huncha malai tha cha,tapain khelkud ka barema dherai janene manche hunuhudo raicha aba dekhi comment lekhnus hai lekhak ko review haina,

  12. hhahahah
    chetan pandey ani paisa k achadi na lagneee?
    ek bottal le pugchha motu lai. channel nepal ko jo koi lai sodhda pani hunchha, nai chetan le kina khelkud parishad ko birruddha ma lekhdai chha bhanne pani sabai lai tha chha ni.
    ki chetan lai koi lr pani bottal dina sakena?
    chetan jee tapain le khl kud ko maya garne kura sunfa malai ta hashna man lagyo
    tapan malai chinnu hunna tara ma ta chinchoo apain lai ramro sanga, radio sagarmatha dhekhi nai chinchoo ani tapain ko bare ma ani tha chha malai.
    thikai chha, tapain ke nsjf bata pani rajinama daiyak khaber padhako theain new paper ma aakhir teha pani tapain aatauna saknu bhayena hoina, ke teha panikam garne sanga milna saknu bhayena tapain, paile aafu lai sudharnus, 1 bottle whisky ko pachadi lagne kam chodhnus ani matra aaru lai aarti dina milchha tapain lai.
    Samar

  13. चेतनजी
    गजब छ यार विश्लेषण त। नेपाली खेलकूदका बारेमा अनुसन्धानमूलक रिपोर्टिङ गरेर लुकाएका यथार्थताहरु बाहिर ल्याउने ताकत कसैले गरेको देखिँदैन। पत्रकारहरुको कथित खेलकूद पत्रकार मञ्चले पनि चाकरीको राजनीति मात्र गरिरहेको छ। गणेश थापा र राखेपका पदाधिकारीको चाकरी मात्र गर्ने पत्रकारहरुबाट सत्य सूचना बाहिर आउने स्थिति छैन। त्यही भएर तपाइँहरु जस्तो निर्भिक मान्छेको आवश्यकताको नेपालमा एकदमै छ। सायद चाकडीबाजहरुलाई थाहा छ विद्रोह गरेमा गिल्म्यारी र तुम्बा खान नसक्ने हैसियतकाहरु स्कच र ह्विस्कीसँगै विदेश सयर गुम्नेछ। तिनीहरुको हैसियत भनेको नेपाली फुटबली टिमले ३ गोल खायो र ६ गोल खायो भनेर लेख्नु मात्र हो। अनि त्यसबापत गणेशथापा अथवा जयकुमार नाथ शाहको जुत्ता समातेर विदेशको टिकट मिलाउनु । राजाको निरंकुश शासनकालमा खेलकूद परिषद एन्फा सत्ताको सुरक्षाकवच बने। गणेश थापाको अगुवाईमा बिशाल नगरमा भिजिलान्तेहरुको जुलुश समेत निकालिएको थियो। यति मात्र होइन पारसलाई नयाँ वानेश्वरमा ढुंगा हान्दा त्यसको प्रतिरक्षा गर्ने आर्मी अथवा प्रहरी नभएर गणेश थापाका भिजिलान्तेहरु थिए। त्यही आरोपमा कृष्णजंग रायमाझीको संयोजकत्वमा गठित छानवीन आयोगले थापासँग बयान समेत लिएको छ। तर पत्रकारको नाउँमा परिषद एन्फा र क्यानबाट महिनावारी रकम बुझ्ने र विदेश सयर गर्ने कथित पत्रकारहरु नेपाली पत्रकारिताका कालो धब्बा हुन्। चेतनजीलाई बधाई छ । एउटा कुसंस्कृत विरुद्ध कलम चलाउनु भएकोमा ।

Comments are closed.