माओवादी आन्दोलनले छोडेका सकारात्मक छापहरु

ओ हो हो हो !!! सुचना प्रबिधिको बिकाससंगै नेटमा च्याउसरी उम्रिएका नेपालका खबर साइटहरु कति हो कति । ती सबै पढ्ने त परै जाओस सर्सर्ति हेर्न नि महाभारतै हुनि भैसक्यो । त्यसमाथि भदौरे झरीजस्तै बर्षिने कमेण्टको बर्षा, ब्यक्तिगतस्तरमै ओर्लेर गरीने आरोप प्रत्यारोप र निरर्थक विवादहरुको भुमरीमा फँसियो भने त भोकै मरीने छाँटकाँट पो देखियो गाँठे । के गर्नु ? गरेको प्रश्नको उत्तर नदिइ बडप्पन देखाउन मननलाग्ने आफुलाइ, उत्तर दिनथाल्यो समय ख्वात्तै खाइहाल्नि । hand to mouth को समस्या जहाँ नि त्यस्तै हो, बर्मा गए कर्म सँगै । यस्तै चपेटा र "मेरोसंसार"को लतले बिबिसि सुन्न नि भुल्न थालिएछ । झण्डै गतहप्ताको "प्रचण्डलाइ प्रश्न" नि छुटेको । काकताली नै सहि, ठ्याक्क रेडियो खोल्दा सुन्न पुगेछु, नछुटेकोमा खुशी लाग्यो । तर सुनेपछि बेकार सुनिएछ जस्तो लाग्यो । किन कि, त्यसभन्दा अगाडि देखि नै लेख्न शुरु गरेको यो शीर्षकमा थपथाप पार्ने जाँगर मरेरै गयो बाङ्गेका कुरा सुनेसि । बित्थामा ढीलासुस्ती । तैपनि यसलाइ पस्किन खोजेको छु केहि अपुरो नै सहि ।

-ZZ बाट-
ओ हो हो हो !!! सूचना प्रविधिको विकाससँगै नेटमा च्याउसरी उम्रिएका नेपालका खबर साइटहरु कति हो कति । ती सबै पढ्ने त परै जाओस सर्सर्ति हेर्न नि महाभारतै हुनि भैसक्यो । त्यसमाथि भदौरे झरीजस्तै वर्षिने कमेण्टको वर्षा, ब्यक्तिगतस्तरमै ओर्लेर गरिने आरोप-प्रत्यारोप र निरर्थक विवादहरुको भुमरीमा फँसियो भने त भोकै मरिने छाँटकाँट पो देखियो गाँठे । के गर्नु ? गरेको प्रश्नको उत्तर नदिई बडप्पन देखाउन मननलाग्ने आफुलाई, उत्तर दिनथाल्यो समय ख्वात्तै खाइहाल्नि । hand to mouth को समस्या जहाँ नि त्यस्तै हो, वर्मा गए कर्म सँगै । यस्तै चपेटा र “मेरो संसार”को लतले बीबीसी सुन्न नि भुल्न थालिएछ । झण्डै गत हप्ताको “प्रचण्डलाइ प्रश्न” नि छुटेको । काकताली नै सही, ठ्याक्क रेडियो खोल्दा सुन्न पुगेछु, नछुटेकोमा खुशी लाग्यो । तर सुनेपछि बेकार सुनिएछ जस्तो लाग्यो । किनकि, त्यसभन्दा अगाडिदेखि नै लेख्न शुरु गरेको यो शीर्षकमा थपथाप पार्ने जाँगर मरेरै गयो बाङ्गेका कुरा सुनेसि (यो प्रसंग पछि लेखौँला मन भए)। बित्थामा ढिलासुस्ती । तैपनि त्यस लेखलाई पस्किन खोजेको छु केही अपुरो नै सही ।

जो सुकैले जे सुकै भने नि माओवादी आन्दोलन (मा.आ.) र त्यसबाट सिर्जित प्रतिक्रियाहरु नेपालको सम्पूर्ण पक्षको केन्द्रमा छ। यो आन्दोलनको समर्थन गर्नेहरुले माधव नेपालको वर्तमान फूर्तिदेखि लिएर सर्वसाधारणले लगाउने खरानी रङको सुटमा पनि माओबादी आन्दोलनको योगदान देख्छ भने यसका बिरोधिहरुले फेरी भित्तै पुग्ने गरी खेद्न खोज्छन । किन कि स्वतन्त्र दायराबाट देशबिदेशका बिभिन्न घटनाक्रम, बिगत र बर्तमान, सभ्य समाजका अन्तर्राष्ट्रीय मुल्यमान्यता आदि हेर्ने हो भने माओबादीको वजन ज्यादै हल्का प्रमाणित गर्न खासै मेहनत गर्नु पर्ने देखिन्न । यद्यपि माओबादी आन्दोलनले नेपाली समाज रुपान्तरण गर्न प्रत्यक्ष परोक्षरुपमा ज्यादै गहन योगदान गरेको छ, जसलाइ बुझ्न आवश्यक ठानेर एक स्वतन्त्र नागरीकको आँखाबाट देखिने यी सकारात्मक पक्षको बिबेचना गर्ने जमर्को गर्दैछु ।

१) काम गर्न लाज नमानौ भन्ने सन्देश : नेपालमा पढ्नु भनेको ठुलो मान्छे बन्नुको लागि हो, पढेसि काम (श्रम) गर्नु हुन्न, जागिर खानु पर्छ, सानाको सलाम र चाकडि खानु पर्छ भन्ने मानसिकता भत्काउन मा.आ.ले योगदान गरेको छ । बाबुराम, प्रचण्ड, हिसिला जस्ता बिद्वत्ताका सर्टिफिकेटधारीहरु जंगलजंगल कुदेर यस्ता परम्परागत धारणाको जंजिर खुकुलो बनाउन सघाएका छन ।

२) महिला पुरुष बराबरी भन्ने सन्देश : यो क्षेत्रमा त भयंकर क्रान्ति नै भएको मान्नु पर्छ । पञ्चायत र बहुदलकालमा गरीएका अरबौं लगानि र बर्षौको मेहनतले गर्ने नसकेको उपलब्धि मा.आ.ले निक्कै छोटोसमयमा ब्यापक सफलतासाथ गर्न सकेको भन्नु नै महिला सशक्तिकरण हो । महिलालाइ सैनिक तालिम दिने देखि लिएर सबै पक्षमा उल्लेख्य सहभागि गराउन प्रोत्साहित गरेर समग्रमा नेपाली महिलाको चेतनाको स्तरलाइ ह्वात्तै उकासेको कुरो निर्बिबाद छ । भनिरहनु नपर्ला मा.आ.कै कारण नेपाली सेनाले पनि महिला टुकडिको भर्ति लिन बाध्य भयो ।

३) धार्मिक र संस्कारजन्य कट्टरता तोड्नु : अनेकन परम्परागत सामन्ति कुसंस्कारहरुलाइ तोड्न मा.आ. मज्जैले सफल भयको मात्र होइन त्यसले दीर्घकालीन रुपमा सकारात्मक छाप छोड्ने पनि निश्चित छ । समाजलाइ क्षतबिक्षत पार्ने कतिपय कुरीतिहरु मा.आ.कै कारण हटेको छ, यद्यपि यस्ता कट्टरता तोड्न मा.आ.ले अंगिकार गरेको तरीका गलत थियो ।

४) अधिकारप्रति सचेतता : आफ्ना अधिकार प्रति सचेत रहन र लडेरै मात्र अधिकार पाइन्छ भन्ने कुरालाइ ब्यापक जनसमुदाय सम्म पुर्याउन मा.आ.को योगदान उल्लेखनीय छ । अरुले नि यस्तो प्रयास गरेको भएनि मा.आ.जति प्रभावकारी ती बन्न सकेको थिएन ।

५) हिम्मत र आँटमा बढोत्तरी : परिआएसि गर्न अघि सर्नु पर्छ भन्ने कुरा सिकाउदै समग्रमा नेपालीहरुको हिम्मत र आँटमा बढोत्तरी गर्न मा.आ.को योगदान रहेको छ । चाहे ती बिदेशिएर कहिल्यै नदेखेको ठाँउमा कहिल्यै नगरेको काम गर्न तम्सने नेपाली हुन वा स्वदेश भित्रै स्थानान्तरण भएर बाँच्नकै निम्ति अनेक जुक्तिकासाथ संघर्षरत नेपाली, ती सबैमा एकप्रकारको बिगतमा कहिल्यै नदेखिएको हिम्मत र आँट देखिएको छ । भलै त्यसको पछाडि बाध्यताले खेदिनु परेका कारणहरु रहुन, जसको निम्ति मा.आ.कुनै न कुनै रुपमा कारक तत्त्व बनेको छ ।

६) आधुनिक प्रविधिको पहिचान : लडाइ, भागदौड, मोर्चाबन्दीका क्रममा सिकेका जानेका र सुनेका आधुनिक प्रबिधिले नेपालीहरुको प्राविधिक ज्ञानको स्तरलाइ बढाएको छ । तिहारमा सामान्य पटाकालाइ पनि अचम्म मानेर हेर्नेहरु आँफै डाइनामाइट र ल्याण्ड माइन बनाउन सक्ने भएका छन । ती प्रबिधि युद्ध गर्नमात्र होइन निर्माण कार्यमा नि ब्यापक प्रयोग हुनसक्छ । यसबाहेक बिभिन्न मेशिनरी तथा संचार उपकरणको प्रयोग र जानकारी ब्यापकरुपमा युवापुस्तामा छरीनुमा पनि मा.आ.को योगदान छ ।

७) शिक्षाको महत्त्व : बुर्जुवा शिक्षा भनेर घाँटी सुक्ने गरी आलोचना गरे नि, चन्दा नदिएको बदलामा पुँजिबादी शिक्षाको बिरोधको नाँउमा शिक्षा क्षेत्रलाइ तहसनहस गरे नि अन्त्य तिर आएर सम्पूर्ण देशले शिक्षाको महत्त्व ब्यापक रुपमा बुझ्न थालेको छ । जस्तो मा.सेनाको लिडरहरुले नै “बुर्जुवा भनेनि पढेका कमरेडहरु जे मा नि अगाडि हुनुहुन्छ” जस्ता स्वीकारोक्तिले शिक्षाको महत्त्व बुझ्न थालेको नै भान गराउछ ।

८) नाताबाद कृपाबाद पातलिएको : आफ्ना नातेदार भएसि सातखुन माफ गर्ने नेपाली संस्कार अहिले केहि हदसम्म भत्किएको छ । भर्खरै नेपाल गएर फर्केका एक मित्रले सुनाए – “मेरै भान्जो माओबादिको जिल्लास्तरको नेता बनेको रैछ, मलाइ भेट्दा मामा भन्दै खुट्टैमा ढोगे, तैपनि मैले गाउँ जाने हिम्मत गर्न सकिनँ । के बिश्वास, नातेदार भनेर भयो र?” मा.आ.का क्रममा हुनगएका केहि घटनाक्रमले आफन्तप्रति पनि बिश्वास गर्ने नसकिने यस्तो स्थिति पैदा हुन जाँदा हाम्रो समाजको नाताबाद कृपाबाद कमजोर हुदै जानेछ भन्ने मेरो सोचाइ छ।

९) जातीय पहिचानको तिर्षणा बढेको : मा.आ.ले उकासेको जातीय राजनीतिका कारण जातीय पहिचानको तिर्षणा अहिले इतिहासमै उच्च रहेको छ। अन्य पार्टी समेत जातीय राजनीति गर्न बाध्य बन्न थालेको छ । जातीय पहिचानले समग्र देशको बिकासमा सकारात्मक योगदान दिनेछ भन्ने भएता पनि यो प्रसंग संबेदनशील पनि छ भन्ने भुल्न हुदैन ।

१०) अनुशासनप्रतिको समर्पण : किशोर र युवा वर्गको ठुलो पंक्तिलाई परिचालन गर्दै मा.आ.ले जुन अनुशासन सिकाएको छ, यसले समाजलाइ एउटा अनुशासित जमात उपहार दिनेछ, जुन अत्यन्त सकारात्मक पक्ष हो ।

११) विकास निर्माणको महत्त्व बुझ्नु : शुरु शुरुमा पुलहरु भत्काउने, विद्युतगृह तोड्ने जस्ता ध्वंसात्मक काम गरे नि पछिल्ला चरणमा बाटो निर्माणमा कार्यकर्ता अग्रसर हुनुले मा.आ.ले विकास निर्माणको महत्त्व बुझेको भान हुन्छ । यकिनन मा.आ.ले बुझेको बिकासनिर्माण पहिलाको जस्तो आयातित विकासनिर्माण नभइ स्वावलम्बि प्रकारको विकास निर्माण हुने हुनाले दीर्घजीवी हुने आशा गर्न सकिन्छ ।

१२) विश्वभरी नेपालीहरु ह्वात्तै छरिनु : यो त मैले ब्याख्या गर्नै पर्दैन । सोच्नु, यी विदेशिएका जम्मै नेपालीले एक एक वटा मात्रै नयाँ र कामलाग्ने कुरा सिकेर आए नेपालको मुहार फेर्न कुन आइतबार कुर्नु पर्ला र? खाली एड्स बोकेर नआए भैहाल्यो नि ।

१३) बाँकि अरु बुँदाहरु जस्तो राजनीतिक चेतना, सामन्तको बिरोध, स्वशासन, मुक्ति, लोकतन्त्र, गणतन्त्र, के के के के बाद र पथ जस्ता शाब्दिक जड्यौरी राख्दै नेताहरुले बोल्ने शब्द पैचो लिदै थप्न सकिने केही अरु बुँदाहरु नि छन, तिनेरुलाइ थप्ने जिम्मा पाठकहरुलाइ नै, है ।

36 Comments

  1. neither the maoist are only a collection of problem nor the so called democracy is without fault. Let’s not hope to make nepal – switzerland. Make Nepal and better Nepal.Everybody work hard, earn more spend less. Don’t cheat others. Give everybody his/her proper share. Invest in science and technology and increase the national production. Spend less than income. If you do so, you will never feel that are having better life. So, question arises? If we don’t get the benefit of our hardwork why should we do it?

    Next generation or the generation after will get it.
    That explain the problem. We want everything immediately. We don’t want to work hard, we don’t want to wait a little, we don’t want others go with us. We want to be best and first with less effort. So, we suffer.
    Comments are welcome.

  2. उसो भय जेड जेड जी , तपाई माथि किशोर शर्मा ले लगायका आरोप हरु ठिकै रहेछन भन्ने बुझेभयो अरु ले , हैन त? किनकी प्रमोद अधिकारि ले उठाएका सरल प्रश्नहरु का जय राम रेग्मी को अत्यन्त गहन र भद्र सुझाव का बावजुद पनि तपाईं बाट उत्तर आएन । हुन त जो सँग जे छ अरु लाई दिने त्यै हो । नभयको चिज कसरी दिनु । तपाईं सँग सही उत्तर नभयर नै नदिनुभएको त होला । अब आयन्दा मलाई लाग्छ तपाईं सँग कसै ले पनि माग्ने छैन होला । कारण वास्तविक नाम ले नभय पनि काम ले तपाईंको परिचय मिलिसक्यो ।

  3. सबै कमेण्टहरुमा प्रत्युत्तर दिन सम्भव भएन । केहि कमेण्टहरु जसले मेरो ध्यान आकर्षित गरेको छ, छोटो उत्तर दिने ट्राइ मार्दैछु ।

    १. shantdil: सम्बिधान सभा नेपाली राजनीतिको चुरो बनेको २००७साल देखि नै हो, माओबादीले पुर्णज्ञान दिएको भन्ने कुरा अतिरंजित छ ।
    २. Pramod, आयुध कुमुद : घर पोलेर खरानीको दु:ख नहुने प्रसंग एउटा पक्ष हो, जसको उपादेयता घर पोल्नुअगाडि सम्ममात्र हुन्छ किन कि यो प्रसंगले घर पोल्नबाट रोक्ने शिक्षा दिने सम्भावना हुन्छ । तर हामीकहाँ घर पोलिसकेको अवस्था छ, यसर्थ खरानी नै सहि सकारात्मक कुरोको खोजि गर्दा कसैलाइ हानी नहोला ।
    ३. आयुध कुमुद: विकास निर्माणमा माओवादीले जागरुकता ल्याएका छन भनेको नभइ ध्वंस गर्नेहरु नै निर्माणमा लागेको अवस्थामा त्यसले दिने शिक्षा “बिगार्न भन्दा बनाउन कति गाह्रो हुदो रैछ” भन्ने तर्फ केन्द्रित छ । तिमीले उठाएका अरु नकारात्मक पक्षहरुमा मेरो बिमति छैन, जस्तो कि स्मरण गराइदिउ माओबादिले आर्थिक पक्ष पारदर्शी बनाउनु पर्छ भन्ने माग मैले धेरै पहिलेदेखि गर्दै आएको छु ।
    ४. Darshan Sharma: मेरो नामको बिषयमा टाउको नदुखाएकै बेश । माओबादी बिरोधि आवाजको जवाफ हल्काफुल्का रुपमा मात्रै आइरहेको परिस्थितिमा केहि गहन सैद्धान्तिक जवाफ दिन फेरी पनि अग्रसर भए बेश ।
    ५. infidel: मैले प्रस्तूत गरेको सकारात्मक पक्षको केस्रा केस्रा केलाउने हो भने तिमिले सोधे जस्तो प्रश्न राख्ने ठाउहरु धेरै भेटाइएला । जस्तो कि अधिकार लिन खोज्ने तर दिन चै नमान्ने प्रवृत्ति एकप्रकारको सामन्ति सोचकै निरन्तरता हो; संगठीत समुहको बिरुद्ध ब्यक्तिगत तवरमा बिद्रोह गर्न नसक्नुका पछाडि नि थुप्रै कारणहरु छन; बम, मोबाइल वा मोटरसाइकलसितको परीचयले अरु थुप्रै प्रबिधिहरुप्रति आकर्षण बढाउनेछ; समग्रमा ती कुराहरुले बर्तमान र भविष्यमा सकारात्मक छाप छोड्ला भन्ने मेरो ठहर्याइ हो ।
    ६. Jaya Ram Regmi: अर्को थ्रेडमा बिटमारिसकेको कुरोलाइ फेरी यहा ऊछाल्न खोज्नुले नियतमा खोट छ कि भन्ने शंका लाग्यो । प्रमोद अधिकारिलाइ दिएको जवाफ पुग्दो छ, कसैलाइ नपुगे सहयोग गर्न म असमर्थ छु । माओवादीको सन्दर्भमा भन्दिहालुम – उनेरुले गरेका राम्रो कामलाइ राम्रो भन्नु पर्छ नराम्रोलाइ नराम्रो । यस्तो निष्पक्ष सोचाइलाइ दोगला चरीत्र भनेर कसैले अपहेलित गर्छ भने उ पक्कै पनि कुनै एक बिचारको अन्धसमर्थक हो भन्ने बुझ्नु पर्छ । किन कि अन्धभक्त र अन्धसमर्थकसित सहि गलत को तथ्यपरक मुल्यांकन गर्ने ह्याउ हुदैन नि । बाँकि सुझावको लागि धन्यबाद ।

    यो थ्रेडमा सहभागि भै गहन बिचार आदान प्रदान गर्ने सबैलाइ मुरी मुरी धन्यबाद । मलाइ लागेको छ कि अब हाम्रा नेताहरुलाइ पनि ब्लगमार्फत नै बार्ता गराउन पो जोड दिनु पर्ला जस्तो छ । सबैले पढ्न नि पाउनि, हालको बार्ताप्रकरण भन्दा छिटो नि हुनि, षडयन्त्रको चान्स नि नहुनि । हगि?

  4. इन्पिmेल जी ।
    पछिल्लो सुझाव र प्रतिक्रियका लागि धन्यवाद । हामी तपाइको धेरै कुरामा सहमत छौं । हाम्रो अर्थ नेपाललाईँ स्वीटजरल्याण्ड नै बनाउनर्ुपर्छ भन्ने पनि होइन । नेपाल नेपाल नै हुन्छ । त्यहाँबाट केही सकारात्मक कुरा मात्रै लिनर्ुपर्छ भन्ने हो । तपाइलाई पनि थाहा भएकै कुरा हो, नेपालमा २ सय ३९ वर्षेखिको राजतन्त्रका कारण प्रगति हुन सकेको छैन । सवभन्दा पहिले तपाइ हामी मिलेर नेपाललाई गणतन्त्र नेपाल बनाऔं, त्यसपछि स्वीटजरल्याण्डको नमूना प्रयोग गर्ने कि नर्वे वा चीनको त्यो बहस गरौंला हैन ।

  5. HI
    I AM NOT FINDING MUCH DIFFERENCE BETWEEN THE MUSLIMS FANATICS AND THE DEDICATED MAOIST OF NEPAL .COULD YOU PLEASE SOMEONE ENLIGHTEN ME WITH THE DIFFERENCES BETWEEN THOSE TWO.
    THANXS

  6. धन्यबाद दर्शनजी,
    हो सोचाइ राम्रो हो , त्यसमा दुइमत नहोला। विश्वविद्यालयको कुरोले चाँहि मनमा एकदम कौतुहलता उब्जाएको थियो, अलिकति भएपनि प्रष्ट भयो। त्यही हो, हिजोका पाठ्यपुस्तकहरुमा राजपरिवारको वर्णन भएजस्तो, तपाईंहरुको पुस्तकमा तपाईंहरुका दर्शन र नेताहरुकोमात्र जय जयकार नगरियोस्, पढ्न चाहनेहरुलाई निष्पक्ष भएर पढ्ने व्यवस्था मिलाइदिनुस्, भोलि गएर पार्टीका हितको निम्ति ब्रेनवास् गर्न जोड् नदिनुस। पक्कैपनि तपाईंहरुले म जस्ता न्यूट्रल जनसमुदायको मन जित्नुहुनेछ।

    कुरो आयो स्वीट्जरल्यान्डको । खोइ के नै पो भन्नु, तपाईंहरु त्यतिनै सार्‍हो प्रजातान्त्रिक मुल्य मान्यताहरुमा विश्वास गर्नुहुन्छ भने त्यो अहिलेसम्म देखिएको छैन । मान्छु, एउटा क्रान्तिकारी पार्टीको हैसियतले आफ्ना कुराहरु राख्न तपाईंहरुलाई गार्‍होनै छ, तर एउटा रोल्पाको उदाहरणले, रोल्पामा शुरु गरिएका सिस्टम सम्पूर्ण नेपालमा नै सफल होलान भनेर त भन्न अलि मिल्दैन कि। स्वीट्जरल्यान्ड जस्तो केन्टोनल लेभलबाट नै सबै थोकको निर्णय गराउन सक्ने आँट त भोलि गएर तपाईंहरुले नि गर्न सक्नु हुन्न नि। सन् १२९१ देखि शुरुभएर खाँरिदै आएको सिस्टमसँग तुलना गर्न ३‍-४०० बर्ष ढिलो भएन र ? फेरी स्वीट्जरल्यान्ड जस्तो सिस्टमको निम्ति त जनताहरु चेतनशील र शिक्षित हुनपनि त जरुरी छ, महिनैपिच्छे हुने रेफरेन्डमहरुको सामना नेपालीहरुले कसरी गर्नेहुन खोइ। फेरी २.५% जनताले सहीछाप गरिसकेपछि संविधाननै फेर्नसक्ने मुलुक जस्तै, नेपालपनि त्यस्तै हुने हो कि ?

    एउटा अर्को कुरा पनि सोध्न मन लाग्यो, समाजवादमा सायद सबैभन्दा सफल राष्ट्र नर्वे जस्तो सिस्टम हाम्रो देशमा प्रयोग गर्न किन सकिंदैन? राजा छ, समाजवाद छ, मिलेर दंग परेर बसेका छन। नेपालमा शान्तिलाई नै प्राथमिकता दिने हो भने त यो भन्दा गतिलो सिस्टम कहाँ भेटिएला त, होइन र ?

  7. होइन हो दर्शन कामरेड ,नवसोमालिया लेख्नु भएको जस्तो लाग्यो तर नवस्वीजरल्याण्ड भए६ नि होइन र ?

  8. इन्फिडेल र मित्र पाण्डे जी,
    यो ब्लग भन्ने चीज त बडो रमाइलो पो हुँदा रहेछ । एक जना लेखक मित्रलाई सानो सुझाव मात्र के दिएको थिएँ, तीन जना साथीहरुसँग छलफल गर्न मिल्यो । इन्फिडेलजी जिज्ञासातिर लागौं । जहाँसम्म जलजला विश्वविद्यालयको कुरा छ, यो हामीले घोषितरुपमा र र्सार्वजनिकरुपमा बाहिर ल्याएका छैनौं । मात्रै पार्टर्ीीत्रको स्कूलिङमा काम लाग्छ । त्यहाँ हाम्रो आफ्नो तह र पाठ्यक्रम छ । पाठयक्रम, पाठ्यपुस्तक र पर्ढाई प्रक्रिया र्सार्वजनिक गरिएको छैन तर एकेडेमिक तह भने र्सार्वजनिक नै छ । हामीले तलैदेखि माथिसम्म यो पास गरेपछि एसीम, यो तह पास गरेपछि डीसीएम, यो तह पार गरेपछि आरवीएम र यो तह पार गरेपटि सीसीए मभनेर छुटएका छौं । तपाइले भनेजस्तै त्यहाँ प्यारा नेता र नेताहरुका पथ होइन प्यारा जनताको पथबारे पढाइन्छ । जनता नै हाम्रा लेक्चर हुन् । उनीहरुले हामीलाई त्यो विश्वविद्यालयमा पढाउँछन् । कृषिक्षेत्रतर्फअघि बढ्न चाहनेलाई जनताले हलो बनाउनेदेखि आधुनिक कृषि प्रणालीबारे पढाउँछन्, स्वास्थ्य क्षेत्रमा जान चाहनेलाई जंगलको जडीबुडीदेखि सवथोक सिकाउँछन् र राजनीतिमा आउन चाहने जनतालाई हामी सिकाउँछन् तर अन्तिममा कक्षा पार गर्दा त जनताले नै सबैलाई कहिल्यै नब्रि्रने कसम खुवाएर कार्यक्षेमा पठाउँछन् ।
    इन्फिडेलजी मैले रोल्पालाई स्वीटरजरल्याण्डसँग जाँज्नेभन्दा पनि हामीले त्यो बनाउन खोजेका हौं र त्यसका भ्रुणहरु तयार भएका छन् भन्ने आभास दिन खोजेको हँु । तपाईलाई स्वीटजरल्याण्डबारे थाहा छ – त्यहाँ जति दलहरु छन् सबै सत्तामा छन् अनि विकास हर्ेर्नुहोस् त कति धेरै छ । हो, त्यहाँ समावेशी गणतन्त्र छ, जस्तो हामीले चाहेका छौं नेपालमा । हामीले स्वायत्त संघीय गणतन्त्रको कुरा गरेका मात्रै छैनौं, रोल्पा रुकुममा अभ्यास पनि गरेका छौं । हामीले युद्धकै बेला रोल्पामा ९१ किलोमीटर सडक खन्यौैं, रोल्पाकै ओतमा भर्खरै ५० शैयाको अञ्चल अस्पताल स्थापना गरेका छौं । थवाङको कृषि सहकारी भन्नुहोस वा क्याङसीको जनवादी विद्यालय साँच्चिकै हर्ेनलायक बनाएका छौं हामीले रोल्पालाई । पर्खनुहोस, युद्ध रोकियो र हामीले चाहेकेा राज्यसत्ता स्थापना भयो भने दश वर्षछि रोल्पालाई पनि स्वीटजरल्याण्डको एउटा क्यान्टन सरह बनाइदिन्छौं । जहाँसम्म अन्य देशको कुरा छ, ती देशको पनि उदाहरण दिन सकिन्छ किन नसक्ने –
    अर्का साथी मित्र पाण्डेलाई पुरानो युद्ध फोवियाले सताएजस्तो छ । तपाइ किन शंका गर्नुहुन्छ – प्रयोग गरेर जाँच्ने भए एक चोटी आउनुहोस् न यतै । र्
    दर्शन शर्मा
    जलजला कम्युनिकेशन सेन्टर थवाङ

  9. आयुध जि र दर्शन जि,
    तपाईंहरुदुबैको बिचार को आदन्‌प्रदान राम्रो लाग्यो । म अलि बिजी भएको ले पुरा पढ्न त सकिन, तर जे पढे जे बुझे तेसैको आधारम दर्शन जि लाई सानो जिज्ञासा रख्दै छु । दर्सन् जि ले आयुध् जि लाइ रोल्पा घुमाएर नव स्वेजर्ल्यान्द को रहर् मेतैदिने एच्छा गर्नु भो त्यस्मा मालाइ के सन्खा लग्यो भने कतै उहहरुले प्रचन्नपथ् नमान्ने थप् एकजनालाइ भौतिक् साफाया गर्न खोज्नु भएको त होइन? एस्मा बिश्वास गर्न नपर्ने कुनै कारन कसैले देख्नु भएकोभए खुलाइदिनु भए राम्रो मन्ने थिए ।

  10. Hi ZZ,
    Keep it up your good comments:

    ALso, Darshan Sharma Ji, THANKS FOR GOOD INPUTS.

    I most like your one sentence “you do not need to be maoists to be a follower of maoists ideology!!!

    LONG LIVE OUR NATION, ITS PEOPLE & PEOPLE’S STRUGGLE !!!

  11. Every event has good and bad out comes, we all know that even world war I & II also had good effect on advancement of technology but saying this can anyone justify losses of so many lives. In our case, our innocent & well coming eyes were turned in suspicious eyes even to see each other, we have lost all our sentimental feeling and human values which are serious losses and it will take many years for bring it back now. In my opinion, we are more looser than winner though it is personal choice of giving importance to human aspect or physical changes. I stand for human aspect of our life and believe on steady changes which is more lasting and convincing to all because that is out come of natural process.

  12. दर्शन जी,
    पोलिटिक्स्‌ र पोलिटिसियनहरुसँग कुनै सम्पर्क नभएर पोलिटिक्स गनथन नबुझ्ने म जस्ता मान्छेहरुलाई तपाईं र आयुधजीको गफ त क्या हो क्या हो। एउटा कुरा सोध्नभने बढो खुल्दुली लाग्यो। तपाईंले जुन विश्वविद्यालयको कुरो गर्नु भयो, जलजला विश्वविद्यालय, यहाँ हाम्रा प्यारा नेताहरु र नेताहरुका पथहरुका बाहेक अरु कुनै बिषयहरुको अध्यापन गराइन्छ कि गराइन्न ? रोल्पा जस्तो ठाममा खोल्नुभएको युनिभर्सिटीले त विकट क्षेत्रका दाजुभाइ दिदीबहिनीहरुलाई ज्ञान सीप सिकाएर भोलि आफ्नो खुट्टामा आफैं उभिन मद्दत गरेकोनै छ होला, यसबारे अलि प्रकाश पारिदिनु हुन्छ कि ?

    अर्को कुरा रोल्पालाई कुन आधाराँ स्वीट्जरल्यान्डसँग दाँज्न पुग्नुभयो ? सामाजिक , आर्थिक अथवा भौतिक ? सामाजिकै भन्नुहुन्छ भने किन स्वीट्जरल्यान्डसँगै दाँज्ने बानी बसेको? यसको पछाडि कुनै कारण पो लुकेका छन् कि ? नवस्विडेन, नवनर्वे, नवजर्मनी किन नभनेको ? यसका साथै रोल्पा घुम्न ठ्याक्कै एक महिनानै लाग्ने कारण के रहेछ ? झर्को नमानि उत्तर दिनुहुन्छ अनि सभ्यभाषा रोल्पामा मात्र होइन यहाँपनि प्रयोग गर्नुहुनेनैछ भन्ने आशा छ।

  13. आयुध जी प्रतिक्रियाका लागि धन्यवादर्
    र्सवप्रथम त यो कम्युनिष्ट शब्दाडम्बर नभएर लेख तयार गर्न सजिलो होस् भनेर रेेप|mेन्सका लागि पठाइएको सानो विषयवस्तु मात्रै हो । र, तपाइको जिज्ञासा पूरा गर्न नगर्न भन्दा मुख्य कुरा यो लेख नै होइन केवल सानो विषयवस्तु मात्र हो । तर्सथ यो गन्थन होइन र अर्को कुरा सबैले बुझ्ने भाषा र सभ्य भाषा को खोजी गर्नुभएको छ, तपाइको प्रश्नको उठान हर्ेदा त तपाईले सभ्य भाषा नखोज्नु नपर्ने हो तर आखिर मानिस न हो आफूले जुन भाषा प्रयोग गरे पनि अरुबाट सभ्य भाषाको खोजी गरेको हुन्छ । ल ठिक छ आयुधजी मैले सकेसम्म सभ्य भाषा प्रयोग गर्ने प्रयास गर्ने छु, यदि कडा परेछ भने त्यसलाई अन्यथा नबुझिदिनुहोला ।
    म माओवादी पार्टर्ीीे आधिकारिक व्यक्तिको तर्फाट भन्दा पनि सामान्य शुभचिन्तकको हैसियतले मैले बुझे जति कुरा गर्दै छु । आयुध, तपाईले उठाउनुभएको पहिलो प्रश्न सान्दर्भिक छ । परम्परागत पराजयमुखी कम्युनिष्ट आन्दोलनको आलोकमा विश्व उभिएको बेला विश्वमानय मानवअधिकारलगायतका कुराहरु उठ्नु स्वभाविक हो । मलाई जहाँसम्म लाग्छ, मालेमावादको पुछारमा प्रचण्डपथ त्यसै थपिएको होइन । यसको मुख्य विशेषता भनेकै विश्वलाई नयाँढंगले बुझ्नु, व्याख्या गर्नु र बदल्नु हो । तर्सथ एक्काइसौं शताव्दीको यो सूचना र सञ्चारको युगमा, तपाइले भने जस्तै दुनियाँभरिले सभ्य समाजको स्थापना खोजिरहेको बेला विश्वलाई मान्य हुने ढंगले नै माओवादी पार्टर्ीीघि बढ्छ । यसको अर्थ जसलाई जे गरे पनि हुने मान्यता राख्ने अमेरिकालाई त्यो गर्न छुट दिनर्ुपर्छ भन्ने होइन ।
    दोस्रो प्रश्न आँफैमा पर्ूवाग्रहले ग्रस्त छ जस्तो लाग्यो । जनवादी आँखाले देख्ने संसारबाहेक सबै झुठ हो हामीले कतै भनेका छैनौं । यदि त्यसो भन्थ्यौं त हामी जनवादभन्दा कयौस्तर तलबाट लोकतान्त्रिक गणतन्त्रको नारा लगाउँदै १९ दिने आन्दोलनमा नै आउदैन्थ्यौं । न त गिरिजाको संसद पुनर्स्थापनालाई नै आलोचनात्मक र्समर्थन गथ्यौं । अर्को कुरा के राजनीति बुझ्न ँमालेमावादी कार्यदिशा’ नै बुझ्नु पर्छ भन्ने प्रश्न गर्नुभएको छ । यदि बुझ्नु भयो भने द्वन्द्वात्मक आँखाले दुनियाँलाइ हर्ेन सक्नुहुन्छ र तपाईलाई व्यक्तिगतरुपमा र राजनीतिकरुपमा पनि फाइदा हुन्छ । हामी वीपीका सिद्धान्त मजाले पढ्छौं तर हामी वीपीको समाजवादलाई सही ठान्दैनौं । मालेमावादीहरुको विरोध गर्न पनि त तपाई मालेवादलाई पढ्नुहोस् त
    तपाईको तेस्रो प्रश्नले आँफैमा उत्तर बोकेर ल्याएको छ । हो भोलि तपाइले भनेजस्तै सत्तासंग असहमत भएर विद्रोहको अधिकार जनतालाई हुने छ । यसो भन्दा तपाइलाई अचम्म लाग्छ तर आयुध जी तपाइ लेखेर राख्नुहोस जनतालाई व्रि्रोह गर्ने अधिकार दिने हो भने व्रि्रोह नै हुँदैन । अनि चौथो प्रश्नको कुरा नेपाललाई जातीय संघमा विभाजन गरी पुनर्संरचित गर्ने नारा मात्रै होइन हामी गरेर देखाउँछौं । तपाइले आवश्यक अध्ययन नगरेर होला ९ वटा स्वायत्त प्रदेशको अवधारणाअर्न्तर्गत हामीले प्रशस्तै मात्रामा खाका प्रस्तुत गरिरहेका छौं र तपाइहरुको सुझावअनुसार यसलाई झनै बढाउने कुरा भयो ।

    यो र यस्ते थुप्रै जिज्ञासाहरु माओवादीका बारेमा मनमा खेलेका रहेछन र तपाईँ एकचोटी रोल्पातिर आउनुहोस् त है । हामीले गफ मात्रै लगाएका रहेछौं कि केही काम पनि गरेका रहेछौं त्यो पनि देखाइदिउँला अनि मजाले १ महिनाजति घुमौला । मालेमावाद र प्रचण्डपथको अध्ययन हुने जलजला विश्वविद्यालयमा यहाँलाई हार्दिक निमन्त्रणा छ । यदि रोल्पा आउनुभयो भने तपाइले खोजको सभ्य भाषा र विगत दशवर्षेखि हर्ुकदै गरेको नवस्वीजरल्याण्डरुपी सभ्य समाज देख्न पाउनुहुने छ । धन्यवाद
    Darshan Sharma
    Thabang Rolpa

  14. Maoist first put their 40 item (Bude’)agreement then it was curtailed to 12, and then 8 and finally they put forward “The 5 item (well augmented)” to SPAz. Every single item on those has their vested interest and I don’t see any room for democratic Nepal. As I live outside Nepal, I don’t see any thing there that will lure the Nepalis back to their homeland.

    In this retrospect, ZZ put some ( I wouldn’t pass my judgement on those items) 13 items, Darshan Sharm has some where close to 100 items (some one can correct the numbers), Aayudh has 7 and then 4 items. Some one also wrote about the “Silver Lining”. But infact, Mass exodus is happening as we put our thoughts here.. (brain drain).. just look at the current Delhi
    issues where several “Girls” are heading towards ARAB countries… Those girls knows what they are getting
    there but they are leaving their country. Most of them are well educated. How about men? Are there any stats? Other than application for foreign education (western countries) has leaped by 40% compared to last year. This is what Maoists (communists) wants. So that they can rule the country without any revolt. Thats what all communists do to Rule.

  15. Darshan Sharma Ji,
    Namaste!

    I have read your lengthy comment with great interest.
    What I felt is that I found you have mentioned many ideals in it.
    Let us think honestly, for human being, it is very difficult to maintain just a simple ideal like “not to speak lie” for long. We know it is good to speak truth all the time and bad to speak lie. But we are speaking lies everday and many times. We are unconscious of what we are speaking. We are machine like people. We come to speak lies
    automatically everday and not for one time but many times in one single day.It is again true that we speak lie to our beloved parents, and parents speak lie to their children and loving family members.
    Please forget about others whom we do not know.
    I feel this is what behaviour of human being. This is what the nature of human being.
    I wonder how to maintain so many ideals that you have kindly listed in your comment.Frankly speaking, I feel it looks very difficult to put in practice so many ideals in our daily life. please do not mind me, writing small coment on your comment this way. I wrote it with the puporse of purely exchange of
    ideas between we all commentators.
    Thank you.

  16. Thankx Umesh JI..your blog is one of the populer blog ..wish you all the best in future ..
    हुनत सप्पै सर्शर्ती पदे..लेख्हरु राम्रै लाग्यो..
    दर्शन zz र अरु. सथिभैइहरुको कमेन्त गर्न याह सकिन्दैन..तरपनी ..
    समग्रमा.. चेतन्शिल प्राणी ले भोलीकोलगी सोचेरै गरेको हुन्छ . साधरण कुरा ..आमा बाउले छोरा छोरिको लगि.
    तर भबिस्से कसैले देखेको हुदैन ..भोलि को मान्छे के हुन्छ कस्तो हुन्छ भनेर ..कसैले ग्यरेन्ती गर्नु मुर्खता सिबाये केइ होइन..तर पनि बर्तमान लाइ
    पकद्ननु सक्नु पर्छ ..जस्ले भसिस्सेको कुरा लाइ अन्गिकार गर्न सक्छेम् हुनेलाइ बिश्वश गर्ने ..नकि तेस्लाइ भबिस्सेको बारे प्रशन सोद्देन ..
    येदी मेरो कुरा ..चित्त बुज्दैन भने,..तपाई हरुले नै ..भबिशे को बारेम ग्यरेन्ती गर्नुश्..नभये काम गर्नेलाई गर्न दिनुश . बिगार्यो भने बिरोद्द गर्नुश ..आँत् छ भने ..बिद्रोह गर्नुश ..नेत्रित्वो गर्नुश्..म पनि समर्थन गर्न आउछु. ..सपैलाई थाहा छ ..मन नपर्ने स्वास्नी को श्वाश गनाउछरे.
    तेसैले ..लेलिन ..स्तालिन ..पोल्पोत ..हित्लर ..माओ..गान्धि…किम्जोन्ग इल.. सदाम ..जर्ज्बुश ..को कुरा अगादि राखेर ..महान बन्ने कोसिस गर्नु मुर्खता हो…किनकि अब नेपाली हरु ..बिश्वको कुनै पनी नगरिक भन्दा कम राजनितीक चेतना भयेको जनता होईन..नेपालि जनता महान्छ भन्ने बार बार प्रमणीत गरेको छ ..पछिल्लो आन्दोलन लाई मुल्यान्कण गर्नुश्…….
    manandhar JPN

  17. Whata double standard these mp of HOR exposes to the nepali in a shameless manner. during the kathmandu andolan, the so called neta from GPK,Deupa, Makune,Lialmani/Scherchand,Tripathi were pleading and running every third day to meet the ambassadors of various countries begging them for their support and to vocally speak against the king in all possible forum, infact, Amb. Keith Bloomfield in open forum criticied the king as a liar.
    Today, when the American Ambassador show concern and speak the reality, why cry and make an issue. he is responsibile to ensure that each penny paid by amwerican taxpayer is spend in appropriate manner.
    Thus Narayan man and Lila Mani look at the mirror and see what deeds you had done and ample fo times you wined and dined with these ambassador and crying like babies for tuffy.

    You pay fore what you buy or you get what you sow. arko ko aang chadera raj garnu sajilo hudaina.

    shanti nepal

  18. जेड जेड जी
    धदिङ को अर्को समाचार शिर्षक अन्तर्गत तपाईँ को टिप्पणि को जवाफ मा गरियको प्रमोद अधिकारि को प्रतिटिप्पणि को उत्तर लेख्ने क्रम मा तपाईँ ले बुंदा १ देखि ८ लाइ त्यो प्रमोद अधिकारि को जेड जेड प्रतिको गेस् हो ,जस्को उत्तर दिइरहनु जरुरी छैन भनि छल्न खोजेजस्तो लाग्यो ।बुंदा १ देखि ८ सम्म सबै गेस् नभै १ देखि ४ सम्म तपाईं लाई सोधियको सिधा प्रश्नहरु जस्ता देखिन्छन् , जस्को उत्तर तपाईं बाट आउनु आबस्यक छ । नत्रभने तपाईं माथि लागेका आरोप ठीक रहेछ भन्ने मान्नु पर्ने हुन्छ । त्यस्तै बुंदा ५ तपाईं लाई दिइयको सुझाब हो , त्यस्मा तपाईं को के धारणा छ? बुदां नं ६ चाँहीं गेस् नै हो तर सत्यता को नजिक रहेको जस्तो देखिने गेस् , जस्को तपाईंले तर्क संगत ढंग ले खन्डन गर्नु जरुरी छ , हैन भने त्यस् लाई ज्यादै सटिक गेस् भनेर मान्नु पर्ने हुन्छ ।बुंदा नं ७ र ८ चाँहीं प्रमोद अधिकारि ले तपाईं माथि खिचेको सारांश जस्तो देखिन्छ , यदि तपाईं लाई उनको सारांश बेठीक लाग्छ भने तथ्यपरक ढंग ले खन्डन आउनु नितान्त आबस्यक देखिन्छ ।नं ९ र १० को उत्तर पनि त्यती सन्तोषाजनक पाइयन ।
    तसर्थ जेड जेड जी यो तपाईं लाई मौका पनि हो आफु माथि लागेको आरोप पखाल्ने । यदि तपाईं मलाई अन्यथा ठान्नुहुन्न भने तपाईं ले पहिलो काम यो गर्नु जरुरी छ भन्ने सुझाव दिन्छु । नत्र भने यो ब्लग बिचरण गर्नेहरु ले तपाईं को बारेमा कस्तो धाराणा बनाउलान , सोच्ने जिम्मा तपाईंकै ।
    अनि तपाईं माओवादी हरु संग त्यती धेरै रुष्ट भएको ब्यक्ती ले उनिहरु द्वारा नै सन्चालित आन्दोलन ले समाज मा युगान्तकारी परिवर्तन ल्यायो भन्नु पर्दा तपाईं लाई कताकता अशहज महशुस् भयन । अरु ले त तपाईं लाई दोगला चरित्र को मान्छे भन्दिन्छन कि भन्ने मलाई आशंका छ ।
    अन्त्य मा तपाईं लाई एउटा सल्लाह, कृपया लेखन मा शभ्य शब्द हरु को प्रयोग गर्ने बानी बसाल्नुहोस् ।यो म किन भनि रहेको छु भने , तपाईं ले प्रचन्ड लाई माथि बांगे भनेर भन्नु भयको छ ।तपाईंको प्रचन्ड संग दुष्मनी हुन सक्छ, तपाईं उनलाई ब्यक्तिगत रुप मै मन नपराउन पाउनुहुन्छ,तर लेख मा त्यस्ता शब्द प्रयोग भैइ दिंदा एक त लेख कै स्तर खस्किन्छ अर्को कुरा पढने हरु ले लेखक लाई कस्तो छुद्र रहेछ पनि भन्छन हैन र ।
    अनि भन्नै पर्ने अर्को कुरा तपाईं लाई मन लगे पनि नलागे पनि नचिनेका मान्छे लाई सानो ठुलो जो भय पनि आदरार्थी शब्द ले संबोधन गर्ने गर्नुभयो भने नम्रता को लागि तपाईं आँफै प्रशंशा पात्र बन्नु हुनेछ ।

  19. Comments by aayudh and Narendra nepali and partly ZZ are real feeling of vast majority nepali. People are afraid to say negative things against maoists. By law of nature all things are heterogenous not homegenous. trying to make artifical homegeneity will do only bad not good be that in poltical philosophy or biology. The main question is how to maontain equality and self respect of different strata of the socitety by providing equal opportunity to health, educaiton, and livilihood.

  20. राम्रो कुरोलाई राम्रो भन्न सक्नुपर्छ त्यसमा ZZ सँग मेरो पुरा सहमति छ, सँधै विरोधमात्र गरेर केहीपनि नापिनेवाला छैन। माओ पार्टिमा महिलाहरुको सहभागिता एउटा धेरै नै सकारात्मक कदम हो, यसलाई मान्नुपर्छ। जातिय र धार्मिक भेदभावका अन्त्यको निम्ति माओ कमनिष्टहरुको विचारलाई पनि कदर गर्न सक्नुपर्छ। तर यी भन्दा बाहेक अरु कुराहरुमा भने सहमत हुन अलि गार्‍होनै पर्‍यो है मलाई चाँहि।

    १) अधिकारप्रति सचेतता : ताली बजाउन दुइटै हात चाहिन्छ। अधिकारको ढ्वाङ्ग्रो फुक्नेले अधिकार दिनपनि सक्नु पर्छ। यदि मलाई माओ कम्निष्ट बन्नु छैन भने त्यो मेरो हक हो, अधिकार हो। हिजो यहि कारणले कतिले सुराकी भनेर सजाय भोग्नु पर्‍यो, आज यहि जमातलाई राजावादी, मंडले, सामन्ति आदि नानाथरिका उपनाम दिएर मानसिक तथा शारिरिक समेतको यातना दिने कार्य भइरहेको छ।

    २)हिम्मत र आँटमा बढोत्तरी : खोइ तिम्रो कुरालाई त मैले व्यङ्गको रुपमा मात्र लिनसकेंहै यहाँ। हिम्मत र आँट भएको भए आज आफ्नै देशमा र विदेशमा यत्राविधी विस्थापित हुँदैनथिए होलान्। नाइ गर्दिन भन्ने आँट देखाकाभए सायद गाउँ छोडेर भाग्नुपर्दैन थियो होला।

    ६) आधुनिक प्रविधिको पहिचान : बम बनाकाहरु सँधै बममात्र बनाएर बस्ने? आयुधजीले माथि भन्नुभएको जस्तो मोबाइल र मोबाइल टावर सुरक्षित हुनेभन्दा बढी अरु केही पहिचान भएको संकेत भने प्राप्त भइसकेकोछैन।

    ७) शिक्षाको महत्त्व : यो कुरा त झन माओवादीहरुले कसरी बुझेकाछन् र भन्नु हौ। विद्यालयका विद्यालयहरुबाट विद्यार्थीहरु र शिक्षकहरुलाई पार्टीको तालिम दिन लग्थे होइन र ? विद्यार्थीहरुको पढाइभन्दा आफ्नो प्रोपागान्डाहरु प्यारो थियो त हिजोसम्म। फेरी प्राइवेट स्कूलहरुलाई पनि थर्काको थर्काइ गरेर घरि बन्द गराउने घरि स्कूल बस जलाउने काम गर्थे। अहिले आएर शिक्षाको महत्त्व देख्दैछन् भने खोइ।

    ८) नाताबाद कृपाबाद पातलिएका : माओवादी पार्टीको उच्च तहमा एउटै परिवारबाट कतिजना छन् ?

    ९) जातीय पहिचानको तिर्षणा बढेको : जातिय राजनिती राम्रो कि राष्ट्रिय एकिकृत राजनिती राम्रो ? राजनितीको नाममा भोलि जातीय युद्ध उकास्ने कि सबैबीच एउटा राष्ट्रियताको भावना निर्माण गर्ने?

    १०) अनुशासनप्रतिको समर्पण : हतियार – हतियार – हतियार । थर्केर कोही अनुशासित देखिन्छन् भने त्यसलाई के भन्ने। यही बाटो अपनाएर सबैलाई अनुशासित बनाउने हो भने त नेपालमा भोलिदेखि सैन्य तालीम अनिवार्य गरे भइहाल्यो नि।

    माओवादीले आफ्नो सकारात्मक रुप जनतासामू ल्याउनको निम्ति पहिले आफू एउटा राजनितिक पार्टी भएको कुरा स्थापना गराउनसक्नु पर्‍यो। अहिले बाटो खुलिरहेको बेलामा यसको सक्दो सदुपयोग गर्न हिच्किचाउनु भएन। सँधै षडयन्त्रमात्र देखेर आलटाल गर्ने प्रवृति त्याग्न कति गार्‍हो परेको हो, त्यो नै बुझ्न सकिएन। सधैं विरोधमात्र गरेर नेपालीहरुलाई विरोधको राजनितीमा पोख्त बनाउन खोज्यो भने, भोलि त्यहि विरोध आफूतिरपनि मोडिनसक्छ भन्ने कुरा को माओवादीले हेक्का राख्ने समय आइसकेको छ अहिले

  21. Dear Umesh ji,

    I very much agree with kumudh.

    Maoist have given lots of knowledges in many field like extortion, killing if some body do not agree to you, loot the reach ones to become rich. This is the shortest way, isn’t it. Now, even the street kids have started extortioning money from small shops and start thretning them like they will burn the shop with the shopkeeper. This short of knowledge is just gret education to every one. Now even small child can announce for closure of everything with handfull of stone in his hand and the policemen just watch the show as the audience with the smile in their face. This what the mejor knowledge, education given by great great Maoist. This short of ideas will uplift our country above USA. What do you think friends, comment?

    Dhanebad/Nepali

  22. कामरेड दर्शन शर्माजी,

    यो कम्युनिष्ट शब्दाडम्बरले भरिएको गन्थनले मेरो जिज्ञासा पूरा गरेन । सबैले बुझ्ने भाषामा निम्न प्रश्नको सभ्य भाषामा जवाफ दिए जाति हुन्थ्यो ।

    १। के तपाईँले बोकेको दर्शन र भावी माओवादी सत्ताको मुलुकमा विश्ववमान्य मानव अधिकार र स्वतन्त्रताका अधिकारहरु सुरक्षित हुनेछन अथवा त्यहाँ पनि माओकालीन साँस्कृतिक क्रान्तिको मापन प्रणालीले मानव जीवनको मूल्य निर्धारण हुनेछ ? के त्यहाँ दल,व्यक्ति र समूहहरु स्वतन्त्र र निर्भयताका साथ माओवादीको विरोध गर्दै कार्यरत रहन पाउनेछन ? तर अहिले सम्मको तपाईँहरुको व्यवहारले यसमा सकारात्मकताको छनक त दिन्न नि ? के सत्तामा पुगेपछि मात्र जिम्मेवार बन्ने नीति हो ?
    २। के जनवादी आँखाले देख्ने संसार बाहेक बाँकि सबै झूठ र भत्काउन र फाल्न लायक मात्रै हो त ? के राजनीति बुझ्न ‘मालेमावादी कार्यदिशा’ नै बुझ्नु पर्छ । हैन अहिलेको संसारमा यस्तो कार्यदिशा बोकेर चलेका मुलुक कति छन ? के छैनन भने ती सबै माओवादी रुपान्तरणको संहारमा नै छन त ?
    ३। के तपाईँको पार्टि शासित भोलिको नेपालमा , सत्तासंग असहमत भएर विद्रोहको अधिकार जनतालाई हुने छ ? के यस्तो विद्रोह भएमा सत्ताले दमन नगर्ने ग्यारेण्टी प्राप्त होला ?
    ४। नेपाललाई जातीय संघमा विभाजन गरी पुनर्संरचित गर्ने नारा त दिनुभएकै छ । किन त यसको खाका अहिले सम्म प्रचारमा प्रस्तुत नगरेको ? कि यो जातिहरुलाई उचाल्ने नारा मात्र हो ? के तपाईँहरु ती जातीय संघहरुलाई आत्मनिर्णयको समेत अधिकार दिएर स्वतन्त्र देश बन्न पाउने अधिकार साँच्चै दिनुहुन्छ त ? अनि जातिका प्रदेशहरुमा बहुमतहरुको शासन नै ग्यारेण्टी गरिदिनुहुन्छ त ?

    यो र यस्ते थुप्रै जिज्ञासाहरु माओवादीका बारेमा मनमा खेलेका छन र तपाईँ माओवादीको राजधानी मानिएको थवाङबाट नै प्रकट हुनुभएको हुनाले आधिकारिक व्यक्ति नै हुनुहोला भनि जिज्ञसा राखेको हुँ । कृपया बुर्जुवा प्रस्न भनि नतर्किनुहोला वा नरिसाउनु होला । म अहिलेसम्मका माओवादी व्यवहार र कृयाकलापको प्रसंसक त हैन बरु आलोचक नै हूँ तर म धेरै बुझक्कड माओवादी विचारकहरुको कुरा बुझेर त्यो दर्सनको रस लिन सकेँ भने त ‘मालेमावादी कार्यदिशा’ बुझेको बुझकी हुनसक्छु कि भन्ने लागेको छ । अत; बुझाउने प्रयास गर्नुहोला , नरिसाइकन ।

  23. ब्लगप्रेमी साथी,
    १। सबै असहमतहरु अरुको पैसा खाएर बाँच्छन भन्ने खुरापाती मगजले समयमा उपचारको खोजी गरको राम्रो हुन्छ ।
    २। दर्शन स्वयंले नराम्रो कुराको पक्षपोष गरेको देखिँदैन, तर इतिहासमा खलपात्र बन्न पुगेका हिटलरदेखि स्टालिन सम्म लाई हेरे हुन्छ वा पढे हुन्छ तिनीहरुको विचार दोषी थिएन तर तिनको असीम महत्वाकांक्षी राजनैतिक क्रियान्वयनहरुले निर्माण गरेका र नरसंहार योजनाका शिकार बनेका करोडौँ मानवहरुको बलिदान के तिनिहरुले निर्माण गर्न खोजेको समाजका लागि आवश्यक वा जरुरी थियो ?
    ३। नेपाली इतिहासमा नरसंहार फलानो सत्ताले गरेको छ भनेर आरोप लगाउनेहरुले बुझ्नु पर्ने कुरा के हो भने अतितका शासन पद्दतिहरु र वर्तमानको सभ्य संसारमा सोच्ने , कार्य गर्ने वा शासन गर्ने सोचमा आमूलको परिवर्तन भैसकेको छ । त्यसैले मुलुकमा हुने राजनैतिक चेतना , परिवर्तनहरु र सामाजिक र आर्थिक रुपान्तरणले सभ्य संसारको set norms and standard हरुको अनुरुप हुन सकोस । हामीले वर्तमानमा ल्याउन खोजेको परिवर्तनले कसैलाई उसको विचारमा स्वतन्त्र वाँच्न पाउने अधिकारबाट वञ्चित गर्न सक्दैन भन्ने कुराको ग्यारेण्टी गर्नु पर्छ र यो पहिलो शर्त हुनुपर्छ । तर तथाकथित माओवादी क्रान्तिको अभ्यासले मानव अधिकार को यो मूल अवधारणाको जरो उखेलेको छ । साथै माओवादीका अहिले सम्मका अत्याचारहरु र उसले बोकेको सैद्दान्तिक सोच नै असहमतहरुको समाप्तिको घोषित हिंसात्मक अवधारणामा टिकेको वा आधारित भएको हुनाले यसको विरोध गरिएको हो । किनभने मान्छेको जीवन र जीउने अधिकारको विरुद्द उभिने दर्शन भोलिका लागि जतिसुकै भूस्वर्गको कल्पनामा परिकल्पित होवोस , त्यो खोटो र जाल र भर्मको खेति हो ।
    ४। नेपाललाई र नेपाली जीवनलाई सामाजिक र आर्थिक रुपान्तरणको खाँचो त अत्यन्त ठूलो छ तर माओवादी आतंक यो भावनालाई खेलाउने सम्ममा सीमित छ र उसले दावा गरे जस्तो सामाजिक परिवर्तनको खाका उसले विगत १२ वर्षमा आफ्ना कुनै कथित आधार इलाकामा पनि देखाएको छैन । माओवादी कथित क्रान्तिका कारण नेपालमा भ्रष्टाचार र लूट घटेको छ ? अपराध र व्याभिचार घटेको छ ? छैन बरु जे पनि गर तर माओवादीलाई समयमा नजरान टक्र्याउ र बाँच भन्ने संस्कृतिको प्रचार भएको छ ।
    ५। मिडियाको विकास र नेपाली जनतामा चेतनाको स्तर त ४६ पछिको प्रजातन्त्रको योगदान हो । थुप्रै नराम्रा कुरा भए प्रजातन्त्रमा भन्ने प्रचार पनि प्रजातन्त्रले नै स्वयं गराएको हो । प्रजातन्त्र वा लोकतन्त्र भन्नुस यसले आँफूभीत्र यो असहज पन लाई अबलम्बन गर्न सक्छ ।
    ६। हामीले खोजेको परिवर्तनले मानवीय मूल्यको जगेर्ना गर्नु पर्छ अनि मान्छे ले निर्भयता साथ बाँच्न पाउनु पर्छ त्यो नै पहिलो शर्त हो । मान्छे बाँच्न नपाउने कुनै तन्त्रले दिने कुनै कुराको अर्थ छैन र हुनु पनि हुन्न ।
    ७। अरुलाई पेलेर , मारेर , जुलुम गरेर , देशलाई ध्वस्त पारेर लुट्ने र म बाहेक अरु जनता हैनन भन्ने सबैको इतिहासले पतन बाहेक केही देखेको छैन, त्यत्ति हो समय लाग्छ । आलोचना दर्शनको हैन व्यवहारको गरिएको हो । हो दरशन पनि जो अरुलाई सहन्न र गलत भन्दै दुत्कार्छ , त्यो अमानुष हो र जंगली हो ॥
    अस्तु

  24. र्सवप्रथम त zz जी लाई धन्यवाद
    यहाँले zz राख्नुको साटो वास्तविक नाम नै राखेको भए राम्रो हुने थियो । माओवादी जनयुद्धकबारे कलम चलाउन अब उपनाम नै लेख्नर्ुपर्छ भन्ने छैन । तपाईलगायत यो ब्लगका आम पाठकहरु र सञ्चालक उमेशजीमा धन्यवाद ।
    ब्लगको विशेषता नै यो होकि कुनै पनि पक्षको सेन्सर र डरविना नै सामाग्रीहरु प्रकाशन गरिन्छ । यसमा विभिन्न पक्षका खरावी पक्ष र विसंगतिहरुलाई प्रहार गरिन्छ । यसले नयाँ कुरामा बहस चलाउँदै आएको छ । हामी टाढैबाट भए पनि यो ब्लगसँग साक्षात्कार गर्दै आइरहेका छौं । मैले शश को लेख बुँदागतरुपमा पढे, विषय उठान राम्रो लाग्यो । प्रयास राम्रो छ । नेपाली जनयुद्धलाई त्यसले मात्र पढ्नसक्छ, जसले जीवन र जगतलाई बुझ्ने वैज्ञानिक विचार अंगालेेको छ । त्यो विचार अंगाल्न माओवादी नै हुनुपर्दैन तर सहीलाई सही हो भन्ने आँट भने बोक्नर्ैपर्छ । हामी राजनीतिक दलगतपर्ूवाग्रह र अन्य संकर्ीण्ाताबाट माथि उठेर विश्लेषण गर्ने हो भने तपाइले भने जस्तै माओवादी जनयुद्धका धेरै उपलव्धीहरु पाउन सक्छौं । तर ती उपलव्धी मापण गर्ने इकाई के – माओवादी कांग्रेस, एमाले जस्तै वर्ुर्जुवा पार्टर्ीीोइन । एउटा क्रान्तिकारी पार्टर्ीीई क्रान्तिकारी बनाउन कति सकेको छ – क्रान्तिकारी पार्टर्ीी हुने गुणहरु के के हुन् र माओवादीमा के कति छन् – त्यो नै उनीहरुको मापनको इकाइ हो । तपाईले लेख लेख्दैछु पनि भन्नुभएको छ । त्यसका लागि सान्दर्भिक हुने मैले एउटा सामाग्री पठाइदिएको छु, स्वीकार्नुहोला ।
    -नयाँ ढंगको क्रान्तिकारी लडाकु पार्टर्ीीनर्माण कुनै मिठो आर्दश वा दिमागी कसरतले मात्रै पूग्दैन् -जसका लागी ,
    १. मालेमावादी सहि दृष्टिकोण
    २. क्रान्तिकारी राजनैतिक कार्यदिशा
    ३. वर्ग संर्घष्ाको सहि संचालन र परिचालन
    ४. स्पष्ट र सहि अन्तर संर्घष्ा एवं दुइलाइन सर्घष्ा हुनर्ुपर्छ ।
    -मालेमावाद र प्रचण्डपथिय पार्टर्ीीवयं नयाँ ढंगको पार्टर्ीीो ।
    -नयाँ ढंगको पार्टर्ीीे अर्थ क्रान्तिको नेतृत्व गर्न लाएक पार्टर्ीीात्र होइन,
    -भावी प्रतिक्रान्ति रोक्ने वा निरन्तर क्रान्तिको दिशामा अघि वढाउने सक्षम पार्टर्ीीन्ने वुझ्नु पर्छ ।
    -अ. रा.क.आ.को फूट र संशोधनवादी कार्यदीशावाट प्रभावीत कम्यूनिष्ट आन्दोलन भित्र होक्जावादी प्रवृति र ख्रुइचेमवादी -आधुनीक शंसोधनवादी) प्रवृती हावी थियो ।
    -यो सँग सवन्ध विच्छेद गरी
    -मालेमावादको सैद्धान्तीक आलोकमा दृघकालीन जनयुद्धको राजनैतिक कार्यदीशा निर्माण ।
    -गुुटवाद र फुटवादको अस्तीत्व मेटाउदै जनयुद्धको नेतृत्व गर्न लायक लाखौं जनसमुदायको र्समर्थन प्राप्त पार्टर्ीीनर्माण ।
    संगठनमा मार्क्सवादले गरेको विकास
    -मार्क्सवादको संगठनात्मक विकास कम्यूनिष्ट घोषणामत्र नै हो ।
    -कम्यूनिष्ट घोषणापत्र पछाडी मार्क्सवादी विचारधाराको संगठीत रुपमा अन्तर्रर्ााट्रय रुपधारणा गर्यो ।
    -कम्यूनिष्ट अन्तर्रर्ााट्रय स्थापना
    -घोषणापत्र अनुसार
    र्-वर्ग, संर्घष्ा, सशस्त्र संर्घष्ा र र्सवहारा अधिनायकत्व शंस्लेषण र्
    र्सवहारा वर्गको अधिनायक्त्व प्रश्न प्रधान
    राज्य विलोपीकरण सम्वन्धी अवधारण
    तीन संगठन अंगको विकास
    राज्य, सेना, जनसंगठन पार्टर्ीीे हातमा हुनु पर्ने
    जनसमुदायको भूमिका र महत्वमा जोड ।
    लेनिनवादले गरेको विकास
    जनवादी केन्द्रीयताको विकास, संगठनात्मक सिद्धान्तको रुपमा र्
    र्सवहारा अधिनायकत्वमा थप विकास र सफल प्रयोग ।
    एउटा मात्रै देशमा पनी समाजवाद संभव हुने सिद्धान्तको व्यवहारीक पूष्टि
    पार्टर्ीींगठन सम्वन्धमा व्यापक र शसक्त विकास ।
    वोल्सेविक पार्टर्ीीे ढाँचामा नयाँ विकास ।
    कम्यूनीष्ट अन्तर्रर्ााट्रयमा थप विकास र निर्माण ।
    संगठन संचालनमा व्यापक शसक्तता
    माओवादले गरेको विकास
    जनयुद्धको सिद्धान्त र नयाँ जनवादीको विकास
    संगठीत क्रान्तिकारी जनसमुदायको भूमिका र आवश्यकतामा थप विकस ।
    जनवाद केन्द्रीयताको थप स्पष्टता
    अनुशासनका तीन नियम र ध्यान दिनु पर्ने कुराको निर्माण ।
    संगठनको स्वरुप सेना र संर्घष्ा स्वरुप यूद्ध भन्ने धारणा ।
    जनदीशामा नयाँ उचाई ।
    एकमा तीन -तजचभभ ष्ल यलभ) को सिद्धान्त आवश्कता, महत्ववारे स्पष्टता ।
    अन्तर संर्घष्ा दर्ुइलाइन संर्घष्ाको विचवाट ।
    म.स.सो.क्रा.-निरन्तर क्रान्ति, सम्वन्धी ठुलो देन्)
    अन्तर्रर्ााट्रय विचारधारात्मक आन्दोलनको कार्यदीसा तय ।
    प्रचण्डपथले गरेेको विकास
    २१ आंै शताव्दीमा जनवादको विकास -प्रतीक्रान्ति रोक्ने उदेश्यका साथ राजनीतिक कार्यदीशाको रुपमा विकास )
    साम्राज्यवाद र विश्व कम्यूनिष्ट आन्दोलनको ठोस विश्लेष्ण ।
    विश्क्रान्तिको कार्यदिशा निर्माण तर्फमहान कदम ।
    साम्राज्यवाद र संशोधनवाद संग विजय प्राप्त गर्न नयाँ ढंगको जननियन्त्र, सत्ता, विपरीतहरुको एकत्व, घनिष्ट जनसम्वन्ध, जीवित दुइलाइन संर्घष्ा पिरामिड सैलीमा नेतृत्व कार्यकर्ताको पंक्तीवद्धता ।
    अग्रगामी व्रि्रोहका लागी समेत उत्कृष्ट जनवाद भएको पार्टर्ीीुनु पर्ने ।
    रिमको लागी महत्वपर्ूण्ा योगदान ।
    कम्यूनिष्ट आन्दोलनका सकारात्मक -नकारात्मक शिक्षाको समिक्षा सहित क्रान्तिकारीहरुको एकता र ध्रुवीकरण ।
    कार्यपद्धतीवारे
    १. समितिको सचिव असल टोली नेता वन्नु पर्छ र नेतृत्व दिन सक्ने हुनर्ुपर्छ ।
    २. सहि कार्यपद्धती पत्ता लगाउने र सदस्यहरु संग छलफल गर्ने ।
    ३. अध्ययन जाँचवुझ गर्नु, वैठक उचित ढंगले संचालन गर्नु ।
    ४. समस्याहरुलाई छलफल गर्नु, आपसी सम्वन्धमा सहिष्णु समझदार वन्नु ।
    ५. जानकारीको आधानप्रधान गर्नु -कार्य एकरुपताको लागी यसको आवश्यकता पछि ।
    ६. आफु अस्मपष्ट भएका कुराहरु आफु माताहतका साथिहरु संग सोध्नु तर हत प्रतिक्रिया प्रकट नगर्नु ।
    ७. समग्र वन्नु
    ८. आंकडाहरुको विवरण र हेक्का राख्नुर्-वर्ग, आर्थिक, जनसंख्या, स्तर चुम्न दुरुस्त ।
    ९. मतभेदहरु संग एकता गर्ने र मिलेर काम गर्ने ।
    १०.अहंकारवाट जोगीनु ।
    ११. पार्टर्ीीेताका नाउमा गाउँ ठाउँ कारखाना आदी नराख्ने ।
    १२. सादा जीवन कठोर परिश्रममा ध्यान दीने ।
    १३. दर्ुइ विभाजनको रेखा कोर्दै -क्रान्ति, पतिक्रान्ति, सहि र गलत ।
    १४. सरल र छोटो प्रशासन -लेख, प्रस्ताव, संक्षिप्त, वुँदागत वैठक छोटो ।
    १५. पार्टर्ीीभत्र गुट र वफादार -………..) हर्ुकन नदीनु ।
    १६. मालेमावाद र प्रचण्डपथको रक्षा, विकास र प्रयोगमा दृढता पर्ूवक लाग्नु ।
    १७. केन्द्रीकृत पार्टर्ीीनुशासनको पालन क्रान्तिकारी धारका पक्षमा उभिनु ।
    १८. पार्टर्ीर्ैैोपनीयताको रक्षा, ठोस परिस्थितिको ठोस विश्लेषण, उचित कार्यसम्पादन् ।
    कार्यकर्ता सम्वन्धी हाम्रो निती र धारणा ः
    -कुनै पनी पार्टर्ीीे राजनैतीक कार्यदीशा निर्धारीत भए पछि क्रान्तिका निर्ण्ाायक तत्व कार्यकर्ता हुन् ।
    -विश्वमा विद्यमान पूँजी मध्ये कार्यकर्ता पनि एक हुन् ।
    -कार्यकर्ताहरु पार्टर्ीीे मेरुदण्ड हरन् ।
    -पार्टर्ीीार्यकर्ताको वलियो दस्ता नभइकन लक्ष्यमा पूग्न सक्दैन् र विजय हासील गर्न सक्दैन् ।
    -कार्य दिशा निर्माण भएपछि कार्यरुप दीने सवै कुराको फैसला गर्ने काम र निर्ण्ाायक भूमिका कार्यकर्ताको हुन्छ ।
    कार्यकर्ताले ध्यानदीनु पर्ने निर्देशिका
    १. कम्यूनिष्ट अन्तर्रर्ााट्रय हुनुका साथै देशभक्त हुनु पर्छ ।
    २. कम्यूनिष्टहरुले व्यवहारीकता र दुरखर्सर्ीीको आर्दश नमुना वन्नु पर्छ ।
    ३. पार्टर्ीीाई विस्तार गर्नु, दलदल र खराव तत्वको भुसपेठ रोक्नु ।
    ४. संयूक्त मोर्चा भित्र स्वतन्त्रता निरपेक्ष हुंदैन भन्ने वुझ्नु ।
    ५. प्रतिरोध यूद्धमा हरेक कुरा प्रतीरोधकै आवश्यकतामा हुन्छ भन्ने वुझ्नु ।
    ६. सम्पर्ूण्ा स्थितिलार्इं ध्यानमा राख्न सक्नु
    ७. अंशको आवश्यकता सम्पर्ूण्ाको अधिनमा राख्नु,
    ८) वहुसंख्यक जनतालई ध्यानमा राखेर सोचन सीपालू हुनु
    ९) निम्न मतसंग सहकार्य गर्नु ।
    १०) पार्टर्ीी गैरपार्टर्ीीार्यकर्ता माथि ध्यान दिनु
    ११) पार्टर्ीीाहिर पनि थुप्रै सक्षम मान्छे छन् भन्ने वुझ्नु र वेवास्ता नगर्नु ।
    १२) योग्यताको आधारमा कार्यकर्ता नियुक्ती गर्नु -दृढ, अनुशासित, घनिष्ट जनसम्वन्ध भएको, स्वतन्त्र रुपले काम गर्ने क्षमता, निस्वार्थी र परिश्रमी हुनु
    १३) मातहतका कार्यकर्ताको रेख देख, मार्गदर्शन, स्तर उकास्नु, काम र प्रगतिको जाँच वुझ गर्नु, गल्ती गर्नेलाई सम्झाई वुझाई गर्नु , कठिनाई हटाउन मद्दत गर्नुु
    १४) नेतृत्वपर्ूण्ा पहल कदमि लिनु
    १५) पार्टर्ीीनुशासनको पालना जनवादी केन्द्रीयताको पालना र प्रयोग गर्नु । र्
    दर्शन शर्मा
    थवाङ, रोल्पा

  25. -oh ZZ, you again !!
    Good, Very good!

    Now, you must be writhing- another side of the coin, aren’t you???

    Keep it up —

  26. जान्ने बुझ्ने दिग्गजहरु भन्छन कुनै दर्शन या सिद्धान्त आफैमा पुर्णरुमा विनासकारी वा समाज र समुदायको लागी हानीकारक हुदैन ।यसका सञ्चालनका प्रकिया र साधनमा यसको निर्भरता उच्चतम रुपमा अडेको हुन्छ ।त्यसो त संसार लाइ आफ्नो स्वार्थपुर्ण मुठ्ठीमा कस्दै यसमा निर्भर लाखौ भोका नांगाहरुको विभिन्नखाले शोषणमा रमाउदै बाच्नेहरुले कम्युनिष्ट दर्शनलाइ खोटो र खुनी देख्लान अनि अतिबादी र ब्यक्तिवादी सोचबाट उत्प्रेरीत छदम् क्रान्तीकारीहरुले पुजीवादी वा अरु यस्तै दर्शनलाइ खोटो देख्लान्।कुनै पनि दर्शन र सिद्धान्तको एकलौटी विरोध कसैले गर्छ भने कि त उ कसैको आर्थीक वा गैर आर्थीक लाभ बाट प्रेरीत छ कि त उसमा सामाजीक, राजनैतिक एवं मानवीय चेतनाको खडेरी परेको छ र हामीले जानीराख्दा राम्रै होला यही वकम्फुसे विश्लेषण र अर्धबुझाइमै आफुलाइ सामाजीक रुपान्तरणको ठुलो हिस्सा ठान्नेहरुले नै यो देशको अवस्था अर्धमृत बनाएका हुन।जो जँहा छ र जुन दर्शन या त सिद्धान्तको पक्षमा वकालत गर्छ यो महत्वपुर्ण विषय होइन बरु उसले आफुलाइ समाज र समुदाय संग कसरी जोडेर हेर्छ अनि अन्य समानान्तर दर्शन र सिद्धान्त प्रति कस्तो दृष्टिकोण राख्छ त्यो महत्वपुर्ण कुरा हो ।खोक्रा आडम्बरी कुरा र सिंगो दर्शनको विरोधमा लाग्ने हो भने एक दुइ दिन महिना वर्ष होइन सिंगो जीवनको खाचो पर्छ मुख्य कुरो के हो भने संसारलाइ बदल्न आफैलाइ बदल्नु पर्छ, कथीत आदर्शका थोत्रा बोराभित्र लुकेर समाजमा अहंकार र द्धेष फैलाउने काम गरीनु कसैको सुनियोजीत षड्यन्त्र हो र त्यो एकदिन कुहीएका बोराहरुझै च्यातिनेछन् यो दुनियालाइ चेतना भया !
    अविरलयात्री राजुविक्रम
    त्रिशुली नुवाकोट
    हाल अलखोवर साउदीअरेवीया

  27. malai pani yesto khalko news sunera achamma lagcha, jati hinsha maowadi ko period ma vaye sayeed tyo rana kaal ko vanda pani badi cha… vanna lai sajilo ramro ko laagi gareko… but why hinsha .. afnai daju vai ra janata lai marera k ramro huna sakla ta .. yes ko uttar chahi kasle dine ni… maowadi ko sikar banna pugeka kati nepali daju vai haru chan .. uniharu ko pida chahi k USA/UN/India le matra herera basne ki aafu harule pani herne ??

    Yo sankram kaal ma yesto huncha vanchan sabai, yesle pachi ramro nai garaucha vanne guarantee chaina – naramro ma Afganistha/Iraq jasto pani huna sakcha. Sabai Nepalese haru le sochne bela aayeko cha .. aba k garne ……….

  28. विकराल कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भन्ने एउटा उखान याद आयो । त्यसै गरी घर पोले पछि खरानीको दुख हँदैन भनिन्छ, खरानीको थुप्रो चाहिएको छ भनेर घर नै पोल्न हुन्छ कि हुन्न भन्ने कुराको निर्णय गर्न विवेकको नै जरुरत पर्दैन । त्यसरी हेर्ने हो भने घरको चारैतिर दिशा-पिशाव गरेर पनि खुशी हुन सकिन्छ किनभने त्यो अर्गानिक मलको रुपमा घर वरिपरिका वनस्पतिहरुका लागि काम लाग्दो बन्न सक्छ । भलै सभ्य सोचले त्यसो गर्नु अनुचित भन्छ।

    कम्युनिष्ट विचार एउटा ईर्ष्याको विचार हो । हुनेखानेहरु सबै अत्याचारी नै हुन भन्ने खोटो सोचमा मान्छे बहकाउँदै तिनिहरुको नखोसेसम्म हामी धनी हुन सकिन्न भन्ने मनोवादी गढन्ते सोचमा मान्छेहरुलाई आक्रोशित पार्न सक्नुमा कम्युनिष्ट आक्रोश र क्रान्ति निहित हुन्छ। नेपाल जस्तो बहुसंख्यक गरीवहरुको वसोवास भएको मुलुकमा मान्छेहरुलाई हुनेखानेहरुको शौखिन जीवनको हवाला दिँदै भडकाउन सजिलो छ । अझ हतियार थमाएर मन नपरेकोलाई तथनाम हान्ने मार्ने गर्न पाइने भएपछि त बदमासी नै लत परेकाहरुका लगि यो भन्दा राम्रो फोरम नै के भयो र ?
    कम्युनिष्ट विछारको राम्रो पक्ष के हो भने यसले समाजको तल्लोतप्कालाई संगठित हुन मद्दत गर्छ । तर यो संगठित बल केवल संघर्ष गर्न सम्मका लागि रहोस र त्यस पछि सम्पूर्ण संघर्षको उर्जा केवल कम्निष्ट पार्टि उसका नेताहरुको जयजयाकार गर्दै नेताहरुको बल बनेर रहोस भन्ने अपेक्षा गर्छ । त्यसैले त ती मुलुकमा देसवासीको समग्र जीवनस्तर माथि उठ्दैन किनभने जीवनस्तर माथि उठ्यो र जनता जान्ने बुझ्ने भयो भने उ स्वतन्त्रताको गूणगान गर्ने पूँजीवादी लोकतन्त्र तर्फ लाग्न सक्छ ।

    विकास निर्माणमा माओवादीले जागरुकता ल्याएका छन भन्ने कुरा भने कस्लाई खुशी पार्न लेख्नु भयो बुझ्न सकिएन । यत्ति हो कि माओवादी शहरमा खुलम खुल्ला भएपछि मोबाइल फोनका पारखी भने देखिएका छन । यसले गर्दा के आशा पलाएको छ भने अब जंगलमा नै फिर्ता गएपनि मोबाइलको टावर ढाल्दैनकि !, तर त्यस्को पनि भर छैन ।
    तर अर्को कुरा अहिले नेपालमा सबैभन्दा धन कमाउने संस्था भने माओवादी नै छन किनभने जुन शैलिमा यिनीहरुले पैसा उठाउने धन्दा चलाएका छन त्यो हेर्दा लाग्छ यिनीहरु सरकार भन्दा धेरै गूणा धनी भइसकेको हुनुपर्छ ।
    हिसाब गर्नुस , कुनै पनि नेपाली जनताले अहिले माओवादीलाई उनीहरुले अन्धाधुन्द माग गरेको चन्दा ( यो शब्दले अर्थवहन गर्दैन है )नदिइकन निर्भय वाँच्न पाउँदैन, जबकि सरकारलाई कर समयमा बुझाउनु पर्छ वा बुझाउन पर्छ नै भन्ने कुनै करकाप पनि बाँकि छैन। अहिले माओवादी अल्लारेहरुको यस्तो राज छाएको छ कि उनीहरुले पैसा उठाउन मिल्ने खोला, नदी , बालुवा , सडक, घर, कल कारखाना, स्कुल , बैँक संस्था , होटल, गाडि ट्रक वा जे केही होस ती कुराहरुबाट सरकारले लिन मिल्ने भन्दा सयौँ गूणा सम्म असूल गरेको देखीन्छ । यो रकम कहाँ थुपारिएको छ र के भइरहेछ देशको यत्रो सम्पत्ति माथि कसैले जवाफ दिन पर्ने आवश्यकता नै छैन ।
    नेपाली सामजिक ढाँचा अब कहिलै उपचार नहुने गरि अपाहिज बनेको छ , एउटा कमिला कुल्चँदा हरे शिव बनेर पस्चाताप गर्ने नेपालीहरु र एउटा सामान्य चोरीको घटना रा्ष्ट्रिय समाचारको रुपमा सुन्ने हामी नेपालीहरु अहिलै दिनदहाडै एउटा माओवादी भिडले ५० जनाको यात्रुवाहक बसलाई एम्बुसमा उडाउँदा वा , कसैलाई लखेटी लखेटी बर्बरतापूर्वक असहाय बनाइ मार्दा गूहार सम्म दिन नसक्ने बएका छौँ । हाम्रो सोसल फेब्रिक यसरी तहसनहस बनाएको छ कि यो १२ वर्षे माओवादी हिंसाले कि यो अब फेरि उठ्न शताब्दि पर्खनु पर्ने हुन सक्छ ।
    अर्को कुरा माओवादी हिंसाको पटाक्षेप नै नभएको वर्तमान अवस्थामा माओवादी आन्दोलले देसलाई कुनै कुरा राम्रो दियो वा दिएन भन्ने कुराको आँकलनगर्नु पनि छिटो हुन सक्छ अहिले नै किनभने देश अझै कति खाडल तर्फ धकेलिँदै छ कि भन्ने कुराको निर्क्योल पनि छैन ।

  29. ओ हो ZZ जी अब चै बडो कुटनितीक ब्लग लेख्न थालेको हो कि वास्तवीकतातिर पुग्न प्रेरीत गरेको हो भेउ पाउनै गारो पर्यो फेरी एक दुइ पटक पढेर मात्र लेख्ने काम गर्न पो पर्ला जस्तो छ फेरी आउला है ………….

  30. So ****** article!!! I hate the article! Fifteen thousand people lost their lives; zz this is also SAKARATMAK CHHHAP?? go to HELL.

  31. Aba bhana ZZ, Maobadi le ghar polepachhi kharani banyo, tyo kharani bhada majhna prayog garna sakinchha. Tyo pani ramrai Bhayo haina ta.
    अब भन ZZ माओबादी को काम ले घर पोल्यो र खरानी बन्यो, त्यो खरानी बारी मा छर्न तथा भाडा माझ्न प्रयोग गरे हुन्छ ।
    तिम्रो भनाई त्यहि होइन त।

  32. नेपालि जनतालाइ सम्बिधान सभा को पुर्ण ज्ञान दिने कुरालाई मावोबवादी को देन किन नभन्ने, ग़णतन्त्र को कुरा बिर्सनु हुन्न.हाम्रा बहुदले नेताले २०४६ साल को आन्दोलनमा रास्ट्रिय गान त फेर्न सकेका थिएनन .मावोबादिले १० बर्ष पहिले उठाको कुरा आज आएर बोल्नु पर्दा आफु महान ठान्ने गरेकेको देक्खेकेको छु मैले बहुदले नेता गिरिजा, माकुने, सेरे,आदिलाइ. १० बर्ष अघि मावोवादिले भनेको कुरा पहिले नै यि मुर्खले मानेको भये (१४००० + २१ )नेपाली को ज्यान जाने त थीएन. यि पटमुर्ख नेताहरु को दुरदर्शिता येस्तै रहेकोले देश को यो हाल भाको हो .अब हामि आम जनताले यो कुरा बुझेर तुरन्त यिनि हरुको उपचार गर्नु पर्यो.

Comments are closed.