-अनामिका-
[‘मेरो संसार’का नयाँ पाहुना र महिला ब्लगर अनामिकाले हिजोको ब्लगपछि देखिएका प्रतिक्रियाहरुबाट आफू नारीवादी ब्लगरमात्र नभएको स्पष्टिकरण दिँदै आज पुनः यो ब्लग पठाउनुभएको हो]
अँ, अब धेरै मान्छेले नजिकैबाट प्रचण्डले तेल लाएको वा ‘जेल’ लाएको भनेर हेर्न सक्छन्। अब उनी राजा ज्ञानेन्द्र वा अरू नै कोही हुन् वा छँदै छैनन् भन्ने कुरा रहेन (प्रचण्ड बाहिर नआउन्जेल यस्ता हल्ला पनि चलेका थिए) प्रायजसो सबै माओवादी नेता बाहिर आइसकेका छन्। तिनीहरूलाई चिन्न अब कुनै गार्हो छैन। शान्तिवार्ता कहाँ पुगेको छ भन्ने थाहा नभए पनि हामीलाई भनिएको छ कि शान्तिवार्ता भइरहेको छ। सरकारले माओवादीको हतियारको व्यवस्थापनलाई वार्ता कुनै निष्कर्षमा नपुग्नुको निहुँ बनाएको छ। वार्ता अझै सफल नहुने संभावना छ (यसो भयो भने माओवादी पनि उत्तिकै जिम्मेवार हुने छन्), र यिनै नेताहरूले नै कुनै बेला माओवादी नेताको टाउकोको मूल्य तोकेको तीतो इतिहासलाई माओवादीले बिर्सेका छैनन्।
अहिले यो सङ्क्रमणकालीन अवस्था भएकोले हरेक कदममा सतर्क र संवेदनशील हुने बेलामा सरकारले बिना सूचना ट्रकका ट्रक सैन्य सामग्री भित्र्याउँदा माओवादीले गरेका प्रदर्शनलाई असामान्य भन्न सकिँदैन। सरकारले कुनै त्यस्तो भरपर्दो रवैया देखाएको छैन कि तिनीहरू आश्वस्त हुन सकुन्। तिनीहरू वार्ता असफल भए आफ्ना सबै नेताहरू पक्राउ पर्ने वा मारिने कुराले निकै चिन्तित छन् र यो चिन्ता निश्चय नै सरकारको द्वैध चरित्रको उपज हो।
सरकारका गृहमन्त्री कृष्णप्रसाद सिटौलाले त्यो ट्रकमा के थियो भन्ने कुराको चित्तबुझ्दो जवाफ नदिएकाले अझै पनि माओवादीहरू ढुक्क हुन सकेका छैनन्।
निश्चय नै शान्तिवार्ता सफल पार्न माओवादीले पनि केही कुराको त्याग गर्ने साहस गर्नु पर्छ, तर विद्रोही भनिएको त्यो समूहमा भन्दा उन्नाइस दिनको आन्दोलनबाट बनेको सरकारमाथि जनताको आशा बढी छ। अहिले बनेको सरकार अन्य बेलाको झैँ सामान्य अवस्थामा छैन। यसले गर्नै पर्ने केही काम छन् जसमा पनि प्रमुख रूपमा संविधानसभाको निर्वाचन पर्दछ। त्यसका लागि विद्रोही समूहलाई मूलधारमा ल्याउनु सरकारको क्षमताको सवाल हो। यदि सरकार जनताप्रति साँच्चिकै जिम्मेवार छ भने उसले विद्रोही समूहभन्दा दुई कदम माथि उठेर उदारता देखाउनु पर्छ। जनताले त्यो उदारताका लागि सरकारलाई अनुमति प्रदान गर्नेछन्।
गिरिजाबाबुले माओवादीले बेपत्ता पारेकाको नामावली सार्वजनिक नगरून्जेल नेपाल सरकारले पनि त्यस्तो नामावली सार्वजनिक नगर्ने जस्तो घुर्क्याइँको लागि भने जनताले अनुमति दिने छैनन्। प्रधानमन्त्रीजस्तो मान्छेले आफ्ना आफन्त बेपत्ता भएको गुनासो गर्न गएका जनतालाई दिएको त्यस्तो गैर्ह जिम्मेवारीपुर्ण अभिव्यक्तिले उनी जनताप्रति उत्तरदायी नभएको झल्को दिन्छ।
कुरा सरकारको मात्र हैन, माओवादी, जसले आफूलाई जनताको नजिक भनेर दावी गर्छन्, तिनको पनि हो। हो, निश्चय पनि तिनीहरू सशस्त्र क्रान्ति गरिरहेका छन् जुन कुरालाई उनीहरूले स्वीकारेका पनि छन् तर अहिले तिनीहरू सरकारसँग वार्ता गरिरहेका छन्। र, युद्धविरामको सहमति पत्रमा हस्ताक्षर गरेका छन्। तिनीहरू एउटा सानो समूहमा छैनन्, यो कुरालाई बुझेर छिटपुटका घटनालाई नजर अन्दाज गरिए पनि, दिनहुँजसोका अपहरण, हत्या र चन्दाका कुरा अब नजर अन्दाजको सीमामा छैन। अध्यक्ष प्रचण्डको शालिनता अन्तवार्तामा भन्दा पनि व्यवहारमा भएको हेर्न जनता रूचाउँछन्।
अहिले सरकारले ढिलाइ गरेको निहुँ बनाएर माओवादीले तेस्रो जन-आन्दोलनको कुरा गरिरहेका छन्। हो, जनता पनि निश्चित रूपमा वाक्क भएका छन्, निरास भएका छन् र तिनीहरू पनि तेस्रो जन आन्दोलन नै चाहन्छन् तर बुझ्नु पर्ने कुरा यहाँ के छ भने तिनीहरू दुबै समूहदेखि निरास छन्। सरकार, जो अहिले जनताप्रति उत्तरदायी हुनुको सट्टा प्रतिगामी तत्वसँग नै साठगाँठ गर्न व्यस्त छ। र, माओवादी, जसले जनतालाई युद्ध विरामको अनुभूति गर्न दिइरहेका छैनन्। पत्रिकामा दिनहुँ जसो आएका अपहरण, हत्या, चन्दाका समाचारले दशैंको मुखमा जनता ढुक्क छैनन्। गोली चलेको थाहा हुँदाहुँदै पनि अप्रिल क्रान्तिमा सहभागी भएका जनता यसबेला निकै निराश छन्।
जनता सबैभन्दा प्रधान कुरा हो, जनताले नै गिरिजाबाबुलाई प्रधानमन्त्री बनाएका हुन् र प्रचण्डलाई नेता मान्ने मान्छे पनि जनता नै हुन्। जनता यतिखेर तिनीहरूको किचलो हैन संविधान सभाको मिति घोषणा भएको सुन्न चाहन्छ। जनता उन्नाइस दिनको त्यो समयमा आफूले दिएको योगदानको बारेमा यसपाली सचेत छ। पहिलाको जस्तो गिरिजाबाबु ट्र्याक भन्दा बाहिर गए भने उनले दोस्रो मौका पाउने छैनन्, जुन अवसर उनले अहिले पाए यो नै अन्तिम हुने छ। अनि प्रचण्डले पनि बुझ्नु पर्ने कुरा के हो भने जनता हतियारसँग डराएको नभई उनीहरूलाई मुलधारमा आउने अवसर दिन चाहन्छ।
यदि सरकार र विद्रोही दुपैले जनतालाई नजर अन्दाज गरेर यस्तै गैर्ह जिम्मेवार पाइला चालिरहेमा अब जनताले निर्णय गर्नेछन्। र, जनताले गरेको निर्णय मान्न ती सबैले बाध्य हुनुपर्नेछ जो अहिले जनतालाई आफ्नो हरेक निर्णय मान्न बाध्य गराउँदैछन्।
I have noticed that Either we talked against or pro to Maoist. I think, it is time to think about peace. We have seen and experienced that without PEACE there is no future. Then why we are fighting pro or against Maoist. Lets’ work for foundation: PEACE.
very good article
keep it up………….,wish u all the best
aasish
swiss
I fully agree with Ayudji and Infidel. If maoist think they have all support form people then why they need weapons,is it needed to collect so called willful donation?
महिले सुटुक्क भन्नु पर्दा, यो गजब राम्रो छ अनामिका तिम्रो लेख ! होइनत उमेशजी ?
Rajan
From France
Dear Amanika Your writting is absulet very good!
Thanks!
MS Adhikari!
USA!
Although well written, this article is not clear to me to understand what Anamica thinks ahead. I would encourage her to follow this blog with answers of following questions.
1 – government and rebels are both exhibiting incompetence and irresponsible manner, why?
2 – how people can come ahead to ride over the mistakes of government and rebels?
3 – will people be united by some third group guided by different philosophy or Anamica also thinks that the people will be led by few heads counted as the NAGARIK SAMAJ KA NETA haru.
4 – are you sure the voice of JanaAndolan-3 is fueled from the maoist hardcore?
5 – what specific logics do you have to claim “सरकार, जो अहिले जनताप्रति उत्तरदायी हुनुको सट्टा प्रतिगामी तत्वसँग नै साठगाँठ गर्न व्यस्त छ।”?
6 – do you believe now the public will be ready to accept that their day-to-day life will be eased after janaandolan-3 even after having witnessed that such beliefs are untrue for two time via janaandolan-1 and janaandolan-2.
7 – echoing the voice of disbelief to acting leaders saying that all of our leaders are bad only, how would it be possible to earn public belief to leaders of janaandolan-3 or so forth?
http://www.saynasomething.wordpress.com/ ta khulena ni…. ki there is something wrong in the address??can somebody tell me
खुस,
माओवादीलाई यदि जनता आफ्नो कब्जामा छ भन्ने कन्फिडेन्स भाको भए शायद जमानामानै हतियार बिसाउँथे होलान् । सातदलले “अधुरो” छोडेको आन्दोलनलाई क्रान्तिको नाम दिएर त्यतिखेर नै काठमाडौंमा मार्च गर्थे होलान्। जनताको पुर्ण साथ पाएपछि, त्यो जाबो हतियारले के नै पो महत्त्व राख्छ। हिजो हतियारले सुसोज्जित राजसंस्थाको विरोधमा निहत्था जनता लडेका नै थिए, त्यो माओवादीको पक्षमा पनि लड्नेनै थिए होलान्।
जतिसुकै जनता जनता भनेर उफ्रेपनि कहिलेकाँही त माओवादीहरु, सरकार र नेपाली सेनाभन्दा पनि यिनै जनताहरुसँग पो त्रासित छन् कि भन्ने जस्तो देखिन्छ। कुनैपनि सम्झौता हुनका निम्ति कन्फिडेन्स को वातावरण हुनुपर्दछ। यहाँ खोइ त ? एउटाले अर्कोलाई कहिले विश्वास नगर्ने, सधैं षडयन्त्रमात्र देख्ने, कुनै चुनावै नगरिकन जनता पुरै मेरा पक्षमा छन् भन्ने जस्ता लिंडेढिप्पी गरेर निहुँ खोज्ने, यस्ता कृयाकलापहरुबाट त खोइ कहिले आउने हो शान्ति। जनता भनेको कसैको पेवा होइन भन्ने कुरा त बुझ्नुपर्यो नि। खालि जनता भन्या छन, उफ्र्याछन्। त्यत्तिमात्र हो यिनीहरुले जानेको । अनि फेरी जनता अलिकति संशकित हुन थाले भने पुष्पकमल र गिरिजाले भेटघाट गरे भइहाल्यो, जनता सामसुम्म परिहाल्छन। यस्तै हो नेपालको दिक्क लाग्दो राजनिती।
NICE ARTICAL.KEEP UP WRITING. GOOD LUCK!
Anamika,
I have few simple questions.
1.Why the hell the Govt has to be always more flexible than the Maoist?
2. Why aren’t the Maoist giving away their weapon and getting involved into peace talks?
3. Why can’t the Maoist stop all those abductions, murders and lootings if they are not the terrorist?
Welcome (sameless) new blogger
Umesh Jee ,
I have some comments to make about the way u introduced Mr/Ms Anamika (??????may be a virtual name).The sole reason behind this is that i was unable to find any related articles or logics (yesterday 17th sept)in your blog, for her being a feminist.Just having (keeping) a female name is not adequate reason for her to a be a feminist blogger.
Hijo ko anamika jee ko comment ta fagat euta nikrista and tallo istar ko gali matra theo, tyo pani byakti bishesh ko naam kitan garera. I cannot say weather her logics were right or wrong but the way she tried to express her self was filthy with dirty words. Kamse kam hamro nepali samaj le yesto aapekchya gardaina.
Now, comming to main discussion,this article cannot be considered above average from my prospective as i find her confussed with what (s)he is trying to impart . I could not understand what massege this article is trying to convey.This contain neither any current affairs nor has any thing new to deliver.Kripaya lekhna ko lagi matra na lekhau aru pathak ko pani khyal garau.
Ra umesh jee,
tapai lai pakkai pani afule yeti mehanat garera chalai ra khe to blog ko maya pani ta lagcha hola. Please try to maintain the standard of this blog cause we many people love this blog.Tara now days your blog seem to degrade by standard and out of materials . Why most of the articles are only political .There are numerous subject to write about. Media plays a major role for infotainment(information with entertainment).These are the backbone of any society N country.
Khelkud ra kalakarita(music, film, litreture and lots) jasto youth haru ko bejood intrest bhyeko subject chai kina maun bhako hola???And why only non-affirmative articles.
Kripaya bichar garnu hola ra dont take it other way. This is just a genuine request from your blog’s fan.
take care and have a nice day.
नेपालीमा त ट्रान्स्लेसन भो, अब हिन्दी, उर्दू, अरबिकमा पनि ट्रान्सलेट गरेर कतै छपाउने पो हो कि ?
Thanks Anamika to write regular.
असहमति :
१। गलत छ जसरी पनि संविधानसभाको चुनाव हुनुपर्छ भन्ने विचार किनभने त्यो भन्दा महत्वपूर्ण कुरा जनताले निर्भय भई आफ्नो अभिमत व्यक्त गर्न पाउन पर्छ भन्ने कुराको सुनिश्चित हुन जरूरी छ । बन्दूकको नोकमा अभिव्यक्त हुने जनादेश जनादेश नै हैन , नाटक मात्र हो ।
२। संविधान सभाले जनताले आफ्ना प्रतिनिधि चुनेर संविधान बनाउने कुरा मात्र गर्छ तर त्यो घटना सबै नेपाली समस्याहरुको रामवाण औषधी नै हो कि झैँ बारम्बार प्रयुक्त हुनुको कुनै माने छैन । समस्या गतिला अक्षरहरुले भरिएको संविधानले गर्दैन,त्यस्को सबै पक्षबाट गरिने व्यवहारिक अनुपालन, क्रियान्वयनले गर्ने हो ।
३। भर्खरै सम्पन्न जनआन्दोलन एउटा क्रान्ति थिएन , यो विभिन्न पक्ष वीचको अनुबन्ध नै थियो र सम्झौतामा टुङ्गिएको थियो । यसको मर्ममा हिंसात्मक लडाइँ लडिरहेका माओवादीहरु यदि उनीहरुले माग गरेको संविधानसभाको चुनाव मार्फत जनमत बुझी राजनैतिक मूलप्रवाहमा आउन चाहन्छन भने त्यो अवसर जनतालाई र माओवादीलाई प्राप्त हुनुपर्छ भन्ने मात्र थियो । तर त्यो एजेण्डामा सातदलले भाँजो हालेका छैनन भन्ने परिस्थितिमा निष्पक्ष चुनाव हुन माओवादीका हतियार बोकेका मिलिसिया र लडाकाहरु वाधक बन्न सक्छन भन्ने सातदल र अन्तर्राष्ट्रिय समूदाय समेतको चिन्ताको गतिलो र विश्वासयोग्य व्यवहारिक जवाफ माओवादीका क्रियाकलाप र दावा वीचको अभ्यासहरुले दिएका छैनन बरु खिल्लि उडाएका छन ।
४। किनभने हामी नयासत्ता र नया सरकार भएकाले समस्त करव्यवस्था , न्यायव्यवस्था देखि सम्पुर्ण अस्तित्व हामीमात्र हौँ भन्ने व्यवहारदेखि दिनहूँका अपहरण, बलजफ्ति पैसा दोहन, भर्ति प्रकृया आदि इत्यादि व्यवहारहरु कतै शान्तिको मार्ग पहिलाउन गरिइका हुन भन्ने सबै भनाइ , दम्भी कुतर्क मात्र हुन । व्यवहारत: विश्वास मान्ने कुरा केही छैन।
५। ५, ७ वर्ष अघिको चुनावमा बहुमत पार्टीका नेता रहे पनि अहिले गिरिजा जनप्रतिनिधि हैनन । झन प्रचण्डको त इतिहासमा कतै जनअनुमोदित भएको वा बनेको रेकर्ड नै छैन । त्यसैले , हावामा ‘जनता ,जनता’ भन्ने रटान छोडिदिए हुन्छ । प्रतेक मान्छेलाई बालिग भएको खण्डमा एउटा भोट को अधिकार मात्र छ , सबैको जिम्मा लिएर जनतालाई सँधै एउटा ‘गोलो’ हुन भन्ने कुविचार नगरेकै जाति । जनताले यसो गर्नेछ , उसो गर्नेछ बनेर राग अलाप गर्नु पर्दैन हिजो ज्ञनेन्द्रले पनि एउटा भाषणमा ५० पटक जनता शब्द अलापेका थिए , त्यसले उनको राजनैतिक अवसानमा केही सहयोग जुटाएन । जनता सबैका पक्षमा धेर थोर छन र ती सबै विँिध सोचका छन , कसैका एकलौटी पोल्टाका भूटिएका मकै हैनन ।
६। जीवन अधिकारको रक्षा,शान्ति, विकास , सामजिक रुपान्तरण,अग्रगमन,जनअधिकार, सामाजिक न्याय , बहुलता, समावेशिकरण,र यस्तै मूलभुत देशीय विषयहरुमा जति बहष गरेपनि हुन्छ र ती कुराको सुनिश्चतता दिलाउन अघि आए हुन्छ , स्वागत छ तर एउटा कठमुल्ले एकाधिकारवादी सोचलाई अकाट्य महाऔषधिको रुपमा अगाडि सारेर यो भएन भने म शहर घेर्छु र सबै आफ्नो बनाउँछु भन्ने हूँकारी अहंकारीले लडेर ल्याए हुन्छ सबैलाई सबै कुरा फलाउने त्यो भूस्वर्ग। धम्क्याउन पर्दैन गरेर देखाए छिटो पनि हुन्छ , राम्रै गर्न खोजेका भए देशले त्राण पनि पाउनेछ।
Rajan
why not introducing yourself as well ,who is Rajan? Does is makes you different if is a maiost?
Good Article!!!
Let us know who ANAMIKA is!
Keep it up!
Umesh jee
yini Anamika lai ta priminster banaunu parchha,,,hunata uni maobadi hun,,jo aaye pani ke nai hune wala chhara yo shati le sarapeko deshma,,matrai hamilai shanti chahiyeko chha,,,,London uk
It is no doubt we general people make last decision. Matter of fact we are not politicians.We can not rule people and country. We have our family look after. Problem is that we require politicians to get ruled as per our demand. It is the biggest problem for us how to build people orianted politicians in our country. Until now, so-clled politicians we see around us we see them speak one thing we find them do something else. Let us remember, days of second movement, Parliamentarians were almost in one voice to serve we general people. They were talking of peace making. Where has gone that sprit? I think we are facing problem of scarcity of right leader in our
country. I wonder why do our country not able to give birth of good leader? This question haunts me for
twenty four hours.
शुरुमा यहाँ अरु ब्लगको कमेन्टहरुमा भन्दा धेरै भिन्न बिचारधारा र लेखाई पनि धेरै नै सभ्य पाएँ । कहिले काहीँ दुई अलग अलग ब्यक्ती पो हुन कि जस्तो पनि लाग्यो । जे होस्, कुरा ठीक हो । एकतिर ७ पार्टी र सरकार छ जो बिदेश को backforce मा फुर्ती दिन खोजी रहेका छन भने अर्क तिर माओवादीहरु जो सारा जनता आफ्नै “कब्जा” मा छ भन्ने भ्रममा छन ।
मेरो बिचारमा बिदेशीहरुले के भन्दैछन वा गर्दैछन खासै कुनै मत्लबको कुरा होइन । अमेरिकी राजदूत घुमेर के भो त? अन्य देशहरुमा (जहाँ अम्रिकी interest बढी छ), त्यहाँ रजदूत मात्रै होइन बडा बडा नेताहरु ओइरिए – खै त नेपालमा ओइरिएको? बिदेशी मदत चाँहीन्न भन्न खोजेको पनि होइन, तर उनिहरुमा पूर्ण रुपले भर परेमा आँफै कम्जोर हुँदै गैइन्छ र कुनै दिन शान्ति बार्ता बिफल भएमा (कहिल्यै नहोस् यो!) उनिहरुले के नै मदत गर्न सक्छन र? माओवादी सरकार बने शायद कुतनैतीक सम्बन्ध काटेर फर्केलान्, उनिहरुलाई के छ र – अरु कुनै देशमा जान्छन फेरी । ७ पार्टी का नेताहरु – अझ जनताहरुले चाँही के गर्ने नि? कहाँ जाने नि?
If both sides (govt. and maoists) really want to have peace & prosperity in this country than first of all they have to be devoted in the peace process serously. They must have to leave their position based interest and they have to take themselves on the way of need based approach. I think that definitely we have peace in our country. Position based interest always create problems over problems but the need based interest will go through solving problem towards the peace.
HE IS ASSUMING THAT NOW IS THE HEAD OF STATE:
During Janaandolon#2, this Khaire was barking in his dream and said that Nepal would turn into a failure state if parties followed 12point MOU!!!
What is he seeing now and still not stopping his way of barking??
AGAIN, HAATI [MAOISTS] PASE BAZAAR, KUKUR [MORIARTY] VOOKE HAZAAR!!!
हा !! हा!! आहिले संबिधान सभाको चुनाव को मिती तोकेमा माओवादीलाई कति मज्जा । चुनाव प्रचार गर्न गाउ गाउ जान सक्ने कुन पार्तिको हिम्मत? सोर्है आना माओबदि लाइ सम्बिधान् लेख्न दिये भैहल्यो नि? आनि आन्दोलन् (३) को रहर् पनि पुग्ने छ नेपलि जनताको, केहि बर्स पछि कम्युनिस्त् को बर्बरता सहन नसकि ।
Dear anamika jee,
This is very interesting and anylytical interpretation but i would like to suggest u that please try to make the news short but “shortic”. you r n’t writing article. This is blog. Lets explore news with a little but dashing comment. I would like to appreciate u in this field for doing something better and i hope that u will recognize widely. once again i would like to say u that ur writing is good but i think that it should be short but heavy.
MAOISTS HAVE BEEN DEMADING THIS ISSUE [LET PEOPLE DECIDE THE FATE OF COUNTRY & SYSTEM – CA POLLS].
BUT WHO REJECTED TO HEAR THIS ISSUE IN THE PAST AND KILLED 12,000+ innocent people afterwards.
OLD REGIME IS RESPONSIBLE FOR IT – NO MATTER DEWUPA, GIRIJA, THAPA, KAMALE, GIRI, BISTE & GYANE.
GET RID OF OLD REGIME & BUILD A NEW NATION.
NO MORE discussions!
“HAATI (Maoists) PASE BAZZAR; KUKUR (Palace, rNA, Panche & Parties) VOKE HAZZAR”
हाइ मित्र राजन जि,
उहाको नाम अनामिका हो. कस्तो राम्रो नाम . तपाईले उहालाई अनामिका’ भनेर सम्बोधन गर्नुहोस न. उमेश जि ले त जोक गरेर तेसो भन्नुभएको होला नि. तपाई जस्तो बिद्दानले नाम नभन्नेलाई वा बताउन न चाहनेलाई माओबादी भनेर आरोप लगाउन त मिलेन नि. येस्को जबाफ त अनामिका ले नै दिनुहोला नि.
झरना,
टोक्यो जापान
अनामीका, जि मलाई तापाइको २बै लेख एकदम मन पर्यो keep it up.
Anjali Gurung
maanlaa ra eti sajilo gari..?? holaa ra puraa sapanaa..?? k cha guarantee..? k cha prove..?
hai little bit intereting .who is anamika let´s introduce ourself.because unidentified name means she is also maiost
ramro article! i got chance to meet with you. all the best!
हाई……माई दियर,
यो लेख समसमयिक छ, उत्तम छ है मेरो बिचार मा .
झरना,
टोक्यो, जापान