छ वर्षअगाडि जेठ २१ आइतबारका दिन भावविह्वल जनसमूहले राजदरबारको मुख्य ढोकाअगाडि दिनभर नारा, जुलुस गर्दै आक्रोश व्यक्त गरेको थियो। उनीहरुले तत्कालीन राज्यसहायक ज्ञानेन्द्र र शाहज्यादा पारसविरुद्ध कडा नाराबाजी गरेका थिए। दरबारमा भएको घटनाका सम्बन्धमा कुनै पनि जानकारी नदिइएपछि जनता सडकमा उत्रिएका थिए। केही ठाउँमा तोडफोड पनि भएको थियो।
काठमाडौँमा मात्र हैन, त्यो दिन काठमाडौँबाहिर पनि स्वस्फूर्त जुलुस निस्केको थियो। त्यो दिनको स्मरणमा त्यस दिन प्रकाशित समाचारलाई यहाँ साभार गरिएको छ-
राजारानीको शोकमा विह्वल र्सवसाधारण राजदरबारमा शुक्रबार राति भएको भीषण घटनाको यथार्थ र्सार्वजनिक गर्न माग गर्दै आइतबार राजधानी र देशका केही सहरमा अप्रत्याशित रूपमा स्वस्फूर्त सडकमा निस्के ।
घटनाको विश्वासिलो जानकारी पाउन नसकेको आक्रोशित जनसमूहले गत शुक्रबार राति राजदरबारमा भएको भनिएको गोलीकाण्ड षड्यन्त्रपूर्ण भएको बताएर हत्यारालाई कारबाहीको मागसमेत गरेको थियो । आक्रोशित समूहले अपराह्न सवा ५ बजेतिर एक मारुती कारलाई समेत तोडफोड गरेको थियो ।
स्वर्गवासी राजारानीको आशौच बार्न कपाल खौरिएका सयौं युवा समूह-समूहमा उत्तेजित हुँदै सडकमा ओर्लिएका कारण आइतबार दरबार मार्गलगायत सहरका विभिन्न स्थान तनावग्रस्त देखिन्थे । शोक र तनावका कारण बजार पूर्णतः बन्द रह्यो ।
अत्यन्त चिन्ताजनक स्थितिमा होइबक्सेका श्री ५ दीपेन्द्रको स्वास्थ्यस्थितिबारे उत्सुक र्सवसाधारण जनता सैनिक अस्पताल छाउनीको वरपर बिहानैदेखि एकत्रित भएका थिए । मौसुफको स्वास्थ्यस्थितिका बारेमा जानकारी नपाएका कतिपय र्सवसाधारण दरबार मार्गको नारा, जुलुसमा सहभागी हुनसमेत आएका थिए ।
त्यसै गरी राजारानीको अन्तिम संस्कार गरिएको पशुपति आर्यघाटमा पनि बिहानैदेखि जनसमूहको ओइरो लागेको थियो । शोकाकुल जनता आर्यघाटमा मौसुफहरूको अन्तिम संस्कार गरिएको स्थानमा ढोग्ने, पैसा चढाउने गरेर दरबार मार्गतर्फजाने गरेको समेत भेटिन्थे ।
‘यो हाम्रो जीवन-मरणको सवाल हो, मृत्युलाई स्वीकार्न तयार छौं,’ आर्यघाटबाट भर्खरै आफू आइपुगेको बताउने चाबहिलका जीवन महर्जनले कान्तिपुरसूग भने, ‘राजारानीको त सुरक्षा नहुने यो मुलुकमा हामीले कसरी आफूलाई सुरक्षित सम्झने -‘ उनी गत शुक्रबार राजदरबारमा घटित गोलीकाण्ड नियोजित षड्यन्त्रबाट भएको बताउूछन् ।
दरबार मार्गमा श्री ५ को स्वास्थ्यस्थिति र्सार्वजनिक गर्नुपर्ने माग गरेर सडकमा ओर्लिएको जनसमूहले देशी-विदेशी शक्तिहरूको षड्यन्त्रबाट प्यारा राजारानीसहित राजपरिवारका सदस्यहरूको हत्या गरिएको समेत आवाज उठाएको थियो ।
आन्दोलनकारीले ‘राज्य सहायक’ श्री ५ अधिराजकुमार ज्ञानेन्द्र वीर विक्रम शाह र शाहज्यादा पारस शाहविरुद्ध समेत आक्रोश व्यक्त गरेका थिए । उनीहरूले ‘हाम्रो राजा, हाम्रो देश- प्राणभन्दा प्यारो छ,’ ‘श्री ५ महाराजाधिराजको स्वास्थ्यस्थिति- र्सार्वजनिक गर’ आदि नारा लगाएका थिए ।
आक्रोशित जनसमूहले श्री ५ महाराजाधिराज दीपेन्द्रलाई हत्याराका रूपमा प्रस्तुत गरेको भन्दै भारतीय टेलिभिजन च्यानल ‘जी टीभी’का प्रतिनिधिमाथि आक्रोश पोखेको थियो ।
जनसमूहले विदेशी सञ्चार माध्यमले हुूदै नभएको कुरा प्रसारण गरेको भन्दै टेलिभिजन क्यामेरा बोकेका विभिन्न विदेशी टेलिभिजन च्यानलका सञ्चारकर्मीलाई घर्ेर्ने गरेको थियो । यही सिलसिलामा भारतीय टेलिभिजन च्यानल दूर्रदर्शनका सञ्चारकर्मीमाथि हातपातसमेत भएको थियो ।
आइतबार नै स्वयम्भूबाट निस्किएको मोटरसाइकल र्यालीले नारा लगाउूदै सवारी साधन र पसल बन्द गर्न दबाब दिंदै सहरका विभिन्न भाग परिक्रमा गरेको थियो । करिब ८० वटा मोटरसाइकल रहेको अत्यन्त आक्रोशित देखिने त्यो र्यालीले राति अबेरसम्म काठमाडौं र ललितपुरका विभिन्न भाग परिक्रमा गरेको थियो ।
यसैबीच पोखरा, हेटौंडालगायत विभिन्न स्थानमा आइतबार साूझ अप्रत्याशित रूपमा जुलुस निस्किएका थिए । पोखराको महेन्द्रपुलबाट राति ८ बजे करिब तीन सय युवाहरूको जुलुस विभिन्न नारा लगाउूदै सहरमा घुमेको थियो । जुलुसले पनि राज्य सहायक श्री ५ अधिराजकुमार ज्ञानेन्द्र र शाहज्यादा पारसबारे आपत्तिजनक अभिव्यक्ति प्रकट गरेको थियो ।
very nice keep it. we have right to know what happend in the past.