राजदरबार हत्याकाण्डका बारेमा तत्कालीन सरकारले कुनै पनि छानबिन नगरी आफूलाई नालायक सिद्ध गरेको थियो। त्यतिबेला नै कानुनविदहरुले घटनाको छानबिन सरकारले गर्न सक्ने कानुनी प्रावधान रहेको बताएका थिए। तर सरकार लाचार रह्यो। यो लाचारी केही हदसम्म अहिले पनि छ। उतिबेलै गर्न सकिने छानबिन अहिले माअोवादीसमेत सामेल सरकारले समेत गर्न सकेको छैन।
कानुनिवदहरुले उतिबेला नै भनेका थिए- देशमा पूर्ण संवैधानिक राजतन्त्र भएकाले दरबारभित्रको मामला हो भनेर सरकार चुप बस्न मिल्दैन । श्री ५ बाट गर्ने सम्पूर्ण काम प्रधानमन्त्रीको सिफारिसमा गर्नुपर्ने र स्वयं प्रधानमन्त्रीले राजदरबार हेर्ने हुनाले यसका बारेमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले घटनाको यर्थाथ विवरण बाहिर ल्याउनुपर्ने जिकिर कानुनविद्को थियो ।
नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष हरिहर दाहालले उक्त घटनामा राजपरिवारका सदस्य मात्र नभएर व्यक्ति मारिएको र त्यस काण्डमा राजपरिवारका सदस्य वा व्यक्तिको पनि संलग्नता रहन सक्ने भएकाले सरकारले यसमा छानबिन आयोग बनाएर घटनाको सत्यतथ्य बाहिर ल्याउनै पर्ने कुरा जेठ २१ गतेको कान्तिपुरमा छापिएको छ।
फौजदारी कसुरमा कोही पनि उन्मुत्ति नहुने बताउँदै उहाँले यदि सबैको सहमति भएमा सरकारले छानबिन आयोग गठन गर्न सक्ने पनि बताउनुभएको थियो। उहाँका अनुसार शुक्रबारको घटनामा राजपरिवारका सदस्य मात्र नभएर राजपरिवारका नातेदार (जसलाई कानुने व्यक्ति रूपमा लिएको) कुमारखडग विक्रम शाह पनि मारिएको हुनाले केही गर्न सकिँदैन भन्ने अवस्था रहदैन ।
श्री ५ आफैले बनाउने राजगद्धी उत्तराधिकारीसम्बन्धी ऐन २०४४ को दफा १३ ले श्री ५ को गाथ वा राजगद्धी वा दुबै ताकेमा वा त्यस्तो चेष्टा गरेमा राजपरिवारको सदस्य भए श्री ५ को हुकुम बमोजिम र राजपरिवारको सदस्य नभएमा दश वर्षम्म कैद सजायको व्यवस्था गरेको छ । साथै सोही ऐनको दफा १४ ले राजपरिवारको सदस्य बाहेक कुनै व्यक्ति भएमा उक्त मुद्दामा सरकारवादी भई कारबाही चलाइनेछ । त्यस्तो मुद्दा सर्वोच्चको पूर्ण इजलासमा जान्छ ।
अधिवक्ता दाहालका अनुसार ऐनले गाथ ताक्ने मात्र भनेकोमा त्योभन्दा बढी ज्यान मार्ने काम भएकाले यसमा सरकारले छानबिन आयोग गठन गर्न राजाको आदेश पर्खनुपर्ने अवस्था देखिदैन ।
I had really big hope from Girija that he would come up with some great ideas to construct a “New Nepal”but what can one expect from this corrupt leader.
Tesma Pestoul Bokne Rebati Neupane Pani Thiyo, Uslai 45 Than Goli Ra Euta Pestoul Bokaiyeko Thiyo.
Ahile Rebati USA Ko Shouth Carolinama Aafno Chhora Chhori Sangha Baschha.
What should Nepali expect from Koirala family ?
यो भनाई दुर्गा सुबेदीको हो
संभार: नेपाल राष्ट्रिय साप्ताहिक को हो
हेर यो कथा उही गिरिजा र बि पि को भ्रष्टचारीकाण्ड
कहाँ गयो तीस लाख भारू
जेलबाट रहिा हुनासाथ विश्वेश्वरप्रसाद कोइरालाले भारत प्रवासबाट सशस्त्र सङ्घर्षको उद्घोष गरे । भूतपूर्व सैनिकहरूलाई सङ्गठित गर्दै जनमुक्ति सेना गठन गरयिो । म पनि सोही क्रान्तिमा होमिएको थिएँ । “केटा हो, सशस्त्र क्रान्तिका लागि हतियार चाहिन्छ । हतियार किन्न पैसा कसरी जुटाउने
” गिरजिाप्रसाद कोइराला हामीसँग बारम्बार भनिरहन्थे । ब्याङ्क ‘क्याप्चर’ गर्ने कोसिस असफल भइसकेको थियो ।
नेपाल राष्ट्र ब्याङ्कका केही कर्मचारीमार्फत के थाहा लाग्यो भने विराटनगरबाट हरेक छ महिना बिराएर विमानमार्फत लाखौँ भारतीय रुपियाँ काठमाडौँ पुर्याइने रहेछ । ‘मनी हाइज्याक’ गर्ने निधो भयो । वसन्त भट्टराई, नगेन्द्र ढुङ्गेल र म सो ‘मिसन’ मा खटियौँ । २०३० असार २९ गते बिहान सवा ८ बजेको उडानमार्फत ३० लाख भारतीय रुपियाँ काठमाडौँ लैजान लागिएको सूचना पाइयो । माइतीघर चलचित्रका नायक सीपी लोहनी र नायिका माला सिन्हा सोही उडानमार्फत काठमाडौँ जाँदै थिए । हाम्रो आग्रहमा नायक/नायिकाले आफ्नो टिकट रद्द गरे । अनि, हामीले उनीहरूको टिकट लियौँ ।
नगेन्द्र विमानको मध्यभागको सीटमा बस्यो, रविल्भर देखाएर यात्रुलाई नियन्त्रणमा लिन । वसन्त र म ककपीटतर्फ गयौँ । म ककपीटभित्र छिरेँ । विमान उडेको १० मिनेटपछि तल कोसी नदी देखियो । मैले क्याप्टेन वैद्यको कञ्चटमा रभिल्भर राखेँ । सहचालकले मलाई समाते । “ए वसन्त भित्र आऊ त,” मेरो आवाज सुनेर वसन्त भित्र छिर्यो । उसले सहचालकलाई पछि धकेल्यो ।
“ब्याङ्कको पैसा हासिल गर्न यो सब गरएिको हो, चुपचाप फारवीसगन्जतर्फ लैजानूस्,” मैले क्याप्टेनलाई भनेँ । उनले विमान भारततर्फ मोडे । “वीरपुरबाट ढुङ्गा ढुवानी गर्ने एउटा रेलवे लाइन सोझै फारवीसगन्ज पुग्छ, रेलवे लाइन पत्ता लगाउनूस्,” मैले भनेँ । आधा घण्टापछि रेलवे लाइन फेला पर्यो । क्याप्टेनले त्यसकै माथिमाथि जहाज उडाउन थाले । “एउटा ठूलो पोखरी र लगत्तै सिमलको रूख देखिन्छ, त्यही वरपर रातो झन्डा देखिनेछ,” मैले यसो नभन्दै ती सबै दृश्य देखियो ।
गिरजिाबाबुले विनोद अर्याल र मनोहर िबराललाई रातो झन्डा बोकेर उभिन त्यहाँ खटाइसकेका रहेछन् । मैदान पनि देखियो । क्याप्टेनले झ्याप्पै विमान ओराले । माल राख्ने ठाउँमा १०/१० लाख भारतीय रुपियाँले भरएिका तीनवटा बक्सा थिए । पैसा लिएर हामी सोझै अररयिा भन्ने ठाउँमा गयौँ, जहाँ बीपी कोइराला पहिले नै पुगिसकेका थिए । त्यहाँबाट बङ्गालतर्फ लाग्यौँ, भागलपुरका भाइस चान्सलर देवेन्द्रप्रताप सिंहसँगै । बङ्गालको सीमामा पुग्दा हामी चढेको गाडी ‘चेकिङ्’ मा पर्यो । भारतीय सुरक्ष्ााकर्मीले भन्न थाले, “माल के हो साइड लगाऊ । ” सबैको होसहवास उड्यो ।
तीनवटै बक्सा पछाडिपट्ट िथिए, जहाँ सुशील कोइराला बसेका थिए । उनले बक्सा फुटाएर पैसा झिकिसकेका रहेछन्, प्रहरीलाई घूस खुवाउन भनेर । मैले हत्तपत्त गाडीबाट उत्रिएर भनेँ, “ठीक छ भाइसाहब, चियापानीका लागि दुई-चार रुपियाँ दिउँला नि !” उसले अस्वीकारको मुन्टो हल्लाउँदै भन्यो, “त्यतिले हँुदैन, २० रुपियाँ लाग्छ ।” तत्काल २० रुपियाँ दिएर हामी रफुचक्कर भयौँ । दिउँसो २ बजेतिर सिक्किम पुगियो ।
१० लाख भारु रहेको एउटा बक्सा लिएर गिरजिाबाबु त्यसैदिन दार्जीलिङतिर लागे । पछि थाहा भो, गिरजिाबाबुले बीचबाटोमै बीएल शर्मा नामक ठेकेदारकहाँ लुकाएर राखेको छ लाख भारु प्रहरीले छापा मारेर जफत गरेछ । अर्को दिन हामी बीपीसँग पूणिर्या हुँदै पटना पुग्यौँ । त्यहाँ भाइस चान्सलर देवेन्द्रप्रताप सिंहकै घरमा बाँकी दुईवटा बक्सा लुकाइयो । त्यसपछि, सिताब तेहरास्थित भारतीय नेता जयप्रकाश नारायणको घरमा केही दिन बसेर बनारस हुँदै बम्बई पुग्यौँ र त्यहीँबाटै सबै छुट्टयिौँ ।
केही समयपछि प्रशस्तै राइफल, गि्रनेड र अन्य हतियारहरू नेपाल भित्रिए । साथमा कोइराला परविारका सदस्यहरूको अनुहारमा नयाँ चमक पनि देखिन थाल्यो । नेताहरू हामीलाई भन्ने गर्थे, “क्रान्तिकारीहरूले पढेर के हुन्छ र
क्रान्तिमा पो लाग्नुपर्छ । ” उता शेखर, सशाङ्क, सुजाता सबै भारतमै थिए । पैसा प्रशस्तै भएपछि उनीहरूलाई महँगा स्कुल/कलेजहरूमा पढाउने तरखर सुरु भयो । बीपी र गिरजिाबाबुको व्यक्तिगत गाडी त थियो नै, पछि नोना, प्रकाशलगायत अरू पनि नयाँनयाँ गाडी चढ्न थाले । व्यक्तिगत प्रयोजनका लागि घर किन्ने काम भयो । नेताहरूको बास रहने ठाउँहरूमा महँगा फ्ल्याटहरू भाडामा लिन थालियो, वनारस, दिल्लीदेखि पटनासम्म ।
“हामीले त्यत्रो जोखिम मोलेर क्रान्तिका लागि रकम जम्मा गर्यौँ, यसरी दुरूपयोग गर्न मिल्ला र
” मैले सोझै बीपीसँग सोधेँ । उनले त उल्टै झर्किएर भने, “क्रान्तिमा यस्तो हुन्छ, तिमी अहिले मसँग यस्तो प्रश्न नगर ।” त्यसैताका ओखलढुङ्गामा हाम्रा धेरै साथी मारएि । त्यहाँ केन्द्रीय स्तरका कोही नेता उपस्थित थिएनन्, रसदपानी र पैसा पनि पुगेन । नेताहरू सुरक्षित आश्रयस्थलमा थिए ।
एकातिर नेताहरूको विलासी जीवन, अर्कोतिर साथीहरूको सहादत । “हामी त ज्यूज्यान छाडेर क्रान्तिमा होमिएका थियौँ, तपाईंहरूको यो के चाला हो
पैसाको हिसाब खोइ
” मैले यति भन्न सङ्कोच मानिनँ । काङ्ग्रेसमा बीपी र जीपीले पैसा खर्च गर्थे । त्यसको हिसाबकिताब माग्ने आँट कसैमा हुन्थेन । मेरो प्रश्न सुनेलगत्तै बीपीले ममाथि पार्टीगत कारबाही गरे । त्यसपछि नै हो मैले नेपाली काङ्ग्रेसको कोइराला परविारसँगको नाता तोडेको ।
हेर्दै जाने कि! लुरो गिरिजा बाजेको सुरो फुर्ति!!! बाहुन को पालो कात्तिकमा! नया नेपालका राजाका अधिकार लिएका ब्यक्ति नै हिजो का दरबार हत्या काण्ड हुदा का सिहदरबारे मालिक हुन | अहिले झन बडा बा को अधिकार धेरै हुदा के हेरेका छन टुलु टुलु| कि त यो बाजे ले पनि गुलियो र पाकेको केरा मात्र हेरेका छन| होइन भने आज पुर्ण रुपले गणतन्त्रको देश भै सक्थ्यो, सबै भुक्ने कुकुर हुन | भुक्ने कुकुरले टोक्दैन| यो त नेपाली उखान भै हाल्यो| भनेर खुचिङ ग़रेका पो छन कि!
Is discussionn only after six years makes any sense. I believe, it is time to capture palace if seven parties and Maoist have gutts.
What a stupid old law. Previous kings were obvious that they will commit crime as per their needs and they should be kept above the law to save from their criminal activities. What a laughing stuffs. They can suck ordinary people’s blood, kill anybody they like and no action agaist them. That was the main reason they all went so arogant and complete disrespect for other. Even if such law existed, now Gyanendra is supposed to be out of his all the powers. The investigation is not started yet. So if the new ivestigation finds the real culprit, does not matter who he is, he must be treated as any other criminals.
I think there there more and more public demand to go ahead with fresh investigation to tell the nepalese people truth. I am sure Girija will even agrier. He might die out of his own anger because he can not touch gyanendra for his any dreadful crime. Girija is wasting greastest important of Nepalese history for Nepalese people. I sincerely think this old man is no good for anything except to keep all those criminal in power.
हालका राष्ट्र प्रमुख गिरिजप्रसादले तत्कालीन् डरबार काण्ड्मा किन खोज्तलास गर्थे र उन्को आफन्त त थिएनन् नी राजदरबरका मनिसहरु, मेरो विचारमा अब बेला आएको छ गिरिजको नैतीकता को आधार्मा राजएेनमा दिने। किनकी उन्ले आफ्नो नातेदार् सिता राम प्रसाईं लाई त सुरक्षा दिन सकेनन् बने, प्रधानमन्र्ती को पदमा बसेको कुनै दम् भएन।ह्
हुनस्क्छ उन्ले अरु भ्रस्ट्चार हरुलाई लुकाउने कुनै सुरुङ् को बेवस्था गर्दछन् वा आफ्नो पद् बाट अब अवकाश लिने कोशीश् गर्छन्। यो नै उन्को अन्तिम् उपाय हुनेछ।
नेपाली जनताले अब नयाँ प्रधानमन्त्री देख्ने दिन आएजस्तो लागेको छ मलाई त। अस्तु
Yo garna saknu parne sarkar le ho. Uti bela pani Girija ahile pani Girija ke garna sakthe ra? Afno daitwa ko bodh bhayeko bhaye Nepal ko yo durdasa hune nai thiyena. Nepal ka ahile ka neta haru sanga asa rakhnu bekar chha. Tyasaile ali buddhi ra samarthya duitai bhayeko leadership Nepal lai chahiyeko chha. Khoi kasle dine ho tyasto leadership?
Hope in future we will get dynamic, responsible and vibrant leadership.
Thank you.
Dhaneshwar Mishra
South Korea
यो भ्रस्टाचारिको रखवाल गिरिजाले केहि गर्दैन । यसले देशको हितमा हुने काम न कहिल्यै गर्यो न कहिल्यै गर्नेवाला छ । सुपुत्रिको भविष्य कसरि राम्रो हुनछ त्यै काम गर्छ यसले ।