पिपलको पातबाट मोबाइल ब्याट्री चार्ज

नोकियाले मोबाइलको ब्याट्री चार्ज गर्दा पडकिन सक्ने भएकोले ब्याट्री नै फर्काउने घोषणा गरेको बेलामा नेपालमा भने एउटा अनौठो खबर आएको छ। पिपलको पातबाट नै मोबाइल चार्ज हुने रे। पातको टुप्पोलाई मोवाइलको व्याट्रीभित्र राखेर थिचेपछि फुल चार्ज देखाउँछ रे। पिपलको पातबाट मोवाइल व्याट्री चार्ज हुनेमा नोकिया र चिनियाँ जेटिइ कम्पनीका सेटहरू रहेको राससले बताएको छ। तपाईँलाई विश्वास लाग्यो ? मलाई पनि लागेन। समाचार हेर्ने हो त ? भित्र आउनुस् न त, के वाल्ल परिरहेको ?

पिपलको पातबाट मोबाइल ब्याट्री चार्ज
(कपिलदेव खनाल)

नुवाकोट, ३० साउन। विद्युत उपलब्ध हुन नसक्दा वा चार्जरको अभावमा तपाईं मोवाइल प्रयोग गर्न नसक्ने अवस्थामा हुनुहुन्छ कि ? अब पीर नगर्नुहोस्, मोवाइलको व्याट्री चार्ज गर्नका लागि वनजङ्गल वा चौतारीतिर गएपनि हुन्छ।

नुवाकोटको बेलकोट गाउँ विकास समितिका बासिन्दाले पिपलको हरियो पातबाट मोवाइल चार्ज गरेर विज्ञान जगतलाई समेत चुनौती दिएका छन्।

बेल्कोट गाविसका ५० भन्दा बढी मोवाइल विगत दश दिनदेखि पिपलको पातबाट चार्ज हुँदै आएका छन्।

‘पातबाट मोवाइलमा सञ्चित हुने शक्तिले पनि विद्युतमा चार्ज गरेको सरह काम गर्छ’ स्थानीय शिक्षक पण्डितप्रसाद भट्ट भन्छन्।

नोकिया मोवाइल सेट प्रयोग गर्दै आएका बेलकोट-१ का रमेश थपलिया तीन दिनदेखि पिपलपातबाट नै मोवाइल चार्ज गरेर प्रयोग गरिरहेको बताउँछन्।

उक्त गाउँमा रहेको जुनसुकै पिपलको रुखबाट टिपेको हरियो पातले मोवाइलमा काम गर्ने गरेको भनाई उनीहरूको छ।

‘पातको टुप्पोलाई मोवाइलको व्याट्रीभित्र राखेर थिचेपछि फुल चार्ज देखाउँछ, रमेश थपलिया भन्छन्-१० सेकेण्डमा चार्ज गर्ने काम सकिन्छ।’ तर पातबाट व्याट्री चार्ज गर्नका लागि मोवाइलमा केही अङ्श व्याट्री रहनु पर्ने थपलियाको अनुभव छ।

मोवाइल चार्ज गर्नका लागि खास समय नलाग्ने र सेटमा अन्य समस्याहरू समेत देखा नपर्नाले पातबाटनै मोवाइल चार्ज गर्नेको सङ्ख्या बढेको स्वास्थ्यकर्मी माधव पौडेलले बताए।

‘सुरुमा त पत्याउनै गाह्रो भयो, तर अहिले म आफै पातबाट काम चलाइरहेको छु’ उनले भने।

यो अनौठो तरिका कसरी थालनी भयो भन्नेमा स्थानीय गाउँले नै अनभिज्ञ छन्। सोही गाउँका जगन्नाथ त्रिपाठीले गाउँमा भित्र्याएर हिडेका उक्त चमत्कारी काम नै अहिले चर्चित भएको छ।

स्थानीय हरिशरण कँडेलका अनुसार १० दिनअघि गाउँ आएका त्रिपाठीले नै यो तरिका गाउँलेलाई सिकाएका थिए। पेशाले सवारीचालक त्रिपाठी हाल गाउँमा छैनन्।

यसरी पिपलको पातबाट मोवाइल व्याट्री चार्ज हुनेमा नोकिया र जेटिइ कम्पनीका सेटहरू रहेको स्थानीय गाउँलेहरू बताउँछन्।

‘अन्य कम्पनीका मोवाइलमा व्याट्री बसेन तर नोकिया र जेटिइमा तुरुन्तै हुन्छ’ माधव पौडेलले सुनाए।

घण्टौं लगाएर मोवाइलमा व्याट्री ‘फूल’ गर्नुपर्ने, चार्जरको समस्या तथा विद्युत लाइनको गडबडीले दिने सास्तीबाट बेल्कोट गाउँका बासिन्दाहरूले अब मुक्ति पाएको महसुस गरेका छन्।

‘हाम्रो त कुरै भएन, गाउँमा आएका पाहुनाको मोवाइल पनि पातबाट नै चार्ज गरेर पठाएका छौं’ प्रकाश पौडेलले भने। उनी भन्छन्- व्याट्री चार्ज गर्नका लागि पिपलको बोटबाट टिपिटएको हरियो पात एक घण्टा भित्र प्रयोग गरिसक्नु पर्दछ।

अहिले उक्त चमत्कार हेर्नका लागि छिमेकी गाउँ तथा सदरमुकामबाट मानिसहरू बेलकोट जान थालेका छन्।

बेल्कोट, सदरमुकाम विदुरबाट १५ किलोमिटरको दूरीमा पासाङल्हामु राजमार्गअर्न्तर्गत पर्दछ। रासस

******
तपाईँलाई के लाग्छ ? यस्तो संभव छ ? कसरी यस्तो संभव भयो होला ?

नेपालमा मात्र हैन, भारतमा पनि यस्तो भएको रहेछ। यो लिङ्कमा क्लिक गरी हेर्नुस्। [लिङ्कका लागि सिड्नीका समीरलाई धन्यवाद]

भिडियो हेर्न यहाँ क्लिक गर्नुस्।

48 Comments

  1. yoh ek dam thik ho…tara pipal ko paat matrai hoina kagag,paisha le pani huncha..ihave done it.Nokia 1600,2310,2600 mobile ma.. mobile ko battery ghikera +ve ra -ve join hune ko bich ko connection ma kagag le chopera battery halnu parcha aani aak chinma nikalnu par6.. mobile aafai on hun6 ra dakhau6 jadhoo NEPAL ko i.e phul charged battery…Tara satyata k bhane tyo charge chai digo hunna hai.Yedi mobile phari off garera on garnu bhayo bhane charge phari jasto ko testai hun6a…..hai

  2. IF HERE IN HONG KONG PEOPLE’S LEAF WILL BE THEN I WILL TEST IT IS DIFFICULT TO UNDERSTAND. I DON’T KNOW .IT IS SURPRISE. HOW IT WILL BE ????????????????????

  3. मल्दिव्स् मा पिपल को बोट भाईदिएको भये टेस्ट गर्न हुन्थ्यो क्यारे। पिपल ले जे गर्न पनि सक्छ भने पनि पत्याउनु पर्ने अवस्था छ।

  4. kasto Acchama ko kura ho yo ta bishwash nai na lagne ..tara yo huna pani sakcha na huna pani sakcha … aaja bata ma ta pepale ko buta ropera baschu .. payesa kamayencha ha ha ha ah

  5. वाइघात्! चाहिने कुरापो गर्नु। यदी त्यो सत्य हो भने- घरमा नै गमला मा पिपल रोपेर थोरै भोल्ट्को चार्ज गर्न मिल्ने ब्याटेरी सहित को ब्लब राखिदियो भने केलाई चाहियो बिजुली? निसुल्क बत्ती।
    हुँदा हुँदा प्रबिधि बिकास हुँदै जादा गाडीको छतमा छतै भरी पिपलको बोट्को गमला अनी ब्याट्रि चार्ज गर्दै कुदाउदै, अनित खाडी बासी को तेल बिक्री नभएर हावा खाओस्न । त्यसपछि त तेल को पैसामा मातिएका मुसल्टे हरु ठीक ठाउँमा अौँलान हगी?

  6. nonsense!
    hoax!
    what logic is behind it? I bet it is absolutely a nonsense.you may claim the solar power accumulated in the leaf might charge the battery….even if it is true,there is zero possibility that a battery could be charged within such small time frame…whatsoever ….all leaves are same from scientific point of view…what is special in pipal?all leaves might conduct,if they are wet,…just because of the water stucked in the leaf.

  7. Hamro sathi le k pipal ko pat bata mobile recharge hunchha bhanera “technode” rakhdinu bhayeko thiyo butwal bhairahawa ma ta tahalka nai machhina lagyo? yeha ko manchhe le ta yo tree mero bhandai pat tipna lageee, ani maile ni try garchhu bhaneko mero ta sasto khale mobile bhayera hola bhayena , jasko n17 or more set chha bhane try garnus , yo mauka pheri ayoudaina hai.

    Narayan

  8. Ohooo yo ta achamma nai bhayo ni? yesto pani hudo raichha ni hai? la la aba dekhi maile pani herdai garchhu yo site, malai thaha thiyeena aba daily check gardai coment gardai garchhu ni la.

    Thanks
    Narun

  9. hahahahahaha,, lau lau aba eak din hamro Nepal ma wireless bijuli pani balchha hola,,,,Bill purja

  10. आज म प्रयोग गरछु अनि भनउला है!
    दोहा कतार

  11. कसरी संभव भयो यो????
    अनि कसरी पिपलको पात चाही ब्याट्रीमा कसेर जोडेर चार्ज गर्छ त??? पोजिटिभ र नेगेटीभ केरन्टहरु कसरी जडान गर्ने???
    यो त अचम्मै भयो नी हँ????

  12. How is it possible? I am too much confusing. Plz tell how could we do? Explain in detail. I am eager to know about this.

  13. kahi nabhayeko jatra handi gaon ma kahi napayer ganesh le pani nepalmai dudh khane ani pipal ko pat le mobile pani nepal mai charge hunu parne.
    manjul

  14. hey sathi haru … its not a new thing .. asti tetro INDIAN TV ma di ra thiyo tesko barea ma about 2 hrs programme. Pipal ko paat matra hoina Tarai ma payenay Ukliptis ko paat lay pani Mobile Battery charge gare ra dekha thiye … so …. i have tried it but did not work though … so …

  15. Umesh Ji….Pat le mobile charge huna sakcha tara battery ko life chai teti hudaina jasto lagcha. Mobile ma pani kehi no. type gari re-charge garna sakincha tara tesle battery ko life ghataucha.

  16. mathi diyeko thikai ho. yaha nepalgunj ma pani pipalko pat tipera charge gareko ta battry yekai chhin ma fool charge bhayo. tapaile pani pipal pat tipera charge garna saknu hunchha. chhitai garnus la natra bhane pipal ko pat siddina kehi ber chhina.

  17. पातको टुप्पोलाई मोवाइलको व्याट्रीभित्र राखेर थिचेपछि फुल चार्ज देखाउँछ

    यो भनाइ अलि प्रष्ट भएन कि जस्तो लाग्यो नि तै पनि म प्रयोग गरेर हेर्छु अनि पुनः कमेन्ट लेखौँला है।

  18. यो हुनै नसक्ने कुरा त हैन तर कसरी प्रयोग गरिएको छ, त्यो चाँही महत्वपूर्ण हुन्छ। आलु या कागती बाट घडी चलाएको त थाहा भएकै हो, छैन भने कसरी कागतीको ब्याटरी बनाउँने, यो लिन्क मा क्लिक गरे हुन्छ।
    http://youtube.com/watch?v=p3qXpqgaszs

    तर मोबाईलमा त्यत्तीकै कुनै बिशेष तरिका बिना पात घुसार्दैमा चार्ज हुने कुरा चाँही हावादारी मात्रै हो।

  19. तरिका सिकाउनु पर्यो हामि पनि गर्छौ नि मोबाइल चार्ज
    रबि थापा
    क़ाठ.

  20. Sayad tayas thauma kunai kisimko rasaynik padartha tihako bot biruwa haru le pauchhan hola so pipal ko bot matra navai anay kunai aaru bot biruwa ko pata bat pani battery charge huna sakachha hola yadi yaso bha nepal ma nikai parkritik khani haru chhan hami haru 1k aapas ma ladai nagri testa prakirtik sampada khojana tir lagnu parchha vanne malai lagchha ra khushi pani lagachha

  21. Sayad tayas thauma kunai kisimko rasaynik padartha tihako bot biruwa haru le pauchhan hola so pipal ko bot matra navai anay kunai aaru bot biruwa ko pata bat pani battery charge huna sakachha hola yadi yaso bha nepal ma nikai parkritik khani haru chhan hami haru 1k aapas ma ladai nagri testa prakirtik sampada khojana tir lagnu parchha vanne malai lagchha ra khushi pani lagachha

  22. हैन एउटा कुरा बुझिन। तेही नै गाउ को पिपल को पात नै चाहिन्छ कि अरु ठाउँ को पिपल बाट पनि चार्ज गर्न सकिन्छ? के हो कुरो?

  23. GOD BLESS NEPAL,PLEASE PROVE TO WORLD THE NEPAL IS A SUCH A COUNTRY WHICH BEEN BLESSED BY GOD BUT THE PEOPLE OF NEPAL THEY MISUSED IT.

  24. its very unbelieveable.

    Umesh ji please update this information further. We would like to see picture and movie clip if possible

    thank you

  25. *** Misleading News ***

    It is totally a misleading information. The leaf does not have any potential to generate power. Those who experimented the phenomenon was just experiencing the feeling that it was due to the leaf the battery got charged faster. The battery in the mobile must have loose conductor contact and when you keep the tip of the leaf and pressed harder, it provided a good electrical conduction and charged faster.

    It is just a hoax. It is same as “the idol of God Ganesh is drinking milk with spoon”.

  26. यो कसरि सभव छ उमेश जि यदि यो सभव छ भने र यो कुरा सत्य हो भने तपाई गयेर भिीडियो खिचेर यस ब्लग मा राख्नु पर्यो सबै ले सत्य कुरा त थाहा पाउनु पर्यो नि यदि यो सत्य रहेछ भने हामि सबै नेपालि हरु को पैसा को बचत हुने भयो नि त होइन र ¡ कि पिपल को पात बाट गर्दा मोबाइल पडकिने त होइन नि त्यो पनि अझ नोकिया को मोबाइल चार्जर बाट चार्ज गर्दा त मोबाइल पडकीएको छ भने पिपल को पात बाट त शका लाग्छ
    shankar giri
    parbat , shiwalaya -1

  27. मलाई त पत्याउन गाह्रो पर्‍यो। कसरी?????????? झुठो भए सबैको ब्याट्री कसरी चार्ज भयो साँचो हो भने कसरी मान्नु? यो कुरा साँचो निक्लियो भने त संसारभर तहल्का मच्चिन्छ। उमेश जि यो बारेमा अपडेट गर्दै गर्नुस हौ Please।

  28. हुनसक्छ सर्,
    यो संसारमा केहि कुरा असंभब छैन मात्र कुरा समय को र खोज को हो मतलब अध्यायन र प्रयोग को।
    तेसै पनि पिपलमा शक्तिको खानि या स्रोत छ भन्ने कुरा त हाम्रो धर्म शास्त्रले जनायकै छ तेसैलेत पिपल् लाई ब्रिश्नुको स्वोरुप मान्दछ हाम्रो धर्म शास्त्रले, र पिपलको गुण अथाह छ तेस्तै बर् र स्वामि को पनि हुन सक्छ खोजि र अध्यायनमा पसेदेखि भेटिन सक्नेकुरा धेरैछ।
    आखिर संभब् र असंभब भन्ने कुराहरुको जे जति छ यहि संसारमै त छ।
    राम्रो कुरा खेलापरेछ यो सत्य भैदियत हाम्रो जलमा मात्रै होईन हाम्रो देशको डांडाकांडा अनि बन जंगलमा र पात् पात मा अथाहा शक्तिको भन्डार छ भन्नेकुराले बिस्वोलाई अचम्मित बनाईदिनिथियो होइनत?
    जयहोस् पिपलको अनि जयहोस् नेपाल को

  29. aanautho kisim ko ghatna nepal ma matra hunye garcha.je hos yo kura ma chai ma biswas garna sakdina k hi jani yo kura satye ho bhanye ramrai hunye cha tra aachamma ko kura ta yo cha ki malai 100 ma 1 pani biswas bhanye lagyena. yo sabai hawa ho nepal bata aja pani aandha biswas bhanye kura hatye ko chaina rahey cha.

Comments are closed.