-सूर्य खड्का-
आज अनायास किन बेचैनी बढिरहेछ ? ए, रातको एक बजिसकेछ । तैपनि निद्रा किन पर्दैन ? हिजोमात्रै रक्षाबन्धन पनि बाँधेकै हुँ । ए, बिहान हुनै लाग्यो नि । अब त शहर भर गाईजात्रा हेर्न पाइने होला । तर हेर्ने पनि कसरी र खै सडकमा निस्किसक्नु छैन । जताजतै मुर्दावाद मात्रै घन्किरहेको सुन्छु देख्छु ।
हैन, २०६३ बैशाख ११ मा भएको सहमतिले मात्रै मलाई किन सताइरहेको छ हँ ? सातदलले त त्यसवेला राजसंस्था राख्ने सहमति गरेकै थियो । उनीहरुकै सल्लाहमा उनीहरुले नै तयार पारेको ड्राफ्ट वाचन मात्र गरिदिएथेँ मैले त । त्यसै अनुरुप म चुपचाप बस्यापनि हुँ । मैले २०६३ को फागुनमा प्रजातन्त्र दिवसको अवसरमा शुभकामनामा आफ्नो कदमको बचाउ गर्दा पनि दलहरुले निकै खरो प्रतिकिया जनाए । किन होला ?
आखिर यो सबै के के भैरहेका हो ? साँच्चै राजसंस्थाको स्थान नै तय नगर्ने दाउ हो त दलहरुको मैले त सबै कुरा मानेकै छु नि । तीर्थ व्रत जात्रा हेर्न नि छोडिदिएँ । शासनभार जनतालाई सुम्पेकै हुँ । जनताको नासो जनतालाई फिर्ता गरेपछि मेरो मात्रै के दोष रह्यो र अब के छ र मसँग दिन बाँकी अन्तराष्ट्रिय समुदाय पनि चुपचाप छ बा । कोही भेटघाट सम्पर्क सम्म गर्दैनन् एकजना राम्रा मित्र मोरियार्टी थिए ती गएपछि त सारै सुनसान पो भयो त आखिर यो सबै के भैरहेको हँ हैन मलाई नाबालक उमेरमा किन श्रीपेच पहिराइदिएको होला त्यतिखेर मलाई श्रीपेच लगाउने रहर कहाँ थियो र हजुरबा र वावाले नै लगाइदिया हो- मलाई के नै थाहा थियो र
२०५८ जेठमा पनि मैले आफ्नै रहरले त कहाँ हो र श्रीपेच पहिरेको । तिनी गिरिजावाबु माधवजीहरुले नै मलाई नासलचोकमा पुर् याए र उभ्याइदिए र श्रीपेच पहिराइदिए । मेरो त स्वीकृति मात्रै न थियो । मैले जनताकै कुरो मानिदिएको त हुँ नि ।
अहिले श्रीपेचकै भारले मलाई पिरोल्या हो कि क्याहो ? आखिर म श्रीपेच नै त्यागिदिउँ त ? तर कसरी ? श्रीपेच नै फुकाल भनेर कोही अगाडि आउँदैनन् । गिरिजाबाबु पनि मसँगै सपथ खाएर गएका हुन् । माधवजी लाई पहिला प्रधानमन्त्रीको टिका नलगाइदिएरै मलाई यस्तो भैरहेका त छैन फेरि एकपटक माधवजी सँगै कुरा मिलाउँकी क्याहो तर खै त्यो परिस्थिति पनि निकै बदली भैसक्यो ।
संसदले पनि केही भन्दैन । संविधान पनि मौन छ । क्याविनेट बैठकले पनि खै के के निर्णय गरिहरकेा हो कुन्नी दरबार त सबै देश र जनताकै थिए नि । मैले त उपयोग मात्र गरिदिएको होनी । ल क्याविनेटले सबै दरबार राष्ट्रियकरण गरेकै सदर भो । अब को आएर बस्ने त म कता जाउँ त छोडे पनि भर गरेर छोड्ने खालको कोही देख्दिन । कतै मेरो दृष्टि नै कमजोर भयो कि क्याहो आँखा डक्टरलाई नै देखाउन जाउँकी तर डक्टरकाँ पनि के जानु फेरि नानाथरी हल्ला फैलन्छ ।
हैन यो चुनावको कुरा पनि सेलाउँदै जान थाल्या देख्छु । खाली आन्दोलन र विरोध मात्रै बढिरहेका देख्छु । यो सबै के भैरहेछ । कता फोरम जनतान्त्रिक गोइत ज्वाला अरे । सधैं चिसीने तराई तातिरहेका जलिरहेको मात्रै बलिरहेका देख्छु । हैन यो तराईको आगो चुनाव नै सिध्याउन लाग्यो कि क्याहो कता जाति-जाति पो लड्दै छन् रे । हैन सबैतिर असन्तोष आक्रोश र आगो मात्रै किन देखिरहेको छ । लौन चुनाव भैदिए त सबै ठिकठाक हुँदो हो कि आर्मीले पनि सलामी दिन छाडिसक्यो । जयजयकार पनि हटाइहाले । मठमन्दिरले पनि रुचाउदैनन् अचेल त । खै के के भैरहेका हो त ए म पनि के के पो सोचिरहेका रहेछु । यो सब सोच्नु नै बेकार छ ।
मैले त अब पारस र हृदयन्द्रको पो ख्याल गर्नु पर्यो त हगी अँ पारसले त छबी सुधारीरहेकै छ । जसोतसो अब अघि बढिहाल्ला । हिमानी छ नी रिमोट कन्ट्रोल चलाउन त । ए साँच्चै हृदयन्द्र त सानै पो छ त । अलि चकचके छ । केटाकेटी उमेर हो अलिअलि उपद्रो त गरिहाल्छ नी । धन्न बाबु पारस जति चै नगर्ला नी । अब धेरै के गर्नु गिरिजाबाबुले पहिले नै भन्थेनी यही हृदयन्द्रलाई श्रीपेच पहिर्याइदिउँ क्यार । मैले केटाकेटीमै पाएको श्रीपेच अरु कुन केटाकेटीलाई दिनु र अब बडादशैंका अबसरमा हृदयन्द्रलाई छोडिदिउँ क्यार । ए पाँच बजिसकेछ । अब त उठ्नु पर्यो। जसरी पनि गाइजात्रा त हेर्नै पर्यो नि ।
समाप्तम् ॥
” mero Buba hajura le aatma hatyaa gribaksyo , yo
vharatiya neta le gardaa .
Mero daju ko bansha naash vho ,yo vharatiya chaal le
garda ………..
aabaa ta ati vho , ………………..
nepal lai sikim banaaun agha ke ke garne ho ………
abhagi rahechu ma ! maile pni kehi garna skina !
khai !mero pani ………………….
tesh pachi po bugchan ki janatale ………..
kasto mero karma !!!!!!!!!!
ystai ta sochda hun raja le !
यो बहुत राम्रो कुरा लेख्नू भयो यहाले.
कति नाटक जानेका यि नेता हरुले उ बेला मलाइ ठिक्क पारे ,सरकार हामिले तयार पारेको बक्तब्य पढे पुग्छ भने मैले पढे अनि चुप लगेर बसे,मेरो के दोश यसमा,अहिले नान भाति कुरा गर्छ्न,
तर यिनिहरुले जति फुर्ति गरेपनि राज्सन्था चाहि जदैन किनकि त्यो बेलाको समजौता नै छ् धन्न जनमत सन्ग्रह गरेनन गरेको भय चाहि चट हुने नि..गिरिजा ले धन्न कुरा मिलायो, ल हेर त्यो माकुने प्र्. म. हुन नपाको झोकमा पछि सम्म पनि कराउदै थियो, जनमत सन्ग्रह भनेर, प्रचन्ड ले पुरानो गुन तिर्यो,अनि सम्बिधान सभा मा कुरा मिल्यो र धुक्क छ्.अब अलि अलि त बिरोध त गर्नु पर्यो नि सरकर भन्दै थ्यो गिरिजा, त्यो पनि पक्का को नेता भयर निस्क्यो….बिचरा पारस चाहि अभागि रहेछ..राजा नहुने भो…थिकै छ यस्तै हो…त्यो इन्डिय को रिसले नाति लै राजा बनाउन नमानेको हो अब अन्तिम बिकल्प त त्यहि हो..इन्डियाले जे भन्यो त्यहि मन्ने भय नेत हरुले…हिमानि रज्य सहयक अनि बालक राजा के के बुझाउने हुन इन्डिया लै हेर्दै जौ…
आ…कति चिन्ता गर्नु अब कति पो बचियला र…..अब जे होस्…
Yesto sochnu ta gynandra ko dimag le nai pugdaina yadi pugne bhaye magh 19 & jana aandolan 062/63 bhanda aghi nai sochnu parthyo…but good work Surya ji….
Surya, Prakan ra Keshari ???…… Gyanendra le aafai yo name banayera lekhya ta hoina ???
Kamaal ko artical..
असली मनोबाद
मेरो बाजेबराजु ले ज्यान को परबाह नगरि हात मा नाङो खुकुरी लिएर बनाको नेपाल देशलाई यि जात ,पात्,थर ,मुल थ लो ठेगाना न् भाका लाई कसरी सुम्पेर जाउँ।यती सजिलै कसरी छोड्न सक्छु।
तर मैले छोड्न न् चाहेर कसरी हुन्छ्।भारतिय हरु म् लाई गद्दी मा देख्न चाह्दैनन।
यि नेता हरु हिजो मेरो दर्शन गर्न पाये पछी द ङ् पर्थे आज यिनिहरु मैले बोलाउला भनेर तर्की तर्की हिड्छन्।राज्नितिग्य हरु कती स्वार्थी हुँदा रहेछन्।यो गिरिजा बाहुन कती धुर्त रहेछ हिजो दरबार हत्या कान्ड मा आफु पि यम बन्न पाउदा चे खुशी भएर मेरो पछी लाग्यो आहिले चै सबै मेरो पावोर लिएर बसी रा छ्।मैले शासन सत्ता लिदा सेना ले कुकुर ला को बादलआ ले को होला बाहुन ले???के मैले कुकुर लाउनु भनेको थिए र्????
मेरो के दोश थियो र् पार्टिले यतिबिघ्न मेरो खेदो खानेको हँ??
देश हत्या र् हिम्सा ले चुर्लुम्म डुबेको बेला कतै म् देश लाई पुरानै बाटो मा लेउन सक्छु कि भनेर कोशीस सम्म गरेको त् हो नि???
के नेपाल को राजा,आफ्नो पुर्खा यो यो देश निर्माण गर्न एत्रो योगदान भा नाता ले मैले यती पनि चान्स न् पाउने???
रात रहे आग्राख पलाउछ भन्छन्,पर्खन्छु,हेर्छु यो गरीब देश का जनता लाई नेता हरुले कती दिन आश्वासअन दिएर झुक्यौन सक्छन???
मौका पाउन साथ फेरी सेना लाई साथ लिएर फेरी लिन्छु???तर अब त् दरबार पनि रहेन ज्यान को खतरा पो हुने भो त्???बरु बेलायत तिर गएर पर्खि बसु कि???
आफुले पालेको कुकुर ले आफुलाई नै टोक्छ भनेको साचो रेछ्।ाखिर यि माओब आदी लाई हामीले नै हिजो माथि उठाएउ आज हामीलाई नै टोक्न आए!!!!
प्रचन्द्,बाबुराम(दामोदर सम्शेर्ले पालेका) हाम्राइ सम्रक्षाण मा हुर्केका कुकुर हरु त् थिएनि??यो चितवान को बापती लाई जनता ले किन यती विश्वाश गरेका???न यो कुनै बिद्द्वान हो??
”एव रि डोग ह्याअज हिज डे”
बरु एक पेग लगाउनु पर्यो???खोइ ???कोमल कता ग इ???कोमल्!!ये कोमल्???बडामहारानी!!!!!
फेरि पनि मनोबाद कै कल्पनामा
हो त नि मैले गर्दा नै यो सबै राज तन्त्रको यो गति भयो| पारस छोरो र नाति पनि अभागि रहेछ | जन्मदैमा कस्तो अभागि मोरा हरु| आज मैले जे गरे पनि खलि खोत्रो खन्छन| बरु सबै कुरा छाडेर बिदेश ति हानिनु पर्छ क्या हो? कसैले राजा मान्दैनन भने आफु राजा भएर बस्न पनि त भएन नि| मेरो भाग्य नि कस्तो रहेछ| हुन त बिरेन्द्र दाजु कै पाला देखि यि लोकतन्त्र भनौदा हरुले हाम्रो अओइरो खनेका हुन|
हो त नि मैले पुष्प कमल दाहल , बाबुराम भट्टराइ , माधब नेपाल र गिरिजा जस्ता बाहुन हरुलाइ जजमानि मिस्ठान भोजन खाने रोलमा राखिदिएको भए आज मेरो यो गति हुने थिएन| आखिर यि सबै म मरे पछि श्री ६ बनाइ के जाति ख्वाइ चार भन्ज्याङ घुमाउने ब्यवस्था मैले पारसेलाइ सम्झाउन नपाउदै यो के गति भयो मलाइ| ति मोरा हरुलाइ राजब्यवस्था अनुरुप म मरे पछिको पहिलो पारसेको राजगद्दि चड्दाको दिन हाती माथि सबार गरि चार भन्ज्याङ घुमाउने र राजकिय नौवेध खुवाउला भन्ने पारसेको धोको पनि अपुरो भयो| हुन त यि मोराहरुको जात नै काट्टो सिहार्न भनेर मेरा पुर्खाले बनारस देखि लिएर आएका अहिले मेरो बुइ चढेर मालाइ नै घर को न घाट को बनायो| हुन त मलाइ पृथ्वि नारायण शाहको आनि बानि अति मन पर्छ र वहाले हाम्रो शाही खान्दान दरबारी भारदारलाइ भन्नु भएको थियो रे बाहुनलाइ राजनिति नदिनु भनेर तर के गर्नु मेरा दाजु ले नाक लामो भने पछि हुरुक्क हुन पटक्कै छाडेनन, गिर्जा भने पछि त मेरा दाजु बिरेन्द्र हुरुक्कै हुने | त्यासैले त ति दाजुको त्यो गति मेरो जिउदै यो गति भयो|अब मेरा सारा यि पखेटा काटिए र आज म पिजडाको सुगा होइन कि एउटा कारागारको कैति झै बसेको छु| यदि म नभैदेको भए गिर्जा र माकुने को हात बाबुरम र प्रचण्ड सग कसरि मिल्थो र ? जे होस म गिर्जा को र माकुने को गुन त कहिले पनि बिर्शन सक्दिन किनकि यिनले मलाइ श्री पेज पहिराइ दिएका हुन त्यसैले मैले पनि त्यो गुन तिर्नको लागि गिर्जा र माकुने को हात प्रचण्ड र बाबुराम सग मिलाइदिएको हु| शेरे डडेलधुरेलाइ उठनै नसक्ने गरि पछारेको त हु नि तर के गर्ने र देउका भए पनि घ्यु भात निकै खाएको बलियो नै रहेछ| यि बाहुन का जिब्रा पातला छ नभएको कुरा पनि फररा गरि तर्क दिएर बोल्छन|ाआफु भने बाहुन भै दिएको भए त्यो गिर्जा र दाहाल भन्द म पनि कम हुन्थिन होला| म भने नेपाली भाषा नै ठस ठस गरि बोल्नु पर्छ| अग्रेजि बोल्न जमानामा राजाका छोरा खाइबडे भैयो त्यति सिकिएन|बाहुन को धेरै बिस्वास गर्नाले यो गति भयो| हाम्रा पुर्खाले बाहुन को सगत नगर भनेका थिए तर के गर्नु………….?
surya jee dherai ramro lekh lekhnu bhayako rayachae. Schai nai maila lai pani yestai bhayako cha hola tara yeta kura chai chutyae cha ni ta khoi ta bideshi whisky, black, blue, and golden level ko kura yeso bela bela ma yes lai lekhnu bhyako bhaye ajhai ramro hunyae thiyo ki. sachai yestai kura kheldo ho hai gyan bhadur ko man ma.
Very nice artical and i hope he ( Actor of this Artical) should be sleep forever n fofever…
Hoina Gyanendra u can suicide before election then there is little possibile of monarchy otherwise u will be great nepali enemy.IF one can kill there own family for them suicide is not painful.
मनोवाद पछिको मनोवाद
हैन खै हृदयेन्द्रलाइ पनि राजा मान्लान जस्तो छैन। आखिर दोष नातिको हैन। हामी बाबु छोराकै छविले गर्दा हो। के गर्ने कसै गरेपनि नहुने भो अब। कहाँ गए होला ति सच्चित सम्शेर प्रभु शम्मशेर कमल थापा टंक ढकाल प्यारे गौचन । कोही बोल्दैन मेरो पक्षमा के भाको होला। पहिला मेरा शासन नफिरे सम्म १४ वर्ष घरबाट ननिस्कने कसम खाएका र त्यसको अनुसरण गरेका मनुज मिश्र के गर्दै होलान। मिडियामा त मेरा पक्षमा कसैले चुँ सम्म पनि गर्दैन। त्यो एउटा मनुज चौधरी भन्ने नामको छदम भेषीले कहिले कहि लेखिरहन्छ मेरा पक्षमा तर बोल्न भने छाड्यो त्यसले पनि सक्कली नामबाट । ए भगवान मनुज चौधरी जस्ता अन्य दुइचार जना मिडिया कर्मी भए त बरू म त्यो निर्मल निवास तिनैलाइ दिने थिएँ मेरो पक्षमा वकालत गरिदिए वापत। टंक ढकाल सन्चार मन्त्री हुँदा उनमार्फत हुन्डी खाने जम्मा एकजना त्यही मात्र बाँकी छ नुनको सोझो गरेर मेरो पक्षमा लेख्ने। अरू सबै जाली फटाहा रहेछन्। खै के भन्ने आफु परियो दूनियाँ को नजमा काले । लौन बाहिरै पड्केको आवाज पो सुन्दै छु के हो पारसले फेरी पड्कायो कि मेरो कानै खराब भा हो कुन्नी लौन कोमल कता छ्यौ मलाइ त के भो के भो ल ल ……
वास्तवमा यस्तै होला ज्ञाने मनोभाव । हि… हा. हा.हा
Excellent!
Ramro lagyo