बल्ल जाने भए राजदूत

मन्त्रिपरिषदको आज बसेको बैठकले विभिन्न सात वटा मुलुकमा राजदूत र ल्हासामा महावाणिज्यदूत नियुक्ति प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ। यसअघि शाही शासनकालमा नियुक्त राजदूतहरु सबैलाई फिर्ता बोलाइएपछि लामो समयदेखि ती देशहरुमा राजदूतहरुको स्थान खाली रहेको थियो। दलहरुबीच भागवण्डा नमिलेका कारण कूटनीतिक क्षेत्रमा यति लामो समयसम्म रिक्तता देखिएको थियो। अझ माअ‍ोवादी सरकारमा नजाँदै राजदूत नियुक्त गर्ने कुरा आउँदा माअ‍ोवादीले एक दिन बन्द समेत गरेका थिए विगतमा। अब भने भागवण्डा मिलेछ क्यारे। कुन-कुन देशमा को-को राजदूत बन्दैछन् त ?

फ्रान्स- पम्फा भुषाल

अस्ट्रेलिया- योगेन्द्र ढकाल

डेनमार्क- विजयकान्त कर्ण

इजरायल- वैजनाथ थपलिया

मलेसिया- डा. ऋषि अधिकारी

दक्षिण कोरिया- कमल कोइराला

युएई- अर्जुनबहादुर थापा

ल्हासा- (महावाणिज्यदूत) ङगिन्द्रप्रसाद उपाध्याय

अब यी व्यक्तिहरुको संसदीय सुनुवाइ पछिमात्र औपचारिक रुपमा राजदूतमा नियुक्ति हुनेछ ।

सदभावनाका मन्त्री राजेन्द्र महतोले भने राजदूत नियुक्त गर्दा समावेशी नभएको भन्दै नियुक्ति प्रक्रियामा विमति राखेछन्। समावेशी कसरी भन्ने अब, डेनमार्कका लागि विजयकान्त कर्ण मधेशी हुन क्यार। अब तामाङहरुले हाम्रो परेनन् भन्लान्, नेवारहरुले पनि हाम्रो पनि परेनन् भन्लान्, वादीहरुले हामीलाई पनि समावेश गर्नुपर्छ भन्लान्, राजदूत जस्तो देशको कूटनीतिसम्बन्धी कुरामा न दलको भागवण्डा हुनुहुन्छ न समावेशीको नाममा अक्षम व्यक्तिहरु नै पर्नुहुन्छ। सक्षम व्यक्तिमध्येबाट समावेशी भने हुनै पर्छ।

आज नियुक्ति प्रक्रिया अगाडि बढाउने निर्णय भएका बाहेक निम्न व्यक्तिहरुलाई पनि राजदूत बनाउने निर्णय हुन लागेको छ-

भारत- शैलजा आचार्य (पहिले नै विवाद भइसकेको)
अमेरिका- डा सुरेशराज चालिसे
बेलायत- मुरारीराज शर्मा
जपान- डा. गणेश योञ्जन तामाङ
रुस- सूर्यकिरण गुरुङ
जेनेभा- डा दिनेश भट्टराई
बंगलादेश-प्रदीप खतिवडा
म्यान्मार- गुणलक्ष्मी विश्वकर्मा
पाकिस्तान- बलबहादुर कुँवर
कतार- डा सूर्यनाथ मिश्र
साउदी अरेबिया- हमिद अन्सारी
चीन- टंक कार्की
बेल्जियम- प्रमेश हमाल

16 Comments

  1. Well Its says > Nepali Kanun Sabai Janun > samething evryone will not work for country and its people its not a new lesson in Nepalese Government Policy….just all leaders or all deveplomates they are busy for own fulfilment ! So in my point of view its doesnt matter for we Nepalese people…its patries and their benefit business only…..

  2. उमेश जी
    यो समाचारालाई ता अरु तीर पनि दिनु पर्यो नि. यदि तेस्तो नै हो बहने ता राम्रो होईन नि !!! यस्ता ठग हरु लाई ता समाजका सबी मानिश ले चिनेको राम्रो. साथी को देरामा बसेर डेरा भादापनी नातिरी बस्नेलाई पनि सरकार ले राजदूत बनों सक्दो रहेछा हाहाहहा…………..
    तेज गुरुंगहा………………….

  3. डेरा भाडा समेट नतिरी महिना-महिना डेरा बदल्दई हिदनु हुने ढकाल सरलाइ माओबादीले र शर्मा सर्लाई नेकाले आफ्नो सिफारिस गरेको राहेछन .उहाहरुको बारेमा नेपाल सरकार र यी २ पार्तिले वा सार्वजनिक सुनुवाइमा प्रस्न उठेको हो की होईन ?

    yastaa yogyataa pugekaaharu ta aru pani holaana hai testaa ko khojikaa laagi sarakaarale bigyanpan po nikaalchha ki ?
    Arun

  4. नेपाल सरकाराले हालै बिभिन्न देशका लागी राजादुतमा सिप्फारिश गरेका मानिसहरुको सम्बंधमा धेरैको बारेमा तेस्तो कुनै टिपण्णी गर्नु पर्ने देखिन्न , तर अमेरिकामा रहे-बसेका २ जना बिद्वानका समन्धमा भने सानो टिपण्णी. अमेरिकामा पनि ती २ बिद्वान बसने र बस्नू भएको एउतई शहर्बासी नेपालिको तर्फबात यो सानो चर्चा गर्नई पर्ने देखियो.
    राष्ट्र सघका लागी स्थायी प्रतिनिधि भएपछि अमेरिका आउनु भएका मूरारिराज शर्मा याहा कसरी र किन कती बस्नू भयो ? के नेपाल सरकार वा कुनै राजनीतिक दल वा अरु कुनै नेपाली नागरिक समाजको कामको लागी बस्नू भाहो की भनेर कही जानकारी मेरोसंसारलाइ छ की छिन ? अनि अंर्का योगेंद्र ढकाल उर्फ अजय शर्मा जो , नेपालामा जनान्दोलनका बेला न्युयोर्कामा बस्रेय किताब लिखने हल्ला पिताएर पैसा कमाउन ब्यस्ता हुनु हुन्थ्यो , उहाले कस्तो पुस्तक लेखन कसले पठाएको थियो र त्यों पुस्तक के हो ? पुस्तक लेखन पनि पर्ने र काम गर्न पगी धेरी नसकिने हुडा नेपाली साथी भैकोमा सहयोग मागेर बस्नू हुदाको डेरा भाडा समेट नतिरी महिना-महिना डेरा बदल्दई हिदनु हुने ढकाल सरलाइ माओबादीले र शर्मा सर्लाई नेकाले आफ्नो सिफारिस गरेको राहेछन .उहाहरुको बारेमा नेपाल सरकार र यी २ पार्तिले वा सार्वजनिक सुनुवाइमा प्रस्न उठेको हो की होईन ? एक जना नेपालिले दुख गरेर सहयोगाका लागी सस्तोमा डेराको बासको समेट पैसा नतिर्ने यी लेखक ज्युले अब राजदूत भा पछिको पहिलो मैनाको तनखा न्युओर्कमा बसेका बेलाका डेरा भाडा भनेर पथाउनू भयो भने ता मानू परला नत्र ता यी २ क्रांतिकारी पार्तिको क्रान्ति के हो र यी पार्टी सा*गा के कसता कती मानिष रहेछ त भनेर सबैलाई चेतना भया नि नभया ? खाएको लाएको र गारो सारोमा साथीले गरेको सहयोगको पैसा तिर्न पर्छ भानेर भागी भागी हिदनु हुने ढकाल सर्लाई ती सोझा र मेहनती नेपाली साथिको पनि शुभाकामना छ रे है.यदि यो कुइरा झोटो हो भनेरा दकाल सर वा उहाको कोही पनि समर्थकले भन्च भने ती साथी आफ्नो संबई जानकारी सहित सार्वजनिक हून तयार छन .

    ढकाल सर्र र शर्मा सर्लाई बधाई शुभाकामाना र नेपाल रासकारामा सल्गन पार्टिलाई पनि धन्यवाद छ.
    हरी पौडेल ,
    चितवन , हालअमेरिकान्यूयोर्क

  5. “CONG” TO ALL THE NEW TWENTY AMBASSADOR.THIS MESSAGE IS FOR MR. BAIJNATH THAPALIYA.MR.THAPALIYA IT SURE THAT U WILL BE APPOINTED VERY SOON SO PLZ BEFORE TAKING ANY STEP FOR THE WORKER OF ISREAL PLZ MEET THEM FIRST. TRY TO KNOW THE PROBLEM WHICH THEY ARE FACING RIGHT HERE.

  6. Nepali rajdoot le bideshma kehi pani garna sakdeinan
    teseile jaslai pathayepani hunchha.. milchha bhane sabei party ka tin tin jana autei desh ma pathaye pani hunchha.akhir garne ta tehi ni ho bhai bhatija lai bidesh lane ta ho pachhi

  7. In my humble view, it does matter from which group you are selecting the ambassadors. For last century or so, Nepal has been a country of only a few castes. All posts are occupied by a selected few castes only. They have not only mismanaged Nepal, which is apparent from the state of state, they have looted Nepal leaving it to a political and economical bankruptcy.

    Ambassadorships used to be the vacation posts for a selected few castes and those who are at the Narayanhity. They NEVER represented Nepal. This is the wrong way of spending the foreign exchange earned by Nepal.

    In the making of new Nepal, opportunities should be given to all Nepal in an inclusive manner. From the list that has come out, it still seems reserved for a few selected castes.

    The Maoists sold the dream of including all but when it came to selecting the ambassadors, they neglected the janajati on whose support they thrived. In the coming election, Maoists will a blow from the janajatis. Shame on Prachanda and Baburam.

    NC and UML only want to perpetuate the bahunism. Deuba party is hardly a party. It is just a top heavy group with lots of cash that is desperately looking for a recognition after Gyanendra stopped throwing food at them. Surya Bahadur Thapa and Pashupati are still willing to lick the boot of displaced and disgraced Gyanendra; they are the ones who brought Nepal to a disfunctional state ignoring janajatis and madheses.

    Hardly there has been a discussion, in press or in parliament, of what an ambassador is expected to do. What should be the strategy for each country and what is the best way to respresent. What are the goals and objectives we would like each of these ambassador to achieve within a certain timeframe. How will their work be evaluated by the committe of parliament and experts? Whether it is good to send a Buddhist person to a country like Burma, Thailand and Sri Lanka just like a Muslim is usually sent to Saudi Arabia. What lessons should be learned from the non-action of previous ambassadorial posts. How could the Foreign Ministry provide the best advice and orientation to the group of ambassadors who are going to start in new diplomatic life where there is different world out there? Is there any use of posing a military attche in a non result oriented way? How much has our press done to highlight the work each ambassador needs to do in each country of their assignment. Remember we have had an ambassador who are caught in book theft, grocery theft and undiplomatic activities.

    8 parties are taking their turn in bhag-banda. This is the sad state of Nepal.

  8. राम्री देश को हीत का लागी काम ग्रे ता ठीकई हुन्थियो
    तर केवल अफना भाई छोरा लाई बीदेश पठाउँन मात्री राजदूत बनउने नेपाल्को इतिहास छ

  9. It does not matter whether they are Bramans, chettri or else. One who can represents Nepal and its people in foreign countries and work hard for promoting trade, tourism, industry and culture, I donot think most of nominated folks are worthless. Couples of nominated are genue, they have guts to lead the country, rest of all will have wonderful life as cost of us.

  10. >जपान- डा. गणेश योञ्जन तामाङ

    मैले सुने अनुसार जापानको लागि राजदुत बनेका गणेश योञ्जनको डाक्टरी मानार्थ हो रे! त्यस्तो मान्छेले अगाडि डा लेख्न पाइन्छ कि पाइँदैन हो???

    जापानमा नक्कली नेपाली डा हरुको बिगबिगी चलिराखेको छ। यिनको कुरा चाहिं के होला? हुनेवाला राजदुतको डाक्टरी नक्कली हो सक्कली हो, उहाँलाई व्यक्तिगत रुपमा चिन्ने साथीहरुले केही प्रकाश पारिदिनुहुन्छ कि!

    लोकतान्त्रिक सरकारले नियुक्त गरेको राजदुत पनि मण्डले खालकै रहेछ भने त लाजमर्दो हुन्छ नि, हैन र?

  11. Sailaja lai gyanendra ko nagarjun jangal herne jimma lagaye hunthiye , bichara India ko X Priminister Chandra Shekhar ko pani dehanta bhai sayo

  12. luitel bandhu,

    tapailai yo deshma bashney pani kunai adhikar chhaina, tapaiharujasta ley garda nai desh bikhandan tira janchha. russia ko nai udharan linuhos. baru jat- jati ko naam ma kura garnubhanda kasari sammunat rastra banauna sakinchha tyo sochnus.

    jaya nepal.

    katda sabaiko ragat rato nai aaunchha.

  13. Of twenty one ambassadors nominated 11 are Brahmans 50%), 5 chetriays 24%), 1 Muslim, 1 Tamang, 1dalit, 1 Madhesi and I Gurung. Is that fair? Brahmans and Chetriays 75% and rest of the people 25%. 75-25 equation is similar very similar to 80-20 equation of Girija. The Brahmans and Chetriyas have ruled the country for 340 years and appears that they will stay much longer in this country. The Jana Andolan II has no meaning now. It appears it is only a change of guards. Before the chetriays (the king) had the absolute power and now the Brahmans have it.

  14. शैलजा आचार्य लाई ज्ञानेंद्र को नागार्जुन दरबार माँ पठाए बेश हुने थियो की?

  15. भाग शान्ती जय नेपाल , सबै लाई चेतना भया……..

  16. येक बथान भेडाहरु लियेर ताक्ला कोट जानुपरने खाल्का मानिस हरु राजदूत भयेछंन अब नेपाल को नया रूप यिन्ले कसरी कोरने हूँ न ,येउटा चासोको बिसय छ|

Comments are closed.