[‘साला काठमाण्डू’ शीर्षकको कविता ब्लगमा राखिएपछि त्यसमा आएका प्रतिक्रियाहरुप्रति प्रतिक्रिया जनाउँदै थप प्रतिक्रियाको प्रतीक्षा गर्दैछन् प्रेम बानियाँ]
-प्रेम बानियाँ-
प्रिय पाठक,
प्रारम्भमा क्षमा चाहन्छु; यो भाग्यमानी राष्ट्रको अभागी राजधानी काठमाण्डूलाई जबर्जस्त ‘साला’ शब्द प्रयोग गर्न म बाध्य भएकोमा। र, यो आलेख त्यही ‘साला काठमाण्डू’ प्रति लक्षित छ जहाँ हिमालका थुम्काहरुबाट बख्खु भिरेर छिरेका शेर्पा दाइहरु, पहाडका ढिस्काहरुबाट गुन्टा बोकेर पसेका पहाडेहरु र तराईका फाँटबाट एकसरो धोति भिरेर आएका मधेशीहरु दिनदिनै अस्ताएर विलय हुने घाम जस्तै विलय भइरहेका छन् र डढेर खरानी भइरहेका छन्- फोहर बाग्मतीको किनारमा। शायद, उनीहरुसँगै डढेर खरानी भएको सत्य यही हुनसक्छ कि “उनीहरु मर्न काठमाण्डू आएका थिएनन्।” अनि हामी धेरैसँग खरानी हुन बाँकी अर्धजीवित त्यस्तै निर्धो सत्य छ कि हामी कोही पनि मर्नका लागि काठमाण्डू आएका होइनौँ।
तर मैले जोड्न खोजेको सन्दर्भ थियो- काठमाण्डूको सिमेन्टमाथि उभिएर मञ्चन हुँदै आएको राजनीतिका लघु र महानाटकहरु। र, बिम्बका माध्यमबाट परास्त गर्न चाहेको पात्र थियो काठमाण्डू! अर्थात् साला काठमाण्डू! अर्थात् साला नारायणहिटी, अर्थात् साला…..! हो, यो कविता जनआन्दोलन दुई चलिरहँदा जन्मेको तिक्त सत्य थियो, जुन बेलाको राजनीतिक उभारमा अपुताली घिचेर नारायणहिटी आवाज र अक्षरमात्र होइन, प्रजातन्त्रमाथि झम्टिन खोजिरहेथ्यो, र साला, काठमाण्डूमा मैले लेखेको थिएँ-
अपुताली वा काकताली
कुनै खुशी छैन आँखामा
प्रजातन्त्रको काँचो मासु डकारेर
अझै झम्टिन खोज्छ
आवाज र अक्षरहरुमाथि
शिकार नपुगेको बाघजस्तो
साला! काठमाण्डू
हो, त्यही सन्दर्भ थियो र साला, काठमाण्डूको मुटु- नारायणहिटीले त्यतिबेला सिंगो देशको अस्मिता समाप्त पारिदिने कालचक्र छाड्न सक्थ्यो। त्यसकारण पनि मैले मेरो कवितामा गाउँलेहरुलाई काठमाण्डू डाकेको थिएँ-
आउ
ए, गाउँलेहरु
छिन्यो भने पनि
हातमा पट्टी बोकेर आउ
खाँदैछौ भने पनि
जुठै हात बोकेर आउ
काठमाण्डूले झण्डा बेच्न सक्छ
काठमाण्डूले देश बेच्न सक्छ
के भर
साला, काठमाण्डूको !
तर, फेरि एकपटक, क्षमा गर्नुहोला मेरा प्रिय पाठक, राजनीतिक खबरदारी, सतर्क र सचेतताका दिशालक्षित मेरो कविताले छाडेका प्रकाश वा किरणहरु भौतिक अपहेलनाको दृष्टिगोचर भएकामा।
र, मेरो कवितासँगै प्राप्त प्रतिक्रियाहरुबाट मैले सिकेको एउटा अर्को अध्याय हो- आज पनि निकै नागरिकहरु काठमाण्डूको समवेदनासँग असन्तुष्ट रहेछन्। तर मेरो त्यो कविताले काठमाण्डूको समवेदनालाई चित्रित गरेको थिएन जति प्रतिक्रियाहरुका आशयले गरेका थिए। बरु मेरो कविता काठमाण्डूको मुटुकेन्द्रित थियो जहाँ राजनीतिक प्रतिघातका काउसाहरुले देश चिलाइरहेको थियो। अनि यो सत्य हो- देश अझ पनि धेरैलाई चिलाइरहेको छ। तनाव छ र अशान्त छ।
धय्बाद दिन को लागी शब्द त म संग थियो, तर न दिने ~~!!!
anyway nice your pome keep it up prem G
Nirmal Thapa
माफ गर्नूस प्रेम जी तपाईलाई धन्यबाद दिनको लागी मसंग कूनै शब्द नै छैन |
I loved your poems. And I agree that Kathmandu is dying and need to reborn. Really good.
best poem ever I read in m y life
I love u man
ashish
I do not agree with the use of word ‘Sala Kathmandu’, which gives a negative meaning. Kathmandu does not necessarily resemble with synonyms of anarchy, rude politics or whatever way you want to describe. Rather it is the centre of opportunity, attraction of all, door to outer world and a very divine place which has been existed for a long back in history.
Chetana
Prem ji its fantastick poem weldone .. i don’t know there is no words to thanking you,,,,,ohooo wauoooo,,Bill purja London uk
नमस्कार प्रेम जी !
तपाइको कबिताहरु पढने मौका पायको थिए .खुसी लागेको छ तपाइको भावना ले नेपालको दुखी तमाम जनाताको प्रतिनिधित्व गरेको छ मुठी भरको लागी स्वर्ग भयको नेपाल को बिरोद गरेको ले पनि खुसी लागेको छ र तपाइको प्रगातिको कमना गर्दछू.
ध्रुब कुमार थापा
सिन्धुपाल्चोक संगाचोक 7
जल्केनी
I could not admire your poems any more
प्रेमजी
सदियू देखी सामंती सस्कार ले बलाक्रित तपैको,मेरो र हर्के दाई को काठमांडू
प्रसब बेदना ले छाट्पटै रहेछ||
यत्र तत्र बिछौना माँ फोहर मैला छन
टाउकामाँ समेत सिलिंडर,र युज्ड क्यांन हरु||||
नासा हरु को बेहाल छ..
आजकाल !!
पानी को सटा ढल र रगत बग्छ
र्रानीपोखरी तिर्खायेकी छ
घंटा घर लाज्ले बोलन छोड़ी सक्यो |||
बुदो धरहरा भंछ,काठमांडू माँ आजभोली||
जिबित मान्छे हरु बस्छांन ||
तर
जिबन छेन||\
i am proud of you prem , it was really a nice poem
तपई लाई धन्यबाद दिने शब्द हरु खोजिराहेछू
लेकिन भेटाउन सकीना सब्द हरु को माज माँ झिलिराहेछू
तर काठमांडू का साला दर्बरिया तथा मंडले हरु तर्सेका होलन
थापा र् राणा हरु दारा किदेका होलन
आफ्नई दाऊ पेच माँ काठमांडू लाई तकिराहेका होलान
बिचारो काठमांडू