ऐतिहासिक निर्वाचनमा शान्तिपूर्ण मतदान सम्पन्न

अपडेट (साँझ ६:४०) निर्वाचन आयोगका अनुसार २० हजार ८ सय ८८ वटा मध्ये ३३ वटा मतदान केन्द्रमा मात्रै मतदान स्थगित भएको छ र देशभर करिब ६० प्रतिशत मतदान भएको छ।
अपडेट (साँझ ५:१५) संविधान सभाको ऐतिहासिक निर्वाचन सारा विश्लेषकहरु र विश्वलाई नै चकित पार्ने गरी देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। निर्वाचनका क्रममा छिटपुट हिंसाका घटना नभएको हैन। तर समग्रमा हेर्दा निर्वाचन पहिलेका निर्वाचनको तुलनामा निकै शान्तिपूर्ण भएको छ। हालसम्म २० वटा बुथमा मात्र मतदान स्थगित भएको निर्वाचन आयोगले जनाएको छ। यसअघिको निर्वाचनलाई तुलना गरेर हेर्ने हो भने यो संख्या एकदम कम हो। यसअघिको निर्वाचनमा १ सय ५० स्थानमा मतदान स्थगित गर्नुपरेको थियो। निर्वाचन आयोगले समेत ५-६ प्रतिशत स्थानमा मतदान स्थगित गर्नुपर्ने घटना हुन्छ होला भन्ने अनुमान गरेको थियो। तर अहिलेसम्म आएको संख्या एक प्रतिशत पनि पुगेको छैन।

तराईमा के के न होला भनेर चिन्ता गर्नेहरु पनि निकै थिए। तर तराईमा पनि एकदमै शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ। जम्मा एक ठाउँमा मान्छे नै मर्ने गरी झडप भएको छ। सुनसरीको सुजाता कोइराला र उपेन्द्र यादव उम्मेदवार भएको निर्वाचन क्षेत्र नम्बर ५ मा काँग्रेस र फोरमका कार्यकर्ताबीच झडप हुँदा काँग्रेस कार्यकर्ता गंगा दासको मृत्यु भएको थियो। त्यसैगरी महोत्तरीमा गाडीले किचेर एक जना मान्छे मरेको छ।

धेरै मानिसहरु डराएका थिए संविधान सभाको निर्वाचन निर्धारित मितिमा हुँदैन कि भनी। विश्लेषकहरु पनि सहज निर्वाचन कठिन हुने विश्लेषण गरी बस्थे। चुनाव हुँदैन भन्दै बाजी ठोक्छु भन्नेहरु पनि भेटिएका थिए। मतदान सुरु हुनुअघिदेखि सम्पन्न नभएसम्म पनि केही ठूलो घटना हुन्छ भनी डराउनेहरु पनि थिए। तर यी सारा आशंकालाई चिर्दै नेपाली नागरिकहरुले देखाइदिएका छन् शान्तिप्रतिको चाहना। सबै छक्क परेका छन् यस्तो संक्रमणकालीन अवस्थामा पनि यति सहज र शान्तिपूर्ण रुपमा चुनाव कसरी सम्पन्न भयो ? आफ्नो भाग्य आफै कोर्ने यो एक जुगमा एक पटक आउने चुनावमा मतदाताहरुको उत्साह पनि प्रशंसनीय थियो। किरियापुत्री बसिरहेकाहरु होस् कि मतदान लगत्तै प्राण त्याग्ने वृद्धहरु हुन् वा मतदान केन्द्रमा नै बच्चा जन्माउनेहरु होउन्, सार्वभौमसत्तासम्पन्न नेपाली नागरिकहरु राजनीतिक रुपमा निकै सचेत भइसकेका छन् भन्ने प्रमाण यसबाट देखिएको छ। मतदान प्रतिशत पनि देशभर ६० देखि ६५ प्रतिशतको हाराहारीमा हुने अनुमान गरिएको छ, जुन नेपालको परिप्रेक्ष्यमा एकदम सन्तोषजनक हो।

चैत २८ आउला कि नआउला भन्ने चिन्ता धेरैलाई थियो। त्यो चैत २८ लाई हामीले सहज रुपमा पार गरेर एउटा पाटो पूरा गरेका छौँ। अब अर्को कठिन चरण बल्ल सुरु भएको छ। यो निर्वाचन संविधान बनाउनका लागि मात्र नभई शान्तिप्रक्रियाको एक भाग पनि थियो। यो निर्वाचनमा जसको सुकै बहुमत किन नआअ‍ोस्, दलहरु मिलेर जानुको विकल्प छैन। निर्वाचनको परिणामपछि अहिले कै जस्तो धैर्य र संयम सबैले अपनाउनु पर्छ। मिलेर नै शान्तिविरोधीहरुलाई पराजित गर्दै लानुपर्छ।

****************
मतदान गरे लगत्तै मृत्युः काठमाडौँको क्षेत्र नम्बर २ को बत्तीसपुतलीको श्रीराम मन्दिरमा रहेको बुथमा बिहान सात बजे पहिलो मत खसाएका ९० वर्षका रामदत्त आचार्यको मतदान गरेको १० मिनेटपछि नै मृत्यु भएको छ। निकै भाग्यमानी रहेछन् उनी। निर्वाचन आयोगका कर्मचारीहरुले अलि ढिला गरेका भए वा लाइन लागेर भोट खसाउनु परेको भए उनी यो ऐतिहासिक निर्वाचनमा मतदान गर्ने अवसरबाट वञ्चित हुन सक्थे। तर निर्वाचन आयोगले वृद्ध, अशक्त र अपांगलाई लाइनमा बस्नु नपर्ने व्यवस्था गरेको छ। उनले आफ्ना प्रतिनिधिले संविधान बनाएको त हेर्न पाएनन्, तर आफ्ना सन्ततिका लागि भने मतदान गरेर गए। त्यसो त हिन्दू धर्मशास्त्रका अनुसार मन्दिरमा मृत्यु हुनेहरु स्वर्गमा जाने गर्छन्। कतै उनलाई यमराजले पनि नेपालको ऐतिहासिक संविधान सभाको निर्वाचनमा मतदान गर्ने अवसरबाट वञ्चित गराउन नचाहेको पो रहेछ कि ?
***********
बुथ कब्जामा को अगाडि ? : मतदान भएको साढे पाँच घण्टा सकिँदासम्म प्राप्त जानकारी अनुसार निर्वाचन आयोगले सिरहा, सप्तरी, महोत्तरी र चितवन ६ वटा बुथमा निर्वाचन स्थगित गरेको छ। बुथ क्यापचर गरेको सम्बन्धमा भने यस्तो तथ्याङ्क सञ्चार माध्यमले बाहिर ल्याएको छ। यो आयोगले निकालेको तथ्याङ्क भने हैन।

बाग्लुङ क्षेत्र नम्बर २ को एक बुथ- राष्ट्रिय जनमोर्चाले
दोलखा क्षेत्र नम्बर १ को दुई वटा बुथ- काँग्रेस
दोलखा क्षेत्र नम्बर १ को एक बुथ- एमाले
रामेछापका चार गाविस- माअ‍ोवादी

मतदान कार्य भइरहेको भिडियो हेर्नुस्

अपडेट बिहान ११:३० बिहान सात बजेदेखि सुरु भएको मतदान देशभर शान्तिपूर्ण रुपमा भइरहेको छ। साढे चार घण्टासम्मको अवधिमा निर्वाचन आयोगले जम्मा ६ वटा बुथमा मात्र निर्वाचन स्थगित गरेको जनाएको छ। आफ्नो संविधान आफै बनाउनका लागि भइरहेको यो ऐतिहासिक निर्वाचन छिटपुट घटनालाई बेवास्ता गर्ने हो भने एकदम शान्तिका साथ भइरहेको छ। हिजोसम्म तनावमा रहेको दाङ जिल्लामा पनि मतदान शान्तिपूर्ण रुपमा भएको छ।

16 Comments

  1. मन हलुका भयो यतिहासिक निर्वाचन शान्तिपूर्ण रुपमा सफल भयको खबर पढ्न पाउदा !

  2. Very Very good news for us Having a peace,successful CA ELection 2008!
    Great Job.thanks alot for everyones!

    Super Exciting to knows the Election result as soon as quick.
    thanks
    Megh Singh Adhikari
    USA!

  3. शान्ति पूर्ण रुपमा निर्बचन सम्पना भयको सुन्न पाउदा धेरै खुशी छू अबा औने दिनहरुमा पानी सफलता मिल्दै जउस नेपाली दाजु भाई दिदिबहिनी आमबुबा बजेबजई हरुलाई धन्नेबाद चुनाबा सम्पन्न गरउनु भयकोमा

  4. We are in a truly unbelievable moment in our country’s history. Hope the days ahead will be much more fulfilling and satisfying to all citizens. It is an real opportunity to establish a truly democratic society.

    Kudos to GP Koirala in this great accomplishment!

  5. Dear Umesh jee,
    Thanks a lot. This is really a great news for us to be updated on the current events of Nepal. I have been enjoying your site for a long time.

    All the best. Please keep it up!
    Netra

  6. it is very good umesh ji,
    thank you very much for your information
    prakash bhatta
    scotland

  7. जे भए पनि चुनाव राम्रै सँग सान्तिपूर्ण वातावरण मा भयो यो नै खुशी को कुरा हो .

  8. मान्छे त मरेकै रहेछ दु:ख लाग्यो, तर पनि तुलन्नत्मक रुप्मा शान्तिपूर्ण भएको सुन्न पाउदा अत्यन्त हर्षित भए । जे होस् देशले नयाँ मोड लिने नै भयो । समस्त आजकै दिनमा स्वर्गबास हुने हरु अनि बाजेलाई सलाम, धन्यवाद, बधाई अनि दिबाङ्गत आत्माको चिर शान्ति को कामना । देशले दिबाङ्गत बाजेको इच्छा पुरा गर्न सकोस् ।

  9. संबिधान सभाको चुनाव सफल भएकोमा खुशी लाग्यो । यो महान कार्यका प्रमुख हाम्रा बर्तमान प्रधान मन्त्री श्री गिरिजा प्रसाद कोइराला लाई नेपालमा एतिहासिक चुनाव सफल पार्नु भएकोमा सर्बप्रथम मुरी मुरी धन्यवाद र सबै भोट् खसाउने महान नेपालीहरु लाई पनी बधाई ।
    अन्तरे, लखन्पुर झापा
    हाल बेलायत

  10. Congrats to all Nepalese people and hope this historic event will bring lasting peace in our country.

  11. good very good
    Thanks to neplese people ,leaders,security forces and international community

  12. Dear Umesh Ji,
    Thank you very much for providing upto-date information about election. We salute your contribution. You made us proud by giving a feeling that we are also part of CA election. Though we did not vote directyly, you gave us chance to vote which we expect you will release soon.
    Keep it up and we expect same kind in providing CA results also.

Comments are closed.