संविधान सभाको पहिलो बैठकमा एमालेका प्रत्यक्षबाट निर्वाचित ३३ जना सभासद्हरु हुनु पर्ने भए पनि ३२ जना मात्र उपस्थित हुन पाउने भएका छन्। सिन्धुली १ बाट निर्वाचित भएको घोषणा गरिएका विषमलाल अधिकारीले राजतन्त्रको फैसला गर्ने ऐतिहासिक तथा महत्त्वपूर्ण संविधान सभाको पहिलो बैठकमा सहभागी हुन पाउने छैनन्। संविधान सभा अदालतले उनलाई मतगणनामा भएको अनियमिततासम्बन्धी मुद्दामा विपक्षीको जवाफ नआएसम्म शपथ ग्रहण नगर्न र नगराउन अन्तरकालीन आदेश दिएपछि एमालेको एक सिट धरापमा परेको हो।
यसअघि पनि महोत्तरीबाट विजयी घोषित फोरम उम्मेदवार शरदसिंह भण्डारीको नाम पनि विजयी उम्मेदवारको अन्तिम सूचिमा समावेश नगर्न संविधान सभा अदालतले अन्तरकालीन आदेश दिइसकेको छ। (more…)