तीन करोडको सडक बन्दै नबनी बिग्रन थाल्यो


तीन करोड २० लाखको लागतमा बन्दै गरेको यो सडक बनिनसक्दै भत्कन थालेको छ। माथितिर सडक बन्दैछ, तर तल बनिसकाएर चल्तीमा आएको वर्ष दिन नबित्दै ठाउँठाउँमा प्वाल पर्न थालिसकेको छ। माथि बन्दै तल भत्कँदै क्या हो ? भन्दा यही हो भन्ने नयाँ उखान बनाउनु पर्ला जस्तो पो भाको छ त बाब्बै।


यो कुन ठाउँको सडक होला भनी हिजो सोधिएको प्रश्‍नको जवाफ धेरैले मिलाउन सकेनन्। केहीले भने ठ्याम्मै मिलाए। हजुर, यो सोल्टीमोडदेखि नागढुंगासम्म सडक विस्तार गर्ने योजना अन्तर्गत बनाइएको सोल्टीमोडदेखि कल‍ंकी जाने बाटो हो।

कलंकीबाट नागढुंगासम्मको बाटो फराकिलो बन्न बाँकी नै छ। तर सोल्टीमोडदेखि कलंकीसम्मको बाटो फराकिलो पारेर सन्चालनमा आइसकेपछि नै ट्राफिक जाम निकै कम भएको छ। नत्र त यहाँ कम्ता ट्राफिक जाम हुँदैन थियो। एउटा ब्यान्डले त गीतै बनाएको थियो नि- कलंकीको जाम भन्दै।

यो त भयो राम्रो कामको बयान। नराम्रो कहाँबाट सुरु भयो भने सन्चालनमा आएको एक वर्ष नबित्दै सडक ठाउँठाउँमा भत्कन थालेको छ। कति ठाउँमा त मोटरसाइकल लड्ने खालका ठूला खाल्डा परेका छन्। हेरौँ केही फोटोहरु।

यी सबै फोटो सडकको एक लेनमा मात्र खिचिएको हो। अर्को लेनमा पनि उत्तिकै खाल्डाखुल्डी परेका छन्। हैन यति छिट्टै सडक किन बिग्र्यो हँ भनेर किन कसैले चासो दिन्नन् ?

यो सडक कसले बनायो त भन्ने जिज्ञासा पनि उठ्यो होला तपाईँलाई। २० असार २०६५ मै बनाइसक्ने लक्ष्य भए पनि पूरै खण्ड अहिलेसम्म बनिनसकेकोले सोल्टीमोडमा अझै एउटा साइनबोर्ड झुण्डिएको छ। हेरौँ त्यसैमा यो सडकका बारेमा जानकारी-

65 Comments

  1. इस्टिमेटको ३० प्रतिशतको टेन्डर हुन्छ, अनि त्यसको पनि ३० प्रतिशत actual construction मा लगानी हुन्छ होला | अनि naturally त्यस्तो हुने नै भयो नि |

  2. खै येस्तई हो { चोर देशमा चंडल , चंडल हरु सधै कंगाल } देश मा सबैलाई कमाउनु परेको छ ( इजी अरनिंग , कुइक रिच ) कसरि हुन्छा ??? एउटा तरिका बन्न सकिएको छैन , कुरा भने ठुलो …….काम भने सानो येस्तई हो बाहुनले सासन चलाएको देश…..जाल-झेलका को दोहोरि गाउदा गाउदा आफनै धोति खसेको थाहा हुन्न यिनको ? खै बुढा पाकाले भन्थे { जोगीले , जोगिने बनाउछा भनेर }
    देश ते स्तई भै राखेको छ ……जुनै पार्टी को सरकार आएनी ??? रंगिन बोत्तल हरुमा भरिएको भट्टीको जाड जस्तै ! भित्र उनै खुंखार बाजे हरु …….खै देश र जनताले कजुली फेर्ने दिन कहिले जुरेन !
    आफनै दुनो सोझाउना फुर्सद हुदैन येत्रको बिकाश ?
    लोउ लोउ भगवान्ले यिनलाई मात्र रछाया गरुन

    धन्यबाद

  3. अब त्यस्तालाई पाता फर्काउने दिन कहिले आउला ?

  4. यो पत्रकारीता मलाई मनपर्यो|
    thnx. keep up the good work. hope it will attract required attention from the responsible parties and rectify the mistakes and problems. this construction is a disgrace. r we really that incompetent to do our assigned tasks?!

  5. ठेकदार हरु ले पैसा जति खल्ती मा हाले पछि कसरि रोड बन्छ , तेस्मा निर्मार्ण समिति को पूर्ण जिम्मेवारी हुन्छ

  6. कतै नभएको जात्रा हादीगाउमा …… चोरहरूको देश

  7. जो मन्त्रि आए पनि यहि हो, माथि बनाउदै जान्छा तल बिग्रंदै जान्छा

  8. सबै साथीहरु किन दाम्लो छिनाल्न खोज्नु भयको ? बाटो बनि सिद्यकै छैन नि! बाटो बनाउदा बनाउदै गाडी चले पछी एती बिग्रनु त स्वभाभिक नै हो नि |बरु सडक हस्तान्तरण हुने बेलामा पनि येस्तई रह्यो भने बिरोध गर्नु पर्छा | हुन त नेपालीहरुलाई कचकच गर्ने निकै बानि छ |

  9. सबै को karapted maind भयपछी yastai हो .ठेकेदार ले टन्न कमायो होला नि त हो? अनि नेता हरु लै पनि अलि अलि दियो होला janata लाइ जे भय पनि के भयो त?

  10. हैन म के गरु हाउ !!!!! हामी जनता ले नै मिलेर यी हरामी हरुलाई बहिस्कार गर्न मिल्दैन भन्या | के पुरा सिंगो नेपाल मा यौटा पनि येस्तो ब्येक्ति जन्मेको छैन जसले पूरा इमानदारी का साथ आफ्नू राष्ट्र/देश को नीमीत्त काम गरोस… !!! म गर्छु मेरो देश को लागि पूरा बफादार/इमान्दारी पुर्वक छ कोइ मलाई सपोर्ट गर्ने ? बनाऊ सबै मीलेर मलाई नेपाल को पी. एम. अनि हेर्नू म कसरी लाग्छु मेरो देश लाई माथि |

    मलाई केहि चाहीदैन हरेक महीना मेरो property पुरा नेपाली सर्वसाधारण ले चेक गर्न सक्नेछन् येदि मेरो रहन सहन र मेरो सम्पति मा चाहीने भन्दा फरक आएको खण्ड मा म पुरा नेपाली जनता को सामोनी जस्तो सुकै सजाय भोग्न तयार छु ! छ कोइ मायेकालाल मलाई सपोर्ट गर्ने | म मेरो लागि होइन देश को लागि गर्न चाहन्छु ! मलाई साथ दीनोहोस म केहि गरेर देखाउछु होइन भने तपाई युवा मध्ये कोहि नीस्कनूहोस् मेरो पुरा सपोर्ट रहने छ | जय नेपाल

  11. Dear all,
    for this subject we all people comments for our leadership & contractor but nobody write comments for our countries graduate for road work & where is consultant for check & approved for that work, can we ask for that,where is details of quality control, production factory’s details & asphalt course (form subbase compaction to prime coat, base course & wearing course), we should have knowledge for all of those after clarify of those items then we can comments for minister.
    Try to get good knowledge then comment for better
    Thanks for all
    Raj

  12. होइन भन्या हामी नेपाली हो भनेर गर्व गर्ने दिन कहिले आउला????
    के सधै यसरीनै चल्ने हो त हाम्रो नेपाल? सबैको पालो हेरियो देशलाइ स्वित्ज़र्लैंड बनाउछु भन्ने कुराहरु, अब त यी चोरहरु को कुरा छोडेर बरु नेपाललाई अर्कै बिकसित राष्ट्रले लिए हुन्छ होला है, नत्र येस्तई हुने हो भने कुनै दिन संसार को सबै भन्दा पिछडिएको राष्ट्र को रूपमा आउना बेर छैन.

  13. बल्ल त सुजाता आएकी छन् / अब पक्कै बन्ने भो बाटो क्याको चिन्ता हाउ
    !!!

  14. ठेकेदार देखि मन्त्रि सम्मको घर कहिले नबिग्रने गरि बन्यो होला त समयमै, सडक किन बन्नु पर्यो र | परम्परा हो परम्परा |

  15. मन्त्रि र नेताले १०% कमिसन रु. ४८०००००.०० (घटीमा)
    इन्जिनीर लाइ घुस रु. १००००००.००
    मन्त्रि, कर्मचारी र आसेपासे रु. २००००००.००
    ठेकेदार नाफा रु १०००००००.००
    रोड बनी कतिको?
    जम्मा रु. १४२०००००.०० को | यस्तो बाटोमा खाल्डो नपरे पोखरा को सेती नदि मा पर्छ त?

  16. अब पश्चिमी देश हरुमा जस्तै, अनूत्तरदाइ काम गर्ने contractors and consultants हरु लाइ छ्यति पूर्ति र जेल सजाय को व्यवस्था नभए सम्म तेस्तै भैरहने छ | रुल & रेगुलेशन र तेस्लाई enforce गर्ने प्रणाली को विकास नहुँदा सम्म हामि र हाम्रो देश माथि उठ्ने कुरा को सपना पनि नदेखौं र जे छ तेस्लाई हाम्रो प्यारो देश भनेर सहज रूपमा लिन पनि सिकौं |

  17. साला यो ठेकदार को सन्तान हरु पनित हिड्न पर्दैन र यो सडक भएर ??

  18. अस्ति को नारायणमान बिजुक्छे को भनाइ सारै चित्त बुज्दो लागेको थियो ,,देशमा अब देश फेल भयो भनेर सैनिक ले सैनिक सासन लगाउदा नै ठिक हुन्छ उनले भनेको कुरा यक्दम ठिक हो ,६०० कुकुर हरुको भत्ता मात्रै कति हुन्छ ,,,?????,,,सर्ब साधरण हामी नेपाली ले दुख गरेर कमायको कर यी कुकुर हरुले बर्बाद गर्यो…देशको ढुकुटी बर्बाद ….देश झन झन अध्यारो मा धकेली दै छ .
    यी यस्ता कार्य हरु देख्दा यौटा साधारण नेपाली को मन किन नदुख्नु ,,,कस;ले भन्न सक्छ कुन चै नेता अलि गर्ला जस्ता छन् ,,,,सबै चोर ,,फटाहा ..डाका…..
    के यहि हो नया नेपाल./…????
    यक्पल्ट बाबुराम भट्टराई लाई प्रधानमन्त्री बनायर देश मा १० वर्ष काम गर्न दिन पाय केहि होला कि……अलि आस लाग्छ उनको ९ महिनाको कम गराई मा …..

  19. ke garne dhanna teti को पनि banaya छ i bara contractor ले कति जना neta lai gadi kini दिनु parne अनि कति shachif देखि engineer र overseer को घर banai दिनु paryo होला
    अनि 60% saki गयो अनि 20% त napha rakhna नै pari गयो | dhana baba
    baki 20% को ROAD testai हो | Dhekedar को
    galti chaina.

  20. Government engineer and contractor should be punished. But who is going to punish them? Corrupt political mechanism, I doubted. So public should initiate to boycott those corrupts, because we are the one who paid for the road and we are the one who is going to suffer from the bad job those culprits have done one our road. Public are partly to be blamed for not making their case strong. Very nice job Umesh ji to bring this issue into Media.

  21. कहिँ ,कतै , कोइ पनि जबाब देहि नभाको देशमा येस्ता उदाहरन हरु प्रसस्तै छन्. एस्तो लापर्बाई अनि मनपरी तत्र को जति भर्चना गरे पनि कमै हुन्छ. ठेकेदार कम्पनी र सम्बंदित निकयेलैमा अलि कति मात्रै नैतिकता बाकी छ भने तुरुन्त मर्मत गर र सरकारी ताबर बाट भाब्शिसेमा एस्तो नशोस भनेर खबरदारी होस्.

  22. नेपालमा त जस्ले जे गर्द पनि हुदोरेहेछ सबै नेताहरुनै चोर आरुको के कुरा गरौ,

  23. देशै सुजाता कोइराला जस्ता अयोग्य तथा बिदेशी नागरिक ले प्वालाई प्वाल पारि सकेको बेला सडक को प्वाल त सामान्य नै हुने भो नि हजुर | तै तै अस्ति त्यो माधव ब्रो कुन्नि टुरिष्ट बस कि के जाति चढेर घुम्नु निक्लेको बेला टी खाल्डोमा लगेर गुल्टाई देको भए ब्रो लाइ केहि चेतना भया हुन्थ्यो कि??

  24. पत्रकारज्युले भक्तपुर को सल्लाघारी देखि सुर्यविनायक सम्म को बाटो नादेख्नुभएको जस्तो लाग्यो.

  25. ठेकेदार को नाम त Sign Board मा नै छ नि : P.S. , Golden Goods, Sunala Khimti and Salpa

    Prabin

  26. चुक चुक चुक चुक चुक !!!!!!!! मलाई त कमेन्ट लेख्न पनि मन लागेन हाउ.

  27. फोटोहरु छापिएर न्युज बनिसक्यो अब सरकारले त्यो बाटो चाडै बनाउनु पर्छ ! हेरौ कहिले सम्म के गर्छ ! काठमाडौँ को सबभन्दा बिजी हुने रोड सबभन्दा बलियो बनाउनु पर्थ्यो, बाटो को सत्ता खल्ती बलियो बनाए लोभी नेताहरुले अनि रोड को हालत येस्तै त हुन्छ नि …

  28. मह गाउ खाने कथा को यद आयो (ठुलो भाडोमा कालोदाल पकाको दाल भुइमा हाल जहाँ हाल त्यहाँ प्वाल जहाँ प्वाल त्यहाँ ताल भटभटे काहिलालाई जता ततै कालै काल के हो ?)भने जस्तो

  29. साले चोर हरु नेता भए पछि येस्तई हो/ जैले सम्म ति बुढा कुकुर हरु मार्दैनन तैले सम्म विकास नहुने भयो नेपाल को/ मन्त्रि, प्रधान मन्त्रि भाको एक मैना नपुग्दै बिधेश भ्रमण गर्छ चोर हरु तर विदेश मा देखेर आएको कुरा हरु नेपाल सम्म पुग्दा बिर्सिन्छन अनि कसरि हुन्छ देश को बिकाश 🙁 चोर नेता हरु को बुध्धिमा घाम कैलेई नलाग्ने भयो/

  30. हरेक ठेक्का पट्टामा YCL , Youth फोर्स तथा अरु गुण्डाहरु लाएर ठेक्का लिए पछि येस्तै हुन्छ . गुण्डा राज छ देशमा .

  31. पैसा चै खानु खायछन है साथीहरु ले. कसको जिम्मा मा परेको थियो कुन्नि यो प्रोजेक्ट?मोज गरेछ.

  32. यस्तै हो हाम्रो नेपालमा. काम टार्न पाए पुग्यो नि. तेति भए नि बनेको मा धन्येबाद.

  33. जब सम्म नेता देखि ठेकेदार बीच कमिसन तन्त्र बन्द हुदैन तब सम्म बाटो बनाउने नाम मा यहाँ भ्रस्ट चार भै रहन्छ .एकै चोटी मा टिक्ने र राम्रो बाटो बनायो भने अर्को पटक फेरी कसरी बजेट पचाउने ? कसरी मोटाउने ?अनि जनता ले कसरी दुख पाउने?????

  34. नेपालका पत्रकारको आँखा यस्ता विसंगतिमा पर्दैन. अन्येथा यस्ता विसंगतिले पन्ध्र सोर वर्ष पहिलेनै अस्तित्वो गुमाईसक्थे . पत्रकारले राजनैतिक कुरा मात्र लेख्ने, राजनीतिज्ञले यस्तै बाटा बनाएर खाने. बडो mileko छ जोडी . कमलादीको बाटो एक दिनमै भत्किएको थियो, यो बाटो एक वर्षमा भत्कियेछ….. बाटो गुण स्तरलाई ध्यानमा राखेर बनाइएको भए निस्चयनै भत्किदैनथ्यो. जनता बोल्न चाहदैन, सरकार गर्न चाहदैन …

  35. एस पर्सङ्गले मलाई हरिबंस आचार्य र मदन कृष्ण श्रेष्ठ को धेरै पहिला को गाउँaखाने कथा को याद आयो ” ठुलो ताप्के मा कालो दाल पकाको दाल भैमा हाल जहाँ हाल त्या पुअल माथि माल तल ताल भट्भात्ते मैलो लाई काल लै काल” क्या हो ?

  36. अरु केहि होइन .इन्जिनिअर र ठेकेदारको मिलि मतो हो अनि बिभागिए साठगाठ हो , येस्तालाई तुरुन्त कारवाही गरिनु पर्छ. चाइनाको जस्तो सजाए र दण्ड दिनु पर्छ अनि बल्ल तह लाग्ने छन् . माओबादीले पनि तेस्तै कानुन ल्याउन लागेको हो तर डाका डाका हरुको देश भएकोले अलि ओझेलमा पर्न गएको छ. केहि छैन ढिलो चाडो माओबदिनै आउने छ . आशा छ

  37. खै के भन्नु ? मलाई पनि यस्ता भ्रस्टचारी देखेर रिस त बेसरी उठेको छ नि तर गर्नै पो के सकिन्छ र? my sansar मा कमेन्ट गरेर मात्रै भएन क्यारे ? बरु यसको समाधान पो के होला भनेर कसैसंग कुनै सुझाब भए भनौ कि ? मेरो विचारमा त अरु केहि गरेर केहि हुने वाला छैन, एउटा मात्र उपाय सरकारले त्यो भ्रस्ट ठेकेदार र कम्पनिलाइ कारबाही नगर्दा सम्म र यो सडकको full & proper मरम्मत गर्ने जिम्मा नलिए सम्म यो बाटोमा पर्ने सबै जनताले यो सडकमा गाडी नै चल्न नदिएर सरकारलाई कारबाही गर्न घुडा टेकाउने | हुन त यस्तो गर्दा जनताले सास्ती पाउछन तर भ्रस्टचारीहरुलाई यसरि पाठ नसिकाए भविष्यमा अरुले फेरी यस्तै काम गर्छन नै, केहि पाउनलाई केहि दुख कष्ट त सहनै पर्यो नि, कि कसो हो मित्र हो | अरु कुनै राम्रो उपायहरु तपाईहरु संग छ कि ?

  38. अब क भन्नु र खोइ धोका दिने लाई, बाटो त थोत्रो बनाए छन् नै त्येस माथि tyre बालेर खत्तम पारे छन्

  39. होइन त्यो ठेकदार लाइ तेही रोअद मा गाड्न मिल्दैन? अनि बाटो राम्रो बन्छ कि ?

  40. अहो यो सडकको दुर्दर्सा कस्तो यो त सरासर ठेकेदारको गल्ति हो यो साढे ठेकेदारले किन महँगो बजेट सस्तो लगानी गरेको होला जति क्षमताको बाटो बनाउने हो तेती क्षमताको नाबनायापछी यस्तै हुन्छ हालत जे हुनु भैहालेको छ अब टाउको किन दुखाउने पहिलेनै सोच्नु पर्ने बाटो बनाउनु भन्दा अब फेरी कच्ची सडक मा परिणत हुदै छ भुडी अघायो गाडी जसरि पनि गुड्छ उचालेर पछारेर सर्बसाधारण को बिजोग माइक्रो बस मा ठेचार्दा आइया भन्न पाइने भयो अब कर्म हिड्नेलाई ठेचार्यो भने त पिंग खेले झैँ मजा हुन्छ अब यो सजाय थोत्रो माइक्रो बस मा हिड्ने लै सास्ती हुने भयो…….जय भुडी भरुवाहरु ………..

  41. येस्तई हो हजुर यहाँ को चलन जब सम्म नेता र जनता मा इमानदारीता हुन्न तब सम्म न देस मा बिकाश हुन्न ??

  42. सर्बप्रथम तपाइलाई धन्यवाद
    नाताबाद प्रथाले गर्दा आफ्नै मान्छेलाई दियाहोला अनि………..हेर्नुस आफै सडक को चाला चाडै नाबिग्रेर क होस् त है
    नोर्थ भिक्तोरी क्याम्प
    बगदाद

  43. नेपाल का पत्रकार ले मात्र १० वर्ष सहि र सत्य समाचार लेखे नया नेपाल सम्भ्म्ब छ .

  44. कुन मन्त्रि को पालोमा बनेको हो खै थाहा नै भएन?मन्त्रि मोटाए त भै हाल्यो नि किन सडक राम्रो हुनु पर्यो?

  45. हरेक योजना ठेक्का प्रणाली बाट बनाएर यस्तो भएको हो | सबै भन्दा कम मा जुन ठेक्का कम्पनी ले ठेक्का लिन्छ उसैलाई योजना ठेक्का दिन्छ नेपाल सरकार | अनि सो कम्पनि ले पनि कमसल निर्माण सामग्री प्रयोग गरेर कम लागत मा काम सक्छ |
    सरकारी कर्मचारी पनि केहि पैसा लिएर योजना पास गर्छन अनि समस्या आउछ | सडक योजना, पुल, बिधुत आयोजना, स्वास्थ्य केन्द्र , अस्पताल , संचार जस्ता ठुलो योजना सरकार ले नै निर्माण गर्नु पर्छ | यदि निजि कम्पनि ले निर्माण गर्ने हो भने निर्माण गरेको कम्ति मा पनि १० वर्ष सम्म मर्मत सोहि कम्पनि ले गर्नु पर्ने सर्त लगाउनु पर्छ | कुनै पनि ठाउमा आर्थिक अनियमितता भएको पाएमा कडा भन्दा कडा कारबाहि गर्नु पर्छ |
    १- सडक बिग्रनु को प्रमुख कारण सडक मा पनि जम्नु हो | यसैले सडक पानि नजम्ने किसिम ले बनाउनु पर्छ |
    २- नेपाल को सडक बनाउने तरिका नै ठिक छैन | सडक बनाउदा सडक मा दैनिक कति मोटर हिडछन् सो को विचार गरेर सडक बनाउनु पर्छ | हाइवेय बनाउदा सडक पिच कम्तिमा पनि ८ इन्च चाक्लो हुनु पर्छ |

  46. यस्तै छन् हो नेपाल का हालत क गर्ने र सबै खान पल्के का हरु क गर्नु नेता हरु बनाहुदा नै यस्तै छन् त क गर्ने जसो गर्दा पनि हामी जनता ले नै दुख पहुने हो

Comments are closed.