[आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तिको अवसरमा]

– दीपक जडित
बनाई बाटो चिनाएँ माटो भूस्वर्ग त्यो धराको ।
कलकल नदी संगीत सरी स्वर सुरिलो चराको ।।
सुनाएँ खोली आत्माको झ्याल निनाद ह्रदयको ।
देखाएँ झेली गरीबी हाल अभाव भएको ।।
बुझाउनु’थ्यो कष्टमा पनि हाँस्न सक्छौं कसरी ।
रुझिरहँदा झरीमा पनि फूल्छ फूल जसरी ।।
मरेर अर्कै लोकमा पुग्दा पनि म त्यै नेपाली ।
जो छुन्छ तराई-पहाड-हिमाल पुग्दछ मेचिकाली ।।
यतिका पछि वायुमण्डलमा घुमिघुमि यो कवि ।
हेर्दैछ उसको प्यारो नेपालमा उदाएनछन् रवि ।।
शरीरैभरी घाउ लगाई आमालाई लुछेर ।
कुरुपै पारी रुवायौ आमाको आँशु नपुछेर ।।
मैले देखेको ठूलो नेपालमा के भेटेनौ ए मदन् ?
काटेर मुग्लान् नाघेर भोट कहाँ पुग्यौ खोज्दै धन् ??
सबैले पढ्दा त्यो बोली मेरो मदन भै बोलेको ।
अशान्त मुटु भा’को थ्यो शान्त यो छातिमा पोलेको ।।
ब्यवहार तर चिताए जति देखिनँ फेरिएको ।
ए, बन्धु तिम्रो ह्रदय कस्तो छ केले बेरिएको ??
मेटाई आ’थेँ ती रेखा तप्का मैले यी नै हातले ।
अझै नि तलै रहेका कठै ! नेपाली नै जातले ।।
******
नेपाल देश नेपाली भाषाको यही आशक्तिले ।
लत्याई दैलो स्वर्गको पनि नेपालीकै भक्तिले ।।
हेलिँदै नभमण्डलभरी यै नेपाल भूमि माथि ।
उज्यालो दिव्य ज्योति दिएर अझै हामीलाई साथी ।।
भन्दैछन् आज त्यो देवलोकमा मान्छे भएछन् छोटा ।
झार्दैछन् आँशु पीडाले तप्प आकाशमा देवकोटा ।।
**********
साथमा एउटा जानकारी पनि, महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको एउटा नयाँ पुस्तक आजदेखि बजारमा आएको छ। ‘नागरिक शास्त्र’ शीर्षकको पुस्तक १५० पेज लामो छ। साहित्यकार पार्थमणि भट्टराईको सम्पादनमा रत्न पुस्तकालय, बानेश्वरले प्रकाशन गरेको यो पुस्तकमा निबन्धहरु छन्। वि.सं. २००८ मा महाकवि देवकोटाले नागरिक शिक्षा दिने उद्देश्यले यसको रचना गरेका रे। अनि देवकोटाद्वारा रचित कवितामा बनेको यो सदाबहार गीत पनि हेर्नुस्-
“THE GREAT POET”
सर्बप्रथम्त हाम्रा पुजनिय, माननिय, आदर्णीय , महाकबी जिउमा सर्दासुमन !!! अनी धेरै धन्यवाद मुटूदेखिन नै येस बलक्सन्चालक र कमेन्टको रुपमा कबिताहरु लेख्ने मित्रहरुलाई !!! किनभने – त्यसैत बिधुतिय मध्यमको जमना ,अनी हामीहरु बिदेशमा ,येदि तपैहरुले येसबलकमा लेखहरु नराख्नुभयको भय कसरि सम्झनसक्थेउर महाकबीलाई अनी उहाका लेखहरुलाई ।।। धन्यवाद ।
छेवाङ् शेर्पा जी!!!
सारै घत लाग्दो चिट्टी लेख्नु भएछ मह-कवीलाइ/ तर तपाईं भने उहाँको मदन बन्नासक्नु हुन्छ, अझै पनि एदी फर्केर जानु भयो भने ति बिरामी बुढी आमा र प्यारा भाई-बहिनिहरुको लागि/ हो त्येस्ता मुनाहरु न होलान अब तर तपाईंको लागि कोइ हुनेछ the modified Muna for the Madan of the New era!!
हे महकबी लक्ष्मी तिमीलाई श्रद्धा सुमन! तिमि नेपाली मुटुको धड्कन हौ ! अनन्त कालसम्म तिमि नेपालीको मुटुमा राज गर्ने छौ ! नेपाली आमाको गौरव तिमि हौ !
पितलको दल्लोले गुडाएको यो समाज
चोखो सुनै थिए लछमी
तेस्तै नारायण गोपाल पनि
बाचुन्जेल सदाये गलाये
तापनि अन्तिम स्वास पनि उनले मिठै छोडे
पितलको दल्लोले गुडाएको यो समाज
बाचुन्जेल आफ्नो मान को अभिमान
बिते तब बोले उनित थिए महान
अहिले तिनैका गुण गाउने हामि
उहिले को जुनीमा आँखा चिम्लेका अन्धो
अब उसलाई सुर्ये देखे चन्द्र देखे
पितलको दल्लोले गुडाएको यो समाज
१) महाकाबी देबकोटाको नेपाली साथै अंग्रेजी पनि राम्रो थियो रे! आफ्नो प्यारो कृति मुनामदनको
अंग्रेजी अनुबाद गरेर नोबेल पुरस्कार गुठिलाई हुलाक द्वारा पठाएको चिट्ठी काठमान्डू एयरपोर्टमा गायब पारियो रे! मैले कसैको मुख बाट सुकेंको हो, सत्य तथ्य केहि थाहा भएमा
पाठकहरुले खुलाई दिनु होला! आखिर नेपाल न हो, के हुदैन र यहाँ!
कारण के भन्दा- देबकोटा यसै त महान ज्योति, त्यस माथि पनि नोबेल साहित्य पुरस्कार जिते भने त नेपालका त्यति बेलाका एक जना कबि/साहित्यकार सूर्यको अगाडि बत्ति पनि नहुने डर/ डाहाले त्यसो गरेका रे!
२) मर्ने बेलामा महाकबिले उनका सारा किर्तिहरु जलाई दिए पनि एउटा मुनामदन चाहिं
बचाएर राखिदिनु भनेका थिए रे! मतलब, जसरि मुनामदनले नेपाली स्पन्दन छुन सकेको
थियो त्यसरी नै आफ्नो त्यो रचना महाकबिलाई पनि उत्तिकै प्यारो थियो रे!
देव्कोटा यदि सक्तछौ तिमी भने आफ्ना दुःख बिर्स हे!
सिर्जन्छौ यदि स्वर्गमै पनि भने “नेपाल” नै सिर्ज हे!!
सवै पढ्दा आशुं थाम्न सकिन ! अनि झन जब माकुने र गिरिजा एंड सुजाता, केपी ओली, प्रदीप नेपाल सम्झे, यति दिक्दार लाग्यो सब्द मा ब्यख्खा गर्न सक्दिन !
छेवाङ् शेर्पा को चिठी, लुना को कविता लाग्छ अझै मा नेपाली हरु मा हृदय बाँकि छ- नेपालीत्व बाँकि छ ! मेरो परि भाषामा नेपाली हरु भनेका हृदय भएका मान्छे हरु हुन् !
देव कोटा लाई म कबि भन्दा पनि एउटा सच्चा मान्छे भनेर सार्है श्रध्दा गर्छु. ! देवकोटा जन्म जयन्ति म श्रध्दा सुमन !
जय नेपाल ( मेरो जय नेपाल कांग्रेसी भाग शान्ति जय नेपाल चाही होइन है)
******* अनमोल उपहार *******
**********************************
जानी नजानी दुइ हरफ लेखे तिमीमा अर्पण
मन लक्ष्मी ! मन सरस्वती ! यी गुच्छा तिमीमा समर्पण .
~~~~
तिहारको दिन धूप बत्ति पूजा उज्यालो सौरब
आजैको दिन जन्मियौ तिमि नेपालको गौरब .
~~~~
जूनेली जून मदन मुना सुरिलो धुनमा
तिमि छौ प्यारा सदैब अटल जनको मनमा .
~~~~
छुपुमा छुपु कबिता रोप्दै फूलायौ बहार
शब्दैमा मोति फूलाउने तिम्रो छेमता अपार .
~~~~
कबिता भरि भाबुकता जडी मानबता जगायौ
हिर्दय भरि करुणा छरी ठुलो गुन लगायौ .
~~~~
* मानिस ठुलो दिलले हुन्छ जातले हुदैन *
सत्य शुन्दर महान बाणी कसलाई पो छुदैन ?
~~~~
शब्दका खानि कबिता दानी साहित्य भण्डार
धन्य छ युग पाएर तिम्रो * अनमोल उपहार *
तिमी महा कवि तिमी महा मानव !
लक्ष्मी दिवसमा जन्म भयर सरस्वतिपुत्र !
साहित्यका सुनौला अदुत्यिय खानी !
आधुनिक साहित्यका मुर्धन्य कवि !
पाउन्नौ हामीले लक्ष्मी जस्ता कविका पनि कवि महाकवि !
यो जगतले लिनु पर्छ एक अर्को युग पाउन यस्ता महाकवि !
दुर्भाग्य लक्ष्मीको सौभाग्य हाम्रो जन्म भयो यो नेपालमा !
दुख सास्ती अनगिन्ति पायौ कलमले आखिर आफुलाई चिनायौ !!
सकेनन हाम्रा बा बजे, राजा मन्त्रीले चिन्न नेपाली ध्रुब तारालाई !
बल्ल हामीले बुझ्यऔ अटल ज्ञानका मुर्ति नेपाली गहना भनेर !
यो धर्ति ले पाउला मानिस तेस्तो अमर छ एउटा
बिलाई गयौ आकाश मा हैन, मन भित्र तटस्थ!!!!!
येसो हल्का प्रयाश मात्र!!!
He was the pioneer of nepali litreture. let’s remember him everyday not only on his birthday.
नमन गर्छु तिमीलाई
सुपुत्रै थिए काव्यका महा वरदान।
छोडेर गए अनेक काव्यकृति महान्॥
उठाए भाषा, साहित्य बेजोडले ।
समर्थ छौँ आज संवाद गर्न मजाले॥
धन्य हौँ तिमी साँचो नेपाली महान्।
समयमा चिन्न सकेनन् कसैले ॥
प्रसाद, पन्त, निराला तिमी एक थियौँ।
नतमस्तक थियो सारा विश्व प्रशंसा अति थियो॥
प्रतिभावान थियौँ परिवारैले चिनेन बहुला सम्झे।
राँची तक दु:ख भोग्यौँ ‘जोग्राफिकल मिस्टेक’ डाक्टरको अडान॥
यूरोपमा जन्मनु पर्ने जन्म्यौँ गरिव चेतना भूमिमा।
दु:ख पायौँ कति के साँधी आफ्नै जन्मभूमिमा॥
जीवनभर साहित्य सिर्ज्यौँ अनेक विधि विधामा।
सायद बिर्स्यौँ ईश्वर त्यसैले विलौना ग-यौँ मृत्युशय्यामा॥
कति दर्द हुँदो हो! कति पीडा!!
अहो!क्यान्सर रोगको दु:खाइ॥
ठूला कवि थियौँ महाकवि थियौँ ।
गरेन उपचार त्यो निर्दयी समाजले॥
सरकार कहाँ थियो? चाल पाएनन् महाकविले।
राजनीतिको घिनलाग्दो खेल बुझेनन् बरा कविले।
केही नेताले पु-याए काशी पालन-पोषण गर्छौँ भनी।
कविता बेची बेची खानु पर्ने बनायो हाय कस्तो स्थिति!
तिमी महान् छौँ तिमी उच्च छौँ।
गर्छु नमन आजको जन्मदिनमा ॥
भेट गर्न नपाए पनि पूजा गर्छु।
कुरा गर्न नपाए पनि शिर निहुराउँछु॥
लछ्मी !
तिम्रो जस्तो लय र छन्द मिलाएर मलाई कहाँ कविता लेख्न आउछ र?तेसैले तिम्रो जन्म जयन्तिको उपलाक्छ्यमा यो छोटो छिठ्ठी लेख्दै छु. लछ्मी अचेल त कहाँ तिम्रो जस्तो जमाना छ र? हजारौ लाखौ दाजु भाइ मदन भएका छन् अरु त अरु मुना पनि अचेल परदेश मै छे! उनि पनि एक्ली छैन !कैयौ छे ! हरेक को आ आफ्नै बेग्ला बेग्लै मुनामदन बनेको छ! बस कुनै लेखिएको छ कुनै लेखिएको छैन ! “हातका मैला सुनका थैला के गर्नु धनले साग र सिस्नु खाएको बेश आनन्द मनले” यो तिम्रो त्यति बेलाको समयमा सान्दर्भिक थियो होला!तर अब रहेन! समय बदलिएको छ अब त मान्छेले भगवान पनि मान्न छोडी सके! अरुको त के कुरै गर्नु? तिम्रो तेस्बेलाको दयालु भोटे पनि आचेल त दिउसै झ्याल ढोका थुनेर बस्छे रे! कुनै अन्जान र परदेशीलाई बास पनि दिदैन रे !सहयोग गर्न पनि मान्दैन रे! सुनेको छु उसको झुपडी अचेल त महल बनेको छ रे! तेसबेला तिमीले मदन संग भेडा च्यांग्रा पनि मुस्किलले लागेका बाटो हरुमा अचेल त ठुला ठुला मोटर गुड्छ रे!
लछ्मी! तेस्बेलाको जमाना र अहिलेको जमाना बिचको यत्रो परिबर्तन संग मान्छेको सोचाई र बुद्धि पनि बांगीएको छ ! कुनै मुना हरु त लुगा लगाउन पनि मान्दैन रे !मदन हरु पनि खै क भाको कुन्नि घर नफर्केको धेरै भैसक्यो, उसलाई घरको छानो चुहिएको त के कुरा, बाउ आमा जिउदो छ कि छैन भान्ने पनि थाहा छैन रे! उफ ….कस्तो जमाना आयो! बिश्वास भन्ने कुरा त अब त कहिँ पनि रहेन ! जुन मुनाको लागि मदन सुन खोज्न परदेश गयो तेही मुना त्यो दुखी मदन को प्रतिक्छ्या गर्न सक्दैन रे ! जसको मुना पर्खिन सक्छ त्यो मदन फर्केरै औदैन रे! उतै अरुको मायाजालमा फसेको छ रे ! अलिकति बढी सुख र सम्पतिको लागि मदन ले आफुलाई गिराए जस्तै मुना ले नि आफैलाई बिक्रि गर्छे रे! तिमि त कति भाग्यमानी लक्छ्मी प्रसाद ! यी सब देख्न सुन्न परेन!
यो नसोच्नु कि म चाही बदलिएको छैन भनेर!मलाई माफ गर्नु ! के गर्नु? बिबश छु! बस साग र सिस्नु खाएर गाउमा कसैले पनि जिउन दिएन! अरुको के कुरा मेरो मुनाले पनि साथ दिन मानेन! रोगी आमालाई गाउँ मै छोडेर आको छु अलिकति पैसा जोगाएर छिट्टै फर्कन्छु! आमाको उपचार गर्नु छ भाई बहिनिहरुलाई पढाउनु छ ! यो परदेशको पिडा र बैराग लाग्दो जिबन मलाई पनि मन्जुर त कहाँ छ र?
लछ्मी ! यस्ता कुरा हरु लेखेर तिम्रो मनमा पिर जगाउनु मेरो मन थिएन तर क गर्नु ? अरु त छ नै के र? गाउँमा तिम्रो गरको कुखरा चोर्ने हरु पनि खै अचेल त ठुलो मान्छे बनेका छन् रे! गाउँ तिर आउदा पनि अंग रक्छ्यक हरु संग आउछ रे ! हाःहा …तिमीलाई पनि हासो लाग्ला तर सत्य यहि हो! देश हाक्ने ठुला ठुला कुरा गर्छन रे! मास्टर बा र जन्तरे दाईलाई त गाउँ बाटै निकाली दिएछन! पल्लो गाउको विषम मामा लाई गिशार्दै लागेको स्कुले केटा केटि हरुले देखेछन तर अहिले सम्म घर फर्केको छैन ३ वर्ष पो हुन लाग्यो! बिचरा आइमाई केटाकेटीको बिजोग छ रे! ल त लछ्मी ! बाँचे अर्को वर्ष फेरी चिठ ठी लेखुला नभए तेतै भेटुंला! आजलाई यति मै बिदा !!
छेवाङ् शेर्पा
परदेश बाट
तिमी महा कवि तिमी महा मानव !
लक्ष्मी दिवसमा जन्म भयर सरस्वतिपुत्र !
साहित्यका सुनौला अदुत्यिय खानी !
आधुनिक साहित्यका मुर्धन्य कवि !
पाउन्नौ हामीले लक्ष्मी जस्ता कविका पनि कवि महाकवि !
यो जगतले लिनु पर्छ एक अर्को युग पाउन यस्ता महाकवि !
दुर्भाग्य लक्ष्मीको सौभाग्य हाम्रो जन्म भयो यो नेपालमा !
दुख सास्ती अनगिन्ति पायौ कलमले आखिर आफुलाई चिनायौ !!
सकेनन हाम्रा बा बजे, राजा मन्त्रीले चिन्न नेपाली ध्रुब तारालाई !
बल्ल हामीले बुझ्यऔ अटल ज्ञानका मुर्ति नेपाली गहना भनेर !
हार्दिक श्रदान्जली महाकबी स्वोर्गिय देवकोटा जी
महाकवी देवकोटाप्रति हार्दिक श्रद्धासुमन |
हातका मैला सुनका थैला के गर्नु धनले
साग र सिस्नु खाएको बेस आनन्दी मनले
छेत्रीको छोरो यो पाऊ छुन्छ घिनले छुदैन
मानिस ठूलो दिलले हुन्छ जातले हुदैन |
महाकवि देवकोटा अमर रहुन श्रदान्जली सधैंभरी ||
एस्ता श्रस्टा नेपालले अब फेरी जन्माउना गरों छ we are loosing devkota we cant get again this kind of person
महाकवी देवकोटाप्रति हार्दिक श्रद्धासुमन |
हातका मैला सुनका थैला के गर्नु धनले
साग र सिस्नु खाएको बेस आनन्दी मनले
छेत्रीको छोरो यो पाऊ छुन्छ घिनले छुदैन
मानिस ठूलो दिलले हुन्छ जातले हुदैन |
देवकोटा साँचीनै एक महान कवी हुन् | विकसित देशमा जन्मिएका भए कत्रो नाम र इज्जत हुने थियो | हामीले भर्खरै पढ्यौं अनि देख्यौं नि अमेरिकामा एड्गर एलन पो लाई राजकीय सम्मान दिएर मरेको १६० वर्ष पछी अन्त्येस्ती गरिएको | हाम्रो देशमा सहित्येकारको अझै कदर हुन नसकेकोमा धेरै दुख लाग्छ |
आशुकवी देवकोटाप्रति हृदय देखि नै श्रद्धान्जली |
मार्मिक !!
chittaakarsak कविता!!!!
नचिम्ली आँखा देखिन्न छायाँ चिनिन्न जगत
नभांची कम्मर नहल्ली हात नाचिन्न फगत
नकाटी छाला नकन्याई घाउ आउदैन रगत
नचलाइ कलम जानिन्न हेर कविको जगत /
जय देश
येस्ता मुर्धन्य स्रस्टा नेपालले सायेदै पाउला फेरी |
महाकवि देवकोटा अमर रहुन श्रदान्जली सधैंभरी ||
सारै राम्रो समर्पण …..