तिहारै आयो, लौ झिलिमिली



भैलिनी आइन् आँगन…

काठमाडौँका घरहरुमा तिहारका लागि गरिएको झिलिमिली।

79 Comments

  1. सम्पूर्ण नेपाली मा तिहार को सुभकामना सैलु

  2. मलाई त कस्तो देउसीरे खेलेको याद आऊँछ भन्या | घरि घरि त्यो यादले बिरक्त लागेर आऊँछ |
    यो देउसी गीत सम्झना स्वरूप |
    ए भन भन भाइ हो
    देउसी रे
    ए राम्ररी भन
    देउसी रे
    ए स्वोर मिलाइकन
    देउसी रे
    ए हामी तेसै आएनौ
    देउसी रे
    ए बलि राजाले पठाको
    देउसी रे
    ए रातो माटो
    देउसी रे
    ए चिप्लो बाटो
    देउसी रे
    ए लड्दै पड्दै
    देउसी रे
    ए आएका हामी
    देउसी रे
    ए यहाँ मात्र होइन
    देउसी रे
    ए चौधै अंचल
    देउसी रे
    ए पचहत्तरै जिल्ला
    देउसी रे
    ए घुम्नुमा पर्छ
    देउसी रे
    ए यो घर कत्रो
    देउसी रे
    ए सिन्घदर्बार जत्रो
    देउसी रे
    ए यो आँगन कत्रो
    देउसी रे
    ए टुँडिखेल जत्रो
    देउसी रे
    ए दिने भए सिदा देउ
    देउसी रे
    ए नदिने भए बिदा देउ
    देउसी रे
    ए झिलिमिली जिल्ला
    देउसी रे
    ए सय रुपिंया मिल्ला
    देउसी रे
    ए यसै घरमा
    देउसी रे
    ए लक्ष्मी माताले
    देउसी रे
    ए बासै गरुन्
    देउसी रे

  3. खोटांगबाट उपत्यका झर्नुभएका र बिदेसिन बाध्य हुनुभएका सबै नेपालीलाई तिहारको लाखौँ लाख शुभकामना | तपाईंहरु सबैको उन्नति होस् र परिवारजनमा शान्ति र समृद्धि छाओस्, यहि नै छ यो दुखीको कामना |

  4. सुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना सबै नेपाली साथीहरुलाई !! सुरेन्द्र श्रेष्ठ गोर्खा घ्याम्पेसाल (हाल साउदीअरब)

  5. लक्ष्मी ले सबै को घर माँ बस गरुन यही छ मेरो सुभकामना दीपावली २०६६ को.

  6. तिहारको धेरै धेरै सुभकामना हामी सबै नेपालीहरुलाई ! रंगिन हुन् जीवनका पानाहरु, पुरा हुन मनका चाहनाहरु, मिलिरहुन सदैब हास्ने बहानाहरु, सजिउन ओठमा मुस्कानका गहनाहरु !! शुभदिपावली 2066 को हार्दिक मंगलमय शुभकामना !!

    जगदीश पौडेल
    जर्मनी

  7. यहि आउँदो २०६६ सालको शुभ दीपावलीको पावन अवसरमा यो संसारभरि छरिएर रहेका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई यो राजु पासाको हार्दिक मंगलमय शुभकामना, साथै सबैको उन्नातोत्तर प्रगतिको कामना गर्दछु…
    {HappyDeepawali2066}

  8. सुवकामाना तिहार को सबै लाई र घर को याद आको छ यो सिड्नी मा मलाई.देउशी है अनि भैलो है हेहेहेहे

  9. तिहारको शुभकामना सम्पूर्ण नेपालीहरुलाई ! दिपावलीको उज्यालोसंग हाम्रो प्यारो देशमापनि उज्यालो छाओस ! नेपालमा सदाको लागि शान्ति छाओस ! सम्पूर्ण पार्टीहरु अनि पार्टीका कर्येकर्ताहरुमा बुद्दी पलाओस!सबै जनताहरुमा पहाडी हिमाली अनि मधिसे भन्नु भन्दा हामी सबै नेपाली हौँ भन्ने भावना पलाओस! नेपाली बनौ र नेपाललाई बचाई राखौं!

  10. ये भाइ हो मेरा
    देउसीरे ये राम्ररी भन देउसीरे
    ये रातो माटो देउसीरे ये चिप्लो बाटो
    देउसीरे ये जुनेली रात मा देउसीरे
    कोहि छैन साथ मा

  11. सम्पुर्ण विश्वका कुना कुनामा छरिएरा बस्नु भएका अाम नेपाली दाजुभाइ,दिदीबहिनीहरूमा दिपवालीको ह्रदिक मंगलमय शुभकामन।

  12. Each moment in a day has its own value.
    Morning brings HOPE,
    afternoon brings FAITH,
    Evening brings LOVE,
    Night brings REST,
    Hope you will all of them everyday.
    HAPPY NEW YEAR 1130 (Nepal Sambat 1130)

  13. शुभ दिपावलीको उपल्क्छ्यामा सम्पूर्ण नेपाली दाजु भाई तथा दिदीबहिनीमा हार्दिक मंगलमय शुवकामाना…
    बंगलोर बासि नेपाली हरुलाई बिशेष शुभकमाना!!!

  14. झिलिमिली झिलिमिली के को झिलिमिली फुलको होइन बत्तिको झिलिमिली
    शुव दिपावलीको उपल्क्छ्यामा सम्पूर्ण दाजु भाई तथा दिदीबहिनीमा हार्दिक मंगलमय शुवकामाना…….. तथा मेरा सम्पूर्ण साथी भाई दिदि बैनी दाजु भाई र मेरा सम्पूर्ण नेपाली बाशी लै तिहार (दिपावली) को हार्दिक मंगल मय शुभ-कामना देउसीरे!!!

  15. तिहार को सुभ कामना सम्पूर्ण नेपाली दाजु -भाई,दिदि -बहिनि हरुमा ,यस पाली को तिहार पर्ब को सम्पूर्ण बिधि -बिधान हरु को फोटो यो मेरो संसार मा उपलब्ध गराई दिनु हुन अनुरोध छ ताकी बिदेशी मित्र हरु लाई देखी बुझाउन सजिलो होस्

  16. दीपक को झिलिमिली संगै हरेक नेपालीको घरमा भित्रिएको रमाइलो चाड तिहार ले स्वोदेश तथा बिदेशमा बस्नु हुने संपुर्ण नेपालि दाजु भाइ तथा दिदीबहिनीहरुमा धनधान्य की देवी लक्ष्मीले बास गरुन भन्दै हार्दिक शुभ-कामना ब्यक्त गर्दछु,

  17. मनभरी सयपत्री, तन्भारी मखमली, जीवन बनोस गोदावरी, फुलफुलोस ओरिपरी !!!! कस्तो छ नी आजभोली? सुभ बनोस दीपावली उमाकान्त
    मलेशिया

  18. दीप जस्तो चम्किरहोस् तपाईंको जीवन कहिल्यै पिडाले खिन्न नहोस् त्यो मन सधैं भित्रियोस मुरीका मुरी तपाईंको घरमा धन सुनौलो विहानीको होस् आगमन लक्ष्मीको होस् सधैं तपाईंको घरमा बास सधैं छाहिरहो तपाईंको मुहरमा उज्यालो प्रकाश सत्रुको सधैं गर्न सक्नु सामना यही छ मेरो तपाईंलाई शुभ–दीपावलीको को शु
    उमाकान्त
    मलेशिया

  19. सबै नेपाली लाई दिपावली को लाख लाख सुभकामना
    मन मा शान्तिको भाव जगोस लक्ष्मी ले सब को इच्छा
    पुरा गरुन देउसीरे खेलुन यहिनै
    छ तिहार को मंगलमया शुभकामना ,,,,,,,,1

  20. सम्पूर्ण नेपालीमा दिपावलीको हार्दिक मगलमय शुभकामना|

  21. दशैं , तिहार नमनाएको पनि ठ्याक्कै तीन वर्ष पुग्यो | नेपाल जाने पनि रहरमै सीमित हुनेभो | लौ न प्रभु, साइत जुराई देउ नेपाल जाने | जे भए पनि दशैं तिहार को झल्को असाध्यै आइराको छ | सबैमा यो महान चाडको शुभकामना ल |

  22. देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजु-भाई तथा दिदि-बहिनीहरु बिशेस त माई संसारमा दिनानु दिन रशिलो साहितिक शब्द अनि घनोघोर ब्यंगात्मक शैलीका उपहार प्रदान गर्ने सम्पूर्ण मित्रहरुमा तिहारको धेरै धेरै (मुरी मुरी) भकामना:
    शंकर समिप संगम थापा मगर, उधैलियः [email protected]

  23. म दोस्रो पटक पनि यति रमाइलो चाड मनाउन बाट बन्चित भएको छु / नरमाइलो त अवश्यनै लाग्छ तर के गर्नु बाध्यता अनि परिस्थितिको सामना त पक्कै गर्नु नै पर्ने हुन्छ/ आफुले परिवार तथा साथीभाईसंग मिलेर मनाउन नपाएपनि सम्पूर्ण स्वदेश अनि बिदेशमा रहने नेपालीहरुलाई तिहारको हार्दिक मंगलमय शुभकामना /

    हरि गौतम

  24. यो बिरानीबाट सयपत्रि मखमलि ओिलएको देख्छु ,
    रातो निलो पहेलो हरियो…….. रङहरु धमिलो देख्छु ।
    यसैले त आफ्नै मनलाई पराइ झै भेट्छु ,
    स्वर्थी ,निर्दयी ……म आँफैलाई पाउछु ।
    जब उही मखमलि सयपत्रिको माली सम्झन्छु ,
    तब परेलीको डिल चिसो महसुस गर्दछु ।
    किनकी यसपाली पनि उस्को मेह्नत खेर गएको छ ।
    अनी रङहरुले खुशी भर्ने रहर हरु खुइलिएको छ ।
    उफ
    सोच्दा सोच्दै पागल भएछु ,
    शायद हरपलको सम्झनाले होला ।
    कता हो कता भैलिनिको आवाज सुनेझै भान हुने ,
    michel jackson brayan adams…. हरुको गीत माझ ,
    अनी अँध्यारो महसुस हुने
    यो बर्षइ भरी झिलिमिली रही रहने यो मुलुकमा आज ।
    तेसैले त दियो बाली पालामा
    यो मन्को घर ,दैलो र आगनी झिलीमिली
    बनाउन मन गई रहेको छ ।
    अनी सबै कोलहललाई चिर्दै भैलिनी
    भन्न मन लागि रहेको छ ।
    अनी गला भरी माला लगाइ
    भाईटिकाले निधार भर्न रहर जागेको छ ।

  25. ऊपस यो साल को तिहार कस्तो कस्तो लागे रायको ६ किन हो किन घर वन्द धेरै टाडा वायर हो, तिमि ले त माली सगिलय वुलायो होला तारमा सक्दिन , तिमि संग बेतायाका पल हरु मेरो जीवन का येतानातई रमनेया पाल हरु हुन् , तेस्को लागे धेरै धेरै धन्दयाबाद मा मेरो जीवन मा ति पाल हरु हासिल गर्न गर्न सक६उ , ,तिम्रओ जीवन मा सधै लक्ष्मी ले बस गरुन मेरो येही अन्तर आत्म देखि को सुवाकमाना ,तुलसा तिमि जहाँ रहु खुसि रहु ……………………………………

  26. भन् भन् भाई हो!
    देउसीरे!
    ए राम्ररी भन्!
    देउसीरे!!!
    ए स्वर मिलाई कन,
    देउसीरे!!!!

    तिहार को सुभकामना!!!!

  27. सम्पूर्ण नेपाली दाज्युभाई, दिदीबहिनीहरुमा दिपावलीको हार्दिक मंगलमय शुभकामना !

  28. सम्पूर्ण नेपाली दाजु भाई दिदि बहीनी हरुको महान चाड दीपावली को हार्दिक मंगल मय सुभकामना हामी सबै नेपाली मा शान्ति छाओस

    द्रोण पौडेल

  29. ड्राइभर ठुले चाही गाडी हाक्ने ड्राइभर हो कि कमेंट्स गर्ने हरुलाई हाक्ने ड्राइभर हो?

  30. के गर्नु आफ्नु त भाग्या नै खोटो ! फोटो हरु हेर्दा त मलाई पनि आफ्नु घर र परिवार को याद ले सतयो | आसु पनि रोक्न सकिन ……..सम्झेर सबैलाई ///
    जे भए पनि सुभ तिहार को हार्दिक मंगलमय सुभकामना छ सम्पूर्ण नेपाली दाजु भाई,दिदी बहिनी हरुलाई ….///////
    ….अनि लुना दिदी लाई पनि तिहार को शुभ कामना छ … दिदी को लेख हरु धेरै भो पडन नपाएको …..पनि .!!!

  31. फोटो हेर्दा त घरको धेरै याद आयो अब के गर्नु “जे होस् माई संसार लाई धेरै धेरै धन्यबाद छ है ” अनि सम्पूर्ण हिन्दु दिदि बहिनि हरुलाई दिपावली को हार्दिक मंगलमय सुभकामना छ !!!!!

  32. न्हु द ११३० या लसताया सकल नेपाली जन यात दु नुगल निसे भिन्तुना / नेपा देस यात ही त्वाना च्होव पी नेता त न जिगु भिन्तुना / सुन्ति नख jho lakka hane nu…

  33. सबै नेपाली दाजु भाइ हरुलाई यो तिहार को हार्दिक
    मंगल मय शुभकामना यो मुस्लिम देश बाट के गर्ने सात समुन्द्र परी छ नेपाल नभा त जानु हुन्थ्यो तिहार मनाउन
    मनमनै मनौला है
    दौसी भैलो पछि खेलौ ला

    धन्यबाद
    साउदी अरब बाट
    दुर्गा खनाल

  34. यो फोटो haru ले नेपाल को निकै याद aayo जे होस् sabai nepali haru lai dipawali को सुभकामना ……

  35. shuva deepawali tatha tihar ko upalakshya ma sampurna daju bhai tatha didi bahini haru ma hardik mangalmaya shuvkamana .

  36. दीपावलीको हार्दिक मंगलमय शुभकामना!!

    हे औंसी बार गाइतिहार हो भैलो……….

  37. सम्पूर्ण नेपालीमा दिपावलीको हार्दिक मगलमय शुभकामना!!!ESTONIA TALLINN

  38. लक्ष्मी आँगन बधारी कुधारी राखन….हे औंशी को दिन गाई तिहार भैलो

  39. तिहार मा सबै नेपाली को मुहार मा हशो को संदेश देखन पाहुन . तिहार पछी सबै नेपाली ले २१ सताप्धि को महानब अधिकार को अनुभूति गर्नु पाहुन .नहु दया भिन्तुना /
    धन बिर महर्जन अमेरिका

  40. यस माईसंसारमार्फत आउने तथा समस्त नेपालीहरुमा नेपालीहरुको महान तिहारको शुभ उपलक्षमा हार्दिक मंगलमय शुभकामना !!!!

    नेताहरुमा राज्य चलाउने जागर चलोस / संबिधान समयमा नै बनाउनेतर्फ बुद्धि पलाओस / भारतको र पुर्व राजाको बिरोध भन्दा पनि आफ्नो अडान र इज्जतमा बढी ध्यान जाओस नेपाली जनताहरुका / सडक होइन, सदन महत्वपुर्ण रहोस / खोक्रो र फोक्से ज्यानको होइन, बुद्धिको प्रयोग होस् / प्रमाणपत्र त सबैले पाउछन तर चेतना पनि पलाओस सडककर्मी कलेजका युवाहरुमा / समग्रमा नकारात्मक सोच त्याग्दै सकारात्मक सोच राख्न चेतना आओस / झुक्केर पनि अरुको खिल्ली उडाउने र अरुको जीवनशैलीमाथि खिसी गर्ने बानि छूटोस /

    जय देश

  41. सबैलाई हप्पी दिपावली २००९ को मंगलमय सुबकमाना.
    .

  42. ह्याप्पी तिहार सम्पूर्ण
    नेपाली दाजुभाई तथा दिदिबहिनि हरुलाई .जहाँ हुनु भए पनि खुसि अनि सुख छाओस हजुरहरुको जीवनमा .

    .पहिले नेपाल हुदा को दिन हरु सार्है याद आइरहेकोछ दाजुहरुको सार्है याद आइरहेकोछ .चाडपर्ब हरु आउदा त आफन्त र नेपालको सार्है याद आउने रहेछ ,

  43. सबै नेपाली दाजु भाइ हरुलाई यो तिहार को हार्दिक
    मंगल मय सुभ कामना !

  44. सम्पूर्ण नेपालीमा दिपावलीको हार्दिक मगलमय शुभकामना

  45. सम्पूर्ण माइ संसार मा कमेन्ट हेर्ने गर्ने पढ्ने सबै मित्रहरुलाई तिहारको हार्दिक मंगलमय शुभकामना ]
    अनि साथीहरु पर्सङ्ग आजको लक्ष्मी पुजाको नै गरौ …………जे होस् आफ्नो देस भन्दा टाडा भएपनि येहाका जनताले मनाएको लक्ष्मीपूजा असाध्य रमाइलो लग्यो मलाई त ] तपाईलाई नि ? प्ल्ज कमेन्ट

    डोल राज सिग्देल
    बंगलादेश
    ढाका ]

  46. सम्पूर्ण माइ संसार मा कमेन्ट हेर्ने गर्ने पढ्ने सबै मित्रहरुलाई तिहारको हार्दिक मंगलमय शुभकामना ]
    जय होस् ]]]
    डोल राज सिग्देल
    बंगलादेश
    ढाका ]

  47. सात वर्ष पुरा भयो घर छोडेको देउसीको याद आउछ घर को सम्झना आउछ !
    तैपनि सम्पुर्न्ना दाजु भाई दीदी बहिनि लाई सुभ दिपावली को मंगलमय सुभकामना
    छ! देश मा शान्ति छाओस यै मेरो सुभकामना छ
    उद्धब प्रसाद पोखरेल
    पोर्वो फिनल्याण्ड

  48. सम्पूर्ण नेपाली दाजु भाइ र दिदि बहिनि लाइ तिहार 2066 को शुभं कामना /

  49. यी फोटोहरु हेर्दा मलाई अतित का रमाईला पल हरुको याद दिलायो|फोटोहरु POST गरेको मा धेरै धन्यवाद!साथै माइसंसार का सम्पूर्ण पाठकबृन्द तथा देश,विदेशरहनुभयका सम्पूर्ण नेपालीहरु लै दिपावली को शुभकामना !!!

  50. नक्कली नै सहि, तर देउसी र भैलो खेलेको देख्ता तुरुन्तै नेपाल जान मन लाग्छ/ तर के गर्ने मानिस क सबै इछ्छा पुरा हुँदैनन /

    सम्पूर्ण नेपाली दाजु भाइ र दिदि बहिनि लाइ तिहार को शुभं कामना /

  51. झिलिमिली झिलिमिली के को झिलिमिली फुलको होइन बत्तिको झिलिमिली
    शुव दिपावलीको उपल्क्छ्यामा सम्पूर्ण दाजु भाई तथा दिदीबहिनीमा हार्दिक मंगलमय शुवकामाना……..
    भैलेनी आयौ आगन बदारी कुदारी राखन, हे औसी बारो गाई तिहारो भैलो,
    हामी त्यसै आएनोउ बलि राजाले पठाको,हे औसी बारो गाई तिहारो भैलो

    मलाई त यतिनै आयो साथीहरु तपाई हरुलाई अरु आउछ भने आज सबैले झगडा नगरिकन भैलो गीतहरु पठाउनु होला

  52. हैन खासमा स्त्री हरुले मात्र हैन र भैली खेल्ने? देउसी केटाले |

  53. आठ वर्ष Tihar namanauda पनि मेरो मनमा deusi bhailo को taranga अहिले सम्म banki छ/ THANK YOU FOR THE POST

Comments are closed.