– लेनिन बञ्जाडे-
कतिकतिखेर चल्ने हावालाई लामखुट्टेले बेलाबेलामा माथ खुवाइदिन्छ । भुँ…भुँ…भुँ… । बिघ्न तातो मौसममा बिघ्न ताता ‘लामखुट्टे’- साइरन बजाउँदै घरि यता टोक्छन्- घरि उता । छिप्पिनसकेको रात । लू लाग्ने तातो हावामा एकरित्त आनन्दको अनुभूति छैन । ‘जानेबेला भइसक्यो, कतिखेर हो …?’
धेरैबेरदेखि मडारिएको सन्नाटाको ‘सिकञ्जा’ तोड्छिन् भाउजू । जोवन हराइसकेका आँखाको लाली फिर्न नसके पनि मनभरि सपना सजाउन कताकता आनन्द मान्छन् रामुदाइ ।
‘अँ जानुपर्ला, जून पनि त गैसक्यो अब …’
एकछिन न रामुदाइ बोल्छन्, न भाउजू बोल्छिन् । राति खान भनी राखेको ब्रुफिन त्यसै खित्त हाँसिरहेछ । खुट्टाको घाउ सहिनसक्नु गरी चहर्याइरहेछ ।
‘बा कत्थेल दान्थौ ?’
‘जानुपर्ला विस्तारै..’
‘बित्तुत ल्याइदे है -….’
‘हुन्छ हुन्छ ल्याइदिम्ला..’ शब्द गनीगनी उत्तर फर्काउँछन् रामुदाइ । एकनजर छोरोमाथि दौडाउँछन्– नाकभरि सिँगान, हातमा स–साना विविरा अनि कञ्चनमा हिजोराति पोलेको घाउ । अबोध छोरो खिस्स हाँसिरहन्छ बेलाबेलामा । राति घाउ दुःखेर उधुमले कराएथ्यो छोरो । विस्कुट ल्याइदिन्छु भनेपछि चूप लाग्यो राति– बिहान त ल्याइदिनै पर्छ । उनी चूपचाप छोरो पढिरहन्छन्– भोलिको देशको कर्णधार घाउले बेहाल छ । छट्पटिएको देशको कर्णधार ! औषधि खान नपाएको कर्णधार वेस्मारी दुख्न थालेपछि आमाको काखमा लुटपुटिन जान्छ । एकटक छोरोमाथि छ आँखा । बोल्न सक्दैनन्, हाँस्न सक्दैनन्– हराइसकेको हाँसो । खुट्टाको घाउ उसैगरी चहर्याइरहेछ अझै पनि ।
‘दबाई खाइनौ ?’ भाउजू मौनव्रत तोड्छिन् ।
‘भुल्लेछु’
‘दबाई खान पनि भुल्ने मान्छे त कामका छैनौ’ भाउजु भनिरहे । रामुदाइ सुनिरहे ।
‘काममा जान सक्दिन क्या हो’
‘के खाने हो भरे ?’
‘खोलापारि सिस्नो छ, लिएर आइज । म पीठो खोजेर ल्याम्ला ।’ ‘कति दिन चल्छ यसरी ?’ ‘चल्ने बेरसम्म चलाम्, नचले देखाजाला …’एकछिनको वाकयुद्ध । सानो फिष्टेले विस्कुट विस्कुट भनेर उधुमले महाभारत चलाएको छ । किन्न सक्दैनन् । पैसा भए एककिलो पीठो ल्याएर पेट पाल्थे उनी । फिष्टेले त्यो बुझ्दैन– उसलाई त बस् विस्कुट चाहिएको छ– विस्कुट ।पुकार खाएर राता भएका दाँत जोडले घोट्छन् । कुल्ला गर्छन् । फिष्टे कतिखेर हाँस्छ, कतिखेर रुन्छ । विस्कुट खाने लालसाले रातिदेखि उधुमले उफ्रिएको छ । कन्चटको घाउ उसका लागि केही हैन– मानौ ऊ जंगलको सिंह हो– अरु सबै इतर । उसले भोलि देश बनाउँछ । समय बेफ्वाँकले हाँस्यो । धिपधिप टुकीको धिपधिप उज्यालो । रामुदाइ । भाउजू । फिष्टे । र, नअघाएका लामखुट्टे । भित्तामा ३ वर्षघिको क्यालेण्डरले पनि उनीहरुलाई हेदै गिज्याउँदै गर्छ । खोलापारिबाट ल्याएको सिस्नो भक्भक उम्लन्छ, यता पीठोको जोहो गर्न नसकेकोले भाउजू अघिदेखि नै फत्फताइरहेकी छन् । ‘सधैं यस्तै अनिकालमा बाँच्ने हो ?’रकेटलञ्चरभन्दा छिटो शब्दबाणले सोझै रामुदाइलाई ताक्छ ।’मागेर ल्याउन सकिनौ ?”माग्न इमानले दिन्न फिष्टेकी आमा….’घाउ सुम्सुम्याउँछन् । ब्रुफिन खाएपछि अलि बिसेक भएको छ घाउ ।
घुँ … घुँ …. घुँ …. घुँ । लामखुट्टेको साम्राज्य अद्यापि छ ।
‘पट्टीसट्टी लाएर बिहानै जाऊ तिमी सक्दैनौ भने मै जान्छु भारी बोक्न…’
बढी सुन्न सक्दैनन् । नखाएरै सिस्नोले पोल्यो रामुदाइलाई । फिष्टे पनि घरिघरि च्याँच्याँ गरिरहन्छ ।
‘भोलि त जान्छु जान्छु’
‘कहिले आउँछ भोलि ?’
‘आउँछ लोकी आउँछ– गरीबको भोलि पनि आउँछ ।’
‘जुनी बितिसक्यो भोलि कहिले नआएको ….’
सुनिरहन्छन् । गमिरहन्छन् । भाउजूले नदेख्ने गरी आँखाबाट शीत र्झछन् तप्प … तप्प … । घाउभन्दा उधुमले मन दुख्यो । देशको कर्णधार र कर्णधारकी जननी आधा पेटमै रातसँग पैठेजोरी खेलिरहेछन् । एकबार आफैले आफैलाई पढ्छन्– अनिकालमै जीवन गयो, अब त ट्रयाकसुट फेर्नुपर्छ मैले, अब त फिष्टेलाई कखरा सिकाउनुपर्छ मैले …. । यावत । मनमै बिलाए सपना । भाउजूको च्यातिएको चोलो पनि खित्त हाँस्यो ।
(आऊ एकपटक आफ्नो लागि रोऔं । … केबल आँखा फट्टाएर हेरिरहन्छौं । …. हामी खुबै रोऔं । शीरफूल झारिएका मनहरु । यसपालि धित मरुञ्जेल रोऔं । रोऔं आफ्नो लागि, देशको लागि, जनताको लागि र नेपालीको लागि अनि भोलिको लागि । रोऔं भककानिएर ताकि हाम्रो आँसुको बाढीले बगाओस् यो सिंगो रात । आओस् एउटा सुन्दर दिन । नरोएर कहाँ के भएको छ र – माटो नै रहेन भने कहाँ खसाल्ने आँसु । आऊ– आफ्नो माटो छँदै रोऔं …….।तसलिमा नसरिनसँग सापटी मागेथे– नवीन विभाषले । म नवीन विभाषसँग सापटी माग्दै एक अनुच्छेद रोइदिन्छु । एकझल्को अनिकालका रामुदाइको नाममा । एक झल्को कर्णधारको नाममा । अनि एकझल्को भाउजूको नाममा । )
‘मनको घाउ निको हुँदैन कहिल्यै”हुन्छ रामुदाइ हुन्छ… एकबार निको हुन्छ तिम्रो मनको घाउ …’ ड्रामाटिक मोनोलग ।
यस्तै मोनोलगमा म पनि गम्छु एकबार ।
‘अनि भारीको के छ त खबर ?’
‘उस्तै हो, खुट्टा चले भारी पनि बोक्छु …’
‘तिमीजस्तै थला परेको छ देश, देश कहिले बोक्छौ ?’
आदर्शका कुरा हुन् तर आदर्श होइन ।
‘सकुँला देश बोक्न ?’
‘आफ्नो माटो छउञ्जेल सक्छौ बोक्न…’
‘खै कहाँ छ मेरो माटो ?’
‘यै हो तिम्रो माटो र यै हो तिम्रो घर …’ बगरतिर इङ्गति गर्छु …
‘त्यै माटो पनि मेरो छैन ऐले’
‘हुन्छ, एकबार अवश्य हुन्छ रामुदाइ । बस् तिमी सुन्दर सपना देख्दै जाऊ, सुन्दर घर बन्छ बन्छ ।’
उस्तै उम्सो गरिरहेछ । रामुदाइका कथा ‘कलमको सुपो’मा निफन्दै जान्छु । अलिअलि चल्ने पंखाको हावाले अहँ लामखुट्टेको साम्राज्य भत्काउन सक्दैन । तैपनि लाली हराएका रामुदाइको जीवनमा कालो बादलको साम्राज्य फैलन दिन्न । आऊ रामुदाइ…… हाम्रो माटो छँदै रोऔं बेस्मारी ……।
[तपाईँ पनि आफ्ना कथा माइसंसारका पाठकहरुसमक्ष बाँड्न चाहनुहुन्छ भने पठाउनुस् [email protected] मा ]
राम्रो छ अरु पनि पढ्न पाईयोस
म त रुन्दैन
समाए अझै बितेको छैन, लुटेको फर्काउनु छ मलाई
तेती नगरे सम्म रुने त के, मर्न पनि सक्दिन म
लुन्तु लुट्नेलाई अझै लुट्न दिन्न म
हात बाँधे लात चलाउँछु मुख थुने आँखा बाटै गर्जिंछु
म चुप लाग्दिन, लुटेको मेरो नेपाल फर्काउन लदिनै रहन्छु
बन्दुक देखाए भक्ति थापा मेरो जिजु बाजे छाती थापुंला
घरकै कुलंगारले खुट्टा समाए गङ्गा लालले बोल्न सिकाएको मलाई
बिदेशी दलाल तँ भनि गालि थोक दिउँला तेस्लाई
म त रुँदै रुन्दैन
मलाई कथा कुनै पढ्नु छैन, यी दुई आँखाले सबै देख्दैछुँ
कुरो म पनि बुझ्छु पाजी तँ, झुक्याउन सक्दैन
तेरो भाषण त के शाशन पनि हेरे
ऐना हेर्नु पर्दैन तैंले मेरो आँखामा हेर
चोर होस् तँ चोरै देख्छस
दौरा सुरुवाल लगाउन बा धोति कुर्ता
तेरो छाती मैलो, मनै कालो
पिरोल्नु पिरोलिस, दुखमात्रै होयिन डाका मारिस तैंले
म त रुँदै रुँदैन/
तेरो पारि अरब छन् भन्दैमा के दराउन्छु म?
बिर गोर्खाली मेरो दाजु भाई, मात्र तँ त के,
पारि बात अरबै ओयिरिये पनि काटी भगाउन्छु सबै लाई
अति भयो अब भाग पाजी त अहिले
तेरो दान पनि चाहिंदैन पुजारी पनि चाहिन्दैन
मेरो माटो मलियो, धान गहुँ सकिएन भनि कोदो फापर उमारुला
मेरो इस्वोर मा देखि तेतिकै खुसि
तेरो पुजारीको मन्त्र किन सुन्नु छ तेस्लाई
म त रुँदै रुन्दैन
” आशुले अझै भिजेको छ बर्तमान —”
__________________________
प्रिय लेखक जी !
सिद्दिएन तिम्रो कथा ?
बर्सौ वर्ष देखि
तिमीले यहि कथा लेख्यौ
यहि ब्यथा देख्यौ – – –
अनि
यहि कथा व्यथा संगै
धेरैको सिन्दुर पुछिएर
धेरैको कोख उजाड भएर
धेरै धेरै रगत हरु बगेर
हात – खुट्टा – आखा – अंग अंग को बलि चढाएर
गणतन्त्र आयो
युग परिबर्तन होला ,
कान्छा भाइ – दाइ हरु आगन छोडेर हिड्नु नपर्ला ,
आफ्नै माटो खोसेर आलु – पिडालु खालान ,
मकै धान उब्जौलान ,
पर्ब मनाउलान ,
बारीमा खुर्सानी तरुनी भएर हास्ली
कागतिले जिस्क्यौला ,
हाइ सन्चो मनले साधि साधि खाउला ,
पुन्टे – भुन्टे – सानी – ठुली
रमाई रमाई स्कुल जालान !
क ख ए बि सी दि लेख्दै ,
नेपाल लेख्लान , बिस्व देख्लान !
खै ??? 🙁
सहरको पेटीमा लाउरे संग चाउरे भन्छ ,
” यति दिएँ भए बोक्छु तिम्रो भारि नत्र बोक्दीन ”
यति सम्मको स्बतान्त्रता भने पाएको छ गणतन्त्र संगै ,
त्यो पनि पेट नदोब्रीए सम्म – – –
अरु बाकि त उस्तै नै हो लेखक जी !
तिम्ले क्यै फरक देख्नु ? फरक देखिनु पर्ने को लागि ? – – –
शहर गल्लि को कुरा छोड ! भैगो !
तिनले खान पाएकै छन् ,
ति नांगा पनि देखिएका छैनन् ,
तर
पहाड गाउ – बस्ति तिर को त्यो युगौ देखि को ,
रामु दाइ – भाउजु हरु को कथा व्यथाको गित !
प्रिय लेखक !
सुन है तिनै गित मध्यको एउटा गित !
मैले हिजो का दिनमा सुनेको यो गित आज पनि उस्तै छ – –
” कान्छी भाउजु मुखियाको मेलामा
नानि रोयो साझको बेलामा
स्याउला काटी बास
सिमलको छाया मा कान्छा दाइको घर – – – ”
प्रिय लेखक !
कम्तिमा यस्तो गित गाउनु नपरे !
यस्तो कथा लेख्नु नपरे !
तब पो सहिदको आत्माको सम्मान हुने थियो !
गणतन्त्रको मान हुने थियो !
मुलुक हाक्ने हरु हो !!!
सत्ता र कुर्सी मा कसरी चैन् भेट्न् सक्छौ तिमी ह ?
कसरी आफ्नो हरुको दुनो मात्र सोझ्याएर मस्त हुन सक्छौ ह ?
होइन भने त यि कथाले ऐले अर्कै रुप लिनु पर्ने थियो – – –
त्यो गीत ईतिहास हुनु पर्ने थियो कम्तिमा पनि —
तर हेर त !
यिनै गीत र कथाको आशुले भिजेको छ अझै बर्तमान – – –
धिपधिप टुकीको धिपधिप उज्यालो । रामुदाइ । भाउजू । फिष्टे । र, नअघाएका लामखुट्टे । भित्तामा ३ वर्षघिको क्यालेण्डरले पनि उनीहरुलाई हेदै गिज्याउँदै गर्छ । खोलापारिबाट ल्याएको सिस्नो भक्भक उम्लन्छ, यता पीठोको जोहो गर्न नसकेकोले भाउजू अघिदेखि नै फत्फताइरहेकी छन् । ‘सधैं यस्तै अनिकालमा बाँच्ने हो ?’रकेटलञ्चरभन्दा छिटो शब्दबाणले सोझै रामुदाइलाई ताक्छ ।’मागेर ल्याउन सकिनौ ?”माग्न इमानले दिन्न फिष्टेकी आमा….’घाउ सुम्सुम्याउँछन् । ब्रुफिन खाएपछि अलि बिसेक भएको छ घाउ ।
घुँ … घुँ …. घुँ …. घुँ । लामखुट्टेको साम्राज्य अद्यापि छ ।
यो देश नै गरिब भयको बेला मा तपाईहाम्रो झुपडीको कसरि बयान गर्नु |जे भयपनी कथामा एथार्थपन झलकियकोछा !गरिबीको !झुपडीको बेथाहरुछन |
कथा एकदम राम्रो छ कतै कसैको बासताबिक जीवन सग मेल हुन जान्छ|यो देश नै गरिब भयको बेला एहा का जनताहरु को सपना कहिले पुरा hune हो| । धिपधिप टुकीको धिपधिप उज्यालो । रामुदाइ । भाउजू । फिष्टे । र, नअघाएका लामखुट्टे । भित्तामा ३ वर्षघिको क्यालेण्डरले पनि उनीहरुलाई हेदै गिज्याउँदै गर्छ । खोलापारिबाट ल्याएको सिस्नो भक्भक उम्लन्छ, यता पीठोको जोहो गर्न नसकेकोले भाउजू अघिदेखि नै फत्फताइरहेकी छन् । ‘सधैं यस्तै अनिकालमा बाँच्ने हो ?’रकेटलञ्चरभन्दा छिटो शब्दबाणले सोझै रामुदाइलाई ताक्छ ।’मागेर ल्याउन सकिनौ ?”माग्न इमानले दिन्न फिष्टेकी आमा….’घाउ सुम्सुम्याउँछन् । ब्रुफिन खाएपछि अलि बिसेक भएको छ घाउ ।
घुँ … घुँ …. घुँ …. घुँ । लामखुट्टेको साम्राज्य अद्यापि छ ।
यी हरफ हरु सारै दयनीय छन |
ह्रदयबिदारक, समयसापेक्ष्य, मार्मिक कथाबस्तु । कथाकारको उत्तरोत्तर प्रगतिको कामना ।
लेख मा दम छ है .
ठेट नेपाली पाराको कथा पढ्न पिएकोमा धेरै खुसि लग्यो.
यो कथामा उदय दाई छैनन् त, के भयो ? ज्ञानमाला भाउजुको झटारो भेटेछ जस्तो छ लेनिन ले .|
मलाई लेखक को यो अंस खुब मन परों
आऊ एकपटक आफ्नो लागि रोऔं । … केबल आँखा फट्टाएर हेरिरहन्छौं । …. हामी खुबै रोऔं । शीरफूल झारिएका मनहरु । यसपालि धित मरुञ्जेल रोऔं । रोऔं आफ्नो लागि, देशको लागि, जनताको लागि र नेपालीको लागि अनि भोलिको लागि । रोऔं भककानिएर ताकि हाम्रो आँसुको बाढीले बगाओस् यो सिंगो रात । आओस् एउटा सुन्दर दिन । नरोएर कहाँ के भएको छ र – माटो नै रहेन भने कहाँ खसाल्ने आँसु । आऊ– आफ्नो माटो छँदै रोऔं …….।तसलिमा नसरिनसँग सापटी मागेथे– नवीन विभाषले । म नवीन विभाषसँग सापटी माग्दै एक अनुच्छेद रोइदिन्छु । एकझल्को अनिकालका रामुदाइको नाममा । एक झल्को कर्णधारको नाममा । अनि एकझल्को भाउजूको नाममा । )
अनि त्यस्तै यो पनि राम्रो छ
तिमीजस्तै थला परेको छ देश, देश कहिले बोक्छौ
यो पनि भोलि नै बोक्ने कि ????????
बलराम
मस्को
कथा धेरै प्रसंसनीय छ, तर कुरा गर्न लेनिन बञ्जाडे संग सीक्नू साथी हो,-बञ्जाडे धेरै गाफाडी जस्तो लाग्यो