होलीको लोला

-शुषमा मानन्धर-
newpg-holi
होली आयो। सके तपाईँले पनि बेलुनमा पानी भरी बाल्टिनमा टन्न थुपारी सक्नुभएको होला। फागु खेल्न रमाइलो त हुन्छ तर पानीका लोला बनाई बटुवाहरुलाई हान्ने रमाइलोमा हामीमा भने आतंक नै छाइसकेको हुन्छ। कतै बाहिर जाँदा माथिबाट बेलुनका पोका आएर आफूमाथि वषिर्ने पो हो कि भन्ने डरत्रासले समेत पनि हामी महिलाहरु अझ खासगरी किशोरवय युवतीहरु त्यो दिन बाहिर जानै आत्तिन्छन्। युवती त युवती, कतिपय पाकी महिलाहरु समेत पनि फागुमा बेलुन हानिएर रुझ्दा निथ्रुक्क भिजेका हुन्छन्। वास्तवमा धेरैपल्ट यिनीहरुलाई लक्षित गरी हानिएको नभै तिनका अगाडि पछाडि आउँदै/जाँदै गरेका युवतीहरुलाई निशाना बनाइँदा, निशाना चुक्न गै भिजेका हुन्छन्। यसरी पानी भरिएको बेलुनले हामीलाई कौसी ,झयालबाट आक्रमण गर्नेहरुमा स-साना र स्कूले केटाकेटी मात्र हुँदैनन्, कहिलेकाहीँ त उनीहरुलाई पछाडिबाट निर्देशन दिने ठूला बडा पनि हुन्छन्।

होलीको दिन बाहिर ननिस्कनु राम्रो। तर रुझिन्छ भनेर कामै विताएर पनि त बस्न सकिन्न। बाहिर निस्किएमा पानीको ओइरो लागिने कल्पना मात्रले पनि टेन्सन हुन्छ। मानिसहरु विहानैदेखि छतछतमा बाल्टिनभरि पानी र बेलुनका पोकाहरु राखी अखाडा जमाएर बसिसकेका हुन्छन्। यस्तोबेला यिनीहरुको आँखा छलाएर फुत्कनु सक्नु पनि ठूलै चातुर्य हुन्छ। बाहिर निस्कनै पर्दा पनि पाइन्ट लगाई निस्कनु हुन्न, कुर्था सुरुवालमा अझ सके त सारी मै हिंडियो भने परिपक्व ठानेर बेलुन हान्दैनन् भन्ने साथीहरु पनि छन् तर सारीमै सजिएकी युवतीहरुलाई पनि बेलुनका लोलाहरुले खेदेर कुदाएको अनि भिजाएको पनि देखेकी छु। कुनै साथी आइडिया निकाल्छन्, होलीको दिन निस्कनै परे बरु रेनकोट वा छाता ओढी निस्कँदा कसो होला। झन सबैको तारो जस्तो कौसीबाट सोझिएका बेलुनका गोलाहरु ताकिएर सिधै आफूमाथि कसो नवर्षिएलान्।

साँच्ची भन्ने हो भने सबैभन्दा त्राहिमाम् त होलीमा यही पानी भरिएका बेलुनले बनाउँदै आएका छन्। अबिर र पिचकारी हुँदो त छ्याप्न सामुन्ने नै आउनु पर्छ तर बेलुन चैं कौसी, कोठा, चोटा जहीँकहीँबाट प्रत्यक्ष र लुकेर पनि हान्न सकिने भएकोले कतिबेला कहाँबाट त्यो बेलुनरुपी बम उडेर आउँछ, अन्दाजै गर्न सकिन्न। पानी बेलुनको सन्त्रास यति व्याप्त हुन्छ कि फागु मच्चिन थालेपछि बाहिर निस्कँदा छेउबाटै भंगेरो मात्र उडे पनि बेलुन भनी घरिघरि झस्किन्छु। सँधै बाटोमा टाँसेर हिँडिने आँखा पनि फागुका बेला सडकका झ्याल र कौसीमा हेर्दै हिंड्न बाध्य हुन्छौं ताकि बेलुनको आभाष मात्र पाउने वित्तिकै भाग्न वा बचावट गर्न सकियोस्। अझ कत्तिले त हातमा बेलुन नै नभए पनि बेलुन उज्याए सरी कौसीबाट हात उठाई उठाई तर्साएर सताउँछन्। कैयन् चोटी त यस्तो बेलुन हनाइमा धेरैको झगडै पर्छ ,अपशब्द र गाली पनि प्रयोग हुन्छन्। प्रतिवाद गर्‍यो ,उल्टो जिस्क्याई र थपडी। आफनै मुख रातो पारी जिल्लिनु पर्छ। व्यर्थै मूड खराब।

होली खेल्न नहुने भन्ने हैन तर यसरी खेलिने होलीमा अरुलाई समस्यामा मार्नु कति ठीक छ त ? जरुरी कामले बाहिर आउने जो कोहीले पनि पक्कै अनिच्छापूर्वक भिजिन चाहनु हुन्न होला। कुन मुडमा कस्तो काम लिई निस्किएको हो ,अप्रत्याशित त्यो पनि फोहर र दुर्गन्धित पानीले भिजियो भने त्यसले झगडा सिर्जना गरी दुःखद परिस्थिति पनि सजिलै ननिम्त्याउला भन्ने पनि त छैन ।

त्यति मात्र हो र ? माथि देखि स्पीडमा आउने त्यस्ता बेलुनका लोला संवेदनशील अंगहरु र शरीरमा पर्दा संकोच लाग्ने,दुख्ने त छँदैछ, कसैका लाएका चस्मा, आँखा फुट्ने मात्र नभै ठूलै चोट लाग्न सक्ने संभावनाहरुलाई समेत नकार्न सकिन्न। रमाइलो पर्व छिनमै दुखद स्थितिमा परिणत हुन के बेर ?

होली जस्तो सौहाद्र र मैत्रिपूर्ण चाडलाई एउटा आतंक र हूलदंगाको रुपमा मात्र सीमित नराखी यसलाई आपसमा मिलेर रमाइलोको निमित्त मनाउनु बढी उपयुक्त हुन्थ्यो कि ? यो दिन होली खेल्न चाहनु हुनेहरुले आमुन्ने सामुन्ने साथीभाइमा मिलेर मज्जाले होली खेल्नुस्, रंग अबिर दल्नुस् तर सडकमा हिँडिरहेका खास गरी महिलाहरुलाई उहाँहरुको इच्छा विपरित लुकीलुकी बेलुनको तारो नबनाउनुस्, नत्र यो बेलुनको लोला, सिर्फ लोला हैन गोला नै सावित हुन सक्छ उनीहरुलाई। नविर्सनुस् है त -ह्यापी होली।

(प्रथम प्रकाशित मितिः Mar 19, 2008)
newpg-holi

65 Comments

  1. होलिको बिषय यौटा विवादास्पद बिषय जस्तो लाग्छ/
    केहि बर्ष अगाडी, म मेरो x girlfriendलाई होलिको दिन भेट्न गएको थिएँ/ पहिला फोनमा सोध्दा चाही “यहाँ आएर मलाई केहि गर्ने हैन है” भन्दै चेतावनी दिने जस्तो गरेर कुरा गर्यो/ मैले पनि ल हुन्छ भनेर गएं ,,केहि बेर उनको घरमा बसें र निस्के /’ पछि कुरा गर्दा चाही किन अबिर नलगाईदिएको भनेर रिसायो /
    यौटा कुरा चाही सत्य रहेछ कि, केटीहरुले बाहिर जे भनेपनि भित्र चाही बाटोमा हिडडा लोला खानु भनेको आफु आकर्षक हुनु हो भनेर सोच्ने रहेछ/ अब ८० बर्षको बजै जस्तो देखियो भने कसले लोला हन्छ र /

  2. सान्दर्भिक कुरा उठाउनु भयो. बाटोमा हिड्दा सधै त्रसित भएर हिड्न पर्ने बाताबरण छ अहिले नि होलीमा.. परिवर्तन कहिले हुने हो अरुलाई दुख देर खुसि हुने मनस्थितिको.. 🙁

  3. फागु पुर्णिमाको रङिन मौसमले सबैमा खुशी र उमङ छाओस भनेर सम्पूर्ण हिन्दू र नेपालीलाई शुभ्-कामना!!!
    HAPPY HOLY to ALL.

  4. wIsH yOu aLl vErY-vErY hApPy & cOlOuRfUl HOLI…..सबै जना ले यो रंगिन पर्ब होलि राम्रो संग मनाउनु होला….

  5. wIsH yOu aLl vErY-vErY hApPy & cOlOuRfUl HOLI…..सबै जना यो रंगिन पर्ब होलि राम्रो संग मनौनुहोस….

  6. योशैलीलाई कुनै हालतमा पनि परिबर्तन गर्नु जरुरि छ नत्र हामीले कहिले बिकाश गर्ने?

  7. मलाई यो पर्ब मन परेन किनभने इच्छा बिपरित खेलींछा आफु -आफु चिनेको साथीसंग खेल्दा ठिक छ , पर्वको नाममा बदमासी गर्नेहरुलाई सहयोग भए जस्तो लग्यो ….. तेसैले नेपालको सबै पर्वहरु मलाई मनपर्छ तर यो फागु पर्ब मलाई कहिले मन परेन …अर्जुन,सिड्नी

  8. होलि को पवन अवसर मा सम्पूर्ण लाइ सुभकामना.
    यो पर्ब ले सम्पूरण नेपाली जान को मन मा सकारात्मक सोचाइ को विकास गरोस.
    नेता को बुधि मा लगायको बिर्को खोलियोस.
    माइ संसार मा कमेन्ट लेख्ने हरु को सद्बुद्धि आओस.
    श्याल हरु को बेबहार मा परिबर्तन आओस.
    ………..
    जय नेपाल.

  9. शुषमा जी सर्वप्रथम त तपाईँलाई होलीको शुभकामना | साथै हजुरको लेख धरै राम्रो लग्यो |

  10. सर्ब प्रथम त होली को सबै लाई शुभकामना . मेरो बिचारमा होली पर्ब लाई मैत्री पूर्ण भाब माँ खेलिनु पर्छ किना की कहिले काही यही होली कै कारण राम्रो सम्बन्ध पनि ख़राब हुन सक्छ त्यसैले अरु लाई असर नपर्ने तरिकाले होली खेलौ .

  11. सुस्मा जी सर्वप्रथम त तपाईँलाई होलीको शुभकामना | साथै हजुरको लेख धरै राम्रो लग्यो |

  12. सबै भन्दा पहिले शुषमा जी लाई होलिको शुभकामना र यो लेख पनि धरै राम्रो लाग्यो | यो पर्ब खुशी बाड्ने र साथी भाई मिलेर खुशी मनाउने पर्बहो | यसमा सबैले बुझ्नु र कसैको इच्छाको बिरुद्ध नगर्न सबैलाई सादर आग्रह गर्दछु |

  13. मैले भर्ने यो बेलुनमा रंग हुन्छ हुदैन, मैले हान्ने बेलुनले तिमीलाई लाग्छ लाग्दैन ?
    तिम्रो जिउमा मेरो बेलुन, तिम्रो जिउमा मेरो बेलुन, लगाउन के गरु म ?
    मैले भर्ने यो बेलुनमा रंग हुन्छ हुदैन, मैले हान्ने बेलुनले तिमीलाई लाग्छ लाग्दैन ?
    होलिको बेला म घुम्न आउदा, मलाई हेर्ने गर
    तिम्रो टोलमा पुग्दा, कहिले कहिँ मलाई भेट्ने गर
    लाग्ने हो होइन बेलुन कुन्नि, लाग्ने हो होइन बेलुन कुन्नि
    लगाउन के गरु म ?
    मैले भर्ने यो बेलुनमा रंग हुन्छ हुदैन !!!

    बेलुनले लागे, पानीले रुझे, छहारी बनि दिउला
    होलीको खातिर तिम्रो त्यो जुनी के भो र भनि दिउला
    ल भन अब मेरो ग्यांग बोकी, ल भन अब मेरो ग्यांग बोकी,
    घर तिम्रो कहिले आऊ म, घर तिम्रो कहिले आऊ म ?

    सबैलाई हाप्पी होलि, चाहे मनाउनु आज वा भोलि !!!

  14. मेरो तर्फा–ट पनि यो “फागु”को शुभकामना| शब्दकै कुरो गरम न त|फागु भन्छौं हामी यो पर्वलाई किनकि यो हाम्रो फागुन महिनाको पुर्णिमा को दिनमा पर्छ|एकअर्को पारिबारिक साथि भै अनि नातागोता र मान्यजन बीच रमाइलो गरि मनाइने पर्ब हो|यसमा अबिर र अन्य रंगको टिका र रंगाईले बसन्त ऋतु को रमाइलो गरिमा बढाएको हो|मेरो बिचारमा| कैले देखि आयो तर मलाई था छैन| यसका बिकृतिहरु चै पक्कै पनि हाम्रो दक्षिण तिरको “ठुलो दाजु” को घर दैलो को प्रभाव हो भन्दा अतिरन्जित हुन्न|हाम्रो समाज खासैमा भन्ने हो भने भारतीय कारण भै नै सकेको छ|हामी यो मेरो संसारमा जति नै आफ्नो राजनैतिक झुकाव अनि लगाव को अन्धकारमा परेर “भारत” बिरोधि भए पनि केहि लछार पातो लाग्दैन, कारण, टाढा किन जाम यहि काठमाडौँ बजार मा हेरे पुग्छ|नोट पैसा देखि लिएर सम्पूर्ण बोलि चाली, लवाई खवाई, हिडाई दुलाई, रहन सहन सबै नै हामी सिमा पारि भए जस्तो लाग्दैन? त्यसकारण हाम्रो फागु “होलि” भएको छ|

  15. सबै नेपाली दाजु भाइ दिदि बहिनि हरुलाई फागु पुर्णिमाको शुभ-कामना. यो चाड ले मलाई मेरो जीवनको कहिले नबिर्सिने कुरा याद दिलाउछ तेसैले मेरो लागि नेपाली चाड पर्ब भरिमा सब भन्दा मन कै कुरा भन्दा मन नपर्ने चाड हो.करिब १५ वर्ष पहिलेको कुरा हो मा करिब १० बर्सको थ्यी होला होलीको दिन मा मेरो घर संगै टासिएको छिमेकी को कौसी मा एकजना दिदि म भन्दा उमेरले पाको ओहाले मलाई ३ तला माथिको कौसी बाट सेतो बेलुन मा पानी भरेर लोला ले हान्नु भएको थ्यो त्यो लोला सिधै मेरो आखामा आएर लग्यो र फुटेन तर मेरो आखा कुन भगवानको कृपाले फुटेन त्यो चाहि जोगाइदिने भगवानलाई नै थाहा होला १ दिन हस्पिटल पानी बसे अनि मेरो मामु त्यो दिदि को सन्तान संग येसरी बाज्नु भयो र हाम्रो बोलचाल अहिले सम्म पानी भएको छैन तेसैले सबैलाई यो भन्न चाहन्छु कि रमाइलो गर्नुस तर अरुलाई हानि नोक्सानी नापुर्यौनुस कृपया……..

  16. होलीलाई लोला हान्ने बिकृतिको पर्ब भन्दा संस्कृतिक पर्वको रुपमा मनाउनु राम्रो हुन्छा/

  17. सुषमा जी,
    तपाईंको यो निबन्ध कान्तिपुर दैनिकमा पनी ‘लोलाको तारो’ शीरषकमा चिट्ठीको रुपमा आएको रहेछ नी

  18. I know you are a good writer but please just for the sake of writing do not write this kind of article………………………what are you waiting to hear:the sympatical word from readers well you got those on all the above comments…..I hope you won’t take it otherwise but i think this essay is presented in a very negative way.

  19. Mr. Muskam and Borte!

    I Do understand the meaning of this artical by susma ji. I’m frank guy and I dont worry about you kind guys when you say either “GADHA or ABUJH” this is the place to share you commnet you can do it in your way. I know the reality. Neither of us are in Nepal. One is in Honkong and another is in Japan. You can find out where am I at. When ever you used to be in nepal don’t tell me that you have never made mad anyone else then your known people. I hate telling HOLI to our great festival ‘Falgu’. I beleive that we should not paly like you have understand in my words. But it has also menssioned that aama, didi. Do you understand the meaning of that? Happy Fagu.

  20. malai lagchha tyo ramesh lutel bhanne manchhelai sushma jiko lekh ko artha nai thaha chhaina,u r right sushma ji,je vogeka chhau,tapai hamile vogeko chhau,anpad ,gabar harulai ke thaha. muskan hongkong

  21. I wish to all Nepali very happy Holi.This is going for peace,devlopment,progress with peacefull sucesse of CA election in april 10th in our country.

  22. सुस्मा जी सर्वप्रथम त तपाईँलाई होलीको शुभकामना ! तपाईँको सम्पूर्ण आर्टिकलहरु मैले नछुटाई पढ्छु भन्दा फरक नपर्ला । कारण तपाईँका आर्टिकलहरु सामाजिक चेतना मूलक हुन्छन् र समाजलाई व्यङ्ग्य गर्दै अगाडि बढेका हुन्छन् त्यस्ता आर्टिकलहरु जति पढ्यो त्यति पढूँ पढू लाग्ने हुन्छन् । पढ्दा पढ्दै अझै चाख पूर्ण कुराहरु आउँदै छ जस्तो भान हुन्छ तर समाप्ति भइसक्छ । मेरो मत्लब तपाईँको जति पनि मेरो संसारमा छापिएका आर्टिकलहरु छन् ति सबै सारै मर्मस्पर्षी छन् । त्यस्तै समय सन्दर्भ अनुसार लेखिएको यो तपाईँको होलीको लोला शिर्षकको लेखले अवश्य पनि आम नेपाली दाजूभाई हरुमा सकरात्मक दृष्टिकोण आउनेछ आशा राखौँ । जस्ले असहमतिमानै दु:ख दिने लोला हान्ने जुठो पानी छर्कने जस्ता कार्य गर्ने गर्छ त्यस्ता व्यक्तिहरुमा । त्यसैले यो असत्यको विरुद्व सत्यको विजयको रुपमा मनाईने यो होली पर्वलाई रमाईलो तरिकाले मनाऔँ सबैलाई मेरो शुभकामना । तर, कता कता मलाई चित्त नबुझेको कुरा के छ भने नि लेखिका ज्यू, नेपालमा मलाई लाग्छ नेपाली पोषाकको लगभग अन्त्य नै भयो जस्तो जहाँ सम्म लोला खाने कुरा छ तपाईँले पनि भन्नु भएको छ यदि कुनै युवतिनै किन नहोस उनीले यदि राम्रो तरिकाले साडिमा हिड्छिन भने उनलाई लक्षित गरेर लोला हान्ने क्रम सायदै हुँदैन भनेर । जाडोको लगभग विदाईको समयमा नेपाली युवतिहरुले चाहिने नचाहिने उच्छ्रिङ्खल ड्रेसहरु लगाएर हिँड्ने हुँदा त्यस्तालाई नेपाली युवाले चुनौति दिएको होकि जस्तो पनि लाग्छ । त्यसैले जाडो सक्किन नपाउँदै खोरबाट निस्किएको बाग झै लगभग अर्धनग्न भएर नेपाली चेली(तरुनी)हरुले नहिँडून मेरो सल्लाह। धन्यवाद । राजकुमार पुरी

    • अब नचाहिदो तर्क गरेर आफ्नो कुकर्मलाई सहि साबित गर्न नखोज्नुस न साथी | एउटा पढे – लेखेको मान्छे ले यस्तो कुतर्क गरेर गलत कार्य लाई बढावा दिन सुहाउदैन | अब पनि सभ्यता नसिके, कहिले सिक्ने हो नेपालीले?

  23. Sushma ji.. mero aauta dukhalagdo ghatna cha holi parva ko bela ma ghateko.. hami sathi bhai haru milera holi khelne bhanera hamro chowk ko Dhunge Dhara ma jamma bhayeka thiyau.. tyatikai ma mero aak jana sathi le malai ra mero arko sathi lai akaichoti dhunge dharama ghacheti hamilai dhunge dhara ma pani jamma bhayeko thau ma khasalyo.. hami pani ramailo nai manera k pani bhaninau.. but .. suddelnly tyo pani ma rato rang dekha paryo… hereko mero mitra ko khutta kateko rahecha.. ani hamile tatkallai mitra lai bir hospital ma lagera 11 taka lagayau… yo ghatna samjhida pani mero aangnai siring huncha… Tyasaile mitra haru lai ma holi parva sabdhani purvak khelnu huna anurodh garda chu.. happy holi.

  24. Susma Jee!!
    u wrote the very issues that troubles womens in the street!! There should be a law to protect everyone from being hit by Baloon during this time. Today , this is the only problem of women but tomorrow it could be the problem for everyone !! men and women so lets STOP troubling people walking in the street.

  25. पुरुष साथीहरु, होली खेल्नु आँफैमा नराम्रो त कस्ले भन्यो र । खेल्नुस् न । तर इच्छा नहुनेलाई जब्बर्जस्ती किन?
    हामीलाई होली खेल्ने मन छैन रे, लोला किन खानुपर्ने?
    अनि तपाईंहरुको रमाइलोमा हाम्रो चित्कार किन समाबेश गर्न खोज्नु हुन्छ? बाटोमा तपाईं आँफै पनि आफ्ना दिदी, बहिनी, श्रीमती, छोरी, साथी सँग हिंड्नु त हुन्छ नि । उनिहरुलाई ताकेर हानेको लोलाले पनि तपाईं पुरुष हरुलाई त रमाईलै हुन्छ होला नि, होइन र?? कि लोला हान्ने सित झगडा गर्न थाल्नुहुन्छ?
    बाटोमा अर्काका छोरी चेली भिजाउने अनि आँफैलाई पर्दा चै सत्यवान बन्न खोज्ने??
    ल ल, जे छ, तपाईंहरुकै छ ।
    सबैलाई मेरो पनि Happy Holi.
    खेल्नुस्,मनाउनुस्,खुशि हुनुस्, अनि दिदी बहिनीको गालि र सराप् नखानुस्।

    • आफ्नो छोरी चेली अर्काले भिजाउने र अर्काको छोरी चेली आफुले भिजाउने त रिती हो नि किन दुख मनाउ शुस्मा यसमा!
      त्यो गलत प्रबित्तिले दोहोर्यका र मौकाको फाइदा उठाउने र जे को पनि दुरुपयोग गर्ने हरुलाई गासेर होलिलैनै किन नराम्रो भन्नु हो? यस्तो रंगिन पर्वलाई विषाक्त र दुरुपयोग गर्नेहरुलाई यसबाट पर राखौ र होलि मनायौ! तिनीहरुको कारण ले होलीलाई न नकारौ है!
      हाप्पी होलि रे !!!

  26. HAPPY HOLI TO ALL

    Naramro sanga nakhelam holi! sabai lai suhauni gari khalam na! Mari lanu k chha ra hau!

  27. Nepali sathi haru,
    samaj ma bikriti lyaune yesto HOLI khelnu bhanda nakhelnu nai ramro manchu , ani hami aru kura ma INDIA ko birodh garne le INDIA ko fastible HOlI lai k karan le afnai mother le daijo lyayeko jasto garera bikriti cha bhanera janda jandai mannu parne?……….Yubraj Bhattarai

  28. Sushma ,

    HAPPY HOLI HOPE THIS WILL GIVE US PEACE AND PROSPERITY, AND HAVE A SAFE AND ENJOYING HOLI.
    ANJAN LONDON UK

  29. शुषमा मानन्धर जी,
    तपाईंको निबन्धलाई अलिकती सैधानतीक र अलिकती मनोबैज्ञानीक रङ थप्ने कोशीश गर्दै छु। हेर्नु होला भन्ने त लाग्दैन, तर पनि, खैर।
    Freud ले दुई खाले सुख प्राप्त गर्ने प्रबित्तिको पनि कुरा गरेका छन: १) पर पिडन सुख (अर्कालाई दु:ख दिएर सुख मान्ने, लिने प्रब्रिती), २) आत्म पिडन सुख (आँफैलाई दु:ख दिएर सुख लिने प्रब्रिती)। दोस्रो खाले प्रब्रिती बचचा उमेर्मा बढी हुन्छ, जस्तै नानीहरुले आँफैलाई कोपर्छन, जगल्ट्याउछन, लडिबुडी गर्छन् केही कुरा इछ्या पुरा नहुँदा। यौन इछ्या नै भन्ने कुरा छैन, यद्यपी Freud को चाही मुख्य बिस्लेसन त्यो पनि हो। हामी बा आमा लाई घुर्की लाएर भात नखाइ school गएका छौं भने त्यो पनि आत्म पिडन सुख नै हो। आफुलाई भोक लागि रहेको हुन्छ, तर बा आमालाई घुर्की लाउन पाएको मा आनन्द पनि महसुस हुन्छ।
    पर पिडन सुख नितान्त अर्कालाई हानी र पिडा पुर्याएर आत्म रती लिने ब्यक्तिहरुको प्रब्रिती हो। खासगरी काठमाडौंमा देखिने होली चाँही अझ कुखुरे बैसालु केटाहरुमा ब्याप्त अत्रीप्त यौन चाहना र कुन्ठाको उन्मुक्ती मात्र हो, यो अवसरको चरम दुरुपयोग हो (तर ती परपिडक हरुको लागि भने सुनौलो अबसर हो यो)। होलीको हिन्दू मिथक मा के भन्छ त्यहाँ सम्म जानु जरुरी ठान्दिन म, भारतका र नेपाल तराईका हिन्दूहरुले कती राम्रो सँग मनाउछन, काठमाडौं मा बस्ने तराइ मुलका मानीसहरुले कती राम्रो सँग मनाउछन।

    अहिले नेपालमा (अझ काठमाडौं मा झनै) हामी हिन्दू होइन भन्ने जनसंख्या ठुलो छ, तर अर्कालाई रुवाएर आत्म रती लिने कुकर्म मा भने सबै धर्मकाहरु तेतिकै लागेका छन। आफु हिन्दू होइन भने, बा आमा ले आफ्नो छोरा छोरीलाई सम्झाउनु पर्छ। जसरी जनजातिहरुले दशै चाड हाम्रो होइन भनेर छोरा छोरीलाई सम्झाउछन। होलीको सवाल मा एस्तो देख्दै देखिएको छैन। काठमाडौंमा हामीले देखेको यो चाडै होइन, यो पित्री सत्तात्मक्ता र अत्रिप्त यौन कुन्ठा जन्य अपराध मात्र हो।
    यसमा सरकारले सोच्नै पर्छ कसरी यस्ता केटाहरुलाई कारबाही गर्ने भनेर। हेरी राख्नु होला, यो होली चाड यस्तै रुपमा धेरै टिक्ने वाला छैन काठमाडौं मा। महिला संघ संस्थाहरुनै आउछन अगाडि अब।
    [email protected]

  30. यो होली मा कसैलाई तेजाब छ्यापेको चही सुन्नु नपरोस यही छ मेरो कामना

  31. लुइतेल को गधा रुपी बुझाई लाई धिक्कार्न मन्लाग्छ । अरुलाई भिजाएर दु:ख दिएर कुनै पर्ब मानिन्छ भने, खेल रगत् को होली त्यो पनि एक रङ हो । चाड मा सबैभन्दा मन नपर्ने होली पर्ब पनि छन भन्ने कुरा अबुझ हरुले बुझिराखे हुन्छ । अरुलाई दु:ख नहुने पर्ब मनाउ , Happy होली । बोर्ते श्रेष्ठ JAPAN.

  32. होली को शुभकामना ! लोलाहानौँ,रङ्ग हालौँ,खेलौँ होली तर होली खेल्नेलाई मात्र है ! घोट्टा बाट पनि टाढै बसे रा्म्रो !

  33. Hi Susma ji,

    We are celebrating our festivals with great pleasure but now we have changed our pattern in celebrating our festiivals. Had we been able to limit it within the certain limitation it would not be our problem, specially for the women. Now some of the women are eager to be victimed and want to become a matter of propoganda.Teenagers are so much interested to have lola and baloon filled with colourfull water. They want to come to the contact with male. Any way it is our festival and have to celebrate it for ever.We all are responsible for our generations and have to correct thier weakness .Though I am still unmarried, have thought that how should be my future children. All parents need to build thier children civilised.

  34. नमस्कार सुस्माजी,
    तपाईंको सबै जस्तो लेखहरु साकारआत्मक आउने गर्थ्यो तर यस पटकको लेखमा नकारात्मक धारणा रहेको पाइयो । हुन त आज भोली हाम्रो पर्बहरुलाई बिक्रित रुपमा प्रयोग गर्न थालेको पाईन्छ । ब्यक्तिमा उत्ताउलोपन बधेको छ ,जस्ले गर्दा सर्ब साधारणले बान्च्न गाह्रो परेको छ । उहको लेखहरु प्राय समसमयइक हुन्छ । पाठकको मन छुने खल्को हुन्छ । म लगायत सबैको मन छुने खाल्को हुन्छ। तैपनी पर्बको समयएमा हुन सक्ने सामान्य घटनालाई रमाइलो रुप्मा लिनु पर्छ भन्ने सल्लह दिन चाहन्छु ।

    • किन महिला लाई हेप्ने बहाना खोज्नु हुन्छ ? एउटा सभ्य पुरुष भएर होलि मनौनुस साथी | मेरो शुवाकमाना |||

  35. फाल्गुन महिनाको यो सप्तरङ्गी दिवस को उपलक्ष्यमा हार्दिक, माङ्गलिक एवम रङ्गिन शुभकामना।

    शुष्माजिको लेख गहकिलो छ तर पनि महिला दिदी, बहिनी, आमा, हजुर-आमा, सानीमा, काकी, फुपू अनी साथी र बिशेष साथी (एकै शब्दमा भन्नु पर्दा नारी), तपाईंहरु ले नै गर्दा त फगु पुर्णिमा को रङ अरुबढेको हुन्छ किन न बुझ्नु भएको। सप्तरङी त रङ छ्दैछ तर जब सम्मा तपाईं हरु सँग यो रङ जोडीन्न त्यस्को कुनै अर्थनै हुन्न। अत: फेरी एक पटक शुभकामना।

    • तपाई जस्तो मान्छेहरुलाई सभ्य मान्छेहरुले मुर्ख भन्छन | कुनै पनि बहानामा नारी को बेइज्जति गर्नु हुदैन |

    • Ramesh Luitel जी!
      म बुझ्दछु तपाहिको कुरा, गहन छ! भलाई मैले यो लेखुन्जेल सम्म यो लेखा पढेको छैन किनकि फागु को शुभ-कामना छर्ने हतारले सिधै पुच्छरमा कमेन्ट भन्दा पनि शुभ-कामना लेख्न हान्नियो! र तलदेखिन कमेन्ट पढ्दै माथि उक्लियो, उल्टो गरियो तै पनि कहिलेकाही मजा हुन्छ यसो गर्न तेसैले यसै गरियो र कहिले काही लेख भन्दा कमेन्ट पढ्न मजाहुन्छ! लेखले भन्दा बढी कमेन्टले बिचार प्रस्फुटन र ज्ञान दि रहेको हुन्छ माने कमेन्ट रंगिन हुन्छ फागु जस्तै तेसैले उल्टो भय पनि मजा हुन्छ!
      जे होस् पढ्दै माथि आइयो, तपाहिलाई पढ्नु भन्दा पहिले तपाहिमाथी गरियको गालि र प्रतिक्रिया पढियो अनि अहिले तपाहिलाई पढियो तर लागेन तपाहिको कुरालाई गालि गर्नु पर्ने अनि लागेन कुरा गलत! हुनत जुन कुराहरुलाई पनि नकारात्मक सोचियामा कुरा अर्कै हुन जान्छ! तर तपाहिको कुरामाथि मेरो पनि सहमति छ यसलाई धेरै द्रिस्त्रिकों ले हेर्न सकिन्छ र बुझ्न सकिन्छ, मानबिय जीवनको दुइटा मुख्य रङ्ग मा एउटा नारि हो,दुवै रङ्ग उत्तिकै महत्वोपूर्ण भयपनी नारि रङ्ग बढी चम्किलो र सुन्दर भयकोले यो रङ्ग बिना पुरुष रंगको कुनै अर्थ छैन तेसैले होलीमा यसको अझै बढी महत्वो छ! बर्षमा एक पटक रंगिन र रंगमा भिजिन मा आत्तिनु पर्ने र दुखि हुनुपर्ने म चाहि देख्दिन, हुनत हुनसक्ला कसैको आफ्नै बाध्यता र बिबसता त्यो कुरा अर्कै, तर मन फुकायारा फागु मनाउनुको मजानै अर्कै छ र हुन्छ!
      तेसोता दुरुपयोग भनेको हरेक कुराको हुन्छा र हुन सक्छ, दुरुपयोग कै कारण ले उमङ्ग र खुशी लाइ नराम्रो भनेर बन्दगर्नु कदापि जायज हुदैन हो ब्याबस्था भन्ने कुरा हुनुपर्छ, जे को पनि, तर दुरुपयोगकै कारण औसधि नबन्ने कुरा गलत हो!
      फागु पुर्णिमाको रंगिन शुभ-कामना सबैलाई (के गर्नु आफ्नो दुख आफैसंग छ, फागु मनाउन नपाउदा अरु पर्ब भन्दा बिशेष दुख लाग्छ, बिगत को सम्झनाले झनै पोल्छ, तेसैमा खुशी मनाउछु र सबैलाई शुभ-कामना दिन्छु!)

  36. sushma ji,
    you;r absolutely right.i agree with it.what ever we intend to do we should think first,it is civilized and respectable way to do or not.yes that;s true we have to enjoy, we have to make fun,we have to celebrate our festival that;s good but not with uncivilized and ugly way.it is really great colour festival if we take with civilized and respectable way.thanks sushma ji such a meaningful article.please,carry on.thanks mysansar as well.

  37. होली हाम्रो राष्ट्रिय चाड भएको हुँदा रमाइलो मानेर खेल्नु पर्छ तेसैले साथीहरु र आफन्तहरु एक आपस मा मेलेर खेले राम्रो हुन्छ । बाटोमा काममा हिडेको बतुवालाई त अली भएनकि? होली पर्ब ठुलो मौका हो जस्ले हामीलाई एक आपस्मा मित्रता बढाउने र रिस राग मेटाउने बेला हो ।

  38. bhangera ra lola confusion malai pani huncha..
    lekhika ko appeal prati mero pani samarthan!

  39. sujhab ko lhagi dhanybhad tapai ly lykhnu vhayo sary ramro lagyo holi khylnu pharchha tara man vhayko shanga mhatra natra dukhat phariestiti khada hunashkchha ok

  40. ठिकै भन्नुभयो तपाईंले ।हुन त यसपालाको होलीमा अहिलेसम्मा एक लोला पनि खाइएको छैन तर के भन्न सकिन्छ र । अझ २ दिन बाकी नै छ । होलिको दिन मा त लौ भो खेले, हाने लोला पनि । तर होली आउनु अघी नै यस्तो गर्नु त अति नै हो ।
    के गर्नु, भगवानले लोला जस्तै बुद्धि बनाइदिएछन् कसैको। अब के बाकि रहन्छ र, हैन??
    (no email disclosure pls)

    • सुष्मा जी ले लोला खानुभएको छैन रे ल अब लोला हान्न आउनु पर्ला कुन ठाउतिर पर्यो होला हाहा… हा ….होलि खेल्नु साच्चिकै मजा र रमाइलो हुन्छ तर जथाभाबी नगरौ ह्याप्पी होलि सम्पूर्ण मेरोसंसारका फेमिलिहरुलाई धन्यवाद ……..

      • लोला लियर हिड्ने ले कहा लोला खान्छा त! हा हा !! छ्रेस जी पनि थाहा नभय जसरि मौका लुट्न खोज्नु हुन्छा.

    • होलि ले तिम्रो रंगायो नया चोली ……. हेप्पी होली……….

Comments are closed.