युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

कतार एअरवेजको लापरवाहीले नेपालीको ज्यान गयो

कतार एयरवेजको पूर्ण लापरबाहीका कारण दाङ घोराहीका ७९ बर्षीय सज्जित बुढाले अमुल्य जीवन गुमाएका छन । धर्मपत्नी मनकलिका साथ् छोरा बुहारी भेट गर्न कतार एयरवेजबाट दोहा हुँदै बुढा दम्पति लन्डन आउंदै थिए ।

आज्मा र ब्लड प्रेसरका बिरामी बुढा काठमान्डूबाट अक्सिजनकै सहारामा दोहा विमानस्थल आइपुगेका थिए । बुढाका नेपाली चिकित्सकले कतार एयरवेजका काठमान्डूस्थित स्टेसन [...]

तस्विर भइसकेको मान्छे

-विभोर बराल-

मलाई थाहा थियो घरका सबैलाई खुसी पार्ने उपाय त्यसैले पहिलो तलब हात परेकै दिन दगुरेँ फोटो स्टुडियो तिर ।

‘आम्मै कति ठूलो !’, हजुरआमा चकित परेर चिच्याउनु भयो। हजुरआमाको चिच्याहट सुनेर पिताजी र आमा दौडिँदै बैठक कोठामा आउनु भयो। अब हामी चारैजना मख्ख पर्दै बैठककोठाको उत्तरपट्टीको भित्ता तर्फ हेर्न थालेका थियौँ । [...]

कथा यात्रा (भाग ६)

माइसंसारको एउटा नयाँ प्रयोगका रुपमा सुरु भएको कथा यात्राको छैटौँ भागका लागि यो साता सहभागी हुने पाठकहरुको संख्या दुई मात्रै रह्यो। कथा लेख्न‌ेहरु थिए रिजन श्रेष्ठ र सिराग नेपाली। ७० मतका साथ रिजनको कथा यो साताका लागि छानिएको छ।

खासमा पाठकहरुको सहभागितामा कथा लेखनको प्रयोग हो यो। यसमा एउटा कथा राखिनेछ र जुन [...]

अपडेटः मोबाइल प्रकरणलाई विजयकुमारले ‘युद्ध’का रुपमा लिए

बिहीबार प्रसारण भएको दिशानिर्देश कार्यक्रममा सञ्चालक विजयकुमारले मोबाइल फोन उठाएको विषयमा चर्किएको बहस रिम्पोछेको निर्देशनमा उनले हिजो माफी मागेलगत्तै सकिएको झैँ लागेको थियो। तर, यो प्रकरणमा अझ तीता कुरा भएका छन्।

विजयकुमारको आधिकारिक फेसबुक पेज हिजै साँझदेखि ह्याक गरेर उनलाई केही लेख्‍न नमिल्ने बनाइएको उनैले बताएका छन्। आफ्नै आधिकारिक पेजमा अर्को पेज खोलेर [...]

मागी मागी छोराऽऽऽ बे

-बासु श्रेष्ठ-

शीर्षक पढेर तपाईले के अर्थ्याउनु भो कुन्नी मैले चैँ ‘नसक्नेले बेमतलबको स्वाँग रचेर ढ्वाँग फुक्नु हो’ भन्ने अर्थ्याएको छु। अर्थात हातमा पैसा न कौडी, बजारतिर दौडी। माथीको शिर्षकलेपनि त्यै भन्छ। मागी मागी छोरा बे किन गर्नुपर्यो होला कसैलाई ? बुआरी खुसुक्क भित्र्याए त भैगो नि। ढ्वाँग फुकेरै भित्र्याउनु पर्छ र ? त्यसकोलागी दाम [...]

जम्बो मन्त्रीको जम्बो नै खर्च, जिल्ला घुम्न करोड उडाए

मन्त्री बन्न किन हानाथाप हुन्छ ? किन हुँदैन त ? गाडी सुविधा पाइन्छ, विभिन्न अन्य सुविधा भत्ता पाइन्छ। काम खासै केही गर्नुपर्ने हैन। त्यसैले त नयाँ संविधानमा पनि जम्बो सभासद बनाउने तयारी भएको। यस्तै सुविधा मध्ये एक हो भ्रमण भत्ता। भ्रमण भत्ता भन्ने बित्तिकै धेरैले विदेश भ्रमणमात्रै बुझ्छन्। विदेश भ्रमणमा पक्कै आकर्षक भत्ता त्यो नि [...]

कथा यात्रा (भाग ५)

माइसंसारको एउटा नयाँ प्रयोगका रुपमा सुरु भएको कथा यात्राले एक महिना पूरा गरिसकेको छ। भाग ५ का लागि यो साता पनि गत साता जस्तै ३ वटा कथामात्रै पाठकहरुले लेखे। कथा लेख्न‌ेहरु थिए रिजन श्रेष्ठ, सुमन र विशाल बी बस्नेत। ढिला अर्थात् अप्रिल २४ मा मात्र लेखे पनि ५३ मतका साथ रिजन दोस्रो भए भने [...]

‘एनसेल कनेक्ट’ सित्तैमा ?

–सुजनचन्द्र पौडेल-

एनसेलले नयाँ वर्षको उपलक्ष्यमा भन्दै इन्टरनेट प्रयोगकर्ताको लागि नयाँ स्किम सार्वजानिक गरेको छ। छापाहरुमा प्रकाशित विज्ञापनलाई आधार मान्ने हो भने १० जीबी डाटा किन्ने उपभोक्तालाई एनसेलको डाटा “कनेक्ट” सित्तैमा पाइनेछ। २९९९ रुपैयाँ खर्च गरेर १० जीबी डाटा किन्दा २२५८ रुपैयाँ पर्ने डाटाकार्ड सित्तैमा पाइन्छ भने किन नकिन्ने ? त्यसैले सर्वसाधारणले यो स्किमप्रति [...]

सावधान, असारदेखि इन्टरनेट नचल्न सक्छ

दुई महिनापछि तपाईँले आफ्नो ल्यापटप वा डेस्कटपमा माइसंसार चलाउन खोज्दा केही पनि नदेखिन सक्छ। माइसंसारमात्रै हैन, तपाईँको कम्प्युटरमा कुनै पनि साइट नखुल्ने स्थिति आउन सक्छ। अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआइ)ले अहिले यस्तै चेतावनी दिइरहेको छ। यदि तपाईँ प्रभावित हुनुहुन्छ र एफबीआइले भने सरह गर्नुभएन भने आगामी जुलाई ९ तारिख अर्थात् असार २५ गते सोमबारपछि [...]

कथा यात्रा (भाग ४)

माइसंसारको एउटा नयाँ प्रयोगका रुपमा सुरु भएको कथा यात्राको भाग ४ का लागि यो साता ३ वटा कथामात्रै पाठकहरुले लेखे। गत साताभन्दा यो ५० प्रतिशतले कम हो। मन्दिरा, बसन्त थापा र सुधीर ख्वबीले लेखेको कथामा ९० मतका साथ सुधीर ख्वबीको कथा यो साताका लागि पाठकहरुले छानेका छन्।

खासमा पाठकहरुको सहभागितामा कथा लेखनको प्रयोग [...]

eXTReMe Tracker