युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

कथा यात्रा (भाग ८)

माइसंसारको एउटा नयाँ प्रयोगका रुपमा सुरु भएको कथा यात्राको आठौँ भागका लागि यो साता सहभागी हुने पाठकहरुको संख्या दुई मात्रै रह्यो। यसपटक बद्री अधिकारीको कथा तपाईँहरुको मत पाएर छनौट भएको छ। यो यात्राको आठौँ भाग पढ्न भित्र आउनुस्।

खासमा पाठकहरुको सहभागितामा कथा लेखनको प्रयोग हो यो। यसमा एउटा कथा राखिनेछ र जुन बिन्दुमा कथाकारले [...]

ह्यांग आउट

पि. आर. गिरी

वाहिर झरिरहेको मसिनो झरी र लागेको हुस्सुले उसको मन बिगारिरह्यो अनि काम गर्ने जांगर चलेन | धेरै लामो समय पछि फेरी आज उसलाई केही कुरा मिस गरेजस्तो.. मन भित्र भित्रै डराए जस्तो लाग्यो, साँची कै आफ्नो परिवार को सम्झना आयो आज पुनः | अनि शीसा वाट बाहिर हेरिरह्यो, मन भरी कुरा [...]

कथा यात्रा (भाग ७)

माइसंसारको एउटा नयाँ प्रयोगका रुपमा सुरु भएको कथा यात्राको सातौँ भागका लागि यो साता सहभागी हुने पाठकहरुको संख्या एक मात्रै रह्यो। गएको साता कास्कीमा बाढीले विनाश निम्त्याएको ब्लगमा सबैको ध्यान गएका कारण पनि कथा यात्रामा ध्यान नपुगेको हुनसक्छ। अथवा कथामा मोड नल्याई एउटै हिसाबले तन्किरहँदा पनि चासो कम भएको हुनसक्छ। यसपटक एक्लै दौडेर छनौट [...]

कथाः शीर्षक आफै राख्‍नुस्

सुषमा मानन्धर

प्रस्तुत कथा स्मृतिको दोस्रो भाग हो। यद्यपि स्मृति २ पनि भन्न सकिन्थ्यो तर तत्कालै यसको उपयुक्त शीर्षक मेरो दिमागमा आएन। त्यसैले आदरणीय पाठकहरुलाई थप जिम्मेवारी दिन खोज्दै यसको लागि उपयुक्त शीर्षक सुझाउन सादर अनुरोध पनि गर्दछु।

रातभरि निद्रा परेको थिएन। मनमा उठिरहेका अनेक तरङ्ग र तर्कनावीच सायद झिसमिसेतिर मात्र आँखा लाग्यो। त्यो [...]

विलम्वित प्रायश्चित

-विशाल बी बस्नेत-

“डाक्टरसा’ब मलाई माफ गर्नुहोला……………….. ”

यो मेरो मेलको अन्तिम पत्र थियो। कृसमसमा जानुपर्ने हुदा म आफ्नी श्रीमतीलाई कुर्न लगाइरहेको थिएँ तर यो मेलले मलाई नपढी जान दिएन। एकछिन त म आफैं छक्क परें, कसले पठायो होला सोच्न थालें कुनै त्यस्तो चिरपरिचित नाम थिएन तर लेखाइ सर्‍है परिचित झैं थियो। जति पढ्दै [...]

कथा यात्रा (भाग ६)

माइसंसारको एउटा नयाँ प्रयोगका रुपमा सुरु भएको कथा यात्राको छैटौँ भागका लागि यो साता सहभागी हुने पाठकहरुको संख्या दुई मात्रै रह्यो। कथा लेख्न‌ेहरु थिए रिजन श्रेष्ठ र सिराग नेपाली। ७० मतका साथ रिजनको कथा यो साताका लागि छानिएको छ।

खासमा पाठकहरुको सहभागितामा कथा लेखनको प्रयोग हो यो। यसमा एउटा कथा राखिनेछ र जुन [...]

कथा यात्रा (भाग ५)

माइसंसारको एउटा नयाँ प्रयोगका रुपमा सुरु भएको कथा यात्राले एक महिना पूरा गरिसकेको छ। भाग ५ का लागि यो साता पनि गत साता जस्तै ३ वटा कथामात्रै पाठकहरुले लेखे। कथा लेख्न‌ेहरु थिए रिजन श्रेष्ठ, सुमन र विशाल बी बस्नेत। ढिला अर्थात् अप्रिल २४ मा मात्र लेखे पनि ५३ मतका साथ रिजन दोस्रो भए भने [...]

कथा : स्मृति

‘त्यो कलिलो उमेर अनि पहिलो उष्णता … …’

यो उसले राखेकी फेसबुकको स्ट्याटस् थियो।

ऊ अर्थात् मेरी श्रीमतीकी साथी।

अगाडि श्रीमतीको फेसबुक ओपन थियो। म आफ्नो ल्यापटपमा अफिसको काम गर्दै थिएँ, छेवैमा श्रीमती फेसबुक चलाउँदै थिई। अर्को कोठामा फोन बजेको सुनेर ऊ फोन उठाउन गई। श्रीमतीको अनुपस्थितिमा उसको फेसबुकमा अनायसै आँखा गए। त्यहाँ उसकी साथीले [...]

कथा यात्रा (भाग ४)

माइसंसारको एउटा नयाँ प्रयोगका रुपमा सुरु भएको कथा यात्राको भाग ४ का लागि यो साता ३ वटा कथामात्रै पाठकहरुले लेखे। गत साताभन्दा यो ५० प्रतिशतले कम हो। मन्दिरा, बसन्त थापा र सुधीर ख्वबीले लेखेको कथामा ९० मतका साथ सुधीर ख्वबीको कथा यो साताका लागि पाठकहरुले छानेका छन्।

खासमा पाठकहरुको सहभागितामा कथा लेखनको प्रयोग [...]

साइबर नशा

-शुषमा मानन्धर-

“तिमीले ईमेलमा फोटो अट्याच किन नगरेकी? हालसालैको फोटो अहिले तुरुन्तै स्क्यान गरी पठाउनू।” कृषुले फोनमा भनेको थियो। मेरो कथा उसले एउटा पत्रिकामा दिएको रहेछ, त्यसैको लागि फोटो अर्जेन्ट्ली चाहियो भन्दै थियो। अस्ति भर्खर खिचेको एउटा फोटो थियो त्यसैले ‘हुन्छ’ त भनेँ, स्क्यान गर्न नजिकैको साइबर बन्द थियो। खोज्दै जाँदा अलिपर मोडमा अर्को [...]

eXTReMe Tracker