युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

दरबारमार्गमा ‘सद्‍भाव’ र्‍याली

काठमाडौँको दरबारमार्गमा व्यापारीहरुको आह्वानमा भएको सद्‌भाव र्‍यालीका क्रममा सोसल मिडियामा यस्ता आवाज पनि उठे। [...]

बसन्तपुरमा भने अर्कै ‘एकता’ सभा

काठमाडौँको दरबारमार्गमा व्यापारीहरुको आह्वानमा भएको सद्‌भाव र्‍यालीका क्रममा सोसल मिडियामा यस्ता आवाज पनि उठे। [...]

फुच्चे बन्दकर्ता !

रविभवनमा देखिएका बन्दकर्ता।

‘सुकिला’को स्लट वाक

महिला दुर्व्यवहार ‘सुकिला’ लुगा लगाउने र अंग्रेजी वा अंग्रेजी पाराको नेपाली बोल्नेहरुलाई मात्र हैन, सोझासाझा महिलामाथि पनि हुन्छन्। अझ तिनीहरुमाथि नै बढी हुन्छ। त्यसरी दुर्व्यवहार गर्ने सबैले अंग्रेजी बुझेकै हुन्छन् भन्ने छैन।

त्यसैले अंग्रेजीमा लेखिएका प्लेकार्ड र अंग्रेजीमा नारा लगाउँदैमा दुर्व्यवहार कम हुने हैन। आशय करणीमा समेत सजायको व्यवस्था भएको हाम्रो कानुन बलियो छ। आवश्यकता [...]

भावी मिस नेपाल चिनौँ

नयाँ मिस नेपाल चुन्ने बेला भइसक्यो र भन्ने तपाईँलाई लाग्ला। हो, पुरानो मिस नेपाल छानिएको एक वर्ष भएकै छैन। तर मिस वर्ल्डमा सहभागी हुनका लागि यसपालि अलि छिट्टै मिस नेपाल आयोजना गरिएको हो। भावी नेपाल सुन्दरीहरुलाई अहिले प्रशिक्षण दिइँदैछ। शुक्रबार प्रतियोगिता कै एक भाग मिस ट्यालेन्टका लागि ट्यालेन्ट सोको आयोजना गरियो। हेरौँ, केही फोटोहरु, आखिर [...]

कतै हाहाकार, कतै फालाफाल

अहिले राजधानीमा पेट्रोलियम पदार्थको हाहाकार छ। लामो लाइन लाग्न थालेको छ पेट्रोल पम्पहरुमा। पत्रपत्रिकाहरुमा देशभर पेट्रोलियम पदार्थको अभाव शीर्षकमा समाचार र फोटोहरु छापिन थालेको छ। तर हिजो मैले लुकेर खिचेको यो फोटो भारतको पक्कै हैन, यही देश कै हो। देशभर हाहाकार हुँदा यहाँ चाहिँ कसरी फालाफाल भएछ ?

[...]

यसरी फैलिएको रहेछ भूतको हल्ला

काठमाडौँको न्युरोडमा आज दिउँसो तमाशेहरुको ठूलो भीड लाग्यो। पिपलबोटको ठ्याक्क अगाडि पुरानो रन्जना हल जाने गल्लीको मुखैमा रहेको घर हेर्न मान्छेहरुको भीड जम्मा भएको रहेछ। भीडले गर्दा ट्राफिक जाम भइसकेको थियो। भीड भन्थ्यो- भूतले मान्छे पिट्यो रे। कोही कोही ऊ ऊ छायाँ देखियो भन्थे। कोही भूतले पिटेर मान्छे उडेर खस्यो भन्थे, कोही के! ट्विटर [...]

एमाले ‘लाखे’

आज काठमाडौँ पूरा एमालेमय भएको छ। ठाउँठाउँबाट जुलुस निस्केका छन्। एमालेको मिनी महाधिवेशनका लागि देशभरबाट कार्यकर्ता भेला भएका छन्। यसै क्रममा सांस्कृतिक झाँकीसहितको जुलुस पनि निकालियो। माथिको जस्तो मुकुन्डो लगाएको लाखे नाच खासमा त इन्द्रजात्रामा मात्र निस्कनु पर्ने हो, एमालेलाई चाहिएपछि आमसभा कै लागि पनि निकालिदिएछन्। यो सांस्कृतिक नभएर एमाले लाखे। जुलुस खुलामञ्चमा भेला [...]

आहा, बसन्तपुर !

बसन्तपुर दरबार क्षेत्र- सँधै उस्तै हो। हतारमा हिँड्दा भीडबाहेक केही नदेखिने, तर एक छिन समय दिएर नजिकैको मन्दिरमा बसेर नियाल्ने हो भने सँधै रमाइन्छ यहाँको कला देखेर। शिवरात्रिको साँझ यो अझै फरक देखिएको थियो। त्रिकाल र कुटुम्ब ब्यान्डको नेपाली धुनमा दरबार क्षेत्रमा उपस्थित दर्शकहरु मस्त थिए। उनीहरु मात्र हैन, मन्दिर र भवन पनि रंगिएका [...]

तिरुपति बालाजी काठमाडौँमा

भारतकै धनी मन्दिरमध्ये एक तिरुपति बालाजी मन्दिरका देउता पहिलो पटक काठमाडौँ घुम्न आएका छन्। काठमाडौँ बसाइकै क्रममा यहाँको टुँडिखेलमा उनको भुदेवी र श्रीदेवी नामकी दुई देवीसँग बिहे गराइनेछ। ३ वटै मूर्ति उतैबाट ल्याइएको हो। त्यसपछि शनिबार राति नै देउताको मूर्ति भारततिर फिर्ता लगिनेछ। उपेन्द्र महतो लगायतका व्यक्तिहरुको सक्रियतामा भारतका विभिन्न प्रदेशमा मात्र घुमाइने यो [...]

eXTReMe Tracker