प्रहरी चौकीभित्रै अर्की महिलाको बलात्कार

महिला पुलिसकर्मी सुन्तली धामीको दैलेखमा प्रहरीद्वारा प्रहरी चौकीमा सामूहिक बलात्कारपश्चात् बर्दियाको राष्ट्रिय निकुञ्जमा सेनाका जवान बाट एउटी बालिकासहित तीन जना महिलाको बलात्कार र हत्या भयो। अस्ति भर्खर जनकपुरमा चैत ६ गते शुक्रबार फेरि एउटी महिलाको प्रहरीद्वारा प्रहरी चौकीमा बलात्कार भयो। तिनै घटनामा दोषीलाई खासै कुनै कारबाही नभएकोले यस्ता घटना अझै बढ्न सक्नेतर्फ चिन्ता लाग्नु स्वभाविक हो।

घटनाबारे नेपाल सदभावना पार्टी आनन्दीदेवीले स्थलगत अध्ययन गरेको थियो। के छ त अध्ययन प्रतिवेदनमा ?

सुरक्षाकर्मीहरु अर्थात राज्य अभियुक्त रहेको अवस्थामा अपराधको घटनाको कानूनी जाँचबुझको प्रक्रिया दौरान सत्य र तथ्य लाई लुकाउने वा तोडमोड गर्ने संभावना धेरै बढेर जान्छ र पीडित पक्षले न्याय नपाउने संभावना प्रबल भएर जान्छ। त्यसले अंतत्तोगत्वा विधिको शासन पनि कमजोर हुन्छ।

महिलाको बलात्कार अत्यन्त निकृष्ट र जघन्य अपराध हो भन्ने कुरा निर्विवाद रहेको छ। र महिलाहरु प्रतिको यस्ता अपराधहरुलाई परम्परागत ढंगले हेर्ने हो भने न त हामी अपराधको परिभाषा र व्याख्या गर्न सक्छौ न त दोषीहरुलाई कानूनी कारवाहीको दायरामा ल्याउन सक्छौ। सत्य र तथ्य स्थापित गरी पीडितलाई न्याय दिलाउने कुरा त झन टाढाको कुरा हुन जान्छ।

यस सन्दर्भमा अपराध साबित गर्न विद्यमान कानूनको कस्तो रहेको छ भने पनि हामी राजनीतिकर्मीहरुको विशेष दायित्वको विषयबस्तु हुन जान्छ। क्रमबद्ध रुपमा सुरक्षाकर्मीद्वारा नै महिलाप्रति जघन्य अपराध हुनुका मुख्य कारणहरु के–के हुन सक्छन् र त्यस्को पहिचान जस्तो गंभीर चुनौतीको विषय एकल प्रयासद्वारा सम्भव हुन सक्दैन। यसका लागि दृढ इच्छा शक्ति र सामूहिक प्रयास अपरिहार्य भएको हुनाले नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) को संसदीय दलको तर्फबाट यस अध्ययन प्रतिवेदनलाई सार्वजनिक गर्दछौं।

यस प्रतिवेदनको मुख्य विषय वस्तु निश्चित रुपले महिलाप्रतिको जघन्य अपराध हो तर प्रतिवेदनले मधेशी महिलाहरुप्रति बढदो हिंसा र त्यस्को सामाजिक , राजनीतिक र प्रशासनिक र सुरक्षाको बिग्रदो अवस्थाको कारणहरु प्रति संकेत गर्दछ। मधेशमा राज्यको सुरक्षा तन्त्र र प्रशासन तन्त्र प्रति मधेशी जनताको बढदो अविश्वास र असंतोष व्यापक हुँदै गइराखेको हामीहरुको निष्कर्ष छ।

आगामी दिनमा संसदीय दल सम्बन्धित कानून र जाँचबुझको प्रक्रियाको गम्भीर अध्ययन गरी पुनः यहाँहरु समक्ष प्रस्तुत हुनेछ।

सरिता गिरी
नेता, संसदीय दल

जनकपुरमा महिला शबनमको बलात्कार बारेको अध्ययन प्रतिवेदन

भारत निवासी संजय कुमार र शबनम (नाम परिवर्तित) चैत ६ गते २०६६ , शुक्रबार जयनगरको बाटो हुँदै जनकपुर पुगे। जनकपुरमा बस स्टापबाट उनीहरु रिक्शामा सीधे राम जानकी मन्दिर पुगी मन्दिरमा विवाह गरे। त्यसपछि जनकपुरको स्टेशन एरियामा पुगी केही समय स्टेशन नजिकको स्यानो होटलमा समय व्यतित गरे र पछि असुरक्षित महसूस गरेको हुनाले दुवै रेल्वे स्टेशनमा गए।

त्यहाँ राति लगभग नौ बजे चार जना पुलिसकर्मी आइ तिनीहरुको नाम ठेगाना सोधे। त्यसपछि उनीहरुलाई नजिकको पुलिस चौकीमा लगे। पुलिसकर्मीहरुले संजयसँग भएको भारु .२५,००० खोसी केटीलाई अर्को कोठामा लगे। राति ११ बजे पत्नीको रुने कराउने स्वर सुनेपछि जब पति संजय ऊनजिक जान खोज्यो, तब चार जना पुलिसकर्मीले बन्दुकको नालले संजय कुमारलाई नियन्त्रण गरे। चैत ७ गते बिहानी लगभग पाँच बजे केटीलाई नुहाउन लगाइ उसलाई अर्को लुगा लगाउन दिई जनकपुरस्थित मनोकामना लजमा चार जना पुलिसकर्मीले पुर्‍याएर लजका व्यक्तिहरुलाई दिउँसोसम्म त्यसै लजमा राख्न भने। दिनको दस बजेतिर संजय र शबनम लजबाट बाहिर निस्कन सफल भए र नजिकैको चिया पसलमा गइ त्यहाँ रहेका मानिसहरुलाई आफूमाथि भएको अपराध बारे बताए। त्यहाँ मध्येका एक जनाले उनीहरुलाई नजिकको एफ. एम. रेडियो स्टेशनमा लगे र उनीहरुको समाचार एफएममा तुरन्त प्रसारण भयो। समाचार सुन्ने बित्तिकै जनकपुरका जनता पुलिस र प्रशासनको विरोधमा सडकमा ओर्लिहाले। जनताले गृहमन्त्री भीम रावलको राजीनामा तथा सी. डि. ओ. वेदबहादुर कार्की र एस.पी. श्याम खडकाको तत्काल बरखास्तगी को माग गरे गरेका थिए। ठूलो संख्यामा त्यसपछि जनकपुरमा चार दिनसम्म जनप्रदर्शन र हडताल जारी रह्यो। आन्दोलन अहिले पनि जारी रहेको छ।

समग्रमा स्थिति बुझदा व्यापक जनप्रदर्शनको एउटा प्रमुख कारण आम जनतामा पुलिस र प्रशासन प्रतिको व्यापक असंतोष र अविश्वास रहेको छ। आम जनतामा धारणा रहेको छ कि पुलिस र प्रशासन स्वयं पनि महिलाहरुको शोषण लगायत अन्य अपाराधीक क्रियाकलापमा संग्लन भयी संरक्षण दिंदै आयी राखेको छ। जनकपुरका जागरुक जनता र बुद्धिजीवि हरुका अनुसार सुरक्षाकर्मी हरुले जनकपुरका धेरै जनालाई झूठो हाथ–हतियार र लागू औषधको मुद्दामा फँसायी जेल भित्र राखेका छन। साथै विशेष सुरक्षा नीति लागू भयी सकेपछि नक्कली भिडन्तको नाममा सुरक्षा कर्मीहरु मधेशी युवाहरुको गैर न्यायिक हत्यामा संलग्न रहेका छन।

अत्यन्त ठूलो संख्यामा आक्रोशित जनतालाई सडकमा ओर्लेको देखे पछि नैतिक रुपले पतन भइसकेको र भ्रष्टचारमा लिप्त रहेको सुरक्षा र प्रशासनकर्मी आत्तिए तथा आवेश र उत्तेजनामा उच्च पदाधिकारीहरु जनप्रर्दशन लाई दमन गर्ने बाटो तिर लागे। प्रदर्शनकारीहरु र दोषीहरु माथि कारवाही गर्नुको सट्टा जनप्रर्दशन माथि अत्यधिक शक्तिको प्रयोग हुँदा पत्रकारहरु सहित धेरै मानिसहरु घाइते भए। उच्च पदाधिकारीहरु आतंकित भयी सकेका थिए कि जनविरोध लम्बियो भने उनीहरुको गैरकानूनी क्रियाकलापहरु र आंतकवादी गतिविधि पनि उद्धृत हुने छ। तसर्थ जन प्रदर्शनको तीव्र दमन तिर सुरक्षा तन्त्र लाग्यो।

एकातिर पुलिस र प्रशासन जनप्रदर्शनको दमनमा संग्लन भएका थिए भने अर्कोतिर पीडित शबनमलाई जनकपुर अञ्चल अस्पतालमा मेडिकल जाँचका लागि लगियो। त्यहाँ पति संजयले भने अनुसार डाक्टरले मौखिक रुपमा बलात्कार भएको स्वीकार गरेका थिए। तर केही गोप्य सूत्रका अनुसार डाक्टरहरुले तैयार पारिएको रिपोर्ट सत्य र तथ्यमा अधारित छैन। प्रशासनको दबाबमा तैयार पारिएको रिपोर्टले केटीको शरीरको केही भागमा काटेको र चोट पटकको निशान देखिएको भएता पनि केटीको आन्तरिक अंग , मेडिकल भाषामा हाइमन ठीक रहेको छ। यस्तो प्रतिवेदनको आधारमा मुद्दा दर्ता हुने अत्यन्त कमजोर भएर जान्छ र पीडितले न्याय पाउन सक्दैन।

यस्तो मेडिकल रिपोर्ट प्राप्त भइसके पश्चात् जिल्लामा नयाँ एस. पी नियुक्त भए पछि मात्र चैत १० गते अपरान्ह पीडित पक्षले एफ. आइ. आर दर्ता गराएको छ। यसै बीच १० गते सम्म पुरानो सी.डी. ओ र एस. पी. त्यहाँ बाट अन्यत्र सरुवा भइसकेको रहेछ र काठमाण्डूमा उच्चस्तरीय जाँच आयोगको गठनको निर्णय पनि भइसकेको रहेछ।

नयाँ सी. डी. ओ हरिराज पन्त ले चैत १० गते आफ्नो पदभार जनकपुरमा ग्रहण गरे र चैत ११ गते तीन सदस्यीय जाँच बुझ समिति जनकपुर पुग्यो। गृहमन्त्रालय बाट एक जना सह सचिव , केन्द्रिय पुलिस विभागको वरिष्ठ एस. पी तथा राष्ट्रिय अनुसन्धान विभागको हेटौडाको प्रमुख एक जाना रहेका छन। टोलीमा निम्नानुसारका व्यक्ति रहे छन।

जन्म जयन्त रेग्मी : सह–सचिव , गृह मन्त्रालय

हेमन्त वल्लभ ठकुरी : वरिष्ठ उपरीक्षक प्रहरी विभाग

राजेन्द्र खत्री : राष्ट्रिय अनुसन्धान विभाग प्रमुख, हेटौडा

उच्चस्तरीय जाँच बूझ कमिटी जनकपुर चैत ११ गते पुग्यो र १२ गते बिहान फर्कियो।
यस्ता उच्चस्तरीय जाँच बुझ समितिको गठन बारे पनि जनकपुरका जनता र विशेष गरी महिलाहरु सशंकित रहेका छन। पूर्व सी. डी ओ र एस. पी. को सरुवा पश्चात् त्यहाँ हुने जाँच बुझ कतिको सत्य र तथ्यमा आधारित हुनेछ , भने विषय बारे पनि गंभीर प्रश्नहरु उठ्न थालेका छन। साथै जनकपुरमा सत्य र तथ्य स्थापित गर्नका लागि फारेसिक जाँचको मांग जन स्तर बाट अगाडी आयी सकेको अवस्थामा उक्त कमिटिले फाँरेसिक जाँचका लागि सरकार समक्ष सुझाव दिन्छ वा दिँदैन भने चासोको विषय रहेको छ। कमिटिको प्रतिवेदनले दर्ज भयी सके पछिको कानूनी र न्यायिक प्रक्रियालाई कसरी प्रभावित गर्ने छ , त्यो पनि महत्वपूर्ण प्रश्न हो।

उच्चस्तरीय कमिटिको गठनले स्थानीय अनुसनधान विभागको भूमिका लाई निरस्त पारी सकेको छ र यस्ले सरकारको कार्यप्रणाली बारे गंभीर प्रश्न उठाएको छ। साथै , के त कमिटिले घटना पश्चात् भएको व्यापक जनप्रदर्शनको कारण लाई पनि आफ्नो अनुसन्धानको विषय बनाउने छ वा मात्र शबनम बलात्कारको लाई हेर्नेे छ। बलात्कारको अपराधमा प्रमुख अभियुक्तहरु लाई सहयोग पुरयाउने हरु लाई पनि जाँच बुझको दायरा मा ल्याउने हो अथवा होइन? अनुसन्धानको प्रक्रिया चैत्र ६ गतेका रात्रि ९ बजे पश्चात् बाट नै शुरु हुनु पर्ने हो जब चार जना पुलिस कर्मी ले सफीना र उस्को पति संजयलाई रेल्वे स्टेशनबाट नजीकको पुलिस थानामा लगेर चैत्र ७ गते , बिहान फेरि चार जाना पुलिसकर्मी ले मनोकमना लाजमा उनीहरुलाई जिम्मा लगाउन गए। त्यसपछिको मुख्य प्रश्न के हो भने यदि प्रमुख अभियुक्त र उन्का सहयोगी पुलिसकर्मीहरु नै दोषि थिए भने दोषि माथि कारवाहीको प्रक्रिया अगाडी नबढायीकन किन पुलिस र प्रशासन जनताको दमनको बाटो तिर लागे?

तसर्थ अनुसन्धानको दायरामा पूर्व सी.डी. ओ र एस. पी. पनि आउने हुन वा होइनन? यहाँ ध्यान दिने विषय वस्तु के हो भने पूर्व सी. डी. ओ . र एस. पी .को त्यहाँ बाट सरुवा भयी सकेको छ। यी तमाम प्रश्नहरुको जानकारी आयोग लाई चैत्र ११ गते नै नेपाल सद्भावना पार्टीका तर्फबाट धनुषा जिल्लाका जिल्ला अध्यक्ष रामगोबिन्द यादव र नेपाल महिला महिला मञ्चको अध्यक्ष आशा झा ले लिखित रुपमा जानकारी गरायी सकेका छन। नेपाल सद्भावना पार्टीले फारेंसिक जाँचको माँग पनि गरी सकेको छ र मुद्दा अदालतमा निश्चित समय–समयमा दर्त्ता हुनु पर्ने बाध्यात्मक अवस्था रहेको स्थिति लाई दृष्टिगत गरी स्वच्छ र निष्पक्ष फारेसिक जाँचको आधारमा मुद्दा दर्त्ता हुने आवश्यकता प्रति सबैको ध्यानाकर्षण गराउँदै जाँच बूझको दौरान निम्न पक्ष माथि ध्यान दिनु पर्ने आवश्यकता प्रति सबैको ध्यानाकर्षण संसदीयदलको तर्फबाट म गराउँदै छु।

प्रस्तावित सुझाव अनुसार अपराधका मुख्य अभियुक्त बाहेक अन्य सहयोगी र कारकतत्वको बारेमा पनि अनुसन्धान आवश्यक रहेको छ। यससन्दर्भमा हाम्रो सुझावहरु निम्न बमोजिम रहेका छन्।

क) चैत्र ६ गते जनकपुर रेल्वे स्टेशनबाट शबनम खातून र उस्को पति संजय कुमार लाई राति लगभग नै बजे स्टेशन नजीकको पुलिस चौकीमा लिएर जाने चार जना प्रहरी लाई अपराधको सहयोगीको रुपमा जाँच बूझको दायरा भित्र ल्याउनु पर्दछ।

ख) राति ११ बजे अर्को कोठामा पत्नी शबनम खातूनको रुने , कराउने अवाज सुने पछि पति संजय साहले पत्नी छोडाउन नजीक जान खोज्दा उन्को टाउकोमा बन्दुक भिडायी उसलाई नियन्त्रण गर्ने चार जना प्रहरी माथि पनि जाँच बूझ र कारवाही आवश्यक छ।

ग) मनोकामना लाजका मालिक र कर्मचारी हरु लाई पनि जाँच बुझको परिधि भित्र पनि ल्याउन आवश्यक छ किन भने चैत्र ७ गते शनिबार , बिहान लगभग पाँच बजे चार जना प्रहरीले संजय साह र शबनम खातून लाई मनोकामना लजमा पुरयाए र यस्ले संकेत गर्दछ कि त्यहाँको भ्रष्ट पुलिस र प्रशासकहरु तथा मनोकामना लजका बीच यस्ता अवांछित र आपराधिक क्रियाकलाप गर्नका लागि केही सम्बन्ध हुन सक्दछ।

घ) पुलिस र प्रशासन विरुद्ध तीव्र हुँदै गयी राखेको जनप्रदर्शनको दमन गर्ने सी. डी. ओ. वेद बहादुर कार्की र एस. पी श्याम खडका तथा इन्सपेक्टर आभूषण तिमिल्सिना लाई पनि अनुसन्धानको दायरा भित्र ल्याउनु पर्ने आवश्यक देखिन्छ।

ङ) अपराध भएको घटना स्थललाई सुरक्षित राखी पीडित शबनम र घटना स्थलको फारेन्सिक जाँच हुन अत्यन्त आवश्यक छ किन भने जनकपुर अञ्चल अस्पतालको मेडिकल रिर्पोट सत्य र तथ्य बाट कोसौँ टाढा रहेको बुझिएको छ।

च) घटना भन्दा अघि शबनम खातूनले लगाएको उस्को रातो लुगाको खोजी पनि सत्य र तथ्य स्थापित गर्नका लागि परम आवश्यक रहेको छ।

दुवै जना भारतीय नागरिक रहेको हुनाले जाँच बुझ पूरा गरी कम्तीमा अदालतमा मुद्दा दर्त्ता नहोउन्जेल सम्म सरकारले उनीहरुको सुरक्षाको जिम्मेवारी लिनु पर्ने आवश्यक देखिन्छ। यस सन्दर्भमा पार्टीले काठमाण्डू स्थित भारतीय राजदूतवासको पनि ध्यानाकर्षण गराइसकेको छ। दुवै भारतीय नागरिक रहेको ले उनीहरुको सुरक्षाको जिम्मेवारी भारत सरकारको पनि रहेको छ भन्ने हाम्रो निष्कर्ष छ।

सरिता गिरी
नेता, संसदीय दल
२०६६/१२/१८

35 Comments

  1. सरिता जी
    तपाईं हरु को प्रतिबेदन मा खास घटना भएको प्रहरी चौकी को प्रमुख र उनको सहयोगी हरु को बारे मा चै केहि उल्लेख गरिएको देखिएन खास मा त्यो चौकी को प्रमुखको गल्ति न औंलाउनु मा तपाईं को प्रतिबेदन तेत्ति गहकिलो न भएको महसुश हुन्छ

    कमेन्ट गर्ने साथि हरु लै पनि यो कोण बाट पनि हेर्न अनुरोध गर्दछु जय मदेश

  2. धमिलो पानीमा माछा मार्नेको संख्या बढी रहेको अबस्थ्यामा यी सुरक्छ्या कर्मी भनौदा देशका काला धब्बाहरुलाई कडा सजाय किन दिन सक्दैन यो कठपुतली सरकार…..? माकुने र भिमेले सुरक्छ्या निकायलाई दिएको कडा निर्देशन कर यहि हो…..?

  3. way to go Sarita ji,
    तपाई जस्तो सच्चा नेताको खाँचो छ, नेपाल मा

  4. यो के सच्चिकैको घटना होला त ? यदि हो भने स्वच्छ छानबिन हुनु पर्छ साथै अपराधीले सजायं र पीडितले न्याय पाउनु पर्छ .

    मलाई त यो केहि राजनीतिक षडयन्त्र जस्तो पनि लाग्छ किन भने अहिले तराईमा प्रहरी बाट धेरै भारतीय र स्थानीय अपराधिक समुहलाई कारवाही गरि केहि हदसम्म कम गर्दै लगेका छन् . ति अपराधिक समूह भनेका माओबादीकै झट्केलाहरु हुन् होइन भने हिजो ति YCL भनौदाहरु जनताको पैसा ठगेर र लुटेर क्याम्प पालिएकाहरुले किन यसको बिरोध र कारवाही गरेनन त ?

    तराईमा तिनै अपराधिक समुहको अपराध र ज्यादती सहन नसकेर धेरै पहाडियाहरुले बिस्थापित हुनु पर्यो. तेही अपराध नियन्त्रणमा खटेको प्रहरी कारवाही रोक्न चलेको यो चाल पनि हुन सक्छा है.

    त्यसैले एकोहोर प्रहरी र सरकारको आलोचना मात्रै नगरेर घटना र स्थितिलाई बिचार गरेर आफ्नो धारणा राख्दा राम्रो होला कि सबैलाई चेतना भया !!!

  5. चुनाव हारेकाको जमात को सरकार को काम नै निर्दोष लाई सजाय र दोषी लाई कारबाई त हो नि.

  6. प्रहरी चौकीमा नै यो अवस्ता छ भने अन्त के होला . पुलिस हरेक देशका उस्तै हुनकी क्या हो ?????

  7. सबै गाइजात्र हो! मन्त्रि, प्रधानमन्त्री रिबन कत्दैमा बेस्त छन्, कुन दिन तेस्को छोरी, चेलिबेटीको कपडा तेस्कै बडी गार्डले कटछ अनि बल्ल आखा खुल्छ!

  8. प्रहरीचौकी भित्रै जर्नेल, कर्नेल, प्रहरी प्रमुख, डाँका र नेताहरुको बलात्कर भएको कहिले सुन्न र पढ्न पाउने नि खै। म त आतुर भाईसके।

  9. घटना निन्दनीय छ तर मैले त दालमा कालो देख्दै छु / कि मेरो आखा नै तेस्तै हो ??

  10. खाबो दरो भएपो,,,,,,,,,,,,तोक्चे हरुले थामेको देशमा जो पनि तगडा हुने खोज६,अब यो घटनाले कसकसको राजनीतिक उदेस्य पुरा हुने जस्तो छ,

  11. माकुने उर्फ लाज शरम घीन नभएको जन्तु को सरकारले दोषीलाई कारवाही गर्छ भन्ने ठान्नु बेकार छ. उसको नाम मात्रको सरकार भ्रष्ट्राचार गर्न मै व्यस्त छ. नया नया गाडी किन्न सरकार टिकाउन, भोज खुवाएर पत्रकार लगायतलाइ आफ्नो पक्षमा भक्ति लेखाउन तल्लीन छ. जनताबाट चुनिएर आएको भए पो त जनमतको कदर गर्थ्यो उसको सरकारले ??

    विदेशीबाट चुनिएर आएका चुनाव हारेका, भ्रष्ट्राचारमा मा गन्हाएका जनताबाट निरस्क्रित भएका हरुबात बिदेशीको टीका लगाएर देशलाई तहश नहश गर्न शान्ति प्रक्रिया भंग गर्न भनाइएको कथित् यो नामधारी सरकारबात राम्रो कामको आशा गर्नु विष रोपेर अमृतको आशा राख्नु जस्तै हो साथीहरु…

  12. “मधेशी महिलाहरुप्रति बढदो हिंसा र त्यस्को सामाजिक , राजनीतिक र प्रशासनिक र सुरक्षाको बिग्रदो अवस्थाको कारणहरु प्रति संकेत गर्दछ। मधेशमा राज्यको सुरक्षा तन्त्र र प्रशासन तन्त्र प्रति मधेशी जनताको बढदो अविश्वास र असंतोष व्यापक हुँदै गइराखेको हामीहरुको निष्कर्ष छ।” भारतीय नागरिकलाई मधेशी रे !!! आफ्नो ‘जात’ जनाइहाले यी मधेशीका मसीहा भनाउँदाहरूले । यो काण्ड र टीका विष्ट काण्डमा तात्विक भिन्नता देखिएन, अर्थात् राजनीतिक र सामाजिक उथलपुथल गर्ने कुत्सित मनशाय ।

    अनि ‘पीडित’ असली नाउँ सफीना हो कि कसो ? हैनभने एउटै समाचारमा पनि थरिथरिका नाउँ परिवर्तन गर्नु त नहुने हो । सानो (स्यानो) होटलमा असुरक्षित महशुस गरेपछि रेलवे स्टेशनजस्तो झनै असुरक्षित स्थलतिर त्यो पनि बेलुका नौ बजे किन गए ? बलात्कारपश्चत् नयाँ लुगा, त्यो पनि महिलाको, कहाँबाट आयो प्रहरी चौकीमा ? अनि प्रहरी फेरि लजमै लगेर छोड्नुपर्ने खास कारण त केही देखिन्न ।

    सरसर्ती बुझ्दा यो काण्ड सत्य वा असत्य जे सुकै भएपनि कथित मधेशी(?) दलको प्रतिवेदनको खास नियत पहाडिया(?) (प्रहरी, प्रशासन, होटल) र मधेशी(?) जनताबीच वैमनश्यता उत्पन्न गर्ने देखिन्छ ।

    • कठपुतली सरकार बने पछि हरेक क्षेत्र माँ अनैतिकता र अपराधीकरण भएको छ. सर्बप्रथम डॉ.बाबुराम भट्टराई ले भने झै ” राजनीति पानी को मूल हो र यो धमिलो भयो भने सबै कुरा धमिलो हुन्छ”. राजनीति नै हद सम्म को अनैतिकता ले भरिएको छ भने त्यों अन्तर गत का प्रशासन कस्तो होला? भ्रस्त
      हरु, अपराधी हरु ले नै सरकार बनाएर हरेक क्षेत्र माँ अनैतिकता, अनियमिता र अपराधीकरण को शुरुवात गरेका छन. कठपुतली सरकार,लोकेन्द्र बहादुर को छोरा को ४० करोड़ मिनाह गर्दछ तर कैलाली को सुकुम्बसी को छाती माँ गोली हान्दछ, सुन्तली को बलात्कारी लाइ बाचाउछ तर बलात्कृत लाइ नजरबंद गर्दछ.रंगेहात समातिएको अपराधी धमाला को मुद्दा फ़िर्ता लिएर सरकारी पाहुना बनाएर अमेरिका लैजान्छ,पिटाई खाने सीडीओ लाइ कारबाही गर्दछ,पीटने मंत्री लाइ धाप मार्दाछ.
      तिन निर्धन निर्दोष दलित महिला लाइ बलात्कार गरेर सेना ले गोली हानेर मार्दाछ अनि नेपाली समाज माँ चरित्रहीन कारण ले मुख देखाउन पनी लायक नभएकी बाईफाले बिद्या उलटो टी निर्धन महिला
      लाइ तस्कर आरोप लगाउछे र सेना लाइ जोगौछे भने यो जनकपुर को बलात्कार काण्ड माँ कारबाही हुने कुरा नै हुदेन. किन भने आरोपित प्रहरी झा थर को भएको हुना ले फोरम, सद्भावना वा तमलोपा मध्य एक संग अबश्य उसको चिनजान हून सक्दछ. सत्ता जोगाउन को निम्ति स्वयम गायत्री आचार्य लाइ गठबंधन माँ संग्लाग्न ले हात्पात गरे(तेस्तो नहोस कहिले पनी) कारबाही
      गर्ने पक्ष माँ छैन र सूद को आदेश नालिएकन कारबाही गर्ने सामर्थ्य पनी छैन माकुने माँ.
      येस्कारण यो सरकार आफै अनैतिक हो, भने एस्ले सुशासन ल्याउने कुरा को आस नगरदा नै हुन्छ. तेस्कारण सबै भन्दा दोषी यो कठपुतली सरकार, येसलाई काध थापने कांग्रेस एमाले , यो बनाउने राकेश सूद अनि येसको निम्ति मैदान बनाउने रामबरन यादव हुन येसको जिम्मेवार.

    • पुष्प जी
      धन्यबाद/ हुन् सक्ने षड्यन्त्र औंल्याउनु भयो/ घटना असत्य भए पनि तेतिकै निन्दनिये छ र घटना सत्य भए पनि तेतिकै निन्दनिये छ/ जे होस् दुवै कुराले सरकार को औचित्य माथि प्रश्न चिन्ह लागेको छ/

  13. झगडा आ – आफै !!!!
    मलाइ त, कांग्रेस को हालसालैको झगडा र मन्त्रि मण्डल मा भएको झगडा को पनि याद आयो है!!!
    ल त :
    तर कुन चाहि झगडा तगडा हो त?
    तगडा लाई ”५” र कम तगडा लाई ”४” अनि ”१” सम्म दिनुपर्यो
    १) प्रकाश मान सिंह लाई पार्टी कार्यालय मा भएको पिटाई/
    २) सुजाता र स्वास्थ्य मन्त्रि ले झन्डै भिम रावाललाई गर्न लागेको पिटाई//
    ३) माओबादीका बन्द गर्ने र नगर्ने केटा हरुको पिटाई///
    ४) दाङ्गमा एमाले का केटा हरुले पार्टी कार्यालय बन्द गरको झगडा ////

  14. नेपालको इतिहासमा

    क. सुशासन – never
    ख. कुशासन – शाहकाल-राणाकाल-अधिराज्य कायम रहदासम्म
    ग. गुशासन – गणतन्त्र स्थापनाकाल देखि यता

    गुशासनको चरित्र नै हुन् नि यस्ता घटना हरु त /

    जय नेपाल
    हिमाली

  15. जनताको रच्छाको लागि ख टिका हरु बाट नै एस्तो अपराध हरु दिनप्रतिदिन बढ्दै आएकाछन् ,अहिलेको समयमा यस्तो हुनु भनेको , दालमा केहि कालो त पक्कै हुनुपर्छ !!ताकी अहिलेको प्रजातन्त्रलाई चुनौती दिनको निमित्त ! खेलेको खेल हो जस्तो लागिरहेछ ! ताकी अहिलेको सरकार र नेताहरुलाई लाचार ,कमजोरअनि असछ्म बनाउनलाई !!!! नाबुजे खुर्पेटो बजे श्रीखंदो !!!!

  16. १०लाख् पर्यटक भित्राउने भनि घोसना गरेको पर्यटकहरु माथि बलात्कार गर्न को लागि हो कि क्या? प्रहरी र सेना जस्तो निकाए बात यस्तो जघन्य काम बारम्बार हुनु तेस माथि दोसी माथि कुनै कार्येबाही नहुनु उल्टै अपराध ढाकछोप गरिंदै गर्नु बात यो सरकार अत्यन्त गैर जिम्मेवार प्रबितिमा लुट्पुटिएको देखिन्छ/ देसमा एस्तो सरकारको उपस्थितिको औचित्य माथिनै प्रश्न लागि सक्यो तैपनि लाज छैन/ एउटा भर्खर बिबाह बन्धनमा बाँधिएको पत्नी माथि बलात्कार गरिएको त्यो पनि सिमा पारि को, नतिजा कस्तो हुन्छ सोच्न पनि गाह्रो कुरा भए/ धिक्कार छ यो लिकुनेको सरकारलाई/

  17. नेपालमा त्यो office हरुमा बस्ने कुर्सिबाट प्लास्टिक चै किन ननिकालेको ? Looks too funny!! :p

    • धन्न तौलिया चाही रहेन छ, यो कुर्सीमा हा हा हा ……………….|

    • त्यो दैनिक हिसाबको भाडामा ल्यायको हो क्या!
      प्लास्टिक हटाउदा भाडा बढी लाग्छ, कमिशन कम आउछ! फोटो खिच्ने बेलामा, कार्यक्रम भयमा वा पाहुनाहरु आयमा घण्टा वा दिनको हिसाबले भाडामा ल्यायको हो!
      त्यो फर्निचर वालाले प्लास्टिक हटाउन दियापो त!
      किन्न भन्दा भाडामा ल्याय कमिशन पनि बढी र निरन्तर- कस्तो नबुझेको!

  18. साथि हो कसैलाई कारबाही हुदैन यहाँ, मा कु ने को बुढीलाइ नै कसैले बलात्कार गर्यो भनेनी मा कु ने चुप लगेर हाँसेर बस्छ…

  19. यस्तै खाले घटनाहरु र घटना प्रतिको गैर जिम्मेवारी पूर्ण ब्यबहारले गर्दा नै त हो जनताको सरकार र यसका निकायहरु प्रति बितृष्णा पैदा भएर त हो चाहदा नचाहदै पनि माओबादी जस्तो उग्र दक्षिणपन्थी शक्तिको पछी लाग्न बाध्य भएका | होइन यी नमक हरामहरुले यी कुराहरु किन बुझ्दैनन् ?

    • माओवादी दक्षिणपन्थी शक्ति ? हाहाहा । वीरजी धेरैपछि उपस्थित हुनुभो, तर सधैंझैं नभएर ‘जोक’ लिएर पो ! ‘अच्छा’ लाग्यो तपाईंको शैली ।

      • कहिले काही जिब्रो मात्रै होइन हात पनि चिप्लिदो रहेछ, बिशेष गरेर हतारको बेलामा | तर समझदारलाइ इशारा नै काफी | Anyway well spotted thanks.

  20. सुन्तली धामीका बलात्कारी अपराधी लाइ उन्मुक्ति दिनुनै यस घटनाको मुख्य कारण हो गृह मन्त्री भीम रावल भए सम्म प्रहरी प्रशासनमा सुधारको अपेक्षा गर्नु मूर्खता बाहेक केही होइन |

  21. “अधेरी नगरी गांडू राजा ” बलात्कार गर्नेले गरेयो तर दोषी माथि कारबाही भएको छ त नेपालमा ????? न्याय कसले पाएको छ ??? यहा त सधै उल्टा भएको देखिन्छ । अपराधको घटनाको कानूनी जाँचबुझको प्रक्रिया दौरान सत्य र तथ्य लाई लुकाउने वा तोडमोड गर्ने संभावना धेरै बढेर जान्छ र पीडित पक्षले न्याय नपाउने संभावना प्रबल भएर जान्छ।

  22. हदै गरे !रमिता नदेखाऊ न !आती हुन लग्यो नेपाल मा !खाते हरुको जमात ले के को न्याय दिन्छा र?अब त सुसैड अततैक गर्नु पर्छा खाते सरकार को जमातमा !

  23. लेखक ज्यू गम्भीर विषयलाई उल्लेख गर्नु भएकोमा धन्यवाद तर गम्भीर विषयबारेमा गहन अध्ययनको पनि जरुरी हुन्छ । लेखको प्रारम्भमा नै उल्लेख गरिएको सुन्तली धामीको बलत्कारको बारेमा गलत विवरण लेख्न्नु भएछ कृपया सच्याउनुहोला । सुन्तली धामीको बलत्कार दैलेखमा हैन अछाममा भएको हो । गलत विवरण लेख्दा निर्दोषमाथि आक्षेप लाग्ने भएकाले अध्ययन गरेर मात्र विषयवस्तु सार्वजनिक गर्दा राम्रो हुन्छ । अन्य सवैका लागि धन्यवाद ।।
    रमेश बस्नेत

  24. नेपालमा नेपाल आमाकै दिनहु ढुला भनाउदा हरुबाट बलात्कार हुनेगरेकोछ अनि साधारण मानिसको के कुरो भोर ,……………. खोइ कहिलेहो हाम्रो नेपाल राम्रो नेपाल बन्ने ?

  25. किन यसो गर्छन मान्छेहरु यौन भन्ने त सानो कुरा हैन र ? तेसो गर्न भन्दा अगाडी एक पटक आफ्नो छोरी, बहिनि, आमा आदि को बारेमा किन सोच्दैनन यी कुकुर हरु ? आखिर कुकुर र यिनीहरुमा फरक नै के पो भयो र ?
    हेर्रौं एस पटक के हुँदोरहेछ कारबाही वा लटर पटर मा नै टर्ने हो ….

  26. कानुनलाई हातमा लिनेहरुको अत्यन्त निन्दनीय अपराध/

  27. मुलुकमा विधिको शाशन छैन भन्ने कुराको ज्वलन्त उदाहरण/

    • मुलुकमा विधिको साशन भयको भय किन यस्तो हुन्थ्यियो र होइन त तुलसी जी

Comments are closed.