'मेरो संसार'लाई सहयोग

तपाईँ ‘मेरो संसार’लाई सहयोग गर्न चाहनु हुन्छ ?

सहयोग राशी जुटाउनका लागि साथी प्रमेयले एउटा विकल्प सुझाएका छन्- फोन कार्ड। प्रमेय नेपालको पहिलो नागरिक पत्रकारिता साइट सीजेनेपाल डट अ‍ोआरजीका सञ्चालक हुन्। यो साइट मेरो संसार डट इन्फोबाट विस्तारित भएको हो। त्यसबाहेक पेपालबाट प्राप्त हुने सबै सहयोग मसम्म पुर्‍याउनका लागि सबै सहयोग गर्ने पनि उनै हुन्। मेरो संसारको प्राविधिक पक्ष पनि उनैले हेरिरहेका छन्। उनको चिरबिर डट कम साइटबाट फोन कार्ड खरिद गर्नुभयो भने सम्बन्धित फोन कम्पनीबाट हामीलाई ६० सेन्ट प्रति कार्ड कमिसन प्राप्त हुने गर्छ। यसमा २० डलर सर्भिस चार्ज पनि तिर्नुपर्छ। अर्थात् २० डलरभन्दा बढी कमिसन प्राप्त भयो भने मात्र हामीलाई प्राप्त हुनेछ। यो राशीले सीजेनेपाल डट अ‍ोआरजी र मेरो संसार लाभान्वित हुने मौका पाउने छ।

त्यसो भए आफ्ना प्रियजनलाई फोन गर्दा मेरो संसारलाई पनि सहयोग गर्ने हैन त ? चिरबिर डट कममा जानुस् र फोन कार्ड खरिद गर्नुस्।

गुगल एडबाट वञ्चित हुनुपरेपछि ‘मेरो संसार’का लागि प्रति महिना १० डलरका हिसाबले सहयोग गर्ने २० जना स्पोन्सरको आह्वान गरेको भए पनि जम्मा दुई जनाले मात्रै नियमित सहयोग गर्ने वचन दिएका छन्। आलोपालो गरी भए पनि २० जना स्पोन्सर महिनामा जुट्ने मेरो अनुमान थियो। तर, डिसेम्बर महिनामा त लक्षित २०० डलर पनि प्राप्त हुन सकेको छैन।

3 Comments

  1. Congratulations! on starting this initiative. I think I was the one who first suggested you this idea besides sponsorship.

    I will try the card from Chirbir.com and would encourage everyone to do so. Hope the rates are competitive and services are reliable.

    For sponsorhip, I think you need to put a banner to remind readers and new readers asking for sponsorship. Also, may be having gold($50), silver, and ($20) bronze sponsor ($10) for the month may be a good idea to encourage people to help you more.

    Also, I would advice you to keep an advertisment for phone card permanently in a corner so that people can easily see it.

    Is it possible for you to have similar arrangement for money transfer? I think money transfer arrangement will provide you with the highest revenue.

Comments are closed.