कोइरालाको नेतृत्वमा अन्तरिम सरकार

अपडेट अन्ततः माओवादीसहितको २२ सदस्यीय अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारका मन्त्रीहरुलाई आजै संसदमा प्रधानमन्त्रीले शपथ ग्रहण गराउनु भएको थियो ।

अपडेट (अपराह्न १:१६) लामो समयको खिचातानीपछि अन्ततः आज बल्ल माअ‍ोवादीसहितको आठ दलको अन्तरिम सरकार बन्न अब केही मिनेट मात्र बाँकी छ। काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला राजनीतिक सहमतिका आधारमा नेपालका शक्तिशाली अन्तरिम प्रधानमन्त्री बनिसक्नुभएको छ। उहाँ अन्तरिम प्रधानमन्त्री सर्वसम्मतिले बन्नुभएको घोषणा सभामुखले १ बजेर १४ मिनेटमा गर्नुभएको थियो। त्यसलगत्तै अन्तरिम संसदको बैठकमा उहाँले शपथ ग्रहण गर्नुभयो। यसपालिको शपथ ग्रहणमा ‘ईश्वरको नाममा शपथ खान्छु’ भन्ने वाक्यांश राखिएको छैन। यो सरकारको मुख्य काम असार छ गते संविधान सभाको निर्वाचन गराउनु रहनेछ। बाँकी अपडेट भित्र

नवनियुक्त प्रधानमन्त्री कोइरालाले शपथपछि संसदलाई सम्बोधन गर्दै नयाँ आएका सांसदलाई उत्तेजनामा नआई केही कालका लागि संसदमा अवरोध नगर्न अनुरोध गर्नुभयो। प्रधानमन्त्री बनाएर मात्र हुँदैन, सहयोग पनि सबैले गर्नुपर्छ- उहाँले भन्नुभयो। नेपालमा सुरु भएको नयाँ अध्यायमा सबै एकजुट भएर अगाडि बढ्नुपर्ने आग्रह उहाँले गर्नुभयो। शान्तिसुरक्षा आजदेखि हुन्छ भन्ने प्रतिवध्दता पनि उहाँले व्यक्त गर्नुभयो।

पद भनेको ठूलो कुरा हैन, गरेर देखाउनु पर्छ भन्दै जुन दिन सक्दिनँ त्यो दिन मैले खुला रुपमा सक्दिनँ भनेर फिर्ता गर्छु भनी उहाँले बताउनु भयो।

त्यसपछि संसद एक घण्टाका लागि स्थगित भएको घोषणा सभामुखले १ बजेर २६ मिनेटमा गर्नुभयो। अर्को बैठकमा अन्तरिम मन्त्रिमण्डलले शपथ ग्रहण गर्नेछ।

यसअघि उहाँलाई प्रधानमन्त्री बनाउन राखिएको प्रस्तावलाई समर्थन गर्दै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले अन्तरिम संविधानमा जेठमा संविधानसभाको चुनाव भनिएको भए पनि अहिले असारको छ गते भनिएको उल्लेख गर्दै त्यसका लागि संविधान संशोधन गर्नुपर्दैन ? के संविधान कागजको खोस्टा हो ? भन्ने प्रश्न राखेका थिए। त्यस्तै राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाले आठ दलको सुझाव लिने बानी नभए पनि मुफ्तको सल्लाह दिन्छु भन्दै नेपाली आठ दलको कमारो नभएको बताउनु भयो। आठ दलको सम्झौताको खात लगाउने बानी भएको तर्फ खिसी गर्दै उनले प्रतिपक्षको कदर गर्न सिक्न पनि सुझाव दिए। जनमोर्चाका परि थापाले रोचक सम्बोधन गर्दै संविधान सभाको निर्वाचनको कुरालाई सिसिफसको कथासित तुलना गरे। सिसिफसको ढुंगा डाँडोमा पुर्‍याउने जिम्मा प्रधानमन्त्रीको काँधमा आएको भन्दै उनले भने- गार्‍होसार्‍हो परे हामी पनि ठेल्ने काम गरौँला।

***********
कुरो मिल्यो, एमालेपछि हट्यो: पद र वरिष्ठताको विवाद सकिएको छ। भर्खरै सम्पन्न आठ दलको बैठकले काँग्रेसका रामचन्द्र पौडेललाई नै प्रधानमन्त्रीपछिको वरिष्ठ मन्त्री बनाउने निर्णय गरेको छ। वरिष्ठता नदिए एमालेले सरकारमा नजाने चेतावनी दिएको थियो। तर आज भने एमालेले अडान छाडेको छ। हिजो प्रधानमन्त्री कोइरालाले सहानाको नाम नरुचाएपछि एमालेलाई नेतृत्व परिवर्तन गर्न सुझाव दिनुभएको थियो। तर एमालेले बरु सरकारमा जान्नौँ तर निर्णय फेर्दैनौँ भनेका थिए। अब विवाद सुल्झिएपछि भने माअ‍ोवादीसहितको अन्तरिम सरकार आजै बन्ने बाटो खुला भएको छ। आठ दलले असार ६ गते संविधान सभाको निर्वाचन गर्ने प्रस्ताव पनि गरेको छ।

अब अन्तरिम संसदको बैठक बस्नेछ। त्यसमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजीनामा दिनुहुनेछ। त्यसपछि अन्तरिम प्रधानमन्त्रीका रुपमा उहाँलाई अन्तरिम संसदले चयन गर्नेछ। उहाँले (छैठौँ पटक हो क्यारे) प्रधानमन्त्री पदको शपथ ग्रहण गर्नुहुनेछ- यसपालि राजाको हातबाट हैन सार्वभौम संसदका सामु। अन्तरिम राष्ट्राध्यक्ष समेत हुनुभएका उहाँ नेपालका सबैभन्दा शक्तिशाली प्रधानमन्त्री हुनुहुनेछ।

प्रधानमन्त्रीको शपथ ग्रहणपछि माअ‍ोवादीसहितका २६ सदस्यीय मन्त्रिमण्डलले संसदमा प्रधानमन्त्रीबाट शपथ ग्रहण गर्नेछन्। एक दशकभन्दा बढी समय सशस्त्र युद्ध गरेका तत्कालीन विद्रोही माअ‍ोवादीहरु केन्द्रीय सरकारका मन्त्री बनेर सिंहदरबारबाट बाहिरिनेछन्।

त्यसपछि प्रधानमन्त्री कोइराला अपराह्न ४ बजे सार्क सिखर सम्मेलनमा भाग लिन नयाँ दिल्ली जानुहुनेछ। प्रधानमन्त्रीसँग पुराना परराष्ट्रमन्त्री केपी अ‍ोली भने अब त्यहाँ जानु हुनेछैन। उहाँ नत्र हिजोको दिन भारत जाने कार्यक्रम थियो।

मन्त्रिमण्डलको स्वरुप यस्तो हुनेछ (केही नाम अझै आएका छैनन्)
नेपाली काँग्रेस
प्रधानमन्त्री- गिरिजाप्रसाद कोइराला
रक्षा-कोइराला आफै
शान्ति तथा पुनर्निर्माण-रामचन्द्र पौडेल
गृह- कृष्णप्रसाद सिटौला
अर्थ-रामशरण महत
विज्ञान तथा प्रविधि- महन्थ ठाकुर
थप दुई पछि थपिने

नेकपा एमाले
परराष्ट्र- सहाना प्रधान
शिक्षा तथा खेलकूद- प्रदीप नेपाल
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन- पृथ्वीसुब्बा गुरुङ
कृषि तथा सहकारी छविलाल विश्वकर्मा
सामान्य प्रशासन-रामचन्द्र यादव

राज्यमन्त्री (शिक्षा) मोहनसिंह राठौड

नेकपा (माअ‍ोवादी)

सूचना तथा सञ्चार-कृष्णबहादुर महरा
स्थानीय विकास-देव गुरुङ
आवास, भवन तथा भौतिक योजना-हिसिला यमी
वन तथा भूसंरक्षण- मातृका यादव
महिला, बालबालिका तथा समाज कल्याण- खड्गबहादुर विश्वकर्मा

राज्यमन्त्री पदम राई
नेपाली काँग्रेस (प्रजातान्त्रिक)

श्रम तथा यातायात व्यवस्थापन रमेश लेखक
जलस्रोत- ज्ञानेन्द्रबहादुर कार्की
कानुन, न्याय तथा संसदीय व्यवस्था- नरेन्द्रविक्रम नेम्वाङ

राज्यमन्त्री: (कानुन) वाई बी गुरुङ

नेसपा आनन्दीदेवी

उद्योग वाणिज्य तथा आपूर्ति- राजेन्द्र महतो

संयुक्त वाममोर्चा

भूमि सुधार तथा व्यवस्था- जगतबहादुर बोगटी

संयुक्त जनमोर्चा
स्वास्थ्य-

58 Comments

  1. Rame ji,

    You saw three Gurungs and that became too much for you, haina? How many bahuns and chhetris are there?

    Those who have practiced racism since ages are the racists. Those who only allow to progress their own caste are the racists. You sure fall into this category eventhough you appear to be modern and openminded, but that is only your outward appearance.

    The posting above by eknepali is a fitting reply to a person like you. Ask yourself first are you doing what you are preaching?

    It is easy to lecture but are you practicing what you lecture? Only two Gurungs and it becomes intolerable to your racist heart, huh? Don’t worry, you are not alone, we have plenty of people like you. That is why Nepali remains stagnated.

  2. Gorkhali ji,

    You are 100% recist.Gurung represantion is high in this cabinate what’s wrong with. Surname must not a basis of selecting a minister. You clearly unhappy with Girija as he is Bahun. It is a clear EXAMPLE of that how much you have racist feeling in your mind. Majority of leadrs have not seen no other alternatives to Girija who can challenge the King and represent all 8 parties. You see his as BAhun. As per your verson party leaders, PM should base on race basis. Can you put a X Pokharel a PANDIT from village as PM being a Bahun or an Dr OM Gurung being a Gurung, the answer is NO.

    We should stand beyond the race or language. In USA or Australia where live more than 200 natinalities but governance is not race basis. You can preserve individual culture by their way.Even fanatic Muslims are maintening their culture by officially speaking an English. Not like we are fighting for Pahadi and Madhesi, Bahun or Newar.

  3. नेपालीमेन भैया,

    हाँस्‍न मन लाग्‍यो रे? हासँ हाँस, मुख खोलेर हाँस। यतिका वर्षहरुमा फुटाउदै
    ल्‍याएको देशलाई quick fix ले जोडेको देखेर नहाँसे केलाई हाँस्‍ने? खालि फेरि आफ्‍नै डाडुपन्‍यु हातमा आयो भनेर हाँस्‍या होला होईन, तिम्रो कुवुदधि देखेर के भनम?
    वढी जान्‍ने भेर ती दुईचार जातले देशलाई कुन गतिमा पुर्‍याएको छ, लौ हाँस, हाँस।
    घुस खाएर र जनताको रगत र पसिनाको पैसाले अरुलाई जवर्जस्‍ती छलेर पछि पारेर छोरछोरीलाई विदेशमा पढन पठाएपछि देश भाडमा जाए आफनो कुमलो ठुलो पारे पुगो भन्‍ने नीति लिएकाहरु सगँ के कुरा गरम। देशमा सकने नसकने सवै जनताले मौका पाउन भन्‍ने सोचाइ न त राज चलाउने र राजनीति छलनेहरका दिमागमा कहिले पर्‍यो। तेतीले मात्र नभेर तेसता वातावरणमा पालिएका पोषिएका पढेका कतिपय सन्‍तानहरुका वुदधि र मति पनि तेही
    पलाएर आएछ। देखियो झलझली। यसताका कुरा नगरेकै वेस।

    नाम मात्र नेपालीमेन भेर के गर्नु? मन चाँहि अनेपालीपन भेपछि।

  4. It’s been nearly a month since I last came here, and it’s been a good day to return. Atleast got to hear relatively good news. How the recently formed cabinet will work – we are yet to see, but I do have to congratulate and wish them all the very best.

    I’m not a pessimist by nature, but when it comes to political scenario in Nepal I can’t help but be somewhat pessimist. I try to console myself by trying to use the word ‘concerned’ rather than ‘pessimist’ but I know very well both of them mean the same in reality.

    When the same old system selection process is used to appoint/select cabinet members, how are we to see any change in the political system they are going to bring about in future?? Look at those hypocrits who call themselves ‘radical’ – haven’t they used the same old selection process as well??

    Politics is politics. It does take time to settle all the power struggle. I admit. But what about the bureaucracy? After the cosmetic change in names of various ministries, agencies and institutions, I can’t see any move taken for factual changes. What’s the plan for changing all the citizenship certificates? What’s the plan for changing the passports? Adding an ammendment on the old passports reduces the already diminished credibility of Nepali passports. I do understand the financial issue behind all these changes, but the bigger issue I see is no one seems to be interested in making the change. Recently a bank note was issued in a hurry which looked horrible… and the new emblem hurriedly designed which is even worse. I’ve been away from news for some time… but what’s happening with the new anthem? Everyone seems to be so occupied by political junk – which we can’t really change instead of focussing on issues we can have an impact on.

  5. Fools day n what a day the nepal gov chose to form an interim gov. good job,but aint those parlimentarian making a fools day celebration to the whole country? creatin a fools gov?

  6. झ्याउकुरीको माथिको कमेण्ट पढेर अति हासो उठ्यो, तिम्रो बुद्धि देखेर। भएका सबै जातजाति थर मिलाएर बनाउने हो भने मन्त्रीमण्डल मात्रै कम्तिमा १,००० जनाको हुन्छ। अहिलेको मन्त्रीमण्डल पहिला-पहिलाको भन्दा समावेशी देखिन्छ, त्यसलाई स्वागत गर्नु पर्छ। त्यसो भन्ने हो भने नेवारको पनि राम्रो प्रतिनिधित्व भएको छैन। ताम्राकार खै, बज्राचार्य खै, उपेक्षित जातिमा दमाई र सार्कि मात्रै पर्दैनन्, पोडे, बस्दी या अरु थुप्रै मधेशी दलितहरु पनि पर्छन्, खै सम्झेको?
    पार्टीले मनोनित् गर्न पार्टीमा योगदान गरेको मान्छे पनि हेर्छन् होल, कुनै पनि तामाङ सिनियरिटिमा परेन होला, पछि केहि समयमा ठुलै पोस्टमा पर्ला। फेरि भौगोलिक क्षेत्र मिलाउनु पर्यो, कम गार्हो छ। साथि बढि जान्ने भएर मात्र हुन्न, कुराको समाधान हुने गरि राख्नु पर्छ। सधैं जे भए पनि किचलो, खोट निकालेर असहयोग गर्ने बानिले देशलाई कहिल्यै राम्रो गर्दैन।

  7. Hishila Yemi sweared in on the jeans pant! Sitaula, Mahara etc. were not either on the Daura Suruwal. Some were in the Dhoti/Lungi. That’s funny.

  8. एमले पार्टी ले देखाएको समाजदारी सरह्निय छ । अब देश मा केहि होला भन्ने आश लेगेको छ।

  9. Thank you for the constant updates. The SPA and Maoists deserve sincere congratulations for this historic government. Now I am confident that they will all together not only move further on the political fronts, but also in social and economic development fronts – the latter is becoming increasingly important for long term peace and prosperity.

  10. गिरिजा बाबुले भन्नु भएछ, पद महत्वपुर्ण कुरा होइन रे, सबैको सहयोग महत्वपुर्ण रे। वाह्, वाह्, गिरिजा बाबु,तपाईको ठट्टाले त मनोज गजुरेललाई पनि माथ गर्ने भयो नि। जो पद बिना कहिले शान्ति संग बस्न सकेन, आफ्नै सहकर्मी भट्टराई र चेला देउबाहरुलाई समेत घातप्रतिघात गरि रहे, अहिले अन्तरिम सरकारमा पनि सबै महत्वपुर्ण मंत्रालय र बरिष्ठ मंत्री पनि आफ्नै पार्टीलाई चाहिने, अझै पद् लोलुप् हुनुहुन्न भनेर अरुलाइ सिकाउने?

    सायद् अब तपाईले सबैको सहयोग् चाहियो भनेको चाही, अरु पार्टीको भागमा परेको मंत्रालय अन्तर्गत को नियुक्तिहरु पनि मैले भने अनुसार हुन पर्छ भन्नु भएको होला, होइन?

    गिरिजाले इतिहासमा एक् सर्बमान्य नेता हुने सुवर्ण मौका गुमाए। यस् हिसाबमा एमाले, माओबादी, प्रजातांतृक कांग्रेस र अन्य साना पार्टीहरुले आ-आफ्नो अडान छाडेर सुझबुझ देखाए । के गर्ने, गिरिजाको जिद्धिपना संगै देशलाई डुबाउन भएन नि। कांग्रेसी जन हरु, प्रम देखि, बरिष्ठ मंत्री देखि सबै महत्वपुर्ण पद हात पारे भने भनेर धेरै नमात्तिनू, यो न्यानो भनेको पिसाबको न्यानो हो, चाडै नै सेलाउछ। तिम्रो जिद्धिपनाको इतिहासले मुल्यांकण गर्नेछ, चुनावमा आ-फ्नो हबिगत देखि हाल्ने छौ।

  11. बधाइ छ कोइराला लाइ फेरि पनि र अझै शक्तिशालि प्रधानमन्त्री बन्नु भयकोमा

    र बधाइ छ सम्पुर्ण् मन्त्री र मन्त्रीमन्डल् लाइ।

    भगवान् ले सदबुद्दि देओस् र नेपलि जनताको चाहना अनुसार् देशको शशक्तिकरN र बिकाश् को नयां खाका कोर्न सकुन् भ्न्ने शुभ्-कामना पनि छ।
    नेपालि कङ्ग्रेस् को त कुरा नगरौ,किनकि न त् केहि आशा छ न बिस्वाशनै।
    माओबादि को बरेमा सबै भन्दा आशा गर्न सकिने देखिन्छ र नेपालिले बिस्वाश गर्नु जरुरि देखिन्छ। उनिहरुको त्याग् कार्य र जुझारुपना बाट्।
    यहानेर एमाले अलिकति होसियार् देखिन्छ र सायद् बिगत्को गल्तिहरुबात् पाढ् सिकेको होकि जस्तो छ। जे भयपनि एमाले ले के पि ओलि र भिम् रावल् लाइ यो मन्तृ मन्डल् मा सामेल् नगरेर ठिक् गरेको छ।
    हामि नेपालिहरुले यस् पटक् र आउदो दिनहरुमा एक् पटक् र हेर्न मत्र भय पनि मओबादिहरुलै बिस्वाश् गरेर उनिहरुले मागेको र चाहेको जिम्मेवारि दिनु उचित् देखिन्छ र यो हाम्रो नैतिकता र उत्तरदाइत्वो हुन आउद्दछ किनकि अहिले सबै भन्दा गतिशिल्, नैतिवान्, त्यागि, जुझारु, स्पस्ट्, छरितो र शंघर्शशिल् त भन्नै नपर्ला, देखियको छ। र देश् यहासम्म आइपुग्नुमा र अहिलेसम्ममा माओबादिको त्याग् र लगानि बढि अनि प्रप्ति करिब् करिब् सुन्य छ तेसैलेपनि सच्चा नेपालिले देशको माटो हात् र मन् मा लियर् एक् पटक् माओबादि को बरेमा सोच्नै पर्नेछ नत्र हामि आफुलाइ नेपालि नभयेर गैर् जिम्मेवार् खाते ठहर्दछौ। सबैलाइ चेतना भया।

  12. Kairala has again proved himself as a determined and rigid personality as dealing such a fragile period of the nation.

    Good luck,

  13. aba aauni chunav ma congress le eutapani seat napaos. balla herumla kati mantri bancha tjini haru ko.
    nepali janta congress bata sabdhan.

  14. its really happy news that now everythings are getting fine

    about the matter of cast raise my gorkhaliji i m not agree with those thing because this is not the age that u are talikg about this and that cast and the way he told bhaunism. i don’t think that anyone can be jude by his cast. whether he is brahmin or belong to backward cast its not the matter to think ,only things that matter is whether one can be able to handle his job properly or not. being so much educated also u jude the people on the basis of cast then just imagine those people who are from village who are illiterate who had been grown up on those society just like from those village where it is hard to find one person who can read. u know whats the condition of remote nepal.well its on u all people.

  15. Fooooooooooooool
    April Foooooooooooool
    These Leaders are making the People great fool.

  16. उमेश जि तजा तजा न्युज को लागि धन्नयबाद् सो मुच । आरु न्युज मिडिया भन्दा हामीले तपाईं को य्स् ब्लग बाट तुरुन्तै न्यू न्युज थाहा पाउन सकिये को छ
    narayan kharel

  17. Yo sarkar ko pahilo kaam , to normalize and maintain law and order in the country, to bring all other arm raised groups to peaceful path , educate and inform people what is CA election , How it can play to resolve all the issue of country And after that Hold CA election. If leaders and ministers only think how win in Election like they did before then CA poll will have any significant. Ater CA election all the political disputes must be resolve. Party , leaders and political organization should not obstacle people and country after CA election. We ,Nepali , want to move to the path of development and prosperity. There should not be any political problems.

  18. best of luck for this sarkaar..may be some hope for better nepal..lets see wht these people do ….

  19. Ke yo desh ma kangresh le matra raj garne ki kya ho.
    Girija tatha nepali congress jahile pani sarbesarba.
    Ahile ko isthiti ma pani rajtantra ko bhasan gardai hidne girija lai sabai main mantralaya pani chahine ani afu pchiko baristha manche pani congress kai hunu parne.ke ho chala congress ra girija ko ki ajhai pani rajtantra lai nai mathi uthaune bichar ta hoina. Sadhai aru party matra lachilo hunu parne congress chahi kahilei lachilo hunu naparne.Congress le yaha nai afno samanta bath dekhaya ko cha.Samanta bath bata congress kahilei pachadi hotdaina .
    Tesaile hami sabai Girija ra Congress bata satrak hunu jaruri cha.

  20. CONTINUE……………………………..

    के हुनु नि देशमा शान्ति,,,,,, हिजो त “अपृल फुल” थियो तिमिहरुलाइ थाहा थियन र? भनेर गिरिजाले प्रचण्ड लगायत देश हांक्छु भन्ने दहि चिउरे, आखांका लोभि, कुर्सिका भोगि सबै नेताहरुलाइ ल्वाप्पो खुवाउन कत्ति बेर छैन है!!!!!!!!!!!!!!!!!!!!!!होसियार!!!!!!!नेताहरु!!!!!!!!

  21. बर्सौ पुरानो राजतन्त्रको अन्तगरि देशमा लोकतन्त्र हो कि गणतन्त्र हो??
    जुन तन्त्र ल्याउन खोजेपनि कति महिना देखि बिबादमा परिरहेको अन्तरिम सरकार सन्सारमै झुठो दिन,फटाहा कुरा बोल्न पाउने दिन र मनिसलाइ दु:ख दिने, सताउने दिन भनेको आजको दिन (अपृल्१) हो।
    नेपालका नेताले आजैको दिनको साइत हेरेर अन्तरिम सरकारको सपथ खाने, नेपाललाइ राम्रो बाटो तिर लाने दिन चुनेका छन, भन्दा, सुन्दा र देख्नु पर्दा यो “हांडि गाउको जात्रा” भयको होइन र???
    के बिस्वास, के मान्यता आज सपथ खाने नेताहरुको??
    कान चिरेका यि जोगिहरुको अनुहार उस्तै छन, भुडिहरुको साइज उत्रै छन,यिनिहरुले गर्ने नाटकको कथा यौटै छ, खोइ के पो परिबर्तन होला र देशमा??
    देशमा शान्ति स्थापना गर्ने दिन अपृल१ भनेर नेपाल बहिरका पत्रीकामा छाप्लान त????
    हे नेताहरु तिमिहरुले मुसो-बिरलो को नाटक गर्नै खोजेको हो कि क्य हो? नेपालमा??

  22. i completely agree what mr.gorkhali has stated and no new nepal will rise without the inclusion of ethnic minority but actally who are on the majority of the population of the country.

    no state will be developed without the inclusion of all the ethnic group so if the govt that include all the ethnic group will not be formed then there is no hope for the dvelopement of nepal.

    anthony ji it is not the matter of country being divided but the question is of one ethnic group ruling over so many others for such a long period of time and trying to rule the country for their benifit only.

  23. जे होस् आज ५ महिना अघि गठन हुनुपर्ने सरकार गठन भएछ । सँबिधान सभाको चुनाव पनि ५ वा १० महिना पछि त होला भन्ने आशा गरौं ।

  24. It is really a positive sign……..
    Very soon,i hope nepal will be a peaceful country again…..

    Girija u r really brave…..
    U did good job….
    I appreciate yr courage…….

    U will be a great person nepalese history…..if u succeed to accoplish constitutional assembly election in time peacefully…….

    I am waiting only that day…..

  25. कॆहि साथिहरुले अब देशमा केहि हुने आशा राख्नुभएको रहेछ तर मेरो बिचारमा जब सम्म नेपालको प्रधानमन्त्रि गिरीजा रहन्छन तब सम्म हाम्रो देशमा केहि नौलो काम होला जस्तो लाग्दैन । जिरीजा नेपालको लागि अफाप हुन र देशमा अझ कति ताण्डव मचिन्ने हो यो हेर्न बाकि नै छ । बाकि पछि…………………….

  26. हैन गिरिजाले कसरि होला माओबादिलाइ सरकारम लान सक्या? हुन त यो कुर्सि माओबादि को क्रिपा नै हो|
    जे होस जनताको आन्खामा धुलो हाल्दै भएपनि सरकार बनाउनै पर्यो|अब त थाहा भयो होलानि, जनतानै सबैथोक भनेर…….

  27. अझै समावेशी भएन | जातजातिमा बहुमत भए पनि नपर्ने समुहमा जाति गत आधारमा तेश्रो स्थान ओगट्ने मगर र पाचौ स्थान ओगट्ने तामाङ नै उपेक्षित देखियो |खै त कुनै राजनैतिक दलबाट पनि मगर र तामाङलाइ राखिएनछ| दलित को नाममा सार्कि र दमाइ जस्ता दलित कोहि पनि परेनन| राइ थर पनि एउटा नै देखिन्छ|

  28. Anthony bajye,

    Don’t you see the country is being rules in the name of the caste? One must be blind to ignore it. Why should it be only for a few castes?? Those narrow minded in the government only look after themselves and their relatives. Where is the room left for others to join?

    The Panchayat regime made a blunder by fostering only a few castes, results of which we all are having to face in the form of a civil war.

    There are those who sucked the blood of Nepal till the last drop, who enjoyed the priviledge in one way or the other and completely forgot other groups. Those groups are rising, Anthony sir. Be aware.

    It is easy to lecture other and superficially blamed others for not coming up, but what have the governments in the last four decades done for the people who were left behind. Nothing.

    Just by saying a multi culture, multi ethnic, etc., is not enough. They must act accordingly. If you see the composition of the ministers, you will see that the silent groups are IGNORED AND NEGLECTED. Should they come up on the streets??

    The continuing selfish policy of Bahunism has provoked the enthic problem, and it is going to be there whether or not Anthony bajye agrees or not.

    There are those people who look cultured and civil and in public they say, oh yes, all Nepalis must get equal opportunity, but just behind the scene, they all are working to satisfy their needs at the cost of others. As long as my relatives and families get the butter, others can go to hell. My caste first is their motto. That is the perfect ingredient for brewing the ethnic problem.

  29. Dear ji,
    IT’s a little bit good news for Nepali people.In one hand Only interim governmet is not all things. But other hand Maoist are joing this government it’s a good news for nepali people.
    ok

  30. ALL NEPALESE POLITICIANS MUST BE KEPT ON ONE LINE AND STONED TO DEAD.

    Ghumi firi rumjatar, what the hell.

  31. As Girija said in his acceptance speech-“You cannot just nominate me as the Prime Minister but you also need to help me”. That is hundred percent correct. Prime Minister needs help and support from the other members because it is a Government of seven parties. It is very important that there should be a collective decision making where every party is involvement. He cannot make unilateral decisions without consultation with eight parties, dictate to the eight parties what he want, whom he want and how he wants. He should not forget that this is Milijuli Sarkar. He should give priorities to spend more time with the eight parties to solve the problems than meeting the American Ambassador or attend the wedding Ceremony of Deviyani former play met of Deepend whose love affair caused the palace massacre.

  32. साथी हो बल्ल ८ दल को सरकार बन्न लाग्यो अब केही हुन्छ कि देस मा शान्ति सुरक्षेया आउछ कि कताइ !! जे होस् गिरिजा ले सबै अफुलाई राखेर धेरै गल्ती गर्‍यो नेपाली जनता नि आब बुझ्ने हुँदै छ !! चुनाव मा गिरिजा लाइ नै घा-टा लाग्छ !! र पनि मेरो तर्फ बाट ८ दल कै सबै मन्त्री हरु लाइ बधाई छ !! राम्रो सँग मिली जुली देस को बिकास गर्नु चुनाव पनि शायद आउँदै छ !! चुनाव को छेउ छौ मा त नेता हरु नि बिकास को नारा लाउदै तातीन छन !! जे होस् जनता ले सुख र शान्ति ले बाँच्न पाउन धन्यवाद!!!

  33. एमालेले सभामुखको बेलामा नै तेतिकै बखेडा गरेको थियो । पहिला त उसले चित्रलेखाको ठाउँमा सुवासलाइ अगाडि सार्यो । त्यो गलत थियो । तर सुवासलाई सभामुख बनाइसके पछि नयाँ संसदमा माओबादीले सभामुख दावी गर्दा सबै दलले एमालेलाइ नै त्यो पद दिएको हो । गिरिजाले सुवासलाइ नै राखौं भनेर बल गरेको कति चाँडै बिर्सेको । प्रम पछिको पद (सभामुख) त एमाले सँग नै छ नि । खासमा उप प्रम वा सिनियर मिनिस्टरको पद माओवादीको हुनु पर्ने हो । तर देशको वर्तमान परिस्थितिमा माओवादीले अझै विश्वास आर्जन गरिनसकेले काँग्रेसले सो पदमा दावा गर्नु र अझ प्रमको स्वास्थ्य खराब भएको अवस्थामा तेसो गर्नु अस्वाभाविक होइन ।
    माकुनेले सहानालाइ पठाएर बखेडा गर्न खोजेको हो । अनि दलभित्रका आफ्ना प्रतिद्वन्दीलाइ पनि सखाप पार्न खोजेको हो ।
    केपीलाइ नराम्ररी पछारे । तर प्रदीप ग्यवाली जस्ता राम्रा मन्त्रीलाइ पनि पछाडी पारे ।

  34. NAMASKAR !!! NAMASKAR !! NAMASKR !!NAMASKAR
    aaba hamra maobadi neta parchanda ji le hamro nepal ma kehi paribartan launu parchha ra dekhaunu parchha ke ye greja babu, makune ra aru thuprai neta haru chan bhasta chare haru tene haru ko samune kehi gare ra dekha nu parchha ra hamro pati ma kehi hemat chha bhane ra sabai laai thaa pani hunu parchha!! ra umesh ji aaba balla nepal ma kehi bekas hun chha hola jasto chha ra emandar sanga kaam garnu parchha nepali janta haru laai pane thaa hun chha kun emander neta ra kun bhasta chare bhene ra !!!

  35. Bijaya jee:
    Why you are attempting to attack one person personally. you should have broad mind and open world. Think positively, trust in your work , do hard work and achieve what you want instead of your negative attitude of attacking one single person( This single person can be anyone in the world. You can try to be in that position yourself by doing hard work, gaining faith from people, but with that envious attitude you will never succeed.)

  36. Dear gorkhali jee:
    If you believe only in the race(Caste as you mentioned) then you do not have vision of nation or state. No country can be smoothly run if you try to rule the state on the basis of race- if you do this you are covered by racism. I advise you to open your eyes and chest and see the world and treat the world equally. Please let the people of world develop themselves and move ahead, participate in everything. Why do you think that some certain groups only should be especially highly treated? come on forward and join into the common mass and move on.

  37. मैले बुझ्न नसकेको कुरो के भने, के नेपालमा त्याग गर्ने, लचिलो हुने काम अरुको मात्रै हो? के कांग्रेसले भने लचिलो हुनु पर्दैन? किन कांग्रेस यति धेरै सर्वसत्तावादी र ‘मेरो गोरुको बाह्रै टक्का’ भएको हो? यस्तै ढिपी अरुले पनि देखाउने हो भने के हुन्छ देशको हाल? के कांग्रेसलाई मोरियार्टीको धापले मत्याएको हो? कि राजतन्त्र कमजोर भएपछि देश कांग्रेसको एकलौटी बपौती बन्यो?
    अहिले लचकता देखाएर एमालेले ठूलो गुन लगाएको छ देशको इतिहासलाई। एमाले पनि कांग्रेसजस्तै लिच्चड भएर ढिपीमा अडिग रहेको भए अन्तरिम सरकार बन्ने कुरो त त्यस्तै हो, तर फेरि शाही सरकार आउन बेर हुने थिएन।

    तर एमालेले यो लचकतालाई अब शक्तिमा रुपान्तरण गर्नुपर्छ। यथार्थलाई देशभरि जनताको माझमा लिएर जानुपर्छ र अगस्तीलेझैं ठूलो भाग खोजेर को बसेको हो र देशमा राजनीतिक गतिरोधको मूल कारण को हो भन्ने कुरा सबैलाई बुझाउनु पर्छ।

    २०४६ पछिका उपलब्धिहरु गुम्नुमा जिम्मेवारी धेरै-थोरै सबैको भएपनि शुरुवात भने कांग्रेसको सर्वसत्तावादी चरित्रनै हो! २०५०-०५१ तिरै माओवादीका जायज मागलाई सम्बोधन गरिदिएको भए एक दशक लामो द्वन्द शायद देशले भोग्नै पर्दैनथ्यो। तर कांग्रेसले इतर विचारलाई सम्मान गरेन र पेलेरै लाने नियत बनायो।

    मलाई माकुने र एमालेको वर्तमान नेतृत्व खासै दमदार लाग्दैनन्, तर देशलाई कांग्रेसको सशक्त प्रजातन्त्रिक विकल्प चाहिएको छ। एमालेसंगमात्रै त्यो सम्भावना छ। तर एमालेको नेतृत्वले मोरियार्टीको भन्दा नेपाली जनताको बढी विश्वास गर्न थाल्ने कहिले हो?

  38. I am surprised that this Tanka nath Gorkhali must be royalist-otherwise why he want to accuse UML?
    This government is the form of compromise and understanding, and not the power struggle and show off. UML has sacrifice greatly for the welfare of the nation and did not fight for the post and power instead showed flexibility to soothen the tense and pave the way for the peaceful election campaign. God bless UML!!!!

  39. AMALE is good for nothing. Everytime it makes itself so cheap that it had to nood its head before Congress.

    Its for sure that it needs to chage its general secretary, who for sure is good for nothing.

  40. i still don’t believe that they will form it by today, maybe girija would like to keep things pending for a few days more..he’s got saarc excuse anyway !

  41. HI ALL,

    Nepali kongress Jindabad!!!!!!!!! Democracy Jindabad!!!!!!!!!!!!Nepali Janta Jindabad!!!!!Girija Babu JIndabad.

  42. 1. No one should trust UML now. In the name of ministerial posts, they changed their stand. It would have been better if UML had not joined the government.
    There is no confidence on UML that they will keep their words. They make promises and change them next day.

    2. It is really a sad for the country. Koirala would NOT accept anyone other than a relative or a bahun next to him. They all know that Koirala may go anytime before the election.

    3. What about the representation of other groups in the cabinet? Just like before, the same 3-4 castes are heavily represented in the cabinet. So, where is the change from the previous way of handling it? What is the use of Janaandolan II?

    Since everything in Nepal works based on what caste you belong to, I thought at least other castes would also be given representation in the cabinet.

    Same old, same old. Tamangs, Sherpa, Tharu, Thakalis —please take a note of it when the parties come to you for vote during the elections. Just spit them in their face be they NC, NC Tantrik, UML, Maoists or any other who did not include you.

  43. aba sarkar bane pachi ke huni ho harum.ke aba maobadi le rauthat hatyakand ka papi haru lai ke garne cha herna bakinai cha.

  44. युद्द र त्रास् को कहाँली लाग्दो समय बाट अब चै हाम्रो देश उम्क्यो कि जस्तो भाब् प्रतेक् नेपाली लाई हुदै छ् !बिगत् १० बर्स देखि उब्जियको येस् इस्स्थि बाट मुक्त हुदै केहि गर्छु भन्ने भावना ले अगाडि बडेका हाम्रा मावोबादि साथिहरुको अब केहि गरेर देखाउने पालो आयको छ!आसा गरौ नया जोस् जागर् को साथ् अगाडि बडेको शुभ् सन्केत् ले अबस्य प्रतेक् नेपाली को मुहार् मा पुन यकचोटि खुशि चमक् प्रस्फुटित् गर्नेछ !

  45. Let’s hope it’s only a mere concident that the most awaited interim government is formed in the APRIL FIRST…..Let’s hope its nothing to do with the DAY…hihihihihi

  46. All my follow
    Matter is little bit different because .most of the party want to used goverment power to win the election
    that’s why everybody are crying who have no support from public . That party that looks strong now and they will loog in future when UML and Mao will ne make one party and they will elected from all are and in that time they will see reality

    sug

  47. yo desh bigarne madhema Girija pahilo number ma parcha, Gyanendra dosro. UML lagayat aru parties ta Nikkai lachilo bhayar prastut bhayaka chan, tara Girija lai sabai mahattapurna mantralaya pani chahine re , ani baristhata pani. Girija outdated manche ho, usko chintan gayagurreko cha, u sanga na kunai vision cha, na kunai imandarita. Kati samma ko manche bhanda communist saktisali hunchan bhanera rajtantrako wakalat gardai cha, yadi comunist kamjor bhayako bhaya Girijako pani nara ganatarntra nai hune thiyo. tesaile u desh bikas hoina, kangress lai sarkar chahine ra Sujata lai esthapit garaunu parne 2 wata points ma adig so called neta mannu parcha. Mahattapurna mantralaya ra bariathata khojnu Raja rakhne dau ko rupma hernu parcha .

    Tara j hos, sarkar banera sambhidhan sabhako chunab bhayo bhane gyanendra matra hoina, Girijalai pani badhaharnu parcha.

  48. UML has been proved as ” bottomless water container”. No any determination. Thukka paji ho tyo pitri pareko skelaton “Girija Ladija” sanga defeat hune.

    Tanka Nath Gorkhali Jetho

  49. Ajahapani ! khichatano hunchh herirahanu hola !!!!
    Yi netaharu kam garne hoinana, padko lagi matra ho.
    padma pugera kasari ra kati kumlyaune dau ma chhan.
    sabailai chetana hosh.

Comments are closed.