चुपचाप बस्ने भिक्षु र कुरौटे जापानी

सुवर्णभूमि विमानस्थल/ २६ जुन ( 20:00 pm)

थाइल्यान्डको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सुवर्णभूमिमा केही बेरअघि उत्रियो। यहाँसम्म आइपुग्दाका केही अनुभव यहाँ बसेर हतारमा लेख्न खोजिरहेको छु। जीवन कै पहिलो पटक बोइङ चढ्दा सिटका दुई सहयात्रीमध्ये एक जना पुरुष भिक्षु थिए भने अर्की जापानी महिला। भिक्षु चुपचाप थिए र त्यत्रो यात्रा भर एक शब्द पनि बोलेनन् भने जापानी महिला भने अहो…धेरै नै बोलिन्। त्यो पनि नेपालीमा। हरेक कुराको प्वाक्क जवाफ दिन कसले सिकाएका होलान् उनलाई ?

काठमाडौँ विमानस्थलमा मलाई एक जना परिचित दाइले सघाइदिएर सजिलै इमिग्रेसनसम्म पुर्‍याइदिए। इमिग्रेसनमा सामान्य सोधपूछ गरियो। त्यसपछि मिनेटको दश रुपैयाँमा एउटा ड्युटी फ्री सपबाट घरमा फोन गरेर सेक्युरिटी चेक सकाएर प्लेन कुर्न गइयो। त्यो कुर्न बस्ने स्थानमा विमानको बारेमा जानकारी दिने डिस्प्ले बोर्ड कति सानो हो ? देख्नै गार्‍हो ! बरु सँगैको सामसुङको टेलिभिजन ठूलो रहेछ जसमा एनटीभी देखाइँदै थियो। अनि त्यहाँको डिजिटल घडी पनि पाँच मिनेट ढिला रहेछ। नेपालीहरु जेमा पनि ढिला भन्ने छाप विदेशीलाई पर्ने गरी किन त्यस्तो गरेको होला ?

एकछिन त्यहाँ कुर्दा अनुहार हेर्दा अधिकांश खाडी मुलुकतर्फ जान लागेका नेपालीहरु थिए। कतिले म्यानपावरले दिएको एकनासको टोपी लगाएका थिए। अनि अरु पनि थुप्रै नेपाली थिए। जता जाने भए पनि ट्रान्जिट बैंकक भएकोले विमानमा अधिकांश नेपाली नै थिए।

वेटिङ रुमको बाहिरै पट्टी रहेछ थाई एअरको विमान। त्यहाँसम्म जाँदा सिमसिम पानी पर्न थालेको थियो। विमानभित्र चढेर आफ्नो सिट ५६ सी खोज्न थालेँ। ती जापानी महिलासँगैको सिट रहेछ। दुई तीन शब्द अंग्रेजी बोलेपछि उनले नेपालीमै बोल्न थाले। तपाईँ यता बस्नुस् न है, म तपाईँको सिटमा बस्छु। उतापट्टी मेरो साथी छ भन्न थालिन्। मैले हुन्छ भनेँ।

त्यहीँबाट हाम्रो कुराकानीको क्रम सुरु भएको थियो। यो त्यहाँ माथि राख्नुस् न- मेरो ब्याग देखेर उनले सुझाव दिइन्। विमान धेरै बेर कुरेपछि सवा २ तिर बल्ल उडेको थियो।

उडेको केही बेरमा नै उनी किताब लिएर पढ्न बसिन्। दायाँतिर झ्याल छेउ बसेका भिक्षु भने चीरवस्त्रले छोपेर निदाइरहेका थिए। मैले पनि उनको किताबतिर हेरेँ। जापानी अक्षर बुझे पो ! यसो हेर्दा त्यो किताबका अक्षरहरु हाम्रो जस्तो बायाँबाट दायाँ पढ्ने नभई माथिबाट तल पढ्ने रहेछ।

तपाईँहरु यो माथिबाट तल पढ्नु हुन्छ हो ? मैले सोधेँ।

हो, किताब पढ्न मै मस्त थिइन् उनी।

म उनलाई यत्तिकै छाड्ने मूडमा थिइनँ। उनको नेपाली सुन्नलाई पनि मलाई चासो लागेको हुनसक्छ- किन होला है त्यस्तो, हामी त बायाँबाट दायाँ पढ्छौँ…

त्यसैले त तिमीहरु सँधै दायाँबायाँ हल्लिएर बस्छौ, उनले भनिन् जिस्काउने हिसाबले।

अनि तपाईँहरु ? मैले सोधेँ।

हामी त हाम्रो क्यारिअरका क्रममा माथि तल गरिरहन्छौँ- उनले भनिन्।

अनि अहिले त जापानी अक्षर पनि बायाँबाट दायाँ पढिन्छ नि हैन ? मैले सोधेँ

हो, त्यसैले अहिले हाम्रा केही साथीहरु पनि दायाँबायाँ गर्न थालेका छन्, दायाँबायाँका सबैले मुन्टो फर्काएरै हेर्ने हुन् कि जस्तो गरी उनले हाँस्दै जवाफ फर्काइन्।

तपाईँ चाहिँ माथितल कि दायाँबायाँ त ? मेरो प्रश्न झर्न नपाउँदै उनले मुख खोलिन्,

म अहिले क्यारिअर बनाउँदैछु त्यसैले माथिमाथि। अब मेरो बिहे हुन्छ अनि मेरो क्यारिअरको ग्राफ तल झर्छ। त्यसपछि बालबच्चाका कारण म दायाँबायाँ हल्लिन बाध्य हुन्छु।

अहो, कुरै गर्न गार्‍हो।

नेपालको बारेमा पनि केही सोध्न मन लाग्यो। उनले अहिले नेपालमा शान्ति छाएकोमा खुसी व्यक्त गरिन्। तर तिमीहरुको यो पीस प्रोसेस पनि दायाँबायाँ मात्र भइरहेको छ. स्थिर हुन सकेको छैन। शुभचिन्तकको नाताले त हामी नेपाल जस्तो सुन्दर देश शान्त नै होस् भन्ने चाहन्छौँ।

अगाडि पट्टीको सिटमा गोरो छाला भएका विदेशीहरु थिए। एक जोडी विमान उड्दै गर्दा नै खुला रुपमा चुम्बन गर्न थाले। परिवारसँग बसेर टिभीमा हेरेको भए च्यानल चेञ्ज गर्नुपर्ने शैलीमा। सँगैका भिक्षु पनि अब त उठिसकेका रहेछन्। उता चुम्बन चल्दै थियो, यता भिक्षु माला चलाउँदै थिए। जापानी महिला भने निदाइछन् अब।

म्यानपावर कम्पनीको एकैनासको टोपी लगाएका नेपालीहरु साथीभाइसँगै आएकोले होला रमाउँदै कुरा गर्दै थिए। सिटबाट उठीउठी झ्यालका दृश्य हेर्दै थिए।

ल…ल…सकियो।

अघि भर्खर यहीँ ट्रान्जिटमा भेटेको गुरुङ साथी कराउँदै गरेकोले अब मैले लेख्न बन्द गरेँ। बाँकी पछि लेख्नेछु।

7 Comments

  1. Lekh dherai ramro chha tapaiko!!…. nadhati bhanda dil kholera pani bayan garda pugdaina…j hoss ramro chha ….aasha garaun tapaiko yo kamle purnata pawos…kaman chha mero…!!

  2. Dear Umesh jee.
    Tpaiko lekh padera dherai khusi lagyo. hamro desh ko goverment off ma kam garne hamrai dajubhaile surumanai dukha dinchha. ani arule hamilai ta tesaipani dukha diihalchhani ki kaso. j hos hami le sunera matra kura garnu bhanda afai le herera kura garnu ramro bhaekole ,sabai jana le bahira ko yatra garnu jarurat chha jasto lagchha, any way, feri tapaiko dharabahik lekh herne maukako dinuhola.

    Tks, shrestha h

  3. Umesh ko lekhne flow ta chha, tara sabai cynical or negative hunchhan taki reader haru provoke houn bhanne expectation ma lekhiya ka hunchan.

    Umesh ko bhanne maile ahile samma chinna sakeko chhaina? Left? right? Journalist? Opinion Writeer? Story Writer? Reporter? God? Devil? So far, I find him a WHATEVER in NEAGATIVE FORM? Optimistic? Pessimistic? He sees whole world collection craps, and presents world as a crap. So, he is certainly not a God, who would have seen world a wonderful place he created for living beings. Is he devil? Certainly not in classical term, because he never harmed anyone physically, but in Cyberspace, his writings are a bit Devilistic. He always selects extreme words. He says Korean foods are Durgandhit, he says Korea is blah blah….. He criticised the japanese woman to bhikkchu… to Girija to Carter. He does not criticize Prachanda because he is scared of Prachanda’s YCL, the criminal league. Umesh claims that it is his blog site, and he has right to write anything that he wants. Well well, I never said he does not have a right. He does. But, he does not allow you to disagree with him. He wants to have only his supporters who like his negative articles. He deletes any posting that tries to disagree with Umesh. He should learn to be positive, and he should also learn to agree to disagree. I hope this visit will help him to get that point.

    Thanks.
    Gyan

  4. उमेश जि,

    कुरौटे त अलि नकारत्मत्क शब्द भयो/ ति महिला लाई बरु गफाडि भन्न मिल्छ/ तर उ भन्दा त तपाइ नै गफाडि जस्तो लग्यो.

    Never mind

    Saurav Poudel,
    SD,USA

  5. tapai lai pani immigration ma sodhpuch gryo? dukh lagyo. Hami Nepali lai ta suruma Kathmandu airport mai dukh dinchhan. Travel document bhayeko manchhe lai pani sajilo sanga yatra garna jana didainan nepali immigration officer harule…kasto bidambana? Kahile chetana aune hola khai???

  6. तपाइको लेखन शैलि उत्तम छ कथा पढे जस्तो रमाइलो ….
    रबि थापा

Comments are closed.