गुड बाई सउल

थाई एअरवेज टीजी 657 (जुलाई 5, 22:00 pm)
साहसीहरुका लागि चुनौति हो सउल। दुस्साहसीहरुका लागि एक्सपेरिमेन्टको थलो हो सउल। बाहिरबाट हेर्दा भौतिक विकासका आवरण जतिसुकै देखिए पनि ४० वर्षअगाडिको गरिबी र अभाव अझै भुल्न नसकेका मान्छेहरुको पीडा हो सउल। चार दिनको छोटो समयका लागि आएको भए पनि विभिन्न पक्षबाट सउललाई बुझ्ने चाहनामा मन नपर्दानपर्दै बस्न बाध्य भएको ठाउँ थियो सउल। तर आज नेपाल फर्कँदै गर्दा एअरपोर्ट लिमोजिन बसको झ्यालबाट बाहिर खम्बामा ‘गुड बाई सउल’ लेखिएको देख्दा एकाएक भावुक बन्न पुगेको ठाउँ पनि हो सउल। यत्रो दिन बसियो, विश्वविद्यालयका विद्यार्थीहरु, कामदारहरु, भिसाको म्याद सकिसकेका कामदारहरु, नेपाली संस्थाका पदाधिकारीहरु अनि उही कन्फ्रेन्समा भेटिएका कोरियाली मित्रहरु–धेरै दृष्टिकोणबाट हेरियो र बुझियो सउललाई। तर पनि अझै धेरै कुरा बुझ्न बाँकी नै रह्यो सउल।


सउलको छेउमा रहेका पुराना घरहरु। चाँडै नै यी सबलाई भत्काएर नयाँ फेसन सिटी बनाउने तयारी भइरहेको छ। अनि यसको विरोध पनि भइरहेको छ।

साँच्चै कति अचम्म छ सउल। दुई पाइला बाहिर भव्य फराकिलो सडक छ अनि त्यसैको छेउमा साँघुरो गल्ली। सम्पन्नताको प्रतिक गगनचुम्बी भवनहरु छन् बाहिर तर भित्र सबवेमा घरबारविहीन व्यक्तिहरु त्यत्तिकै चीसो सडकमा सुतिरहेका छन्।

अधिकांश नेपालीले सोच्ने जस्तो पैसा फल्ने ठाउँ हैन सउल। मेहनत, मेहनत र कडा मेहनतले पैसा आफ्नो बनाउनु पर्ने थलो हो सउल। अनुशासित छ सउल। इमान्दार छ सउल। कसैले कसैको वास्ता गर्दैन सउल। तर कसैलाई परिआयो भने सहयोगी हात बढाउन तत्पर छ सउल।


नेपालीहरुको भेटघाटमा कसलाई समात्यो कसलाई समातेन आदि कुरा नै बढी हुन्छ।

नेपालीहरुको परिप्रेक्ष्यमा (मैले भेटेर कुरा गरेका आधारमा) हेर्ने हो भने कसैका लागि घरजग्गा धितो राखेर दलाललाई पैसा खुवाई धन कमाउने सुनौलो सपना चकनाचुर भएको थलो हो सउल। कम्पनीमा काम गर्ने क्रममा अंगभंग भएर बाँच्नु र मर्नुको पीडा दिने थलो हो सउल। धन कमाउने आशामा उच्च निजामति पदलाई बलिदान गरेर दिनरात एकोहोरो लेबर कामलाई कडा मेहनतका साथ गर्नुपरेको ठाउँ हो सउल। हप्ताभरीको परिश्रमपछि सप्ताहान्तमा रक्सी, चुरोट र जुवाको सहारा लिनुपर्ने ठाउँ हो सउल। मिडियाले लेख्दैमा हाम्रो पीडा कम हुन्छ र, सरकारलाई राम्रो नीति बनाउन भन्नुस् भन्दै आक्रोशित हुनेहरुको जमात रहेको ठाउँ हो सउल। कुनै पनि बेला धरपकड हुनसक्ने भयले भिसाको म्याद गुज्रिएका कामदारहरु जतिबेला पनि त्रसित रहनुपर्ने ठाउँ हो सउल।

६ हजारको संख्यामा रहेका नेपालीहरुबीच पनि जाति, धर्म, क्षेत्र, जिल्ला, अञ्चल आदि गरी ४०-५० वटा संस्थामा विभाजित रहेको ठाउँ हो सउल। तर बिरामी पर्दा होस् कि आपतविपत् पर्दा, परिआएको बेला एकअर्कालाई सहयोगका साथ एकतावद्ध हुने ठाउँ पनि हो सउल।

नेपालमा हुँदा १२ घण्टा निद्राले पनि नपुग्नेहरु ४ घण्टाको निद्रा पुर्‍याएर काममा व्यस्त हुनेहरुको थलो हो सउल। अझै केही बढी कमाउँ न भनी नेपाल फर्कने दिन झन् झन् पछि सार्ने लोभ जन्माउने ठाउँ हो सउल।


सबवेको इलिभेटरमा। फोटोः कृष्णमणि आचार्य

कोरियाली प्रोफेसरहरुको पेलानमा युनिभर्सिटीका विद्यार्थीहरु सँधै ल्याबमा व्यस्त रहने ठाउँ हो सउल। भविष्यमा केही गरी नेपाल मै फर्कने अठोट बोकेका विद्यार्थीहरुको वर्तमान हो सउल। अहिले नै फर्किएर हाम्रो सीप र दक्षताको मूल्याङ्कन हुन्न भन्ने निराशा जन्माउने ठाउँ पनि हो सउल।

कोरियाली परिप्रेक्ष्यमा हेर्दा सँधै हतारमा पाली पाली भन्दै दौडिरहने र तनावका कारण राति भयो कि मदिराले मातिएर दुःखपीडा भुलाउन चाहने सहर हो सउल। आफूभन्दा ठूलालाई एकदमै सम्मान गर्ने र उनीहरुसित मतभिन्नता भए पनि विवाद नगर्ने ठाउँ हो सउल। अमेरिका र अमेरिकी शैलिप्रति एकदमै मोह छ सउलमा।

सउल यो हो, सउल त्यो हो। सउल यो हैन सउल त्यो हैन। सउल के हो, के हैन, अझै धेरै बुझ्न बाँकी नै छ। साँच्चै सउल, अचम्म छ तिमीभित्रको विभिन्नता।


मान्छे हैन, दृश्य हेर्नुस्। हान नदीमा बनाइएका कयौँ पुलमध्येको एउटा पुलमा सजाइएका बत्तीहरुलाई ध्यानमा राखेर राति अबेर खिचिएको फोटोः कृष्णमणि आचार्य

तर सलाम छ सउल तिमीभित्र रहेका साहसी हातहरुको। सलाम छ तिम्रो इमान्दारिताको। सलाम छ तिम्रो मेहनतको। सलाम छ तिम्रो अनुशासनको।

कसैले सीअफ गर्न नआए पनि झ्यालबाट देखिएका लहरै बलेका निर्जीव बत्तीहरुले मलाई विदाइका हात हल्लाइरहेको जस्तो लागेको छ। आज म सउलबाट तिम्रो साहस, तिम्रो इमान्दारिता तिम्रो अनुशासन र सबैभन्दा महत्त्वपूर्ण तिम्रो कडा मेहनतको गतिलो पाठ सिकेर नेपाल फर्कँदैछु। यी सब नभएको भए कसरी चालीस वर्ष अगाडि हाम्रै दाँजोमा रहेको तिमीहरु यसरी एक्कासी अगाडि बढ्न सक्थ्यो र। देश बदल्ने हैसियत ममा छैन। तर व्यक्तिका रुपमा म तिम्रो यो पाठलाई सदा ध्यानमा राख्नेछु र पालना गर्नेछु। यही पाठ लिएर म आज आफ्नो प्यारो देश फर्कँदैछु। गुड बाई सउल !

20 Comments

  1. purbeli
    you are right ,i am currently studying in china and i am so shocked to see devlopment of china ,here some nepali student were like so ….so……and they were trying to impress chinese like we nepali were always like that but ,i thanks god chinese always respect us ,.they know situation of our country ,inspite of this they respect us a lot,guess if we were in europe and america then………….
    chinese were all hard worker ,i see at night on 3 0 clock they were cleaning the road ,in my three year stay in china i didnt see any strike in this city.theere is no any traffic jam .
    and at end ,when they became tired in midnight then they go to small bhatti (resturant)and buy beer (20 nepali rupee a bottle )and enjoy ,no discrimination many even come with cars pajero,park near by bhatti and drink bottle of nepali 20 rupee bottle .
    thanks to umesh ji also
    bye

  2. i really apreciate that you have written the unseen truth.wherever you go tapaile teha shiny ghar matra dekhnu hunna , teha ko garibi ,teha ho pida sabi paunu hunchha.baahira bata herda jati ramro hunchha , bhitra teati nai khokro, yeahi nai ho sansar, tara chitto develop hunu ra dhilo yeati nai ho pharak. anyways thankyou for your sharing.

  3. I would like to comment on comments.
    At the first, I would like to comment on Purbeli that your calculation is totally wrong. It is agreeable that China is rising peacefully in ASEAN, and as India in South Asia. However, China with huge population does have vast disparity between people in terms of wealth and place in terms of development. China is still a closed country and Chinese goods are available as not being qualitative rather the cheapest things without quality every where in the world.
    It is humorous to compare China with the USA. Do you know USA’s economic prosperity and military power weight even more when we add all the wealth and military power of all Asian countries including China, Japan and South Korea? China is China, a closed communist country and it is still developing. It can ever never meet to Japan and even South Korea as well in terms of economic prosperity. The comparison with the USA is too remote.
    Furthermore, I would like to go for ZZ. Korea is almost same country before 30 years ago. The social and political system in Korea is fairly similar to Nepal few decades ago as well. People still (at present) have mistrust on political leaders. Past few presidents were as corrupted as Nepalese political leaders or they are even more corrupted than ours. Students demonstrated on street and they shot dead as well. It is not an exception. The moment its economy rose up under the dictatorship of President Chung, drastically social and political condition changed. .However, the Korean development is unique and we cannot compare with Nepal’s situation. It is because South Korea is supported and backed up by America. The USA never wants Chinese intervene in South Korea as North was backed up by USSR and China. To stop communist intervention, the USA supported South Korea and simultaneously it forced South Koreans to liberalize their market and to open their policy. Our situation is quite different. Geo physically, Nepal lies in the middle of the poorest and lawless part of India and also the poorest part of China, Tibet. And it is also noticeable that our lack of policy for pursuing effective policy for coping with two big Asian rising superpowers, China and India.

  4. I have realized that you learn more from traveling, meeting new people, and getting new experiences than studying books in classrooms. Umesh, your travel blog was great. I enjoyed it a lot. I hope you get to travel again within Nepal and outside Nepal (even if it’s India) and write about your experiences.

  5. you have exposed out the reality of soeol(may be spelling wrong).As per your description of soeol of south korea and my experience of melbourne city of Australia, most of the things are same.Anyway entire new and creative vison with much more strive is required for the development of each and every contry in the world. The culture is a must for the developement.As you see , for instance, “time”.(neither soon nor late or neither earlier not later)
    punctuality is a must.Westerners have defined our (asian culture) as a denail culture as majority of the people think in a negative way in every sphere of life.i could see the huge difference of australian way of thinking and nepalalese way of thinking that directly or indirectly affect in the development of society or the country.
    Any way,happy journey to nepal.

  6. k ho seoul? kasto cha seoul..? dekhey maile pani, raamro laagyo malai pani. lekhai ley mann choyo, ekpatak ma pani ghumi aau ki jasto pani laagyo seoul. tara ma sakdaina, tara ma jaadaina, ma patrakar hoina, bhagya pani teti thulo chaina.

    yehi nepal maa basyaa chu, yehi nepal kai ghaam paani khaadai chu, rahar ta cha hai, but nepal testo bhayeko dekhnu awasar paaiyelaa jasto laagdaina.

    kina kina, nepal ko bastabikta lai korea sanga daajna mildaina.

  7. उमेश जी गरिबी भनेको जहाँ पनि उस्तै हो। चाहे अमेरिका होस चाहे जापान नै किन नहोस जहातही भिखारीहरु भीख माग्दै हिडेको हुन्छ।
    हामिलाई लाग्छ अमेरिका विश्वको धनी राष्ट्र हो भनेर तर त्सस्को गुदि केलाउने हो भने अहिले अमेरिकामा १७% गरिबी बढेको छ। त्यो पनि अहिलेको बुशको प्रशासनमा,यो भन्दा पहिले अमेरिकामा १४% मात्र गरिबी थियो। तर अहिले ह्वात्तै बढेर १७% पुग्यो। तर हामी के ठान्छौ भने अमेरिका मा ता गरिबी नै छैन। तर यो सरासर गलत हो। बाटो बाटो मा जहासुकै भिखारीहरु भीख मागेर अमेरिका जस्तो देशको खिल्ली उडाईरहेको छ। झन अहिलेत खै कुन शहर हो सायद सानफ्रासिस्को होला!!लाई ता city of homeless उपाधि जितेको छ ।
    बरु चीनमा गरिबीको दर द्रुतगतिमा घटाएको छ अहिले आएर ८% मा झारेको छ। त्यो भनेको नेपालको जनसंख्या जतिनै हो। र निकट भविष्य मा ०% मा झार्ने लक्ष्य छ चीनको। तर झार्न पनि सक्छ किनकी चीनीयाहरु संसारको सबैभन्दा मिहेनती मानिसहरु हुन र यिनिहरु दिनरात काम गरिरहन्छ र ५ घण्टा मात्र सुत्छ। यसरी नै प्रगती गर्ने हो अने अबको ५ बर्षमा अमेरिकालाई उछिन्ने हिसाब छ चीनको। तर उछिन्न पनि सक्छ किनकी अहिलेको विश्व बजारनै चीनले कब्जा जमाईसकेको छ हरेक क्षेत्रमा अनि नउछिनुन पनि कसरी???

  8. umesh ji,

    seoul matra hoina Nepali haruko halat sabai desh ma akai ho.Jhan europe ma dherai paisa kamaune aasle student visa ma mahago tution fees tirera auchan tara bastabikta yahi aayera thaha pauchan.Tapai harule yo kura sabai Nepali harulai puryauna saknu parcha.J hos halka bhaye pani Nepali ko bijok hernu bhayecha ..tara sansar ko dherai dhauma hamro daju bhai haru yesto halat ma chan.

    ChAHE STUDENT HOS WA KAMDHAR

  9. Thank you Umeshji for your touching write up . I can not agree more with you . This is superb !
    सबै टल्किने चिजहरू हिरा हैनन, तर हिरा नै दिनोस् बच्चाका लागि दूध सहितको बोतल प्यारो हो कुल्लिनानको डल्लो भन्दा । परदेश थोरै भाग्यमानीका लागि रहर वा स्वर्ग हो तर लगभग ९९ प्रतिशत अदक्ष र सस्तो कामदारहरूको निर्यातक मुलुक नेपाल र नेपालीका लागि वाध्यता नै हो, शंका छैन । परदेशीले त नेपाली सस्तो मजदूरलाई हेप्ने नै भए तर यिनको श्रमको खून चुसेर नेपालीलाई सताउने नेपाली नरपिशाचहरूको आकृतिहरू नै अरू घिन लाग्दो छ ।

    नेपालतर्फको यात्रा मंगलमय रहोस् !!!

  10. the experience u gained from this visit of korea is immensely huge and i believe it will last for long time in future.
    so try to keep these thoughts of the achievements and prosperity these korean gained in mind and
    do your best to implement them in our homeland from your side as much as you can.
    being far away from the country I myself feel regret of not being able to give any direct contribution to the nation,
    so I think u are lucky enough to be in nepal and see the other developed country smultaneously
    so u have every chance and oppurtunity to try to make our nation better.
    one thing what u can do instantly is to start some social work of your interest after going back to nepal of any kind which should directly or indirectly help our country
    and to support your act nepalese like me whose heart and mind is always in nepal but could do much because of the fact that we can’t come back nepal easily and aslo it’s not so practical not only for ourselves but also may be not so usefull even for our nation since we already have so much population there.
    so in summary we will help you out in your work
    by funding your projects , giving our views and a lot of other things too
    so let’s wish a good luck for all of us in this dream of making nepal a better country !!!!!!!!!!!!!!!!!11

  11. कोरियाली प्रोफेसरहरुको पेलानमा युनिभर्सिटीका विद्यार्थीहरु सँधै ल्याबमा व्यस्त रहने ठाउँ हो सउल…
    ramro lagyo….
    couldn’t meet u…but though had deep interest..
    bujhi halnu bhayo ni hoina……

  12. उमेश जि
    बधाई छ . तपाईको प्रगतिको कामना गर्दछु! तपाईको अनुपस्थितिमा दिपक् जि ले राम्रो भुमिका निर्बाह गर्नु भयो! ज्यादै राम्रो आर्टिकल लेख्ननुभयो. बास्तब्मा इन्डिया गयेर हाम्रो देश टुक्रा टुक्रा पार्ने यो देश द्रोहि हरुलाई अब सबै नेपालि हरुले चिन्नु पर्छ . जन आन्दोलन २ मा कुन दुलोमअ लुकेर बसेकाहरु अहिले ठुलो भाग खोज्न आयेका छन अब सबैले यिनिहरुको प्रतिकार गर्नु पर्यो. नेपालि नेपालि लाई फुटाउने खेल सफल हुन दिनु हुदैन . अब देस बचाउने हो भने सबै नेपालि हरुले सोचौ र YCL साथिहरुलाई लियेर अघि बढदै यि लोभि पापि फटाहा हरुलाई ईन्डिया पठाई दिउ. I really appriciate the role of great revolutionary leader Mr. Ramraja Singh who didn’t involve in the game of split our nation. Please please all Madhesi nepalis brothers & sisters don’t give your support or vote to those culprits and save our nation. If country is there we can be recognized as a Nepali. If you continue support to those culprit for the sake of madhesi aandolan they will sell our country to India and send you the legal documents to you so be aware and start betrays against those Upendra Yadav, Jwala Singh, Goit & other culprits.

    जय देश

  13. Million dollars conclusion.
    Keep thinking and sharing positive things, beside dirty politics every nepali (even gyane or prachanda) has so many good things in them. Just try to use in proper way.

  14. चार दिनमा निकै धेरै कुरा देख्नु भयो । पत्रकारको रुपमा माइसंसारको शुभेच्छुकहरुको साथमा नेपालि समुदायको आफ्नोपनको अनुभव गर्दै यति छोटो समयमा यति धेरै जानकारी संकलन गर्नु भएकोमा बधाइ छ । जे होस, बिदेशको तिरिमिरिझ्याँइ पछाडि लुकेको यथार्थता देखियो हैन त ? बिकास कस्तो हुँदो रहेछ, बिकास गर्न कस्तरी मेहनत गरीदो रहेछ, देखियो हैन त ? बिकास गर्ने अठोट र सामर्थ्य हुँदाहुँदै पनि बिकासको किरणले छुन नसक्ने ठाउँहरु कति नजिकै हुँदो रहेछ, देखियो हैन त ? यूवा शक्ति काममा कत्तिको दत्तचित्त हुँदा रहेछन, देखियो हैन त? पाएको अवसरको सदुपयोग गर्न हरेक मान्छे कतिको चनाखो हुँदा रहेछन, देखियो हैन त? भाषण र कुरा नभै श्रम र इमान्दारीतालाइ महत्त्व दिदा देशको स्वरुप कस्तो हुँदो रहेछ, देखियो हैन त ?

    अब त्यहाँ देखेका, सुनेका अनुभव गरेका कुराहरुलाइ नेपालमा रहेको ब्यबस्था र नेपालीका आचरणसित दाँजेर ब्लग लेख्नु होला । घरबाट पढ्न भनेर स्कुल-कलेज जाने तर बाटोमा टायर बाल्ने देशका लागि चिन्तित जुझारु यूवा कर्मठ देशभक्त क्रान्तिकारी बिद्यार्थिले देशको भविष्य कति सुन्दर बनाउदा होलान । कोठामा बसेर षडयन्त्र गर्ने, समकक्षीको खुट्टा तान्ने खेलमै जिन्दगी बिताउने नेताहरुको देशभक्तिपूर्ण, लोकतान्त्रिक, अग्रगामि छलाङ लगाउने, प्रतिक्रियाबादिहरुलाइ परास्त गर्ने, सुशासन कायम गर्ने, भाषणहरुले देशलाइ कहिले स्वीजरलैण्ड बनाउँदा होलान । हल्लिदै १० बजेतिर घरबाट निस्कने, अफिसमा काम भन्दा गफ बढी गर्ने तर सँधै तलब नपुगेको, सुबिधा नपुगेको, प्रमोशन नपाएको, गुनासो मात्रै गर्ने, सन्तुष्ट कहिल्यै नहुने तर जागिर पनि कहिल्यै नछोड्ने राष्ट्रका सेवक कर्मचारीहरुको योगदानबाट देशमा कहिले सुशासन आउँदा होलान । नेताको पछि लाग्नु र नेताले दिनभरीमा क-कसलाइ भेट्यो, क-कसलाइ के के भन्यो भन्ने कुराको मात्रै रिपोर्टिङ गर्दै जनतालाइ सुसुचित गर्ने चनाखा पत्रकारहरुले कहिले जनतालाइ उँभो लगाउने समाचार र सुचना बाँड्ने होलान । बिषय धेरै छ यसरी टोक्नु पर्ने ।

    उमेशले कोरीयामा रहेका नेपालीहरुको धेरै कथा, उमंग, उत्साह, दु:ख, पीडाहरु संकलन गरेको होला नै भन्ने आशा छ, जुन बिस्तारै अरु ब्लगमा आउला । मलाइ सोध्न मन लागेको चै, कोरीयालि आँखाबाट त्यहाँको सरकार, जनता र देशलाइ कसरी हेर्दा रहेछन यो कतिको बुझ्नु भयो ? के हामी नेपाली जस्तै खाली गाली मात्रै गर्ने, असन्तुष्ठी मात्रै पोख्ने, निराशा र घृणा मात्रै ओकल्दा रहेछन ? के हामी नेपाली जस्तै दोष जति अरुको थाप्लोमा थोपर्ने, आफु साखुल्ले बन्ने र जिम्मेवारीबाट पन्छिने गर्दा रहेछन ? यी कुराहरु तपाइको शब्दमा राख्ने प्रयास गर्नुस है त । अनि फेरि अर्को प्रश्न, त्यहाँको कोरियाली समाचार, टिभिहरु हेर्दा, हाम्रो नेपालमा जस्तो फलाना नेताले यो भने, ढिस्कानाले यसलाइ भेटे, फलानाले यो गोष्ठी उद्घाटन गरे, ढिस्कानाले यो पुरस्कार बितरण गरे जस्ता कुराहरु कतिको पाउनु भो ? के यो कोरिया भ्रमण पछि माइसंसारको आउटलुक, न्युज दिने थिमहरुमा केहि परिवर्तन गर्न जरूरी महशुस भयो कि भएन । ओहो, प्रश्न धेरै भएछ है । बिस्तारै जवाफ दिंदा हुन्छ ।

  15. What u felt is reality……..
    Always try to be desciplined and honest like korean…….
    Disclipline,honesty and hard labour are ornaments of Korean ………

Comments are closed.