राजाले फेरि टेन्सन दिने भो

नचल्ने नोट (माथि) चल्ने नोट (तल)। फोटो साभारः सन्डेटाइम्स गद्दी छाडेर खुरुक्क नागरिक बन्न गएपछि राजाका कारण अरु नागरिकले खासै दुःख पाएका थिएनन्। तर अब दुःख पाउने बेला भएको छ। तर राजाको कारण हैन, उनको फोटो भएको नोटका कारण। किनभने देशमा बरु त्यति गाह्रो भएन होला राजतन्त्र हटाउन नेताहरुलाई, जति राष्ट्र बैँकलाई बजारबाट राजा भएका नोट हटाउन परिरहेको छ। राष्ट्र बैँकले त्यही गाह्रोपन अब हाम्रो टाउकोमा थोपर्न लागेको हो। फलस्वरुप भोलिदेखि सैद्धान्तिक रुपमा राजा भएका नोट चल्ने छैनन्। राष्ट्र बैँकले भोलि अर्थात् चैत १ गतेदेखि राजाका फोटो भएका नोटको कारोबार नगर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ। कारोबार गरे त्यसको सट्टाभर्ना दिन आफू बाध्य नहुने चेतावनी पनि उसले दिएको छ। यो निर्देशनको व्यवहारिक असर कस्तो पर्नेछ, भोलिदेखि थाहा हुनेछ। किनभने राष्ट्र बैँक कै तथ्याङ्क अनुसार अझै २८ अर्ब २२ करोड रुपैयाँ बराबरका नोटहरु बजार मै छन्।


सामान्य व्यवहारमा खासै समस्या आउने देखिन्न। बस वा टेम्पो चढिसकेपछि वा कुनै रेस्टुरेन्ट गएर खाइसकेपछि राजा भएको नोट दिँदा उनीहरुले लिँदिन भन्न पाउन्नन्। अर्को नोट छैन त के गर्ने, बस चढिसकियो, खानेकुरा खाइसकियो। त्यही नोट नलिई सुखै पाउन्नन् उनीहरुले।

तर दिनहुँ पैसा ब्याङ्कमा जम्मा गर्नुपर्ने सुपर मार्केट र खुद्रा व्यापारीहरुले यस्तो नोट लिँदिन भन्न थाले भने चाहिँ समस्या आउन सक्छ।

त्यसपछि तपाईँको टाउको किन दुख्छ भने त्यस्ता नोट विभिन्न सहरमा रहेका राष्ट्र बैंकका आठ कार्यालय तथा राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडका ६७ शाखाले मात्र साटिदिनेछन्- जतिको नोट हो त्यतिमा।

तर अब यो निर्णयका कारण गलत मनसाय भएकाहरुले राजाको फोटो भएका नोट चल्दैन १०० को ५० मा साटिदिन्छु भनेर हल्ला मच्चाउन बेर छैन। यसलाई नियन्त्रण गर्न के योजना छ, सार्वजनिक गरिएको छैन। समस्या पर्नुअघि नै सावधानी अपनाउने हैन, समस्या परेपछि बल्ल समाधानका उपाय खोजिने चलन भएकोले जे हुन्छ, देखा जायगा भनेर हेर्नुपर्ने स्थिति छ।

गणतन्त्रको अनुभूति जनजीविकाका अरु विषयमा हैन, नोटमा खोज्न थालिएपछि यस्तो हुने नै भयो नि।

अचम्म छ, पुराना हुँदै गएपछि नोटहरु यत्तिकै राष्ट्र बैँकमा फर्केर आइहाल्छन् नि। किन यसरी सर्वसाधारणलाई दुःखै दिने नियत लिएको हो ? सबै बैँक तथा वित्तीय संस्थालाई राजा भएका नोट आएपछि राष्ट्र बैँकमा साटेर नयाँ नोट लिन भने पनि हुने हो।

95 Comments

  1. हिम्मत छ भने नेपाल भरि चल्ने इन्डियन नोट रोकोस न यो सरकार अनि राष्ट्र बैंकले

  2. राजा भएको नोट् सस्तोमा किन्ने ब्यापार फस्ताउने भयो भनी सालोकी जी ले यक्दम ठीक कुरा गर्नु भयो।

    उहिले यस्तै काम भएको थियो। भारत् ले आफ्नो देस मा चलाऊन बन्देज लगाएको बिक्रम तेम्पो (स्व)कृष्ण प्रशाद भात्तरायी ले नेपाल ल्याउन दिये। त्यो धुँवा को मुस्लो फाल्ने बिक्रम तेम्पो ले नेपालको मुहार नै कालो बनाये। अनी बिक्रम तेम्पो चलाऊन पायिने निएम बन्न लागेको हल्ला पितिये। जनताले हतर पतर ती बिक्रम तेम्पो हरु सस्तो मा बेच्न थाले। किन्ने जती सबै नेताहरु र् ठुला ब्यापारिहरु रहेछ। पछी बिक्रम तेम्पो उप्त्यका मा मात्रै चलाऊन नपायिने र् बिक्रम त्याम्पो उप्त्यका बाट हताएको ब्यापारि हरु लाएे भन्सार छुत दिएर भारतको मारुति कार झिकाउने सुबिधा दिये। नेता र् ब्यापारि र् भारत फेरी मालामाल भये।

    तेस्ताइ कुरा कांग्रेस्को सरकार मा अर्थ मन्त्री भएको महेश अचार्य् पालामा पनि भयो। मेश आचार्य् अर्थ मन्त्री भएको बेला त्याक्सी राख्न मारुति कार झिकाएमा ५०% भन्सार छुत हुने निएम बनाय्। नेतार ब्यापरि अनी भारत फेरी पनि मालामाल भये। सडक भरी मारुति कार हरु गूड्न थाले। तेसै ताका एउता मारुति कार्ले किचेर मान्छे मर्यो त्याक्सी द्राभर पकदिये। उस्को बयान अनुसार गाडीको बास्त्विक मालिक त् अर्थ मन्त्री महेश आचार्य् पो रहेछ। महेश आचार्य् को मात्रै सय् वता भन्दा बढी मारुति कार रहेछ।

    किन हाम्रो नेताहरुले जे गरे पनि नेता ब्यापारि अनी भरत मात्रै मालामाल हुने नियम बनाउन्छ? के कमिशन पाउने भएर हो?अहिले राजा भएको नोट् नचल्ने बनाउन्दा पनि जनताले बाध्य् भएर भरतिये नोट् बोक्नु पर्ने हुन्छ। यो कुराले देशको अर्थ तन्त्र मात्रै होयिन रास्त्रियता समेटा भारत् मा आश्रित हुन जान्छ।

    सुर्य् बहादुरको पालामा, नेपालको संबिधान अनुसार आफ्नो सम्पत्ति को भोग चलन बेच बिखन गर्न पाउने जनाटकओ संबैधानिक अधिकार लत्यायर नेपालमा बिस बर्ष पुरानो गाडी नचल्ने बनाय्। तेती बेला भारत् मा भर्खर भर्खर जापानको सुजुकी कम्पनिले मारुती कार र् होन्डाले हिरो होन्डा मोटार सायिकल जदान गर्ने कार्खाना बनाएको थियो। ती कम्पनीहरु लायी आफ्नो गाडीहरु बिकाउनु थियो। सुर्य् बहादुर ले कती कमिसन पाये कुन्नी, उस्ले नेपालको सरकार सित भएको हजारौ बिस बर्श् पुरानो गाडीहरु थन्काउनु पर्ने र् मारुति गाडी किन्नु पर्ने नियम बनाय्। यो नियम को चपेता मा जनता पनि परे। यिनिहरुले जे जती नियम बनाएको छ् सबै जनता लायि कङाल बनाएर आफु र् भारत् धनी हुने नियम मात्रै बनाएको छ्।

    अगुल्तो ले हानेको कुकुर बिजुली चम्किन्दा तरिन्छ र् छोरा को खुट्टा कात भन्दा सबै भन्दा पहिला छोरा ले नै खुता उथाउन्छ। राजाले सुशासन चलाऊन सकेन भन्दै आँफै राजा बन्न पुगेका नेताहरुले त् मन पारी तन्त्र मात्रै होयिन लुत तन्त्र नै चलाए।

    राजा बेथिक थिए भन्नेहरु पनि आज होयिन हो यिनिहरु जती त् राजा बेथिक थिएनन नि भन्न् बाध्य् हुँदै आए। परि आएमा राजा त् फाल्न सक्ने जनताले अब यि कुजात नेताहरु पाएमा के राजा लायी जस्तै फाल्छ मात्रै? कात्ने छ् एस्ता कुजात नेताहरु लायि खुला चोक्मा ल्यायर। यही कुरा बुझेर यी मनपरितन्त्र चलाऊने नेताहरु राजा नाम देखी तर्सेको हो। नभए आम् नागरिक भयी सकेको भु पु राजा सित यती तर्सनु पर्ने कारण नै थिएन/

    जनताले संबिधान सभाको चुनाव मा भाग लिएर अहिले लायि राज तन्त्र त्यागेकै हो। लोक तन्त्र स्विकार गरेकै हो। त् राजाको भुत यि नेताहरु मा किन सवार भयो? राजा हताउन लगायर आँफै राजा बन्न खोजेकोले नै त् हो?

  3. This is completely stupid decision. Now there is high chance of being robbed because everybody has to carry big amounts of money to get exchanged.
    Nepal Rastra Bank should compensate if someone is robbed.

    The decision is completely nonsense. It does not matter, whose is on the photo, its a matter of worth that a note carries with. It is a strategy of Nepal Rastra Bank and other Banks to solve their liquidity problem.

  4. यो टेन्सन राजाले होइन राजाको नाममा राष्ट्र बैंकले जानी जानी मिलोमतोमा नयाँ नोट छाप्ने जाल हो | २४० बर्ष राजाको शासन खपेका जनताले यो हल्का कागजी नोट अर्को एक दुइ बर्ष खप्न नसक्ने होइन | नोटको नाममा नोट कमाउने दाउ हो | अब यिनले राजाको समयमा जन्मेकालाइ पनि सिध्याउने प्लान ल्याउन बेर छैन |

  5. त्यो भनेको इतिहाँस हो, जुन कदापि मेटिन्न/ राजसंस्था हट्यो भनेर नोट नै हटाउनु पर्ने चाहि थिएन/ यी नेताहरु सारै बच्चा छन् बच्चा!!!

  6. यो पुरानो नोट जस्तै यो देशका नेता लाइ साट्ने ठाउँ छैन. नोट त बरु चल्लान ..प्रचण्ड, बाबुराम, माधव,झलनाथ कहाँ चलाउने ? लौन पशुपतिनाथ यिनलाई कतै पठाउने व्यवस्था गर्नु न……..थुक्क पाजी नेता हो केहि गर्न नसकेपछि नया नया बखेडा….

  7. नोट फिर्ता गर्ने निर्णयलाई यो सरकारले तुरुन्त खारेज गरोस | यो निर्णय माकुनेको पालामा नै भएको थियो | यस्तो दरिद्री निर्णय आइन्दा सुन्न नपरोस || वाईहात !!

    हीमराज खुर्पेटो

  8. हाम्रो देशमा यस्तो सम्म दुर्गम ठाउं छ कि सदमुकाम पुग्न एक हप्ता हिंडेर आउनु पर्छ र पर्कन एकहप्ता भन्दा बढी लाग्छ भन्ने कुरा यी नेता, मन्त्री र राष्ट्र बैंकलाई थाहा पाउनु पर्ने हो / आफुहरु सुगममा बस्या छ भन्दैमा गरिब जनतालाई दुख दिनु त हुँदैन नि / यस्तो वाहियात निर्णय गरेर अब लुच्चा, फटाहा, दलाली र ब्यापारीहरुले हाफ मोलमा राजा भएको नोट लिएर गरिब जनतालाई ठग्नु ठग्ने भयो / यो निर्णयको बिरोधमा तुरुन्त सम्पूर्ण जनता उठ्नु पर्यो / नत्र भने सोझा, सिदा, लाटो, गरिब जनता १०० % लुटिने भयो / यो निर्णय तुरुन्त फिर्ता गर्नु हुन नेता, मन्त्री र राष्ट्र बैंकलाई अनुरोध गर्दछु /

  9. हुन त झुत्रा नोटहरू विस्तारै हटेर जाने कुरा पनि ठीकै हो । तर ‘नेपाली नोट हो, चलिहाल्छ’ नि भनेर कत्ति न इज्जत गर्याजस्तो गरेर आफ्नै देशको बेइज्जती सहनु नपर्ने भएको छ । यो कुराचाहिँ मलाई साह्रै मन पर्या’छ र यसका लागिचाहिँ सम्बन्धितहरूलाई धन्यवाद पनि दिन्छु । यसरी निश्चित प्रक्रिया (तीन पटकभन्दा बढी एउटै नोट बजार नपठाउने नीति) अपनाई पुराना र झुत्रा नोट प्रक्रिया एकदमै उचित छ । त्यसमाथ पूर्व राजाको टाउको भएका नोट त ३ वर्षभन्दा बढी भइसके, जबकि एउटा नोटको आयू डेढ वर्षमात्र रहेको भनिन्छ । त्यसैले पूर्वा राजाका टाउको भएका नोट झूत्रा-च्यातिएकामा पर्ने भएकाले यस्ता नोटमाथि हटाउने निर्णयलाई अन्यथा व्याख्या गर्नुहुँदैन ।

    अनि हामी आमनागरिक त खै के भन्नु ! राजनीतिबाट यति दिक्दार छौं कि सरकारले लागू गरेका राम्रा कुराहरूमा ध्यान नै दिँदैनौं । वास्तवमा राष्ट्र बैंकले म्याद तोक्नुको कारण हाम्रै बेवास्ता पनि हो । यो निर्णय त पाँच महिना पहिले नै भएको हो । राष्ट्र बैंकले त्यसबेला स्वभाविकरूपमा सिधै सर्वसाधारणलाई आह्वान नगरी वित्तीय संस्थाहरूलाई यसमा सहयोग गर्न निर्देशन दिएको थियो । तर वित्तीय संस्थाहरूले पनि खासै ध्यान नदिएको र हामी आमजनता पनि यस्ता खबरलाई बेखबर गर्ने कारणले आजको दिन ‘देख्नुपरेको’ हो ।

    ट्राफिक प्रहरीले डिजिटल नम्बर प्लेट हटाउने अभियान र राष्ट्र बैंकको झुत्रा नोट हटाउने अभियान मिल्दोजुल्दो छ । ट्राफिकको उक्त अभियान पनि चैत्रदेखि कडारूपमा लागू हुने हल्लामात्र सुनिएको थियो, तर अहिले फेरि एकमहिना थप गरिएको खबर आइरहेको छ । वास्तवमा अहिलेको भाँडभैलो राजनीतिमा यस्तो अस्वाभाविक पनि होइन । तसर्थ आफूलाई अफ्ठ्यारो पर्यो वा पर्ने भयो भन्दैमा सरकार र प्रशासनले चालेको राम्रो कदमको गुह्य कुरा नबुझी गालीगलौजमा उत्रिनु बुद्धिमानी होइन ।

    • पुश्पजी तपाईले यसलाई राम्रो कदम भन्नु भएकोमा मेरो आपत्ति छ. किनकि च्यातिएका झुत्रियेका नोटहरू नोट फिर्ता मगाउने नाममा जनतालाई दुख दिनु गलत मानसिकताले ग्रसित हुनु सिबाय केहि होइन. यदि पुराना नोट बजारबाट हटाउनु छ भने ब्यांक हरुलाई पुराना नोट आए पुरानाको ठाउमा नया दिनु भने भैहाल्यो नि. किन जनतालाई जबर्जस्ति दुख दिएर डेड लाईन तोक्नु. पैसा भनेको सम्पत्ति हो. कसैले यत्तिकै आफै संग राख्छ चाहन्छ भने त्यसरी नै राख्न उसले पाउनु पर्छ. जो सुकै को पालामा छापिएको होस् वा जो सुकै को फोटो होस् राज्यले एक पटक स्वीकारेको र जनताको हातमा पुर्याएको जनताको सम्पति किन अनावस्यक झमेला सिर्जना गरेर खिच्नु पर्ने? कि त देशको मुद्रास्फीति अति नाजुक अवस्थाले बढेर अबमुल्यन गर्नलाई पुराना पैसा हटाउनु पर्थ्यो. त्यो अवस्था त होइन. नत्र भने २/४ वर्षमा आफै हट्थ्यो. बिरेन्द्र कै फोटो भएको नोट देख्न गारो भई सकेको थियो ज्ञानेको फोटो भएको नोट आफै हट्थ्यो. अरु केहि होइन के के न गर्यौ भनेर देखाउनको लागि मात्र हो. गणतन्त्र मा एउटा संबिधान त दिन नसक्ने हरु निकै गणतन्त्रवादी बन्नु परेको. एउटा नोट छाप्न कति पैसा लाग्छ? सुने अनुशार रु ५ देखि रु १० सम्म लाग्छ रे. अरबौ वटा नया नोट छाप्न अरबौको लगानी. अब पुराना नोट हटाए पछी नया ल्याउन थप नया कति नोट चाहिने हो. अनि त्यो नोट छाप्न कसलाई दिने हो र कति कमिसन खाने हो? म त यसलाई केहि राम्रो कुरा भन्दिन. खाली भ्रस्टाचार गर्ने जुक्ति मात्र देख्छु.

      • मैले कुन कुरालाई राम्रो कदम भनेको हुँ भनेर मेरो प्रतिक्रिया फेरि पढ्नुहुन अनुरोध छ हृषिकेशजी । तपाईंले उल्लेख गर्नुभएको समस्या जाजय छ, तर समाजमा कुनै पनि कुरामा सुधार गर्दा त्यसले समाजमा बस्नेहरूलाई प्रत्यक्ष-अप्रत्यक्षरूपमा असर पुर्याउँछ नै । जस्तै तपाईंले कुनै चोकमा दिनहुँ फोहोर फाल्नुहुन्थ्यो, कुनैदिन त्यहाँ फोहोर फाल्न प्रतिबन्ध लगाउँदा त्यसले तपाईंलाई असर पर्यो । तर यसो भन्दैमा तपाईंलाई जथाभावी फोहोर फाल्न दिने ? कि तपाईंको बानीमा परिवर्तन आउँछ भनेर केही समय कुरेर बस्ने ?

        मैले माथि नै उल्लेख गरेअनुसार अहिलेसम्म झुत्रा नोटहरूको प्रयोगलाई हटाउनेबारे खासै कुनै ठोस कदम चालिएको थिएन । तर अहिले आएर झुत्रा नोट हटाउन निश्चित समय र प्रक्रिया अपनाइने भएको छ । यसले अहिलेमा बजारमा रहेका झुत्रा नोटमात्र होइन, भविष्यमा हुने झुत्रा नोटको सामना हामीले गर्नुपर्ने नभएको छ । भारतीय वा अन्य देशका नोटहरू हामीलाई सँग्लो चाहिन्छ, उनीहरूकै देशमा पनि झुत्रा नोटहरू बजारमा चल्दैनन् । तर हामी झुत्रा नेपाली नोट ‘मज्जाले चल्छ’ भन्छौं; यो गर्व वा इज्जत हो कि बेइज्जत ? कमसे कम मेरा लागि यस्ता कुरा बेइज्जतीपूर्ण लाग्छन्; आत्मग्लानी महशुस हुन्छ यस्ता कुराले । त्यसैले, नोटजस्तो महत्वपूर्ण वस्तुलाई हामीले महत्व दिनैपर्छ । जहाँसम्म नोट छाप्ने कार्यमा खर्चको कुरा छ, त्यो बढ्नु त स्वभाविक हो । तर केही पाउन केही त गुमाउनैपर्छ भन्छन् नि !

  10. जनता लै अर्को सास्ती , नेताहरु लै मोजमस्ती कस्तो लापरबाहीको निर्णय

  11. यो सबै हामी जनतालाई दुख दिने काम भयकोछ नोट झुत्रो भयपछी त राष्ट्र बैंकले संकलन गर्नेनै हुन्छ र नया नोट छाप्दा राजाको फोटो नाराखनेनै गरि छाप्छ भने अहिले किन राजाको फोटो भयको नोटलाई प्रतिबन्ध लगाउनु पर्यो / कि नया नोट छाप्दा पाउने कमिशनको लोभले हो कि गवर्नर ले नोटमा सहिगर्न हतार भयकोले हो केहि बुझ्न सकियन /

  12. राष्ट्र बैंकका कार्यकारी निर्देशक, गवर्नर र अर्थ मन्त्रीलाई मोटो कमिशनको लाभ, गवर्नरलाइ नोटमा सहि राख्ने लालच पुरा हुने, नोटका अशली हकदार जनतालाई यातना र थप आर्थिक भार आदि यो निर्णयको परिणाम हुनेछ / मालिक नचिन्ने भतुवाहरुले यस्तै सिवाय अरु के नै काम गरेको थियो, गर्छ र गर्नेछ यो देशमा ? यी भतुवाहरुलाई देशको ढुकुटी रित्याएर देश बिदेशमा तालिम अध्ययन गराएको यस्तै प्रतिफल दिनलाई हो ? थुक्क त्यो बिदेशी डिग्री, PhD को प्रतिफल ! मालिक नचिन्ने कपुत भतुवाहरु !

  13. आज एसको टाउको भोलि तेस्को टाउको …..पर्सि तेस्को…..भुत्राको…टाउको को पछाडी लाग्नु…….. येत्रो समय त देश बिकाश गर्न नसके नि परियोजना तयार गर्न मा त लाग ….
    खैर यो त सारा नेपाली ले भन्ने उही पुरानो मिठो कहानी हो…
    लौत समाधान तिर लागौउ…….. भा रु. त कसैलाई मान्य नहोला…..***********नेता हरु बाहेक ….*********बरु डोलर मा परिणत गर्दा कसो होला….. टेन्सन नै खत्तम……

  14. होइन यो कति सजिलो कुरा गर्याहोला मैतीदेवी बाट कुपन्डोल गएर पोइसा साट्ने जस्तो , हाम्रा देश का प्रसासक हरुलाई नेपालमा जिल्लाका सदरमुकाम जना २ दिन हिड्नु पर्छ भन्ने थाहा छैन कि क्या हो / बिचार धनेले ३ दिन जोतेर कामको ५० रुपिया साट्न अर्को ४ दिन हिड्नु पर्नेभयो / थुइक्क प्रसासन /

  15. हाम्रो देशमा यस्तो सम्म दुर्गम ठाउं छ कि सदमुकाम पुग्न एक हप्ता हिंडेर आउनु पर्छ र पर्कन एकहप्ता भन्दा बढी लाग्छ भन्ने कुरा यी नेता, मन्त्री र राष्ट्र बैंकलाई थाहा पाउनु पर्ने हो / आफुहरु सुगममा बस्या छ भन्दैमा गरिब जनतालाई दुख दिनु त हुँदैन नि / यस्तो वाहियात निर्णय गरेर अब लुच्चा, फटाहा, दलाली र ब्यापारीहरुले हाफ मोलमा राजा भएको नोट लिएर गरिब जनतालाई ठग्नु ठग्ने भयो / यो निर्णयको बिरोधमा तुरुन्त सम्पूर्ण जनता उठ्नु पर्यो / नत्र भने सोझा, सिदा, लाटो, गरिब जनता १०० % लुटिने भयो / यो निर्णय तुरुन्त फिर्ता गर्नु हुन नेता, मन्त्री र राष्ट्र बैंकलाई अनुरोध गर्दछु /

  16. पैसाको अभाब भएको बेलामा भएको नोट बन्द गर्ने अनि नया छपाउने कस्तो बुद्धि
    हेर्दा नया काम गरेको जस्तो काम पनि देखिने दांम पनि आउने थुक्क नेताहरु तिमीहरुको बुद्धि
    राजाको फोटो भएको नोट फेर्नु भन्दा तिमीहरुको गिदिको फोटो फेर तब मात्र तिमीहरु को हुन्छ राम्रो बुद्धि

  17. बिकाश गर्नु छैन रोजगारी को गुअरंती गर्नु छैन सान्ति सुरक्ष्य को अनुभूति दिनु छैन महंगी घटाउनु छैन अहिले यार यौटा नोते को कुरा लयर जनतालाई अल्मल्यौनाए कुरा भयको छ यस्ता नेताहरुलाई नांगै सहर घुमाउनु पर्चा

    • राजाले गल्ति गर्या प्रमाण भेटे राजालाई जुरुक्क उचालेर झेलखानामा राख् !
      होइन भने अर्थ न व्यर्थ हुने गरि फोटोसंग फुस्रो रिस नराख् !
      जनतालाई दुख दे र बिदेशीको दास हुने इस् तेरो स्बाबलंबन ! —
      जनताको नाममा हाम्म्म गर्ने बेईमानी काँ सम्मन् !

      दुर दृस्टी तेरो दिल्लीको जुत्ता सम्म मात्रै सिमित –
      पुछ् ! पुछ् ! अझै ! पुछ् ! दास रहेछस् ! त्यसकै निमित –

      ४६-५६ हुदै ६६ सम्म आउदा पनि यो हाल भो !
      ‘ नहुने बिरुवाको फुस्रो पात ‘ तँ हरुकै कारण मेरो देशको बेहाल भो ! –

      हुदा हुदा काम पाइनस बुहारी पाडोको नाइटो कन्या !
      कामको नाममा ‘कुरा’ बाहेक के छ र गर्न जान्या ???—

      ( देशलाइ भडखालो मा जाक्ने हरुलाई भन्या )

      • राजा रे ??? लुना दिजू पूर्व राजा भन्नुस / बेकारमा आवेशमा आएर राम्रो कामको निन्दा नगर्नुस / पढायो पढायो पाठ सोर दुनी आठ !!! हाहाहा

  18. हुन्छ……. भोलि देखी भारतको पैसा चलाउनु है ,

  19. अब एक जनाले सर्बोच्च अदालतमा रिट हाल्नेछ र राष्ट्र बैंकको यो योजना (दुर्योजना) फ्लोप हुनेछ !

  20. सोझा जनताहरुलाई दुख दिने यो नया उपाय हो राष्ट्र बैंकको/ नत्र भने बैंकहरुलाई यी नोटहरु कारबाही नगर्नु आयका नोटहरू राष्ट्र बैंकमा बुझाउनु भन्ने निर्देसन भयमा नोट संकलन गर्न समय लाग्ने देखिदैन/

  21. अचम्म छ, पुराना हुँदै गएपछि नोटहरु यत्तिकै राष्ट्र बैँकमा फर्केर आइहाल्छन् नि। किन यसरी सर्वसाधारणलाई दुःखै दिने नियत लिएको हो ? सबै बैँक तथा वित्तीय संस्थालाई राजा भएका नोट आएपछि राष्ट्र बैँकमा साटेर नयाँ नोट लिन भने पनि हुने हो।

    यी अंतिम तिन हरफ एकदम चित्त बुझ्दो अनि सही लाग्यो /

  22. हाम्रो नेता कि जय राम्रो गर्दै छुउ देश मा .. अब प्रचण्ड को फोटो राख .. देश को बिकाश हुन्छ ….

  23. अब फेरी तेही राजा लाई नै ल्याउनु पर्ला जस्तो छ के को नोट साट्ने , एउटा राजा नराम्रो भनेर फालेको सयौं कुख्यात राजा हरु पो जन्म्यो. नहुनू मामा भन्दा खानो मामा नै जाति भने जस्तो खोइ त्यही राजा लाई नै ल्याउनु पर्ला कसो दाजु भाई दिदि बहिनि हो , के को नोट साट्ने , राजा नै साट्नु पर्ला ,

  24. नेपालमा पैला पंचायत अनि राजतन्त्र ले पिरोल्यो भन्थे यी दुइ हटाय जनता ले सुक्ख पाउचन भन्थे यी दुवै ढले अब राजा भाको नोट ले पो नेपाली जनता को सुक्ख खोसेको हो भन्न खोजेको त हैन/ थुक्क पाजी हो अब तिमीहरु ले नया नाटक के के देखाऊ छौ त्यो मन नपरेपनि सबैले हेर्छन नै/ आखिर जे गरे पनि सहने नेपाली जनता नै भेडा हुन्/ अब प्रचण्ड, रामचन्द्र, बाबुराम, के.पी ओली, माकुने,सेरे,सुसिल कोइराला, बिजय कुमार गच्छेदार, यी सब को फोटो भाको नोट छापे जनता मालामाल हुन्थे कि?

  25. पहिले प्लासतीक को नोत निकालेर एउताकिर्तिमा राख्यो। फेरि आफ्नो खुट्टामा आफै बन्चरो हान्नदै छ। अर्थतन्त्र झन दामादोल भएको बेलामा ,आर्थिक बर्ष को ६ महिना बितेपछि बल्ल बजेत आउने देसमा ,।।।। (वे या देसे क्वे या जात्रा )

  26. यो न त जनता लाई दुख दिन हो न त कर्मचारीले काम नै नपायर हो । कठै नेपाली जनताको दिमाग भन्दा मुखै ठुलो छ । कतै कतै राम्रो काम हुन लाज्ञो कि, आफ्नै आफ्नै पारामा बिरोध गरिदिने !!!
    युरोपमा पनि युरो आउनु भन्दा अगाडी अरु-अरु नै मुद्राको कारोबार हुने गर्थ्यो । पछी युरो आउने बेलामा अहिलेको नेपाली सरकारले जस्तै यहाँको सरकारले पनि त्यस्तै गरी भनेको थियो कि : यो मिती सम्ममा पुरानो पैसा फर्काउनु अनि नया युरो लियर जानु ।
    जस्ले त्यो मिती सम्म पुरानो पैसा साटेर लगेन उस्ले त्यो पैसामा कारोबार गर्न नपाउने सरकारी निती बन्यो । तर अहिलेसम्म पनि यहाँ यौटा “ल्यान्डेस्बैंक” (राज्यको केन्द्रिय बैंक) भन्ने छ, त्यहाँ त्यो पुरानो पैसा साट्न पाईन्छ अनि नयाँ मुद्रा लिन सकिन्छ । त्यस्तै गरी नेपाली सरकारले पनि योजना बनायको हो । तर बैक त घर घर मा गयर पैसा साट्न त सक्दैन नि कि कसो माईसन्सारका बुद्दिजिबी हो ? ? ? ? ? ? ? ? ?
    परिवर्तन त्यसै हुन्छ ? ? जहाँ जनताले केहि गर्ने बेला आउँछ अनि खाली बिरोध गर्ने अल्छी बानिले बिकास हुन्छ ? ?

    दिपक अधिकारी
    जर्मनी

    • हो दीपकजी, परिवर्तन हुने भनेकै नोट साटेर , बाटो को नाम चेन्ज गरेर, झन्डा फेरेर हुने हो, संबिधान बनाएर, देसमा स्थायित्व दिएर , विकास गरेर पनि कहिँ परिवर्तन हुन्छ? यी माइ संसारका मुर्ख संग मुख नलागेकै बेश!!!!!

  27. साथि हरु हो,
    राजा भएको नोट हटाउनु जरुरि थियो. जबसम्म राजा भएका नोट हरु रहन्छन, नेपाल एउटा सार्बभौम सत्ता सम्पन्न रात्र कै रुम मा देखा पर्ने छ. यो कुरो हाम्रो राजनीतिक पार्टी हरु को पालनकर्ता (भारत्) लाइ मन नपर्नु स्वाभाविक नै हो. उसले नोट को पहिले राजा रहने स्थान खालि राख्नु भन्यो, नेता हरुले त्यहिँ गरे. अहिले राजा भएको नोट हटाउनु भन्यो त्यहिँ गर्दै छन्. अब केहि समय पछी त्यो नोट को खालि ठाउ मा महात्मा गान्धी को फोटो राख्न निर्देशन दिनेछ, र नेता हरुले त्यहिँ गर्नेछन. त्यसैले यो नोट राख्ने नराख्ने वा साट्ने नासाटने मामाला मा नेपाली जनता को दुख कस्ट संग नेता हरु को कुनै सरोकार छैन. जब हामि आफैं ले नेपाल भारत को एउटा प्रान्त बनाउने कुरो मा चोर नेता हरु को जानी नजानी साक्छी बस्यौ, अब अहिले आएर यस्ता झिना मसिना कुरा मा दुख मनाउ गर्नु को कुनै तुक छैन.

  28. नया नियम

    नेपालमा कुनै पनि नयाँ नियम लागू गर्दा त्यसले सामान्य जनतालाई कस्तो र कति असर पार्छ भन्ने कुराको जानकारी सामान्य जनताबाट लिएर अनि मात्र नयाँ नियम लागू गर्ने परिपाटि छैन। चार पाँच जना (प्रशासक वा नेताहरु)ले गरेको निर्णयलाई आम जनताको टाउकोमा थोपर्ने गरिन्छ। यो नियम पनि यस्तै परिपाटिको निरन्तरता हो।

    राजाको फोटो भएको नोट अब देखि छाप्दै नछापे विस्तारै आपसे आप त्यो प्रचलनबाट हराउँदै जान्छ र राजाको फोटो भएको नोट बिस्तारै राजाको फोट नभएको नोटबाट विस्थापित हुँदै जान्छ।

    यो नियम अव्यवहारीक र अदूरदर्शी छ किनभने:
    -बजारमा क्रित्रिम किसिमले नोटसाटा साटा हुनेछ
    -राजाको फोटो भएको नोट साट्न लाग्ने (यात्रा वा अन्य खर्च) कसले बेहोर्ने
    -राजाको फोटो भएको नोट बजारबाट हटाउन लाग्ने खर्च सामान्य जनताको टाउकोमा नै बज्रिने
    -यो एक भावनात्मक निर्णय हो, यथार्थवादी निर्णय होइन
    -गरिब राष्ट्रलाई यत्रो ठूलो खर्च धान्न गार्हो हुने
    -नोट प्रतिको विश्वनियतामा ह्रास आउने
    -विदेशमा रहेका राजाको फोटो भएको नेपाली नोटहरु कसरी साट्ने
    – मुद्राको काम विनिमय कार्य सरल गराउने हो, विनिमयमा समस्या उत्पन्न गराउने होइन

    बी अधिकारी

  29. यो बेतुकको बहुलट्ठी निर्णयको पछाडी राष्ट्र बैंकका कर्मचारीको स्वार्थ मात्र गासिएको छ . केहि कुत्सित स्वार्थ हरु निम्न छन् .
    १. नया नोट छाप्दा कमिसन खान पाइन्छ .
    २. नया नोटको बारेमा मिटिंग बस्दा बैठक भत्ता खान पाइन्छ .
    ३. नया नोट लिन कम्तिमा पनि कलकत्ता सम्मको भ्रमण भत्ता खान पाइन्छ.

    राष्ट्र बैंक भ्रष्ट्र कर्मचारी हरु को अखडा हो .जनतालाइ सास्ती दिने यस्ता निर्णय गर्ने कर्मचारी हरु माथि अबिलम्ब कारबाही गरिनु पर्छ .

  30. साथीहरु नेपाल राष्ट्रबैंक को website मा रहेको लिंकमा feedback दिन मिल्छ , सबै साथीहरुले राष्ट्र बैंकलाई जनता को पैसामा गरेको लुट बापत बदाई तथा धन्यबाद देयौ,
    http://www.nrb.org.np/aboutus/feedback.php

  31. राजा बादी हरु को गुनासो को लहर आएको देख्दा अचम्म लाग्नुपर्ने कारण त मैले देखिन |……………..

    • तँ चै क बादी paryo ni हो…..येही नेपाल मा आफ्नो समय बितौना आउनु न ..अनि था पाइन्छ ..बाहिर बसेर ढ्वांग फुक्ने होइन…नेताहरुले जस्तो

  32. बाटो नभएको सुदुर जिल्ला को गाउँ घरमा बसेको व्यक्तिले आफु सिट भएको राजा भएको केहि नोट साट्न सरकारले तोकेको नोट साट्न आउने थाहुन सम्म पुग्न जान आउँन पनि पुग्दैन/ के गर्लान बिचरा हरुले?

    घुस कमिसन र भारतीय राजदुताबास बात पेन्सन पाउनेहरु र अबकास मा परेको मन्त्रिहरुले त् करोड दुई करोड पर्ने सरकारी गाडी पेट्रोल पाएको छ, सरकारी नोकर पनि पाएको छ कहीं पनि गयर साट्न सक्छन/ तर बाटो नभएको जिलाको गरिब जनताले के गर्लान अब?

    भोलि देखि त्यो भएको २/४ सय पनि नचल्ने भए पछी/ सायद नेताहरुले जस्तै गरिब जनताले पनि अब ठगि लुटी खान हुने नियम बन्लाकी!!!

  33. बिचार बैंकको कर्मचारीहरुलाई काम दियको होला | झिंगा धबौने काम गर्नु पर्थ्यो, काम नपाएर | हहह्हा ……………

  34. यो त सरासर जनता बिरुद्ध को अपराधिक काम हो राज्य को तर्फ बाट .यिनी हरु लाइ अदालत को कठाघारा मा उभ्याउनु को बिकल्प छैन .आफुले जनता को हात मा पुर्याएको बस्तु लाइ यो दिन देखि न् चल्ने भन्न मिल्छ ?भ्रस्ट सोच को उपज हो यो .नेता देखि अहिले का भ्रस्ट प्रशासक सम्म को अन्तरात्मा ले आफ्नो भबिस्य सुरक्षित न् देखेको प्रमाण हो यो कि जसरि हुन्छ कमाउ अब अरबौ नया नोट छाप्दा बगली गह्रौ बनाउन पाइयो अनि त्यस्तो अपराधिक काइते निर्देशन गरेको हो .अचम्म लाग्छ अमेरिका युरोप आदि देश हरु मा पचास दशक मा निर्मित सबारी साधन बिना अबरोध चलिराखेका छन् हामी कको भने कमिसन खान नया कार (गाडी )मात्र चलाउन पिने नियम बनाइन्छ .अस्ट्रेलिया ,न्युजिल्याण्ड बाट बेलायत निस्केको कति बर्ष भयो ?अहिले सम्म बेलायति महारानी को चित्र अंकित नोट निरन्तर चली राखेको छ .राजा अंकित नोट पनि पुरानो हुदै जान्छ बिस्तारै आफै हट्दै जान्छ हत्तार गरेर देश लाइ थप आर्थिक बोझ हुने काम गर्ने अपराधी लाइ जनता ले ढिलो चाडो उचित सजाय दिने छन् .अहिले लाइ अदालत मा गएर यो निर्णय रोक्का गराउनु पर्छ .

  35. ”गणतन्त्रको अनुभूति जनजीविकाका अरु विषयमा हैन, नोटमा खोज्न थालिएपछि यस्तो हुने नै भयो नि। ”

    मन छुने लाइन लेख्नु भयो |

  36. राष्ट्र बैंकले अरु काम पाएन कि क्याहो ???????

    • त्यशो गर्दा पो नया नोट छपाउन पाइनछ अनि फेरी कमिसन लिन पाइनछ त |

  37. चलिरहेको नोट बन्द गरेर नंया छाप्दा कम खर्च लाग्ने हैन| यसको मार् पनि जनताले नै खप्नुपर्ने हुन्छ| तर समय समयमा पुरानो नोट खिंचेर नंया चल्ती गर्नु ठीकै हो| अर्को कारण के भने घुसखोरी र कालाधन्दावाजले पैसा लुकाएका हुन्छन| २८ अरब भन्दा राजाका नोट सर्कुलेसनमा रहेको बुझियो| यतिका पैसा को र कसकंहा रहेछ त्यो बुझ्न पर्यो| दुख गरेर कमाएको गोडा एक दुइ हजार संचित गरी बचाएर अपर्झट परेको बेलामा चलाउन पर्ला भनेर साँचेर राखेको क्याश कति नेपाली घरहरुमा हुन्छन| भन्या बेलाँ कति गाउँघरमा कंहा बैंक पाउने र धाउने? खुद्रा साट्नेलाई बैंकले यसरी निर्देशन दिएर दुख दिनु भएन|

  38. होइन , हामी सर्बसाधारणको दिमागमा त यत्तिको कुरो घुस्छ भने यि कुर्सीमा बस्ने नलायक हरुको बुद्दी भुसले नै भरिया हो त भन्या ? कि भित्रभित्रै जनसरोकारको बिषयमा वास्ता नदेखाएर यस्तै बहुलठ्ठी निर्णए गर्दै ,जनता लाई सास्ती हुने काम गर्दैजाने ताकी कालान्तरमा सिक्किमिकरण गर्न सजिलो होस् भन्ने लेन्डुप दोर्जे हरुको ग्र्याण्ड डिजाईन हो भन्या ?? खोइ के खोइ के !

  39. नेपाल मा इन्डियन पैसा चल्दा कोइ ले बिरोध गेर्देना. तर आफ्नै देश को पैसा चलाउन येसको फोटो र उसको फोटो भन्दै बन्देज लौगच्चा. यो कस्तो विचार भएको राष्ट्र बैंक अनि देश चलौनी नेता हरु? हे भगवान नेपाल अनि नेपाली लाई रछ्या गर……

    • सुरज जी/
      “राजा नचाहने जनताको टाउकामा आज अनेकौ रजौटाहरुको भारि बोकाएको छ”

      राजा हटायर राजौता बनेका नेताहरुको लागि इन्डिया नेपालको बादशाह बनाईएको छ/ नेपालमा आज तिनै बाद्शाहाको हुकुमे शासन चल्दै छ/ राजाले लुते भने/ अलि त् लुतेकै थियो/ तर के ई नेताहरुले जतिको लुटेको थियो? राजाले सुशासन चलाउन सकेन भने/ हो पनि राजाले जनताले चाहेकै जस्तो सुशासन चलाउन असमर्थ भएकै हो/ तर ईनिहरुले के शासन चलाय त्?

      आज सबै नेताहरु तिनीहरुको कार्यकर्ताहरु उहिलेको राजा र राजाको परिबार जस्तै कानुन र संबिधान भन्दा माथि बसेको छ, राजा हरु जस्तै सरकारी घर गाडी चढी बसेको छ भत्ता पाएकै छ्/ राजाको परिवारहरुले जस्तै मन्त्रि बात खुस्कि सके पनि करोडौं पर्ने गाडी आवास बादी गार्ड पाएको छ/ तर हामीले यो कसरि भुल्ने कि राजाको शासन काल्मा भन्दा आज जनताको उठि बास् भएको छ/

      राजालायी तानासाही भनिएको मुल कारण राजाले हुकुमे संबिधान चलाएकोले पनि हो/ यी नेताहरुको संबिधान पनि तिनिहरुको हुकुमे शासन नै त् हो। फरक मात्रा उहिले यक राजाको को हुकुमे संबिधान जारी हुन्थ्यो तर आज नेताहरुको जनाटकओ थाप्लोमा त् उही हुकुमे संबिधान नै बज्रिएको छ्। लोक्तन्त्र्मा जनताले संबिधान बनाउन्छ। यी नेताहरु जनताले चुनेको सभासद हरुले बहुमत बाट संबिधान बनाउन नदिने; उनिहरुको सह्मति मै संबिधान बन्नु पर्ने रे। कुरा यस्तै हो भने राजाको संबिधान र् यी नेता हरु को संबिधान मा फरक नै के रह्यो?

      हिजो मैले नेपाल समाचार पत्र मा ओली ले नेपालमा बहुमत बात मात्रै होयिन दुयी तिहायी बहुमतले पासा गरेर संबिधान बनाए झनै द्वन्द मा फस्ने रे; यक मधेश बाअदिको माग पुरा गरेरै मात्रा संबिधान बन्नु पर्ने रे!!!/ ओलीले मधिसे सित अनुहार नमिल्ने नेपालीलायी पहाडी भन्दै तरायी बाट लखेत्ने मधेश बादिको माग पुरा ngarikan संबिधान बन्नु नहुने भने। ke ओली आफुलायी भोट् नदिने नेपाली जनतालायी नेपाल baatai लखेत्न चाहन्छ। हामीले राजाको हुकुम अती भयो भनी तिरस्कार गरेको के ओली जस्ताको हुकुम मान्न हो?

      राजाको तस्विर भएको नभएको नोत् नचल्ने भयो, के यो जरुरी थियो? राजाको तस्विर भएको not समय सिमा तोकेरै चलन चल्ती बाट हताउनु पर्छ? क्रमिक तथा व्याबहारिक तरिकाले हतौन सकिन्दैन थियो?

      राजाको तस्विर भएको नोत् खरिचिन आएमा त्यो नोत् को बिनिमए क्रमिक रुप्मा अर्को नोत् बाट गरिन सक्ने थिएनन? अब के नोत् सात्न जनता घरको काम, बिरामी छोडेर बैन्क पुगेर त्यो नोत् सात्न नगए रगत पसिना बगायर कमाएको नोत् हरु बेकार हुने भयो?

      लोकतन्त्रको लागि राजा हताएको थियो मनपरीतन्त्रको लागि होयिन। यी नेताहरुले मनपरितन्त्र चलायी आएको छ्। यस्तै मनपरितन्त्र चलाऊन्दै गरे राजा फाल्ने जनताले यी नेता हरु लायी पानि सडकमा फाल्ने छ्/

      • मदन जी तपाई ले धेरै राम्रो कुरा गर्नु भयो . आखिर राजा फालेर ऐले हामी ले के पाएऔ?? मात्र चोर नेता हरु को रजाइ……

    • एक्कासी राजा भएको नोट चल्दैन भन्नु मिल्दैन किनकि कति मान्छेहरुले त यो कुरा थाह नै छैन बरु बिस्तरै हटाउनु पर्छ नत्रभने यो नोट हटाउने बिस्थापित गराउने बहनामा कालो बजारी कमिसन खाने खेल हुन्छ २२ अर्ब रुपैया आजै बजारमै छ पनि भनेको छ के त्यो पैसा भोलि सम्म बैंकमा फिर्ता नभए के त्यो पैसा पर्छि बाट झ्याप हुने हो त ?

  40. मलाइ त लाग्छ नेपाल मा भरेत्य पैसा चलाउने खेल भै रहयको छ.

  41. नंग्रा काटिएको र दांतहरु भाँचीइसकेको राजाले फुँइंयाँको टेन्सन दिनु!?–जति दिनु उसले पहिलानै दियो अब त उ टेन्सन लिएर पो कुद्दै छ एता र उता! टेन्सन त् भुँइ माना भाँडामा कुकुरलाई टाँढाँमा भएका नया दलाल-राजाहरुले पो दिएका छन्/भित्र भित्र उसैलाई उचालेर बाहिर चाहिं पैसाबाट फोटो हटाउने कुरा गरि जग हँसाउछन्!(यसको मतलब मैले राजाको फोटो पुजा गर्नु भनेको चाहिं होइन है!)येदि यी डाँका हरुले त्येसो नगरेको भए ‘४७ सालको संबिधान ल्याउने’ भन्दै भुक्ने सहास एक थरि झुण्ड मा कसरि आउंथ्यो? सब बिना टिकटको नाटक!!! हुन त जे पनि हेर्दिने हामि जस्ता मुर्ख भएपछी यिनलाई नाटक देखाउन के को आइतबार र?

    • म लेखक को यो भनाइ संग शत प्रतिशत सहमत छु कि , पुराना हुँदै गएपछि नोटहरु यत्तिकै राष्ट्र बैँकमा फर्केर आइहाल्छन् नि। किन यसरी सर्वसाधारणलाई दुःखै दिने नियत लिएको हो ? सबै बैँक तथा वित्तीय संस्थालाई राजा भएका नोट आएपछि राष्ट्र बैँकमा साटेर नयाँ नोट लिन भने पनि हुने हो।
      अब पुराना नोटहरु धुल्याउने नाम म राष्ट्र बैंक का कतिपय निर्देसक हरुले करोडौ रुपया बराबरका ती पुराना नोट हरु घरमा लगेर जम्मा गर्ने अनि जलाई सक्यो भनेर मुचुल्का उठाएर पछी तेही नोट प्रयोग गर्ने गरेको कुरा सबैलाई थाहा छ नि . तेस्तै यो पनि अहिले निर्णय गर्ने अनि राष्ट्र बैंकका नै ठुला कर्मचारीले जनता बाट सय को पचास म खरिद गरिसकेपछि २ /४ महिना पछि बजारमा तेस्ता पुराना नोट हरु धेरै नै बाँकि भएको ले फेरी सो नोटहरु साट्ने सूचना प्रकाशित गरेर आफैले नै १०० को १०० म नै साट्ने अनि राता रात अरबौं कमाउने . यो पनि नैतिक भ्रस्टाचार को पराकाष्ठ को नमुना नै हो

  42. दुष्टले मरेपछिपनि दुख दिन्छ भन्ने उखान चरितार्थ हुँदैछ|

    • थुइक्क नेपाली को बुद्धि ||

      जय देश जय देश !

  43. अब त्यो नोट हरु सबै ज्ञानेन्द्र शाह को मा जाने अनि साट्ने | अब उनि ले त सबै संकलन गरयारा राख्ने होलान नि पछि को पुस्त हरु लाई देखाउन | अब राष्ट्र बैंक मा त झल्लु, प्रचण्ड , सुशील कोइराला को नोट मात्र पाउने होला नि |

  44. यो सब सरकारको दरिद्र मानसिकताको उपज हो . देसलाइ अठारौ सताब्दी मा धकेलिसके अझै पनि येस्ता झिना मसिना कुरा मा अल्झेर बसी रा छन् . थुक्क लाज नभका कुत्ता हरु तिमीहरुले त नर्क खाए हुन्छ . दिनको १४ घण्टा जनतालाई अन्धकार मा राखेर अझ येस्ता साना तिना कुरामा किचलो गर्यो भत्ता पचायो . चाहिने काम एउटा गर्नु छैन नचाहिने काममा समय बर्बाद . मान्छे ले केहि गर्न सकेको छैन किन जाबो फोटो सग रिस . थुक्क पाजी हो .

  45. जनता लाई दुख दिने उपाय
    सिबाय केहि हैन
    मेरो घरमा हजुर आमा हुनुहुन्छा,मा मलेसिया मा छु, हजुर आमा हिड्न सक्नु हुन्न,उहा आफ्नो पैसा कसैलाई साट्न पथुना मान्नु हुन्न आब क गर्ने, मेरी हजुर आमा लाई तपाई हरुले पैसा लगेर साटेर आउने ki हजुर आमा लाई bokauna manchhe khatam ta?
    हजुर आमा लाई bokera kathmandu lada 15 hajar kharcha hunchha, मेरो talab bhaneko mahinako 10 hajar chha आब पैसा साट्न nai jana pare pachhi मेरो 45 din kam gareko पैसा maya marnu parne bhayo hainata
    dhikkar chha garib ra pahad ko bas hunu ni,kathmandu मा nai ghar banaunu pako bhaya hune rahechha, sabai political kathmandu मा matra suhaune bhayo hami pahadi madhesi himali ta hatti aayo hatti aayo fussa bhaya chhau, badhai chha kathmandu मा ghar mahal hune sabai jana लाई

  46. ठिकै छ, जानेर बुझेर सोचेर गर्या त होलान नि! के गर्ने हामीले पो, भनेर लाग्ने भयापो! अब आफु संग भयको दुइ चार सय जाबो नोट साटेर मोमो खाइ हाल्नु पर्ला!

  47. काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर………जनता भुलाउने बाटो.बुद्दी बिबेक भएका,पढेलेखेका मान्छे नेता भए पो गतिलो काम गर्थे?यस्तै काम गर्दै समय बिताउदै गर कुकुर हरु ….

  48. म संग भय को पैसा नचल्ने भयो मा विदेश मा छु कैल्य नेपाल जाने तेअती बेला त पैसो नै चल्दैन कागत को नोथ कागत नै हुने भयो , स्वोत स्फूर्थ रुप मा नोय्ह हटाउनु पर्चा आफै हट्छ बिस्तारि १ वर्ष को ठाउँ मा २ वर्ष लाग्ला किन राष्ट्र बैंक ले पिली राजा भय को नोथ दशैं मा baira निकाले को टाटे बेला न निकाल्य को भय एली येओ समस्या औदीन थ्यो ने त

  49. षब्दाआर्थ :
    राष्ट्र बैंक = भ्रस्ट गर्ने जनतालाई कस्ट दिने माफिया ग्यांग को लिडर

  50. शंका लाग्यो मलाई त यो बिधि अदुरदर्शी काम देखेर — नोटहरू पुराना हुदै
    गए पछी पुग्ने त आखिर बैकमा नै हो नि !
    अनि फेरी राजाले शासनभार नसाम्हाले देखि यता त उनको फोटो भ को पैसा
    पनि त छापिया छैन नि ! त्यो कागजको नोट कति नै बलियो भ र बर्सौ बर्ष
    रहने थियो होला र ?!
    किन यसरि नेपाली जनतालाई दुख दिने र ब्यबहारिक मामलामा असहज बनाउने
    कार्य बिना योजना निर्णय गराइएको छ ? कसको निर्देशन छ यसो गर्न लगाउनुको
    पछाडी ? — के यो हाम्रै नेपालका जिम्मेदार व्यक्तिहरुको सोच हो ??? —

    • लुना जी

      बाटो नभएको दुर्गम् जिलाको गरिप सित भएको दुयी चार सय् रुपैया नै उनिहरुको बाच्ने आधार हो। तेती रुपैया बाट उनिहरु ती नोट् हरु सात्न सदर मुकाम सम्म आउन बाटो खर्च पनि पुग्दैन। के गर्लान बिचरा हरुले? राजा भएको नट हताउन किन यती सार्हो हतारिएको हो यो भर्खरै अर्थ मन्त्री भएको एमलेको बुढा अर्थ विद्वान भरत? कुनै यो यो “भरत-बुढा” पनि “पारीको रामको भायी” नै त् होयिन?

      राजा भएको नट हताउनै चाहेको भय् उपाय् सजिलो थियो, राजा भएको नोत् लिएर कोहिले केही किन्न आएमा त्यो लिने बाँकी रकम नयाँ नोत् बाट दिन्दै गरे ढिलो चान्दो राजा भएको नोत् हत्ने नै थियो। किन यती हतारिएको हो त्यो बुढा अर्थ मन्त्री? बिचार बुढा भएकोले मात्रै हो बा नेपालमा जनता भद्काउने ओली माधव आदिको प्रभुको चाल् हो? केही गडबड छ् भित्र लुना जी

  51. मन लाग्यो भन्दैमा जे पनि गर्न पाइन्छ ? के एउटा देसको केन्द्रीय बैंक ले गर्ने कार्य यहि हो त ?? दुख गरेर दिन रात पसिना बगाएर कमाएको पैसा पनि नचल्ने भन्ने हुन्छ, कस्तो घिन लाग्दो निर्णय यो भ्रस्ट बैंक हो कि राष्ट्र बैंक भनौदो को | ठाउँ मा परेका ले त जसरि तसरी काम चलौलान | बिकट ठाउ का जनता के गरुन दिन भरि ज्याला मजदुरी गरेर पैसा लेरौला भरे त्यहि पैसाको सामल तुमल किन्न जाँदा यो पैसा चल्दैन भन्यो भने के ति जनता भोक भोकै मारुन त ?????

  52. यो हामीलाई दुख दिने आर्को तरिका हो जसरि भय पनि हामी नेपाली ले चाही कहिले सुख पाउने भयानौ आब यो राजा को फोटो भयको नोट लियर कहाँ जाने???????????????????????????????

  53. हो, एकदम राम्रो काम । यही राजाको फोटो भएको नोट चलाउनाले

    -संबिधानसभा नबनेको
    -देशको शान्तीमा खलल पुगेको
    -प्रचन्डले नाच्न नपाएको
    -लोड शेडिङ बढेको
    -कुखुराले अन्डा सानो पार्न थालेको

    जब देशमा राजाको फोटो भएको नोट चल्न छोड्छ, तब देखी

    -सबैले रोजगारी पाउंछन
    – एउटा मात्र होइन दशवोटा संबिधान एक दिन मै तयार हुन्छ
    – घर,श्वासनी नहुनेले एक् एक थान निसुल्क पाउछन .
    – प्रचन्ड को लाईभ डान्स हेर्न पाईन्छ
    – नेताहरु रातोरात इमान्दर हुन्छन
    – अन्डाले कुखुरा पार्न थालछन

    त्यसैले अब यो शुभकाम मा सबै जना लागुम हौ ,

    • रास्ट्र बैकको काम स*बिधान बनाउने र स्वास्नी नहुनेलाई स्वास्नी दिने लोग्ने नहुनेलाई लोग्ने दिने होइन मित्र!
      अर्थतन्त्रमा मुद्राको कारोबार लाइ नियन्त्रण र ब्याबस्था गर्ने हो, तेसै हिसाबले यो नीति अख्तियारी गरेका होलान, हुन त यो कुरो मलाइ पनि मन परेन किनकि यसरि पुराना नोट थुत्न जबर्जस्ति गर्नु नहुने हो जस्तो लाग्छ! समयानुकुल आफै हुने कुरालाई फुर्ति र अनाहकको शक्ति देखाउनु उचित थियन, “कामनपा बुढी पाडोको नेटो कन्याई” भनेको यस्तै होला!
      तर कमेन्ट गर्न पाई र रोष प्रकट गर्न पाई भनेर जे मा पनि खिचडी कमेन्ट पनि नगर्दा उचित हुन्थ्यो कि!

    • सोर्है आना सहि कुरा अनिल जी, एकदमै मन पर्यो मलाइ!हाम्रा दुरद्रिस्ठी भएका माहान नेताहरुले पनि यस्तै सोचेको हुन् सक्छ/

  54. खै के खै के अलमल्ल परे म त सर्बसाधारण जनतालाइ मात्र सास्ती !!!!!

  55. राष्ट्र बैंकका घुश्याहाहरुले जनताहरुलाई प्रतक्ष्य दुख र यातन दिएर कमिसन खाने र जनतालाई थप बितीय भार पार्ने ज्वलन्त उदाहरण हो यो / नोट धुल्याउँदा आउने मोटो कमिशनको लोभले, नोटमा आफ्नो सहि कायम होश भनेर र भारतीय षडयन्त्रको स्वार्थले जनतालाई थप व्ययभार पर्ने गरि असमयमै नोट धुल्यौनु एक किसिमको जघन्य अपराध हो / यस्ता पापीहरुको अस्तित्व पनि त्येस्तै अर्को स्वार्थी पदासिन हुनासाथ ति नोटहरू पुन धुल्यायर नष्ट गर्नेछ र पुन नयाँ नोट छाप्ने छन् / येसरी सर्बसाधारनालाई भने अनन्त व्ययभार पार्ने छ / समयमै सरकार प्रमुखले वा अदालतले हस्तक्षप गर्नु आबश्यक छ /

  56. मान्छे लै तेसै ढुखः दिएको हो , पाए सम्म कसले पुरानो नोट प्रर्योग गर्छ चाहे राजाको तस्बिर होस् वा नहोस , तर येसरी जबर्जस्ति गर्नु राम्रो तरिका भएन , पुरानो नोट बढीमा २-३ वर्ष भित्रमा आखिर पुग्ने ठाउँ त राष्ट्र बैंक नै त हो,

  57. ठिक वा बेठिक के भयो समयेले नै बताउला तर ताप्लेजुंग, डोल्पा वा अति दुर्गम ठाउँ, जहाँ सरकारी बैंक भेट्न ३ दिन हिड्नु पर्छ, ति ठाउका जनताका लागि यो कार्य कति सहज र व्यवहारिक होला? के नेपाल सबैतिर काठमाडौँ जस्तै छ र ???

  58. के भाको यो देशमा? जनतालाई किन यस्तो दुखः दिएको? नोट पुरानो हुँदै जान्छ र अर्को नोट चलेपछि एक दुइ बर्षमा यो राजाको फोटा भाका नोट बिस्तार अरु बैंक मार्फत राष्ट्र बैंकको कब्जामा आइहाल्छ नि | ती गाउँ गाउँमा बस्ने जनतालाई के थाहा ? के अब उनीहरुको दुखःको आर्जन खेर जाने ? यो त सरासर जनता मारा नीति भएन ? के गर्छन, के हेर्छन यी मन्त्रि नेताभनाउंदाले पनि ? नयाँ नोट छापेर कमिसन खाने चक्कर जस्तो लाग्यो | जनताको सोझै कुभलो भएन भन्या ? म त तीन छक परेको छु | एक डेढ बर्ष पनि खप्न नसक्ने ? विजयजीले भने जस्तो कैयौ बर्ष पुरानो कति पिण्ड खाइसकेका खजांचीले सहि गरिएका नोट त अझै चलिरहेको छ बजारमा ? यो त सहि नसक्नु कुरो होइन भनेको ? यो देशमा जनताको स्थान कहाँ छ ?

  59. दिन दहाडै गोलि चल्छ, देसमा बत्ति छैन, हपतामा एकदिन पानि आउछ जम्मा ३०० लिटर, शान्ति सुरक्ष्या छैन, पेट्रोल, ग्यास, सबै महँगो छ,
    त्यतातिर तिमीहरु देस लुटाह गद्दार नेता र सरकार Dhayan जानुको सट्टा नचाहिन बिषयमा अल्ल्झिदा आज हाम्रो र राष्ट्रको यो गति भयो ………………. तिमीहरु गद्दार नेता भन्दा राजा धेरै Better ………….. येही चाला हो भने तिमीहरुले देसको सम्पति कुम्ल्यार … देशलाई नाजुक पार्छौ. ……….. तिमीहरुलाइ के नै छ र ……… Air condition गाडी, बिसाल महल, न loadshading को समस्या, न पानीको ………. थुक्क नेताहरु

  60. यो त सिधै जनतालाई दुख दिने कम भयो नि | अहिलेका खलासी खुद्र ब्यापारी पनि त्यति लाटा छैनन् १०००/५०० नोठ माइक्रो मा दियो भने बेज्जत गरेर ओराल्छ | १०००/५०० को नोठ साट्नलाई ५० रुपया को समान किन्नु पर्यो भने पनि झपारेर पठाउछ | अब त झन् राजा भएको नोठ देखाउदा त पिटेरै पठाउलान भन्ने पो डर !!!

  61. सर्वसाधारणलाई दुःखै दिने गधाहरु कस्ता हुन यस साल को बजेटले पुग्ने भएन अनि घुस कमिसन खाई आफ्नो भुडी भर्नु परो अनि राजा भएका नोट चल्ने चल्दैन भन्छन कुविचार भएका भास्टचारिहरु जनतालै दुख दिन्छन l

  62. कस्तो अदूरदर्शी मान्छेहरु होलान्, हैन कति व्यबहारीक निर्णय गरियो भनेर सोच्नु पर्छा कि पर्दैन? पासपोर्टमा “Invaild for Iraq ” लेख्दा कति आपत् परेको थियो ? एस्तो कुरा सोच्नु पर्दैन भन्या !!!

  63. मुद्रा निर्मलीकरण गर्ने क्रममा गरिएको यो कामलाइ जनता लाइ दुख दिने काम भन्नु राम्रो नहोला/ पूर्व राजाको फोटो भएको नोट अझै बाकी छ भने त्यस्ता नोट विभिन्न सहरमा रहेका राष्ट्र बैंकका आठ कार्यालय तथा राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडका ६७ शाखाले साटिदिनेछन् भन्ने सूचना ले काम गर्ला नै/

  64. कहिँ नभएको जात्रा हाडीगाउँमा!! राजा भएको नोट नचल्ने हो भने मरिसकेका गवर्नरको सहि भएको नोट चाही किन चलिरहेको त!! अब राजा भन्ने पदनै नेपालमा छैन भन्ने हो भने गवर्नर को ठाउमा खजांची भनेर लेखिएको नोट त अझै चलिरहेको छ बजारमा!! त्यो पनि त नचल्नु पर्ने हैन र!! यसै त नेपालमा नक्कली नोटहरू छिर्यो भन्ने सुनिन्छ त्यसमाथि झन् सक्कलीमा पनि यो चल्ने र यो नचल्ने भन्न थालेपछि गाउँठाउमा मान्छेलाई कति मर्का पर्ला!!

  65. टेन्सन राजाले होइन सरकारले दिदैछ | नया छाप्ने नोटमा राजाको फोटो नराखे देखि पुराना नोट आफै बजारबाट हराउदै जान्छ | बेकारमा जनतालाई टेन्सन | अब पैसा साट्न फेरी घुस ख्वाउनु पर्ने अवस्था आउन बेर छैन | नगरी नहुने कामहरु बग्रेल्ती छन् , त्यतातिर लाग्नु छैन , मरेको बाघको जुँगा तानेर क्रान्तिकारी बन्ने चटारो |

  66. नोट छपाई खर्चबाट पनि त कमिशन आउछ नि त्यसैको खेल हो / मुलुक र मुलुकीलाइ
    कंगाल बनाएर आफ्नो सात पुस्तालाई पुग्ने कमाउनु परेन त ?

  67. कहेले डिजिटल number plate कहीले, राजा को नोट के गर्न खोजेको हो यो सरकारले..?? मलाई त आचम लाग्छ..

  68. यो काम ब्यबहारिक रुपमा त्यति सजिलै लागु हुँदैन . काग कराउंदै गर्छ पिना सुक्दै गर्छ नगरे पुराना बोतल कापी किताब भन्दै आउनेलाई राजाको टाउको भएको नोट पठाउनु पर्छ . मलाई लाग्छ खोस्टा जसरि कसैले पनि पैसा फाल्दैनन.

  69. ए लौ मा यहाँ विदेश मा कता राष्ट्र बैंक खोज्नु नेपाल बाट आउदा लिएर आएको मा संग त नेपाली राजा भएको नोट टन्न छ अब मा नेपाल मा कसरी साट्न जानु.

  70. २८ अर्ब २२ करोड नोठ बाहिर बजारमा हुँदै यस्तो पुर्व राजाका टाउका भएका नोठको कारोवार नगर्नु भन्नु अब्यवहारिक हो ! जनतालाई शुख दिने शासक हैंन जनतालाई दु:ख दिएर शासन गर्ने हुँदा यस्तो भएको हो !जनतालाई कसरी सुबुस्ता हुन्छ सोच्ने हैंन कसरी दु:ख दिने भन्ने मात्र सोच्छन हाम्रा देशका ठेकेदारहरु !

  71. I still believe that there should have been a general public polling on whether to remove the monarchy system from Nepal. He was our king; so we should have had the right to choose(without any force whatsoever) whether we want him or not! — But No! We were happy to let 7 parties and maoists decide for us! If we were happy then why shouting now! If they say it is time there should be no more notes with king’s photos — be happy for that too!
    Either be responsible or stop complaining! you can’t have ” chichi pani papa pani!”

  72. मेरो तर्फ बाट बधाई छ मेरो भनाइ ke छ bhane नेपाल राष्ट्र बैंक को काम ke हो बैंक lai थाहा छैन कि कसो सूचना प्रबाह गर्ने काम बैंक को होनी हैन त……? कि कसो……..?

  73. राष्ट्र बैँकको काम नेपाली जनतालाई गराउदै छन् .राष्ट्र बैँक भित्र आएका पुराना नोट लाई बहिर ल्याउनु नै राष्ट्र बैँकको गल्ति हो.

  74. ‘खाई न पाई छाला को टोपी लगाई’ भनेको येही हो के गरेको छ र नोठले राष्ट्र बैंकले नया निकाल्दा राजा को फोटो भएको नोट ननिकाल्ने हो भने पुराना नोठ जति स्वत राष्ट्र बैंकमा जम्मा भै हल्थियो नि आफै हट्दै जान्थियो . आज देश भरिका जनता दगुरा दगुर मा छन् सबमा चिन्ता छ कतै भोलि यो नोठ कागज मात्र हुने त होइन भनेर. किन यसरी सर्वसाधारणलाई दुःखै दिने नियत लिएको होला कुन्नि, आखिर पैसा कसैले स्टोर गरेर त राख्दैन नि

  75. मेरा बाजेले अर्थ न बर्थ गोबिन्द गाइ…………. के के भन्नु हुन्थ्यो नेपाल सरकार को चाला पनि ठ्याक्कै त्यस्तै लाग्न थाल्यो/ देश बाट अन्धकार( लोड सेडिंग) कसरी हटाउं, गरिबी कसरी हटाऊ भन्नु छैन, राजाको तस्बिर भएका पैसा हटाउन कै हतार/ अब त्यो पैसा छाप्दै नछापे पछी त बिस्तारै हटी हाल्छ नि, किन नचाहिने काममा जनता लाई सास्ती दिनु/ नेपालका नेता हरु त ठुला पोस्ट मा बस्ने भोड़े हरु को खोपडी उल्टो छ कि कसो? त्यो खोपडी को घैटो मा कहिले घाम लाग्ने होला?
    म संग नेपाली पैसा छ म नेपाल बाहिर छु अब त्यो पैसा कागज बराबर हो त? हुन् त आजकल त नेपाल को बारेमा सोच्दा नि आफु देखि आफैलाई रिस उठेर आउँछ/

Comments are closed.