राष्ट्र बैँकले नौट‍ंकी गर्‍यो, अब राजा नोट चल्ने रे

अब दुइटै चल्छ। फोटो साभारः सन्डेटाइम्स
राजाको फोटो भएका नोट छ ? चल्दैन कि भनेर दिक्क मान्नु भा छ ?

अब दिक्क मान्नुपर्दैन। राष्ट्र बैँकले राजाको फोटो भएका नोटहरु पनि पहिले जस्तै चल्ने सूचना आज जारी गरेको छ। योसँगै तीन दिनसम्म जनताले बेहोरेको हैरानी, अन्यौल त अन्त्य भएको छ, तर तीन दिनमा तीन वटा निर्णय गरेर देशको मुद्रा व्यवस्थापनको जिम्मेवारी बोकेको केन्द्रीय बैँक नेपाल राष्ट्र बैँकले देखाएको नौटंकी कसैले भुल्ने छैनन्।

हिजोसम्म तोकिएका बैँकका शाखामा मात्र त्यस्ता नोट चल्ने भनेर सूचना निकाल्ने राष्ट्र बैँकले आज आएर निर्णय उल्ट्याउनुको कारण हो- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेप। राजाको फोटो भएका नोट नचल्ने भन्दै फिर्ता गर्न लगाएर नयाँ छापेर कमिसन खान लाग्या छ है भन्ने आरोप लगाउँदै नारायण दाहाल अख्तियारमा उजुरी दिएछन्। त्यसैको छानबिन गर्न आज अख्तियारले बुधबार राष्ट्र बैंकका अधिकारीलाई स्पष्टिकरण लिएको थियो।

अख्तियारले राष्ट्र बैँकका अधिकारीहरुलाई राजाको फोटो भएको नोट नचल्ने कुरा सर्वसाधारणलाई पर्याप्त पूर्व सूचना नदिइ अन्यौलमा किन राखेको ? राजपत्रमा सूचना किन नछापेको ? एकैपटक नोट छापेर अनियमितता गर्न खोजेको हो ? जस्ता प्रश्न राखेका थिए।

अख्तियारले कानुनको कुरा उठाएपछि राष्ट्र बैँकले राजाको फोटो भएको नोट पहिले जस्तै गरी चल्ने सूचना जारी गर्न बाध्य भएको हो।

राष्ट्र बैँकले निश्चित ठाउँमा मात्र राजाको फोटो भएका नोट चल्ने भनेपछि त्यस्ता ठाउँमा सर्वसाधारणको ठूलो लाइन लागेको देखिएको थियो। बस, टेम्पोमा, पसलमा, खानेपानी विद्युतको शुल्क तिर्ने ठाउँहरुमा समेत राजाको फोटो भएका नोट नचल्ने भनेपछि सर्वसाधारणलाई निकै गाह्रो परेको थियो। उता नेपालमा आउँदा यहाँको नोट लिएर विदेश जाने नेपालीहरु पनि आफ्नो नोट कागजको खोस्टामा परिणत हुने त हैन भनी चिन्तित हुँदै माइस‍ं‍सारमा कमेन्ट गरिरहेका थिए।

अब चिन्ता लिनु परेन। किनभने राष्ट्र बैँकले आज जारी गरेको सूचनामा भनेको छ-

पूर्वराजा अंकित नोटहरु सट्टाभर्ना गर्न सर्वसाधारणलाई कठिनाइ परेको व्यहोरा बैंकको जानकारीमा आएकाले सर्वसाधारणको सुविधालाई ध्यानमा राखेर पूर्वराजा अंकित नोटहरु पूर्ववत् चलनचल्तिमा रहने व्यवस्था गरको छ।

अब राष्ट्र बैँकले जारी गरेको नयाँ निर्देशनमा सबै बैँकहरुलाई राजाको फोटो भएको नोट स्वीकार गर्न तर त्यस्तो नोट सर्वसाधारणलाई नदिई राष्ट्र बैँकमा जम्मा गर्न भनिएको छ।


53 Comments

  1. नोट साट्ने काम हतार मा देखिएता पनि नराम्रो मात्र हैन . एसले गर्दा कर नतिरी थन्काएर राखेको black money बाहिर आउने थियो. बाहिर नआए काम नलाग्ने कागज को खोस्टा मात्र हुनेथेयो. तर नेताहरु ले किन हुन दिन्थेया र यो कुरा लागु हुन …. राजा को फोटो हटाउने त निहु मात्र हो … मुख्य कुरा त कर को दयारा मा नाआको पैसा लै invalid गराउनु हो . तर हामी सानो दुक्ख सहनु पर्दा big picture लै ignore गर्छौ…..

    • तर औता कुरा बुझिन …. बिदेशी बैंक र सरकार ले मौजत मा राखेको नेपाली currency लै चै कल्ले सातिदिने … पक्कै पनि उनीहरुले सबै रकम राष्ट्र बैंक लै पठाउने थिएनन् … त्यो scenerio मा के उनिहरको मौजत पनि invalid हुनेथेयो ? कि बिदेशी बैंक र सरकार लै यो नियम लागु हुने थिएन ??

  2. स्वार्थपूर्ण निर्णय फिर्ता लियो राम्रै भयो / अब कुरा उठ्दछ ब्यबस्थापकीय योग्यताको / देशको खरबौं रुपैंयाको ढुकुटीको जिम्मेवारी बोकेको र नोट जारी गर्ने एकाधिकार प्राप्त बैंक जसले जनताको जमानतमा प्राप्त पैसाको लगानी र पुनर्मूल्यांकनबाट अरबौ नाफा गर्छ र त्यसको निर्बाध खर्च गर्दा बजेटको सामान्य जवाफदेही प्रक्रिया पुरा गर्नु पर्दैन, न कुन उदेश्यको लागि भनेर वर्गीकृत disclose नै गर्छ, तेस्तो ठाउँमा देशको ठुलो जनसंख्याले त्येत्रो यातना र त्राश फैलाउने निर्णय गर्दा घुष खाने स्वार्थी मनस्थितिले ग्रषित निर्णय गर्नु ठुलो अपराध हो / नैतिक रुपमा एक छिन पनि पदमा बाशी रहन मिल्दैन / अब कुरा उठ्दछ राजनैतिक स्वार्थको / चुनावामा पराजीत अर्थ मन्त्रिले जनतालाई बदलाको मानसिकताले ग्रषित भएर हालको गभर्नर बाहेक अरु योग्य व्यक्ति देख्दैन कारण राजनीतिक सामप्यता र भ्रस्टाचारमा सहजताको लागि / तर जनसेवा को निस्वार्थ प्रत्याभूति दिने हो भने, केन्द्रीय बैंकको प्रतिस्था र बिश्वशनियता कायम गर्ने हो भने सरकार प्रमुखले तुरुन्त हस्तक्षप गर्नु जरुरि छ / अरबौको दारु पन्यु त्यस्ता स्वार्थी घुश्याहाहरुको हातमा एकछिन पनि दिनु हुँदैन /

    • किन हजुर … real state buble लै रोक्यो भनेर तेस्तो रिस उठेको हो … यो राष्ट्र बैंक ले गर्दा नै घर जग्गा मा भैराखेको अन्धो लगानी थोरै भएपनि कन्ट्रोल भा छ …. finance कम्पनी ले मन मनि गर्न पाका छैनन् … जनता ले धेर थोर दुक्का पाए पनि black money कन्ट्रोल check हुनेठेयो….

      • मैले उठाएको issue मा प्रश्न आएको भए उत्तर दिन सजिलो हुन्थ्यो / तर पनि तपाइको प्रश्नमा केहि प्रकाश परि हालौं / Real estate market has its own cyclical movement. NRB stopped the loan to real estate is to control the exposure risk of financial institutions. There is risk of bubble burst in real estate market and loss of investment of financial institutions which is indirectly the money of depositors or public. Due to undercapitalization of FIs, NRB’s intervention is just a common measures. The slump in real estate market and loss to FIs can be observed now and days ahead for a while. The clean note was neither aimed at black money control nor right measures because mediocre people can skip their black money from the clean note process. Regarding black money control, lots of preconditions has to be there without which to control like in Nepal will be हावामा महल हुनेछ / मेरो कमेन्टको मुख्य प्रश्न हो चोरको हातमा ढुकुटीको साँचो सुम्पनु हुन्छ या हुँदैन ? ? ?

  3. स्वार्थपूर्ण निर्णय फिर्ता लियो राम्रै भयो / अब कुरा उठ्दछ ब्यबस्थापकीय योग्यताको / देशको खरबौं रुपैंयाको ढुकुटीको जिम्मेवारी बोकेको बैंक जसले जनताको जमानतमा प्राप्त पैसाको लगानी र पुनर्मूल्यांकनबाट अरबौ नाफा गर्छ र त्यसको निर्बाध खर्च गर्दा बजेटको सामान्य जवाफदेही प्रक्रिया पुरा गर्नु पर्दैन, न कुन उदेश्यको लागि भनेर वर्गीकृत disclose नै गर्छ

  4. राष्ट्र बैंकले नोट निष्काशन मार्फत प्राप्त हुन आयको बैदेशिक सम्पति लगानी गरेर ब्याज र ति सम्पतिको पुनर्मूल्यांकन नाफाबाट बार्षिक अरबौं नाफामा गाभ्छ जुन जनताको हो / खर्च गर्दा कुनै बजेटको जवाफदेही प्रक्रिया पुरा गर्नु पर्दैन, न कुन उदेश्यको लागि भनेर वर्गीकृत disclose नै गर्छ / आफ्नो हातमा दारु पन्यु भएकोले झुठा बहाना बाजी कुरा गरेर असमयमै नोट धुल्यौने र मोटो कमिशन गोजी मा हाल्ने फटाहाको स्वार्थी जाल हो यो /

    लाटो देशमा gaando तन्नेरी भने जस्तै तथा कथित् उल्लु विद्वानहरुको ठुलो संख्या बोकेको बैंकले जनताको व्ययभारमा phychopath ले जस्तै दुख र यातना दिएर घुष खाने बहाना नगरे हुन्थ्यो / त्यो बैंकका कर्मचारीको CA,PhD,foreign Degree & training को ज्ञान नक्कली Certificate को भन्दा भ्रस्ट छ, कलुषित र स्वार्थले दुषित छ जसको मूल्य २ पैसा भन्दा बढी हुँदैन, कि..कसो..त ……..?

  5. राजाको तस्वीर भएको नोट हटाउने निर्णय सही हो, त्यो कार्यान्वयन गर्न यसलाई नचल्ने बनाउनु पनि आवश्यकै थियो तर negative public reaction आउदैमा निर्णय फिर्ता लिएको चाहीं पटक्कै मन परेन, सरकारको सबै निर्णय लोकप्रियनै हुन्छन भन्ने छैन त्यसो भन्दैमा आवश्यक काम पनि नगर्ने हो भने कसरी काम चल्छ ?

  6. pm ले सहि निर्णय गर्नुभो किन माओबादी ले homeministry नपाउने के छ ओह भारती २ दलाल हरु भारत को इसारामा १ इमान्दार प्रम लाई के गर्न खोजेको के प्रम लाई पनि जंगल पठाउन खोजेको अब जनता ले निर्णय गर्न पर्ने हो दलाल साहेब हरु

  7. for an instance i was happy that nepal was going to adopt indian rupees, or american dollar or euro or other foreign currencies by deeming nepali rupees invalid. my happiness didnt lasted long.

  8. पुराना तथा राजाको तस्वीर अङकित नोटहरु नचलाउनु पर्ने कारणहरु

    १ गणतान्त्रिक नेपालमा राजाको नोट नचलाउने सरकारी निर्णय

    २ नेपाली नोट १०० प्रतिशत कटनबाट बनेकोले पुरानो भइ बढि व्याक्टेरिया कलेक्शन गर्ने हुदा पव्लिक हेल्थको लागि हटाउनु परेको । परिक्षणबाट प्रष्ट भएको कुरा कि नेपाली पुरानो नोटमा ट्वाइलेटको प्यान भन्दा पनि खतरनाक किटाणु भेटिएको ।

    ३ राजाको नोट त पुरानो भयो छाप्न छोडेको पनि धेरै भयो अव केरमेट गरेको र‌गाएको कच्याक कुचुक पारेको नोट नचले पछी नेपालीले नोटको जतन गर्न जान्दछन अनी नोटको आयु वढछ नी त अहिले नोटको आयु मोटामोटी १ देखि डेढ वर्षको हुन्छ जवकी नोट १ देखि डेढ महिना मै हत्या हुन्छ नि खालमा दशैमा ईत्यादि ईत्यादि

    ४ घर घरमा लुकाइ राखेको ब्ल्याक मनि पनि बाहिर आउन सक्छ नि

    उपरोक्त कारणहरुले गर्दा राजाको तस्वीर अङकित नोटमात्र नभइ पुराना झुत्रा नोटहरु सवै प्रचलनबाट हटाउनै पर्ने देखिन्छ ।

    तर खाली प्रक्रिया मात्र नमिलेको हो अनाबश्यक स‌चार माध्यममा चर्चा परिचर्चा मात्र भयो ।

    • जसौअरेपानी जनताले नया र सफा नोट पाउनु पर्यो . प्रक्रिया मिलायारा काम
      नगेया पछि दुख त बैंकलाई मात्र होइन जनतालाई पनि भयो. आयन्दा चेतना भया.

  9. हे देशका कपुतहरु
    जनतालाई दिननै सक्छौ भने विजुली देऊ
    जनतालाई दिननै सक्छौ भने धारामा पानी देऊ
    होइन भने
    हे देशका कपुतहरु
    जनतालाई दुखै दुःख नदेऊ, समय बलबान छ, याद गर ।

  10. आज को कान्तिपुर मा होकी क मा पढेको मैले नाला को एउटा किशान ले बनेपा मा पाच सय क दस वटा नोट क्रमश टिन सय को दरले साटेर लगेछन रे… अब एसको भरपाई कसले तिर्ने ……. युबराज खतिवडा ले कि अश्विनी कुमार ले बिचार गरिब त ठहरै भए नि होइन र… तेसैले एस्तो कुरामा विचार कैले पुग्ला ?????

  11. देशलाइ बिकाश को गति तीर अघी सार्न पर्ने बेला मा यस्तो सानो सानो कुरा मा अल्झियारा पानी हुन्छ, अनी बैंक नजिक भयको मान्छेहरु ले त बैंक मा सत्लान रे गाऊ मा हुने मान्छे हरु ले के गर्थे होला, राम्रो गर्यो फेरी पाहिले जस्तै गरेर पैसा चल्छ भनेर चाही ..

  12. क्या मौद्रिक नीति छ यहाँ !!!नौटंकी खेल भनेको यहि हो साथीहरु …..

  13. बुध्दु र मुर्ख जाति भनेर नेपालि लाइ त्यतिकै भन्या हो र? नोट कामै नलाग्ने त भन्या थियन। केबल निश्चित बैक मा गयर साट्टनुहोला मात्रै त भन्या हो। अनि सर्बसाधारण त्यस्तो पैसै डुब्नेगरि करोडौ बोकेर हिड्छन कि के हो? समस्या त घरमा पैसा लुकाउनेहरुलाइ, कर नतिर्नेहरुलाइ र अरुहरु जो बैक बाहिर पैसाको चलखेल गर्छन, तिनिहरुलाइ पर्नु पर्ने हो। के भन्नु? हुन त भारत मा कसैले नेपाल तिर फर्केर पेट वायू छोड्यो भने पनि आफ्नै शहर आगो लाउन तम्सिनेहरु। जय देश जय जनता।।।।।।।दुइ चार दिनको लेख हेर्दा त नेपालि अमनचैन मा बाचेका थिय, तर यो नोट साट्न पर्ने कारण ले गर्दा जापानको त्तकालको दुख भन्दा पनि ठुलो दुखमा परे जस्तो पो ब्यबहार गरे।।।।।।नियम कानुन भएन भनेर कुर्लिने पनि हामिनै? नियम कानुन ले मार्नै लाग्यो भनेर अष्टमिको शिर छिनेको खसि भन्दा बेगले कुर्लिने पनि हामिनै। धन्य म नेपालि…………………।

  14. आज राम्रो खबर …सुन्नमा आयो, ……..यो कुरा विश्वभरि छरिएर बसेका सबै नेपालीको कानमा पुगेको थियो नोट नच्ल्न्ने भनेर सबैलाई एक छुटै किसिम को कौतुहलता थियो मनमा ….तर आजको यो सुभ समाचारले सबैमा हर्स छाएको छ|

    राजाले गद्दीमा हुँदा त दुख दियो दियो गद्दी छोडेर जाँदा सम्मनि जनतालाइ दुख दिन पछी परेन …..जे भए पनि यो नोट चल्ने कुरा हामी सबै नेपालीको लागि एउटा राम्रो र सुखद समाचार हो….कामना गरौँ फेरी अब यस्तो सास्ती भोग्न नपरोस हामी नेपाली जनताले!!!

  15. – अब नयाँ नोट छाप्दा राजाको तस्बिर नभएको छाप्दा करिब २ बर्ष भित्रमा सबै बिस्तारै खिचेर आइ आफै समस्या समाधान हुन्छ / जसले गर्दा अरबौ रुपैया छपाई खर्च बच्न सक्छ / ( आजसम्म त चलन चल्तीमा रहेर केहि भएन भने अब २ बर्षमा केहि बित्दैन)
    -राष्ट्र बैंकको देश भरि रहने भनिएको ६७ शाखाको काउन्टरको कर्मचारी खर्च, समय, झन्झट आफै अन्त भयो /
    – जनताहरू माथि अनावस्यक झन्झट र झमेला आइपरेको जस्तो भाहान गरिएको थियो /

    यसर्थ, ठण्डा भएर सोच्दा मलाइ चाही यो निर्णय ठिकै लाग्यो /
    तात्तातै खाएर जल्दै मर्नु अलि बुद्धिमानी पनि होइन नि..कि कसो मित्र हो ?!!

  16. राजाको फोटो भएको नोट कम नलाग्ने बनाउन खोजेको कम मलाई चित्त बुझेको थिएन| देशको परिस्थिति संगै नया मुद्रा निकाल्यो भन्दैमा पुरानो मुद्रा कामै नलाग्ने बनाउन चाही ठिक लागेन| किनभने मुद्राले इतिहास बोकेको हुन्छ | साथै यसमा संकृति पनि झल्केको हुन्छ | त्यो काल मा नेपालमा राजा थियो र राजा को फोटो भएको नोट बन्थ्यो | नेपालमा राजाले शासन गर्थ्यो | यो इतिहास हो | इतिहास लै मेटाउन पाइन्दैन र सकिन्दैन पनि | राजा हटायो भन्दैमा राजा को फोटो भएको नोट हतौना जरुरि थान्दीन|
    यो पक्का पनि राजा देखि elergy भएका मान्छे को बुद्दी हुनुपर्छ , जसलाई नेपाल को इतिहास, संस्कृति, बारे केहि वास्ता छैन अनि जे पनि राजनीति आँखाले हेर्ने|

  17. यिनीहरुको निर्णय यस्तै त होनी, के गर्दा कसो हुन्छ भनेर सोच्न सक्ने खुबी छैन आज निर्णय गर्यो भोलि आफैले बदर गर्यो/ कमैया मुक्ति गर्दा पनि कुनै सोच नराखी मुक्ति पछी के हुन्छ र कसरि ब्यबस्थापन गर्ने भनि विचार नगर्दा कति बिचल्लीमा परेका थिए ति कमैयाहरु मुक्त भैसकेपछि/

  18. “नोट फिर्ताको सुचना जारि गर्ने निर्णय अदुर्दर्सी थियो”
    भनेर प्रमाणित गरिराख्नु नपर्ला अनि त्येस्तो अदुरदर्शी लाइ पदबाट तुरुन्त हटाउनु के को आइतबार कुरेर बसेको ?
    जय नेपाल

  19. एक पटक गरिसकेको निर्णय उल्ट्याउने त हाम्रो सदिऔ पुरानो बनि छ यो कसैले परिबर्तन गर्न सक्ला जस्तो लाग्दैन/ बरु यी भ्रस्ट नेता तथा कर्मचारी हरु हो यदी लागु गर्न सक्दैनौ भने किन यस्ता निर्णय हरु गर्छौ तिमि हरु/ थुक्क भन्न नि मन लग्न छाडिसक्यो तिमीहरुलाई त/ नलाएक सरकार, नलाएक नेता अनि नलाएक सरकारी कर्मचारी रहेछन हाम्रै नेपाल मा/

  20. दुरदर्शी को कमि नै हो दिलिप जी तेसैले त नेपाल अहिले सम्म अगाडी बढ्न नसकेको, नेपाली को बुद्धि पछि फिर्छ भनेको सहि हो नि त !

  21. केके हुन्छ हो नेपाल मा.येस्तई हो भने हाम्रो राजा फेरी आउला जस्तो छ .ल हेर त राजा नभए पनि हाम्रो व राजा भन्न मन पर्छ.आशा गर राजा फेरी हुन्छ नेपाल मा

  22. तपाई हाम्रो अगाडी प्रस्ट छ हाम्रो देसको स्थिको बारेमा, यी सम्पूर्ण किर्याकलाप को बारेमा देश बिदेशका टिभी च्यानल र पत्र पत्रिकामा मा पनि त लेखियो होलानी तेती माथिल्लो तहमा कार्यरत कर्मचारीको त एस्तो स्थितिछ भने हामीलाई (जो बाहिर काम गर्छौ) कसले बिस्वाश गर्छ र इज्जतनै कसले दिन्छ होला?

  23. यो अरु केहि होयिना त्यो गबर्नर लाई पैसा कुम्लौना मन लागेको थियो बजारमा जति पनि राजा को फोटो भएको नोट छ ति सबै जलाएर त्यति नै बराबर को नोट छपाएर निस्काशन गरेर कमिसन खान पाउने लोभमा यस्ता निर्णय गरेको हो त्यो गबर्नर लाई लात्ता ले हानेर त्यहाँ बाट निकाली हाल्न पर्ने हो /किन यस्ता दुस्ट हरु नेपाल मा जन्मेको होला/ नेता मन्त्रि देखि लिएर सचिब पिउन सम्म सबै दुस्ट नै दुस्ट भए बा कसरि देश को उन्नति हुने हो /

  24. हल्लने मुलाको हुँदैन भर-हाल्ने र झिक्ने बराबर!!!————–भनेको येही हो, कि कसो साथि हो?

  25. जसले बेकम्फुसे निर्णय गरेर देशका जनतालाई दुख दिए तिनी हरुलाई सजाय दिनु पर्छ. राष्ट्र ब्यांक का माथिल्लो तहका कर्मचारी जो जो यस संग सम्बन्धित थिए उनीहरु लै दण्ड देउ…..
    जनताको नाम मा राजनीति गरेका झलनाथ र पुष्पकमल हरु हो … दण्ड दिन सक्छौ यी मति भ्रष्ट भएका कर्मचारीहरुलाई…. ?

  26. मैले त माइसंसार मार्फत कडा प्रतिबाद गरेको थिए, आखिर धेरै जनताको आबाज राष्ट्र बैंकले थाम्न सकेन जस्तो छ | जनताको विचार नगरी गरेको यस्ता हचुवा निर्णयको पछाडी बदनियत भएको देखिन्छ यसको छानबिन हुनु पर्छ | जे होस् जनताले राहत पाए, खुसि लाग्यो | खबरदार, आइन्दा कुनै पनि निर्णयमा जनताको परिस्थिति, अवस्था र मनसाय बुझियोस | सबै संघ संस्था सरकारलाई सबक हुने भया !!

  27. what is this Mr. salokya? i would like to inform to mysansar family, this blog would be one of the most papular and visited site in abroad, but this person blogs monotonously , he must get the real results for the publish such kinds of news which is on behalf of our nation, YES we proud to be NEPALI, just not with the printed note( money), but it has inner link with our nationality, so i warn to him not to publish this kinds of kids blog again and again, which makes us big confused,

    • दुर्द्रसी सोच हो भने राजा पनि आउन पर्ने हो फेरी

  28. गजब छ| ज्ञानेन्द्र को फोटो को सत्ता रामबरण / माकुने/ प्रचंडे/ झले को फोटो राख्न लाज लागेछ होला अनि हिमाल को फोटो राखेर नोट छापेछ्न| नोट हेर्दा कुन अगाडी कुन पछाडी हो भनेर नै झुकिने|

  29. यस्तै अपरिपक्का, अव्यबहारिक र अदुरदर्सिता निर्णय र योजना लाद्ने अयोग्य व्यक्तिहरु नै महत्वपूर्ण ओहोदामा आसिन छन् जसले गर्दा सर्बसाधारण जनताले पिडा भोग्नु परिरहेको छ र यो राष्ट्रको हबिगत पनि यस्तो भएको हो | पूर्व राजाको फोटो नोटबाट हटाउने कार्य सहि छ यसमा कसैको बिमति होइन र हुनु पनि हुन्न | तर यस कार्यलाई ब्यबहारिक र प्रभाबकारी ढंगले ब्यबस्थित गरि लागू गर्नु गराउनुको सट्टा सर्बसाधारण र ब्यांकका कर्मचारीलाई सास्ती दिने काम ज्यादै निन्दनीय र लाज्जस्पत छ जसले सम्बन्धित ओहोदामा आसिन व्यक्तिहरुको दक्षता, योग्यता र दुरदर्सिता कमजोरीको उदांगो पारेको छ, नियतमा पनि प्रश्न उत्पन्न भएको छ सायद नारायण दाहाल जी सहि हुनु हुन्छ |

  30. दाखिला भएको नोटलाई आगो लगाउंदै जाने, ढिलो चांडो एकदिन त निमिट्यान्न भैहाल्छ नि ! अथवा एकबर्षे म्याद दिएर रेडियो र टेलिभिजनबाट फुक्ने! त्यति गर्दापनि ती नोट गुहु चेपे झैं चेपेर राख्छ भने कसको के लाग्यो र ?

  31. सबैले भन्थे पशुपतिनाथले चलाएको छन् देश……………
    १ मनुवाले सोधेचन पशुपतिनाथलै…………
    किन येस्तरी लथालिङ्ग त हाम्रो देश…………….
    पशुपतिनाथ उत्तर दिन्चन………………..
    मैले होइन माथिको आदेशले चल्छ देश……………..
    मनुवा हेर्छा माथि…………..
    देख्छ १ अमुक बदमाशी मात्रै गर्न जान्ने ढेडु मज्जाले घाम तापेर फलफुल उग्रौन्दै छ……………
    बिचरो मनुवा के सोध्नु त्यसलाई……
    सबै क्षेत्र मा येस्तई ढेडु बादरको राज भयो………….
    पढेलेखेका र कर्मठ हात हरु बिधेसिना बाध्य छन्…………
    दुर दृस्टी राख्न सक्ने मान्छेको छ अभाब…….
    अनि सम्पूर्ण सामाजिक, आर्थिक, र राजनीतिक छेत्रमा येस्तई ढेडूहरु हाबी छन्…….
    आज सहमति…………भोलि बिमति………
    आज जनता सताउने १ निर्णय भोलि अर्को………
    जेलमा गोलि चल्छ……..
    पुलिस हतियार बेच्चन……….
    सभासद पासपोर्ट बेचंचन…………..
    sadhai को almal……….
    kam kura ekatira kumlo boki thimi tira…………..
    खै मेरो देश…………
    कहाँ दुख्छ……..कता पोल्छ आम मनुवालाई………

  32. यस बाट प्रस्ट हुन्छ – हाम्रो देश को नीति नियम कति हचुवा ताल ले बनाइन्छ l

  33. राजाको को फोटो भयको नोट अब नचल्ने खबर हिजो bbc बाट थाहा भय पछी आफु सग भयको नोट £६० तिरेर courier गरेर आज बिहान नेपाल पठायको थीय, आज बिहान माई संसार ब्लग नहेरेको हुनाले दुख पायियो

  34. अब चाहिं गभर्नरले अनैतिकताको आधारमा राजिनामा ठोक्नु पर्यो | नैतिकताको कारणले राजिनामा ठोक्ने चलन त छैन नयाँ नेपालमा | बैंकमा लाईन बसेर खेर गएको समयको क्षतिपूर्ति दाबी गर्ने कि , सबै जनता मिलेर !

  35. राष्ट्र बैंक को यो निर्णय राम्रो हो / अब यसरि नै नेपाल मा राजतन्त्र स्थापना गर्नु पर्छ/ नेपाल नेता हरु को हात मा रहयो भने नेपाल एक दिन भारत हुन्छ/
    राजतन्त्र जिन्दाबाद/

  36. नेपाल राष्ट्र बैकले नेपालका गरिब जनता माझ सुनामी ल्याई दिएको छ / यस सम्बन्धमा गभर्नर लगायत यस सम्बन्धित पदाधिकारीहरुले तुरुन्त राजिनामा दिनु पर्यो कि त सरकारले घोक्राएर निकाल्नु पर्यो / यो त सरासर जनतालाई नचाहिँदो दुख:कष्ट दिएको छ / “अब राजा नोट चल्ने रे” भन्ने समाचार नसुनेकाहरु दुर्गम जिल्लाका जनताहरु निधारमा नाम्लो लगाएर खाजा बोकी नोट साट्न सदरमुकामको लागि हिडिरहेका छन् / दुर्गम जिल्ला र गाउँ गाउँमा सोझा, सिदा, लाटो, गरिब जनता अहिले सम्ममा लुच्चा, फटाहा, दलाली र ब्यापारीहरुले हाफ मोलमा राजा भएको नोट लिएर गरिब जनतालाई ठग्नु ठगि सक्यो होला / यसरि नौटंकी गरेर सर्बसाधारण लाई झुक्याउन पाइन्छ? श्री नारायण दाहालजी नेपाल राष्ट्र बैंकका गभर्नर लगायत सम्बन्धित पदाधिकारीहरु माथि सर्वोच्च मुद्दा हाल्नुस /

  37. आज उठ्ने बितिकै राम्रो खबर सुन्न पाईयो,एक छिन् त विश्वास पनि लागेन सपना होकी भनेर,आसा छ यो सुरुवात हो र एकदिन सबै देश क़ा कपुत हरुले सजाय पाउनेछन् .होसियार
    लुटेराहरु एक दिन पाप धुरीबाट कराउछ.

  38. हिम्मत छ भने नेपाल भरि चल्ने इन्डियन नोट रोकोस न यो सरकार अनि राष्ट्र बैंकले

    • सहि कुरा गर्नुभयो. international currency dollar साट्नु भन्दा भारु IC साट्नु सजिलो छ हाम्रो देश मा. Common nepalase, either use dollar since it is an international currency or use our own nepali rupees. I don’t want any Indian IC or currency from any other countries for common use in my country……..सबैलाई ज्ञान bhayaaaaaaaaaaaaaaaaaaaaaa……..

  39. एकदमै खुशी लाग्यो एस्तो समाचार पढ्न पाउँदा माइ संसार लाई धेरै धेरै धन्नेबाद . येस्तई नौटंकी समाचार हरु अपडेट गर्दै रहनु होला .

  40. नेपाल राष्ट्र बैँकले देखाएको नौटंकी कसैले भुल्ने छैनन्। निर्णय गर्ने तरिका कस्तो रहेछ ? राम्रै देखियो………चाडै आउन लागेको मौद्रिक नीति पनि हावा फुस्किएको टाएर जस्तो त होलानी ..

  41. सबैले आ आफ्नो नाटक देखौना पाउने यो नेपाल मा , राष्ट्र बैंक ले पनि आफ्नो ३ दिने नाटक देखायो….धन्यवाद राम्रो लग्यो नाटक …..

  42. सबै नौटंकी ले चलेको त ६ नि नेपाल……सबैले आ आफ्नो नाटक देखाएको बेलामा राष्ट्र बैंक ले पनि आफ्नो ३ दिने नाटक देखायो….धन्यवाद राम्रो लग्यो नाटक …..

Comments are closed.