किन बन्द भएको थियो माइसंसार ?

बिहीबार रातिदेखि शुक्रबार दिनभर र राति अबेरसम्म पनि माइसंसार तपाईँको कम्प्युटरमा खुलेन। तपाईँको मात्र हैन विश्वका कुनै पनि कम्प्युटरमा माइसंसार खुलेको थिएन। माइसंसार मात्र हैन, चर्चित वेबसाइटहरु Foursquare, Quora, Reddit, BigDoor लगायत सयौँ साइटहरुमा समस्या आयो। यी साइटहरु बन्द हुनुको मुख्य कारण थियो- अमेजन कम्पनीको क्लाउड होस्टिङमा आएको समस्या। यसले अमेजनको प्रतिष्ठामा मात्र धक्का पुर्‍याएको छैन, क्लाउड होस्टिङको भरपर्दोपनामा नै प्रश्नचिह्न उठेको छ। यो ब्लग लेखिँदासम्म पनि अमेजनले आफ्नो सेवा पूरै समस्याविहीन भएको बताउन सकेको छैन। अमेरिकी तथा विश्वभरका प्रविधि संवाददाताहरुले अमेजनसँग यसबारे जान्न खोजिरहेका छन्, तर अमेजनले आफ्नो यही साइटमा बाहेक आफ्नो प्रतिक्रिया केही नहुने बताइरहेको छ। अमेजनको डाटा सेन्टर विश्वका विभिन्न भागमा रहेका छन्। तर मुख्य समस्या उत्तरी भर्जिनियाको सर्भरमा देखिएको थियो। दुर्भाग्यवश माइसंसारका डाटा पनि त्यहीँ थिए। हाम्रा एडमिन प्रमेयले बल्लतल्ल त्यसलाई सारेर साइट यति चल्ने बनाएका हुन्।

एक दिन पूरै माइसंसार बन्द हुँदा तपाईँहरुलाई कस्तो लाग्यो कुन्नि, मलाई भने पसलेहरुलाई नेपाल बन्दमा भए जस्तो आराम महसूस भयो। सँधैको हतारोबाट अलिकति भए पनि छुट्टी पाएको जस्तो भयो।

अमेजनको समस्याबारे अमेरिकी समाचार एजेन्सी एपीले बनाएको समाचार


के हो क्लाउड होस्टिङ ?
पाठकहरु बढ्दै गएपछि सानोतिनो सर्भरले माइसंसारलाई धान्न नसकेपछि हामी अमेजनको क्लाउड होस्टिङमा लागेका थियौँ। यसमा गएपछि हामीले अहिलेसम्म खासै समस्या भोग्नु परिरहेको पनि थिएन।

तपाईँहरु मध्ये केहीले क्लाउड होस्टिङ शब्द पहिलो पटक सुन्नुभएको हुनसक्छ। तर तपाईँ क्लाउड होस्टिङका प्रयोगकर्ता भने पहिलेदेखि नै हुनुहुन्छ। किनभने इन्टरनेट र गुगल एकअर्काको पर्यायवाची शब्द जस्तो भइसक्यो। गुगलले क्लाउड प्रविधिबाट नै आफ्नो सर्च र अन्य सेवा उपलब्ध गराउँदै आएको छ।

सामान्यतया पारम्परिक (dedicated/shared hosting) होस्टिङमा एउटा सिङ्गो सर्भरमा भर पर्नुपर्ने हुन्छ। तर क्लाउड होस्टिङमा भने धेरै वटा सर्भरहरुमा पहुँच हुन्छ। सैद्धान्तिक रुपमा यसको प्रोसेसिङ शक्ति असीमित हुन्छ किनभने हामी नयाँ सर्भर कुनै पनि बेला थप्न सक्छौँ।

यसको शुल्क पाठकको आधारमा हुन्छ। पाठकहरुका कारण जति कम्प्युटिङ पावर खर्च हुन्छ, त्यो अनुसार होस्टिङ कम्पनीले शुल्क असुल्छ। सजिलोसँग बुझिने भाषामा भन्दा यो धारा र बत्तीको शुल्क तिरे जस्तो हो। घरमा पाहुना धेरै आएर धेरै खर्च गरे भने धेरै तिर्नुपर्छ, कम गरे त्यो भन्दा कम तिर्नुपर्छ। तपाईँले प्रत्येक पटक माइसंसार खोल्नु हुँदा त्यसको खर्च हामीले व्यहोर्नु परिरहेको हुन्छ। अमेजनले अमेरिकाका पाठक, युरोपका पाठक, जापानका पाठक र हङकङ,सिङ्गापुर र बाँकी एसियाका देशहरुका पाठकका लागि छुट्टाछुट्टै भाउ तोकेको छ। महिनाको सरदर हामी १५० डलरदेखि २०० डलरसम्म शुल्क होस्टिङका लागि तिरिरहेका हुन्छौँ।

क्लाउड अर्थात् बादलु होस्टिङ भनेको के हो त ? यो भिडियो हेर्नुस्-

माथिको भिडियोमा जति फाइदा देखाइएको भए पनि अमेजनको बादलु सर्भरले धोका दिएर एकै पटक सयौँ वेबसाइट बन्द भएपछि यसको भविष्यमाथि नै प्रश्न उठेको छ।

56 Comments

  1. भ्रस्टाचार को भन्दा फोर गर्ने सपथ खाए पछि , मलाइ त कसैले तपाई माथि आक्रमण पो गर्यो कि जस्तो लग्यो| तर सबै ठिकै रहेछ, खुशी लग्यो|

  2. सालोक्य जी माइसन्सार तपाइको रहर रहेछ र आशा छ त्यो रहर जुनी जुनी सम्म तपाईलाई लागिरहोस….

  3. धन्यवाद, नेपाली समाज मा यो जस्तो राम्रो र निस्पक्ष्य site अर्को छैन /

  4. सालोक्य जी,

    माई संसारको समस्या समाधान भई पढन पाएकोमा ज्यादै हर्ष लागेको छ। पाठकहरुलाई माई संसार पढ्ने औसर दिएर तपाँईहरुले देश र पाठक दुबैलाई गुन लगाउनु भएको छ। माई संसारको उन्नतिको कामना गर्दछु।
    ‘फोटो हेर्नुस कविता लेख्नुस ‘ लाई निरन्तरता दिनु भए हामी कविता लेख्नेहरुलाई मनको भावना पोख्ने औसर प्राप्त हुने थियो। यदि तपाँईहरुले फोटो राक्न भ्याई रहनु भएको छैन भने
    ‘कविता’ ,’ कवि र कविता’ जस्ता सिर्षक दिएर कविता लेख्नेहरुलाई कविता लेख्न आह्वान गर्नु भए पनि हुन्छ। यो मेरो अनुरोध हो।
    धन्यवाद

    बी अधिकारी

  5. हामी विदेश मा हुनेहरुलाई त मेरो संसार साथी , तथा घरपरिवार सरह नै हो तेसैले मेरो संसार एक दिन बन्द हुदा पनि मलाई त सारै अत्यास लागेर आयो धन्य खुल्यो खुसि छु

  6. म त माइ संसारको नेपाली लिक्स ले गर्दा कसैले ह्याक गर्‍यो या प्रतिबन्ध गर्‍यो जस्तो लगेको थियो होइन रहेछ। यो बन्ध ले हामीलाई माइ संसारको महत्वोको बोध भएको छ। अब फेरी त्यस्तो नहोस् भन्ने शुभकामना। अर्को कुरा, पे पाल नहुने, क्रेडिट कार्द पनि नहुनेहरुले नेपाली रु क्यास दिएर कसरी सहयोग गर्न सक्छोउ?

  7. हो मैले पनि निकै पटक ट्राइ गरेर खोल्न कोशिस गरे तर खुल्न सकेन,मलाई मेरो नेटमा समस्या आयो भनेर चित्त बुझाए.

  8. मलाइ त साँझ साँझ सधै जाने गरेको भट्टीमा ताला लागेजस्तै भाथ्यो.. अर्को भट्टीमा जाउँ भने पनि अफ्ठेरो / लत नै लागेछ बाबै !!

  9. निकै नरमाइलो अनुभव भयो. जे होस् फेरी खुलो खुसि लाग्यो .

  10. एउटा प्रस्न अन्यथा नसोच्नु होला!! म पनि माइसंसारको फ्यान हो..

    माईसंसारले $१५० – $२०० महिना को तिर्छ भने त्यो पैसा माइसंसारले कहाँ बाट लिएर आउछ अर्को भाषामा महिनाको $१५० – $२०० तिरेर माइसंसार ले पाठकलाइ सूचना दिनु बाहेक अरु के पाउछ?? माइसंसारको सूचना दिनु बाहेक प्रमुख उदेश्य के हो?

    • माइसंसारमा देखिने विज्ञापनबाट खर्च जुटाउने हो। तर धेरै गाह्रो पर्छ यसका लागि। केही विज्ञापन राखेपछि पैसा पाइन्छ भने केहीमा भने क्लिक भइसकेपछि मात्र पैसा पाइन्छ। त्यसैले पनि पाठकहरुले विज्ञापनमा क्लिक गरेर हेरिदियोस् भन्ने आशा हुन्छ।
      यसको उद्देश्य सूचना दिनु भन्दा पनि रहरबाट थालिएको हो माइसंसार। यो रहर कसैलाई सूचनाको माध्यम बनिदियो भने अर्कै कुरा। तर यो रहरै हो। जुन दिन रहर लाग्न छाड्छ, त्यो दिन यो बन्द हुन्छ। तर पाठकहरुको मायाले गर्दा रहर बाध्यता बन्न पुगेको छ। र त कहिलेकाहीँ दिनभर अफिसको कामबाट थाकेर पनि राति दुई तीन बजेसम्म बसेर ब्लग अपडेट गर्दै बस्छु।

      • धेरै धन्यबाद अब माइसंसार खोल्न बित्तिकै बिज्ञापन क्लिक गरिहाल्छु

  11. धर्मजस्तो भरपर्दो त यो संसारमा के को नै पो छ र ? एउटा सिद्धान्तले अर्को सिद्धान्तलाई पछार्ने भएकैले आइन्स्टाइनले विज्ञानलाई असत्य भन्थे रे ! त्यसैले धर्म सत्य हो, विज्ञान असत्य । विज्ञानमा हुने यस्ता उतारचढाव स्वाभाविक हुन् ।

    • माओका अनुयायीले धर्म सत्य हो रे ????????

  12. मलाई त लौ बेकुप लामा, भरते, भ्याटमार ब्यापारी सब मिलेर माई संसार को site नै बन्द (Hack ) गरयछन कि भन्नि पिर पो लागेको थियो त…पछि सालोक्य जी को tweet हेरे पछि लै ढुक्क भो…

  13. माइसंसार त बिहानको चिया भएछ,
    एक दिन नहुँदा पनि एक महिना जस्तो लागिरहेछ!

  14. हामी दिनको २० घण्टासम्म loadshedding भोगेका नेपालीलाई एक दिन mysansar बन्द हुँदा खासै केहीपनी नौलो लागेन तरपनी दिनभर अबत बन्योकी भनेर क्लिक गर्न भने छोडियन जे भयपनी आब यस्तो समस्या नआवोस भन्ने हाम्रो चाहना छ

  15. ठुलो हिउ परि बाटो घाटो बन्द भए जस्तो अनुभब भयो \के गर्ने जे परे पनि सहनु नै पर्ने \ झरी पछी को निलो आकाश खुले झैँ भयो माइसंसार फेरी पढ्न पाउदा \

  16. म माइसंसारलाई थोरै बयेपानी आर्थिक सहयोग गर्न चाहन्छु, कृपया काहा, कसलाई सम्पर्क गर्नु पर्ने हो ?

  17. महिनौ नेपाल बन्द हुदा त नेपाली जनता ले सहेका छन बाकी ……………………………………………………………….. बाकी हुदै जान्छ |

  18. धेरै सत्य कुरा लेख्यो भनेर चोर नेताहरुले बन्द गरिदियो जस्तो लागेको थियो तर होईन रहेछ, मेरो सन्सारले यो भन्दा धेरै उन्नति गरोस |

  19. म त भ्रस्टचारीहरुले भाजो हालेचन कि भनेको….mysansar त आखाको कसिंगर हो नि तिनीहरुको लागि त.. धन्यबाद.

  20. एस्त झिना मसिना बन्द हरु भै रहन्छन ..निरन्तर अगाडी बढ्दै जाउ ! साएद माइ संसार बिना मेरो दैनिकी अधुरु हुन्छ / येस्तई हुदो हो आरु साथीहरु लाइ पनि ….. माई संसार को प्रगतिको कामना….. !

  21. हिजो छुट्टी दिन को माइ संसार नखुल्दा सोचे maile कसैले ह्याक गरेछन यानेकि पक्का दुस्मन लागे भनेर तर आज खुल्यो , खुसि लाग्यो
    धन्यवाद

  22. well…I am also the regular visitor of Mysansar. I felt as if I had a kind of lame feeling without surfing Mysansar yesterday…Now I came to know what was the main reason behind. But hei..I have got a question….On wednesday there was a tragic death of veteran comedian Hari Bansha Dai’s wife (Mira Acharya) ….I came to know this shocking news from some unreliable sources..I couldn’t believe this and I tried to check this news in Mysansar…But to my surprise, this news was already posted in other sites like nagariknews.com, ekantipur.com ..but not in Mysansar.. but why??? Don’t you think MAHA is an ornament of our nation?? Don’t you think this news should get priority in your renowned blog, if you are fair enough? Or do you have some kind of personal ego problem with them?? I’d be grateful if you answer my question.

    I wish massive progress and prosperity for this blog.
    Thank you!

    • नेपाली हास्यको थोक उत्पादक महको आधा पाटो हरीबंशकी धर्मपत्नी (यद्यपी मैले उहालाई चिनिन होला) को ४६ वर्ष मै असयामिक निधन भएको खबरमा अत्यन्त दुख: लागेको छ:

      🙁
      सतीले श्रापेको देशमा-
      विधि भन्नेको विधानमा-
      जसले करोडौंलाई रुवाएका छन-
      अलिसान महलमा हाँसेका छन!
      जसले करोडौंलाई हसाएका छन्-
      आफ्नै आँशुमा फसेका छन,
      कपाल खौरी कुना बसेका छन!

      ए बिधि होस् कि विधाता!
      लानै छ भने निकम्मा ६०१ लाई लैजा!
      अन्यथा त बिधि होइनस, त होस् हैजा!
      के तलाई पनि चौधरीले भ्याट दियो?
      के खेतानले र गोल्छाले फ्ल्याट दियो?

      कस्तो अचम्म-
      गाइ दिनु पर्नेमा गोबर,
      गोबर दिनु पर्ने मा दोबर!
      तेरो न्यायको भाँडो रीत्तिई सकेजस्तो छ,
      तेरो म्याद सिद्धीई सके जस्तो छ!
      *****
      हार्दिक श्रद्धान्जली!
      🙁

    • सबै खबर ब्लगमा लेख्‍न संभव हुन्न।
      हरिवंशलाई परेको शोकमा समवेदना दिँदै ट्विटरमा ट्विट गरेको थिएँ जसलाई माइसंसारको बायाँ छेउमा रहेको ‘मेरो tweet’ मा हेर्न सकिन्थ्यो। मिरा भाउजुको स्वास्थ्यको बारेमा अस्पतालले निकालेको विज्ञप्तिसमेत ट्विट गरेको थिएँ, तपाईँले हेर्न छुटाउनु भएछ र अनेक थरिका कुरा सोच्न भ्याउनु भएछ। हेर्नुस् २० अप्रिलको ट्विट यहाँ http://twitter.com/#!/salokya

  23. मेरो संसार बन्द हुँदात साच्चै मेरो संसारै बन्द भयजस्तो लाग्यो अब देखि लगातार चलेदेखि हुने थियो /

  24. सालोक्य जी,

    web Hosting को billing सिस्टम जानेर मैले के बिचार गरे भने दैनिक धेरै पल्ट पेज refresh गर्नु पनि hosting को बिल बढाउनु जस्तै हो | अत: कम refresh गर्ने र सहयोग को लागि २ -३ दिनमा १-२ ad मा click गरिदिने प्रक्रिया अपनाएको छु | यो कतिको उपयोगी हुन्छ ?
    (यदि उपयोगी हुने भए अन्य पाठक हरु ले पनि अपनाउन सक्छन)

  25. हहाहाहा, नेपाल बन्दमा पसल बन्द हुँदा पसलेलाई आराम हुन्छ र?
    नीद हराम पो हुन्छ होला त !!!!!!

  26. हुदा हुदा मलाई पनि सारै addiction नै भएछु हिजो मी संसार नखुल्दा येत्ति रिस उठेन कि मेरो desktop लै नै एक हान्देको पछि येस्सो विचार गरे coolmind भएर सोचे मैले किन येसो गरे एउटा site नखोल्दा अनि मेरो मनमा धेरै कुरा खेले किन अरु site भन्दा यो site मा मलाई किन लगाब बढ्यो अनि मलाई लग्यो किनकि सत्य तत्थ्य येस् site मा पढ्न पौचा आफ्नो मनको कुरा विचार येह ब्यक्त गर्न पाउछ तेही नै थियो मेरो त्यो रिस मेरो कम्प्युटर प्रतिको रिस अनि जहाँ सम्म लाग्छ यो sitele सधै येसरिनै सत्य कुरा हरु मात्र अगाडी बढाउने छ अर हामी जस्ता नेपालका पत्र पत्रिका पदना नपाउने आफ्नो देसमा बसेर केहि गरु भन्दा भै बन्धु लगेर खाडीमा अरुको कमारो हुनु बद्ध्या बनाएका हरुलाई सारिने उपयोगी यो site धन्य बाद प्रमेय जी किन कसरि एस्तो भयो भनेर जानकारी गराउनु भएको मा अनि मलाई त कस्तो सम्म दर लग्यो भने ला अब यो पक्कै पनि नेपाली नेता हरुको दबाब लागे छ कतै ब्यापारी हरुको दबाब त लागेन लौ अब यो site कतै बन्दनै गराउने त हैन भनेर अति दुख पो लागेको थियो धन्य मेरो सोच जस्तो भएन छ ~!!!!1

  27. हिजो शुक्रबार दिनभर माइसंसार बन्द हुँदा त नेपाल बन्द भएजस्तो भो . दिन नै खल्लो भए जस्तो भएको थियो तर पनि मन सम्हालेर किताबका केहि पानाहरु पढ्न पाईयो . मईसंसार बन्दहुन्दा त मनमा कस्ता कस्ता कुराहरु खेल्न पुग्यो . लागेथ्यो देशका भ्रस्तहरुले माइसंसारलाई केहि गर्यो कि भनेर . धन्न आज चलेछ, सकुशल रहेछ मईसंसार .

  28. सच्चाई किन हो कुन्नि फुर्सद अनि हातमा मोबाइल हुदा फेसबुक अनि मैसंसर खुलिहाल्छ कुन्नि क भाको. तपैहरुको सेवाप्रति आभार ब्यक्त गर्न चाहन्छु.

  29. मैले हिजो ८-१० पटक खोल्ने प्रयास गरे मलाई त लाग्यो मेरो नेट ओर कम्पुटरमा पो समस्या आयोकी तर आज हिहन अफिस मा आयर पहिले नै खोलेको फेरी खुल्यो अहिले पो थाहा भयो त समस्या जानकारीको लागि धन्यबाद हुन त यो हामीले चाहेर हुने कुरा होइन तर पनि भबिष्य मा यस्तो समस्या न आवोस एकै दिनमा साहारै छटपटी हुदो रैछ ……..

  30. धेरै धेरै धन्यबाद माइसंसारका एडमिन प्रमेय जी लाई . हजारौ हजार नेपालीले पढ्ने “माईसंसार” ले तपाईको माया सधै पाइरहोस !
    सेबा धर्म हो . प्रमेय जी तपाइले धर्म गर्नु भएको छ . भगवानले तपाईलाई मद्दत
    गर्ने छन् .

    • धन्यबाद प्रमेयजी, मलाई त mysansar.com ले भर्खर सुरु गरेको lepalileaks को कारणले कसैले hack गरेछ कि भन्ने सोचेको थिए / संका ले लंका तान्छ भनेको येस्तई रछ /

    • तपाईं कम्निष्ट बिचारधार भएको मान्छे, कता भगवानलाई धन्यवाद दि’राको।

      • मेरो प्यारो प्रचण्ड जी ले ” भैसी ” पूजा गर्नु भा’ थ्यो ,
        मैले त भगबानको नाम लिएकी छु .
        रघुबिर जी ! भगबानको नाम लिनु पर्छ ! मनलाई शान्ति मिल्छ —
        आत्म बिस्वास बढ्छ भगबानको नाम जपे —
        रह्यो कम्युनिस्ट विचारधाराको कुरा , कम्युनिस्ट विचारधारा आफैमा नराम्रो
        होइन , यो उच्च विचारधारा हो . बहस नगरौ ! ब्यबहारिक मार्ग अपनाउ—-
        ब्यबहारिक मार्ग ‘समाजबाद ‘ नै हो —-असल नेता मार्फत समाजबाद अपनाउनु
        पर्छ — अबको राजसस्था भित्र पनि समाजबाद अट्न सक्छ लायकको हातमा
        राजनीतिको बागडोर परे —- सबैलाई सन्तुलनमा राखेर अगाडी बढ्नु पर्छ देशको राजनीति — नत्र सधैको हाल यस्तै हुदा देश भोलि कस्तो हुने हो ???—–
        ( यो एउटा सोझो मान्छेको सोचाई हो जो राजनीति बुझ्दैन तर नेता बुझिरहेको
        छ — )

        • कसलाई ‘लायक’ भन्नुभो लुनाजी ? अलि खुलेर भन्नुस् न ।

          • प्रचण्ड चै पक्कै होइन, बाबुराम भए ठिकै छ !

          • को को छैनन् नालायक तपाई आफै सोच्नुस न !
            नेपाल आमाको मुहार कसरि फेरिएको छ त्यो तपाईको आखाले देख्या नै छ —

              • बुझेर किन बुझ्बुझाउनु हुन्छ
                भो कुरा नखोताल्नुस यो मन सार्है रुन्छ

                • तपाईंको र मेरो बुझाइ फरक भएरै सोध्या हुँ । मेरो विचारमा त अहिलेको अवस्थामा प्रचण्डभन्दा लायक कोही पनि छैनन् । त्यसैले कृपया कुरा नचपाउनुस्, यस्तो प्रवृत्तिले मलाई शशांकजीको भनाइ याद आउँछ ।

                  • तपाईलाई शसांक जी को भनाई याद आउछ
                    मलाइ मुलुकको राजनीतिक परिस्थितिले तर्साउछ —

  31. मैले पनि धरै कोसिस गरे सोचे किन माइ संसार बन्द भो भनेर तर आज थाहा भो सधै जसो माइ संसार खोल्ने अनि नेपाल को बारे जान्न पाइने हुदा बन्द भए को बेला धरै बोर पनि भो मन मा लागे को थियो किन आज साइट बन्द छ सधै जस्तो खुल्ने साइट
    ठिकै छ कहिले कहिँ येस्तई हो.

  32. सालोक्यज्यु , तपाइलाई त आनन्द भएछ . मेरो बानि सधै बिहान mobile कि laptop मा mysansar नहेरी बिस्तारा बाट उठ्न मन लाग्दैन. सुक्रबार त के नपुगे क नपुगे जस्तो भएर हैरान भयो. फेरी एस्तो नहोस भन्ने आस गरौ .

Comments are closed.