लाइभ ब्लगिङ र वेबकास्टमा रमाउँदा

भिडियो स्ट्रिमिङ र फोटोको जिम्मा सम्हाल्दै म (बायाँ), सोसल मिडिया फेसबुक र ट्विटरमा अपडेट गर्दै ऋषिकेश। टेक्स्ट अपडेट फोटोमा नदेखिएका कृष्ण र रघुनाथले गरेका थिए

समाज परिवर्तन गर्ने काम गरी सार्वजनिक रुपमा चिनिएका र त्यति चर्चामा नआई गुमनाम रहेका केही पात्रहरुलाई नायकका रुपमा सम्मान गरी गत वर्ष (सन् २०१० मा) नेपाल रिपब्लिक मिडियाले सोल्टी होटलमा रिपब्लिका-नागरिक समिट आयोजना गरेको थियो। त्यही कार्यक्रममा हामीले पहिलो पटक लाइभ ब्लगिङ (रिपोर्टिङ र फोटो) र वेबकास्ट गरेका थियौँ। नेपाली मूलधारको मिडियामा यो पहिलो उदाहरण थियो। यो वर्ष त्यस्तै कार्यक्रम गर्दाको अनुभवलाई रेकर्डमा राख्‍ने जमर्कोका साथ यो ब्लग लेखिएको हो।


उमेश, ऋषिकेश, कृष्ण, उज्ज्वल।

अनलाइन मिडियामा अहिले क्रान्तिकारी परिवर्तन आएको छ। एचटिएमएलका जमाना गए, अपडेट गर्न सजिलो प्रविधि भएको ब्लग आयो। २०६२/६३ को आन्दोलनताका घण्टा-घण्टामा माइसंसारमा ब्लग अपडेट गर्दा जुन प्रविधि अपनाइन्थ्यो, अहिले त्यो पुरानो भइसकेको छ। त्यतिबेला प्रत्येक पटक अपडेट गरेपछि पाठकले त्यसलाई हेर्न पेज रिफ्रेस गर्नुपर्थ्यो। अहिले पेज रिफ्रेस नै नगरी खोलेर राखेपछि अपडेट हुने बित्तिकै आफै कम्प्युटर स्क्रिनमा आएको हेर्न सकिन्छ।


लाइभ ब्लगिङ अहिले विश्वका प्रमुख मिडियाले पनि प्राथमिकताका साथ गर्ने गर्छन्। लगातार जानकारी दिनुपर्ने कुनै पनि घटनामा यस्तो किसिमको रिपोर्टिङ अनिवार्य जस्तै भइसक्यो। नेपाली मिडियामा यसको प्रयोग अलि कम छ। २०१० को समिटमा बल्ल मूलधारको मिडियाका रुपमा नागरिकन्युज र माइरिपब्लिकाले यसको सुरुवात गरेको थियो। त्यतिबेला हामीले कभरइटलाइभको सफ्टवेयर प्रयोग गरेका थियौँ।

दोस्रो पटक हामीले माओवादीको ६ दिन लामो नेपाल बन्दको पूर्वसन्ध्यामा आयोजित निर्णायक बहस कार्यक्रमको लाइभ ब्लगिङ र वेबकास्ट गर्‍यौँ। यसमा हामीले लाइभ ब्लगिङको अर्को सफ्टवेयर स्क्रिबललाइभ प्रयोग गरेका थियौँ। नेपाल बन्दका क्रममा छ दिनसम्म हामीले लाइभ ब्लगिङको प्रयोग गर्‍यौँ, नागरिकन्युजमा।


कार्यक्रममा सहभागी मिस नेपाल सदीक्षा श्रेष्ठ।

बीचमा क्रिकेटका लाइभ अपडेटलाई छाड्ने हो भने तेस्रो पटक यही वैशाख ११ मा सोल्टीमा नै आयोजित रिपब्लिका-नागरिक समिटको नागरिकन्युजमार्फत् लाइभ ब्लगिङ र वेबकास्ट गर्‍यौँ। यस पटक पनि हामीले सफ्टवेयर स्क्रिबलकै प्रयोग गर्‍यौँ। स्क्रिबल तुलनात्मक रुपमा सजिलो छ, यसमा अपडेट गर्न र टाइप भएर पोस्ट भइसकेका सामाग्री तत्काल सच्याउन सजिलो छ। यसमा फोटो अपडेट गर्न पनि सजिलो छ। कभरइटलाइभ भने विशेष गरी खेलसम्बन्धी लाइभ ब्लगिङ गर्दा उपयुक्त मानेँ मैले। यसमा पोल, स्कोर अपडेट लगायतका विभिन्न सुविधा छन्, जुन स्क्रिबलमा छैन।

लाइभ ब्लगिङ र वेबकास्टको अनुभव भइसकेकोले होला, यसपालि खासै गाह्रो महसूस भएन। एक किसिमको ‘ध्यान’ हुन्छ, जब लाइभ ब्लगिङ गरिन्छ। सम्पूर्ण ध्यान कार्यक्रममा र त्यसलाई कसरी तत्काल जनसमक्ष पुर्‍याउने भन्नेमा हुन्छ। ढिलासुस्तीको कुरै छैन, जे बोलिँदैछ, तत्काल टाइप गर्‍यो। फोटो खिच्यो, मेमोरी कार्ड झिक्यो, कम्प्युटरमा राख्यो, साइज मिलायो र तत्काल अपलोड गरिहाल्यो। फोटो अलि ढिला भयो भने त्यो पुरानो भइसकेको हुन्छ। यति द्रुत स्तरमा काम गर्नुपर्छ कि काम गर्नुको मजा नै बेग्लै ! झण्डै पौने एक घण्टाको कार्यक्रम सकिँदा सबैभन्दा पहिले भोक र प्यासको अनुभव भयो !

आफैले खिचेका फोटो मात्र हैन, फोटोग्राफरले खिचेका फोटोको पनि मेमोरी कार्ड मागेर डाउनलोड गरी तत्काल अपलोड गरेको थिएँ। विकास कार्कीको कार्यक्रम हुँदै गर्दाको यही फोटो पनि लाइभ ब्लगिङमा अपलोड भएको थियो।

पहिलो पटक सोल्टी होटलमा कार्यक्रम गर्दा इन्टरनेटको कठिनाइ हामीले भोगेका थियौँ। होटलमा अरु इन्टरनेट प्रयोग गर्न नदिने व्यवस्थापनको अडानले गर्दा हामी डोकोमोको साह्रै चर्को इन्टरनेट चलाउन बाध्य भएका थियौँ- २० हजार रुपैयाँको। तर इन्टरनेटको गति एकदम राम्रो थियो, कुनै बाधा व्यवधान भएको थिएन।

दोस्रो पटक याक एन्ड यति होटलमा निर्णायक बहसको लाइभ ब्लगिङ र वेबकास्ट गर्दा भने होटलले इन्फोकमको इन्टरनेट उपलब्ध गराएको थियो। यसको ब्यान्डविथ साह्रै निराशाजनक थियो। भिडियो स्ट्रिम गर्न इन्टरनेटले साह्रै समस्या उब्जाएको थियो।

यस पटक भने सोल्टी होटलमा नै कार्यक्रम आयोजना गरिएको भए पनि वर्ल्डलिङ्कको इन्टरनेट चलाउन दिइएको थियो। मान्नुपर्छ, वर्ल्डलिङ्कले कार्यक्रमका लागि उपलब्ध गराएको इन्टरनेट समस्यारहित थियो। भिडियो स्ट्रिमिङका लागि एक एमबीको इन्टरनेट भए पुग्ने रहेछ। वर्ल्डलिङ्कले दुई एमबीको दिएको थियो। त्यति लाइभ ब्लगिङ र वेबकास्ट गर्न पर्याप्त रह्यो। पहिलेका कार्यक्रममा पनि वेबकास्टमा अडियोको समस्या थियो, यो पटक अलि कम भए पनि समस्या कायमै देखियो।

अनलाइन पत्रकारितामा भिजेका केही साथीको समूह भयो भने लाइभ ब्लगिङ र वेबकास्ट कुनै पनि बेला सफलतापूर्वक गर्न सकिन्छ भन्ने आत्मविश्वास अब भयो।


कार्यक्रम सकियो, अब फोटो सेसन। सबभन्दा पहिला सम्पादक नारायण वाग्लेसँग।


एकोहोरो कामले साह्रै थाकियो, यसो सेलिब्रिटीहरुसँग फोटो खिचाएर फ्रेस हुनुपर्‍योः निशा अधिकारी र मिस नेपालसित।


डान्सभन्दा रमाइलो त्यहाँको वातावरण र लाइटिङको फोटो खिच्दा हुन्छ।


22 Comments

  1. राजकुमार विलियम र केट बिचको बैबाहिक सम्बद्ध सुखमय रहोस/

  2. तपाइहरुको प्रशंसनिय कार्यले प्रमाणित गरिदिन्छ हामी पनि नया प्रबिधीको प्रयोगमा कम छैनौ । उत्तरोतर प्रगतिको कामना उमेशजी।

  3. परिवर्तित प्रबिधि पछ्याउने क्रममा हामी धेरै पछी छौ , अझ युरोप , अमेरिका , जापान जस्ता बिकसित मुलुकमा नया प्रबिधि आए पछि मात्र सस्तो हुन जाने पुरानो प्रबिधि मै हामी रम्ने गर्छौ … बिदेशीले कति पए हामीलै सहयोग गर्ने उपकरण त्यहाँ नया प्रबिधिको उपलब्ध हुनाले पुरानो चै हामीलाई दिने गर्छन , तैपनि हामी गर्बका साथ सुइकार गर्छौ … यो हाम्रो बाध्यता हुन सक्छ … तेसैले हामीलै दोस्रो बिस्वो को देश पनि भनिन्छ , यानी प्रबिधिमा पुरानो प्रयोग गर्ने देश ..
    तर तपाईहरु जस्तो युवाहरुले जुन आठोटका साथ प्रबिधिको अधिकतम प्रयोग गर्दै यो नया थालनी गर्नु भएको छ यो निकै सर्हानिय छ … येस्ता कार्यक्रमको निरन्तरताको जरुरत छ … आफ्नो काम र प्रबिधिमा रमाएर गरेको कार्यले सफलता प्राप्त गर्नेमा कुनै संखा छैन … लाइभ ब्लगिङ र वेबकास्ट को लागि धन्यबाद र आगामी दिनको लागि सुभकामना …

  4. “एचटिएमएलका जमाना गए, अपडेट गर्न सजिलो प्रविधि भएको ब्लग आयो “. browser ले बुझ्ने नै एचटिएमएल हो. ब्लग पनि अन्त्यमा एचटिएमएल format मै render हुन्छ .

      • 1. HTML is a markup language while PHP is a scripting language
        2. The output of PHP is usually in HTML code which the browser can then interpret
        3. HTML codes are static and they are always the same every time they are opened while PHP files are dynamic and the output might not always be the same
        4. HTML is very easy and forgiving of mistakes while PHP isn’t

  5. HTML को जमाना गयो भन्नु को अर्थ चाही के हो? अनि अहिले भएको यो ब्लग चाही के हो, HTML होइन?

  6. उमेस जी कार्यक्रम निकै रमाइलो र रिफ्रेस हुने खालको देखियो जुन कार्यक्रम बाट पक्कै पनि थप उर्जा थपेको हुनुपर्छ ! आगामि दिन हरुमा अझ रामरा काम हरु गर्नुस मेरो सुभकामना!

  7. मुरी मुरी धन्यवाद ………….यो भन्दा अगाडी मैले क्रिकेट को लाइव हेरेको थिया सराइ मज्जा लग्यू

  8. फोटो मा मेरो सहपाठी ऋषि जी र कृष्ण जी लाई देखेर त्यो बेलाको रत्न राज्य को चिया पसल याद आयो / सालोक्य जी तपाईहरुले नेपाली पत्रकारिता मा एउटा इट्टा थप्नु भएको छ मेरो सुभकामना /

  9. नया नया प्रबिधि देसमा भित्र्यौनुहोस ,,जनता लाई जागृति र सचेत बनाउने कार्येमा सधै लागीपर्नुहोस, मेरो तर्फ बाट हार्दिक बधाई .,,,,,,,,,

  10. समिटको लाईव वेबकास्ट गरेर हामीलाई हेर्ने अवसर दिनु भयो, त्यसको लागि धेरै धेरै धन्यबाद उमेश जी र अन्य मित्रहरुलाई |

    यो भन्दा अगाडी पनि काठमान्डू बाट गरिएको एउटा यस्तै वेबकास्ट हेर्ने अवसर पाएको थिएँ | यी दुवै वेब प्रसारणमा मैले एउटा कमजोरी महसुस गरेको छु | त्यो हो Eco को | यो कारणले गर्दा धेरै कुराहरु स्पस्ट सुनिएनन | Visual quality त यस्तो वेबकास्ट मा त्यो भन्दा राम्रो बनाउन कत्तिको साधन र श्रोतको आबश्यकता पर्छ मलाई थाहा छैन | तर बेला बेला audio नै स्पस्ट नभए पछी त्यो हेर्नु र सुन्नुको त्यति मज्जा नआउँदो रहेछ | अबको यस्तो वेबकास्टमा यो कुरालाई पनि ध्यान दिनु होला | गुम्म परेको ह़लले गर्दा त्यो Eco को समस्या आएको हो कि, खोई थाहा भएन | यस्ता सार्बजनिक कार्यक्रम गर्ने ठाउँमा त Eco को समस्या नहुनु पर्ने हो जस्तो लाग्छ | तर यो ब्यबस्था रहेनछ कि |

    जे होस् नेपालका दुई जना श्रस्ठाहरुको बिचार र vision सुन्ने मौका दिनु भएकोमा फेरी पनि धेरै धेरै धन्यबाद छ यहाँहरुलाई |

  11. हाम्रो झिल्के उमेशजीलाई बाला हरु संग बस्दा कति सुहाएको…अब नेपाल को पत्रकारिताको संसारमा पनि चम्किलो तारा हुनु.. यहि हामी लाहुरेहरु को तर्फ बाट शुभ कामना..

  12. शालोक्य जी,
    ब्लगको माध्यम द्वारा तपाई र तपाइको टिमले बिदेशमा र स्वदेशमा बस्ने नेपालीहरुको निम्ति जे जति खुराकहरु पस्किरहनु भएको छ त्यसको जति नै प्रशंशा गरे पनि कम्ति नै हुनजान्छ / यो छुट्टै कुरो हो कि यसैको माध्यम बाट थोरै भए पनि जिउनी निकालिरहनुभाएको छ तर यो तपाईंको आधिकारको कुरो हो त्यसमा कसैको भन्नु केहि छैन /
    अर्को कुरो नेपालमा जुन गतिमा सूचना प्रबिधिको विकास भैरहेको छ त्यो पनि प्राशंशनिया छ / यहाँले यो लेखमा जुन कार्यक्रमको बारेमा थोरै लेख्नु भएको छ त्यो कार्यक्रमको बारेमा केहि भन्न मन लागेको छ / ठुला ठुला तारे होटलहरुमा गरिने यस्ता कार्यक्रमहरुको औचित्य चाहिँ के होला ? मेरो भन्नुको मतलव, जसले जुन नियतले कार्यक्रम आयोजना गरेको भए पनि बस तारे होटलमा कार्यक्रम गरियो, सेलिब्रिटीहरु आए केहिले भाषण ठोके होलान वा प्रदर्शनी भयो होला, निर्णायक बहसको कुरा पनि लेख्नु भएको छ त्यो कुन निर्णायक बहस होला, खाना खाइयो, ककटेल चल्यो, गाना संगीत बज्यो कोहि मस्तीमा झुमे आदि इत्यादी ….. तर त्यो कार्यक्रमबाट भएको फाइदा चाहिं के थियो होला ?
    मतलव बस एउटा कार्यक्रम भएको थियो मै सिमित हुन पुग्यो त्यो कार्यक्रम कि केहि रचनात्मक कुराहरुको सुरुवात भएको छ त्यो कार्यक्रमबाट ? त्यो कार्यक्रम बाट नेपाली समाजले पाएको फाइदा चाहिं के होला ? मलाई जान्न सारै उत्सुकता बढेर आएको छ /

  13. देश अरु कुरामा अगी बढ्न न सके पनि पत्रकारिता क्षेत्र को बिकाश चै सन्तोस जनक मान्नु पर्छ |

  14. नेपाली पत्रकारिताको क्षेत्रमा सलोक्याजीलाइ म चम्किलो ताराको रूपमा देख्छु / अझ अध्ययन तथा मेहेनतलाइ निरन्तरता दिनुस /
    बधाई छ !!

  15. nice work. specially for those nepalese that are around the globe and want to know whats happening back in nepal ! best wishes for the future!

  16. बधाई छ सालोक्य ज्यु तपाई को यो तपस्या र उपलब्धि लाइ… प्रशंसनीय छ तपाई को काम…..

Comments are closed.