समाधिस्थ गरिए साई बाबा, फेरि ब्युँतलान् त?

-सञ्जीव पाण्डे-

उनी भगवान् नै हुन् भन्ने विश्वास गर्ने करोडौँ भक्तजनलाई निराश पार्दै साईबाबाले आइतबार संसार त्यागे। उनलाई सात फिट गहिरो र १२ फिट चौडा खाडलमा सुतेको अवस्थामा समाधिस्थ गरियो। उनको पार्थिव शरीरका साथमा कुरुक्षेत्रको माटो, नून, चाँदी, सुन र नवरत्न पनि राखियो। सोही ठाउँमा बाबाको सुनको मूर्ति केही दिनमा नै बनाइने बताइएको छ। साई केन्द्रीय ट्रस्टका केही प्रमुख सदस्यहरुको उपस्थितिमा मात्र अन्तिम संस्कार गरिँदैछ।

समाधिस्थ गरिनुअघि साई बाबाको पार्थिव शरीर। फोटो सौजन्यः रोयटर्स

सन् २०२२ मा मात्र आफूले देह त्याग गर्ने घोषणा गरेका बाबाको निधनले उनी भगवान् थिएनन् भन्ने पुष्टि गरेको छ। मिडियाहरूमा आएको खबरअनुसार उनका कतिपय भक्तहरू भने अझ पनि उनी परलोक भएकोमा विश्वास नै गरिरहेका छैनन् रे। २०२२ आउन अझ ११ वर्ष बाँकी रहेकोले बाबा फेरि ब्युँतनुहुन्छ भन्ने उनीहरूको तर्क रहेछ। यी भक्तहरूको तर्क सही ठहरियोस् भन्ने कामना गर्नु बाहेक अहिलेलाई अरू के नै पो गर्न सकिन्छ र?


साईबाबाका ‘हार्डकोर’ भक्तहरूबाहेक अरूले सामान्यतया स्वीकारेको कुरा के हो भने उनी एक परोपकारी मानव, आध्यात्मिक गुरु र मध्यमस्तरका जादुगर थिए। साई-साहित्यको अध्ययन गरेको जोकोहीले पनि अनुभव गर्ने कुरा हो- ती अत्यन्त उच्चस्तरका छन्। तिनले प्रेम, करुणा,अहिंसा, परोपकार र बन्धुत्वको पाठ नै सिकाउँछन्। उनी सबै धर्मप्रति उत्तिकै सहिष्णु थिए र धर्मको पालनाबाट नै मानव समाज सभ्य,शान्त र सुखी रहनसक्छ भन्ने शिक्षा दिन्थे। यसमा कोही पनि सभ्य मानिसले असहमति जनाउने ठाउँ छैन।

ठूला-ठूला स्कुल, कलेज र अस्पताल खोलेर बाबाले उदाहरणीय काम गरेका हुन्। राष्ट्रलाई तिर्नुपर्ने कर नतिर्ने भ्रष्टाचारीहरू र कसैलाई एक रुपैयाँ सहयोग गर्नुपरे दाँतबाट पसिना चुहाउने कञ्जुसहरू पनि साई केन्द्रलाई लाखौं रुपैयाँ खुशीसाथ चन्दा दिन्थे। हाम्रै देशका कतिपय करमारा व्यापारीहरू, नैतिकताहीन नेताहरू र घुसखोर प्रशासकहरू पनि बाबाको आशीर्वाद लिन पुट्टपर्ती पुग्थे। बाबाले यिनीहरू कसैलाई हप्काएको खबर सुनिएन। बरु, उनीहरू हँसिलो मुद्रामा बाबासँग फोटोसेसन गराएर पो फर्कन्थे। र, फर्केर आएपछि पनि यिनीहरू सुध्रिएको कसैले अनुभव गरेनन्।

जर्ज अर्वेलले आफ्नो विख्यात उपन्यास ‘एनिमल फार्म’ मा लेखेकै शैलीमा पुट्टपर्ती आश्रममा ‘सबै भक्त बराबर हुन् तर केही भक्तहरू भने अझ बढी बराबर हुन्’ भन्ने मान्यतामा दर्शनार्थीहरूसँग व्यवहार गरिँदो रहेछ। सुकिला-मुकिला, धनी, दानी र सेलिब्रिटीले विशेष प्राथमिकता पाउँदा रहेछन्। क्यान्सर रोग लागेपछि बाबालाई भेट्न पुगेका साहित्यकार जगदीश घिमिरेले आफ्नो पुस्तक ‘अन्तर्मनको यात्रा’मा आफ्नो अनुभव यसरी लेखेका छन्:

‘हाम्रो चार दिने बसाइमा बाबाको उपस्थितिमा भएका भजनहरूमा हामी छ खेप सहभागी भयौँ। मेरो भिजिटिङ कार्डको वजनले गर्दा पहिलेका तीन खेप सबभन्दा अगाडिको पंक्तिमा बाबानेर बस्ने टिकट पायौँ। पछि रेखा बुहारीले बाबाको गौशालामा राम्रै रकम दान गरेपछि त झन् मान बढ्यो र बाँकी खेपहरूमा पनि अगाडि नै बस्ने मौका पायौँ। त्यो मात्रै होइन, दानको गहकिलो रकम पाएपछि पैले राम्ररी नबोल्ने, वास्ता नगर्नेहरू अति नम्र भएर मानमनितोसमेत गर्ने भए।’

भैगो, यो पक्षलाई बिर्सिदिउँ। हुनेखानेले दिएको चन्दा (भलै तिनले आफ्नो मनोकामना पूरा हुने अभिलाषाले दिएका किन नहुन्)बाट निर्माण भएका स्कुलमा गरीबका छोराछोरीहरूले पनि पढ्न पाउनुलाई सकारात्मक मान्नुपर्छ। असाध्य रोग लागेका तर खर्च गर्ने सामर्थ्य नभएका गरीबहरूले पनि साई अस्पातलमा अति न्यून खर्चमा वा सित्तैमा उपचार पाउने प्रबन्ध मिलाउनसक्नुमा बाबाको ठूलो देन छ। हुनेहरूबाट लिएर नहुनेहरूको हितमा खर्च गर्ने बाबा साँचो अर्थमा महान् कम्युनिस्ट नेता हुन्। कम्युनिज्मका कुरा गर्ने तर राजस्वमारा कालाव्यापारीहरूको हितमा काम गर्ने हाम्रा नेताहरूले पनि पुट्टपर्तीबाट सिके राम्रै हुन्थ्यो।

जसरी सेक्सको कुराबिना ओशोको चर्चा पूरा हुँदैन, जादुगरीको पाटो नउप्काई साईबाबाको बखान पनि पूरा हुँदैन। त्यत्रा ठूला आध्यात्मिक गुरु र समाजसेवी बाबा किन सस्ता जादूगरी देखाउँथे होलान्? औँलाको बीचमा चक्की राखेर धुलो पिस्ने वा बाहुँलाभित्र सिक्री, घडी लुकाएर पछि भक्तलाई दिनेजस्तो हल्काफुल्का काम किन गर्थे होलान्? टाइम्स अफ ईन्डियाका स्तम्भकार सीपी सुरेन्द्रनले एउटा लेखमा उनकी आमाको साईबाबासँग भएको भेटको बयान गरेका छन्। बाबाले उनकी आमालाई सबै भक्तहरूको अगाडि केही न केही माग्न भनेछन्। सुरुमा उनले केही पनि चाहिँदैन भनिछन् र बाबाले धेरै कर गरेपछि मुख खोलिछन्,’मलाई एउटा रुखकटहर दिनुहोस्।’ अब भन्नेबित्तिकै कहाँबाट ल्याउने कटहर? आखिर बाहुलामा लुकाउनसक्ने चीज त परेन त्यो। बाबा कालोनीलो भएछन्।

मेरो विचारमा यदि जादूगरी नगरेका भए बाबा यति प्रख्यात हुने पनि थिएनन्। राम्रा राम्रा दर्शनका कुरा गर्ने गुरुहरू भारतमा मात्र हजारौँ होलान्। तर, कुराले मात्र मान्छेलाई तान्न सकिन्नँ। जातैले स्वार्थी प्राणी भएकोले मान्छे हरेक कुरामा आफ्नो फाइदा हेर्छ। बाबाको जादु देखेरै भक्त हुनेको संख्या उल्लेख्य छ। यी जादूले धेरैलाई यो भ्रममा पारिदियो कि उनी भगवानकै अवतार हुन्। सुन्दा तीतो लागे पनि यथार्थ के हो भने, भक्तहरूको एउटा ठूलो संख्या बाबाबाट आफ्नो र आफ्नो परिवारको लागि केही पाउने आशामा नै पछि लागेको हो।

अन्तमा, बाबाको निधनमा तपाईंहरू सबैलाई जस्तै मलाई पनि दु:ख लागेको छ। बाबाको आत्माले चीरशान्ति पाओस् र सबै भक्तहरूमा यो दु:ख सहने क्षमता मिलोस् भन्ने कामना गर्दछु। जसरी दूध फाटेपछि छोक्रा र पानी छुट्टिन्छ, त्यसरी नै अब बाबाको निधनपछि वास्तवमै साईमार्गमा लागेका असली भक्तहरू र स्वार्थका कारण साईराम बनेका ढोंगी भक्तहरू छुट्टेलान्। बाबाका असल विचारको प्रचार गर्ने र आफू पनि सत्मार्गमा लाग्ने सक्कली भक्तहरू हाम्रो समाजलाई अँध्यारोबाट उज्यालोतर्फ लाने काममा भने राम्रा सहयोगी बन्न सक्छन्।

74 Comments

  1. “The airplane has to land at certain places in order to take in those who have won the right to fly, by the tickets they have purchased. So too, the Lord has to come down so that those who have won the right to be liberated may be saved; incidentally, others too will know of the Lord, of His grace and ways of winning it, the joy of liberation. There are some who deny even today the possibility of air travel; they curse the contrivance; they cavil it. Similarly, there are many who cavil at the Avatar that has come to save”.

    (Prashanthi Nilayam, 05/02/1963).

  2. “God, if you think, God you are. Dust if you think, dust you are. As you think, so you become. Think God, be God. ” Sri Sathya Sai Baba

  3. I am very lucky cause i got baba in this kaliuge , may be i have done good work before birth…………i think a simple man couldnot understand you, they have lack of spirituality knowledge, they can just feel surface thing but not deeply……………..and difficult to find good man in this kali,

  4. अर्कालाई अर्तिउपदेश दिनेले मैले यो यो गरे भनि अनि अरुको आलोचना गर्दा राम्रो हुने लाग्छ । धेरै कुरा सुनियो पढीयो यो गरे भनेको खोई नेपालीले । नेतालाई गालि ग्रने नेताको चाकरी गरेर फाईदा लिने नेपाली सस्कृति हो भन्दा कसो होला?

  5. sai बाबा इस अ ग्रेअट पर्सन but अ ग्रेअट cheater एंड ढोंगी इन्सान who कीप ओन मकिंग us मुर्ख anyway लओट ओफ concolde तो हिस देअथ भनेर म भन्दिन र नभन्न आग्राह पनि गर्छु

  6. नबुझ्ने हरुको लागि उनि भगवान नै हुन्,बुझ्नेको लागि उनि जादुगर हुन् अझै धेरै बुझ्नेको लागि उनि महान समाजसेबी र जादुगर हुन् धर्ममै जिन्दगि लाई चुर्लुम्म डुबाउने हरुको लागि त उनि महा भगवान हुन् बुद्दिजीबी को आँखामा उनि सिपालु र भाग्यमानि अनि ,चतुर व्यक्ति हुन् जे हुन् उनि एक असल हिर्दयका महान समाज सेबी हुन् मान्छे काम ले देउता हुने हो बुद्ध, कृष्ण,राम,शिव सबै मान्छे हुन् समाजले र बाताबरण अनि भर्म ले ,मान्छे, मान्छे बाट भगवान मा सर्दो रहेछ यसको लागि समय पनि लाग्दो रहेछ! सबैको मान मा बस्न सफल इनी सायद भबिस्यमा शिब राम भन्दा पनि इनको चर्चा अबस्य बढी हुनेछ,

    लोक नाथ सिग्देल; न्यु योर्क

  7. हाहा… मान्छे गढे पछि माथि R.I.P (Rest In Peace), yo manche le chai B.R.B (Be Right Back) लेख्या होला… तै भएर फर्कने आस गर्य होलान् लोल !!!

  8. आउने दिनहरुमा साई बाबाको चर्चा फेरि फेरि पनि विभिन्न प्रसंगमा हुने नै छ । सामान्य मान्छेको आस्था र विस्वासको साहारामा आफूलाई भगवान वा भगवान भनाउन रुचाउनेहरको जन्म यस अघि पनि भएका थिए र आउने दिनहरुमा पनि हुने नै छ । अझ संचार माध्यमको विकास र सहज पँहुचले यस्ता कुराको प्रचार प्रसारको मात्रा विगतका दिनहरुमा भन्दा तिव्र हुने नै भयो ( ९१लाख फिर्ता गर्नेकुरामा संचार माध्यमको सशक्तालाई देखाउँछ) ।
    प्रसंग साई बाबाको निधनकै हो। आलोचना र समर्थनमा धेरै कुरा चर्चा परिचर्चा भए तर यस मध्यमा पनि मलाई मन छुने कुरा साईबाबा कै मृत्यु खबरको पुछारमा लेखिएको कुराल भयो । लेखिएको थियो, सिडि साईबाबा ( सत्य साई बाबा यिन कै अवतार मानिन्छ तर सिडि साइबाबालाई विस्वास गर्नेहरुले यिनलाई ढोंगि भन्नेहरु पनि छन) आफु बाँच्चू जेल गरिब भएरै बाँचे गरिब को सेवा गरे र मरे पछि उनका नातेदारहरु करोड पति भए। र फेरि सुनिनमा आउँछ कि साईबाबाको खर्बौंको विरासत बारे विवाद सरु भई सकेको छ र यसको रुप के हुने छ आउने दिनहरुमा देखिने नै छ ।
    अब कुरा उठछ के साई बाबालाई सामजिक सर्जक र समाजसेविको रुप लिने कि अन्धविस्वासको भरिएको प्रसंगमा ? यो आफैमा गहनकुरा हो र यसले नै सँधै वहजको बनाउने नै गर्छ ।

  9. स्वास्थ मा सुधार हुदै छ भन्ने खबर आउदा आउदै अचानक साइ बाबा को निधन को समाचार सुनियो, मरे पछी नाक बन्द गरिदिएन भने मान्छे को मृत सरिर फुल्न थाल्छ रे, साइ बाबा को मृत सरिर को कुनै पनि तस्बिर मा नाक मा कपास हालेको देखिएन, तर पनि सरिर फुलेको देखिएन. अनि हिन्दु साइ बाबा लै नजलायेर गाडियो रे, अनि कफिन पनि सीसाको अनि मज्जाले बस्न मिल्ने खालको बनाइएको रछ, भित्र बस्ने लाइ हावा को कमि नहोस अनि उठेर हलचल गर्न मिल्ने खालको, यी सब हेर्दा त साइ माफिया ले साइ फर्किने स्क्रिप्ट लेखि सकेका हुन् कि जस्तो पो लाग्छ, हेर्दै जाउ के के तमासा देखिन्छ !!!!!

  10. तो भुत हो भगवान को नाममा , नौटंकी गरेर हिडेपछि लास्टमा तेही हो, जादु गरेर आफुलाई
    भगवान भन्ने को हालत येही हो…तो पनि यो कलि युगमा हा..हा …हछेउ.

  11. बाबा ब्युतन त तेस्तै हो यो दुनियामा, फेरी येशु को जमाना पनि यो होइन कोहि ब्युतियो भन्दा जनताले आँखा चिम्लेर पत्याउने l तर साच्चै बाबा को ढुकुटी मा रहेको ४० हजार करोड रुपैयाको झगडा चाही ब्युतन शुरु भै सक्यो l

  12. साई बाबा के भन्ने, साइको बाबा भन्दा कसो होला? १४ वर्ष (teen age ) मा psyco भएर आफुलाई साई बाबा घोसणा गरे जस्तो छ /

  13. राम्रो लेख / जसरी भगवान महादेवले, कृष्णले अनेक लिला रच्थ्ये बाबाको पनि त्यस्तै एउटा कला होला ! मृत्यु एउटा सत्य हो जसको बारेमा हामि कुरा समेत गर्न चाहदैनौ, हरेक दिन सबैले एक पटक मृत्युलाइ सम्झने हो भने कति बेइमानी चोरी चकारी आदि कम हुनेथियो होला /

  14. हैन सबै भगवान हरु इंडिया र नेपाल मै जन्मिनु पर्ने?

  15. भगवान बुद्ध पनि मारेर गए, साईबाबा को नै हो र | तर बुद्ध ले कहिले सुन को कुर्सि मा बसेर हात बाट बिभुति निकालेर जादु देखाएन , न त मर्न लागे को बिरामी भएको लाई निको पर्दै जादु देखाए | १०००० को ticket काटेर धर्म गर्न जानु पर्ने उनि त धनिका मात्र भगवान हुन् |

  16. भगवान मर्दैन र मरेको मान्छे भ्युजिदैन.

  17. सुनेको भरमा नबहकिन अनुरोध छ , लाल बुजकड़ , मुर्ख विद्वान हरुलाई , असल कामको सहराना गर्न सिकौ , सत्मार्ग र अधद्यात्मक जिबनले मानिसलाई सुखी बनाउछ | राम, कृष्ण, भगवानका त सत्रु थिए रे , साई बाबा पनि छन होला यो बिनास काले बिपरित बुद्धी मात्र हो | बोल्न र लेख्न जानेका सबै विद्वान होइनन एती कुरा बूजे असल हुछ | मानब र प्राणीको मिर्त्यु अवस्यमेवा छ | साई पनि मानब नै हुन् तर भगवानको प्रतिक रुपमा हुन |मिर्त्यु पछि कुनै पनि मानिसको दोसलाई देखिदैन गुणको मात्र बयान गरिछ | कसैलाई मैले लेखेको कमेन्ट ले रिस उठान सक्छ , गाली गरे हुन्छ |

  18. if magical deftness is any qualification for being a god, chris angel (n there are other too) is a ‘better god’ and not the clumsy trickster who fleeced the ignorants. i liked the writer’s way of calling him a ‘follower of communism’ and his related sarcasm over the political goons of our country.

  19. कसरि भगवान मर्न सक्छ त्यो पनि उपचार गर्दा गर्दै ?

  20. साईबाबाले अवश्यपनि धेरै मानव हितका कर्महरु गर्नु भएको छ | सुकर्मले गर्दा साईबाबा पुजयानीय हुनु हुन्छ |
    संसारमा भगवानको परिभाषा धेरै प्रकार गरिएको छ | मेरो विचारमा प्रकृति र समय मात्र भगवान हो | प्रकृतिमा जिवित र अजिवित बस्तुहरु विराजमान छ | समयले त्यसमा परिवर्तन ल्याउने गर्छ | जीवन र मरणपनि प्रकृति र समयको पल हरु हुन् | साईबाबापनि यस पलमा अंतरलीन हुनु भयो | साईबाबाको यस अपुरणीय घडी ले भक्तजनहरुमा ढुख पुग्न स्वाभाविक हो साईबाबा

  21. अब रामदेबले कपालभाती सिकाएर धेरै मनिसहरुको रोग निर्मूल पारेको छ, उसलाई भगबान मान्ने की नमान्ने?

  22. बाबा ले पलेटी कसेर ‘लौ भक्तजन हो, अब म समाधि लिन्छु’ भनेर आँखा चिम्लिएर देह त्याग गर्नु हुन्छ होला भनेको थिए, खै तेसो त गर्नु भएन … मलाई त येही कुराको पो बिस्मात लागेको छ 🙁

    जाबो डाक्टर हरु त मनुस्य न परे – कसरि भगवानलाइ ओखती मुलो गर्न सक्थे र ? तेसैले भगवान मर्नु भो l जे भए पनि भगवानको मलामी जान पाउने हरु चै सारै भाग्यमानि हुन्, मान्छे लाइ एस्तो अवसर हज्जारौ जुनी मा पनि मिल्न असम्भव छ l

    – बड्का

  23. हाम्रो हिन्दु धर्मले हरेको प्राणि लाइ इश्वर को रुप भन्दछ…तसर्थ साइ बाबा लाइ पनि इश्वर को रुप मा हेर्दा केहि फरक नपर्ला.

    • ठीक भन्नु भयो “भगवान होमकान्त” उर्फ “ईश्वर होमकान्त” जी ।

  24. मरो कामना…
    धरै धरै सईबाबा जन्मीविन, चमतकरी भयर जन्मीविन वा नवूतंकी भयर जन्मीविन हाम्रै गावू घरमा जन्मीविन, गावूघरमा बाटो पुगोस, बिकाश पुगोस, बईदेशको पैसा चन्दाकै रुप- मा भय पनि देशमा भित्रियोस . करमारा, देशमारहरुको कालोधन चन्दा कैरुपमा भय पनि गरिबईमा पुगोस……..

  25. साइ भगवान ब्युँतन अबस्य नत्र खोजेरै भयनी ब्युत्याँउछन!!

    ए भक्तीबादीहरु हो!! तिमीहरुको समाजको अबमुल्यन अनी समाज बाट टाढा जानुको यही कारणले नै अराजकता आउने हो समाजमा|

    यो संसारमा धर्म खडा हुनुको मुख्य कारण नै यहि हो आफुलाइ बिर्सेर अरुको पछी लाग्नु, इश्वरलाई भित्र बोकेर बाहिर खोज्नु|

    यस्तै अनेकथरी बिस्वाश गर्ने कारणले गर्दा बेबिलोनीहरुले यहुदीहरुलाई दास बनाय जसको फलस्वरूप यहुदीहरुले एकदम जातिवादी (Racist) बाइबल बनाय जसमा यहुदी बाहेक अर्थात गोयमहरु जानवरहरुहुन् भन्दै निचतम/असामान्य यहुदी बाहेकको लागि अनि यहुदी अनि Roman czar को कारण रोमनहरुले आफ्नो खिलाफी यसु झुण्ड उभियको देख्दा यसुलाई नै छोपछाप पारि च्रिस्तियन धर्म बनाय अनि फेरी यो च्रिस्तियन अनि यहुदी धर्मरुपी रोग अर्बस्थानमा पनि फैलन लागेको देखि महमद बहुलायर मुसलमान धर्म बनाय यस्तै रोग बढ्दै बढ्दै गयर लेनिन, माओ अनि हिट्लरले त झन्डै बिसिष्ट जाती बनायका स्वस्तिक झन्डाको साथ ।
    सबभन्दा त गज्जब त तेतिबेला लाग्छ मलाई जतीबेला जिउदो/आत्मा/शरीररुपी आसिर्बाद हुँदाहुँदै फेरी अर्को आसिर्बाद माग्ने हरु देखी|

    मलाई सार्है दु:ख लाग्छ follower हुँदै आजीवन विद्यार्थीहुने देखी …..यिनै हुन जो हिंड्न-सिक्छन अनी हिंड्ने भईसक्दा पनि अझै सिक्दै गर्छन् अनी फेरी यस्ताको लागि साइ भगवान न-आउँलान भन्न सकिन्न बार बार ………किनकी यिनिहरु साइको खोजी गरिरहेनछन।

  26. मेरो विचारमा यदि जादूगरी नगरेका भए बाबा यति प्रख्यात हुने पनि थिएनन्। राम्रा राम्रा दर्शनका कुरा गर्ने गुरुहरू भारतमा मात्र हजारौँ होलान्। तर, कुराले मात्र मान्छेलाई तान्न सकिन्नँ। जातैले स्वार्थी प्राणी भएकोले मान्छे हरेक कुरामा आफ्नो फाइदा हेर्छ। बाबाको जादु देखेरै भक्त हुनेको संख्या उल्लेख्य छ। यी जादूले धेरैलाई यो भ्रममा पारिदियो कि उनी भगवानकै अवतार हुन्। सुन्दा तीतो लागे पनि यथार्थ के हो भने, भक्तहरूको एउटा ठूलो संख्या बाबाबाट आफ्नो र आफ्नो परिवारको लागि केही पाउने आशामा नै पछि लागेको हो।

  27. राम्रो बिस्लेषण हो यो | मेरो धारणा पनि यस्तै छ | ठुला बाबा हुन उनले चमत्कारी काम पनि गरे | तर जे भए पनि गरिबको उत्थानको लागि स्कूल अस्पताल बनाए | नराम्रो भन्दा राम्रा पछ्य धेरै छन त्यसको कदर गर्नु पर्छ | हाम्रातिरका तथाकथित बाबा र तिनका तथाकथित भक्तहरुले सिक्ने कुरा धेरै छ |

  28. आफ्नो बिज्ञापन गर्न अस्पताल, बिस्वबिद्यालय, एरपोर्ट बनाएर के ठुलो काम गरेत?
    उसले आफ्नो खल्ती बाट झिकेर बनाएको पनि त हैननी! अन्य व्यक्तिबाट उठेको रकमबाट सानो रकम लगानी गरेको त हो! उसले यति नगरेको भए उसलाई भगवान भन्नेहरु पक्कै पनि कम हुन्थेहोला नि! साइबाबा मरेको छैन फेरी बिउतिँच भनेर प्रतिक्षा गर्नु चाही उही नेपालको संबिधान प्रतिक्षा गरे जस्तै हो!
    मृतात्मा ले चिरसान्ति पाओस!

  29. हिन्दु धर्म अनुसार त उनको शरीर लाइ जलाउनु पर्ने मा माटो मुनि राखिदैछ. यो त इशाई को जस्तो पो भयो त. किनकि सर्ब धर्म एकता भने पनि साइ ले खाली हिन्दु धर्म को मात्रै वकालत् गर्ने गर्थ्यो. उनि समाज सेवी हुन् न कि भगवान.

    • संजोगजी, मेरो बुझाई अनुसार साइ बाबा हिन्दु परिवार अन्तर्गत भएपनि एक खालको सन्यासी नै हुन् र जोगी, सन्यासी, दशनामी हरुको सद्गत प्राय यसरि नै गरिन्छ

  30. “आयो टप्प टिप्यो,
    लग्यो तारेर टर्दैन,
    इन्द्रै आई बिन्ति गरुन,
    झुकेर पादमा त्यो
    त्यो बिन्ति मान्दैन त्यो ..”
    कालले कसलाई पो छोडेको छ र यहाँ ?! चाहे त्यो सुकिला मुकिला होस् या गरिब, चाहे त्यो नेता होस् या जनता, सबैलाई लागेकै छ र यो बाबा मात्रै अछुतो रहला जस्तो लागेन !!!
    बाबाको सद्गतिको कामना !!!

  31. यो माइ संसारमा लेख लेख्ने मान्छे मुर्ख हो , साइ बाबा भगवान को जियूदो रुप हो. जतिपनि साइ बाबा को भक्तजान हरु छ सबैको जिन्दगिमा विशेष केहि घटना भएर नै बिश्वास गरेको हो . सबै भक्तजानहरुको बिरामी आफुमा लिएर जानुभो. यदी साचैनै सबै कुरा भुझ्नु छ भने नेपालमा गएर एउटा documentary बनाए हुनछ . जब चारै दिसा बाट बाटो बन्द हुन्छ तब स्वार्थी मान्छेले हे भगवान त भनेकै हुन्छ. Media is always not right .
    Education makes you intellectual. And every one must be educated. But it doesn’t mean you know everything. If you want to know the real truth about SAI BABA you should travel all around the globe to his devotee’s home. Why do they wake up early in the morning do bhajans everyday? Because they know Sai Baba was living God & in his devotee’s home there was miracle. That’s why they believe him. Now in this 21st Century people won’t believe until there is miracle in his real life. For those who are Atheists I have nothing to say. God Bless all of Us.

    • Om, you are stupid. Salokya is right. Have you seen or heard about BBC documentary about Sai Baba? I ask you to see that. May be your view about your god will be changed. Anyway my intention is neither to condemn him nor to appreciate.

  32. मन मा जे भएपनि भगवान हो कि हैन ,उसले गरेको जादुगरी को खण्डन गर्ने हैसियत चै म मा छैन किन भने इन्डिया को पी यम ,ठुला ,ठुला नेता ,अभिनेता उनको अगी लम्पसार परेको देखियो ||
    हालै दक्षिण मा ”नित्यानन्द भन्ने अर्को भगवान झन्डै झन्डै जन्मिएको थिए ”|
    तर भित्र भित्र दक्षिण भारत् का सुन्दरी अभिनेत्री हरु सग सम्भोग गरेको भिडियो बजार मा आएपछि उनि जेल समेत जानुपर्यो |
    एक दिन एउटा अमेरिकी च्यानल ले राज्निस को बारेमा बोल्दै थ्यो , मैले बडो ध्यान पुर्बक सुने ,उनीहरु राज्निस फटाह हो भन्दै थिए |
    आशाराम बापू को फट्याई पनि केहि समय अगी चर्चामा आएको थ्यो |
    हाम्रै रामबहादुर बुद्द को तपस्या स्थल वर पर बियर को बोतल भेटिनु , हेर्न जानेलाई किन चियो गर्न आइस भनेर ठोक्नु आदिले उनि पनि बिबादमा आए |
    तर मान्छेले बिस्वास चै सजिलै गर्दारहेछन | रास्ट्रपति ,प्रधानमन्त्री भनेर पनि न हुने ,सद्दाम ले अमेरिकालाई लडेर जित्छु भन्ने ठान्यो ,त्यो कद्दाफी अझै लड्दैछ |
    ”जहा न पहुचे गाडी ,उहा पहुचे माडबाडी”

  33. मरेको बाघ को जुघा उखालेर बहादुरी देखाएको जस्तो कुरा गरेर केहि फाइदा छैन साथी हरु ,जादुगरी को पर्दाफास त धेरै पहिला नै इन्डियन न्यूज हरुले गरिसकेका हुन् , अब अन्तमा सोर्ग, नर्क जता जाने हो ? सान्ति संग जान दिउ, ..तेसो गरे कसो होला ?

  34. विश्व मा सबै भन्दा अन्ध बिस्वासी र मुर्ख मानिसहरु हुन् जसले एउटा जदुगरलाई भगवान को अवतर ठान्ने !

  35. मुर्खको कमी यो संसार मा छैन। यिनीहरू जस्तो मान्छेले बाहिरी हिसाबले राम्रो काम देखाएर पछाडी के के गरेका हुन्छन् त्यसको यकीन गर्न गाह्रो नै पर्ला। जे भो अब पनि जाग्नुहोस् र यस्ता ढोंगी हरू को पंजाबाट फुत्किनुहोस।

  36. संसारको सब भन्दा धनि भगवान फेरी ब्युँतनुहुन्छ, अनि विवादमा रहेको सम्पति कसलाई दिने भनेर बताउ ने छः जै जै होस् सुपर हिट भगवान को…..

  37. उनि भागवन भय पनी बिउतियर आउछन / चटकी भय पनी फर्कियर आउछन / बिउतियर आउने ठुलो सम्भावना छ

  38. ‘जसरी येशु बिउतिएर आए, अब साइ बाबा पनि आए’ भनेर तीन दिन पछाडी इन्डियन टिभी च्यानल र पत्रिकामा खबर आउनेछ!! कि कसो साथि हो? बाबा त २०२२ मा मर्ने घोषणा गरेका थिए!! अब साइ बाबाको प्रतीक्षा गरौ साथी हो! हाहाहा!!!

  39. ***
    यो कुरा मैले पोहोर साल र अस्ति पनि लेखेको थिएँ, संक्षेपमा! आज फेरि कुरो उठेछ; त्यसैले फेरि एक पटक अलिक बिस्तारमा—
    ****
    साइबाबा, रजनीशबाबा: गुरु कि भगवान कि के !?!

    हाम्रो जस्तो अशिक्षा, अभावै अभाव, गरीबी, रोग, भोक भएको र शहारा, आड, आधार केहि नभएको; न टेक्ने हाँगो, न समाउने डालो भएको ठाउ, देश, क्षेत्र, प्रदेशमा यदि कुनै अत्यन्त बुद्धिवान र विद्वान मान्छेले चाह्यो भने भगवान कहलिन धेरै सजिलो छ!

    हो, समाज सेवा गरेको जश, हाइ-हाइ, आदर सम्मान पाउनु पर्छ; तर आफूलाई भगवान बनाउन थप टुना मुना, जादु गर्नु हुँदैन! कसैको आँखामा धुलो छर्कनु, रनभुल पार्नु हुँदैन! दुर्भाग्य, हाम्रो जस्तो बहुसंख्यक अशिक्षित भएको भेक, प्रदेशमा मान्छेले भगवान हुन रुचाउछन्! अरुलाई खुट्टा ढोगाउछन! फोटो पुज्न लगाउछन! दुनिया गर्छन!

    ऋषि मुनिहरुले बर्षौ बर्ष, युगौं युग लगाएर, जंगल बसेर, कन्दमूलको भरमा तप, ध्यान, मनन, अध्ययन गरेर संगालेका, लेखेका बेद जस्ता ज्ञानका समुद्रबाट सबै कुरा लिने, अनि त्यो ज्ञानलाई घुमाउरो पारामा मोडेर, तोडेर, बटारेर आफ्नै बाद, -इज्म, जस्ता खोलले छोपेर अनि त्यसमाथि आफ्नो नाम, ब्रान्ड, छाप, लोगो लगाएर आफू भगवान कहलिन खोज्नेहरु हामीले देखेका छौं, भोगेका छौं! खै, ऋषि मुनीहरुले त्यत्रो अपार ज्ञान, बिचार, अर्ति उत्खनन गरेर हाम्रो माझमा पस्केर गए, तर आफू भगवान हुन चाहेनन्! दुनियामा ज्ञान फैलाउन आफू भगवान हुनु पर्दैन; भगवान भएको ढोंग गर्नु पर्दैन!

    साँच्चै औतारी हो भने औलाको कापमा अटाउने खरानी होइन, मलाइ एक बोरा दाल/चामल झारिदेओस; मुखमा अटाउने सानो शिवलिंग होइन, एउटा फूलको गमला झारिदेओस! खडेरीले सुकेका गाउँमा अहिले पांच मिनट भित्रमा पानी पारिदेओस! तराइमा डुबानमा परेका बस्तीको पानी पांच मिनटमा निथारी देओस! जापान शहरमा आउन लागेको सुनामीलाई उतै समुद्रतिरै सारिदेओस! करोडौंलाई शोषण गरेर, रुवाएर शासन गर्ने, भ्रस्टाचार गर्ने नेता भनाउदाहरुलाई ठहरै पारिदेओस!

    होइन भने सच्चा गुरु बनेर चमत्कारमा होइन; इमान्दारितामा, कर्ममा बिश्वास गर्न सिकाओस!

    यो टुना मुना तबसम्म रहन्छ, जब सम्म सम्पूर्ण जनता शिक्षित, रोजगार हुँदैनन्! अब हेर्दै जानुस, साइबाबा version 3.0 तुरुन्तै निस्कने छ! यदि त्यो version 3.0 मेरो गाउमा जुर्मुरायो (मानौं) भने म पनि शायद जानी जानी त्यसलाई भगवानै भनेर हाइ हाइ गर्ने छु, किन भने मेरो गाउमा देशको मात्रै होइन भारतबाट पनि पैसो ओइरो लाग्ने छ! मेरो क्षेत्रका रेस्टुरेन्ट, बस, ट्याक्सीले रोजगार पाउने छन्; मेरो सिटामोल नपाइने (let’s say) ठाउमा हस्पिटल खोलिने छ! आदि, आदि!

    पुट्टापर्ति हो कि के जाति भन्ने गाउ पनि त्यस्तै भाग्यशाली गाऊ हो! अनि त्यो गाउका जनताले भगवान हो कि होइन भनेर कुनै बैज्ञानिक जांच पड्ताल गर्न देलान! के को दिन्थे, टोक्ने कुकुर लगाएर लखेट्छन!

    यदि डा. दीपक चोपडाले (अमेरिकामा मेडिकल/endocrinology पढाउन छोडेर अहिले अध्यात्म, दर्शन, प्राकृतिक चिकित्शा, आयुर्बेदको आधुनिक चिकित्सा विज्ञानसंगको सम्बन्ध, आदिको अध्ययन तर्फ उन्मुख| जसले चार वेदको अध्ययन मात्र हैन, बाइबल र कुरानको पनि अध्ययन गरेर किताब लेख्दै थियो, प्रकाशन भयो कि भएन थाहा भएन! अमेरिकाका राष्ट्रिय मेडिया जस्तै CNN, PBS जस्ताले “दिमाग-शरीर -आत्मा सम्बन्धित”/spiritual leader को संज्ञा दिन थाली सकेका छन! उनी ठूला, ठूला विश्व विद्यालयहरुमा आफ्नो प्रवचन दिन जान्छन!) चाह्यो भने रजनीश र साइबाबा 2.0 लाई सजिलै माथ गरेर खतरा “!”भगवान”!” बन्न सक्छन!

    मेरो बिचारमा- A social servant/guru/preacher may be a necessary condition to be god, but it definitely is not a sufficient condition! Trickery?! God must not be hungry of fame!

  40. इंडिया को रास्ट्रपति, उपरस्त्रपति, प्रधानमन्त्री, र चिफ मिनिस्टर र ठुला ठुला फ्लिम अभिनेता र ठुला ठुला खेलकुद हस्ती हरु सब जना लाटो राहिचन/ जो आश्रम मा पुगेर आँशु झर्चन/
    त्यो देश को भाडा को तट्टू हरु जो हाम्रो देश को नेता हरु को जनता छैन बाठो भनेर जादुगर भनेर करौनचन/
    हामी सचिन नै बाठो भाको भए येत्रो नेता हरु को नाटक हेरेर नाटक भनेर प्रतिकार गर्न सक्दैनम भने कसरि तेत्रो हाम्रो देश को नेता हरु को मालिक हरु को पनि मालिक लै जादुगर र नाटक भन्ने? काम्सेकाम त्यो जादुगर अथवा नौटंकी मनिष ले आफ्नो मान्छे लै सित्तै मै स्कूल , अस्पताल , खाने पनि त देको छ/ खै हाम्रो देश मा एउटा बत्ति त छैन/ तेत्रो कुरा हरु पुरा गरिदिने लै हामी manabta को नाता ले पनि भगवान भंचम/
    बाँकि आयो जादुगर को कुरा ऐले सम्म कुनै CHRISTIAN MISSION एसको पछाडी लगेर उनको जादु को लीला समाप्त गर्न सकेको छैन/ बरु उल्टै उनको ख्याती बढेको छ/
    म मान्दिन उनि भगवान हुन् तर उनको तेत्रो मानब सेबा देखेर उनको चरण मा कोटी कोटी प्रणाम गर्छु/ भगवान ले तिम्लाई बैकुण्ठ मा बास दिउन

  41. साइ बाबाले मुखबाट सुनको लिङगम , सुनको घडी निकाल्नु बन्दा दाल, चामल, फलफुल निकालेर खडेरी बएको ठाउमा बाडीदिएको भए पक्कै पनि भगवान बन्न सुहाउथ्यो तर के गर्नु छिटो छिटो सस्तो लोकप्रियता कमाउनको लागि आखिर किन जनतालाई मुर्ख भनाएको होला , पापचाही वहाँलाई नमिठो नै लाग्छ , सकिन्थ्यो त राम्रो प्रवचन दिए भै हाल्थ्यो नि किन बाटोमा सजिलै देखाउन मिल्ने खालका नौटन्की जादु देखाउनु परेको होला , फेरी वहाँको कर्तुत थाहा हुँदा हुँदै किन मनिसहरु त्यस्कै पछाडि आँखा चिम्लेर लाग्य हुन कुन्नी ? भोली गएर मैले पनि पहेलो लुगा लगाएर कपाल लामो पालेर अली अली जादु देखायो मात्रा भने हेर्नुस मेरो पछाडि कती अन्धो भक्तहरु निस्किन्छन र त्यो भेला अचम्म मान्नु पर्दैन , त्यो माथि भारतमा त यस्ता खाल्का ढोङगी बाबा हरु त कती छन कती जस्ले कमजोर मान्सिकता भोकेका सर्वसाधारण जनाताको दीमाग १ सेकेन्डमै चाटदिन्छन , फेरी यो साइ बाबा भन्ने महाठगको त्यत्रो प्रमाणित गरेको video हेरेपनी किन अन्धो भक्तहरुमा अलिकती पनि knowledge नआएको होला बुझ्नै सकिन , आखिर मनिशरु पशुनै भैसकेका हुन त???

  42. कुनै हिन्दी फिल्मको “हिरो फर्मुला” को कथा वस्तु लाइ बास्तविकतामा परिणत गरेर दुनियालाई देखाइदने हिरो भए यी बाबा/फिल्मको हिरोले बेइमान,फटाहा र ठग हरुको सम्पति लुटेर सर्वसाधारण लाइ बाँड्छ र यहि कारण उ खराव भित्रको असल याने कि हिरो बन्छ/यी बाबा नाम धारी मान्छे ले पनि जादु सादु, टूनामुना जे गरेर भए पनि जम्मा गरेको सम्पतिको ठुलै हिस्सा भलै काममा लगाएको देखिएकोले यी पनि त्येही खाले हिरो हुन्/ इमान्दारिताको खडेरी परेको यो युगमा त्येही कामलाई पनि धेरै सकारात्मक मानेर ग्रहण गर्नु मा नै हामि सबैको बुद्धिमानी होला न कि अवगुन्को मात्र बखान या गुण को मात्र अन्धो भक्ति प्रदर्शन!

  43. सामाजिक कार्य पक्ष साइबाबाको राम्रो पक्ष हो .यो निकाल्यो त्यो निकाल्यो भन्ने कुरा त सबै हातको सफाई हो…दुनियालाई उल्लु बनाइ गरिबलाई सहयोग गरेको राम्रै हो …अन्तयेष्टी समारोहमा परिवारका सदस्य, साइ ट्रस्टका पदाधिकारी तथा सदस्य र केही विशिष्ट व्याक्ति मात्र सहभागी भएका थिए भनिएको छ …स्वास्थ्यमा सुधार आएको पनि भनिएको थियो कतै मरेको भनेर फेरी बिउतेको बहाना त गर्दैनन् …यस्तो भयो भने त सारा दुनियाले भगवान भनेर नापुज्लान र ? आफ्नो आफ्नो सोचाई हो यस्तो नहोश ….

  44. टाइम्स अफ ईन्डियाका स्तम्भकार सीपी सुरेन्द्रनले एउटा लेखमा उनकी आमाको साईबाबासँग भएको भेटको बयान गरेका छन्। बाबाले उनकी आमालाई सबै भक्तहरूको अगाडि केही न केही माग्न भनेछन्। सुरुमा उनले केही पनि चाहिँदैन भनिछन् र बाबाले धेरै कर गरेपछि मुख खोलिछन्,’मलाई एउटा रुखकटहर दिनुहोस्।’ अब भन्नेबित्तिकै कहाँबाट ल्याउने कटहर? आखिर बाहुलामा लुकाउनसक्ने चीज त परेन त्यो। बाबा कालोनीलो भएछन्।

  45. अनि त्यसोभए भगवान कसलाई भन्ने ?
    सत्य युग को भगवान र कलि युग को भगवान मा केहि अन्तर त भैहाल्छ नि ,
    राम्रो कुरा गर्यो भने दार्सनिक भन्छौ,चमत्कार गर्यो भने चमत्कारी(जादुगरी )भन्छौ …के बुद्द ,येसु ,राम ,कृष्ण आदि इत्यादी जिउदा छन् त ??

  46. वहाको आत्माले चीर शान्ति पाओस भनि कामना ब्यक्त गर्दछु।कसैले भगवान भन्छन त कसैले जादुगर । म पनि पुटपर्ति गएको बसेको छु र वहाको सामाजिक र परोपकारि कार्य राम्ररि हेरेको छु।भगवान बा जादुगर जे भए पनि वहाले जस्तै सामाजिक र परोपकारी कार्य कसैले गर्नसके वहाको पुनरागमन अबश्य मानिन्छ।

  47. जाधुगर नै सहि तर सामाजिक कार्य गरेको ले उनलाई धन्यवाद र उनको आत्माले सान्ति पवोस ,,,,,,,,,,,,,,,,,,,,,

  48. राजू जी,
    कसले भन्यो बाबा लाई नराम्रो भन्ने भन्दा राम्रो भन्ने १००० गुना बढी छन् भनेर? तेशो भए संसार मा ३० लाख मात्र कसरि भए sai भक्त जब कि भारत मा मात्र १ अरब मान्छे छन् / चाहिने कुआ गर्नुहोश न/ त्यो साधु को भक्त हरु अन्धो छन् भनेर तेशाई बाट थाहा हुन्छ / बरु नराम्रो भन्ने मान्छे १००० गुना बढी छ भन्नुहोश/ प्रचार गर्ने हरु लाई चै आपत् परेको होला कसरि चन्दा उठाउने अनि पैसा झ्वाम पर्ने भनेर /

  49. आज मानिसहरु किन हो yeti धेरै अन्धकार मा सैबबा त औता मान्छ नै थे अब उसको निधन वैपाची चै पक्कै थाहा गर्लान सबैले कि उनि क हि पनि ठेनना जदुगारे मात्रै

  50. साई बाबाले चमत्कार गरदा कसैलाई मनपरदैन भने त्यो चिजलाई न हेरनुस तर राम्रो काम गर्दा त तारिफ गर्नुस ! साईबाबाले मान्छे मारेर पुजनिय भयेको त होईन होला,केहि राम्रो काम गारेर नै पुजनिय भयेको हो! कोहि १४००० मान्छे मारेर त भगवान जस्तै बनिराखेको छ,उनिहरुलाई कसईले केहि भन्दैनन भने साई बाबालाई चै किना यस्तो भनेको होला ? साई बाबालाई जाति मानिसले नराम्रो भन्छन त्यो भन्दा १००० गुनाले राम्रो भनछन भने धेरै मानिस ले राम्रो भनेको मानिस को सोच गलत हुनैसकदैन !साई बाबाले यति धेरै राम्रा काम गर्दा त यस्तो भन्छन भने यि हाम्रा चोर नेताहरु लाई त झन के के गर्नु पर्ने हो !

    • त्यसो भए क्रिस्चियनले धर्म परिवर्तन गराएको पनि राम्रै हो तपाइँको विचार मा | भोलि मुसलमान आएर सबैले मस्जिद जान शुरु गर, हामी एउटा अस्पताल बनाइदिन्छौ भन्यो भने त्यो पनि राम्रै भयो | आस्थाको बन्दि बनाउने भित्रि उदेस्य लिई गरेको समाज सेवा र निस्वार्थ समाजसेवामा फरक छ | बिल गेट्स ले बंगलादेश र अफ्रीकामा कति राम्रो काम गरेका छन् उनलाई पूजा गर्नु पर्दैन त | इंडियामै Tata बिरला ले कम गरेका छैन, world class research institutue हरु खोलेर | निस्वार्थ सेवा गर्ने धेरै छन् |

      बिरामी भएर त्यहि पनि केहि भैहाल्छ कि भनेर साइबाबाको अस्पताल तिर विचार गर्न जानु बाहेक अरु कुनै नेपालीले साइबाबाको समाज सेवा ग्रहण गरेका छैनन् | दिनरात साइराम जपेर हिडेपनि नेपालीले खरानी चाट्ने बाहेक अरु समाजसेवाको स्वाद चाटेको कुनै उदाहरण छ भने भन्नुस | जति पैसा उता खन्याउछन्, त्यसको फ्र्यक्सन पनि वापस आउदैन | बरु देबघाट जस्ता ठाउमा गएर लगानी गरे नेपालीले नै भोग चलन गर्थे |

      • सुबोध जी
        १००% सहि कुरा गर्नु भयो तपाइले…समाजसेवी जति सबैलाई भगवान भन्ने हो भने, हाम्रा दयाबिर सिंग कंसाकारलाई पनि भगवान भनुम…उनले पनि त नेपालीको लागि तेत्रो काम गरेका छन्…

    • हो तपैले भनेको कुरा सहि हो . साई बाबालाई जाति मानिसले नराम्रो भन्छन त्यो भन्दा १००० गुनाले राम्रो भनछन .
      तर मित्र संसार मा १ सज्जन को लागि १०००ओ मुर्ख छन् भन्ने थाहा छ कि नाई?

      पहिले साई बाबा जोगी थिए , आज सम्म पनि ति बाबा को अनुहाई हरुले भर्खर परमधाम प्रस्थान गरेको साई बाबालाई मान्दैनन .. आफु ले बाचा गरेको समय भन्दा १० वर्ष अगी मरे , मर्दा भारत को झन्डा ओडे , अनि के को भगवान .. जात धर्म अनि लिंग हुँदैन भगवान को , तेही पनि मुख बाट शिव को लिंग निकालेर आफु लाई भगवान घोसना गरे ..
      समाज सेवा गरे , मान्न को लागि तयार म, तर भगवान!!, यो कुरा अलि हजम भएन नि ( नो राजु , नो हाजमोला , डाबर ले हाजमोला म़ा गोबर मिसौउछ भन्ने हल्ला छ )

  51. मरेर जन्मने जन्मेर मर्ने यो प्राकृतिक नियेम हो बिउनै सिदिएको कहाँ छर मानिस को सरिर पाच तत्वले निर्मित छ प्राणीको मृत्यु भएपछी हाड र मासु प्रिथिबी तत्वमा मिल्दछ/ रगत पानीको भाग जल तत्वमा मिल्दछ/ देख्ने सुन्ने सुघ्ने सक्ति प्रकास वा तातो तेज तत्वमा मिल्दछ/ सरीरमा ब्याप्त रहेको हावा जति थिए वायु तत्वमा मिल्दछ/ सुताउने जगाउने भुतकाल, बर्तमानकल, भाविस्येकाल, स्मरण गर्ने देखि परिकल्पना गराउने (कम्प्युटर डीस्केट) दिमागमा राम्रो नराम्रो जति जीवन मा गरेको काम रेकर्ड भएको आकाश तत्वमा मिल्दछ/ उदाहरणको लागि पाकेको आपको दाना पाकेर जमिनमा झरे पछी बोक्रा गुदी प्रिथिबी र जल तत्वमा जान्छ भित्रि कोया तेज र बायुमा जान्छ पुन माटो र पानीको भाग पाउनासाथ बाकी रहेको बिज बाट जन्म हुन्छ साइ बाबा मात्रै होइन प्राणी जति सबैको पुनजन्म हुन्छ तर कहाँ कसरि भन्ने कुरा सास्त्रमा पनि उल्लेख गरेको छ /

  52. भगवान भनेको जस्ले बाच्न दिन्छ त्यो भगवान हो र सबै संग आफ्नो भगवान छ.. प्रत्यक व्यक्ति को आफ्नै भगवान छ त्यो हो आफ्नो सरिर जुन दिन यो सरिर ले चोद्चा त्यो दिन यो संसार मा बाच्ने अधिकार त्यो व्यक्ति लाइ हुदैन तेश्करण आफ्नो सरिर लै RESPECT र माया गरम ….

    अब आयो साइ बाबा को कुरो, उनि राम्रो विचारधारा भए को व्यक्ति थिए उनको राम्रो कुरा को बर्णन गर्दा बालुवा मा पानि हाले को जस्तो हुने छ .. धेरै कुरा हरु राम्रा गरे का थिए तेश कुरो को प्रसंसा गरनै पर्छ….. तर जादु गरेर चिज हरु निकाली कुनै पनि व्यक्ति लाई बस मा गर्नु भने को चाहि बाबा को नराम्रो पाटो हो ..

    बाबा ले कटहर निकाले कि निकालेनन ? संजिप पाण्डे जी

    anyway बाबा को आत्मा को चिरसान्ति को कामना गर्दा छु ….

  53. अत्ति राम्रो टिप्पणी ।

    मैले पनि पुट्टपर्तीमा अनुभव गरेकै कुरा हो, एकाथरी भक्तहरु अति धेरै बराबर हुदा रहेछन । धनको पोको दान अनुसारको दर्शन भेट दिईने रहेछ । त्याहा बसुन्जेल पनि यो कुरा चै मनमा रहीरह्यो ।

    अनि भगवान नै हुने भए त हाम्रै राजा बिरेन्द्र र रानीपनि उनिसंगै र अन्य शंकराचार्य आदिसंग कति सत्संग गरे कति नारिएर फोटो खिचाए । खै त त्यस्तो मरण भो ! बंसै बिनास भो ।

    जे होस् उनको सामाजिक कार्यलाइ चैँ सराहना गर्छु म, र अन्तमा श्रद्धाञ्जली छ मेरो ।

  54. साइ बाबा मात्त्र हैन बाटोमा बालुवा चाल्ने को मृत्यु होस् वा ओबामा को मृत्यु वा साइ बाबा को मृत्यु सबैको प्राण उत्तिकै बहु मुल्य हुन्छ किन कि ध्रुब सत्य यो हो कि मरे पछि यो दुनिया पल्टाए पनि फर्केर आउन सकिदैन र फर्काएर ल्याउन सकिदैन…………….तेसैले साइ बाबा को मृत्यु मा मात्त्र हैन एउटा भिकारी मर्दा पनि उसको आत्माको चिर शान्तिको कामना गर्नु नै मानविय धर्म हो/

  55. I strongly agree with writer. In fact he was not a god due to his magical power people believed him as a god. I would like to give you some website which can easily proved that he was not a god just magician. According to Dur Darshan Channel (DDC) India, http://www.youtube.com/watch?v=uyZ5NI_QjXw……
    According to Avenues Channel, Nepal
    http://www.youtube.com/watch?v=qdOLpn3pY7Y&feature=related

    According to http://www.rickross.com/reference/saibaba/saibaba7.html. he was sexually abused person not only magician.

    According to BBC news UK, http://news.bbc.co.uk/2/hi/programmes/this_world/3813469.stm Sri Satya Sai Baba, is a charlatan.

    Now it’s your turn to decide whether he is god, magician or cheater.

  56. बकबास………उनले गरेका सामाजिक कार्यको प्रस्मसा गर्न सकिन्छ ,,,तर भगवान ????? ना ना ना यिनलाई भगब्न्को अबतार मान्नु जस्तो ठुलो मुर्खता ….मा अरु देख्दिन ./…

  57. मानिस मात्र नभएर सबै प्राणी आफैमा एक देवता हो | देवता को पालामा पनि के के हुन्थ्यो भनेर तपाई हामीले सुनेकै हो | तसर्थ येही कुरालाई लिएर बादबिबाद नबढाउनु बेश ! अब कुरा आयो कसले कसलाई बिश्वास गर्ने ? जस्तै कांग्रेसले कम्निस्टलाई बिश्वास नगर्ने अनि कम्निस्टले कांग्रेसलाई | अझ भन्दा कोहि कोहि बाउ-छोरा बीच मा अनि लोग्ने-स्वानी बीच मा पनि हामी ले बिश्वास को सङ्कट बढेको देखको सुनेकै हो | सबै भन्दा अशल कुरा सत्य बोल्नु हो, जानेर नजानेर जो कोहि बाट जीवन मा गल्ति हुन्छ | मेरो जान्दा मा जसले आफ्नो गल्ति स्वीकार गरेर भबिस्यमा जानेर गल्ति गर्दैन, दिन दुखि : को सेवा गर्छ , तेही मानिस इश्वर हो |
    अस्तु |

  58. साइ बाबाको आत्माले चीर शान्ति पावोस यही मेरो कामना छ | एक जादुगरका रुपमा भन्दा पनि सामाजिक कार्यका लागि उनलाई सम्झनु राम्रो होला|

  59. What a funny title! yeah yeah! he’s going to come back from the grave and sing – ” I am back! I am back! come and show full devotion to God!…and by the way God means me! all of the lot – jesus, ram, krishna, buddha – all of them end up in me! So come and give me your full devotion and in return i will take care of you forever! ” – Sounds so lame!

    For those crying their hearts out, I have never seen them cry for thousands of people who die everyday! How can you be so insensitive to all those deaths fellas!
    According to Population Reference Bureau’s “2010 World Population Data Sheet” (Jul-2010):
    Per minute: 267 born, 108 die, (net population increase: 159)
    Per day: 384 thousand born, 156 thousand die, (net increase 229 thousand)
    Per year: 140.4 million born, 56.7 million die, (net increase 83.6 million)

    For those who are in grief that he died – well carry on grieving until you find someone who will solve all your problems. Trust me! you WILL find someone! There are many babas, saints, incarnations for guys just like you – someone who will take away all your pain, all your worries, and all your insecurities! – Carry on dreaming fellas! Oh, and by the way, in return they will ask for your full devotion, full loyalty, and if possible anything that you can give them so that they can help others too – now this is actually what they want!.

    Please guys! Use the most precious thing we have and no other creature has to our extent – our brain and the ability to reason. The brain is the only thing that makes us different from all the other animals – without it, we are just beasts! The biggest insult you can do to yourself is by not using your brain!

    If there is anyone who can help you through all your ups and downs, it’s you. Believe in yourself! … and yes in life sometimes things do go wrong … sometimes life sucks … sometimes life’s amazing… don’t lose hope! To make this world a better place to live, you don’t require a divine intervention.

    • विनायक ज्यु ! शुद्द र मिसावटरहित विचार पोख्नुभएको मा तपाइलाई सलाम छ !

      “sometimes life sucks … sometimes life’s amazing… don’t lose hope!”

      वर-पर छर-छिमेक जता ततै साइका फोटा मात्रै देख्दा सबै एकोहोरिएर गए जस्तो लाग्छ |
      बिरामि पर्यो — साइको खरानी चटाउने, मुटुरोग लाग्यो — पुत्तापर्ती जानुपर्ने सलाहको ओइरो; जाचमा फेल भयो — किताबमा खरानी घस्यो | यस्तो लाग्छ मान्छेलाइ अब के साचो हो के हैन थाह हुन छोडीसक्यो | सबै हरर पछाडी दौड्यो, अलिकति पनि विचार नगरी | बिस्वास पनि तिनै बानिया नानिलाइ गरे जस्तै , विद्यावारिधि दिने गोपाल पौडेललाइ जस्तै |

      दुइटा कुरा मात्र छन् यसका कारण:
      १) लोभ
      २) डर

      लोभ –> मान्छेलाइ धेरै पैसा कमाउनु छ, जागिर पाउनु छ, व्यापार फस्टाउनु छ, बिहे हुनु छ, छोरा छोरि पाउनु छ, स्वस्थ रहनु छ — लौ न त यसो खरानी घस्दिउ, केहि बिग्रिने हैन क्यारे, राम्रो भए भैहाल्यो | आज पूजा गर्यो, भोलि भजनमा गयो, पर्सि देखि भक्त बन्यो, पुत्तापर्ती गयो अनि आखिरमा अन्ध भक्त भयो अनि अनलाइन कमेन्टमा १०८ ओटा मन्त्र पस्कियो |

      डर –> मान्छेलाई सबभन्दा ठुलो डर मृत्युको छ | जब बिरामि पर्यो अनि भगवान सम्झ्यो, पूजापाठ, भाकल गर्न लाग्यो | यस मामिलामा साइ बाबाका recruiter हरु निकै सफल छन् मान्छे तान्न | बिरामी जति लाइ जानसके पुत्तपरति, नसके घरमै लिफे-size को साइबाबाको पोस्टर राख्न लागाउने | अब घरका या आफन्तहरुले बिरामी परेको बेला येसो गरौ न के नै बिग्रिन्छा र भन्दा कसरि नगर्ने | फेरी गरेन भने कतै मरि पो हाल्ने हो कि ? आज पोस्टर राख्यो, भोलि भजनमा गयो, पर्सि देखि भक्त बन्यो, पुत्तापर्ती गयो अनि आखिरमा अन्ध भक्त भयो अनि अनलाइन कमेन्टमा १०८ ओटा मन्त्र पस्कियो |
      कतै भजनमा नगए जागिर नपाइने हो कि? घाटा लाग्ने हो कि ? बिहे नहुने हो कि ?

      धन्यबाद विनायक जी for these words : ” If there is anyone who can help you through all your ups and downs, it’s you. Believe in yourself!”

  60. बलराम को कुरो सोर्है आना भन्दा नि बत्तीसै आना सहि लागो हो मलाई त …नेपाली साइ माता अनुजा को पनि दिन आउने हो कि ?????….

  61. धेरै राम्रो टिप्पणी:
    “हाम्रै देशका कतिपय करमारा व्यापारीहरू, नैतिकताहीन नेताहरू र घुसखोर प्रशासकहरू पनि बाबाको आशीर्वाद लिन पुट्टपर्ती पुग्थे। बाबाले यिनीहरू कसैलाई हप्काएको खबर सुनिएन। बरु, उनीहरू हँसिलो मुद्रामा बाबासँग फोटोसेसन गराएर पो फर्कन्थे। र, फर्केर आएपछि पनि यिनीहरू सुध्रिएको कसैले अनुभव गरेनन्।”

  62. एउटा जादुगरको पछि लागेर उशैलाई भगवान मानेर बिश्वास गरिहल्नेहरुलाई के भनूर खै!! मृत आत्माले शान्ति पावोश!!

    • बलराम जी , केपी ओली र माकुने को पछी लागेर त मान्छे हिडछन्, साइबाबा को पछी लागेर हिड्नु खासै अनौठो होइन भन्ने हामीलाई लागि रहेको छ /

      • छोटो तर अन्धा मान्छेको भिदलाई गतिलो जबाफ | बधाई हो बधाई |

      • सरोज जी ,,
        क्या सत्य कुरा लेख्नु भयो , यो भन्दा अरु के भन्न सकिछ, सत्य यहिहो /

Comments are closed.